शुरू अत्यन्त करुणामय अल्लाहको नामबाट
१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंलाई थाहा छैन अबरह र उसको बथान जो हात्तीवालाहरू हुन् उनीहरूले काबालाई नष्ट पार्ने षड्यन्त्र गरेकाले तपाईंको पालनकर्ताले उनीहरूसित कस्तो व्यवहार गर्नुभयो ?
२. उनीहरूले काबालाई नष्ट पार्न बनाएका षड्यन्त्रलाई विफल पारिदिनुभयो । उनीहरू मानिसहरूलाई काबाबाट टाढा राख्ने आफ्नो उद्देश्यमा असफल भए । उनीहरू नराम्रोसित असफल भए ।
३. अल्लाहले उनीहरूमाथि झुन्डका झुन्ड चराहरू पठाउनुभयो ।
४. जो तिनीहरूलाई माटोको ढुङ्गाले हिर्काइरहन्थे ।
५. अल्लाहले उनीहरूलाई खेतको घाँस जस्तो बनाइदिनुभयो जसलाई जनावरहरू खान्छन् र कुल्चन्छन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें