शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अपार दयाको मालिक अत्यन्त दयालु ।२. उहाँले कुर्आनलाई सम्झन र त्यसको अर्थ बुझ्न सहज बनाएर मनुष्यलाई त्यसको ज्ञान दिनुभयो ।३. उहाँले मनुष्यलाई उत्तम सृष्टि गर्नुभयो र उसको स्वरूपलाई सुन्दर बनाउनुभयो ।४. उहाँले उसलाई बोलेर र लेखेर मनको कुरा व्यक्त गर्ने तरिका सिकाउनुभयो ।५. उहाँले सूर्य र चन्द्रमाको गन्तव्य निर्धारण गर्नुभयो । त्यो दुबै निर्धारित हिसाबले चलिरहेका छन् । यसको उद्देश्य मनुष्यले वर्षहरूको संख्या र हिसाब जान्न सक्नु हो ।६. डाँठ नभएका बोटबिरूवा र रूखहरू समर्पित र आधीनमा भई अल्लाहलाई सज्दा गर्छन् ।७. उहाँले आकाशलाई छाना सरह पृथ्वीमाथि उठाउनुभयो । अनि उहाँले पृथ्वीमा न्याय स्थापना गर्नुभयो र आफ्ना भक्तहरूलाई त्यसको आदेश दिनुभयो ।८. हे मनुष्यहरू हो ! तिमीहरू अत्याचार नगर अनि तौलमा र नाप्ने काममा धोका नगर भन्ने उद्देश्यले उहाँले न्याय स्थापना गर्नुभयो ।९. एक आपसमा न्यायका साथ जोख्ने गर । अरूको लागि जोख्ने वा नाप्ने बेला नघटाऊ ।१०. उहाँले पृथ्वीलाई सृष्टिहरूको बासस्थानको रूपमा तयार पार्नुभएको छ ।११. त्यहाँ फलहरू फलाउने रूखहरू छन् र खोल भएका / बोक्रायुक्त खजूरका रूखहरू छन् जसबाट खजूरहरू फल्छन् ।१२. त्यहाँ गहुँ र जौ जस्तै भुसयुक्त अन्नहरू र तिमीहरूलाई राम्रो लाग्ने सुगन्धित बोटबिरूवाहरू छन् ।१३. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?१४. उहाँले आदम (अलैहिस्सलाम) लाई सुक्खा माटोबाट सृष्टि गर्नुभयो जुन पकाइएको माटो जस्तै आवाज निकाल्दछ ।१५. उहाँले जिनका बुबालाई धुवाँ रहित आगोबाट सृष्टि गर्नुभयो ।१६. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?१७. जाडो र गर्मीमा सूर्य उदाउने र अस्ताउने ठाउँहरूको उहाँ मालिक हुनुहुन्छ ।१८. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?१९. अल्लाहले नुनिलो र मीठो समुद्रहरूलाई मिसाउनुभयो जुन आँखाले देख्ने गरी मिसेका छन् ।२०. यी दुबै बीच एउटा बाधा छ जसले गर्दा दुबै एक आपसमा प्रवेश गर्न सक्दैनन् । तसर्थ गुल्यो गुल्यो नै रहन्छ र नुनिलो नुनिलो नै रहन्छ ।२१. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?२२. यी दुबै समुद्रबाट ठूला र साना मोतीहरू निस्कन्छन् ।२३. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?२४. पहाडहरूझैं ठूला समुद्रमा हिँड्ने जहाजहरू केवल अल्लाहकै नियन्त्रणमा छन् ।२५. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?२६. पृथ्वीमा रहेका सम्पूर्ण सृष्टिहरू निश्चय नै नष्ट हुनेछन् ।२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका महान, उदार र आफ्ना भक्तहरूप्रति दयावान पालनकर्ताको अनुहार मात्र बाँकी रहनेछ । त्यो कहिल्यै नष्ट हुनेछैन ।२८. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?२९. आकाशका फरिश्ताहरू र पृथ्वीका जिन र मनुष्यहरू उहाँसँग आफ्ना इच्छा माग्छन् । उहाँ हरेक दिन आफ्ना भक्तका मुद्दाहरू हेर्नुहुन्छ जस्तै, जीवन दिनु, मृत्यु दिनु, जीविका प्रदान गर्नु, आदि ।३०. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?३१. हे जिन र मनुष्य हो ! हामी तिमीहरूको हिसाब लिनको लागि चाँडै एकाग्र हुनेछौं । अनि हामी हरेकलाई ऊ योग्य भए अनुसार प्रतिदान वा यातना दिनेछौं ।३२. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?३३. कयामतको दिन जिनहरू र मनुष्यहरू भेला भएको बेला अल्लाहले भन्नुहुनेछः हे जिन र मनुष्यका समूहहरू हो ! आकाशहरू र पृथ्वीका किनाराहरूमध्ये कुनै किनाराबाट निस्कने बाटो देख्छौ भने निस्क । तिमीहरू शक्ति र निर्देशनबिना यसो गर्न सक्षम हुनेछैनौ । तर त्यो तिमीहरूसित कहाँ छ र ?३४. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?३५. हे जिनहरू र मनुष्यहरू हो ! तिमीहरूमाथि धुँवा रहित आगोको ज्वाला र ज्वाला रहित धुँवा फ्याकिनेछ । अनि तिमीहरू त्यसबाट बच्नसक्ने छैनौ ।३६. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?३७. अनि जब फरिश्ताहरूको अवतरणका कारण आकाश फुट्नेछ त्यो चमकमा रातो छालाझैं रातो हुनेछ ।३८. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?३९. त्यस महान दिन मनुष्यहरू र जिनहरूलाई उनीहरूका पापहरूको विषयमा सोधिने छैन किनकि अल्लाहलाई उनीहरूका कर्महरूको ज्ञान छ ।४०. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?४१. कयामतको दिन अपराधीहरू उनीहरूका चिन्हहरूले चिनिनेछन् । त्यो चिन्ह भनेको कालो अनुहार र निलो आँखा हो । उनीहरूका जुल्फीलाई उनीहरूका खुट्टासँग बाँधेर नर्कमा फालिनेछन् ।४२. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?४३. उनीहरूलाई अपमानित गर्दै भनिनेछः अपराधीहरूले संसारमा झूठो ठहर गर्ने नर्क उनीहरूको आँखा अगाडि नै छ जसलाई उनीहरू नकार्न सक्दैनन् ।४४. उनीहरू त्यसमा र उम्लँदो पानीको विषयमा दुविधामा हुनेछन् ।४५. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?४६. आखिरतमा आफ्ना पालनकर्तासमक्ष उपस्थित हुन डर राख्ने अनि आस्था राख्ने र सत्कर्म गर्ने व्यक्तिको लागि दुईवटा बगैंचाहरू रहेका छन् ।४७. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?४८. यी दुई बगैंचाहरूमा फलहरूले भरिएका हाँगाहरू भएका रूखहरू छन् ।४९. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?५०. यी दुई बगैंचाहरूमा पानीका दुई स्रोतहरू छन् ।५१. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?५२. यी दुई बगैंचाहरूमा लाभान्वित हुन मिल्ने हरेक प्रकारका फलहरूका दुई प्रकार हुनेछन् ।५३. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?५४. बाक्लो रेशमको अस्तर भएको तकियामा उनीहरू अडेस लागाएका हुनेछन् । दुबै बगैंचाका फल नजिक हुनेछ र उभिएको, बसेको र अडेस लगेको सबैले सजिलै खान पाउनेछन् ।५५. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?५६. त्यहाँ आफ्ना पतिहरूलाई मात्र हेर्ने महिलाहरू हुनेछन् । उनीहरूका पतिहरूबाहेक मनुष्य र जिनले उनीहरूसँग सहवास गरेका हुनेछैनन् ।५७. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?५८. मानौं उनीहरू सुन्दर र पवित्र हीरा र मुङ्गा हुन् ।५९. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?६०. राम्रो तरिकाले आफ्नो पालनकर्ताको आज्ञापालन गर्ने व्यक्तिको बदलालाई अल्लाहले झन् राम्रो बनाउनुहुनेछ ।६१. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?६२. यी उल्लेखित दुई बगैंचाहरूबाहेक अरू दुई बगैंचाहरू हुनेछन् ।६३. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?६४. अत्यधिक हरिया हुनेछन् ।६५. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?६६. यी दुबै बगैंचाहरूमा प्रशस्त पानी बगिरहने दुईवटा स्रोतहरू हुनेछन् जुन समाप्त हुनेछैनन् ।६७. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?६८. यी दुबै बगैंचाहरूमा धेरै फलहरू, ठूला खजूरहरू र अनारहरू हुनेछन् ।६९. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?७०. यी बगैंचाहरूमा राम्रो आचरण भएकी र सुन्दर अनुहार भएकी महिलाहरू हुनेछन् ।७१. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?७२. ती महिलाहरूलाई पालहरूमा उनीहरूको सुरक्षाको लागि लुकाएर राखिएको हुनेछ ।७३. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?७४. उनीहरूका पतिहरूभन्दा पहिले मनुष्य र जिन उनीहरूको नजिक आएका हुनेछैनन् ।७५. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?७६. उनीहरू हरिया खोलमा राखिएका सिरानीहरूमा अडेस लगाएर सुन्दर बिछ्यौनामा बसेका हुनेछन् ।७७. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?७८. तपाईंका महान, उदार र आफ्ना भक्तहरूप्रति दयावान पालनकर्ताको नाम अपार भलाइले भरिएको र अति मङ्गलमय रहेको छ ।
१. अपार दयाको मालिक अत्यन्त दयालु ।
२. उहाँले कुर्आनलाई सम्झन र त्यसको अर्थ बुझ्न सहज बनाएर मनुष्यलाई त्यसको ज्ञान दिनुभयो ।
३. उहाँले मनुष्यलाई उत्तम सृष्टि गर्नुभयो र उसको स्वरूपलाई सुन्दर बनाउनुभयो ।
४. उहाँले उसलाई बोलेर र लेखेर मनको कुरा व्यक्त गर्ने तरिका सिकाउनुभयो ।
५. उहाँले सूर्य र चन्द्रमाको गन्तव्य निर्धारण गर्नुभयो । त्यो दुबै निर्धारित हिसाबले चलिरहेका छन् । यसको उद्देश्य मनुष्यले वर्षहरूको संख्या र हिसाब जान्न सक्नु हो ।
६. डाँठ नभएका बोटबिरूवा र रूखहरू समर्पित र आधीनमा भई अल्लाहलाई सज्दा गर्छन् ।
७. उहाँले आकाशलाई छाना सरह पृथ्वीमाथि उठाउनुभयो । अनि उहाँले पृथ्वीमा न्याय स्थापना गर्नुभयो र आफ्ना भक्तहरूलाई त्यसको आदेश दिनुभयो ।
८. हे मनुष्यहरू हो ! तिमीहरू अत्याचार नगर अनि तौलमा र नाप्ने काममा धोका नगर भन्ने उद्देश्यले उहाँले न्याय स्थापना गर्नुभयो ।
९. एक आपसमा न्यायका साथ जोख्ने गर । अरूको लागि जोख्ने वा नाप्ने बेला नघटाऊ ।
१०. उहाँले पृथ्वीलाई सृष्टिहरूको बासस्थानको रूपमा तयार पार्नुभएको छ ।
११. त्यहाँ फलहरू फलाउने रूखहरू छन् र खोल भएका / बोक्रायुक्त खजूरका रूखहरू छन् जसबाट खजूरहरू फल्छन् ।
१२. त्यहाँ गहुँ र जौ जस्तै भुसयुक्त अन्नहरू र तिमीहरूलाई राम्रो लाग्ने सुगन्धित बोटबिरूवाहरू छन् ।
१३. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
१४. उहाँले आदम (अलैहिस्सलाम) लाई सुक्खा माटोबाट सृष्टि गर्नुभयो जुन पकाइएको माटो जस्तै आवाज निकाल्दछ ।
१५. उहाँले जिनका बुबालाई धुवाँ रहित आगोबाट सृष्टि गर्नुभयो ।
१६. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
१७. जाडो र गर्मीमा सूर्य उदाउने र अस्ताउने ठाउँहरूको उहाँ मालिक हुनुहुन्छ ।
१८. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
१९. अल्लाहले नुनिलो र मीठो समुद्रहरूलाई मिसाउनुभयो जुन आँखाले देख्ने गरी मिसेका छन् ।
२०. यी दुबै बीच एउटा बाधा छ जसले गर्दा दुबै एक आपसमा प्रवेश गर्न सक्दैनन् । तसर्थ गुल्यो गुल्यो नै रहन्छ र नुनिलो नुनिलो नै रहन्छ ।
२१. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
२२. यी दुबै समुद्रबाट ठूला र साना मोतीहरू निस्कन्छन् ।
२३. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
२४. पहाडहरूझैं ठूला समुद्रमा हिँड्ने जहाजहरू केवल अल्लाहकै नियन्त्रणमा छन् ।
२५. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
२६. पृथ्वीमा रहेका सम्पूर्ण सृष्टिहरू निश्चय नै नष्ट हुनेछन् ।
२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका महान, उदार र आफ्ना भक्तहरूप्रति दयावान पालनकर्ताको अनुहार मात्र बाँकी रहनेछ । त्यो कहिल्यै नष्ट हुनेछैन ।
२८. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
२९. आकाशका फरिश्ताहरू र पृथ्वीका जिन र मनुष्यहरू उहाँसँग आफ्ना इच्छा माग्छन् । उहाँ हरेक दिन आफ्ना भक्तका मुद्दाहरू हेर्नुहुन्छ जस्तै, जीवन दिनु, मृत्यु दिनु, जीविका प्रदान गर्नु, आदि ।
३०. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
३१. हे जिन र मनुष्य हो ! हामी तिमीहरूको हिसाब लिनको लागि चाँडै एकाग्र हुनेछौं । अनि हामी हरेकलाई ऊ योग्य भए अनुसार प्रतिदान वा यातना दिनेछौं ।
३२. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
३३. कयामतको दिन जिनहरू र मनुष्यहरू भेला भएको बेला अल्लाहले भन्नुहुनेछः हे जिन र मनुष्यका समूहहरू हो ! आकाशहरू र पृथ्वीका किनाराहरूमध्ये कुनै किनाराबाट निस्कने बाटो देख्छौ भने निस्क । तिमीहरू शक्ति र निर्देशनबिना यसो गर्न सक्षम हुनेछैनौ । तर त्यो तिमीहरूसित कहाँ छ र ?
३४. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
३५. हे जिनहरू र मनुष्यहरू हो ! तिमीहरूमाथि धुँवा रहित आगोको ज्वाला र ज्वाला रहित धुँवा फ्याकिनेछ । अनि तिमीहरू त्यसबाट बच्नसक्ने छैनौ ।
३६. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
३७. अनि जब फरिश्ताहरूको अवतरणका कारण आकाश फुट्नेछ त्यो चमकमा रातो छालाझैं रातो हुनेछ ।
३८. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
३९. त्यस महान दिन मनुष्यहरू र जिनहरूलाई उनीहरूका पापहरूको विषयमा सोधिने छैन किनकि अल्लाहलाई उनीहरूका कर्महरूको ज्ञान छ ।
४०. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
४१. कयामतको दिन अपराधीहरू उनीहरूका चिन्हहरूले चिनिनेछन् । त्यो चिन्ह भनेको कालो अनुहार र निलो आँखा हो । उनीहरूका जुल्फीलाई उनीहरूका खुट्टासँग बाँधेर नर्कमा फालिनेछन् ।
४२. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
४३. उनीहरूलाई अपमानित गर्दै भनिनेछः अपराधीहरूले संसारमा झूठो ठहर गर्ने नर्क उनीहरूको आँखा अगाडि नै छ जसलाई उनीहरू नकार्न सक्दैनन् ।
४४. उनीहरू त्यसमा र उम्लँदो पानीको विषयमा दुविधामा हुनेछन् ।
४५. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
४६. आखिरतमा आफ्ना पालनकर्तासमक्ष उपस्थित हुन डर राख्ने अनि आस्था राख्ने र सत्कर्म गर्ने व्यक्तिको लागि दुईवटा बगैंचाहरू रहेका छन् ।
४७. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
४८. यी दुई बगैंचाहरूमा फलहरूले भरिएका हाँगाहरू भएका रूखहरू छन् ।
४९. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
५०. यी दुई बगैंचाहरूमा पानीका दुई स्रोतहरू छन् ।
५१. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
५२. यी दुई बगैंचाहरूमा लाभान्वित हुन मिल्ने हरेक प्रकारका फलहरूका दुई प्रकार हुनेछन् ।
५३. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
५४. बाक्लो रेशमको अस्तर भएको तकियामा उनीहरू अडेस लागाएका हुनेछन् । दुबै बगैंचाका फल नजिक हुनेछ र उभिएको, बसेको र अडेस लगेको सबैले सजिलै खान पाउनेछन् ।
५५. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
५६. त्यहाँ आफ्ना पतिहरूलाई मात्र हेर्ने महिलाहरू हुनेछन् । उनीहरूका पतिहरूबाहेक मनुष्य र जिनले उनीहरूसँग सहवास गरेका हुनेछैनन् ।
५७. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
५८. मानौं उनीहरू सुन्दर र पवित्र हीरा र मुङ्गा हुन् ।
५९. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
६०. राम्रो तरिकाले आफ्नो पालनकर्ताको आज्ञापालन गर्ने व्यक्तिको बदलालाई अल्लाहले झन् राम्रो बनाउनुहुनेछ ।
६१. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
६२. यी उल्लेखित दुई बगैंचाहरूबाहेक अरू दुई बगैंचाहरू हुनेछन् ।
६३. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
६४. अत्यधिक हरिया हुनेछन् ।
६५. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
६६. यी दुबै बगैंचाहरूमा प्रशस्त पानी बगिरहने दुईवटा स्रोतहरू हुनेछन् जुन समाप्त हुनेछैनन् ।
६७. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
६८. यी दुबै बगैंचाहरूमा धेरै फलहरू, ठूला खजूरहरू र अनारहरू हुनेछन् ।
६९. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
७०. यी बगैंचाहरूमा राम्रो आचरण भएकी र सुन्दर अनुहार भएकी महिलाहरू हुनेछन् ।
७१. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
७२. ती महिलाहरूलाई पालहरूमा उनीहरूको सुरक्षाको लागि लुकाएर राखिएको हुनेछ ।
७३. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
७४. उनीहरूका पतिहरूभन्दा पहिले मनुष्य र जिन उनीहरूको नजिक आएका हुनेछैनन् ।
७५. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
७६. उनीहरू हरिया खोलमा राखिएका सिरानीहरूमा अडेस लगाएर सुन्दर बिछ्यौनामा बसेका हुनेछन् ।
७७. हे जिन र मनुष्यका समूहहरू हो ! तिमीहरूमाथि अल्लाहका अपार कृपाहरूमध्येबाट तिमी दुबै कुन कुन कृपालाई झूठो ठहर गर्छौ ?
७८. तपाईंका महान, उदार र आफ्ना भक्तहरूप्रति दयावान पालनकर्ताको नाम अपार भलाइले भरिएको र अति मङ्गलमय रहेको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें