शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. आफ्ना डरलाग्दा घटनाहरूका कारण त्यस समयले मानिसहरुको हृदय हल्लाउँछ ।
२. आफ्ना डरलाग्दा घटनाहरूका कारण मानिसहरूको हृदय हल्लाउने त्यो समय के हो ?
३. हे मानिसहरू हो ! आफ्ना डरलाग्दा घटनाहरूका कारण मानिसहरूको हृदय हल्लाउने त्यो समय के हो भनि तिमीहरूलाई के थाहा ? त्यो कयामतको दिन हो ।
४. मानिसहरूको हृदय काम्ने दिन उनीहरू यता र उता छरिएका कीरा फट्याङ्ग्रा जस्ता हुनेछन् ।
५. अनि पहाडहरू हलुका र सजिलै सारिने हुनाले धुनेका ऊन जत्तिकै नरम हुनेछन् ।
६. अनि जसका सत्कर्महरू उसको पापभन्दा धेरै हुनेछ ।
७. उसले स्वर्गमा आरामदायी जीवनको आनन्द लिनेछ ।
८. अनि जसका पापहरू उसको सत्कर्मभन्दा धेरै हुनेछ ।
९. कयामतको दिन उनीहरूको वासस्थान र गन्तव्य नर्क हुनेछ ।
१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई के थाहा त्यो के हो भनेर ?
११. त्यो दन्कँदो आगो हो ।
टिप्पणियाँ
एक टिप्पणी भेजें