शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. यहूदी, ईसाई र मुश्रिक काफिरहरूले कुफ्रमा आफ्ना सहमति र सम्झौतालाई उनीहरूसमक्ष स्पष्ट प्रमाण र तर्क नआउञ्जेल त्याग्ने छैनन् ।
२. यो स्पष्ट प्रमाण र तर्क भनेको अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) हुनुहुन्छ । उहाँलाई पवित्र पानाहरूको वाचनको लागि पठाइएको हो जसलाई पवित्रहरू मात्र छुन्छन् ।
३. ती पानाहरूमा सत्य खबरहरू र निसाफमा आधारित आदेशहरू छन् । त्यसले मानिसहरूलाई उनीहरूको भलो र मार्गदर्शनको बाटो देखाउँछ ।
४. तौरात पाएका यहूदीहरू र इन्जील पाएका ईसाईहरूमा अल्लाहले उनीहरूतिर आफ्नो नबी पठाएपछि मतभिन्नता भयो । तिनीहरूमध्ये केहीले इस्लाम अपनाए र केहीले उनका नबीको सत्यताको विषयमा थाहा भएपनि कुफ्रमा नै अडिग रहे ।

५. यहूदी र इसाईहरूको अपराध र हठधर्म स्पष्ट भयो किनकि उनीहरूलाई कुरानमा पनि त्यही आदेश दिइएको छ जुन उनीहरूको किताबमा दिइएको थियो र त्यो हो एकमात्र अल्लाहको उपासना गर्नु, शिर्कबाट जोगिनु, सलाह पढ्नु र जकात दिनु । जुन कुराको उनीहरूलाई आदेश दिइयो त्यो सिधा धर्म हो र यसमा कुनै टेढोपन छैन ।
६. यहूदी, ईसाई र मुश्रिक काफिरहरू कयामतको दिन नर्कमा प्रवेश गर्नेछन् र सदाका लागि त्यहीँ रहनेछन् । उनीहरू अत्यन्तै नराम्रा सृष्टि हुन् किनकि उनीहरूले अल्लाहसँग कुफ्र गरे र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठो ठहर गरे ।

७. वास्तवमा, अल्लाहमाथि आस्था राख्ने र सत्कर्म गर्नेहरू नै उत्तम सृष्टि हुन् ।
८. उनीहरूको प्रतिदान उनीहरूका पालनकर्तासँग छ । उनीहरूका लागि बगैंचाहरू रहेका छन् । त्यहाँ उनीहरूका महलहरू र रूखहरूको तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् र उनीहरू त्यहाँ सदाका लागि रहनेछन् । उनीहरूको आस्था र अनुसरणको कारणले अल्लाह उनीहरूसित खुशी हुनुहुन्छ र उहाँको दयाका कारणले उनीहरू उहाँबाट खुशी हुन् । आफ्ना पालनकर्ताबाट डराउने, उहाँको अनुसरण गर्ने र उहाँले मनाही गर्नुभएको कुराहरूबाट बच्नेहरूको निम्ति यो दया रहेको छ ।

टिप्पणियाँ
एक टिप्पणी भेजें