सीधे मुख्य सामग्री पर जाएं

१) सूरह फातिहा

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


अल्लाह तआलाको किताब (कुरआन) को आरम्भ यस सूरहबाट भएको हुनाले यसको नाम अल्-फातिहा राखिएको हो। यस सूरहमा अल्लाहको एकेश्वरवाद, उपासना, थोरै कथा र यस्तै अरू विषयबस्तुहरू समावेश गरिएका कारणले यस सूरहको नाम उम्मुल् कुरआन राखिएको हो । यो कुरआनको सबैभन्दा महत्वपूर्ण सूरह हो र यो पटक पटक दोहोर्याएर पढिने सूरह हो ।

१. म अल्लाह तआलाको नामसँगै उनको सहयोगको अभिलाषाका साथ र उनको नामको उच्चारणबाट बरकत प्राप्तिका लागि कुरआनको पाठ शुरू गर्दछु । बिस्मिल्लाहमा अल्लाहका ३ वटा उत्तम नामहरूको उल्लेख भएको छ । ती हुन्ः
क) "अल्लाह" अर्थात सत्य ईश्वर । यो उनको विशिष्ट नाम हो। यो नाम उनी बाहेक अरू कसैको छैन र उनी पवित्र छन् । 
ख) "अर्रह्मान" अर्थात अपार दयाको मालिक । उनी स्वयंमा नै दयाका खानी हुन् ।
ग) "अर्रहीम" अर्थात अनन्तर दयाको मालिक । तसर्थ अल्लाह तआला आफ्ना सृष्टिहरूमध्येबाट जसलाई चाहन्छन् आफ्नो यस दयाको पात्र बनाउछन् र तिनीहरूमा अल्लाहका आस्थावान भक्तहरू हुन् ।
२. अल्लाहको प्रशन्सा वर्णन गर्ने सम्पूर्ण गुणहरू केवल अल्लाहका लागि हुन् किनकी उनी सम्पूर्ण सृष्टिका मालिक, उनका सृष्टिकर्ता र सञ्चालणकर्ता हुन् । "आलमीन" आलमको बहुवचण हो र अल्लाहबाहेक सम्पूर्णलाई यस श्रेणीमा राखिन्छ ।
३. अघिल्लो आयतमा अल्लाहको प्रशंसाको बखान गरेपछि यस आयतमा अल्लाहको गुणकथन गरिएको छ ।
४. महिमागाणको अधिकार राख्ने केवल अल्लाह नै हुन् किनकी महाप्रलयको दिन हुने सम्पूर्ण घटनाको मालिक उनी नै हुन् र कसैले कसैका लागि केही गर्न सक्ने क्षमता राख्ने छैन । तसर्थ "यौमुद्दीन" को तात्पर्य हिसाबकिताबको दिन हो ।
५. हामी केवल तिम्रो उपासना र तिम्रै आज्ञाकारितामा लीन रहन्छौ । अरू कसैलाई पनि तिम्रो साझेदार ठहर गर्दैनौं । हाम्रा हरेक मामिलामा केवल तिम्रो नै सहयोग खोज्छौं किनकी तिम्रो हाथमा नै भलाईको श्रोत रहेको छ र तिमी बाहेक कोही हाम्रो सहयोगी छैन । 
६. हे अल्लाह हामीलाई सिधा मार्ग देखाऊ, त्यसमा नै हिँड्ने र अडिग रहने क्षमता प्रदान गर र हाम्रो मार्गदर्शनमा अभिबृद्धि गर । "सिधा मार्ग" को तात्पर्य त्यो स्पष्ट मार्ग हो जसमा टेढोपन हुँदैन र, त्यो मार्ग इस्लाम हो जुन अल्लाहले मोहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई दिएर पठाएका छन् ।
७. हामीलाई आफ्ना मार्गदर्शन प्राप्त गरेका भक्तहरूको मार्गमा हिँडाऊ जसमाथि तिम्रो कृपा भयो । जस्तै सन्देष्टा, सत्यवादी, शहीद र पुण्यकर्म गर्नेहरू । यिनीहरू कति राम्रा साथीहरू हुन् । यस्ता मानिसहरूको मार्गमा नहिँडाऊ जसमाथि तिम्रो प्रकोप अवतरित भयो । यिनीहरूले सत्यता चिनेका थिए तैपनि त्यसको अनुसरण गरेनन्, जस्तै यहूदीहरू । अनि सत्यको खोजिमा र त्यसको अनुसरणमा अन्याय गरेकाले बाटो बिराएर पथभ्रष्ट हुन पुगेकाहरूको मार्गमा पनि नहिँडाऊ, जस्तै ईसाईहरू ।

टिप्पणियाँ

एक टिप्पणी भेजें

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...