शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे मानिसहरू हो ! आफ्नो सम्पत्ति र आफ्ना बच्चाहरूको विषयमा घमण्डले तिमीहरूलाई अल्लाहको आज्ञापालन गर्नबाट रोकेको छ ।
२. अनि तिमीहरूको मृत्यु हुनेछ र तिमीहरू चिहानमा जानेछौ ।
३. तिमीहरू जुन कुराको विषयमा घमण्डमा लागेर अल्लाहको आज्ञापालनबाट विमुख भएका थियौ त्यसको यातना तिमीहरूले चाँडैनै थाहा पाउनेछौ ।
४. अनि चाँडैनै तिमीहरूले त्यसको यातना थाहा पाउनेछौ ।
५. तिमीहरू अल्लाहतर्फ फर्केर जानेछौ र उहाँले तिमीहरूलाई तिमीहरूको कर्म अनुसार प्रतिफल दिनुहुनेछ भनी यदि तिमीहरूलाई साँच्चिकै थाहा भएको भए तिमीहरूले आफ्नो सम्पत्ति र आफ्ना बच्चाहरूको बारेमा घमण्ड गर्ने थिएनौ ।
६. अल्लाहको कसम, तिमीहरूले कयामतको दिन नर्क देख्नेछौ ।
७. तिमीहरूले त्यसलाई स्पष्टसँग देख्नेछौ जसमा कुनै शंका छैन ।
८. अनि त्यसदिन अल्ल्हले तिमीहरूलाई प्रदान गर्नुभएको स्वास्थ्य, धन र आदिको विषयमा सोध्नुहुनेछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें