शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अल्लाहले मूसा (अलैहिस्सलाम) सँग कुरा गर्नुभएको पहाडको कसम खानुभयो ।२. अनि उहाँले लेखिएको किताबको कसम खानुभयो ।३. अवतरित किताबहरू सरह खुल्ला पानामा ।४. आकाशमा अल्लाहको उपासनाको लागि फरिश्ताहरूले बनाएको घरको उहाँले कसम खानुभयो ।५. उहाँले उच्च आकाशको कसम खानुभयो जुन पृथ्वीको छाना हो ।६. उहाँले पानीले भरिएको समुद्रको कसम खानुभयो ।७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, काफिरहरूमाथि तपाईंको पालनकर्ताको यातना अवश्य आउनेछ ।८. उनीहरूलाई त्यस यातनाबाट जोगाउने कोही संरक्षक छैन र त्यसलाई घट्नबाट रोक्न सक्ने कोही छैन ।९. त्यस दिन आकाश काम्नेछ र कयामतको प्रारम्भको रूपमा त्यो हल्लिनेछ ।१०. पर्वतहरू आफ्नो ठाउँबाट तीब्रगतिले चल्नेछन् ।११. तसर्थ त्यस दिन झूठो ठहर गर्नेहरूको लागि विनाश र पराजय रहेको छ जुन दिन काफिरहरूलाई यातनाको चेतावनी दिइएको थियो ।१२. यिनीहरू नै व्यर्थ कुराहरूमा आनन्दित रहन्छन् । यिनीहरू पुनः जीवित पारेर उठाइने र भेला पारिने सत्यतालाई वास्ता गर्दैनन् ।१३. त्यस दिन उनीहरूलाई बल र हिंसापुर्वक नरकको आगोमा धकेलेर फालिनेछ ।१४. उनीहरूलाई निन्दा गर्दै भनिनेछः तिमीहरूका रसूलहरूले तिमीहरूलाई यसै नर्कको डर देखाउँदा तिमीहरूले त्यसलाई झूठो ठहर गरेका थियौ ।१५. के तिमीहरूले हेरिरहेको यातना जादु हो ? वा तिमीहरू यसलाई देखिरहेका छैनौ ?१६. यस नर्कको जलन सह र त्यसलाई महसुस गर । यस जलनलाई महसुस गर्न चाहे धैर्य गर वा नगर । तिमीहरूले धैर्य गर्नु र नगर्नु समान रहेको छ । तिमीहरूले संसारमा गर्ने गरेका कुफ्र र अवज्ञाको बदला मात्र आज तिमीहरूलाई दिइनेछ ।जब अल्लाहले झूठा ठहर गर्नेहरूको बदलाको उल्लेख गर्नुभयो तब उहाँले सत्य प्रमाणित गर्नेहरू र ईशभय गर्नेहरूको बदलाको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोः१७. वास्तवमा, आफ्ना पालनकर्ताका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख्नेहरू बगैंचाहरूमा र कहिले समाप्त नहुने महान अनुग्रहमा हुनेछन् ।१८. उनीहरू अल्लाहले प्रदान गर्नुभएका खाना, पेय र विवाहको सुखको आनन्द लिनेछन् । अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट जोगाउनुहुनेछ । तसर्थ उनीहरूले चाहेका सुख प्राप्त गरी र नचाहेका दुःखबाट जोगी सफल हुनेछन् ।१९. उनीहरूलाई भनिनेछः तिमीहरूले चाहेका कुराहरू आनन्दले खाऊ र पिऊ । तिमीहरूले खाएका वा पिएका कुराहरूले गर्दा तिमीहरूलाई हानी र सास्ती होला भनी नडराऊ । तिमीहरूले संसारमा गरेका राम्रा कामहरूको बदला हो यो ।२०. एक अर्काको अगाडि व्यवस्थित रूपले सजाइएका सिरानीहरूमा उनीहरू ढल्केका हुनेछन् । अनि हामी उनीहरूको विवाह गोरी र ठूलो ठूलो आँखा भएकी महिलाहरूसँग गराउनेछौं ।२१. जुन मानिसहरूले आस्था राखे र उनीहरूका सन्तानले पनि उनको अनुसरण गर्दै आस्था राखे, यद्यपि उनीहरूले समान सत्कर्म नगरेको भए पनि उनीहरूको आँखाको शीतलताको लागि हामी उनीहरूका सन्तानलाई उनीहरूसँग मिलाउनेछौं । हामी उनीहरूको सत्कर्मबाट रत्ती भर पनि कम गर्ने छैनौं । आफ्नो नराम्रा कर्महरूको हरेक व्यक्ति आफै जिम्मेवार हुनेछ । उसको नराम्रो कर्मबाट कुनै पनि कर्मको कोही पनि जिम्मेवार हुनेछैन ।२२. हामी यी स्वर्गबासीहरूलाई बिभिन्न प्रकारका फलफूलहरू दिनेछौं र हामी उनीहरूले चाहेको हरेक किसिमको मासु यिनीहरूलाई दिनेछौं ।२३. उनीहरू स्वर्गमा यस्तो पेय पदार्थ पिउनेछन् जसको प्रभाव पृथ्वीमा पर्ने प्रभाव अर्थात व्यर्थ कुरा गर्नु र मत्त हुना / नशाले गर्दा पाप लाग्नु सरह हुनेछैन ।२४. उनीहरूको सेवामा युवाहरू उनीहरूको वरिपरि घुमिरहेका हुनेछन् । यिनीहरूको सेतो र सफा त्वचाले गर्दा लाग्नेछ मानौं कि यिनीहरू सिपीमा छोपेर राखिएका मोती हुन् ।२५. स्वर्गबासीहरू एक अर्कातिर फर्कनेछन् र संसारमा उनीहरूको अवस्था कस्तो थियो भनी सोध्नेछन् ।२६. उनीहरूले भन्नेछन्- वास्तवमा, संसारमा हामी हाम्रा परिवारमाझ अल्लाहको यातना देखी डराउँने गर्थ्यौं ।२७. तसर्थ अल्लाहले हामीलाई इस्लामको मार्गदर्शन गरी हामीमाथि कृपा गर्नुभयो र हामीलाई अत्यधिक जलाउने यातनाबाट जोगाउनुभयो ।२८. हामी सांसारीक जीवनमा उहाँको उपासना गर्थ्यौं र नर्कको यातनाबाट जोगिन उहाँलाई पुकार्ने गर्थ्यौं किनकि उहाँ परोपकारी हुनुहुन्छ, आफ्ना भक्तहरूसँग गरेको वाचालाई पूरा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ । उहाँ हामी प्रति परोपकारी र दयावान हुनु भनेको उहाँले हामीलाई इस्लामको मार्गदर्शन गर्नु, हामीलाई स्वर्गमा प्रवेश गराउनु र हामीलाई नर्कबाट जोगाउनु हो ।२९. तसर्थ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुर्आनद्वारा उपदेश दिनुहोस् । अल्लाहले तपाईंलाई प्रदान गर्नुभएका आस्था र बुद्धिका कारण तपाईं ज्योतिषी हुनुहुन्न जसलाई जिनहरू देखा पर्दछन् र तपाईं पागल पनि हुनुहुन्न ।३०. वा यी झूठा ठहर गर्नेहरू भन्छन्- वास्तवमा, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) रसूल हुनुहुन्न । बरू उहाँ कवि हुनुहुन्छ र हामी उहाँको मृत्युको प्रतिक्षामा छौं । त्यसपछि हामी उहाँबाट छुटकारा पाउनेछौं ।३१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई भन्नुहोस्- मेरो मृत्युको प्रतिक्षा गर र म तिमीहरूले मलाई नकारेको कारणले तिमीहरूले भोग्नुपर्ने यातनाको पर्खाइमा छु ।३२. के यिनीहरूको बुद्धिले यिनीहरूलाई उहाँ ज्योतिषी वा पागल हुनुहुन्छ भन्ने कुरा भन्न सिकाउँछ ? उनीहरू एकजनामा पाइन नसक्ने कुराहरूलाई जम्मा पार्न खोजिरहेका छन् । बरू उनीहरू सीमा उल्लङ्घनकारी हुन् । उनीहरू कानुन र तर्कमा निर्भर छैनन् ।३३. वा उनीहरू भन्छन्- मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले यो कुर्आन रचनुभएको हो । यो उहँलाई वही मार्फत दिइएको होइन । उहाँले यसलाई रचनुभएको होइन बरू उनीहरू त्यसमाथि आस्था राख्न घमण्ड गरिरहेका छन् । अनि उनीहरू भन्छन्- उहाँले त्यसलाई रचनुभएको हो ।३४. उहाँले यो रचनुभएको हो भन्ने आफ्नो दाबीमा उनीहरू सच्चा छन् भने उनीहरूले यस्तै किसिमको एउटा वाणी बनाएर ल्याऊन् ।३५. के उनीहरू सृष्टिकर्ता बिना नै सृष्टि भएका हुन् त ? वा उनीहरू स्वयंका सृष्टिकर्ता हुन् ? सृष्टिकर्ताको अस्तित्व बिना सृष्टिको अस्तित्व असम्भव रहेको छ र सृष्टिले सृजना गर्न सक्दैन । तसर्थ उनीहरू आफ्नो सृष्टिकर्ताको उपासना किन गर्दैनन् त ?३६. के यिनीहरूले आकाशहरू र पृथ्वीलाई सृष्टि गरेका हुन् ? बरू अल्लाह यिनीहरूका सृष्टिकर्ता हुन् भन्ने कुरामाथि यिनीहरूलाई विश्वास नै लाग्दैन । यदि उनीहरूले यस कुरामाथि विश्वास राखेका भए उनीहरूले केवल अल्लाहको उपासना गर्ने थिए र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राख्ने थिए ।३७. वा के उनीहरूले जसलाई चाहन्छन् त्यसलाई जीविका दिनका निम्ति तपाईंका पालनकर्ताको भण्डार उनीहरूको नियन्त्रणमा छ ? जसलाई चाहन्छन् उसलाई नबी बनाउन र जसलाई चाहन्छन् उसलाई त्यसबाट वण्चित गर्नको लागि के ईशदूतत्व उनीहरूको नियन्त्रणमा छ ? वा उनीहरू शासन गरिरहेका छन् र आफ्नो इच्छा अनुसार गर्न सक्षम छन् ?३८. उनीहरू सत्य छन् भनी अल्लाहले गर्नुभएको वही सुन्नको लागि चढेर आकाशसम्म पुग्न उनीहरूसँग भर्याङ छ र ? तिमीहरू सत्य छौ भन्ने तिमीहरूको यस दावीलाई सत्य प्रमाणित गर्नको लागि तिमीहरूमध्ये जसले त्यस वहीलाई सुनेको छ उसले स्पष्ट प्रमाण प्रस्तुत गरोस् ।३९. के उहाँकी छोरीहरू छन् जसको चाहना तिमीहरू गर्दैनौ र तिमीहरूका छोराहरू छन् जसलाई तिमीहरू मन पराउँछौ ? ४०. हे रसूल (सल्ल्लाहु अलैहि व सल्लम) ! तपाईंको पालनकर्ताको सन्देश पुर्याए बापत के तपाईं ज्याला लिनुहुन्छ ? जस कारण उनीहरूले बोक्नै नसक्ने बोझ बोक्न पुगेका छन् ।४१. वा उनीहरूसँग अदृश्यको ज्ञान छ जुन थाहा पाएपछि उनीहरू मानिसहरूको लागि लेख्छन् ? अनि उनीहरू जे चाहन्छन् त्यो उनीहरूलाई भन्छन् ।४२. वा यी झूठा ठहर गर्नेहरू तपाईं वा तपाईंको धर्म विरूद्ध षड्यन्त्र गर्न चाहन्छन् ? अल्लाहलाई विश्वास गर्नुहोस् किनकि अल्लाह र उहाँका रसूलमाथि आस्था नराख्नेहरू नै षड्यन्त्रका शिकार हुनेछन्, तपाईं होइन ।४३. वा अल्लाहबाहेक उनीहरूको कोही वास्तविक उपास्य छ ? उनीहरूले अल्लाहको साझेदार छ भनी लगाएको आरोपबाट उहाँ पवित्र हुनुहुन्छ । उल्लेख भएका सबै कुराहरू कुनैपनि अवस्थामा कल्पनिय छैनन् ।४४. यदि उनीहरूले आकाशको टुक्रा झर्दै गरेको देखे भने त्यस विषयमा उनीहरूले भन्नेछन्- यो सधै झैं बादलहरू तहै-तह परेका हुन् । उनीहरू उपदेश ग्रहण गर्दैनन् र आस्था राख्दैनन् ।४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूले यातना दिइने दिन अर्थात कयामतको दिनलाई देखुन्जेल यिनीहरूलाई आफ्नै हठधर्म र अकृतज्ञतामा छोड्नुहोस् ।४६. त्यसदिन उनीहरूको षड्यन्त्रले उनीहरूलाई कुनै फाइदा पुर्याउनेछैन । उनीहरूलाई यातनाबाट बचाएर उनीहरूको सहयोग गरिनेछैन ।४७. वास्तवमा, शिर्क र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरूको लागि आखिरतको यातनाभन्दा पहिले नै यातना रहेको छ । जुन संसारमा हत्या हुनु र कैद गरिनु रहेको छ भने बर्जखमा कब्रको यातना रहेको छ । तर अधिकतमलाई यसको ज्ञान छैन त्यसैले उनीहरू आफ्नो कुफ्रमा अडिग छन् ।जब अल्लाहले मुश्रिकहरूले गरेको काम अवैध भएको कुराको उल्लेख गर्नुभयो तब उहाँले आफ्ना रसूललाई उनीहरूमाथि ध्यान नदिन र उनीहरूले झूठो ठहर गर्दा धैर्य गर्न आदेश दिनुभयो । उहाँले भन्नुभयोः४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको पालनकर्ताको फैसलामा र उहाँका शरीअतका आदेशहरूमा धैर्य धारण गर्नुहोस् । वास्तवमा, तपाईं हाम्रा निगरानी र सुरक्षामा हुनुहुन्छ । अनि तपाईं सुतेर उठने बेला आफ्नो पालनकर्ताको प्रशंसाकासाथ महिमागान गर्नुहोस् ।४९. अनि रातमा उहाँको महिमागान गर्नुहोस्, र उहाँको लागि सलाह पढ्नुहोस् । अनि बिहानीको प्रकाशका साथ ताराहरू अस्ताउने समयमा फज्रको सलाह पढ्नुहोस् ।
१. अल्लाहले मूसा (अलैहिस्सलाम) सँग कुरा गर्नुभएको पहाडको कसम खानुभयो ।
२. अनि उहाँले लेखिएको किताबको कसम खानुभयो ।
३. अवतरित किताबहरू सरह खुल्ला पानामा ।
४. आकाशमा अल्लाहको उपासनाको लागि फरिश्ताहरूले बनाएको घरको उहाँले कसम खानुभयो ।
५. उहाँले उच्च आकाशको कसम खानुभयो जुन पृथ्वीको छाना हो ।
६. उहाँले पानीले भरिएको समुद्रको कसम खानुभयो ।
७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वास्तवमा, काफिरहरूमाथि तपाईंको पालनकर्ताको यातना अवश्य आउनेछ ।
८. उनीहरूलाई त्यस यातनाबाट जोगाउने कोही संरक्षक छैन र त्यसलाई घट्नबाट रोक्न सक्ने कोही छैन ।
९. त्यस दिन आकाश काम्नेछ र कयामतको प्रारम्भको रूपमा त्यो हल्लिनेछ ।
१०. पर्वतहरू आफ्नो ठाउँबाट तीब्रगतिले चल्नेछन् ।
११. तसर्थ त्यस दिन झूठो ठहर गर्नेहरूको लागि विनाश र पराजय रहेको छ जुन दिन काफिरहरूलाई यातनाको चेतावनी दिइएको थियो ।
१२. यिनीहरू नै व्यर्थ कुराहरूमा आनन्दित रहन्छन् । यिनीहरू पुनः जीवित पारेर उठाइने र भेला पारिने सत्यतालाई वास्ता गर्दैनन् ।
१३. त्यस दिन उनीहरूलाई बल र हिंसापुर्वक नरकको आगोमा धकेलेर फालिनेछ ।
१४. उनीहरूलाई निन्दा गर्दै भनिनेछः तिमीहरूका रसूलहरूले तिमीहरूलाई यसै नर्कको डर देखाउँदा तिमीहरूले त्यसलाई झूठो ठहर गरेका थियौ ।
१५. के तिमीहरूले हेरिरहेको यातना जादु हो ? वा तिमीहरू यसलाई देखिरहेका छैनौ ?
१६. यस नर्कको जलन सह र त्यसलाई महसुस गर । यस जलनलाई महसुस गर्न चाहे धैर्य गर वा नगर । तिमीहरूले धैर्य गर्नु र नगर्नु समान रहेको छ । तिमीहरूले संसारमा गर्ने गरेका कुफ्र र अवज्ञाको बदला मात्र आज तिमीहरूलाई दिइनेछ ।
जब अल्लाहले झूठा ठहर गर्नेहरूको बदलाको उल्लेख गर्नुभयो तब उहाँले सत्य प्रमाणित गर्नेहरू र ईशभय गर्नेहरूको बदलाको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोः
१७. वास्तवमा, आफ्ना पालनकर्ताका आदेशहरूको पालना गरी र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बची उहाँको भय राख्नेहरू बगैंचाहरूमा र कहिले समाप्त नहुने महान अनुग्रहमा हुनेछन् ।
१८. उनीहरू अल्लाहले प्रदान गर्नुभएका खाना, पेय र विवाहको सुखको आनन्द लिनेछन् । अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट जोगाउनुहुनेछ । तसर्थ उनीहरूले चाहेका सुख प्राप्त गरी र नचाहेका दुःखबाट जोगी सफल हुनेछन् ।
१९. उनीहरूलाई भनिनेछः तिमीहरूले चाहेका कुराहरू आनन्दले खाऊ र पिऊ । तिमीहरूले खाएका वा पिएका कुराहरूले गर्दा तिमीहरूलाई हानी र सास्ती होला भनी नडराऊ । तिमीहरूले संसारमा गरेका राम्रा कामहरूको बदला हो यो ।
२०. एक अर्काको अगाडि व्यवस्थित रूपले सजाइएका सिरानीहरूमा उनीहरू ढल्केका हुनेछन् । अनि हामी उनीहरूको विवाह गोरी र ठूलो ठूलो आँखा भएकी महिलाहरूसँग गराउनेछौं ।
२१. जुन मानिसहरूले आस्था राखे र उनीहरूका सन्तानले पनि उनको अनुसरण गर्दै आस्था राखे, यद्यपि उनीहरूले समान सत्कर्म नगरेको भए पनि उनीहरूको आँखाको शीतलताको लागि हामी उनीहरूका सन्तानलाई उनीहरूसँग मिलाउनेछौं । हामी उनीहरूको सत्कर्मबाट रत्ती भर पनि कम गर्ने छैनौं । आफ्नो नराम्रा कर्महरूको हरेक व्यक्ति आफै जिम्मेवार हुनेछ । उसको नराम्रो कर्मबाट कुनै पनि कर्मको कोही पनि जिम्मेवार हुनेछैन ।
२२. हामी यी स्वर्गबासीहरूलाई बिभिन्न प्रकारका फलफूलहरू दिनेछौं र हामी उनीहरूले चाहेको हरेक किसिमको मासु यिनीहरूलाई दिनेछौं ।
२३. उनीहरू स्वर्गमा यस्तो पेय पदार्थ पिउनेछन् जसको प्रभाव पृथ्वीमा पर्ने प्रभाव अर्थात व्यर्थ कुरा गर्नु र मत्त हुना / नशाले गर्दा पाप लाग्नु सरह हुनेछैन ।
२४. उनीहरूको सेवामा युवाहरू उनीहरूको वरिपरि घुमिरहेका हुनेछन् । यिनीहरूको सेतो र सफा त्वचाले गर्दा लाग्नेछ मानौं कि यिनीहरू सिपीमा छोपेर राखिएका मोती हुन् ।
२५. स्वर्गबासीहरू एक अर्कातिर फर्कनेछन् र संसारमा उनीहरूको अवस्था कस्तो थियो भनी सोध्नेछन् ।
२६. उनीहरूले भन्नेछन्- वास्तवमा, संसारमा हामी हाम्रा परिवारमाझ अल्लाहको यातना देखी डराउँने गर्थ्यौं ।
२७. तसर्थ अल्लाहले हामीलाई इस्लामको मार्गदर्शन गरी हामीमाथि कृपा गर्नुभयो र हामीलाई अत्यधिक जलाउने यातनाबाट जोगाउनुभयो ।
२८. हामी सांसारीक जीवनमा उहाँको उपासना गर्थ्यौं र नर्कको यातनाबाट जोगिन उहाँलाई पुकार्ने गर्थ्यौं किनकि उहाँ परोपकारी हुनुहुन्छ, आफ्ना भक्तहरूसँग गरेको वाचालाई पूरा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ । उहाँ हामी प्रति परोपकारी र दयावान हुनु भनेको उहाँले हामीलाई इस्लामको मार्गदर्शन गर्नु, हामीलाई स्वर्गमा प्रवेश गराउनु र हामीलाई नर्कबाट जोगाउनु हो ।
२९. तसर्थ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुर्आनद्वारा उपदेश दिनुहोस् । अल्लाहले तपाईंलाई प्रदान गर्नुभएका आस्था र बुद्धिका कारण तपाईं ज्योतिषी हुनुहुन्न जसलाई जिनहरू देखा पर्दछन् र तपाईं पागल पनि हुनुहुन्न ।
३०. वा यी झूठा ठहर गर्नेहरू भन्छन्- वास्तवमा, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) रसूल हुनुहुन्न । बरू उहाँ कवि हुनुहुन्छ र हामी उहाँको मृत्युको प्रतिक्षामा छौं । त्यसपछि हामी उहाँबाट छुटकारा पाउनेछौं ।
३१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई भन्नुहोस्- मेरो मृत्युको प्रतिक्षा गर र म तिमीहरूले मलाई नकारेको कारणले तिमीहरूले भोग्नुपर्ने यातनाको पर्खाइमा छु ।
३२. के यिनीहरूको बुद्धिले यिनीहरूलाई उहाँ ज्योतिषी वा पागल हुनुहुन्छ भन्ने कुरा भन्न सिकाउँछ ? उनीहरू एकजनामा पाइन नसक्ने कुराहरूलाई जम्मा पार्न खोजिरहेका छन् । बरू उनीहरू सीमा उल्लङ्घनकारी हुन् । उनीहरू कानुन र तर्कमा निर्भर छैनन् ।
३३. वा उनीहरू भन्छन्- मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले यो कुर्आन रचनुभएको हो । यो उहँलाई वही मार्फत दिइएको होइन । उहाँले यसलाई रचनुभएको होइन बरू उनीहरू त्यसमाथि आस्था राख्न घमण्ड गरिरहेका छन् । अनि उनीहरू भन्छन्- उहाँले त्यसलाई रचनुभएको हो ।
३४. उहाँले यो रचनुभएको हो भन्ने आफ्नो दाबीमा उनीहरू सच्चा छन् भने उनीहरूले यस्तै किसिमको एउटा वाणी बनाएर ल्याऊन् ।
३५. के उनीहरू सृष्टिकर्ता बिना नै सृष्टि भएका हुन् त ? वा उनीहरू स्वयंका सृष्टिकर्ता हुन् ? सृष्टिकर्ताको अस्तित्व बिना सृष्टिको अस्तित्व असम्भव रहेको छ र सृष्टिले सृजना गर्न सक्दैन । तसर्थ उनीहरू आफ्नो सृष्टिकर्ताको उपासना किन गर्दैनन् त ?
३६. के यिनीहरूले आकाशहरू र पृथ्वीलाई सृष्टि गरेका हुन् ? बरू अल्लाह यिनीहरूका सृष्टिकर्ता हुन् भन्ने कुरामाथि यिनीहरूलाई विश्वास नै लाग्दैन । यदि उनीहरूले यस कुरामाथि विश्वास राखेका भए उनीहरूले केवल अल्लाहको उपासना गर्ने थिए र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राख्ने थिए ।
३७. वा के उनीहरूले जसलाई चाहन्छन् त्यसलाई जीविका दिनका निम्ति तपाईंका पालनकर्ताको भण्डार उनीहरूको नियन्त्रणमा छ ? जसलाई चाहन्छन् उसलाई नबी बनाउन र जसलाई चाहन्छन् उसलाई त्यसबाट वण्चित गर्नको लागि के ईशदूतत्व उनीहरूको नियन्त्रणमा छ ? वा उनीहरू शासन गरिरहेका छन् र आफ्नो इच्छा अनुसार गर्न सक्षम छन् ?
३८. उनीहरू सत्य छन् भनी अल्लाहले गर्नुभएको वही सुन्नको लागि चढेर आकाशसम्म पुग्न उनीहरूसँग भर्याङ छ र ? तिमीहरू सत्य छौ भन्ने तिमीहरूको यस दावीलाई सत्य प्रमाणित गर्नको लागि तिमीहरूमध्ये जसले त्यस वहीलाई सुनेको छ उसले स्पष्ट प्रमाण प्रस्तुत गरोस् ।
३९. के उहाँकी छोरीहरू छन् जसको चाहना तिमीहरू गर्दैनौ र तिमीहरूका छोराहरू छन् जसलाई तिमीहरू मन पराउँछौ ?
४०. हे रसूल (सल्ल्लाहु अलैहि व सल्लम) ! तपाईंको पालनकर्ताको सन्देश पुर्याए बापत के तपाईं ज्याला लिनुहुन्छ ? जस कारण उनीहरूले बोक्नै नसक्ने बोझ बोक्न पुगेका छन् ।
४१. वा उनीहरूसँग अदृश्यको ज्ञान छ जुन थाहा पाएपछि उनीहरू मानिसहरूको लागि लेख्छन् ? अनि उनीहरू जे चाहन्छन् त्यो उनीहरूलाई भन्छन् ।
४२. वा यी झूठा ठहर गर्नेहरू तपाईं वा तपाईंको धर्म विरूद्ध षड्यन्त्र गर्न चाहन्छन् ? अल्लाहलाई विश्वास गर्नुहोस् किनकि अल्लाह र उहाँका रसूलमाथि आस्था नराख्नेहरू नै षड्यन्त्रका शिकार हुनेछन्, तपाईं होइन ।
४३. वा अल्लाहबाहेक उनीहरूको कोही वास्तविक उपास्य छ ? उनीहरूले अल्लाहको साझेदार छ भनी लगाएको आरोपबाट उहाँ पवित्र हुनुहुन्छ । उल्लेख भएका सबै कुराहरू कुनैपनि अवस्थामा कल्पनिय छैनन् ।
४४. यदि उनीहरूले आकाशको टुक्रा झर्दै गरेको देखे भने त्यस विषयमा उनीहरूले भन्नेछन्- यो सधै झैं बादलहरू तहै-तह परेका हुन् । उनीहरू उपदेश ग्रहण गर्दैनन् र आस्था राख्दैनन् ।
४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूले यातना दिइने दिन अर्थात कयामतको दिनलाई देखुन्जेल यिनीहरूलाई आफ्नै हठधर्म र अकृतज्ञतामा छोड्नुहोस् ।
४६. त्यसदिन उनीहरूको षड्यन्त्रले उनीहरूलाई कुनै फाइदा पुर्याउनेछैन । उनीहरूलाई यातनाबाट बचाएर उनीहरूको सहयोग गरिनेछैन ।
४७. वास्तवमा, शिर्क र अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेहरूको लागि आखिरतको यातनाभन्दा पहिले नै यातना रहेको छ । जुन संसारमा हत्या हुनु र कैद गरिनु रहेको छ भने बर्जखमा कब्रको यातना रहेको छ । तर अधिकतमलाई यसको ज्ञान छैन त्यसैले उनीहरू आफ्नो कुफ्रमा अडिग छन् ।
जब अल्लाहले मुश्रिकहरूले गरेको काम अवैध भएको कुराको उल्लेख गर्नुभयो तब उहाँले आफ्ना रसूललाई उनीहरूमाथि ध्यान नदिन र उनीहरूले झूठो ठहर गर्दा धैर्य गर्न आदेश दिनुभयो । उहाँले भन्नुभयोः
४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको पालनकर्ताको फैसलामा र उहाँका शरीअतका आदेशहरूमा धैर्य धारण गर्नुहोस् । वास्तवमा, तपाईं हाम्रा निगरानी र सुरक्षामा हुनुहुन्छ । अनि तपाईं सुतेर उठने बेला आफ्नो पालनकर्ताको प्रशंसाकासाथ महिमागान गर्नुहोस् ।
४९. अनि रातमा उहाँको महिमागान गर्नुहोस्, र उहाँको लागि सलाह पढ्नुहोस् । अनि बिहानीको प्रकाशका साथ ताराहरू अस्ताउने समयमा फज्रको सलाह पढ्नुहोस् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें