शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. काफ० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ । अल्लाहले कुर्आनको कसम खानुभएको छ किनकि यसमा अर्थ, भलाइ र कृपाका रहेका छन् । तिनीहरू कयामतको दिन निश्चय नै हिसाब लिन र बदला दिनको लागि पुनः जीवित पारिनेछ ।२. तपाईं झूठो बोल्नु हुन्छ भनी ठानेर उनीहरूले अस्वीकार गरेका थिएनन् । तपाईं साँचो हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई थाहा छ । बरू उनीहरू कै जातीबाट उनीहरूसमक्ष चेतावनी दिने रसूल आयो र फरिश्ताहरूको जातीबाट आएनन् भनी उनीहरूलाई अचम्म लागेको छ । आश्चर्य हुँदै उनीहरूले भने- हामीतिर मनुष्य रसूल भएर आउनु एउटा अचम्मको कुरा हो ।३. हामी मरेर माटो भएपछि के हामी पुनः जीवित भएर उठ्नेछौं ? हामी मरिसकेपछि हाम्रा शरीरमा फेरी जीवन हालिनेछ भन्नु अति परको कुरा हो । यस्तु हुनु सम्भव छैन ।४. उनीहरूको मृत्युपश्चात उनीहरूका शरीरलाई धर्तीले खाएर समाप्त पार्नेछ भन्ने कुरा हामीलाई थाहा । त्यो हामीबाट लुकेको छैन । अल्लाहले उनीहरूको जीवनमा र मृत्युपश्चात उनीहरूको लागि गर्नुभएका फैसलाहरू सुरक्षित राख्ने एउटा किताब हामीसँग छ ।५. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले यी मुश्रिकहरूसमक्ष कुर्आन लिएर आउनुभएको बेला यिनीहरूले त्यसलाई झूठो ठहर गरे । यिनीहरू चिन्तित छन् । यिनीहरूसित कुर्आनको विषयमा कुनै ठोस दृष्टिकोण छैन ।जब मुश्रिकहरूले पुनः जीवित पार्ने सत्यतालाई नकार्ने कुराको उल्लेख गर्नुभयो तब उहाँले उनीहरूलाई त्यो निश्चित रूपले घट्ने कुराका प्रमाणहरू प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयोः६. पुनः जीवित पारिने सत्यतालाई झूठो ठहर गर्नेहरू के आफूमाथि रहेको आकाशलाई देखी हामीले कसरी त्यसलाई सृष्टि गर्यौं, निर्माण गर्यौं, ताराहरू राखेर सजायौं र त्यसलाई अपूर्ण बनाउने प्वाल / चिरा त्यसमा छैन भन्ने कुरामा ध्यान दिदैनन् ? जसले यस आकाशको सृष्टि गर्नुभएको छ उहाँलाई मृतकलाई पुनः जीवित पार्न कोही विवश पार्न सक्दैन ।७. हामीले पृथ्वीलाई विस्तृत बनायौं र त्यहाँ बसोबास गर्नेहरूको लागि योग्य बनायौं । अनि त्यसलाई खस्कनबाट रोक्नको लागि हामीले त्यहाँ पर्वतहरूलाई जमायौं । अनि हामीले त्यसमा हरेक प्रकारका सुन्दर बोटबिरूवाहरू र रूखहरू उमार्यौं ।८. आफ्नो पालनकर्ताको अनुसरण गरी उहाँतिर फर्कने हरेक भक्तको लागि हामीले यी सम्पूर्णलाई आँखा खोल्ने र पाठ सिकाउने साधन बनाएका छौं ।९. हामीले आकाशबाट धेरै फाइदा र भलाइ भएको पानी वर्षायौं । अनि त्यस पानीले हामीले बगैंचाहरू उमार्यौं र जौको अन्नहरू जस्ता अन्य काटिने अन्नहरू उमार्यौं ।१०. अनि त्यसद्वारा हामीले एकमाथि अर्को गरी झुण्डिएका फलका झुप्पाहरू भएका अग्ला अग्ला खजूरका रूखहरू उमार्यौं ।११. हामीले त्यसद्वारा भक्तहरूले खाने जीविकाको लागि खेती गर्यौं । हामीले यसद्वारा बोटबिरूवा नभएका क्षेत्रलाई जीवित पार्छौं । जसरी यस पानीद्वारा हामी बोटबिरूवा नभएको क्षेत्रलाई जीवित पार्छौं त्यसरी नै हामी मृतकलाई जीवित पार्नेछौं । तसर्थ उनीहरू जीवित भएर निस्कनेछन् ।१२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई झूठो ठहर गर्नेहरूभन्दा पहिले नबीहरूलाई उनीहरूका समुदायहरूले झूठो ठहर गरिसकेका छन् । नूह (अलैहिस्सलाम) लाई उनको समुदायले, कुवावालाहहरूले र समूदले झूठो ठहर गरे ।१३. आदले, फिर्औनले र लूतको समुदायले झूठो ठहर गरे ।१४. शऐब (अलैहिस्सलाम) को समुदायले, ऐकाबासीहरूले र तुब्बाका समुदाय यमनको राजाले झूठो ठहर गरे । अनि अल्लाहले चेतावनी दिनुभएको यातना उनीहरूमाथि स्थापित भयो ।१५. के हामी तिमीहरूलाई पहिलो पटक सृष्टि गर्न असमर्थ थियौं जसकारणले हामी तिमीहरूलाई दोस्रो पटक जीवित पार्न असमर्थ हुनेछौं ? बरू उनीहरू आफ्नो पहिलो सृष्टिपछि नयाँ सृष्टिबारे सन्देहमा छन् ।१६. हामीले मनुष्यको सृष्टि गर्यौं र हामी उसका इच्छा र विचारहरू जान्दछौं । हामी उसको मुटुसँग जोडिएको उसको घाँटीको नशाभन्दा नजिक छौं ।१७. जब उसका कर्मलाई दुईजना फरिश्ताहरू लेख्छन् । पहिलो उसको दाहिने तिर बसेको हुन्छ र दोस्रो उसको देब्रे तिर ।१८. उसले बोलेको हरेक शब्दको लागि ऊसँग संरक्षक फरिश्ता उपस्थित हुन्छ ।१९. अनि मृत्युको कष्ट निश्चय नै आउनेछ जसबाट बचेर भाग्ने ठाउँ नै छैन । हे अनविज्ञ मनुष्य हो ! तिमी यसैलाई स्थगित गर्न र यसबाट भाग्न चाहन्थ्यौ । २०. अनि सूर फूक्ने कार्यभारी फरिश्ताले दोस्रो सूर फुक्नेछ । त्यो कयामतको दिन हुनेछ अर्थात चेतावनीको दिन जुन दिन काफिरहरू र पापीहरूलाई यातना दिइनेछ ।२१. हरेक प्राणीलाई एउटा फरिश्ताले लिएर आउनेछ र एउटा फरिश्ताले उसका कर्महरूको गवाही दिनेछ ।२२. ल्याइएको यस मानिसलाई भनिनेछः तिमी संसारमा यस दिनको विषयमा असावधान थियौ किनकि तिमीलाई तिम्रा इच्छाहरू र चाहनाहरूको धोकामा थियौ । अनि हामीले तिमीहरूलाई यातना र कष्टको स्वाद चखाएर तिमीहरूको असावधानी प्रकट गरेका छौं । आज तिमीहरूको दृष्टि तेजिलो छ जसले तिमीहरूका अतीतका असावधानीहरूलाई देख्नेछ ।२३. ऊसँगै खटाएको फरिश्ताले भन्नेछः यी उसका कर्महरू हुन् । यसमा कुनै कमी र बृद्धि गरिएको छैन ।२४. अल्लाहले सँगै ल्याउने र साक्षी दिने दुबै फरिश्ताहरूलाई भन्नुहुनेछः सत्यतालाई नकार्ने उसको हरेक शत्रुलाई नर्कमा हाल ।२५. उसले अल्लाहका सत्य आदेशहरूलाई अस्वीकार गर्दछ, अल्लाहका सीमाहरू उल्लङ्घन गर्दछ र उसलाई सूचित गरिएका वाचा वा चेतावनीको विषयमा शंकामा रहन्छ ।२६. जो अल्लाहसँगै अन्य उपास्यहरूको उपासना गर्दछ । तसर्थ उसलाई कठीन यातनामा हाल ।२७. शैतानहरूमध्येको उसको साथीले मुक्त हुँदै भन्नेछः हे हाम्रा पालनकर्ता ! मैले उसलाई बहकाएको होइन । बरू ऊ सत्यबाट धेरै परको पथभ्रष्टतामा थियो ।२८. अल्लाहले भन्नुहुनेछः तिमीहरू मेरो सामु झगडा नगर किनकि त्यसको फाइदा छैन । मलाई नकार्ने र मेरो अवज्ञा गर्ने व्यक्तिको विषयमा मेरा रसूलहरूले ल्याएका मेरो कठीन चेतावनी आइसकेको छ ।२९. मेरा कुरा परिवर्तन हुँदैन र मेरो वाचा असफल हुँदैन । म भक्तहरूका सत्कर्मलाई घटाएर र उनीहरूका कूकर्मलाई बढाएर उनीहरूमाथि अत्याचार गर्दिन । बरू म उनीहरूलाई उनीहरूका कर्महरूको बदला दिनेछु ।३०. त्यस दिन हामी नर्कलाई भन्नेछौः तिमी भित्र हालिएका काफिरहरू र अवज्ञाकारीहरूले तिमी भर्यौ त ? उसले अझै माग गर्दै आफ्नो पालनकर्तालाई भन्नेछः अरू छन् र ? त्यसले आफ्नो पालनकर्ताको तर्फबाट रीस पोख्दै भन्नेछ ।जब अल्लाहले काफिरहरूको विषयमा कठोर यातनाको उल्लेख गर्नुभयो तब उहाँले आफ्ना मोमिनहरूको लागि तयार पारेर राख्नुभएका कुराहरूको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोः३१. आफ्नो पालनकर्ताका आदेशहरूको पलना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख्नेहरूको नजिक स्वर्ग हुनेछ । अनि उनीहरूले त्यसमा रहेका अनुग्रहहरूलाई देख्नेछन् जुन टाढा हुनेछैन ।३२. उनीहरूलाई भनिनेछः पालनकर्ताले जिम्मा दिनुभएको कुरामा अडिग रही आफ्नो पालनकर्तातिर फर्केर पश्चाताप गर्ने हरेकलाई गरिएको वाचा यही हो ।३३. जो गोप्य रूपमा अल्लाहको भय राख्छ जहाँ केवल अल्लाह मात्र उसलाई देख्ने हुनुहुन्छ । अनि अल्लाहलाई सच्चा हृदयका साथ भेट्छ र पटक पटक फर्कन्छ ।३४. उनीहरूलाई भनिनेछः तिमीहरू मन नपर्ने सम्पूर्ण कुराहरूबाट जोगेर स्वर्गमा प्रवेश गर । त्यो सदा रहने दिन हुनेछ जुन कहिले समाप्त हुनेछैन ।३५. त्यहाँ उनीहरूले चाहेका अनुग्रहहरू असीमित रूपमा पाउनेछन् र हामीसँग अझै अनुग्रहहरू छन् जसलाई कुनै आँखाले देखेको छैन, कुनै कानले त्यसको विषयमा सुनेको छैन र कसैको मनमा त्यसको विषयमा सोँच आएको छैन । अर्थात अल्लाहलाई हेर्नु ।३६. यी झूठा ठहर गर्ने मुश्रिकहरूभन्दा पहिले यिनीहरूभन्दा शक्तिशाली कति नै समुदायलाई हामीले नष्ट पारिसकेका छौं । यातनाबाट बचेर भाग्ने ठाउँको खोजीमा उनीहरूले देशहरूमा घुमफिर गरे तर उनीहरू कुनै ठाउँ भेटेनन् ।३७. वास्तवमा, अघिल्ला समुदायहरूलाई नष्ट पारिएको यस उल्लेखमा सोँच्न सक्ने हृदय भएको वा एकाग्र भएर अनविज्ञ नभई सुन्ने व्यक्तिको लागि स्मरण र उपदेश रहेको छ ।३८. हामीले आकाशहरू र पृथ्वी र जेजति आकाशहरू र पृथ्वीबीचमा रहेका छन् सम्पूर्णलाई ६ दिनमा सृष्टि गर्यौं यद्यपि हामी एक क्षणमा नै त्यसको सृष्टि गर्ने सामर्थ्य राख्छौं । तर हामी थाकेनौं जुन आरोप यहूदीहरूले लगाएका छन् ।३९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यहूदीहरू र अरूहरूको भनाईमा धैर्य गर्नुहोस् । अनि आफ्ना पालनकर्ताको प्रशंसाका साथ सूर्योदयअघि फज्रको सलाह पढ्नुहोस् र सूर्यास्तपछि अस्रको सलाह पढ्नुहोस् ।४०. अनि रातमा सलाह पढ्नुहोस् र सलाह पढेपछि उहाँको गुणगान गर्नुहोस् ।४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! देस्रो सूर फूक्ने कार्यभारी फरिश्ताले जुन दिन नजिकको ठाउँबाट पुकार्नेछ त्यसलाई सुन्नुहोस् ।४२. त्यस दिन सम्पूर्ण सृष्टिले पुनः जीवित पारिने कार्यको भयंकर स्वर सुन्नेछन् र यसमा कुनै शंका छैन । जुन दिन उनीहरू यसलाई सुन्नेछन् त्यो दिन हिसाब र बदलाको लागि चिहानहरूबाट मृतकहरू बाहिर निस्कने दिन हो ।४३. वास्तवमा, हामी नै जीवित पार्छौं र मृत्यु दिन्छौं । हामीबाहेक कोही पनि जीवित पार्ने र मृत्यु हुने छैन । कयामतको दिन हिसाब र बदलाको लागि सम्पूर्ण भक्तहरू हामीतिर नै फर्केर आउनेछन् ।४४. त्यस दिन उनीहरूमाथि धर्ती फाट्नेछ अनि उनीहरू हतारमा बाहिर निस्कनेछन् । यो भेला पार्ने काम हाम्रो लागि सहज रहेको छ ।४५. यी मुश्रिकहरूले भनेको कुराको ज्ञान हामीलाई छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई बलका साथ आस्था अपनाउन लगाउनको लागि हामीले तपाईंलाई बल प्रयोग गर्ने बनाएर पठाएका छैनौं । तपाईं त अल्लाहले पुर्याउन भन्नुभएको कुरालाई पुर्याइदिने मात्र हुनुहुन्छ । काफिरहरू र अवज्ञा गर्नेहरूलाई मैले दिएको चेतावनीको स्मरण कुर्आनको सहयोगले त्यसको डर राख्नेलाई गराउनुहोस् किनकि डर राख्ने नै उपदेश ग्रहण गर्छ र जब स्मरण गराइन्छ ऊ स्मरण गर्छ ।
१. काफ० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ । अल्लाहले कुर्आनको कसम खानुभएको छ किनकि यसमा अर्थ, भलाइ र कृपाका रहेका छन् । तिनीहरू कयामतको दिन निश्चय नै हिसाब लिन र बदला दिनको लागि पुनः जीवित पारिनेछ ।
२. तपाईं झूठो बोल्नु हुन्छ भनी ठानेर उनीहरूले अस्वीकार गरेका थिएनन् । तपाईं साँचो हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई थाहा छ । बरू उनीहरू कै जातीबाट उनीहरूसमक्ष चेतावनी दिने रसूल आयो र फरिश्ताहरूको जातीबाट आएनन् भनी उनीहरूलाई अचम्म लागेको छ । आश्चर्य हुँदै उनीहरूले भने- हामीतिर मनुष्य रसूल भएर आउनु एउटा अचम्मको कुरा हो ।
३. हामी मरेर माटो भएपछि के हामी पुनः जीवित भएर उठ्नेछौं ? हामी मरिसकेपछि हाम्रा शरीरमा फेरी जीवन हालिनेछ भन्नु अति परको कुरा हो । यस्तु हुनु सम्भव छैन ।
४. उनीहरूको मृत्युपश्चात उनीहरूका शरीरलाई धर्तीले खाएर समाप्त पार्नेछ भन्ने कुरा हामीलाई थाहा । त्यो हामीबाट लुकेको छैन । अल्लाहले उनीहरूको जीवनमा र मृत्युपश्चात उनीहरूको लागि गर्नुभएका फैसलाहरू सुरक्षित राख्ने एउटा किताब हामीसँग छ ।
५. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले यी मुश्रिकहरूसमक्ष कुर्आन लिएर आउनुभएको बेला यिनीहरूले त्यसलाई झूठो ठहर गरे । यिनीहरू चिन्तित छन् । यिनीहरूसित कुर्आनको विषयमा कुनै ठोस दृष्टिकोण छैन ।
जब मुश्रिकहरूले पुनः जीवित पार्ने सत्यतालाई नकार्ने कुराको उल्लेख गर्नुभयो तब उहाँले उनीहरूलाई त्यो निश्चित रूपले घट्ने कुराका प्रमाणहरू प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयोः
६. पुनः जीवित पारिने सत्यतालाई झूठो ठहर गर्नेहरू के आफूमाथि रहेको आकाशलाई देखी हामीले कसरी त्यसलाई सृष्टि गर्यौं, निर्माण गर्यौं, ताराहरू राखेर सजायौं र त्यसलाई अपूर्ण बनाउने प्वाल / चिरा त्यसमा छैन भन्ने कुरामा ध्यान दिदैनन् ? जसले यस आकाशको सृष्टि गर्नुभएको छ उहाँलाई मृतकलाई पुनः जीवित पार्न कोही विवश पार्न सक्दैन ।
७. हामीले पृथ्वीलाई विस्तृत बनायौं र त्यहाँ बसोबास गर्नेहरूको लागि योग्य बनायौं । अनि त्यसलाई खस्कनबाट रोक्नको लागि हामीले त्यहाँ पर्वतहरूलाई जमायौं । अनि हामीले त्यसमा हरेक प्रकारका सुन्दर बोटबिरूवाहरू र रूखहरू उमार्यौं ।
८. आफ्नो पालनकर्ताको अनुसरण गरी उहाँतिर फर्कने हरेक भक्तको लागि हामीले यी सम्पूर्णलाई आँखा खोल्ने र पाठ सिकाउने साधन बनाएका छौं ।
९. हामीले आकाशबाट धेरै फाइदा र भलाइ भएको पानी वर्षायौं । अनि त्यस पानीले हामीले बगैंचाहरू उमार्यौं र जौको अन्नहरू जस्ता अन्य काटिने अन्नहरू उमार्यौं ।
१०. अनि त्यसद्वारा हामीले एकमाथि अर्को गरी झुण्डिएका फलका झुप्पाहरू भएका अग्ला अग्ला खजूरका रूखहरू उमार्यौं ।
११. हामीले त्यसद्वारा भक्तहरूले खाने जीविकाको लागि खेती गर्यौं । हामीले यसद्वारा बोटबिरूवा नभएका क्षेत्रलाई जीवित पार्छौं । जसरी यस पानीद्वारा हामी बोटबिरूवा नभएको क्षेत्रलाई जीवित पार्छौं त्यसरी नै हामी मृतकलाई जीवित पार्नेछौं । तसर्थ उनीहरू जीवित भएर निस्कनेछन् ।
१२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई झूठो ठहर गर्नेहरूभन्दा पहिले नबीहरूलाई उनीहरूका समुदायहरूले झूठो ठहर गरिसकेका छन् । नूह (अलैहिस्सलाम) लाई उनको समुदायले, कुवावालाहहरूले र समूदले झूठो ठहर गरे ।
१३. आदले, फिर्औनले र लूतको समुदायले झूठो ठहर गरे ।
१४. शऐब (अलैहिस्सलाम) को समुदायले, ऐकाबासीहरूले र तुब्बाका समुदाय यमनको राजाले झूठो ठहर गरे । अनि अल्लाहले चेतावनी दिनुभएको यातना उनीहरूमाथि स्थापित भयो ।
१५. के हामी तिमीहरूलाई पहिलो पटक सृष्टि गर्न असमर्थ थियौं जसकारणले हामी तिमीहरूलाई दोस्रो पटक जीवित पार्न असमर्थ हुनेछौं ? बरू उनीहरू आफ्नो पहिलो सृष्टिपछि नयाँ सृष्टिबारे सन्देहमा छन् ।
१६. हामीले मनुष्यको सृष्टि गर्यौं र हामी उसका इच्छा र विचारहरू जान्दछौं । हामी उसको मुटुसँग जोडिएको उसको घाँटीको नशाभन्दा नजिक छौं ।
१७. जब उसका कर्मलाई दुईजना फरिश्ताहरू लेख्छन् । पहिलो उसको दाहिने तिर बसेको हुन्छ र दोस्रो उसको देब्रे तिर ।
१८. उसले बोलेको हरेक शब्दको लागि ऊसँग संरक्षक फरिश्ता उपस्थित हुन्छ ।
१९. अनि मृत्युको कष्ट निश्चय नै आउनेछ जसबाट बचेर भाग्ने ठाउँ नै छैन । हे अनविज्ञ मनुष्य हो ! तिमी यसैलाई स्थगित गर्न र यसबाट भाग्न चाहन्थ्यौ ।
२०. अनि सूर फूक्ने कार्यभारी फरिश्ताले दोस्रो सूर फुक्नेछ । त्यो कयामतको दिन हुनेछ अर्थात चेतावनीको दिन जुन दिन काफिरहरू र पापीहरूलाई यातना दिइनेछ ।
२१. हरेक प्राणीलाई एउटा फरिश्ताले लिएर आउनेछ र एउटा फरिश्ताले उसका कर्महरूको गवाही दिनेछ ।
२२. ल्याइएको यस मानिसलाई भनिनेछः तिमी संसारमा यस दिनको विषयमा असावधान थियौ किनकि तिमीलाई तिम्रा इच्छाहरू र चाहनाहरूको धोकामा थियौ । अनि हामीले तिमीहरूलाई यातना र कष्टको स्वाद चखाएर तिमीहरूको असावधानी प्रकट गरेका छौं । आज तिमीहरूको दृष्टि तेजिलो छ जसले तिमीहरूका अतीतका असावधानीहरूलाई देख्नेछ ।
२३. ऊसँगै खटाएको फरिश्ताले भन्नेछः यी उसका कर्महरू हुन् । यसमा कुनै कमी र बृद्धि गरिएको छैन ।
२४. अल्लाहले सँगै ल्याउने र साक्षी दिने दुबै फरिश्ताहरूलाई भन्नुहुनेछः सत्यतालाई नकार्ने उसको हरेक शत्रुलाई नर्कमा हाल ।
२५. उसले अल्लाहका सत्य आदेशहरूलाई अस्वीकार गर्दछ, अल्लाहका सीमाहरू उल्लङ्घन गर्दछ र उसलाई सूचित गरिएका वाचा वा चेतावनीको विषयमा शंकामा रहन्छ ।
२६. जो अल्लाहसँगै अन्य उपास्यहरूको उपासना गर्दछ । तसर्थ उसलाई कठीन यातनामा हाल ।
२७. शैतानहरूमध्येको उसको साथीले मुक्त हुँदै भन्नेछः हे हाम्रा पालनकर्ता ! मैले उसलाई बहकाएको होइन । बरू ऊ सत्यबाट धेरै परको पथभ्रष्टतामा थियो ।
२८. अल्लाहले भन्नुहुनेछः तिमीहरू मेरो सामु झगडा नगर किनकि त्यसको फाइदा छैन । मलाई नकार्ने र मेरो अवज्ञा गर्ने व्यक्तिको विषयमा मेरा रसूलहरूले ल्याएका मेरो कठीन चेतावनी आइसकेको छ ।
२९. मेरा कुरा परिवर्तन हुँदैन र मेरो वाचा असफल हुँदैन । म भक्तहरूका सत्कर्मलाई घटाएर र उनीहरूका कूकर्मलाई बढाएर उनीहरूमाथि अत्याचार गर्दिन । बरू म उनीहरूलाई उनीहरूका कर्महरूको बदला दिनेछु ।
३०. त्यस दिन हामी नर्कलाई भन्नेछौः तिमी भित्र हालिएका काफिरहरू र अवज्ञाकारीहरूले तिमी भर्यौ त ? उसले अझै माग गर्दै आफ्नो पालनकर्तालाई भन्नेछः अरू छन् र ? त्यसले आफ्नो पालनकर्ताको तर्फबाट रीस पोख्दै भन्नेछ ।
जब अल्लाहले काफिरहरूको विषयमा कठोर यातनाको उल्लेख गर्नुभयो तब उहाँले आफ्ना मोमिनहरूको लागि तयार पारेर राख्नुभएका कुराहरूको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोः
३१. आफ्नो पालनकर्ताका आदेशहरूको पलना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख्नेहरूको नजिक स्वर्ग हुनेछ । अनि उनीहरूले त्यसमा रहेका अनुग्रहहरूलाई देख्नेछन् जुन टाढा हुनेछैन ।
३२. उनीहरूलाई भनिनेछः पालनकर्ताले जिम्मा दिनुभएको कुरामा अडिग रही आफ्नो पालनकर्तातिर फर्केर पश्चाताप गर्ने हरेकलाई गरिएको वाचा यही हो ।
३३. जो गोप्य रूपमा अल्लाहको भय राख्छ जहाँ केवल अल्लाह मात्र उसलाई देख्ने हुनुहुन्छ । अनि अल्लाहलाई सच्चा हृदयका साथ भेट्छ र पटक पटक फर्कन्छ ।
३४. उनीहरूलाई भनिनेछः तिमीहरू मन नपर्ने सम्पूर्ण कुराहरूबाट जोगेर स्वर्गमा प्रवेश गर । त्यो सदा रहने दिन हुनेछ जुन कहिले समाप्त हुनेछैन ।
३५. त्यहाँ उनीहरूले चाहेका अनुग्रहहरू असीमित रूपमा पाउनेछन् र हामीसँग अझै अनुग्रहहरू छन् जसलाई कुनै आँखाले देखेको छैन, कुनै कानले त्यसको विषयमा सुनेको छैन र कसैको मनमा त्यसको विषयमा सोँच आएको छैन । अर्थात अल्लाहलाई हेर्नु ।
३६. यी झूठा ठहर गर्ने मुश्रिकहरूभन्दा पहिले यिनीहरूभन्दा शक्तिशाली कति नै समुदायलाई हामीले नष्ट पारिसकेका छौं । यातनाबाट बचेर भाग्ने ठाउँको खोजीमा उनीहरूले देशहरूमा घुमफिर गरे तर उनीहरू कुनै ठाउँ भेटेनन् ।
३७. वास्तवमा, अघिल्ला समुदायहरूलाई नष्ट पारिएको यस उल्लेखमा सोँच्न सक्ने हृदय भएको वा एकाग्र भएर अनविज्ञ नभई सुन्ने व्यक्तिको लागि स्मरण र उपदेश रहेको छ ।
३८. हामीले आकाशहरू र पृथ्वी र जेजति आकाशहरू र पृथ्वीबीचमा रहेका छन् सम्पूर्णलाई ६ दिनमा सृष्टि गर्यौं यद्यपि हामी एक क्षणमा नै त्यसको सृष्टि गर्ने सामर्थ्य राख्छौं । तर हामी थाकेनौं जुन आरोप यहूदीहरूले लगाएका छन् ।
३९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यहूदीहरू र अरूहरूको भनाईमा धैर्य गर्नुहोस् । अनि आफ्ना पालनकर्ताको प्रशंसाका साथ सूर्योदयअघि फज्रको सलाह पढ्नुहोस् र सूर्यास्तपछि अस्रको सलाह पढ्नुहोस् ।
४०. अनि रातमा सलाह पढ्नुहोस् र सलाह पढेपछि उहाँको गुणगान गर्नुहोस् ।
४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! देस्रो सूर फूक्ने कार्यभारी फरिश्ताले जुन दिन नजिकको ठाउँबाट पुकार्नेछ त्यसलाई सुन्नुहोस् ।
४२. त्यस दिन सम्पूर्ण सृष्टिले पुनः जीवित पारिने कार्यको भयंकर स्वर सुन्नेछन् र यसमा कुनै शंका छैन । जुन दिन उनीहरू यसलाई सुन्नेछन् त्यो दिन हिसाब र बदलाको लागि चिहानहरूबाट मृतकहरू बाहिर निस्कने दिन हो ।
४३. वास्तवमा, हामी नै जीवित पार्छौं र मृत्यु दिन्छौं । हामीबाहेक कोही पनि जीवित पार्ने र मृत्यु हुने छैन । कयामतको दिन हिसाब र बदलाको लागि सम्पूर्ण भक्तहरू हामीतिर नै फर्केर आउनेछन् ।
४४. त्यस दिन उनीहरूमाथि धर्ती फाट्नेछ अनि उनीहरू हतारमा बाहिर निस्कनेछन् । यो भेला पार्ने काम हाम्रो लागि सहज रहेको छ ।
४५. यी मुश्रिकहरूले भनेको कुराको ज्ञान हामीलाई छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई बलका साथ आस्था अपनाउन लगाउनको लागि हामीले तपाईंलाई बल प्रयोग गर्ने बनाएर पठाएका छैनौं । तपाईं त अल्लाहले पुर्याउन भन्नुभएको कुरालाई पुर्याइदिने मात्र हुनुहुन्छ । काफिरहरू र अवज्ञा गर्नेहरूलाई मैले दिएको चेतावनीको स्मरण कुर्आनको सहयोगले त्यसको डर राख्नेलाई गराउनुहोस् किनकि डर राख्ने नै उपदेश ग्रहण गर्छ र जब स्मरण गराइन्छ ऊ स्मरण गर्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें