शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हामीले यस सूरहलाई अवतरण गर्यौं र यसमा उल्लेखित आदेश अनुसार हिँड्न अनिवार्य गर्यौं । यसमा हामीले प्रष्ट आयतहरू अवतरण गरेका छौं । आशा छ, तिमीहरू यसका आदेशहरूलाई सम्झ र त्यसको अनुसरण गर ।२. अविवाहिता व्यभिचारिणी र अविवाहित व्यभिचारीहरूमध्ये प्रत्येकलाई सय कोर्रा लगाऊ । यदि तिमीहरू अल्लाहक र आखिरतको दिनमाथि आस्था राख्छौ भने सजाय दिँदा दुबैको दयाले बाधा नपुर्याओस् जसको कारणले या त तिमीहरूले उनीहरूलाई सजाय दिनेछैनौ या उनीहरूको सजायलाई कम गरिदिनेछौ । सजाय दिएको घटना हेर्नका लागि मोमिनहरूको एउटा समूहको उपस्थिति होस्, त्यस कार्यलाई थप आलोचित र निरूत्साह गर्न ।३. व्यभिचारको अनैतिकतालाई उजागर गर्दै अल्लाहले उल्लेख गर्नुभयोः जसलाई यसको बानी बसेको छ उसले आफूजस्तै व्यभिचारिणी वा मुश्रिक महिलासित मात्र विवाह गर्न मन पराउँछ जसले यसको कुनै वास्ता गर्दैनिन् यद्यपि ऊसँग विवाह गर्ने अनुमति छैन । अनि जुन महिलालाई यसको बानी बसेको छ उसले आफूजस्तै व्यभिचारी वा मुश्रिक पुरूषसँग विवाह गर्न मन पराउँछिन् जसले यसको कुनै वास्ता गर्दैन यद्यपि ऊसँग विवाहको अनुमति छैन । व्यभिचारिणी र व्यभिचारीसँग विवाह गर्ने अनुमति मोमिनहरूलाई छैन ।४. जसले पवित्र आचरण भएकी महिलाहरूमाथि (र उनीहरू जस्तै पवित्र पुरूषहरूमाथि) अभियोग लगाउँछन् तर अभियोगलाई सिद्ध गर्नको लागि चारजना साक्षी पेश गर्न सक्दैनन्, हे अगुवाहरू ! तिनीहरूलाई अस्सी कोर्रा लगाऊ र उनीहरूको गवाही कहिल्यै स्वीकार नगर । जसले पवित्र मानिसहरूमाथि अभियोग लगाउँछन् उनीहरूले नै अल्लाहको अनुसरण त्यागेका छन् ।५. तिनीहरूबाहेक जसले अभियोग लगाएपछि अल्लाहसँग माफी मागे र आफ्ना क्रियाकलापहरूलाई सुधारे किनकि अल्लाहले उनीहरूको माफी र साक्षी स्वीकार गर्नुहुनेछ । वास्तवमा, अल्लाह आफ्ना माफी माग्ने भक्तहरूको लागि क्षमाशील र परम दयालु हुनुहुन्छ ।६. अनि आफ्ना पत्नीहरूमाथि अभियोग लगाउने पुरूषहरू जसको अभियोग सत्य छ भनी साक्षी दिने स्वयं उनीहरूबाहेक कोही छैन भने उनीहरूले चार पटक अल्लाहको कसम खएर आफ्नी पत्नीहरूमाथि लगाएको व्यभिचारीको अभियोग सत्य भएको कुरा सिद्ध गरून् ।७. अनि पाँचौ पटक कसम खाएर उसले अभियोग लगाएको झूठो भएको खण्डमा ऊ श्राप पाउन योग्य भएको उल्लेख गरी आफूलाई शाप देओस् ।८. त्यसपछि ऊ व्यभिचारिणी भएको अभियोगमा सजाय पाउने योग्य छे । तर यदि उसले लगाएको अभियोगमा ऊ झूठो हो भनी उसले चार पटक अल्लाहको कसम खाइन् भने त्यस सजायबाट जोगिन सक्छे ।९. अनि पाँचौ पटक कसम खाएर उसले लगाएको अभियोग सत्य भएको खण्डमा ऊ अल्लाहको प्रकोपको भागेदार हुने उल्लेख गरी आफूलाई शाप देओस् ।१०. हे मानिसहरू ! यदि तिमीहरूमाथि अल्लाहको कृपा र उहाँको दया, आफ्ना क्षमा माग्ने भक्तहरूको लागि क्षमाशील र आफ्नो प्रशासनमा र कानूनमा बुद्धिमान नभएको भए तिमीहरूको पापहरू र त्यसलाई उजागर गरेको कारणले तिमीहरूलाई यातना दिन हतार गर्नुहुनेथ्यो ।११. हे मोमिनहरू ! वास्तवमा,अभियोग लगाउनेहरू (अर्थान आईशा (रजियल्लाहु अन्हा) माथि व्यभीचारको अभियोग) तिमीहरूको एउटा समुह हो । उनीहरूको झूठ तिमीहरूको लागि नराम्रो हो भनी नठान । बर यो फाइदाजनक कुरा हो र यसमा मोमिनहरूको लागि प्रतिदान र शुद्धीकरण हो र यसमा मोमिनहरूको आमा आईशा (रजियल्लाहु अन्हा) लाई दोषमुक्त गर्नु हो । उनलाई अभियोग लगाउनेहरूमा सहभागीहरूमध्ये हरेकले झूठो अभियोगको सजाय भोग्नेछ । अनि यो अभियोग लगाउन सुरू गर्नेलाई सबैभन्दा कठोर सजाय रहेको छ र त्यो कपटीहरूको अगुवा अब्दुल्लाह बिन उबै बिन सलूक हो ।१२. मोमिन पुरूष र महिलाहरूले यस्तो गम्भीर अभियोग सुनेपछि उनीहरूका अभियुक्त सँगी मोमिनहरू निर्दोष हुन् र यो प्रष्ट झूठो कुरा हो भनी किन भनेनन् ।१३. अभियोग लगाउनेहरूले मोमिनहरूको आमा आईशा (रजियल्लाहु अन्हा) माथि लगाएको गम्भिर अभियोग सत्य भएको कुरा प्रमाणित गर्नको लागि चारजना साक्षीहरू किन प्रस्तुत गरेनन् ? यदि उनीहरूले आफ्नो अभियोगलाई सत्य प्रमाणित गर्न चारजना साक्षी प्रस्तुत गर्न सकेनन् भने उनीहरू अल्लाहको आदेशमा झूठा हुन् । उनीहरू यो कहिल्यै प्रमाणित गर्न सक्ने छैनन् ।१४. हे मानिसहरू ! यदि तिमीहरूमाथि अल्लाहको कृपा र उहाँको दया, उहाँले तिमीहरूलाई यातना दिन हतार नगर्नु र तिमीहरूमध्ये पश्चाताप गर्नेहरूको लागि क्षमाशील नहुनुभएको भए मोमिनहरूको आमाको विरूद्ध झूठो अभियोग फिंजाएको कारण तिमीहरूमाथि ठूलो सजाय आई पर्नेथ्यो ।१५. जब तिमीहरूमध्ये केहीले अरूलाई यो अभियोग सुनायौ र त्यो असत्य हुँदा हुँदै पनि त्यसलाई आफ्नै मुखले फिंजायौ र तिमीहरूलाई त्यसको ज्ञान नै थिएन अनि तिमीहरूले त्यसलाई गम्भिर ठानेनौ । वास्तवमा, त्यो अल्लाहको नजरमा धेरै गम्भिर कुरा हो किनकि त्यो निर्दोषविरूद्ध अभियोग हो ।१६. तिमीहरूले यो अभियोग सुनेपछि ‘यस अप्रिय कुराको चर्चा गर्नु हाम्रो लागि उचित छैन, हे हाम्रा पालनकर्ता ! तपाईं पवित्र हुनुहुन्छ, मोमिनहरूको आमालाई लगाइएको यो अभियोग गम्भिर झूठ हो’ भनी किन भनेनौ ।१७. यदि तिमीहरू अल्लाहमाथि आस्था राख्छौ भने निर्दोषलाई यस्तो अभियोग फेरी नलगाउन अल्लाहले तिमीहरूलाई सम्झाउनु भएको छ र चेतावनी दिनुभएको छ ।१८. अल्लाहले तिमीहरूका लागि आफ्ना आदेशहरू र उपदेशहरू भएका आयतहरू प्रष्ट पार्नु हुन्छ । अल्लाह तिमीहरूका क्रियाकलापहरूलाई जान्नुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन । त्यस अनुसार नै तिमीहरूलाई बदला दिइनेछ । उहाँ प्रशासन र धर्ममा तत्वज्ञ हुनुहुन्छ ।१९. व्यभिचारको अभियोग जस्ता नराम्रा कुराहरू मोमिनहरूमाझ फिंजाउन खोज्नेहरूलाई संसारमा अभियोगको पीडादायक यातना रहेकोछ र आखिरतमा उनीहरूलाई आगोको यातना दिइनेछ । अल्लाहलाई उनीहरूको झूठ, आफ्ना भक्तहरूको परिणाम र उनीहरूको फाइदाको ज्ञान छ तर तिमीहरूलाई यसको ज्ञान छैन ।२०. हे अभियोग लगाउनमा सहभागीहरू ! यदि तिमीहरूमाथि अल्लाहको कृपा , उहाँको दया र तिमीहरूको लागि उहाँ क्षमाशील एवं दयावान नहुनुभएको भए तिमीहरूलाई यातना दिन हतार गर्नुहुने थियो ।२१. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँको धर्मको अनुसरण गर्नेहरू ! असत्यलाई सजाउनका निम्ति शैतानका मार्गहरूको अनुसरण नगर । जो उसका मार्गहरूको अनुसरण गर्दछ वास्तवमा, उसले असभ्य काम एवं कुराहरू र धर्ममा नराम्रा मानिने कुराहरूको आदेश दिन्छ भन्ने कुरा जानिराखोस् । हे मोमिनहरू ! यदि अल्लाहको कृपा तिमीहरूमाथि नभएको भए पश्चाताप गरेपनि तिमीहरू कहिले पनि पवित्र हुने थिएनौ । तर अल्लाह जसलाई चाहनुहुन्छ उसको पश्चाताप स्वीकार गरी उसलाई पवित्र पार्नुहुन्छ । वास्तवमा, अल्लाह तिमीहरूको कुराहरू सुन्नुहुन्छ, क्रियाकलापहरूको ज्ञान राख्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन र त्यस अनुसार नै तिमीहरूलाई बदला दिइनेछ ।२२. धर्मका अनुयायीहरू र सम्पन्न व्यक्तिहरू आफ्ना अभावग्रस्त नातेदारहरूलाई उनीहरूले गरेका पापको कारणले उनीहरूलाई नदिने कसम नखाऊ किनकि उनीहरू गरिब र अल्लाहको मार्गमा घर त्यागेकाहरू हुन् । बरू उनीहरूलाई माफ गरून् र उनीहरूको गल्तीतिर नहेरून् । तिमीहरूले माफ गरेको र उनीहरूको गल्तीतिर नहेरोको कारणले अल्लाहले तिमीहरूलाई क्षमा गरून् भनी तिमीहरूलाई लाग्दैन ?! अल्लाह आफ्ना पश्चाताप गर्ने भक्तहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ । तसर्थ उहाँका भक्तहरूले पनि यसलाई आधार बनाउन् । यो आयतको अवतरण अबू बक्र (रजियल्लाहु अलैहि) को विषयमा भएको हो । मिस्तह नामक सहाबी अभियोग लगाउनमा सहभागी भएकोले उनले उनीमाथि खर्च नगर्ने कसम खाएका थिए ।२३. वास्तवमा, निर्दोष महिलाहरू जसलाई असभ्यताको विषयमा थाहा छैन र यो उनीहरूको दिमागमा कहिले पनि आउँदैन उनीहरूमाथि अभियोग लगाउनेहरू संसारमा र आखिरतमा अल्लाहको दयाबाट वन्चित रहनेछन् र उनीहरूको लागि आखिरतमा कठोर यातना रहेको छ ।२४. त्यो यातना उनीहरूले कयामतको दिन पाउनेछन् जुन दिन उनीहरूको जिब्रोले उनीहरूको विरूद्ध उनीहरूले बोलेको झूठको साक्षी दिनेछ र उनीहरूका हात खुट्टाले उनीहरूको विरूद्ध उनीहरूले गरेको कामको साक्षी दिनेछन् ।२५. त्यसदिन अल्लाहले उनीहरूलाई न्यायका साथ बदला दिनुहुनेछ र अल्लाह सत्य हुनुहुन्छ भनी उनीहरू जान्दछन् तसर्थ उहाँको तर्फबाट प्राप्त सूचना, प्रतिज्ञा वा चेतावनी स्पष्ट सत्य हो जसमा कुनै शंका छैन ।२६. चरित्रहीन पुरूषहरू तथा महिलाहरू, दुष्ट कुराहरू र कार्यहरू केवल चरित्रहीनहरूलाई मात्र शोभा दिन्छ । अनि पवित्रता पवित्रहरूलाई नै शोभा दिन्छ । यस्ता पवित्र पुरूषहरू र महिलाहरू चरित्रहीन पुरूषहरू र महिलाहरूले लगाएका अभियोगबाट मुक्त छन् । अल्लाह उनीहरूका पापलाई क्षमा गर्नुहुनेछ र उनीहरूको लागि स्वर्गको रूपमा राम्रो प्रतिदान रहेको छ । गुप्ताङ्गहरूको विषयमा जानकारी हुनु यस सूरहको सुरूमा उल्लेख गरिएको व्यभिचार गर्ने चाहना जगाउने एउटा कारण भएको हुनाले, घरमा प्रवेश गर्दा अनुमति लिने आदेश दिनुभयो जस कारणले आँखाहरूलाई गुप्ताङ्गहरू हेर्नबाट रोक्न सकिन्छ । तसर्थ उहाँले भन्नुभयोः२७. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँको शरीअतका अनुयायीहरू आफ्ना घरहरूबाहेक अन्य घरहरूमा प्रवेश गर्नु अघि त्यहाँ बस्नेहरूसँग अनुमति लिऊ अनि उनीहरूलाई सलाम गर । सलाम गर्न र अनुमति लिन यी शब्दहरू प्रयोग गरः तिमीहरूमाथि शान्ति होस्, के म आउन सक्छु ? एक्कासी कसैको घरमा प्रवेश गर्नुभन्दा तिमीहरूलाई अनुमति लिने दिइएको आदेश नै तिमीहरूको लागि उत्तम रहेको छ । आशा छ, तिमीलाई आदेश दिइएको कुरालाई मनन गर्नेछौ र त्यसको अनुसरण गर्नेछौ ।२८. यदि त्यस घरमा कोही छैन भने त्यहाँ प्रवेश नगर जबसम्म तिमीहरूलाई त्यहाँ प्रवेश गर्ने अनुमति प्राप्त छ । यदि त्यहाँका मालिकहरू (फर्केर जान भन्छन् भने) तिमीहरू फर्केर जाऊ र त्यहाँ प्रवेश नगर । अल्लाहको नजरमा तिमीहरूको लागि यही पवित्र रहेको छ । तिमीहरूको क्रियाकलापलाई अल्लाह जान्नुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन । अनि त्यस अनुसार नै तिमीहरूलाई बदला दिइनेछ ।२९. सार्वजनिक प्रयोगको लागि तयार पारिएका साझा घरहरूमा अनुमति बिना प्रवेश गर्नु निन्दनीय कार्य होइन, जस्तै पुस्तकालयहरू र बजारका पसलहरू । तिमीहरूले जाहेर गर्ने र लुकाउने क्रियाकलापहरू र अवस्थाहरूबाट अल्लाह अवगत हुनुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन । अनि उहाँले त्यस अनुसार नै तिमीहरूलाई बदला दिनुहुनेछ । वास्तवमा, हेराइले नै व्यभिचारतिर डोर्याउने गर्छ तसर्थ त्यसबाट बच्नको लागि अल्लाहले हेराइलाई नियन्त्रित राख्ने आदेश दिनुभयो । उहाँले भन्नुभयोः३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिन पुरूषहरूलाई परमहिलाहरू र गुप्ताङ्गहरूतिर नहेर्न र आफ्ना गुप्ताङ्गहरूलाई अवैधमा पर्न र खुल्न नदिन भन्नुहोस् । अल्लाहले अवैध गर्नुभएकोलाई नहेर्नु र गुप्ताङ्गहरूको रक्षा गर्नु अल्लाहको नजरमा उनीहरूको लागि बढी पवित्र रहेको छ । अल्लाह उनीहरूको क्रियाकलापहरूबाट अवगत हुनुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन । अनि त्यस अनुसार नै उनीहरूलाई बदला दिनुहुनेछ ।३१. अनि मोमिन महिलाहरूलाई भन्नुहोस्- हेर्न अवैध गरिएका गुप्ताङ्गहरूतिर नहेर, व्यभिचारबाट टाढा रहेर र पर्दा गरेर आफ्नो गुप्ताङ्गको रक्षा गर, परपुरूषको अगाडि लुगा जस्तो आफै जाहेर हुने श्रृंगारबाहेक अन्य श्रृंगार प्रदर्शन नगर, आफ्ना लुगामाथिबाट पर्दाले कपाल, अनुहार र घाँटी छोप । अनि आफ्ना भित्री श्रृंगार केवल आफ्ना पति, बुबा, ससुरा, छोराहरू, पतिका छोराहरू, दाजुभाईहरू, भतिजाहरू, भान्जाहरू, आफ्ना मुस्लिम वा काफिर विश्वसनीय महिलाहरू, दास-दासीहरू, मातहतमा रहेका कामेच्छारहित पुरूषहरू वा त्यसता बच्चाहरूको अगाडि प्रदर्शन गर जो सानो भएका कारणले महिलाहरूका गुप्ताङ्गहरूबारे अनभिज्ञ छन् । घुँगुरा जस्ता गहनाहरू लगाएर आफ्ना खुट्टा बजार्दै लुकेका श्रृंगार प्रदर्शन हुने गरी नहिँड । हे मोमिनहरू ! अवैध हेराइ र अन्य अवैध कार्यमा संलग्नतापछि सबैजना अल्लाहसमक्ष पश्चाताप गर । आशा छ, तिमीहरूले चाहेको सफलता प्राप्त गर्न सक्नेछौ र जुन कुराको डर छ त्यसबाट बच्न सक्नेछौ । अविवाहित (विधवा र विधुर सहित) हुनु व्यभिचार फैलिनुको कारण थियो त्यस कारण अल्लाहले अविवाहितहरूको विवाहमा सहयोगको आदेश दिनुभयो । उहाँले भन्नुभयोः३२. हे मोमिनहरू ! अविवाहित र अविवाहिताहरू (विधवा र विधुर सहित) को विवाह गराऊ । अनि मोमिन दास-दासीहरूको विवाह गराऊ । यदि उनीहरू गरिब छन् भने अल्लाहले आफ्नो अपार कृपाबाट उनीहरूलाई धनी बनाउनुहुनेछ । अल्लाह अपार जीविकाको मालिक हुनुहुन्छ र कसैलाई धनी बनाउनाले उहाँको जीविकामा कमी हुँदैन । उहाँ आफ्ना भक्तहरूको अवस्थाबारे अवगत हुनुहुन्छ । जब अल्लाहले मोमिनहरूलाई अविवाहित (विधवा र विधुर सहित) हरूको विवाह गराउने आदेश दिनुभयो तब विवाहको सामर्थ्य नराखेको खण्डमा उहाँले अविवाहितलाई आफ्नो चरित्रलाई जोगाउने आदेश दिनुभयो । उहाँले भन्नुभयोः३३. गरिब भएको कारणले यदि केही व्यक्तिहरू विवाहको सामर्थ्य राख्दैनन् भने अल्लाहले उनीहरूलाई आफ्नो अपार कृपाले सम्पन्न नबनाएसम्म उनीहरू व्यभिचारबाट बचेर बसुन् । यदि केही दासहरू आफ्ना मालिकहरूलाई धन दिएर मुक्त हुनको निम्ति लिखित सम्झौता गर्ने प्रस्ताव पेश गर्छ भने उनीहरूको मालिकहरूले यदि उनीहरूमा धन चुक्ता गर्ने क्षमता र उनीहरू धर्मको अनुसरण गर्ने देख्छन् भने उनीहरूले प्रस्तावलाई स्वीकार गरून् । अनि अल्लाहले उनीहरू (मालिकहरू) लाई दिनुभएको धनबाट उनीहरूले स्वतन्त्र हुन तिर्ने धनको मात्रा घटाउनका निम्ति चा । धन प्राप्त गर्ने चाहनामा आफ्नी दासीहरूलाई व्यभिचारको लागि बाध्य नबनाऊ जसपछि उनीहरूले व्यभिचारबाट कमाएको धनलाई तिमीहरू माग । यसरी अब्दुल्लाह बिन उबैले आफ्ना दुईजना दासीहरूसँग गरेको थियो जब उनीहरूले पवित्रता र व्यभिचारबाट टाढा रहन चाहेका थिए । तिमीहरूमध्ये जसले उनीहरूलाई यसको लागि विवश पार्छ भने जानि राख उनीहरूलाई विवश गरिएपछि अल्लाहले उनीहरूको पापलाई क्षमा गर्नुहुनेछ, उनीहरूमाथि दया गर्नुहुनेछ । उनीहरू विवश हुन् र पाप विवश गर्नेहरूलाई लाग्नेछ ।३४. हे मानिसहरू ! हामीले तिमीहरूको लागि स्पष्ट आयतहरू अवतरण गर्यौं जसले सत्य र असत्यमा फरक छुट्याउँछ । अनि तिमीहरूका लागि तिमीहरूभन्दा पहिलेका मोमिनहरू र काफिरहरूको उदाहरण अवतरण गर्यौं । अनि तिमीहरूमाथि उपदेश अवतरण गर्यौं जसबाट ईशभय राख्नेहरू उहाँका आदेशहरूको अनुसरण गरेर र प्रतिबन्धित कुराहरूबाट बचेर उपदेश लिन्छन् ।३५. अल्लाह आकाशहरू र पृथ्वीको प्रकाश हुनुहुन्छ त्यहाँ रहेकाहरूका लागि मार्गदर्शन हुनुहुन्छ । मोमिनको हृदयमा उहाँको प्रकाशको उदाहरण झ्याल नभएको भित्तामा रहेको प्वालमा एउटा दियो छ र त्यो दियो चम्किलो पानसभित्र छ जुन पानस मानौं मोतीसरह चम्किलो तारा जस्तै प्रज्वलित छ । यो दियो जैतूनको त्यसतो पवित्र रूखबाट बल्छ जसमा बिहान र साँझ कसैले पनि घाम पर्नबाट छेक्न सक्दैन । आगोले नछोए पनि त्यो शुद्धताको कारणले प्रज्वलित देखिन्छ । आगोले छोयो भने कसो होला ?! दियोको प्रकाशमाथि पानसको प्रकाश छ । यस्तै अवस्था मोमिनको हृदयको हुन्छ जब त्यसमा मार्गदर्शनको प्रकाश प्रज्वलित हुन्छ । अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ कुरआनको अनुसरणलाई सहज बनाउनुहुन्छ । अल्लाह मिल्दोजुल्दो कुराहरूको उदाहरण दिई बुझाउनुहुन्छ । अल्लाह हरेक कुराको ज्ञान राख्नुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन ।३६. यो दियो आल्लाहको मस्जिदहरूमा बल्छ जसलाई सम्मानित र उच्च पार्ने आदेश अल्लाहले दिनुभएको छ । त्यहाँ अजान, कुरआनको पाठ र सलाहका साथ अल्लाहलाई सम्झिन्छ । बिहान र बेलुकी अल्लाहको प्रसन्नता प्राप्तिको लागि सलाह पढिन्छ ।३७. त्यसता पुरूषहरू जसलाई अल्लाहको सम्झनाबाट, एकाग्रताका साथ सलाह पढ्नबाट, जकात लिन योग्य भएकाहरूलाई जकात दिनबाट न किनबेचले न व्यापारले भुलाउँछ । उनीहरू कयामतको दिनसँग डराउँछन् । यो त्यो दिन हो जुन दिन हृदयहरू यातनाबाट बच्ने चाहना र त्यसको डरबीच दोधारमा हुनेछ र आँखाहरूले कता हेर्नेछन् भनी थाहा हुनेछैन ।३८. अल्लाहले उनीहरूको कर्मको राम्रो प्रतिदान दिनुहुनेछ भनी उनीहरूले यसो गरे र अल्लाहले आफ्नो कृपाले उनीहरूको बदलालाई बढाउनुहुनेछ । अल्लाह जसलाई चाहनुहुन्छ उनीहरूको कर्मको आधारमा अनगन्ती जीविका प्रदान गर्नुहुनेछ, बरू उहाँले उनीहरूले कर्म गरेकोभन्दा धेरै गुणा गरेर दिनुहुनेछ ।३९. अल्लाहमाथि आस्था नराख्नेहरूले आफ्ना कार्यहरूको प्रतिफल पाउने छैनन् । उनीहरूका कार्यहरू धर्तीमा मृगतृष्णा जस्तै हुन् । तिर्खाएको मान्छेले त्यो देखेपछि त्यसलाई पानी सम्झन्छ । ऊ त्यसतिर हिंड्छ र त्यहाँ पुगेपछि उसले पानी फेला पार्दैन । यसरी नै काफिरको सोँचाई अनुसार उसको कार्यहरूले उसलाई फाइदा पुर्याउनेछ । तर जब उसको मृत्यु हुन्छ र उसलाई फेरी जीवित पारेर उठाइन्छ तब उसले इनाम पाउनेछैन बरु उसले उसको अगाडि आफ्नो पालनकर्तालाई देख्नेछ । अनि उहाँले उसको कार्यको पूरा बदला दिनुहुनेछ । अल्लाह चाँडै हिसाब लिनुहुन्छ ।४०. अथवा उनीहरूको कार्यहरू उदाहरण गहिरो समुद्रको अन्धकारझैं रहोको छ जसलाई छालले ढाकेको छ । अनि त्यस छाललाई अर्को छालले ढाकेको छ । त्यसमाथि बाटो पत्ता लगाउने ताराहरू छोप्ने गरी बादल छाएको छ । अन्धकारमाथि अन्धकार छाएको छ । त्यसतो अन्धकारमा फसेको मान्छे जब आफ्नो हात बाहिर निकाल्छ उसले अन्धकारको कारणले आफ्नो हात देख्न सक्दैन । यही अवस्था काफिरको पनि हुन्छ । उसलाई अज्ञानता, शंका, अन्योलले ढाकेको छ र उसको हृदयमा मोहर लागेको छ । अल्लाह जसलाई पथभ्रष्टताबाट बचाएर मार्गदर्शन र आफ्नो किताबबाट ज्ञान प्रदान गर्नुहुन्न भने कसैले पनि उसलाई मार्गदर्शन दिन सक्नेछैन र कुनै पनि किताबबाट उसले ज्ञान प्राप्त गर्न सक्नेछैन ।४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहका आकाशहरू र पृथ्वीमा रहेका सृष्टिहरूले उहाँको प्रशंसा गर्छन् र चराहरू हावामा पखेटा लहराएर उहाँको प्रशंसा गर्दछन् भन्ने कुरा तपाईंलाई थाहा छैन ? अल्लाहका सम्पूर्ण सृष्टिहरूमध्ये मान्छे जस्ता सलाह पढ्ने सृष्टिलाई उहाँले सलाह सिकाउनुभयो र चरा जस्ता प्रशंसा गर्ने सृष्टिलाई उहाँले प्रशंसा गर्ने सिकाउनुभयो । अल्लाह उनीहरूका क्रियाकलापहरूबाट अवगत हुनुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन ।४२. अल्लाह आकाशहरू र पृथ्वीका एक मात्र मालिक हुनुहुन्छ । अनि कयामतको दिन हिसाबकिताब र बदला पाउनका लागि उहाँतिर नै फर्केर जानुपर्नेछ ।४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाह बादलहरूलाई चलाउनुहुन्छ, तिनीहरूलाई आपसमा जोड्नुहुन्छ अनि तिनीहरूलाई तहमाथि तह बनाएर राख्नुहुन्छ भन्ने कुरा तपाईंलाई थाहा छैन ? त्यसपछि तपाईं त्यसको बीचबाट पानी परेको देख्नुहुन्छ । उहाँ आकासमा रहेको पहाडहरू जस्तै ठूलो देखिने बाक्लो बादलबाट ढुङ्गा जस्तै असिना बर्साउनुहुन्छ । अल्लाह त्यसद्वारा आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ हानी पुर्याउनुहुन्छ र जसलाई चाहनुहुन्छ त्यसबाट सुरक्षित राख्नुहुन्छ । बादलको बिजुलीको चमकले देख्ने शक्ति नै लैजाला जस्तो हुन्छ ।४४. अल्लाहले रात र दिनलाई वैकल्पिक ढंगले लामो र छोटो तथा आउने र जाने बनाउनुभएको छ । एकेश्वरवादका प्रमाणहरूको यस निशानीहरूमा अल्लाहको शक्ति र उहाँको एक हुनुको पहिचान गर्नेहरुको लागि उपदेश रहेको छ ।४५. अल्लाहले धर्तीमा हिँड्ने प्राणीहरूलाई विर्यले सृष्टि गर्नुभयो । तिनीहरूमध्ये केही आफ्नो पेटले घिस्रिन्छन्, जस्तै सर्प । तिनीहरूमध्ये दुई खुट्टाले हिँड्छन्, जस्तै मान्छे र चरा । तिनीहरूमध्ये केही चार खुट्टाले हिँड्छन्, जस्तै गाईबस्तु । उल्लेख गरेका र नगरेकाहरू जे चाहनुहुन्छ अल्लाह सृष्टि गर्नुहुन्छ । अल्लाह हरेक कुराको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कसैले पनि विवस गर्न सक्दैन ।४६. हामीले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि सत्यको बाटो देखाउने स्पष्ट आयतहरू अवतरण गर्यौं । अल्लाह जसलाई चाहनुहुन्छ सीधा मार्गको लागि बाटो सहज बनाउनुहुन्छ जसमा कुनै टेढोपन छैन । अनि त्यो बाटो उसलाई स्वर्ग लिएर जानेछ ।४७. कपटीहरू भन्छन्- हामीले अल्लाहमाथि र रसूलमाथि आस्था राख्यौं र हामीले अल्लाह र उहाँका रसूलको अनुसरण अपनायौं । तर उनीहरूमध्ये एउटा समूहले अस्वीकार गर्यो । अल्लाह र उहाँका रसूलमाथि आस्था राख्ने र उनीहरूको आज्ञाकारी हुने दावी गरेपश्चात अल्लाहको मार्गमा र अन्य कारण युद्ध गर्ने विषयमा उनीहरू अल्लाह र उहाँका रसूलको अनुसरण गर्दैनन् । अल्लाह र उहाँका रसूलको आज्ञापालन गर्न अस्वीकार गर्नेहरूले दावी गरेपनि उनीहरू मोमिन होइनन् ।४८. जब यी कपटीहरूलाई उनीहरूबीच उनीहरूको विवादमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले निर्णय गर्नुहुन्छ भनी अल्लाह र उहाँका रसूलतर्फ बोलाइन्छ तब उनीहरू आफ्नो कपटको कारण विमुख हुन्छन् ।४९. यदि सत्य उनीहरूको पक्षमा छ र निर्णय उनीहरूको आफ्नै हितमा छ भनी उनीहरूलाई थाहा भयो भने उनीहरू उहाँतर्फ आज्ञाकारी भएर आउनेछन् ।५०. के उनीहरूको हृदयमा रोग छ जुन त्यहाँ रहिरहन्छ ? उहाँ रसूल भएकोमा उनीहरूलाई शंका छ ? वा अल्लाह र उहाँका रसूलले उनीहरूमाथि अत्याचार गर्लान् भनी डराउँछन् ? उनीहरूले भनेको जस्तो कदापि होइन । यसको विपरित, यो उनीहरूको आफ्नै रोग हो किनकि उनीहरू उहाँको निर्णयबाट विमुख हुन्छन् र उहाँतर्फ अटेरी छन् । अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को निर्णय नमान्ने कपटीहरूको अवस्थाको उल्लेख गर्नुभएपछि उहाँबाट प्रसन्न मोमिनहरूको अवस्था उल्लेख गर्दै उहाँले भन्नुभयोः५१. जब मोमिनहरूलाई अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तर्फ उनीहरूबीच निर्णय गर्नको लागि बोलाइन्छ उनीहरू भन्छन्- हामीले उहाँको कुरा सुन्यौं र उहाँको आदेश मान्यौं । यस्ता गुणहरूको मालिकहरू नै यस संसार र आखिरतमा सफल हुने छन् ।५२. जो अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर्छन्, उहाँका आदेशलाई स्वीकार गर्छन्, पापको परिणामबाट डराउँछन्, अल्लाहको आदेशको अनुसरण गरेर र उहाँले मनाही गर्नुभएको कुराबाट बचेर उहाँको यातनाबाट बच्छन् केवल उनीहरूले संसार र आखिरतको भलाई प्राप्त गर्न सफल हुनेछन् ।५३. कपटीहरूले आफ्नो सम्पूर्ण शक्तिका साथ अल्लाहको कसम खाएर भने- यदि तपाईंले उनीहरूलाई जिहादमा जान आज्ञा दिनुभयो भने उनीहरू जिहादमा जानेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई भन्नुहोस्: कसम नखाऊ । तिमीहरूको झूठ स्पष्ट छ र तिमीहरूको देखावटी अनुसरण पनि स्पष्ट छ । तिमीहरूको क्रियाकलापबाट उहाँ अवगत हुनुहुन्छ । तिमीहरूले लुकाएपनि तिमीहरूको कुनै पनि क्रिया उहाँबाट लुकेको छैन ।५४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी पटीहरूलाई भन्नुहोस्- खुला र गोप्य रूपमा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर । यदि तिमीहरू उनीहरूको आज्ञापालनको आदेशबाट विमुख हुन्छौ भने जानिराख उहाँमाथि केवल उहाँलाई सुम्पिएको आह्वानको जिम्मेवारी हो र तिमीहरूलाई सुम्पिएको आज्ञापालन र उहाँले ल्याउनुभएको कुराको अनुसरण गर्ने जिम्मेवारी तिमीहरूको हो । उहाँले तिमीहरूलाई गर्ने आदेश दिनुभएको कुरालाई गर्छौ र नगर्ने आदेश दिनुभएको कुराबाट बच्छौ भने तिमीहरू सत्यको मार्गदर्शन प्राप्त गर्नेछौ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि प्रष्ट रूपले सन्देश पुर्याउने जिम्मेवारी मात्र दिइएको छ । उहाँमाथि तिमीहरूलाई मार्गदर्शन दिने र तिमीहरूलाई त्यसको लागि विवश पार्ने जिम्मेवारी छैन ।५५. तिमीहरूमध्ये अल्लाहमाथि आस्था राख्नेहरू र सत्कर्म गर्नेहरूसँग अल्लाहले उनीहरूको शत्रु विरूद्ध सहयोग गर्ने र जसरी उनीहरूभन्दा पहिलेका मोमिनहरूलाई उत्तराधिकारी बनाउनुभएको थियो त्यसरी नै उनीहरूलाई पनि उत्तराधिकारी बनाउने बाचा गर्नुभएको छ । अनि उनीहरूको लागि रोज्नुभएको इस्लाम धर्मलाई प्रभावशाली र श्रेष्ठ बनाउने, उनीहरूको भयलाई सुरक्षासँग परिवर्तन गर्ने बाचा गर्नुभएको छ । उनीहरू केवल मेरो उपासना गर्छन् र कसैलाई मेरो साझेदार बनाउदैनन् । यी कृपाहरूपश्चात जसले कुफ्र गर्छ उनीहरू नै अल्लाहको अनुसरणबाट बाहिरिएका छन् ।५६. एकाग्रताका साथ सलाह पढ, आफ्नो सम्पत्तिबाट जकाह देऊ र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले दिनुभएको आदेश मानेर र उहाँले मनाही गर्नुभएको कुराबाट बचेर उहाँको अनुसरण गर । आशा छ, तिमीहरू अल्लाहको दयाको पात्र बन्नेछौ ।५७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले नकार्नेहरूलाई मैले यातना दिने सोँचेपछि उनीहरू उम्किन सक्छन् भनी नसोँच्नुहोस् । कयामतको दिन उनीहरूको बासस्थान नर्क हुनेछ । नर्क कति निकृष्ट बासस्थान रहेको छ । अल्लाहले यसभन्दा पहिले वयस्क स्वतन्त्र पुरूषले अनुमति लिनुपर्ने प्रावधान उल्लेख गर्नुभएको थियो । यहाँ अल्लाहले गैर वयस्क दास र स्वतन्त्र तथा बच्चाहरूले अनुमति लिनुपर्ने उल्लेख गर्दै भन्नुभयोः५८. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँको आदेशलाई मान्नेहरू, तिमीहरूका दास र दासी तथा गैर वयस्क बच्चाहरू तिमीहरूसित तीन अवस्थामा अनुमति लिऊन्- जब तिमीहरू फज्रको सलाहअघि निद्राबाट बिँउझिन्छौ, जब जुह्रको सलाहको समयमा तिमीहरू कैलूला (आराम) गर्नको लागि लुगा खोल्छौ र ईशाका सलाहको समयपछि किनकि यो समय तिमीहरूको सुत्ने समय हो । यी तीन समयहरू तिमीहरूका लागि पर्दाका समय हुन् । उनीहरू यी समयमा तिमीहरूको अनुमति नलिएसम्म तिमीहरूकोमा नआऊन् । यसबाहेकका समयमा उनीहरूले तिमीहरूको अनुमति बिना तिमीहरूको कोठामा प्रवेश गर्नु तिमीहरूको लागि कुनै आपत्तिको कुरा छैन र उनीहरूको लागि पनि । तिमीहरू सबै आपसमा एकअर्काको नजिक आइ रहन्छौ । उनीहरूलाई हरेक समय अनुमति बिना प्रवेश गर्नबाट रोक्न सकिदैन । जसरी अल्लाहले तिमीहरूलाई अनुमति लिने आदेशलाई प्रष्ट पार्नुभयो त्यसरी नै उहाँले तिमीहरूलाई दिनु भएको आदेशलाई प्रमाणित गर्ने आयतहरूलाई प्रष्ट पार्नुहुन्छ । अल्लाह आफ्ना भक्तहरूको हितलाई राम्ररी जान्नुहुन्छ र उनीहरूलाई आदेश दिनुमा तत्वदर्शी हुनुहुन्छ ।५९. जब बच्चाहरू वयस्क हुन्छन् उनीहरूले हरेक समय घरमा प्रवेश गर्दा अनुमति लिनुपर्नेछ । यसको उल्लेख वयस्कहरूको विषयमा भई सकेको छ । जसरी अल्लाहले अनुमति लिनुको आदेश स्पष्ट गर्नुभएको छ त्यसरी नै अल्लाह तिमीहरूको लागि आयतहरूलाई स्पष्ट पार्नुहुन्छ । अल्लाह आफ्ना भक्तहरूको हितलाई राम्ररी जान्नुहुन्छ र उनीहरूलाई आदेश दिनुमा तत्वदर्शी हुनुहुन्छ ।६०. अनि बृद्ध अवस्थाको कारणले महिनावारी नहुने र गर्भ धारण गर्न अयोग्य महिलाहरू जसमा विवाहको आशा मरिसकेको छ उनीहरूले छोप्न अनिवार्य गरिएको भित्रको श्रिङ्गार जाहेर नगरी ओढ्ने र बुर्का जस्ता केही वस्त्रहरू फुकालेर राखेमा कुनै आपत्ति छैन । तर यदि उनीहरू वस्त्र फुकाल्दैनन् भने यो उनीहरूको लागि उत्तम हुनेछ र उनीहरू पवित्र हुनेछिन् । अल्लाह तिमीहरूको कुरा सुन्नुहुन्छ र तिमीहरूको कार्यहरू हेर्नेहुन्छ । अनि त्यस अनुसार नै तिमीहरूलाई बदला दिनुहुनेछ ।६१. यदि अन्धा, अपाङ्ग वा बिरामीहरूले आफ्ना दायित्वहरूमध्ये केहीलाई असक्षम भएका कारणले पूरा गरेनन् भने उनीहरू पापको भगेदार हुनेछैनन् जस्तै, अल्लाहको मार्गमा युद्ध गर्नु । हे मोमिनहरू हो ! यदि तिमीहरू आफ्नै घरमा खान्छौ जसमा आफ्ना सन्तानका घर पनि पर्छ भने यसमा पाप लाग्दैन । त्यसरी नै आफ्ना बाबु-बाजेहरूका घरमा, आमा-बज्यैहरूका घरमा, दाजूभाईहरूका घरमा, दिदीबहिनीहरूका घरमा, काकाहरूका घरमा, फूपुहरूका घरमा, मामाहरूका घरमा, सानीमाहरूका घरमा वा माली जस्ता कामका लागि तिमीहरूलाई रेखदेखको निम्ति सुम्पिएका घरहरूमा खाना खानाले पाप लाग्दैन । त्यसरी नै साथीहरूलाई आनन्दित तुल्याउनका निम्ति तिमीहरू उनीहरूको घरमा खान्छौ भने यसमा पाप लाग्दैन । त्यसरी नै यदि तिमीहरू सँगै वा एक्ला एक्ला खान्छौ भने यसमा कुनै पाप छैन । यदि तिमीहरू माथि उल्लेख गरिएका घरहरू, वा अरूमा प्रवेश गर्नुहुन्छ भने त्यहाँका बस्नेहरूलाई हरूलाई अस्सलामु अलैकुम् भनी सलाम गर । यदि घरमा कोही छैनन् भने अस्सलामु अलैना व अला ईबादिल्लाहिस्सालिहीन (हामीमाथि सलामती होस् र अल्लाहका असल भक्तहरूमाथि पनि) भनी स्वयंलाई सलाम गर । यो अल्लाहको तर्फबाट निर्धारण गरिएको अभिवादन हो जुन शुभ कार्य हो किनकि यसले तिमीहरूमाझ प्रेम र घनिष्ठतालाई फिंजाउँछ र यो पवित्रता हो किनकि यसले सुन्ने मान्छेको मनलाई पवित्र बनाउँदछ । यस्तो खालको कुरालाई अल्लाहले यस सूरहमा स्पष्ट पार्नुभएको छ । तिमीहरू अल्लाहको आयतहरूबाट पाठ सिकनेछौ र त्यसको अनुसरण गर्नेछौ भन्ने आशाले उहाँ त्यसलाई स्पष्ट पार्नुहुन्छ । (जब अल्लाहले प्रवेश गर्ने बेला अनुमति लिनुपर्ने उल्लेख गर्नुभयो, उहाँले बाहिर जाने बेला पनि अनुमति लिनुपर्ने उल्लेख गरेर भन्नुभयोः)६२. वास्तवमा, आफ्ना आस्थाप्रति इमान्दार ती आस्थावानहरू हुन् जो अल्लाहमाथि र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राखे । जब उनीहरू नबी (सल्लल्लाहु अलैहि व सल्लम) सँग मुस्लिमहरूको हितको लागि एकजुट हुन्छन्, उहाँसँग अनुमति नलिएसम्म उनीहरू त्यहाँबाट जाँदैनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जो तपाईंसित जानको लागि अनुमति माग्छन् वास्तवमा, उनीहरू अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि पूर्ण आस्था राख्छन् । तसर्थ जब उनीहरू आफ्ना केही विशेष आवश्यकताको लागि तपाईंसित अनुमति लिन्छन्, उनीहरूमध्ये जसलाई चाहनुहुन्छ अनुमति दिनुहोस् र उनीहरूको पापको लागि क्षमा माग्नुहोस् । वास्तवमा, अल्लाह आफ्ना भक्तहरूमध्ये पश्चाताप गर्नेहरूलाई क्षमा दिनुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।६३. हे मोमिनहरू हो ! रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सम्मान गर । जब तिमीहरू उहाँलाई बोलाउछौ उहाँलाई उहाँको नाम लिएर, जस्तै, हे मुहम्मद भनेर नबोलाऊ वा उहाँको बुबाको नामले, जस्तै, हे अब्दुल्लाहको छोरा भनेर नबोलाऊ । यसरी तिमीहरू एक अर्कालाई बोलाउछौ । बरू उहाँलाई हे अल्लाहका रसूल र हे अल्लाहका नबी भनेर बोलाऊ । यदि उहाँ तिमीहरूलाई सार्वजनिक कुराहरूको लागि बोलाउनुहुन्छ भने उहाँले बोलाउनुलाई तिमीहरूले एक अर्कालाई सबैभन्दा सामान्य कुराहरुकोलागि बोलाएको जस्तो विचार नगर बरू उहाँलाई उत्तर दिन हतार गर । तिमीहरूमध्ये अनुमति नलिई लुकेर जानेहरूलाई अल्लाह जान्नुहुन्छ । तसर्थ अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदेशको उल्लङ्घन गर्नेहरू सावधानी अपनाउन् अन्यथा अल्लाहले उनीहरूलाई संकट दिएर कष्ट दिनुहुनेछ वा उनीहरूलाई सहन नसक्ने पीडादायी यातना दिनुहुनेछ ।६४. सावधान ! वास्तवमा, आकाशहरू र पृथ्वीका सम्पूर्ण कुराहरूको सृष्टि, शासन र प्रशासन केवल अल्लाहकै हुन् । हे मानव ! तिमीहरूको अवस्थाको ज्ञान अल्लाहलाई छ र उहाँबाट केही लुकेको छैन । मृत्युपश्चात जब कयामतको दिन उनीहरू उहाँतर्फ फर्कनेछन् उनीहरूले संसारमा गरेका कामहरूको बारेमा उहाँले भन्नुहुनेछ र अल्लाह हरेक कुराको ज्ञान राख्नुहुन्छ । आकाशहरू र पृथ्वीमा उहाँबाट केही पनि लुकेको छैन ।
१. हामीले यस सूरहलाई अवतरण गर्यौं र यसमा उल्लेखित आदेश अनुसार हिँड्न अनिवार्य गर्यौं । यसमा हामीले प्रष्ट आयतहरू अवतरण गरेका छौं । आशा छ, तिमीहरू यसका आदेशहरूलाई सम्झ र त्यसको अनुसरण गर ।
२. अविवाहिता व्यभिचारिणी र अविवाहित व्यभिचारीहरूमध्ये प्रत्येकलाई सय कोर्रा लगाऊ । यदि तिमीहरू अल्लाहक र आखिरतको दिनमाथि आस्था राख्छौ भने सजाय दिँदा दुबैको दयाले बाधा नपुर्याओस् जसको कारणले या त तिमीहरूले उनीहरूलाई सजाय दिनेछैनौ या उनीहरूको सजायलाई कम गरिदिनेछौ । सजाय दिएको घटना हेर्नका लागि मोमिनहरूको एउटा समूहको उपस्थिति होस्, त्यस कार्यलाई थप आलोचित र निरूत्साह गर्न ।
३. व्यभिचारको अनैतिकतालाई उजागर गर्दै अल्लाहले उल्लेख गर्नुभयोः जसलाई यसको बानी बसेको छ उसले आफूजस्तै व्यभिचारिणी वा मुश्रिक महिलासित मात्र विवाह गर्न मन पराउँछ जसले यसको कुनै वास्ता गर्दैनिन् यद्यपि ऊसँग विवाह गर्ने अनुमति छैन । अनि जुन महिलालाई यसको बानी बसेको छ उसले आफूजस्तै व्यभिचारी वा मुश्रिक पुरूषसँग विवाह गर्न मन पराउँछिन् जसले यसको कुनै वास्ता गर्दैन यद्यपि ऊसँग विवाहको अनुमति छैन । व्यभिचारिणी र व्यभिचारीसँग विवाह गर्ने अनुमति मोमिनहरूलाई छैन ।
४. जसले पवित्र आचरण भएकी महिलाहरूमाथि (र उनीहरू जस्तै पवित्र पुरूषहरूमाथि) अभियोग लगाउँछन् तर अभियोगलाई सिद्ध गर्नको लागि चारजना साक्षी पेश गर्न सक्दैनन्, हे अगुवाहरू ! तिनीहरूलाई अस्सी कोर्रा लगाऊ र उनीहरूको गवाही कहिल्यै स्वीकार नगर । जसले पवित्र मानिसहरूमाथि अभियोग लगाउँछन् उनीहरूले नै अल्लाहको अनुसरण त्यागेका छन् ।
५. तिनीहरूबाहेक जसले अभियोग लगाएपछि अल्लाहसँग माफी मागे र आफ्ना क्रियाकलापहरूलाई सुधारे किनकि अल्लाहले उनीहरूको माफी र साक्षी स्वीकार गर्नुहुनेछ । वास्तवमा, अल्लाह आफ्ना माफी माग्ने भक्तहरूको लागि क्षमाशील र परम दयालु हुनुहुन्छ ।
६. अनि आफ्ना पत्नीहरूमाथि अभियोग लगाउने पुरूषहरू जसको अभियोग सत्य छ भनी साक्षी दिने स्वयं उनीहरूबाहेक कोही छैन भने उनीहरूले चार पटक अल्लाहको कसम खएर आफ्नी पत्नीहरूमाथि लगाएको व्यभिचारीको अभियोग सत्य भएको कुरा सिद्ध गरून् ।
७. अनि पाँचौ पटक कसम खाएर उसले अभियोग लगाएको झूठो भएको खण्डमा ऊ श्राप पाउन योग्य भएको उल्लेख गरी आफूलाई शाप देओस् ।
८. त्यसपछि ऊ व्यभिचारिणी भएको अभियोगमा सजाय पाउने योग्य छे । तर यदि उसले लगाएको अभियोगमा ऊ झूठो हो भनी उसले चार पटक अल्लाहको कसम खाइन् भने त्यस सजायबाट जोगिन सक्छे ।
९. अनि पाँचौ पटक कसम खाएर उसले लगाएको अभियोग सत्य भएको खण्डमा ऊ अल्लाहको प्रकोपको भागेदार हुने उल्लेख गरी आफूलाई शाप देओस् ।
१०. हे मानिसहरू ! यदि तिमीहरूमाथि अल्लाहको कृपा र उहाँको दया, आफ्ना क्षमा माग्ने भक्तहरूको लागि क्षमाशील र आफ्नो प्रशासनमा र कानूनमा बुद्धिमान नभएको भए तिमीहरूको पापहरू र त्यसलाई उजागर गरेको कारणले तिमीहरूलाई यातना दिन हतार गर्नुहुनेथ्यो ।
११. हे मोमिनहरू ! वास्तवमा,अभियोग लगाउनेहरू (अर्थान आईशा (रजियल्लाहु अन्हा) माथि व्यभीचारको अभियोग) तिमीहरूको एउटा समुह हो । उनीहरूको झूठ तिमीहरूको लागि नराम्रो हो भनी नठान । बर यो फाइदाजनक कुरा हो र यसमा मोमिनहरूको लागि प्रतिदान र शुद्धीकरण हो र यसमा मोमिनहरूको आमा आईशा (रजियल्लाहु अन्हा) लाई दोषमुक्त गर्नु हो । उनलाई अभियोग लगाउनेहरूमा सहभागीहरूमध्ये हरेकले झूठो अभियोगको सजाय भोग्नेछ । अनि यो अभियोग लगाउन सुरू गर्नेलाई सबैभन्दा कठोर सजाय रहेको छ र त्यो कपटीहरूको अगुवा अब्दुल्लाह बिन उबै बिन सलूक हो ।
१२. मोमिन पुरूष र महिलाहरूले यस्तो गम्भीर अभियोग सुनेपछि उनीहरूका अभियुक्त सँगी मोमिनहरू निर्दोष हुन् र यो प्रष्ट झूठो कुरा हो भनी किन भनेनन् ।
१३. अभियोग लगाउनेहरूले मोमिनहरूको आमा आईशा (रजियल्लाहु अन्हा) माथि लगाएको गम्भिर अभियोग सत्य भएको कुरा प्रमाणित गर्नको लागि चारजना साक्षीहरू किन प्रस्तुत गरेनन् ? यदि उनीहरूले आफ्नो अभियोगलाई सत्य प्रमाणित गर्न चारजना साक्षी प्रस्तुत गर्न सकेनन् भने उनीहरू अल्लाहको आदेशमा झूठा हुन् । उनीहरू यो कहिल्यै प्रमाणित गर्न सक्ने छैनन् ।
१४. हे मानिसहरू ! यदि तिमीहरूमाथि अल्लाहको कृपा र उहाँको दया, उहाँले तिमीहरूलाई यातना दिन हतार नगर्नु र तिमीहरूमध्ये पश्चाताप गर्नेहरूको लागि क्षमाशील नहुनुभएको भए मोमिनहरूको आमाको विरूद्ध झूठो अभियोग फिंजाएको कारण तिमीहरूमाथि ठूलो सजाय आई पर्नेथ्यो ।
१५. जब तिमीहरूमध्ये केहीले अरूलाई यो अभियोग सुनायौ र त्यो असत्य हुँदा हुँदै पनि त्यसलाई आफ्नै मुखले फिंजायौ र तिमीहरूलाई त्यसको ज्ञान नै थिएन अनि तिमीहरूले त्यसलाई गम्भिर ठानेनौ । वास्तवमा, त्यो अल्लाहको नजरमा धेरै गम्भिर कुरा हो किनकि त्यो निर्दोषविरूद्ध अभियोग हो ।
१६. तिमीहरूले यो अभियोग सुनेपछि ‘यस अप्रिय कुराको चर्चा गर्नु हाम्रो लागि उचित छैन, हे हाम्रा पालनकर्ता ! तपाईं पवित्र हुनुहुन्छ, मोमिनहरूको आमालाई लगाइएको यो अभियोग गम्भिर झूठ हो’ भनी किन भनेनौ ।
१७. यदि तिमीहरू अल्लाहमाथि आस्था राख्छौ भने निर्दोषलाई यस्तो अभियोग फेरी नलगाउन अल्लाहले तिमीहरूलाई सम्झाउनु भएको छ र चेतावनी दिनुभएको छ ।
१८. अल्लाहले तिमीहरूका लागि आफ्ना आदेशहरू र उपदेशहरू भएका आयतहरू प्रष्ट पार्नु हुन्छ । अल्लाह तिमीहरूका क्रियाकलापहरूलाई जान्नुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन । त्यस अनुसार नै तिमीहरूलाई बदला दिइनेछ । उहाँ प्रशासन र धर्ममा तत्वज्ञ हुनुहुन्छ ।
१९. व्यभिचारको अभियोग जस्ता नराम्रा कुराहरू मोमिनहरूमाझ फिंजाउन खोज्नेहरूलाई संसारमा अभियोगको पीडादायक यातना रहेकोछ र आखिरतमा उनीहरूलाई आगोको यातना दिइनेछ । अल्लाहलाई उनीहरूको झूठ, आफ्ना भक्तहरूको परिणाम र उनीहरूको फाइदाको ज्ञान छ तर तिमीहरूलाई यसको ज्ञान छैन ।
२०. हे अभियोग लगाउनमा सहभागीहरू ! यदि तिमीहरूमाथि अल्लाहको कृपा , उहाँको दया र तिमीहरूको लागि उहाँ क्षमाशील एवं दयावान नहुनुभएको भए तिमीहरूलाई यातना दिन हतार गर्नुहुने थियो ।
२१. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँको धर्मको अनुसरण गर्नेहरू ! असत्यलाई सजाउनका निम्ति शैतानका मार्गहरूको अनुसरण नगर । जो उसका मार्गहरूको अनुसरण गर्दछ वास्तवमा, उसले असभ्य काम एवं कुराहरू र धर्ममा नराम्रा मानिने कुराहरूको आदेश दिन्छ भन्ने कुरा जानिराखोस् । हे मोमिनहरू ! यदि अल्लाहको कृपा तिमीहरूमाथि नभएको भए पश्चाताप गरेपनि तिमीहरू कहिले पनि पवित्र हुने थिएनौ । तर अल्लाह जसलाई चाहनुहुन्छ उसको पश्चाताप स्वीकार गरी उसलाई पवित्र पार्नुहुन्छ । वास्तवमा, अल्लाह तिमीहरूको कुराहरू सुन्नुहुन्छ, क्रियाकलापहरूको ज्ञान राख्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन र त्यस अनुसार नै तिमीहरूलाई बदला दिइनेछ ।
२२. धर्मका अनुयायीहरू र सम्पन्न व्यक्तिहरू आफ्ना अभावग्रस्त नातेदारहरूलाई उनीहरूले गरेका पापको कारणले उनीहरूलाई नदिने कसम नखाऊ किनकि उनीहरू गरिब र अल्लाहको मार्गमा घर त्यागेकाहरू हुन् । बरू उनीहरूलाई माफ गरून् र उनीहरूको गल्तीतिर नहेरून् । तिमीहरूले माफ गरेको र उनीहरूको गल्तीतिर नहेरोको कारणले अल्लाहले तिमीहरूलाई क्षमा गरून् भनी तिमीहरूलाई लाग्दैन ?! अल्लाह आफ्ना पश्चाताप गर्ने भक्तहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ । तसर्थ उहाँका भक्तहरूले पनि यसलाई आधार बनाउन् । यो आयतको अवतरण अबू बक्र (रजियल्लाहु अलैहि) को विषयमा भएको हो । मिस्तह नामक सहाबी अभियोग लगाउनमा सहभागी भएकोले उनले उनीमाथि खर्च नगर्ने कसम खाएका थिए ।
२३. वास्तवमा, निर्दोष महिलाहरू जसलाई असभ्यताको विषयमा थाहा छैन र यो उनीहरूको दिमागमा कहिले पनि आउँदैन उनीहरूमाथि अभियोग लगाउनेहरू संसारमा र आखिरतमा अल्लाहको दयाबाट वन्चित रहनेछन् र उनीहरूको लागि आखिरतमा कठोर यातना रहेको छ ।
२४. त्यो यातना उनीहरूले कयामतको दिन पाउनेछन् जुन दिन उनीहरूको जिब्रोले उनीहरूको विरूद्ध उनीहरूले बोलेको झूठको साक्षी दिनेछ र उनीहरूका हात खुट्टाले उनीहरूको विरूद्ध उनीहरूले गरेको कामको साक्षी दिनेछन् ।
२५. त्यसदिन अल्लाहले उनीहरूलाई न्यायका साथ बदला दिनुहुनेछ र अल्लाह सत्य हुनुहुन्छ भनी उनीहरू जान्दछन् तसर्थ उहाँको तर्फबाट प्राप्त सूचना, प्रतिज्ञा वा चेतावनी स्पष्ट सत्य हो जसमा कुनै शंका छैन ।
२६. चरित्रहीन पुरूषहरू तथा महिलाहरू, दुष्ट कुराहरू र कार्यहरू केवल चरित्रहीनहरूलाई मात्र शोभा दिन्छ । अनि पवित्रता पवित्रहरूलाई नै शोभा दिन्छ । यस्ता पवित्र पुरूषहरू र महिलाहरू चरित्रहीन पुरूषहरू र महिलाहरूले लगाएका अभियोगबाट मुक्त छन् । अल्लाह उनीहरूका पापलाई क्षमा गर्नुहुनेछ र उनीहरूको लागि स्वर्गको रूपमा राम्रो प्रतिदान रहेको छ ।
गुप्ताङ्गहरूको विषयमा जानकारी हुनु यस सूरहको सुरूमा उल्लेख गरिएको व्यभिचार गर्ने चाहना जगाउने एउटा कारण भएको हुनाले, घरमा प्रवेश गर्दा अनुमति लिने आदेश दिनुभयो जस कारणले आँखाहरूलाई गुप्ताङ्गहरू हेर्नबाट रोक्न सकिन्छ । तसर्थ उहाँले भन्नुभयोः
२७. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँको शरीअतका अनुयायीहरू आफ्ना घरहरूबाहेक अन्य घरहरूमा प्रवेश गर्नु अघि त्यहाँ बस्नेहरूसँग अनुमति लिऊ अनि उनीहरूलाई सलाम गर । सलाम गर्न र अनुमति लिन यी शब्दहरू प्रयोग गरः तिमीहरूमाथि शान्ति होस्, के म आउन सक्छु ? एक्कासी कसैको घरमा प्रवेश गर्नुभन्दा तिमीहरूलाई अनुमति लिने दिइएको आदेश नै तिमीहरूको लागि उत्तम रहेको छ । आशा छ, तिमीलाई आदेश दिइएको कुरालाई मनन गर्नेछौ र त्यसको अनुसरण गर्नेछौ ।
२८. यदि त्यस घरमा कोही छैन भने त्यहाँ प्रवेश नगर जबसम्म तिमीहरूलाई त्यहाँ प्रवेश गर्ने अनुमति प्राप्त छ । यदि त्यहाँका मालिकहरू (फर्केर जान भन्छन् भने) तिमीहरू फर्केर जाऊ र त्यहाँ प्रवेश नगर । अल्लाहको नजरमा तिमीहरूको लागि यही पवित्र रहेको छ । तिमीहरूको क्रियाकलापलाई अल्लाह जान्नुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन । अनि त्यस अनुसार नै तिमीहरूलाई बदला दिइनेछ ।
२९. सार्वजनिक प्रयोगको लागि तयार पारिएका साझा घरहरूमा अनुमति बिना प्रवेश गर्नु निन्दनीय कार्य होइन, जस्तै पुस्तकालयहरू र बजारका पसलहरू । तिमीहरूले जाहेर गर्ने र लुकाउने क्रियाकलापहरू र अवस्थाहरूबाट अल्लाह अवगत हुनुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन । अनि उहाँले त्यस अनुसार नै तिमीहरूलाई बदला दिनुहुनेछ ।
वास्तवमा, हेराइले नै व्यभिचारतिर डोर्याउने गर्छ तसर्थ त्यसबाट बच्नको लागि अल्लाहले हेराइलाई नियन्त्रित राख्ने आदेश दिनुभयो । उहाँले भन्नुभयोः
३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिन पुरूषहरूलाई परमहिलाहरू र गुप्ताङ्गहरूतिर नहेर्न र आफ्ना गुप्ताङ्गहरूलाई अवैधमा पर्न र खुल्न नदिन भन्नुहोस् । अल्लाहले अवैध गर्नुभएकोलाई नहेर्नु र गुप्ताङ्गहरूको रक्षा गर्नु अल्लाहको नजरमा उनीहरूको लागि बढी पवित्र रहेको छ । अल्लाह उनीहरूको क्रियाकलापहरूबाट अवगत हुनुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन । अनि त्यस अनुसार नै उनीहरूलाई बदला दिनुहुनेछ ।
३१. अनि मोमिन महिलाहरूलाई भन्नुहोस्- हेर्न अवैध गरिएका गुप्ताङ्गहरूतिर नहेर, व्यभिचारबाट टाढा रहेर र पर्दा गरेर आफ्नो गुप्ताङ्गको रक्षा गर, परपुरूषको अगाडि लुगा जस्तो आफै जाहेर हुने श्रृंगारबाहेक अन्य श्रृंगार प्रदर्शन नगर, आफ्ना लुगामाथिबाट पर्दाले कपाल, अनुहार र घाँटी छोप । अनि आफ्ना भित्री श्रृंगार केवल आफ्ना पति, बुबा, ससुरा, छोराहरू, पतिका छोराहरू, दाजुभाईहरू, भतिजाहरू, भान्जाहरू, आफ्ना मुस्लिम वा काफिर विश्वसनीय महिलाहरू, दास-दासीहरू, मातहतमा रहेका कामेच्छारहित पुरूषहरू वा त्यसता बच्चाहरूको अगाडि प्रदर्शन गर जो सानो भएका कारणले महिलाहरूका गुप्ताङ्गहरूबारे अनभिज्ञ छन् । घुँगुरा जस्ता गहनाहरू लगाएर आफ्ना खुट्टा बजार्दै लुकेका श्रृंगार प्रदर्शन हुने गरी नहिँड । हे मोमिनहरू ! अवैध हेराइ र अन्य अवैध कार्यमा संलग्नतापछि सबैजना अल्लाहसमक्ष पश्चाताप गर । आशा छ, तिमीहरूले चाहेको सफलता प्राप्त गर्न सक्नेछौ र जुन कुराको डर छ त्यसबाट बच्न सक्नेछौ ।
अविवाहित (विधवा र विधुर सहित) हुनु व्यभिचार फैलिनुको कारण थियो त्यस कारण अल्लाहले अविवाहितहरूको विवाहमा सहयोगको आदेश दिनुभयो । उहाँले भन्नुभयोः
३२. हे मोमिनहरू ! अविवाहित र अविवाहिताहरू (विधवा र विधुर सहित) को विवाह गराऊ । अनि मोमिन दास-दासीहरूको विवाह गराऊ । यदि उनीहरू गरिब छन् भने अल्लाहले आफ्नो अपार कृपाबाट उनीहरूलाई धनी बनाउनुहुनेछ । अल्लाह अपार जीविकाको मालिक हुनुहुन्छ र कसैलाई धनी बनाउनाले उहाँको जीविकामा कमी हुँदैन । उहाँ आफ्ना भक्तहरूको अवस्थाबारे अवगत हुनुहुन्छ ।
जब अल्लाहले मोमिनहरूलाई अविवाहित (विधवा र विधुर सहित) हरूको विवाह गराउने आदेश दिनुभयो तब विवाहको सामर्थ्य नराखेको खण्डमा उहाँले अविवाहितलाई आफ्नो चरित्रलाई जोगाउने आदेश दिनुभयो । उहाँले भन्नुभयोः
३३. गरिब भएको कारणले यदि केही व्यक्तिहरू विवाहको सामर्थ्य राख्दैनन् भने अल्लाहले उनीहरूलाई आफ्नो अपार कृपाले सम्पन्न नबनाएसम्म उनीहरू व्यभिचारबाट बचेर बसुन् । यदि केही दासहरू आफ्ना मालिकहरूलाई धन दिएर मुक्त हुनको निम्ति लिखित सम्झौता गर्ने प्रस्ताव पेश गर्छ भने उनीहरूको मालिकहरूले यदि उनीहरूमा धन चुक्ता गर्ने क्षमता र उनीहरू धर्मको अनुसरण गर्ने देख्छन् भने उनीहरूले प्रस्तावलाई स्वीकार गरून् । अनि अल्लाहले उनीहरू (मालिकहरू) लाई दिनुभएको धनबाट उनीहरूले स्वतन्त्र हुन तिर्ने धनको मात्रा घटाउनका निम्ति चा । धन प्राप्त गर्ने चाहनामा आफ्नी दासीहरूलाई व्यभिचारको लागि बाध्य नबनाऊ जसपछि उनीहरूले व्यभिचारबाट कमाएको धनलाई तिमीहरू माग । यसरी अब्दुल्लाह बिन उबैले आफ्ना दुईजना दासीहरूसँग गरेको थियो जब उनीहरूले पवित्रता र व्यभिचारबाट टाढा रहन चाहेका थिए । तिमीहरूमध्ये जसले उनीहरूलाई यसको लागि विवश पार्छ भने जानि राख उनीहरूलाई विवश गरिएपछि अल्लाहले उनीहरूको पापलाई क्षमा गर्नुहुनेछ, उनीहरूमाथि दया गर्नुहुनेछ । उनीहरू विवश हुन् र पाप विवश गर्नेहरूलाई लाग्नेछ ।
३४. हे मानिसहरू ! हामीले तिमीहरूको लागि स्पष्ट आयतहरू अवतरण गर्यौं जसले सत्य र असत्यमा फरक छुट्याउँछ । अनि तिमीहरूका लागि तिमीहरूभन्दा पहिलेका मोमिनहरू र काफिरहरूको उदाहरण अवतरण गर्यौं । अनि तिमीहरूमाथि उपदेश अवतरण गर्यौं जसबाट ईशभय राख्नेहरू उहाँका आदेशहरूको अनुसरण गरेर र प्रतिबन्धित कुराहरूबाट बचेर उपदेश लिन्छन् ।
३५. अल्लाह आकाशहरू र पृथ्वीको प्रकाश हुनुहुन्छ त्यहाँ रहेकाहरूका लागि मार्गदर्शन हुनुहुन्छ । मोमिनको हृदयमा उहाँको प्रकाशको उदाहरण झ्याल नभएको भित्तामा रहेको प्वालमा एउटा दियो छ र त्यो दियो चम्किलो पानसभित्र छ जुन पानस मानौं मोतीसरह चम्किलो तारा जस्तै प्रज्वलित छ । यो दियो जैतूनको त्यसतो पवित्र रूखबाट बल्छ जसमा बिहान र साँझ कसैले पनि घाम पर्नबाट छेक्न सक्दैन । आगोले नछोए पनि त्यो शुद्धताको कारणले प्रज्वलित देखिन्छ । आगोले छोयो भने कसो होला ?! दियोको प्रकाशमाथि पानसको प्रकाश छ । यस्तै अवस्था मोमिनको हृदयको हुन्छ जब त्यसमा मार्गदर्शनको प्रकाश प्रज्वलित हुन्छ । अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ कुरआनको अनुसरणलाई सहज बनाउनुहुन्छ । अल्लाह मिल्दोजुल्दो कुराहरूको उदाहरण दिई बुझाउनुहुन्छ । अल्लाह हरेक कुराको ज्ञान राख्नुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन ।
३६. यो दियो आल्लाहको मस्जिदहरूमा बल्छ जसलाई सम्मानित र उच्च पार्ने आदेश अल्लाहले दिनुभएको छ । त्यहाँ अजान, कुरआनको पाठ र सलाहका साथ अल्लाहलाई सम्झिन्छ । बिहान र बेलुकी अल्लाहको प्रसन्नता प्राप्तिको लागि सलाह पढिन्छ ।
३७. त्यसता पुरूषहरू जसलाई अल्लाहको सम्झनाबाट, एकाग्रताका साथ सलाह पढ्नबाट, जकात लिन योग्य भएकाहरूलाई जकात दिनबाट न किनबेचले न व्यापारले भुलाउँछ । उनीहरू कयामतको दिनसँग डराउँछन् । यो त्यो दिन हो जुन दिन हृदयहरू यातनाबाट बच्ने चाहना र त्यसको डरबीच दोधारमा हुनेछ र आँखाहरूले कता हेर्नेछन् भनी थाहा हुनेछैन ।
३८. अल्लाहले उनीहरूको कर्मको राम्रो प्रतिदान दिनुहुनेछ भनी उनीहरूले यसो गरे र अल्लाहले आफ्नो कृपाले उनीहरूको बदलालाई बढाउनुहुनेछ । अल्लाह जसलाई चाहनुहुन्छ उनीहरूको कर्मको आधारमा अनगन्ती जीविका प्रदान गर्नुहुनेछ, बरू उहाँले उनीहरूले कर्म गरेकोभन्दा धेरै गुणा गरेर दिनुहुनेछ ।
३९. अल्लाहमाथि आस्था नराख्नेहरूले आफ्ना कार्यहरूको प्रतिफल पाउने छैनन् । उनीहरूका कार्यहरू धर्तीमा मृगतृष्णा जस्तै हुन् । तिर्खाएको मान्छेले त्यो देखेपछि त्यसलाई पानी सम्झन्छ । ऊ त्यसतिर हिंड्छ र त्यहाँ पुगेपछि उसले पानी फेला पार्दैन । यसरी नै काफिरको सोँचाई अनुसार उसको कार्यहरूले उसलाई फाइदा पुर्याउनेछ । तर जब उसको मृत्यु हुन्छ र उसलाई फेरी जीवित पारेर उठाइन्छ तब उसले इनाम पाउनेछैन बरु उसले उसको अगाडि आफ्नो पालनकर्तालाई देख्नेछ । अनि उहाँले उसको कार्यको पूरा बदला दिनुहुनेछ । अल्लाह चाँडै हिसाब लिनुहुन्छ ।
४०. अथवा उनीहरूको कार्यहरू उदाहरण गहिरो समुद्रको अन्धकारझैं रहोको छ जसलाई छालले ढाकेको छ । अनि त्यस छाललाई अर्को छालले ढाकेको छ । त्यसमाथि बाटो पत्ता लगाउने ताराहरू छोप्ने गरी बादल छाएको छ । अन्धकारमाथि अन्धकार छाएको छ । त्यसतो अन्धकारमा फसेको मान्छे जब आफ्नो हात बाहिर निकाल्छ उसले अन्धकारको कारणले आफ्नो हात देख्न सक्दैन । यही अवस्था काफिरको पनि हुन्छ । उसलाई अज्ञानता, शंका, अन्योलले ढाकेको छ र उसको हृदयमा मोहर लागेको छ । अल्लाह जसलाई पथभ्रष्टताबाट बचाएर मार्गदर्शन र आफ्नो किताबबाट ज्ञान प्रदान गर्नुहुन्न भने कसैले पनि उसलाई मार्गदर्शन दिन सक्नेछैन र कुनै पनि किताबबाट उसले ज्ञान प्राप्त गर्न सक्नेछैन ।
४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहका आकाशहरू र पृथ्वीमा रहेका सृष्टिहरूले उहाँको प्रशंसा गर्छन् र चराहरू हावामा पखेटा लहराएर उहाँको प्रशंसा गर्दछन् भन्ने कुरा तपाईंलाई थाहा छैन ? अल्लाहका सम्पूर्ण सृष्टिहरूमध्ये मान्छे जस्ता सलाह पढ्ने सृष्टिलाई उहाँले सलाह सिकाउनुभयो र चरा जस्ता प्रशंसा गर्ने सृष्टिलाई उहाँले प्रशंसा गर्ने सिकाउनुभयो । अल्लाह उनीहरूका क्रियाकलापहरूबाट अवगत हुनुहुन्छ र उहाँबाट केही पनि लुकेको छैन ।
४२. अल्लाह आकाशहरू र पृथ्वीका एक मात्र मालिक हुनुहुन्छ । अनि कयामतको दिन हिसाबकिताब र बदला पाउनका लागि उहाँतिर नै फर्केर जानुपर्नेछ ।
४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाह बादलहरूलाई चलाउनुहुन्छ, तिनीहरूलाई आपसमा जोड्नुहुन्छ अनि तिनीहरूलाई तहमाथि तह बनाएर राख्नुहुन्छ भन्ने कुरा तपाईंलाई थाहा छैन ? त्यसपछि तपाईं त्यसको बीचबाट पानी परेको देख्नुहुन्छ । उहाँ आकासमा रहेको पहाडहरू जस्तै ठूलो देखिने बाक्लो बादलबाट ढुङ्गा जस्तै असिना बर्साउनुहुन्छ । अल्लाह त्यसद्वारा आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ हानी पुर्याउनुहुन्छ र जसलाई चाहनुहुन्छ त्यसबाट सुरक्षित राख्नुहुन्छ । बादलको बिजुलीको चमकले देख्ने शक्ति नै लैजाला जस्तो हुन्छ ।
४४. अल्लाहले रात र दिनलाई वैकल्पिक ढंगले लामो र छोटो तथा आउने र जाने बनाउनुभएको छ । एकेश्वरवादका प्रमाणहरूको यस निशानीहरूमा अल्लाहको शक्ति र उहाँको एक हुनुको पहिचान गर्नेहरुको लागि उपदेश रहेको छ ।
४५. अल्लाहले धर्तीमा हिँड्ने प्राणीहरूलाई विर्यले सृष्टि गर्नुभयो । तिनीहरूमध्ये केही आफ्नो पेटले घिस्रिन्छन्, जस्तै सर्प । तिनीहरूमध्ये दुई खुट्टाले हिँड्छन्, जस्तै मान्छे र चरा । तिनीहरूमध्ये केही चार खुट्टाले हिँड्छन्, जस्तै गाईबस्तु । उल्लेख गरेका र नगरेकाहरू जे चाहनुहुन्छ अल्लाह सृष्टि गर्नुहुन्छ । अल्लाह हरेक कुराको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कसैले पनि विवस गर्न सक्दैन ।
४६. हामीले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि सत्यको बाटो देखाउने स्पष्ट आयतहरू अवतरण गर्यौं । अल्लाह जसलाई चाहनुहुन्छ सीधा मार्गको लागि बाटो सहज बनाउनुहुन्छ जसमा कुनै टेढोपन छैन । अनि त्यो बाटो उसलाई स्वर्ग लिएर जानेछ ।
४७. कपटीहरू भन्छन्- हामीले अल्लाहमाथि र रसूलमाथि आस्था राख्यौं र हामीले अल्लाह र उहाँका रसूलको अनुसरण अपनायौं । तर उनीहरूमध्ये एउटा समूहले अस्वीकार गर्यो । अल्लाह र उहाँका रसूलमाथि आस्था राख्ने र उनीहरूको आज्ञाकारी हुने दावी गरेपश्चात अल्लाहको मार्गमा र अन्य कारण युद्ध गर्ने विषयमा उनीहरू अल्लाह र उहाँका रसूलको अनुसरण गर्दैनन् । अल्लाह र उहाँका रसूलको आज्ञापालन गर्न अस्वीकार गर्नेहरूले दावी गरेपनि उनीहरू मोमिन होइनन् ।
४८. जब यी कपटीहरूलाई उनीहरूबीच उनीहरूको विवादमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले निर्णय गर्नुहुन्छ भनी अल्लाह र उहाँका रसूलतर्फ बोलाइन्छ तब उनीहरू आफ्नो कपटको कारण विमुख हुन्छन् ।
४९. यदि सत्य उनीहरूको पक्षमा छ र निर्णय उनीहरूको आफ्नै हितमा छ भनी उनीहरूलाई थाहा भयो भने उनीहरू उहाँतर्फ आज्ञाकारी भएर आउनेछन् ।
५०. के उनीहरूको हृदयमा रोग छ जुन त्यहाँ रहिरहन्छ ? उहाँ रसूल भएकोमा उनीहरूलाई शंका छ ? वा अल्लाह र उहाँका रसूलले उनीहरूमाथि अत्याचार गर्लान् भनी डराउँछन् ? उनीहरूले भनेको जस्तो कदापि होइन । यसको विपरित, यो उनीहरूको आफ्नै रोग हो किनकि उनीहरू उहाँको निर्णयबाट विमुख हुन्छन् र उहाँतर्फ अटेरी छन् ।
अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को निर्णय नमान्ने कपटीहरूको अवस्थाको उल्लेख गर्नुभएपछि उहाँबाट प्रसन्न मोमिनहरूको अवस्था उल्लेख गर्दै उहाँले भन्नुभयोः
५१. जब मोमिनहरूलाई अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तर्फ उनीहरूबीच निर्णय गर्नको लागि बोलाइन्छ उनीहरू भन्छन्- हामीले उहाँको कुरा सुन्यौं र उहाँको आदेश मान्यौं । यस्ता गुणहरूको मालिकहरू नै यस संसार र आखिरतमा सफल हुने छन् ।
५२. जो अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर्छन्, उहाँका आदेशलाई स्वीकार गर्छन्, पापको परिणामबाट डराउँछन्, अल्लाहको आदेशको अनुसरण गरेर र उहाँले मनाही गर्नुभएको कुराबाट बचेर उहाँको यातनाबाट बच्छन् केवल उनीहरूले संसार र आखिरतको भलाई प्राप्त गर्न सफल हुनेछन् ।
५३. कपटीहरूले आफ्नो सम्पूर्ण शक्तिका साथ अल्लाहको कसम खाएर भने- यदि तपाईंले उनीहरूलाई जिहादमा जान आज्ञा दिनुभयो भने उनीहरू जिहादमा जानेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई भन्नुहोस्: कसम नखाऊ । तिमीहरूको झूठ स्पष्ट छ र तिमीहरूको देखावटी अनुसरण पनि स्पष्ट छ । तिमीहरूको क्रियाकलापबाट उहाँ अवगत हुनुहुन्छ । तिमीहरूले लुकाएपनि तिमीहरूको कुनै पनि क्रिया उहाँबाट लुकेको छैन ।
५४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी पटीहरूलाई भन्नुहोस्- खुला र गोप्य रूपमा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर । यदि तिमीहरू उनीहरूको आज्ञापालनको आदेशबाट विमुख हुन्छौ भने जानिराख उहाँमाथि केवल उहाँलाई सुम्पिएको आह्वानको जिम्मेवारी हो र तिमीहरूलाई सुम्पिएको आज्ञापालन र उहाँले ल्याउनुभएको कुराको अनुसरण गर्ने जिम्मेवारी तिमीहरूको हो । उहाँले तिमीहरूलाई गर्ने आदेश दिनुभएको कुरालाई गर्छौ र नगर्ने आदेश दिनुभएको कुराबाट बच्छौ भने तिमीहरू सत्यको मार्गदर्शन प्राप्त गर्नेछौ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि प्रष्ट रूपले सन्देश पुर्याउने जिम्मेवारी मात्र दिइएको छ । उहाँमाथि तिमीहरूलाई मार्गदर्शन दिने र तिमीहरूलाई त्यसको लागि विवश पार्ने जिम्मेवारी छैन ।
५५. तिमीहरूमध्ये अल्लाहमाथि आस्था राख्नेहरू र सत्कर्म गर्नेहरूसँग अल्लाहले उनीहरूको शत्रु विरूद्ध सहयोग गर्ने र जसरी उनीहरूभन्दा पहिलेका मोमिनहरूलाई उत्तराधिकारी बनाउनुभएको थियो त्यसरी नै उनीहरूलाई पनि उत्तराधिकारी बनाउने बाचा गर्नुभएको छ । अनि उनीहरूको लागि रोज्नुभएको इस्लाम धर्मलाई प्रभावशाली र श्रेष्ठ बनाउने, उनीहरूको भयलाई सुरक्षासँग परिवर्तन गर्ने बाचा गर्नुभएको छ । उनीहरू केवल मेरो उपासना गर्छन् र कसैलाई मेरो साझेदार बनाउदैनन् । यी कृपाहरूपश्चात जसले कुफ्र गर्छ उनीहरू नै अल्लाहको अनुसरणबाट बाहिरिएका छन् ।
५६. एकाग्रताका साथ सलाह पढ, आफ्नो सम्पत्तिबाट जकाह देऊ र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले दिनुभएको आदेश मानेर र उहाँले मनाही गर्नुभएको कुराबाट बचेर उहाँको अनुसरण गर । आशा छ, तिमीहरू अल्लाहको दयाको पात्र बन्नेछौ ।
५७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले नकार्नेहरूलाई मैले यातना दिने सोँचेपछि उनीहरू उम्किन सक्छन् भनी नसोँच्नुहोस् । कयामतको दिन उनीहरूको बासस्थान नर्क हुनेछ । नर्क कति निकृष्ट बासस्थान रहेको छ ।
अल्लाहले यसभन्दा पहिले वयस्क स्वतन्त्र पुरूषले अनुमति लिनुपर्ने प्रावधान उल्लेख गर्नुभएको थियो । यहाँ अल्लाहले गैर वयस्क दास र स्वतन्त्र तथा बच्चाहरूले अनुमति लिनुपर्ने उल्लेख गर्दै भन्नुभयोः
५८. हे अल्लाहमाथि आस्था राख्नेहरू र उहाँको आदेशलाई मान्नेहरू, तिमीहरूका दास र दासी तथा गैर वयस्क बच्चाहरू तिमीहरूसित तीन अवस्थामा अनुमति लिऊन्- जब तिमीहरू फज्रको सलाहअघि निद्राबाट बिँउझिन्छौ, जब जुह्रको सलाहको समयमा तिमीहरू कैलूला (आराम) गर्नको लागि लुगा खोल्छौ र ईशाका सलाहको समयपछि किनकि यो समय तिमीहरूको सुत्ने समय हो । यी तीन समयहरू तिमीहरूका लागि पर्दाका समय हुन् । उनीहरू यी समयमा तिमीहरूको अनुमति नलिएसम्म तिमीहरूकोमा नआऊन् । यसबाहेकका समयमा उनीहरूले तिमीहरूको अनुमति बिना तिमीहरूको कोठामा प्रवेश गर्नु तिमीहरूको लागि कुनै आपत्तिको कुरा छैन र उनीहरूको लागि पनि । तिमीहरू सबै आपसमा एकअर्काको नजिक आइ रहन्छौ । उनीहरूलाई हरेक समय अनुमति बिना प्रवेश गर्नबाट रोक्न सकिदैन । जसरी अल्लाहले तिमीहरूलाई अनुमति लिने आदेशलाई प्रष्ट पार्नुभयो त्यसरी नै उहाँले तिमीहरूलाई दिनु भएको आदेशलाई प्रमाणित गर्ने आयतहरूलाई प्रष्ट पार्नुहुन्छ । अल्लाह आफ्ना भक्तहरूको हितलाई राम्ररी जान्नुहुन्छ र उनीहरूलाई आदेश दिनुमा तत्वदर्शी हुनुहुन्छ ।
५९. जब बच्चाहरू वयस्क हुन्छन् उनीहरूले हरेक समय घरमा प्रवेश गर्दा अनुमति लिनुपर्नेछ । यसको उल्लेख वयस्कहरूको विषयमा भई सकेको छ । जसरी अल्लाहले अनुमति लिनुको आदेश स्पष्ट गर्नुभएको छ त्यसरी नै अल्लाह तिमीहरूको लागि आयतहरूलाई स्पष्ट पार्नुहुन्छ । अल्लाह आफ्ना भक्तहरूको हितलाई राम्ररी जान्नुहुन्छ र उनीहरूलाई आदेश दिनुमा तत्वदर्शी हुनुहुन्छ ।
६०. अनि बृद्ध अवस्थाको कारणले महिनावारी नहुने र गर्भ धारण गर्न अयोग्य महिलाहरू जसमा विवाहको आशा मरिसकेको छ उनीहरूले छोप्न अनिवार्य गरिएको भित्रको श्रिङ्गार जाहेर नगरी ओढ्ने र बुर्का जस्ता केही वस्त्रहरू फुकालेर राखेमा कुनै आपत्ति छैन । तर यदि उनीहरू वस्त्र फुकाल्दैनन् भने यो उनीहरूको लागि उत्तम हुनेछ र उनीहरू पवित्र हुनेछिन् । अल्लाह तिमीहरूको कुरा सुन्नुहुन्छ र तिमीहरूको कार्यहरू हेर्नेहुन्छ । अनि त्यस अनुसार नै तिमीहरूलाई बदला दिनुहुनेछ ।
६१. यदि अन्धा, अपाङ्ग वा बिरामीहरूले आफ्ना दायित्वहरूमध्ये केहीलाई असक्षम भएका कारणले पूरा गरेनन् भने उनीहरू पापको भगेदार हुनेछैनन् जस्तै, अल्लाहको मार्गमा युद्ध गर्नु । हे मोमिनहरू हो ! यदि तिमीहरू आफ्नै घरमा खान्छौ जसमा आफ्ना सन्तानका घर पनि पर्छ भने यसमा पाप लाग्दैन । त्यसरी नै आफ्ना बाबु-बाजेहरूका घरमा, आमा-बज्यैहरूका घरमा, दाजूभाईहरूका घरमा, दिदीबहिनीहरूका घरमा, काकाहरूका घरमा, फूपुहरूका घरमा, मामाहरूका घरमा, सानीमाहरूका घरमा वा माली जस्ता कामका लागि तिमीहरूलाई रेखदेखको निम्ति सुम्पिएका घरहरूमा खाना खानाले पाप लाग्दैन । त्यसरी नै साथीहरूलाई आनन्दित तुल्याउनका निम्ति तिमीहरू उनीहरूको घरमा खान्छौ भने यसमा पाप लाग्दैन । त्यसरी नै यदि तिमीहरू सँगै वा एक्ला एक्ला खान्छौ भने यसमा कुनै पाप छैन । यदि तिमीहरू माथि उल्लेख गरिएका घरहरू, वा अरूमा प्रवेश गर्नुहुन्छ भने त्यहाँका बस्नेहरूलाई हरूलाई अस्सलामु अलैकुम् भनी सलाम गर । यदि घरमा कोही छैनन् भने अस्सलामु अलैना व अला ईबादिल्लाहिस्सालिहीन (हामीमाथि सलामती होस् र अल्लाहका असल भक्तहरूमाथि पनि) भनी स्वयंलाई सलाम गर । यो अल्लाहको तर्फबाट निर्धारण गरिएको अभिवादन हो जुन शुभ कार्य हो किनकि यसले तिमीहरूमाझ प्रेम र घनिष्ठतालाई फिंजाउँछ र यो पवित्रता हो किनकि यसले सुन्ने मान्छेको मनलाई पवित्र बनाउँदछ । यस्तो खालको कुरालाई अल्लाहले यस सूरहमा स्पष्ट पार्नुभएको छ । तिमीहरू अल्लाहको आयतहरूबाट पाठ सिकनेछौ र त्यसको अनुसरण गर्नेछौ भन्ने आशाले उहाँ त्यसलाई स्पष्ट पार्नुहुन्छ । (जब अल्लाहले प्रवेश गर्ने बेला अनुमति लिनुपर्ने उल्लेख गर्नुभयो, उहाँले बाहिर जाने बेला पनि अनुमति लिनुपर्ने उल्लेख गरेर भन्नुभयोः)
६२. वास्तवमा, आफ्ना आस्थाप्रति इमान्दार ती आस्थावानहरू हुन् जो अल्लाहमाथि र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि आस्था राखे । जब उनीहरू नबी (सल्लल्लाहु अलैहि व सल्लम) सँग मुस्लिमहरूको हितको लागि एकजुट हुन्छन्, उहाँसँग अनुमति नलिएसम्म उनीहरू त्यहाँबाट जाँदैनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जो तपाईंसित जानको लागि अनुमति माग्छन् वास्तवमा, उनीहरू अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि पूर्ण आस्था राख्छन् । तसर्थ जब उनीहरू आफ्ना केही विशेष आवश्यकताको लागि तपाईंसित अनुमति लिन्छन्, उनीहरूमध्ये जसलाई चाहनुहुन्छ अनुमति दिनुहोस् र उनीहरूको पापको लागि क्षमा माग्नुहोस् । वास्तवमा, अल्लाह आफ्ना भक्तहरूमध्ये पश्चाताप गर्नेहरूलाई क्षमा दिनुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
६३. हे मोमिनहरू हो ! रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को सम्मान गर । जब तिमीहरू उहाँलाई बोलाउछौ उहाँलाई उहाँको नाम लिएर, जस्तै, हे मुहम्मद भनेर नबोलाऊ वा उहाँको बुबाको नामले, जस्तै, हे अब्दुल्लाहको छोरा भनेर नबोलाऊ । यसरी तिमीहरू एक अर्कालाई बोलाउछौ । बरू उहाँलाई हे अल्लाहका रसूल र हे अल्लाहका नबी भनेर बोलाऊ । यदि उहाँ तिमीहरूलाई सार्वजनिक कुराहरूको लागि बोलाउनुहुन्छ भने उहाँले बोलाउनुलाई तिमीहरूले एक अर्कालाई सबैभन्दा सामान्य कुराहरुकोलागि बोलाएको जस्तो विचार नगर बरू उहाँलाई उत्तर दिन हतार गर । तिमीहरूमध्ये अनुमति नलिई लुकेर जानेहरूलाई अल्लाह जान्नुहुन्छ । तसर्थ अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदेशको उल्लङ्घन गर्नेहरू सावधानी अपनाउन् अन्यथा अल्लाहले उनीहरूलाई संकट दिएर कष्ट दिनुहुनेछ वा उनीहरूलाई सहन नसक्ने पीडादायी यातना दिनुहुनेछ ।
६४. सावधान ! वास्तवमा, आकाशहरू र पृथ्वीका सम्पूर्ण कुराहरूको सृष्टि, शासन र प्रशासन केवल अल्लाहकै हुन् । हे मानव ! तिमीहरूको अवस्थाको ज्ञान अल्लाहलाई छ र उहाँबाट केही लुकेको छैन । मृत्युपश्चात जब कयामतको दिन उनीहरू उहाँतर्फ फर्कनेछन् उनीहरूले संसारमा गरेका कामहरूको बारेमा उहाँले भन्नुहुनेछ र अल्लाह हरेक कुराको ज्ञान राख्नुहुन्छ । आकाशहरू र पृथ्वीमा उहाँबाट केही पनि लुकेको छैन ।
टिप्पणियाँ
एक टिप्पणी भेजें