शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईंतिर वही गर्नुभएको कुरालाई पढ्नुहोस् । शुरूमा आफ्नो पालनकर्ताको नामको उच्चारण गर्नुहोस् जसले सृष्टिको सिर्जना गर्नुभयो ।
२. उहाँले मनुष्यको सृष्टि रगतको जमेको डल्लोबाट गर्नुभयो जुन वीर्यपछिको श्रेणी हो ।
३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले तपाईंतिर वही गर्नुभएको कुरालाई पढ्नुहोस् । वास्तवमा, तपाईंको पालनकर्ता अतुलनिय दयालु हुनुहुन्छ । उहाँ धेरै उदार र उपकारी हुनुहुन्छ ।
४. उहाँले कलमले वर्णमाला र लेख्न सिकाउनुभयो ।
५ .उहाँले मुनष्यले नजानेको कुरा सुकाउनुभयो ।६. वास्तवमा, अबू जहल जस्तो अनैतिक व्यक्तिले मात्र अल्लाहको सीमानाको उल्लङ्घन गर्छ ।
७. जो आफैंलाई आफ्नो ओहदा र सम्पत्तिको कारणले आफूलाई धनी ठान्छ ।
८. हे मनुष्य ! कयामतको दिन तिम्रो पालनकर्तातिर फर्कनुपर्नेछ र जो जसको हकदार हो त्यसलाई त्यो बदला दिनुहुनेछ ।
९. के तपाईंले अबु जहल भन्दा बढि अचम्मको कुरा गर्ने देख्नुभएको छ जो रोक्छ ?
१०. हाम्रो भक्त मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले काबा नजिक सलाह पढ्ने समयमा रोक्छ ।
११. तिमीलाई के लाग्छ, यदि यो रोकिएको व्यक्तिले आफ्नो पालनकर्ताको मार्गदर्शन र दुर्दर्शिता प्राप्त गरोको छ भने ?
१२. वा ऊ मानिसहरूलाई अल्लाहको आदेश मानेर र उहाँले प्रतिबन्ध लगाएका कुराहरूबाट बचेर उहाँको भय राख्न भन्छ भने के यस्तो काम गर्नेलाई रोक्न मिल्छ ?
१३. तिम्रो के विचार छ यदि रोक्नेले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशलाई नकार्यो, उहाँबाट विमुख भयो र अल्लाहको भय राख्दैन भने ?
१४. यस भक्तलाई सलाह पढ्नबाट रोक्नेलाई अल्लाह उसको क्रियाकलापहरूलाई हेरिरहनुभएको छ र उहाँबाट केही पनि लुकेको छैन भन्ने कुरा थाहा छैन ?
१५. यस अज्ञानीले सोँचेको जस्तो कदापि होइन । यदि यसले हाम्रा भक्तलाई दुःख दिन र उसलाई झूठो ठहर गर्न छाडेन भने हामी उसलाई निधारमा समातेर बलपूर्वक तानेर आगोमा हाल्नेछौं ।
१६. यस निधारको मालिक झूठो कुरा गर्छ र पाप गर्छ ।
१७. जब उसलाई उसको निधार समातेर आगोमा तानेर लगिनेछ त्यस बेला उसले यातनाबाट बचाउँनका निम्ति आफ्ना साथीहरू र उसको सभामा सहभागी हुनेहरूलाई बोलाओस् ।
१८. अनि हामी नर्कका कठोर फरिश्ताहरूलाई बोलाउनेछौं जो हाम्रा आदेशलाई नकार्दैनन् र उनीहरूलाई जे भनिन्छ त्यही गर्छन् । अनि उसले हेरोस्, यी दुईमध्ये कुन समूह बढी शक्तिशाली र सक्षम छ ।
१९. यस अत्याचारीले तपाईंलाई हानी पुर्याउने सोँचेको वास्तविकतासँग मेल खाँदैन । उसको कुरा नमान्नुहोस् । केवल अल्लाहलाई सज्दा गर्नुहोस् र उहाँको अनुसरण अपनाएर उहाँको निकट हुनुहोस् किनकि त्यसले उहाँको निकट पुर्याउँछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें