शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. जब धर्ती हिंसक रूपले हल्लाइनेछ र यो कयामतको दिन हुनेछ ।
२. अनि धर्तीले आफू भित्र रहेका मृतकहरू र अन्य सबै कुरालाई बाहिर निकाल्नेछ ।
३. मनुष्यले अचम्भित भएर सोध्नेछन्- धर्तीलाई यो के भएको, किन यसरी हल्लिरहेको छ ?
४. त्यस महान दिनमा धर्तीले ऊमाथि भएका राम्रा र नराम्रा कामहरूलाई बताउनेछ ।
५. वास्तवमा, अल्लाहले त्यसलाई सिकाउनुभएको र यसको आदेश दिनुभएको हुनेछ ।
६. त्यस महान दिन जब धर्ती अत्यन्तै काम्नेछ, मानिसहरू हिसाबकिताबको ठाउँबाट संसारमा उनीहरूले गरेका कामहरूलाई हेर्न समूह समूहमा आउनेछन् ।
७. जसले सानो कमिलाको तौल जति सत्कर्म गरेको छ भने उसले आफ्नै आँखा अगाडि देख्नेछ ।
८. अनि त्यति नै पाप गरेको छ भने त्यो पनि देख्नेछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें