शुरू अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट
१. हामीले पूरै कुर्आनलाई पहिलो आकाशमा अवतरित गर्यौं जब हामीले रमजान महिनामा पर्ने लैलतुल् कद्रमा यसको अवतरण नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि थाल्यौं ।
२. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंलाई थाहा छ यस रातमा के कति उपकार र कृपा रहेको छ ?
३. यो रात महान उपकार भएको रात हो । जो आस्था र पुण्य प्राप्तिको उद्देश्यले यस रातमा उपासना गर्छ त्यो एक हजार महिनाभन्दा पनि उत्तम रहेको छ ।४. यस रात फरिश्ताहरू र जिब्रील (अलैहिस्सलाम) आफ्नो पालनकर्ताको आदेशका साथ अल्लाहले त्यस वर्ष भरीका लागि गर्नुभएका फैसलाहरू जस्तै जीविका, मृत्यु, जन्म र यस्तै अन्य फैसलाहरू लिएर ओर्लन्छन् ।
५. यस कृपाले भरिपूर्ण रातमा शुरू देखी अन्तिम अर्थात फज्रको आगमनसम्म उपकार नै उपकार रहेको छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें