शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. जसले अल्लाहलाई नकारे र मानिसहरूलाई धर्मबाट टाढा राखे उनीहरूका क्रियाकलापहरूलाई अल्लाहले नष्ट पारे ।२. जसले अल्लाहमाथि आस्था राखे, सत्कर्म गरे र उहाँका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अल्लाहले जे अवतरण गर्नुभयो त्यसमाथि आस्था राखे जुन उनीहरूका पालनकर्ताहरूको तर्फबाट नितान्त सत्य हो । अल्लाहले उनीहरूका पापहरूलाई क्षमा गर्नुभयो, त्यस कारणले अब उनीहरूलाई यातना दिइने छैन अनि उनीहरूका संसारका र आखिरतका अवस्थाहरूमा सुधार ल्याउनुभयो ।३. दुईवटै समूहको लागि उल्लेख भएको बदलाको कारण अनुसार अल्लाहलाई नकार्नेहरूले असत्यको अनुसरण अपनाए भने अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्नेहरूले उनीहरूको पालनकर्ताको तर्फबाट आएको सत्यको अनुसरण अपनाए । तसर्थ उनीहरूका कार्यहरूमा भिन्नता भएको हुनाले उनीहरूको बदलामा भिन्नता भएको पाइन्छ । जसरी अल्लाहले दुई समूहहरू अर्थात मोमिनहरू र काफिरहरूको विषयमा आफ्नो आदेशलाई प्रष्ट पार्नुभएको छ त्यसरी नै अल्लाहले उनीहरूको उदाहरण दिनुभएको छ जसले गर्दा सबैले आफ्नो भाग्य अनुसार पाउनेछन् / हरेक समूहले आफ्नै जस्तो समूहलाई पाउनेछ ।४. हे मोमिनहरू हो ! यदि तिमीहरूको भिडन्त योद्धा काफिरहरूसँग हुदाँ तिमीहरू आफ्ना तरवारले उनीहरूको गर्धन काट । उनीहरूमध्ये धेरैजनालाई नमारूञ्जेल उनीहरूसँग युद्ध गरिराख र उनीहरूको शक्ति समाप्त पार । तिमीहरूले धेरैजनालाई मारिसकेपछि कैदीहरूलाई बाँध । तिमीहरूले उनीहरूलाई बन्धक बनाइसकेपछि अवस्थाको आवश्यकता अनुसार फैसला लिऊ । या फिरौती माग नगरिकन उनीहरूलाई जान देऊ या फिरौतीमा धन वा अरू केही माग । काफिरहरूले इस्लाम अपनाई वा उनीहरूले सम्झौता नगरी युद्ध नसकेसम्म उनीहरूसँग युद्ध गरिराख र उनीहरूलाई बन्धक बनाइराख । यी उल्लेख भएका कुराहरू जस्तै काफिरहरूद्वारा मोमिनहरूको परीक्षा हुनु, दिनहरूको भिन्नता र केही विरूद्ध केहीले जित्नु भनेको अल्लाहको आदेश हो । यदि अल्लाहले काफिरहरूविरूद्ध युद्ध बिना नै विजयलाई चाहनुभयो भने विजय प्राप्त हुनेछ । तर उहाँले केही मानिसहरूद्वारा अन्य केहीको परीक्षा लिनको लागि युद्धको आदेश दिनुभयो । उहाँले युद्ध गर्ने मोमिनहरू र युद्ध नगर्ने मोमिनहरूको परीक्षा लिनुहुन्छ र काफिरद्वार मोमिनको परीक्षा लिनुहुन्छ । यदि उसले मोमिनको हत्या गर्छ भने मोमिन स्वर्ग प्रवेश गर्नेछ र यदि मोमिनले उसको हत्या गर्यो भने ऊ नर्क जानेछ । अल्लाहको मार्गमा युद्ध गर्नेहरूको कर्महरूलाई अल्लाहले बर्बाद गर्नुहुनेछैन ।५. उहाँले उनीहरूलाई संसारको जीवनमा सत्यको अनुसरण गर्न सहयोग गर्नुहुनेछ र उनीहरूको अवस्थामा सुधार ल्याउनुहुनेछ ।६. कयामतको दिन उनीहरूलाई स्वर्गमा प्रवेश गराइनेछ । उहाँले संसारमा नै उनीहरूलाई त्यसका गुणहरूको उल्लेख गरेर त्यसको वर्णन गर्नुभयो तसर्थ उनीहरूले त्यस विषयमा थाहा पाए । अनि आखिरतमा उहाँले त्यसमा उनीहरूको दर्जाहरूको विषयमा थाहा दिनुभयो ।७. हे अल्लाहमाथि आस्था राख्ने र उहाँका आदेशहरूको पालना गर्नेहरू हो ! यदि तिमीहरूले अल्लाहका नबी र उहाँको धर्मको सहयोग गरी र काफिरहरूसँग युद्ध गरी अल्लाहलाई सहयोग गर्यौ भने उहाँले उनीहरूमाथि विजय प्रदान गरी तिमीहरूलाई सहयोग गर्नुहुनेछ र युद्धमा उनीहरूसँग भिडन्त हुनेबेला तिमीहरूको पाइलालाई बलियो पार्नुहुनेछ ।८. अल्लाहलाई र उहाँका रसूललाई नकार्नेहरू पराजित र नष्ट हुनेछन् । अनि उहाँले उनीहरूको पुण्यहरूलाई बर्बाद पार्नुहुनेछ ।९. अल्लाहले आफ्ना रसूलमाथि अवतरण गर्नुभएको कुर्आनमा अल्लाहको एकेश्वरवाद उल्लेख भएको कुरालाई उनीहरूले घृणा गरेको हुनाले उनीहरूमाथि यातना आउनेछ । तसर्थ अल्लाहले उनीहरूका कर्महरूलाई नष्ट पार्नुहुनेछ अनि उनीहरू यस संसारमा र आखिरतमा घाटा बेहोर्नेछन् ।१०. के यी झूठो ठहर गर्नेहरूले पृथ्वीमा घुमफिर गरी उनीहरूभन्दा पहिले झूठो ठहर गर्नेहरूको कस्तो परिणाम भएको थियो भनी उनीहरूले गरेनन् र ? उनीहरूको परिणाम अत्यन्तै पीडादायी थियो । अल्लाहले उनीहरूका घरहरूलाई पूर्ण रूपमा नष्ट पारे । उहाँले उनीहरूलाई र उनीहरूका सन्तान र धन-सम्पत्तिलाई नष्ट पारे । हरेक समय र हरेक ठाउँका काफिरहरूका लागि यस्तै यातना रहेको छ ।११. दुबै समूहलाई दिइने बदला उल्लेख भएको छ । अल्लाहमाथि आस्था राख्नेहरूको लागि अल्लाह सहयोगी हुनुहुन्छ भने काफिरहरूको कोही सहयोगी हुनेछैन ।१२. वास्तवमा, अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्नेहरू र सत्कर्म गर्नेहरूलाई अल्लाहले बगैंचाहरूमा प्रवेश गराउनुहुनेछ जसका महलहरू र रूखहरूको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । तर अल्लाहलाई र उहाँका रसूललाई नकार्नेहरू जो संसारमा आफ्नै इच्छाको अनुसरण गर्छ्न् र चोपायाहरूझैं खान्छन् र केवल आफ्नै पेट र गुप्ताङ्गलाई मात्र महत्व दिन्छन् । कयामतको दिन उनीहरूको बासस्थान नर्क हुनेछ जसतिर उनीहरू जानेछन् ।१३. पहिलेका नगरहरूमध्येबाट कयौं नगरहरू जो तपाईंलाई र तपाईंका परिवारलाई मक्काबाट निकाल्ने मक्काका बासिन्दाहरूभन्दा धेरै शक्तिशाली र धेरै धन र सन्तान भएकाहरू थिए उनीहरूले आफ्ना रसूललाई झूठो ठहर गरेको कारणले हामीले उनीहरूलाई नष्ट पार्यौं । उनीहरूमाथि अल्लाहको यातना आएको बेला उनीहरूलाई त्यसबाट बचाउने कोही सहयोगी भएन । यदि हामीले मक्काका बासिन्दाहरूलाई नष्ट पार्न खोज्यौं भने कोही हामीलाई विवश पार्न सक्दैन ।१४. जोसँग आफ्ना पालनकर्ताको प्रष्ट प्रमाण र स्पष्ट तर्कहरू छन् र ऊ अन्तर्ज्ञानमा आधारित भई उहाँको उपासना गर्छ के ऊ त्यस व्यक्ति सरह हुन सक्छ जसलाई उसका नराम्रा कर्महरूलाई शैतानले राम्रो बनाएर प्रस्तुत गरेको छ र मूर्तिहरूको उपासना गर्ने, पापमा लिप्त रहने र रसूलहरूलाई झूठो ठहर गर्ने लगायतका नराम्रा इच्छाहरूको अनुसरण गर्छ ?१५. अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर उहाँको भय राख्नेहरूलाई जुन स्वर्गमा प्रवेश गराउने वाचा गरिएको छ त्यसका गुणहरू यी रहेका छन्- त्यहाँ पानीका नहरहरू छन् जुन लामो समयसम्म रहेता पनि त्यसको बास्ना र स्वादमा परिवर्तन आउँदैन । त्यहाँ दूधका नहरहरू छन् जसको स्वाद परिवर्तन हुँदैन । त्यहाँ पिउनेहरूलाई स्वादिष्ट मदिराका नहरहरू हुनेछन् । त्यहाँ विभिन्न अशुद्धताबाट पवित्र पारिएका महका नहरहरू हुनेछन् । अनि त्यहाँ उनीहरूले चाहेका हरेक प्रकारका फलहरू हुनेछन् । सबैभन्दा महत्व कुरा, अल्लाहले उनीहरूका पापहरूलाई क्षमा गर्नुहुनेछ अनि उनीहरूलाई त्यसकोलागि यातना दिनुहुनेछैन । जसको लागि यो प्रतिदान रहेको छ के त्यो व्यक्ति त्यस व्यक्ति सरह हुन सक्छ जो सदाका लागि नर्कमा रहनेछ र उसलाई अत्यन्तै तातो पानी पिलाइनेछ जसको कारणले उसका पेटका आन्द्राहरू नै काटिदिनेछन् ?१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई सुन्ने केही मुनाफिकहरू तपाईंको कुरा सुनेर स्वीकार गर्दैनन् बरू विमुख हुन्छन् । तर जब उनीहरू तपाईंबाट टाढा जान्छन् तब जसलाई अल्लाहले ज्ञान दिनुभएको छ उनीहरूलाई भन्छन्- उसले भर्खरै के भन्यो ? उनीहरूबाट अनभिज्ञ र विमुख भएर सोध्छन् । यिनीहरू नै हुन् जसका हृदयहरूमाथि अल्लाहले मोहर लगाइदिनुभएको छ । तसर्थ उनीहरूले कुनै भलाइ पाउनेछैनन् । उनीहरूले आफ्नो नराम्रो इच्छाको अनुसरण गरे जसले उनीहरूलाई सत्य देख्नबाट अन्धो बनायो ।१७. जसले सत्यको मार्ग प्राप्त गरे र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको कुराको अनुसरण गरे उनीहरूको पालनकर्ताले उनीहरूको मार्गदर्शनलाई बढाउनुहुन्छ र राम्रो काम गर्न सहयोग गर्छन् । अनि उनीहरूलाई नर्कबाट बचाउने काम गर्ने चेतना प्रदान गर्नुहुन्छ ।१८. के काफिरहरू उनीहरूलाई पहिले देखि ज्ञान नभएको बेला अकस्मात कयामत आउने प्रतिक्षामा छन् ? त्यसका निशानीहरू आइसकेका छन् जसमध्ये नबी (सल्लल्लाहु अलैहि व सल्लम) आउनु र चन्द्रमा फुट्नु हो । जब कयामत आउनेछ तब उनीहरू कसरी चेतनाबाट फाइदा लिन सक्छन् ?१९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विश्वास गर्नुहोस्, अल्लाहबाहेक अरू कोही वास्तविक उपास्य छैन । तपाईं आफ्ना पापहरूका लागि अल्लाहबाट क्षमा माग्नुहोस् । अनि मोमिन पुरूष तथा महिलाहरूका पापहरूका क्षमा माग्नुहोस् । अल्लाह तिमीहरूको दिनका क्रियाकलाप र रातको बसाईको विषयमा अवगत हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन ।२०. अल्लाहले आफ्ना रसूलमाथि युद्धको आदेश भएको सूरह अवतरण गर्नुहुनेछ भन्ने आशाले अल्लाहमाथि आस्था राख्नेहरूले भनेः अल्लाहले युद्धको उल्लेख भएको सूरह किन अवतरण गर्नुभएन ? जब अल्लाह युद्ध उल्लेख भएको निर्णायक वर्णन र आदेश दिने सूरह अवतरण गर्नुहुनेछ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो हृदयमा शंका पालेका मुनाफिकहरूलाई तपाईंले देख्नुहुनेछ डराएका व्यक्तिहरूले हेरेझैं उनीहरूले तपाईंतिर हेर्नेछन् । अल्लाहले उनीहरू यातनाको योग्य रहेको र यो उनीहरूको नजिक आइसकेको छ भनी चेतावनी दिनुभयो किनकि उनीहरू युद्धबाट भागे र डराए ।२१. उनीहरूले अल्लाहको अनुसरण गर्नु र नराम्रो कुराबाट बची असल कुरा गर्नु उनीहरूको लागि राम्रो रहेको छ । अनि जब युद्ध अनिवार्य गरिन्छ र अवस्था गम्भीर हुन्छ । यदि उनीहरू अल्लाहमाथि आफ्नो आस्थामा र उहाँको अनुसरणमा सच्चा भएको भए उनीहरूको कपट र अल्लाहका आदेशहरूको उल्लङ्घनभन्दा राम्रो हुने थियो ।२२. यदि तिमीहरू अल्लाहमाथिको आस्था र उहाँप्रति आज्ञाकारी हुनबाट टाढा रहन्छौ भने कुफ्र र अवज्ञा गरी तिमीहरूले पृथ्वीमा अशान्ति सृजना गर्नेछौ र सम्बन्ध तोड्नेछौ भन्ने आशंका रहेको छ । अज्ञानताको युगमा यही तिमीहरूको अवस्था थियो ।२३. पृथ्वीमा अशान्ति सृजना गर्ने र सम्बन्ध तोड्ने भनी भनिएकाहरू उनीहरू नै हुन् जो अल्लाहको दयाबाट टाढा छन् । उहाँले उनीहरूको सुन्ने शक्ति खोस्नुभएको छ जसले गर्दा उनीहरू नितान्त सत्यलाई सुनेर स्वीकार गर्न सक्दैनन् । अनि उनीहरूको हेर्ने शक्ति खोस्नुभएको छ जसले गर्दा उनीहरू पाठ लिन सक्दैनन् ।२४. के यी विमुख हुनेहरू कुर्आनमा ध्यान दिँदैनन् र त्यसमा सोँच विचार गर्दैनन् ? यदि उनीहरूले त्यसमा ध्यान दिएको भए त्यसले उनीहरूलाई हरेक प्रकारको भलाइको मार्गदर्शन गर्नेथ्यो र हरेक प्रकारको अधर्मबाट उनीहरूलाई टाढा राख्नेथ्यो । के यिनीहरूको हृदयहरूमा ताल्चा लागेको छ, जसकारण त्यसमा उपदेश प्रवेश गर्दैन र चेतावनी त्यसलाई कुनै फाइदा पुर्याउँदैन ?२५. वास्तवमा, तर्कको स्थापना भएपछि र नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सत्यता स्पष्ट भएपछि आफ्नो आस्था त्यागेर कुफ्र र कपट अपनाउनेहरूका कुफ्र र कपटलाई शैतानले सुन्दर बनाएको छ र त्यसमा लिप्त रहन सहज बनाएको छ । अनि उनीहरूलाई लामो समयसम्म बाँच्ने आशा दिन्थ्यो ।२६. उनीहरू पथभ्रष्ट हुनुको कारण अनुसार उनीहरूले ती मुश्रिकहरू जसलाई रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि वही अवतरण भएको कुरा मन पर्दैन उनीहरूलाई गोप्य रूपमा भनेः हामी केही अवस्थाहरूमा तिमीहरूको अनुसरण गर्नेछौं,जस्तै युद्धबाट निरूत्साहित गर्नु । उनीहरूका गोप्य कुराहरू र उनीहरूले लुकाएका कुराहरूलाई अल्लाह जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । अनि उहाँले त्यसबाट जे चाहनुभयो त्यसको जानकारी आफ्नो रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई दिनुभयो ।२७. तपाईं उनीहरूको विषयमा के सोँच्नुहुन्छ जब उनीहरू यातना र पीडादायी अवस्थालाई भोग्नेछन् । जब कार्यभारी फरिश्ताहरूले उनीहरूका अनुहार र पिठ्यूँमा फलामको डन्डाले हिर्काएर उनीहरूको आत्मालाई निकाल्नेछन् ।२८. कुफ्र, कपट, अल्लाह र उहाँका रसूलसँगको शत्रुताको कारणले अल्लाहको क्रोध अवतरित भएकाहरूको अनुसरण उनीहरूले अपनाएको कारणले यो यातना दिइएको हो । अनि उनीहरूले त्यस कुरालाई मन पराएनन् जसले उनीहरूलाई आफ्ना पालनकर्ताको नजिक लान्छ र उनीहरूलाई उहाँको प्रसन्नताको योग्य बनाउँछ जस्तै अल्लाहमाथि आस्था राख्नु र उहाँका रूसलको अनुसरण गर्नु । तसर्थ उहाँले उनीहरूका कर्महरूलाई बर्बाद पार्नुभयो ।२९. अल्लाहले उनीहरूको घृणालाई जाहेर गर्नुहुनेछैन भनी के हृदयमा शंका भएका मुनाफिकहरूलाई लाग्छ ? उहाँले त्यसलाई परीक्षा र जाचद्वारा जाहेर गर्नुहुनेछ । यसको उद्देश्य सच्चा मोमिनलाई झूठो मोमिनबाट फरक पार्नु हो । मोमिन र मुनाफिक दुबै प्रकाशमा आउनेछन् ।३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि हामीले तपाईंलाई मुनाफिकहरूको पहिचान गराउन चाहेको भए गराएका हुने थियौं । अनि तपाईंले उनीहरूलाई उनीहरूको निशानीले चिन्नुहुने थियो । तैपनि तपाईंले उनीहरूलाई उनीहरूको कुरा गराईले चिन्नुहुनेछ । अल्लाहलाई तिमीहरूको कार्महरूको ज्ञान छ । उहाँबाट केही पनि लुकेको छैन ।अनि तिमीहरूलाई त्यसै अनुसार बदला दिनुहुनेछ ।३१. हे मोमिनहरू हो ! हामी संघर्ष, शत्रुहरूसँगको युद्ध र मर्ने र मार्ने कार्यबाट तिमीहरूको परीक्षा लिनेछौं । तसर्थ तिमीहरूमध्येबाट अल्लाहको मार्गमा संघर्ष गर्नेहरू र शत्रुहरूसँगको युद्धमा धैर्य गर्नेहरूको विषयमा थाहा पाउनेछौं । तिमीहरूमा सच्चा र झूठाहरूको पहिचान गर्नको लागि हामी तिमीहरूको परीक्षा लिन्छौं ।३२. वास्तवमा, जसले अल्लाहलाई र उहाँका रसूललाई नकार्यो, स्वयंलाई र अरूहरूलाई अल्लाहको धर्मबाट रोक्यो, उहाँका रसूलको बिरोध गर्यो र उहाँ नबी भएको कुरा प्रष्ट भएपछि उहाँसँग शत्रुता अपनायो उनीहरूले अल्लाहलाई कुनै हानी पुर्याएनन् । वास्तवमा, उनीहरूले स्वयंलाई हानी पुर्याए र अल्लाहले उनीहरूका कर्महरूलाई बर्बाद पार्नुहुनेछ ।३३. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँका आदेशको पालना गर्नेहरू हो ! अल्लाहको अनुसरण गर, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर दुबैका आदेशका पालना गरेर र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर । कुफ्र, देखावट, आदि कामहरू गरी आफ्ना राम्रा कामहरूलाई बर्बाद नगर ।३४. वास्तवमा, जसले अल्लाहलाई नकारे, स्वयंलाई र मानिसहरूलाई अल्लाहको धर्मबाट टाढा राखे अनि पश्चाताप नै नगरी कुफ्रको अवस्थामा मरे उनीहरूका पापहरूलाई लुकाएर त्यसलाई क्षमा गर्नुहुनेछैन । बरू त्यसको कारणले उनीहरूलाई यातना दिनुहुनेछ र उनीहरूलाई नर्कमा सदाका लागि हाल्नुहुनेछ ।३५. हे मोमिनहरू हो ! आफ्नो शत्रुको सामना गर्नेबेला उनीहरूभन्दा पहिले तिमीहरूले सम्झौताको लागि बोलाएर कमजोर नहोऊ । तिमीहरू शक्तिशाली हौ र उनीहरूमाथि विजय प्राप्त गरेका छौ । अल्लाह आफ्नो सहायता र समर्थनका साथ तिमीहरूसँग हुनुहुन्छ । उहाँले तिमीहरूका कर्महरूका प्रतिदानमा रत्ती भर पनि कमी गर्नुहुनेछैन । उहाँले आफ्नो अनुग्रह र उदारताका कारण त्यसलाई बढाउनुहुनेछ ।३६. संसारको जीवन त खेल र मनोरञ्जन मात्र हो । तसर्थ बुद्धिमान व्यक्ति मात्र आखिरतको लागि कर्म गर्न छोडेर त्यसमा लाग्दैन । यदि तिमीहरूले अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्यौ र अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएको कुराहरूबाट बची उहाँको डर राख्यौ भने उहाँले तिमीहरूलाई नघटाई तिमीहरूका कर्महरूको पूरा प्रतिदान दिनुहुनेछ । उहाँले तिमीहरूलाई पूरै सम्पत्ति दिन आह्वान गर्नुभएको छैन । उहाँले त त्यसबाट अनिवार्य भाग जकात मात्र दिन आह्वान गर्नुभएको छ ।३७. यदि उहाँले तिमीहरूलाई पूरै सम्पत्ति दिन आह्वान गर्नुभयो र आफ्नो आह्वानमा जोर दिनुभयो भने तिमीहरूले त्यसलाई लिएर कन्जुसी गर्न थाल्नेछौ । उहाँले तिमीहरूको हृदयमा उहाँको मार्गमा खर्च गर्न गरेको घृणालाई जाहेर गर्नुहुनेछ । तसर्थ उहाँले तिमीहरूमाथि दया गर्दै त्यसको लागि आह्वान गर्नुभएन ।३८. सुन, तिमीहरूलाई नै अल्लाहको मार्गमा आफ्नो सम्पत्तिको एउटा भाग खर्च गर्न आह्वान गरिएको छ । तिमीहरूलाई पूरै सम्पत्ति खर्च गर्न भनिएको छैन । तिमीहरूमध्ये कोही कन्जुसी गरी खर्च गर्न आह्वान गरिएको भागलाई रोक्छन् । जो अल्लाहको मार्गमा आफ्नो सम्पत्तिको केही भाग खर्च गर्न कन्जुसी गर्छ वास्तवमा ऊ खर्च गर्दा प्राप्त हुने प्रतिदानबाट वञ्चित भई आफैमाथि कन्जुसी गर्छ । अल्लाह सम्पन्न हुनुहुन्छ, उहाँलाई तिमीहरूले खर्च गरेको धनको आवश्यकता छैन । तिमीहरूलाई उहाँको आवश्यकता छ । यदि तिमीहरू इस्लामबाट फर्केर कुफ्रतिर जान्छौ भने उहाँले तिमीहरूलाई नष्ट पार्नुहुनेछ । अनि अरूहरूलाई तिमीहरूको ठाउँमा ल्याउनुहुनेछ जो तिमीहरूसरह हुनेछैनन् । बरू उनीहरू उहाँका अनुसरण गर्ने हुनेछन् ।
१. जसले अल्लाहलाई नकारे र मानिसहरूलाई धर्मबाट टाढा राखे उनीहरूका क्रियाकलापहरूलाई अल्लाहले नष्ट पारे ।
२. जसले अल्लाहमाथि आस्था राखे, सत्कर्म गरे र उहाँका रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अल्लाहले जे अवतरण गर्नुभयो त्यसमाथि आस्था राखे जुन उनीहरूका पालनकर्ताहरूको तर्फबाट नितान्त सत्य हो । अल्लाहले उनीहरूका पापहरूलाई क्षमा गर्नुभयो, त्यस कारणले अब उनीहरूलाई यातना दिइने छैन अनि उनीहरूका संसारका र आखिरतका अवस्थाहरूमा सुधार ल्याउनुभयो ।
३. दुईवटै समूहको लागि उल्लेख भएको बदलाको कारण अनुसार अल्लाहलाई नकार्नेहरूले असत्यको अनुसरण अपनाए भने अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्नेहरूले उनीहरूको पालनकर्ताको तर्फबाट आएको सत्यको अनुसरण अपनाए । तसर्थ उनीहरूका कार्यहरूमा भिन्नता भएको हुनाले उनीहरूको बदलामा भिन्नता भएको पाइन्छ । जसरी अल्लाहले दुई समूहहरू अर्थात मोमिनहरू र काफिरहरूको विषयमा आफ्नो आदेशलाई प्रष्ट पार्नुभएको छ त्यसरी नै अल्लाहले उनीहरूको उदाहरण दिनुभएको छ जसले गर्दा सबैले आफ्नो भाग्य अनुसार पाउनेछन् / हरेक समूहले आफ्नै जस्तो समूहलाई पाउनेछ ।
४. हे मोमिनहरू हो ! यदि तिमीहरूको भिडन्त योद्धा काफिरहरूसँग हुदाँ तिमीहरू आफ्ना तरवारले उनीहरूको गर्धन काट । उनीहरूमध्ये धेरैजनालाई नमारूञ्जेल उनीहरूसँग युद्ध गरिराख र उनीहरूको शक्ति समाप्त पार । तिमीहरूले धेरैजनालाई मारिसकेपछि कैदीहरूलाई बाँध । तिमीहरूले उनीहरूलाई बन्धक बनाइसकेपछि अवस्थाको आवश्यकता अनुसार फैसला लिऊ । या फिरौती माग नगरिकन उनीहरूलाई जान देऊ या फिरौतीमा धन वा अरू केही माग । काफिरहरूले इस्लाम अपनाई वा उनीहरूले सम्झौता नगरी युद्ध नसकेसम्म उनीहरूसँग युद्ध गरिराख र उनीहरूलाई बन्धक बनाइराख । यी उल्लेख भएका कुराहरू जस्तै काफिरहरूद्वारा मोमिनहरूको परीक्षा हुनु, दिनहरूको भिन्नता र केही विरूद्ध केहीले जित्नु भनेको अल्लाहको आदेश हो । यदि अल्लाहले काफिरहरूविरूद्ध युद्ध बिना नै विजयलाई चाहनुभयो भने विजय प्राप्त हुनेछ । तर उहाँले केही मानिसहरूद्वारा अन्य केहीको परीक्षा लिनको लागि युद्धको आदेश दिनुभयो । उहाँले युद्ध गर्ने मोमिनहरू र युद्ध नगर्ने मोमिनहरूको परीक्षा लिनुहुन्छ र काफिरद्वार मोमिनको परीक्षा लिनुहुन्छ । यदि उसले मोमिनको हत्या गर्छ भने मोमिन स्वर्ग प्रवेश गर्नेछ र यदि मोमिनले उसको हत्या गर्यो भने ऊ नर्क जानेछ । अल्लाहको मार्गमा युद्ध गर्नेहरूको कर्महरूलाई अल्लाहले बर्बाद गर्नुहुनेछैन ।
५. उहाँले उनीहरूलाई संसारको जीवनमा सत्यको अनुसरण गर्न सहयोग गर्नुहुनेछ र उनीहरूको अवस्थामा सुधार ल्याउनुहुनेछ ।
६. कयामतको दिन उनीहरूलाई स्वर्गमा प्रवेश गराइनेछ । उहाँले संसारमा नै उनीहरूलाई त्यसका गुणहरूको उल्लेख गरेर त्यसको वर्णन गर्नुभयो तसर्थ उनीहरूले त्यस विषयमा थाहा पाए । अनि आखिरतमा उहाँले त्यसमा उनीहरूको दर्जाहरूको विषयमा थाहा दिनुभयो ।
७. हे अल्लाहमाथि आस्था राख्ने र उहाँका आदेशहरूको पालना गर्नेहरू हो ! यदि तिमीहरूले अल्लाहका नबी र उहाँको धर्मको सहयोग गरी र काफिरहरूसँग युद्ध गरी अल्लाहलाई सहयोग गर्यौ भने उहाँले उनीहरूमाथि विजय प्रदान गरी तिमीहरूलाई सहयोग गर्नुहुनेछ र युद्धमा उनीहरूसँग भिडन्त हुनेबेला तिमीहरूको पाइलालाई बलियो पार्नुहुनेछ ।
८. अल्लाहलाई र उहाँका रसूललाई नकार्नेहरू पराजित र नष्ट हुनेछन् । अनि उहाँले उनीहरूको पुण्यहरूलाई बर्बाद पार्नुहुनेछ ।
९. अल्लाहले आफ्ना रसूलमाथि अवतरण गर्नुभएको कुर्आनमा अल्लाहको एकेश्वरवाद उल्लेख भएको कुरालाई उनीहरूले घृणा गरेको हुनाले उनीहरूमाथि यातना आउनेछ । तसर्थ अल्लाहले उनीहरूका कर्महरूलाई नष्ट पार्नुहुनेछ अनि उनीहरू यस संसारमा र आखिरतमा घाटा बेहोर्नेछन् ।
१०. के यी झूठो ठहर गर्नेहरूले पृथ्वीमा घुमफिर गरी उनीहरूभन्दा पहिले झूठो ठहर गर्नेहरूको कस्तो परिणाम भएको थियो भनी उनीहरूले गरेनन् र ? उनीहरूको परिणाम अत्यन्तै पीडादायी थियो । अल्लाहले उनीहरूका घरहरूलाई पूर्ण रूपमा नष्ट पारे । उहाँले उनीहरूलाई र उनीहरूका सन्तान र धन-सम्पत्तिलाई नष्ट पारे । हरेक समय र हरेक ठाउँका काफिरहरूका लागि यस्तै यातना रहेको छ ।
११. दुबै समूहलाई दिइने बदला उल्लेख भएको छ । अल्लाहमाथि आस्था राख्नेहरूको लागि अल्लाह सहयोगी हुनुहुन्छ भने काफिरहरूको कोही सहयोगी हुनेछैन ।
१२. वास्तवमा, अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्नेहरू र सत्कर्म गर्नेहरूलाई अल्लाहले बगैंचाहरूमा प्रवेश गराउनुहुनेछ जसका महलहरू र रूखहरूको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । तर अल्लाहलाई र उहाँका रसूललाई नकार्नेहरू जो संसारमा आफ्नै इच्छाको अनुसरण गर्छ्न् र चोपायाहरूझैं खान्छन् र केवल आफ्नै पेट र गुप्ताङ्गलाई मात्र महत्व दिन्छन् । कयामतको दिन उनीहरूको बासस्थान नर्क हुनेछ जसतिर उनीहरू जानेछन् ।
१३. पहिलेका नगरहरूमध्येबाट कयौं नगरहरू जो तपाईंलाई र तपाईंका परिवारलाई मक्काबाट निकाल्ने मक्काका बासिन्दाहरूभन्दा धेरै शक्तिशाली र धेरै धन र सन्तान भएकाहरू थिए उनीहरूले आफ्ना रसूललाई झूठो ठहर गरेको कारणले हामीले उनीहरूलाई नष्ट पार्यौं । उनीहरूमाथि अल्लाहको यातना आएको बेला उनीहरूलाई त्यसबाट बचाउने कोही सहयोगी भएन । यदि हामीले मक्काका बासिन्दाहरूलाई नष्ट पार्न खोज्यौं भने कोही हामीलाई विवश पार्न सक्दैन ।
१४. जोसँग आफ्ना पालनकर्ताको प्रष्ट प्रमाण र स्पष्ट तर्कहरू छन् र ऊ अन्तर्ज्ञानमा आधारित भई उहाँको उपासना गर्छ के ऊ त्यस व्यक्ति सरह हुन सक्छ जसलाई उसका नराम्रा कर्महरूलाई शैतानले राम्रो बनाएर प्रस्तुत गरेको छ र मूर्तिहरूको उपासना गर्ने, पापमा लिप्त रहने र रसूलहरूलाई झूठो ठहर गर्ने लगायतका नराम्रा इच्छाहरूको अनुसरण गर्छ ?
१५. अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर उहाँको भय राख्नेहरूलाई जुन स्वर्गमा प्रवेश गराउने वाचा गरिएको छ त्यसका गुणहरू यी रहेका छन्- त्यहाँ पानीका नहरहरू छन् जुन लामो समयसम्म रहेता पनि त्यसको बास्ना र स्वादमा परिवर्तन आउँदैन । त्यहाँ दूधका नहरहरू छन् जसको स्वाद परिवर्तन हुँदैन । त्यहाँ पिउनेहरूलाई स्वादिष्ट मदिराका नहरहरू हुनेछन् । त्यहाँ विभिन्न अशुद्धताबाट पवित्र पारिएका महका नहरहरू हुनेछन् । अनि त्यहाँ उनीहरूले चाहेका हरेक प्रकारका फलहरू हुनेछन् । सबैभन्दा महत्व कुरा, अल्लाहले उनीहरूका पापहरूलाई क्षमा गर्नुहुनेछ अनि उनीहरूलाई त्यसकोलागि यातना दिनुहुनेछैन । जसको लागि यो प्रतिदान रहेको छ के त्यो व्यक्ति त्यस व्यक्ति सरह हुन सक्छ जो सदाका लागि नर्कमा रहनेछ र उसलाई अत्यन्तै तातो पानी पिलाइनेछ जसको कारणले उसका पेटका आन्द्राहरू नै काटिदिनेछन् ?
१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई सुन्ने केही मुनाफिकहरू तपाईंको कुरा सुनेर स्वीकार गर्दैनन् बरू विमुख हुन्छन् । तर जब उनीहरू तपाईंबाट टाढा जान्छन् तब जसलाई अल्लाहले ज्ञान दिनुभएको छ उनीहरूलाई भन्छन्- उसले भर्खरै के भन्यो ? उनीहरूबाट अनभिज्ञ र विमुख भएर सोध्छन् । यिनीहरू नै हुन् जसका हृदयहरूमाथि अल्लाहले मोहर लगाइदिनुभएको छ । तसर्थ उनीहरूले कुनै भलाइ पाउनेछैनन् । उनीहरूले आफ्नो नराम्रो इच्छाको अनुसरण गरे जसले उनीहरूलाई सत्य देख्नबाट अन्धो बनायो ।
१७. जसले सत्यको मार्ग प्राप्त गरे र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको कुराको अनुसरण गरे उनीहरूको पालनकर्ताले उनीहरूको मार्गदर्शनलाई बढाउनुहुन्छ र राम्रो काम गर्न सहयोग गर्छन् । अनि उनीहरूलाई नर्कबाट बचाउने काम गर्ने चेतना प्रदान गर्नुहुन्छ ।
१८. के काफिरहरू उनीहरूलाई पहिले देखि ज्ञान नभएको बेला अकस्मात कयामत आउने प्रतिक्षामा छन् ? त्यसका निशानीहरू आइसकेका छन् जसमध्ये नबी (सल्लल्लाहु अलैहि व सल्लम) आउनु र चन्द्रमा फुट्नु हो । जब कयामत आउनेछ तब उनीहरू कसरी चेतनाबाट फाइदा लिन सक्छन् ?
१९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विश्वास गर्नुहोस्, अल्लाहबाहेक अरू कोही वास्तविक उपास्य छैन । तपाईं आफ्ना पापहरूका लागि अल्लाहबाट क्षमा माग्नुहोस् । अनि मोमिन पुरूष तथा महिलाहरूका पापहरूका क्षमा माग्नुहोस् । अल्लाह तिमीहरूको दिनका क्रियाकलाप र रातको बसाईको विषयमा अवगत हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन ।
२०. अल्लाहले आफ्ना रसूलमाथि युद्धको आदेश भएको सूरह अवतरण गर्नुहुनेछ भन्ने आशाले अल्लाहमाथि आस्था राख्नेहरूले भनेः अल्लाहले युद्धको उल्लेख भएको सूरह किन अवतरण गर्नुभएन ? जब अल्लाह युद्ध उल्लेख भएको निर्णायक वर्णन र आदेश दिने सूरह अवतरण गर्नुहुनेछ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो हृदयमा शंका पालेका मुनाफिकहरूलाई तपाईंले देख्नुहुनेछ डराएका व्यक्तिहरूले हेरेझैं उनीहरूले तपाईंतिर हेर्नेछन् । अल्लाहले उनीहरू यातनाको योग्य रहेको र यो उनीहरूको नजिक आइसकेको छ भनी चेतावनी दिनुभयो किनकि उनीहरू युद्धबाट भागे र डराए ।
२१. उनीहरूले अल्लाहको अनुसरण गर्नु र नराम्रो कुराबाट बची असल कुरा गर्नु उनीहरूको लागि राम्रो रहेको छ । अनि जब युद्ध अनिवार्य गरिन्छ र अवस्था गम्भीर हुन्छ । यदि उनीहरू अल्लाहमाथि आफ्नो आस्थामा र उहाँको अनुसरणमा सच्चा भएको भए उनीहरूको कपट र अल्लाहका आदेशहरूको उल्लङ्घनभन्दा राम्रो हुने थियो ।
२२. यदि तिमीहरू अल्लाहमाथिको आस्था र उहाँप्रति आज्ञाकारी हुनबाट टाढा रहन्छौ भने कुफ्र र अवज्ञा गरी तिमीहरूले पृथ्वीमा अशान्ति सृजना गर्नेछौ र सम्बन्ध तोड्नेछौ भन्ने आशंका रहेको छ । अज्ञानताको युगमा यही तिमीहरूको अवस्था थियो ।
२३. पृथ्वीमा अशान्ति सृजना गर्ने र सम्बन्ध तोड्ने भनी भनिएकाहरू उनीहरू नै हुन् जो अल्लाहको दयाबाट टाढा छन् । उहाँले उनीहरूको सुन्ने शक्ति खोस्नुभएको छ जसले गर्दा उनीहरू नितान्त सत्यलाई सुनेर स्वीकार गर्न सक्दैनन् । अनि उनीहरूको हेर्ने शक्ति खोस्नुभएको छ जसले गर्दा उनीहरू पाठ लिन सक्दैनन् ।
२४. के यी विमुख हुनेहरू कुर्आनमा ध्यान दिँदैनन् र त्यसमा सोँच विचार गर्दैनन् ? यदि उनीहरूले त्यसमा ध्यान दिएको भए त्यसले उनीहरूलाई हरेक प्रकारको भलाइको मार्गदर्शन गर्नेथ्यो र हरेक प्रकारको अधर्मबाट उनीहरूलाई टाढा राख्नेथ्यो । के यिनीहरूको हृदयहरूमा ताल्चा लागेको छ, जसकारण त्यसमा उपदेश प्रवेश गर्दैन र चेतावनी त्यसलाई कुनै फाइदा पुर्याउँदैन ?
२५. वास्तवमा, तर्कको स्थापना भएपछि र नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सत्यता स्पष्ट भएपछि आफ्नो आस्था त्यागेर कुफ्र र कपट अपनाउनेहरूका कुफ्र र कपटलाई शैतानले सुन्दर बनाएको छ र त्यसमा लिप्त रहन सहज बनाएको छ । अनि उनीहरूलाई लामो समयसम्म बाँच्ने आशा दिन्थ्यो ।
२६. उनीहरू पथभ्रष्ट हुनुको कारण अनुसार उनीहरूले ती मुश्रिकहरू जसलाई रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि वही अवतरण भएको कुरा मन पर्दैन उनीहरूलाई गोप्य रूपमा भनेः हामी केही अवस्थाहरूमा तिमीहरूको अनुसरण गर्नेछौं,जस्तै युद्धबाट निरूत्साहित गर्नु । उनीहरूका गोप्य कुराहरू र उनीहरूले लुकाएका कुराहरूलाई अल्लाह जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । अनि उहाँले त्यसबाट जे चाहनुभयो त्यसको जानकारी आफ्नो रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई दिनुभयो ।
२७. तपाईं उनीहरूको विषयमा के सोँच्नुहुन्छ जब उनीहरू यातना र पीडादायी अवस्थालाई भोग्नेछन् । जब कार्यभारी फरिश्ताहरूले उनीहरूका अनुहार र पिठ्यूँमा फलामको डन्डाले हिर्काएर उनीहरूको आत्मालाई निकाल्नेछन् ।
२८. कुफ्र, कपट, अल्लाह र उहाँका रसूलसँगको शत्रुताको कारणले अल्लाहको क्रोध अवतरित भएकाहरूको अनुसरण उनीहरूले अपनाएको कारणले यो यातना दिइएको हो । अनि उनीहरूले त्यस कुरालाई मन पराएनन् जसले उनीहरूलाई आफ्ना पालनकर्ताको नजिक लान्छ र उनीहरूलाई उहाँको प्रसन्नताको योग्य बनाउँछ जस्तै अल्लाहमाथि आस्था राख्नु र उहाँका रूसलको अनुसरण गर्नु । तसर्थ उहाँले उनीहरूका कर्महरूलाई बर्बाद पार्नुभयो ।
२९. अल्लाहले उनीहरूको घृणालाई जाहेर गर्नुहुनेछैन भनी के हृदयमा शंका भएका मुनाफिकहरूलाई लाग्छ ? उहाँले त्यसलाई परीक्षा र जाचद्वारा जाहेर गर्नुहुनेछ । यसको उद्देश्य सच्चा मोमिनलाई झूठो मोमिनबाट फरक पार्नु हो । मोमिन र मुनाफिक दुबै प्रकाशमा आउनेछन् ।
३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि हामीले तपाईंलाई मुनाफिकहरूको पहिचान गराउन चाहेको भए गराएका हुने थियौं । अनि तपाईंले उनीहरूलाई उनीहरूको निशानीले चिन्नुहुने थियो । तैपनि तपाईंले उनीहरूलाई उनीहरूको कुरा गराईले चिन्नुहुनेछ । अल्लाहलाई तिमीहरूको कार्महरूको ज्ञान छ । उहाँबाट केही पनि लुकेको छैन ।अनि तिमीहरूलाई त्यसै अनुसार बदला दिनुहुनेछ ।
३१. हे मोमिनहरू हो ! हामी संघर्ष, शत्रुहरूसँगको युद्ध र मर्ने र मार्ने कार्यबाट तिमीहरूको परीक्षा लिनेछौं । तसर्थ तिमीहरूमध्येबाट अल्लाहको मार्गमा संघर्ष गर्नेहरू र शत्रुहरूसँगको युद्धमा धैर्य गर्नेहरूको विषयमा थाहा पाउनेछौं । तिमीहरूमा सच्चा र झूठाहरूको पहिचान गर्नको लागि हामी तिमीहरूको परीक्षा लिन्छौं ।
३२. वास्तवमा, जसले अल्लाहलाई र उहाँका रसूललाई नकार्यो, स्वयंलाई र अरूहरूलाई अल्लाहको धर्मबाट रोक्यो, उहाँका रसूलको बिरोध गर्यो र उहाँ नबी भएको कुरा प्रष्ट भएपछि उहाँसँग शत्रुता अपनायो उनीहरूले अल्लाहलाई कुनै हानी पुर्याएनन् । वास्तवमा, उनीहरूले स्वयंलाई हानी पुर्याए र अल्लाहले उनीहरूका कर्महरूलाई बर्बाद पार्नुहुनेछ ।
३३. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँका आदेशको पालना गर्नेहरू हो ! अल्लाहको अनुसरण गर, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर दुबैका आदेशका पालना गरेर र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बचेर । कुफ्र, देखावट, आदि कामहरू गरी आफ्ना राम्रा कामहरूलाई बर्बाद नगर ।
३४. वास्तवमा, जसले अल्लाहलाई नकारे, स्वयंलाई र मानिसहरूलाई अल्लाहको धर्मबाट टाढा राखे अनि पश्चाताप नै नगरी कुफ्रको अवस्थामा मरे उनीहरूका पापहरूलाई लुकाएर त्यसलाई क्षमा गर्नुहुनेछैन । बरू त्यसको कारणले उनीहरूलाई यातना दिनुहुनेछ र उनीहरूलाई नर्कमा सदाका लागि हाल्नुहुनेछ ।
३५. हे मोमिनहरू हो ! आफ्नो शत्रुको सामना गर्नेबेला उनीहरूभन्दा पहिले तिमीहरूले सम्झौताको लागि बोलाएर कमजोर नहोऊ । तिमीहरू शक्तिशाली हौ र उनीहरूमाथि विजय प्राप्त गरेका छौ । अल्लाह आफ्नो सहायता र समर्थनका साथ तिमीहरूसँग हुनुहुन्छ । उहाँले तिमीहरूका कर्महरूका प्रतिदानमा रत्ती भर पनि कमी गर्नुहुनेछैन । उहाँले आफ्नो अनुग्रह र उदारताका कारण त्यसलाई बढाउनुहुनेछ ।
३६. संसारको जीवन त खेल र मनोरञ्जन मात्र हो । तसर्थ बुद्धिमान व्यक्ति मात्र आखिरतको लागि कर्म गर्न छोडेर त्यसमा लाग्दैन । यदि तिमीहरूले अल्लाहमाथि र उहाँका रसूलमाथि आस्था राख्यौ र अल्लाहका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएको कुराहरूबाट बची उहाँको डर राख्यौ भने उहाँले तिमीहरूलाई नघटाई तिमीहरूका कर्महरूको पूरा प्रतिदान दिनुहुनेछ । उहाँले तिमीहरूलाई पूरै सम्पत्ति दिन आह्वान गर्नुभएको छैन । उहाँले त त्यसबाट अनिवार्य भाग जकात मात्र दिन आह्वान गर्नुभएको छ ।
३७. यदि उहाँले तिमीहरूलाई पूरै सम्पत्ति दिन आह्वान गर्नुभयो र आफ्नो आह्वानमा जोर दिनुभयो भने तिमीहरूले त्यसलाई लिएर कन्जुसी गर्न थाल्नेछौ । उहाँले तिमीहरूको हृदयमा उहाँको मार्गमा खर्च गर्न गरेको घृणालाई जाहेर गर्नुहुनेछ । तसर्थ उहाँले तिमीहरूमाथि दया गर्दै त्यसको लागि आह्वान गर्नुभएन ।
३८. सुन, तिमीहरूलाई नै अल्लाहको मार्गमा आफ्नो सम्पत्तिको एउटा भाग खर्च गर्न आह्वान गरिएको छ । तिमीहरूलाई पूरै सम्पत्ति खर्च गर्न भनिएको छैन । तिमीहरूमध्ये कोही कन्जुसी गरी खर्च गर्न आह्वान गरिएको भागलाई रोक्छन् । जो अल्लाहको मार्गमा आफ्नो सम्पत्तिको केही भाग खर्च गर्न कन्जुसी गर्छ वास्तवमा ऊ खर्च गर्दा प्राप्त हुने प्रतिदानबाट वञ्चित भई आफैमाथि कन्जुसी गर्छ । अल्लाह सम्पन्न हुनुहुन्छ, उहाँलाई तिमीहरूले खर्च गरेको धनको आवश्यकता छैन । तिमीहरूलाई उहाँको आवश्यकता छ । यदि तिमीहरू इस्लामबाट फर्केर कुफ्रतिर जान्छौ भने उहाँले तिमीहरूलाई नष्ट पार्नुहुनेछ । अनि अरूहरूलाई तिमीहरूको ठाउँमा ल्याउनुहुनेछ जो तिमीहरूसरह हुनेछैनन् । बरू उनीहरू उहाँका अनुसरण गर्ने हुनेछन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें