शूरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- हे अल्लाहलाई नमान्नेहरू हो ।
२. तिमीहरूले गर्ने मूर्तीहरूको उपासना म न अहिले गर्छु न कहिले गर्नेछु ।
३. जसको उपासना म गर्छु उहाँको उपासना तिमीहरू गर्नेछैनौ । उहाँ अल्लाह मात्र हुनुहुन्छ ।
४. तिमीहरूले उपासना गरेका मूर्तीहरूको उपासना म गर्दिन ।
५. जसको उपासना म गर्छु उहाँको उपासना तिमीहरू गर्नेछैनौ । उहाँ अल्लाह मात्र हुनुहुन्छ ।
६. तिमीहरूको लागि तिमीहरूले आफ्नै लागि सिर्जना गरेको धर्म र मेरो लागि ममाथि अल्लाहले अवतरण गर्नुभएको धर्म ।
टिप्पणियाँ
एक टिप्पणी भेजें