शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अल्लाहले दिनको प्रारम्भको कसम खानुभयो ।
२. अल्लाहले रातको कसम खानुभयो जब त्यो अन्धकार ल्याउँछ र मानिसहरू क्रियाकलापहरू बन्द गर्छन् ।
३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वही आउन समय लागेकोमा मुश्रिकहरूले भनेझैं तपाईंको पालनकर्ताले तपाईंलाई एक्लै छोड्नुभएको छैन र तपाईंसँग रिसाउनुभएको पनि छैन ।
४. तपाईंको लागि संसारभन्दा आखिरत नै उत्तम रहेको छ किनकि त्यसहाँ कहिल्यै समाप्त नहुने कृपा रहेको छ ।
५. उहाँले तपाईंलाई र तपाईंको समुदायलाई पर्याप्त मात्रामा प्रतिदान प्रदान गर्नुहुनेछ अनि तपाईं त्यसबाट सन्तुष्ट हुनुहुनेछ ।
६. उहाँले तपाईंलाई सानो छँदा पाउनुभयो जब तपाईंको बुबा बितिसकेका थिए । अनि तपाईंलाई शरण प्रदान गर्नुभयो । तपाईंमाथि तपाईंको हजुरबुबा अब्दुल् मुत्तलिबले अनि उनीपछि तपाईंको काका अबू तालिबले दया गरे ।
७. तपाईंलाई किताब र आस्था के हो भन्ने कुरा थाहा नहुँदा उहाँले तपाईंलाई पाउनुभएको थियो । अनि तपाईंलाई थाहा नभएका कुराहरू उहाँले तपाईंलाई सिकाउनुभयो ।
८. उहाँले तपाईंलाई निर्धन पाउनुभयो अनि तपाईंलाई धनी बनाउनुभयो ।
९. बच्चा छँदा आफ्नो बुबा गुमाएकाहरूलाई दुर्व्यवहार नगर्नुहोस् र तिनीहरूलाई अपमान नगर्नुहोस् ।
१०. गरिबगुरूवालाई नहप्काउनुहोस् ।
११. तपाईंमाथि अल्लाहको कृपाको लागि धन्यवाद दिनुहोस् र त्यसको चर्चा गरिराख्नुहोस् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें