शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. ता ० सीम् ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । तपाईंमाथि अवतरित भएका यी आयतहरू कुरआनका आयतहरू हुन् । कुरआन अति स्पष्ट किताब हो, यसमा कुनै शङ्का छैन । जसले यसमा चिन्तन मनन गर्छ उसले अवश्य नै थाहा पाउँछ कि यो अल्लाहको तर्फबाट अवतरण भएको हो । २. यी आयतहरू सत्य धर्मतर्फ मार्गदर्शन गर्छन् र मोमिनहरूलाई अल्लाह र रसूलहरू (अलैहिमुस्सलाम) का शुभ-सूचनाहरू सुनाउँछन् ।३. यस्ता मोमिनहरू पूर्णरूपमा सलाह कायम गर्छन्, आफ्ना धन-सम्पत्तिलाई सदूपयोग गरेपछि त्यसबाट जकात चुक्ता गर्छन् । उनीहरू आखिरतको प्रतिदान र सजायमाथि विश्वास राख्छन् ।४. निस्सन्देह जुन काफिरहरू आखिरतको प्रतिदान र सजायमा विश्वास राख्दैनन् हामीले तिनीहरूका दुष्कर्महरूलाई तिनीहरूको नजरमा सुन्दर बनाइदिएकाछौं । तिनीहरू हैरान भएर दुष्कर्ममा नै लिप्त रहन्छन् र सीधा तथा सत्य मार्ग पाउँदैनन् ।५. यस्ता मानिसहरू संसारमा पनि हत्या र कैद भोगेर यातनामा रहन्छन् र आखिरतमा ठूलो असफलता भोग्नेछन् । तिनीहरू महाप्रलयको दिन स्वयम् पनि र तिनीहरूका परिवारका सदस्यहरू पनि सधैंको लागि नर्कमा जानेछन् र यसरी ठूलो घाटा खानेछन् । ६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईं यो कुरआन विवेकशील र सर्वज्ञ अल्लाहको तर्फबाट पाइ राख्नुभएको छ । उहाँ सृष्टि गर्ने, कार्य सञ्चालन गर्ने र कानुन बनाउने कार्यमा विवेकशील हुनुहुन्छ । उहाँ सर्वज्ञ हुनुहुन्छ, भक्तहरूका हीतहरूबारे कुनै पनि कुरा उहाँबाट गोप्य छैन ।७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईं त्यस समयलाई स्म्रण गर्नुहोस् जब मूसा (अलैहिस्सलाम) ले आफ्नो परिवारलाई भने− म त्यहाँ आगो देख्दैछु, म त्यहाँ पुगेर बाटोबारे जानकारी लिएर आउँदैछु वा आगोको अगुल्टो लिएर आउँदैछु, आशा छ त्यसबाट तिमीहरूले जाडो भगाउनेछौ ।८. जब उनी आगो देखेको ठाउँमा पुगे तब अल्लाहले पुकारेर भन्नुभयो−आगोमा रहेको हस्ती पवित्र हुनुहुन्छ र त्यसको वरिपरि रहेका फरिश्ताहरू पनि पवित्र छन् । तिनीहरू अल्लाहको शान अनुसार उहाँको सम्मान गर्दछन् । उनीहरू यो पनि भन्दछन्− अल्लाह ती अवगुणहरूबाट पवित्र हुनुहुन्छ जो पथभ्रष्टहरू उहाँको बारेमा भन्छन् ।९. अल्लाहले भन्नुभयो− हे मूसा (अलैहिस्सलाम) ! म प्रभुत्वशाली अल्लाह हुँ, ममाथि कोही पनि विजयी हुन सक्दैन । सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कानुन बनाउनमा म विवेकशील हुँ ।१०. आफ्नो लौरो भूमिमा राख । मूसा (अलैहिस्सलाम) ले लौरो भूमिमा राखे । जब उनले लौरोलाई सर्प जस्तो हिँडेको देखे तब डराए अनि पिठ्यूँ फर्काएर भागे र फर्केनन् । अल्लाहले उनलाई भन्नुभयो− यसबाट नडराऊ, मनजिक सन्देष्टाहरू सर्प र अन्य कुनै पनि वस्तुबाट डराउँदैनन् ।११. तर जसले पाप गरेर आफूमाथि अत्याचार गर्छ र फेरि तौबा गर्छ उसलाई म माफ गर्छु र उसमाथि दया गर्छु ।१२. आफ्नो हातलाई आफ्नो घाँटीनजिक रहेको कमिसको खुल्ला भागमा लिएर जाऊ, जब हातलाई त्यसबाट निकाल्छौ तब त्यो कुष्ठ रोगबिना हिउँ जस्तो सेतो चम्किलो भएर निस्कनेछ । तिमी सच्चा सन्देष्टा हो भन्ने कुरालाई नौ वटा निशानीहरूले पुष्टि गर्दछन् । ती मध्ये हुन्− चम्किलो हात र लौरोका चमत्कार बाहेक फिर्औन र उसको समुदायमाथि सुख्खा, फलको कमि, हुरी बतास, सलह, उडुस, भ्यागुतो र रगतका प्रकोपहरू । यिनीहरू कुफ्रको कारणले अल्लाहको आज्ञापालन गर्दैनथे । १३. मूसा (अलैहिस्सलाम) लाई स्पष्टरूपमा पुष्टि गर्ने यी निशानीहरू आएपछि तिनीहरूले भने− मूसा (अलैहिस्सलाम) ले ल्याएका निशानीहरू स्पष्ट जादू मात्र हुन् ।१४. तिनीहरूले यी स्पष्ट निशानीहरूको इन्कार गरे । तिनीहरूले यी निशानीहरू अल्लाहको तर्फबाट हुन् भन्ने विश्वास हुँदा हुँदै पनि स्वीकार गरेनन् । कारण तिनीहरूको अत्याचार र सत्यको मुकाबिलामा घमण्ड थियो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस्, कुफ्र र पाप गरेर धर्तीमा आतङ्क मच्चाउनेहरूको परिणाम कस्तो हुन्छ । हामीले ती सबैलाई तहस नहस गरेर सर्वनाश गरिदियौं । १५. हामीले दाऊद र उनको पुत्र सुलैमान (अलैहिमस्सलाम) लाई ज्ञान प्रदान गर्यौं । ती ज्ञानहरूमध्ये थियो चराको कुरा बुझ्ने ज्ञान । यी दुवै जना सन्देष्टाहरूले अल्लाहप्रति आभार प्रकट गर्दै भने− सबै प्रशंसाहरू अल्लाहका लागि हुन् जसले हामीहरूलाई ज्ञान र ईशदूतत्व प्रदान गरेर धेरै मोमिन भक्तहरूमाथि प्रधानता प्रदान गर्नुभयो ।१६. आफ्नो बुवा दाऊद (अलैहिस्सलाम) पछि सुलैमान (अलैहिस्सलाम) ईशदूत, विद्वान र राजा बने । उनले आफूमाथि र आफ्ना बुवामाथि भएको अल्लाहको वरदानलाई वर्णन गर्दै भने− हे मानव ! अल्लाहले हामीलाई चराको आवाज बुझ्ने ज्ञान दिनुभयो । उहाँले हामीलाई ती सबै थोक दिनुभयो जो उहाँले अन्य सन्देष्टाहरू र राजाहरूलाई दिनुभएको थियो । अल्लाहले हामीलाई जे जति प्रदान गर्नुभएको छ ती सबै उहाँको स्पष्ट वरदानहरू हुन् ।१७. सुलैमान (अलैहिस्सलाम) को लागि मानव, जिन्न र चरामध्ये सैनिकहरू भेला गरिए र उनीहरूलाई व्यवस्थित तरिकाले हिँड्न लगाइए ।१८. उनीहरूलाई निरन्तर हिँडाइयो यहाँ सम्म कि उनीहरू (सिरीयामा अवस्थित) कमिलाको उपत्यकासम्म पुगे । रानी कमिलाले भनिन्− हे कमिलाहरू हो ! आ-आफ्ना दुलोमा पस, नत्र सुलैमान (अलैहिस्सलाम) र उनका सैनिकहरूले तिमीहरूलाई नजानिकन नकुल्चोस् । उनीहरूले जानी जानी त कुल्चदैनन् ।१९. सुलैमान (अलैहसिस्सलाम) ले उसको कुरा सुनेर मुस्कानका साथ हाँसे । उनले अल्लाहसित दुआ गर्दै भने− तपाईंले ममाथि र मेरा माता पितामाथि गरेका वरदानहरूप्रति आभार प्रकट गर्ने अवसर प्रदान गर्नुहोस् । मलाई यस्ता सत्कर्म गर्ने अवसर प्रदान गर्नुहोस् जसबाट तपाईं प्रसन्न हुनुहुन्छ । मलाई आफ्ना सत्कर्मी भक्तहरूमा प्रवेश गराउनुहोस् ।२०. सुलैमान (अलैहिस्सलाम) ले चराहरूको अनुगमन गर्दा हुद्हुद्लाई पाएनन् । उनले भने− हुद्हुद् किन उपस्थित छैन ? कतै लुकेर बसेको छ कि अनुपस्थित छ ? २१. हुद्हुद् अनुपस्थित भएको कुरा थाहा पाउँदा सुलैमान (अलैहिस्सलाम) ले भने− अनुपस्थित भएकोले म उसलाई कडा सजाय दिन्छु वा बध नै गरिदिन्छु । अनुपस्थित हुनुको उचित कारण देखाउँछ भने अर्कै कुरा हो ।२२. एक क्षिणपछि जब हुद्हुद् उपस्थित भयो तब उसले सुलैमान (अलैहिस्सलाम) लाई भन्यो− म यस्तो कुरा थाहा पाएको छु जसको बारेमा हुजुरलाई थाहा छैन । म सबाबाट सत्य खबर लिएर आएको छु जसमा कुनै शङ्का छैन ।२३. मैले एकजना महिलालाई देशको सत्ता-शासन चलाइ राखेको पाएं । उनीसँग सबै किसिमका शक्तिका माध्यम र सैनिकहरू छन् । उनीसँग ठूलो सिंहासन छ जसमाथि बसेर राज काज चलाउँछिन् ।२४. मैले यस महिला र उनको समुदायलाई अल्लाहको भक्ति नगरेर सूर्यलाई ढोग्दै पाएको छु । शैतानले तिनीहरूका शिर्क र अवज्ञाका कार्यहरूलाई तिनीहरूका लागि सुन्दर बनाएको छ । तिनीहरूलाई सत्कर्मबाट फेरेको छ । त्यसैले तिनीहरू सीधा मार्गमा छैनन् ।२५. तिनीहरूका शिर्क र अवज्ञाको कार्यलाई शैतानले यस कारणले सुन्दर तुल्याएको छ ताकि तिनीहरूले एक अल्लाहको भक्ति नगरुन्, जो आकाशमा लुकेको पानी बर्साउनुहुन्छ र भूमिमा लुकेको बोट बिरुवा उमार्नुहुन्छ । तिमीहरूले लुकि छिपि गर्ने र खुल्लमखुल्ला गर्ने सबै कार्यहरूलाई जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । २६. अल्लाहबाहेक कोही पनि वास्तविक पूज्य छैन । उहाँ महान सिंहासनका मालिक हुनुहुन्छ ।२७. सुलैमान (अलैहिस्सलाम) ले भने− म छानबिन गर्छु, तिमीले गरेको दावी सत्य हो कि असत्य ।२८. सुलैमान (अलैहिस्सलाम) ले पत्र तैयार गरेर हुद्हुद्लाई दिए र भने− मेरो यो पत्र लिएर जा र सबा बासीहरूसम्म पुर्या । अनि तिनीहरूबाट अलि पर हटेर तिनीहरूको प्रतिकृया सुन् ।२९. रानीले पत्र पाएपछि भनिन्− हे मेरा सहयोगीहरू हो ! मलाई एउटा महत्वपूर्ण पत्र प्राप्त भएकोछ ।३०. सुलैमान (अलैहिस्सलाम) को तर्फबाट पठाइएको यो पत्र अल्लाहको नामबाट शुरु गरिएको छ, जो अति दयावान र परम कृपावान हुनुहुन्छः३१. घमण्ड नगर । आत्म समर्पण गरेर र मैले गरेको एक अल्लाहको भक्तिको आह्वानलाई स्वीकार गरेर तथा सूर्य पूजा जस्तो शिर्कलाई त्यागेर मकहाँ आइहाल । ३२. रानीले सोधिन्− हे मेरा सहयोगीहरू हो ! यस मामिलामा के गर्नु उचित हुन्छ भन्ने कुरा भन । तिमीहरू उपस्थित भएर आ-आफ्नो विचार नराखेसम्म म कुनै निर्णय लिन सक्दिन । ३३. उनको समुदायका अगुवाहरूले भने− हामीहरू शक्तिशाली छौं र युद्ध गर्ने क्षमता पनि राख्छौं । यसमा हजुरको जे निर्णय र आदेश हुन्छ हामीहरू त्यसको पालना गर्न तयार छौं । ३४. रानीले भनिन्− राजाहरू जब कुनै देशमाथि आक्रमण गर्छन् तब त्यहाँ हत्या, हिंसा र लूट पाट गरे आतङ्क मच्चाउँछन् । देशका सम्मानित अगुवाहरूलाई अपमानित गर्छन् । जुनसुकै राजाहरू देशमाथि विजयी भएपछि आफ्नो धाक जमाउन त्यस्तै गर्छन् । ३५. म यस राजा र उनको समुदायको लागि उपहार पठाउँछु अनि उनको प्रतिकृया देख्छु ।३६. जब रानीका दूत र उसका सहयोगीहरू उपहारहरू लिएर सुलैमान (अलैहिस्सलाम) कहाँ पुगे तब उनले उपहार पठाइने कार्यलाई मन पराएनन् । उनले भने− के तिमीहरू मेरो आर्थिक सहयोग गरेर मबाट बच्न चाहन्छौ ? अल्लाहले मलाई प्रदान गर्नुभएका ईशदूतत्व, सत्ता-शासन र धन-सम्पत्ति तिमीहरूसँग रहेका धन-सम्पत्तिभन्दा उत्तम छन् । बरु तिमीहरूलाई जे जति सांसारिक धन-सम्पत्ति प्राप्त छ त्यसमा रमाऊ ।३७. सुलैमान (अलैहिस्सलाम) ले त्यस दूतलाई भने− तिमीले ल्याएको उपहार फिर्ता लिएर जाऊ । हामी तिम्रो रानी र उसको समुदायविरुद्ध यस्तो शक्तिशाली सैन्य दल लिएर आउनेछौं जोसँग मुकाबिला गर्ने शक्ति तिनीहरूमा छैन । यदि तिनीहरू आत्म-समर्पण गरेर आउँदैनन् भने हामीले तिनीहरूलाई सबाबाट अपमानित गरेर निकाल्नेछौं ।३८. सुलैमान (अलैहिस्सलाम) ले सम्बोधन गरेर भने− हे मेरा सहयोगीहरू हो ! रानी आत्म-समर्पण गरेर यहाँ पुग्नुअघि तिमीहरूमध्ये कसले उसको सिंहासन लिएर आउन सक्छ ?३९. ठूलो जिनले जवाफमा भन्यो− हजुर यस सभाबाट उभ्नुअघि नै म उनको सिंहासनलाई लिएर आउन सक्छु । म त्यसलाई बोकेर ल्याउने शक्ति पनि राख्छु र अमानतदार पनि छु, त्यसमा कुनै कमि गर्दिन ।४०. सुलैमान (अलैहिस्सलाम) नजिक एकजना सत्कर्मी र ज्ञानी व्यक्ति थिए जोसँग किताब र अल्लाहको उत्तम नामको ज्ञान थियो जसबाट पुकार्दा अल्लाहले पूरा गर्नुहुन्छ । त्यो व्यक्तिले भने− हजुरको आँखा झम्किनु अघि नै त्यस सिंहासनलाई ल्याउन सक्छु । म दुआ गर्छु अनि अल्लाहले हाजिर गराइदिनुहुन्छ । उनले दुआ गरे र अल्लाहले कबुल गरेर सिंहासन हाजिर गराइदिनुभयो । सुलैमान (अलैहिस्सलाम) ले आफ्नो नजिक सिंहासनलाई देखेर भने− मेरा पवित्र पालनकर्ताको विशेष कृपाले यस्तो भयो ताकि उहाँले यस कुराको परीक्षा लेउन्- म उहाँको कृपाप्रति आभारी हुन्छु वा बेगुणी ? जसले अल्लाहप्रति आभार प्रकट गर्छ त्यसको लाभ उसैलाई मिल्छ र जो अल्लाहका वरदानहरूप्रति कृतघ्न हुन्छ र आभार प्रकट गर्दैन उसको हानि उसैलाई हुन्छ । निस्सन्देह मेरा पालनकर्ता सुसम्पन्न हुनुहुन्छ, उहाँलाई कसैको आभारको आवश्यक्ता छैन । उहाँ दानशील हुनुहुन्छ, कसैले आभार प्रकट नगरे पनि उहाँले जीविका प्रदान गर्नु उहाँको दान हो ।४१. सुलैमान (अलैहिस्सलाम) ले भने− रानीको सिंहासनको रूप रेखामा अलि फेर बदल गरिदेऊ, हेरौं, उनले आफ्नो सिंहासनलाई चिन्न सक्छे कि सक्दैन ? ४२. जब रानी सुलैमान (अलैहिस्सलाम) कहाँ पुगिन् तब रानीको परीक्षा लिनको लागि सोधियो− के यो तिम्रो सिंहासन जस्तै हो ? रानीले झट्ट जवाफ दिइन्− मानौं यो मेरै सिंहासन हो । सुलैमान (अलैहिस्सलाम) ले भने− मलाई अल्लाहले यस्ता कार्यहरूमाथि आफ्नो सामर्थ्यबारे पहिला नै ज्ञान प्रदान गरिसक्नु भएको छ । हामी उहाँको आदेशप्रति समर्पित छौं । ४३. रानीलाई एक अल्लाहको भक्तिबाट त्यस पूजाले रोकेको थियो जो उनी आफ्ना समुदायको देखा सिकि गर्दै थिइन् । उनको सम्बन्ध काफिर समुदायसँग थियो ।४४. उनलाई भनियो− महलमा प्रवेश गर । महल भूइँ तल्लामा थियो । जब उनले महलमा प्रवेश गरिन् तब त्यसलाई पानी ठानेर भिज्नबाट जोगाउन आफ्ना पिँडुलीबाट लुगा माथि पारिन् । सुलैमान (अलैहिस्सलाम) ले भने− यो शिशाबाट बनेको महल हो । सुलैमान (अलैहिस्सलाम) ले उनलाई इस्लाम ग्रहण गर्ने आह्वान गरे । रानीले भनिन्− हे अल्लाह ! मैले तपाईंसँग अन्य वस्तुको पूजा गरेर आफूमाथि अत्याचार गरें । अनि रानीले सुलैमान (अलैहिस्सलाम) सँग सबै प्राणीहरूका पालनकर्ता अल्लाहसमक्ष आत्म-समर्पण गरिन् ।४५. हामीले समूद समुदायतर्फ उसका रगतको नाताले भाइ सालेह (अलैहिस्सलाम) लाई पठायौं । यस कुराको आह्वानको लागि कि मात्र एक अल्लाहको भक्ति गर । उनको आह्वानपछि उनीहरू दूई समूहमा विभाजित भए र यस कुरामा झगडा गर्न थाले− कुन समूह सत्यमा छ । एउटा मोमिन समूह र अर्को काफिर समूह ।४६. सालेह (अलैहिस्सलाम) ले उनीहरूलाई भने− तिमीहरू अल्लाहको कृपाअघि चाँडै प्रकोपको माग किन गर्छौ ? अल्लाहसित आफ्ना पापहरूको क्षमा किन चाँहदैनौ ? आशा छ उहाँले माफ गर्नुहुनेछ । ४७. तिनीहरूले भने− हामीहरूले तिमी र तिमीसँग रहेका मोमिनहरूलाई अशुभ मान्छौं । सालेह (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− तिमीहरू अशुभ मानेको हानि तिमीहरूलाई नै पुग्नेछ । अल्लाहलाई यसको ज्ञान छ । उहाँबाट कुनै पनि कुरा लुकेको छैन । बरु तिमीहरूले पाइ राखेको भलाई र कष्टबाट तिमीहरूको परीक्षण गरिँदैछ ।४८. हिज्र शहरमा ९ जना मान्छेहरू कुफ्र र अवज्ञा गरेर आतङ्क मच्चाउने गर्थे । तिनीहरू ईमान ल्याएर र सत्कर्म गरेर सुधार गर्दैनथे । ४९. तिनीहरूले परस्पर सलाह गरे− हामीहरू कसम खान्छौं− हामीहरू एकसाथ राति सालेह (अलैहिस्सलाम) को घर जानेछौं र उनको तथा उनका परिवारका सदस्यहरूको हत्या गर्नेछौं । अनि उनको रक्तमूल्यको दावी गर्ने अभिभावकलाई भन्नेछौ− हामीहरूले सालेह (अलैहिस्सलाम) र उनको परिवारका सदस्यहरूको हत्या गरेका छैनौं । हामीहरू सत्य बोल्दैछौं । ५०. तिनीहरूले सालेह (अलैहिस्सलाम) र उनका मोमिन अनुयायीहरूलाई हत्या गर्ने षड्यन्त्र रचे र हामीले उनीहरूको मद्दत गर्ने, ज्यान जोगाउने र काफिरहरूलाई सर्वनाश गर्ने योजना बनायौं, जसको चाल तिनीहरूले पाएनन् । ५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) विचार गर्नुहोस्− तिनीहरूको षड्यन्त्रको के कस्तो परिणाम भयो ? हामीले तिनीहरूमाथि प्रकोप पठाएर सर्वनाश र निर्मूल पारिदियौं । ५२. यी हुन् तिनीहरूका घरहरू, जसका पर्खालहरू त्यसका छानाहरूमाथि खसि सकेका छन् । त्यसमा बस्नेहरू अत्याचार गरेको कारणले सखाप भइसकेका छन् । तिनीहरूमाथि आएको प्रकोपमा मोमिनहरूको लागि पाठ छ । उनीहरू नै निशानीहरूबाट पाठ लिने गर्छन् ।५३. सालेह (अलैहिस्सलाम) को समुदायका मोमिनहरूलाई हामीले जोगायौं । उनीहरू अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर ईशभय अवलम्बन गरेका थिए ।५४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लूत (अलैहिस्सलाम) लाई स्म्रण गर्नुहोस्, जब उनले आफ्नो समुदायका मानिसहरूलाई सम्बोधन गर्दै र तिनीहरूको निन्दा र घृर्णा प्रकट गर्दै भने− के तिमीहरू खुल्लारूपमा एक अर्कालाई हेर्दै आफ्ना क्लबहरूमा घृणित कार्य, पुरुष-पुरुषबीच लैङ्गिक सम्बन्ध कायम गर्छौ ?!५५. के तिमीहरू महिलासँग सहवास नगरेर पुरुषसँग सहवास गर्छौ ?! तिमीहरू न पवित्रता चाहन्छौ न सन्तान, मात्र जनावर जस्तै काम इच्छा पूरा गर्न चाहन्छौ । बरु तिमीहरूले पालना गर्नुपर्ने ईमान, पवित्रता र दुष्कर्म त्याग्नु पर्ने कार्यहरूबारे कुनै ज्ञान राख्दैनौ । ५६. उनको समुदायको जवाफ मात्र यो थियो− लूत (अलैहिस्सलाम) का अनुयायीहरूलाई यस गाउँबाट निकाल । यिनीहरू फोहरहरूबाट बडो चोखो बन्छन् । तिनीहरूले यो कुरा लूत (अलैहिस्सलाम) का अनुयायीहरूको ठट्टा गर्दै भने । किनभने उनीहरू तिनीहरूले गरिराखेका दुष्कर्ममा भाग लिँदैन थिए बरु घृणा गर्दथे । ५७. हामीले लूत (अलैहिस्सलाम) र उनका अनुयायीहरूलाई त्यस प्रकोपबाट सुरक्षित राख्यौं जो हामीले उनको समुदायमाथि पठाएका थियौं । लूत (अलैहिस्सलाम) को श्रीमतिलाई हामीले त्यस प्रकोपबाट बचाएनौं बरु त्यस प्रकोपमा सर्वनाश हुन छोडिदियौं । ५८. हामीले तिनीहरूमाथि आकाशबाट ढुङ्गा बर्सायौं । प्रकोपबाट डराइए पनि चेत नलिएका मानिसरहरूका लागि यो अति नै नराम्रो र विनाशकारी वर्षा थियो । ५९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्, सबै प्रशंसा अल्लाको लागि जसले वरदान दिनुभयो र मेरा साथीहरू (रजियल्लाहु अन्हुम्) लाई त्यस प्रकोपबाट सुरक्षित राख्नुभयो जसमा लूत र सालेह (अलैहिमस्सलाम) का समुदायहरू ग्रस्त भए । के वस्तविक पूज्य र सम्राट अल्लाह श्रेष्ठ हुनुहुन्छ वा बहुदेववादीहरूले पुज्ने गरेका भगवानहरू, जो न त केही फाइदा पुर्याउन सक्छन् न हानि नै ?! ६०. हे मानव हो ! के यस्तो अल्लाहसँग अन्य कुनै ईश्वर साझेदार हुन सक्छ जसले बिना कुनै अघिल्लो उदाहरण आकाशहरू र पृथ्वी बनाउनुभयो, तिमीहरूका लागि आकाशबाट पानी बर्साउनुभयो र त्यस वर्षाको पानीबाट सुन्दर बगैँचाहरू उमार्नु भयो । तिमीहरू ती बगैँचाहरूका रूखहरू उमार्ने सामर्थ्य राख्दैनौ ?! यस्तो अल्लाहसँग कोही साझेदार हुन सक्दैन । बरु तिनीहरू सत्यबाट फिरेका मानिसहरू हुन् जो अत्याचार गर्दै सृष्टिकर्ता र सृष्टिहरूलाई एकसमान बनाउँदैछन् ।६१. अल्लाहले नै पृथ्वीलाई स्थिर बनाउनुभयो जसले गर्दा त्यसमाथि रहेका वस्तुहरू हल्लिदैनन् । उहाँले नै त्यसमा कलकल बगिरहेका नदीहरू र स्थिर रहेका पहाडहरू बनाउनुभयो र समुद्रका नुनिलो तथा मीठो भागबीच पर्दा बनाउनुभयो जसले गर्दा दुवै किसिमका पानी एक अर्कामा मिसिदैनन्, ताकि मीठो पानी न बिग्रोस् बरु पिउने योग्य रहोस् । के यस्तो अल्लाहसँग यी सबै बनाउने अन्य कोही साझेदार हुन सक्छ ?! कदापि हुन सक्दैन, तर अधिकांश मानिसहरू जान्दैनन् । तिनीहरूले जानेको भए सृष्टिहरूमध्ये कसैलाई अल्लाहसँग साझेदार ठहर गर्दैन थिए । ६२. अल्लाहले नै दुःखी मानिसहरूका दुःखलाई समाप्त पार्नुहुन्छ, रोगी र गरिब मानिसहरूको सङ्कट समाप्त पार्नुहुन्छ, धर्तीमा तिमीहरूको एक पीढीलाई अर्को पीढीको वारिस बनाउनुहुन्छ । के यस्तो अल्लाहसँग यी सबै गर्ने अन्य कोही साझेदार हुन सक्छ ?! कदापि हुन सक्दैन । तिमीहरूमध्ये थोरैले उपदेश ग्रहण गर्छ । ६३. अल्लाहले नै तिमीहरूलाई थल तथा जलका अन्धकारहरूमा विभिन्न चिन्हहरू र ताराहरूबाट मार्ग देखाउनुहुन्छ । उहाँ नै वर्षाअघि वर्षाको शुभ-सूचना दिने हावा चलाउनुहुन्छ । अल्लाह यस वर्षाद्वारा भक्तहरूमाथि कृपा गर्नुहुन्छ । के यस्तो अल्लाहसँग यी सबै बनाउने अन्य कोही भगवान हुन सक्छ ?! यिनीहरूले ठहर गरेका सबै साझेदारहरूबाट अल्लाह पवित्र हुनुहुन्छ । ६४. अल्लाह नै आमाको गर्भमा विभिन्न चरणहरूमा मानवको सृष्टि शुरु गर्नुहुन्छ, उसलाई मृत्यु दिनुहुन्छ, फेरि जीवित पार्नुहुनेछ । उहाँ नै आकाशबाट वर्षा बर्साएर र भूमिबाट बाली नाली उमारेर जीविका प्रदान गर्नुहुन्छ । के यस्तो अल्लाहसँग यी सबै बनाउने अन्य कोही भगवान हुन सक्छ र ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्− तिमीहरूले गरिराखेको शिर्कको पुष्टिको लागि प्रमाणहरू पेश गर यदि तिमीहरू नितान्त सत्यमा छौ भन्ने आफ्नो दावीमा सच्चा छौ भने । ६५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− आकाशहरूमा रहेका फरिश्ताहरू र धर्तीमा रहेका मानव परोक्षको बारेमा केही जान्दैनन्, अल्लाह मात्र जान्नुहुन्छ । हिसाब किताबको लागि कहिले पुनर्जन्म हुनेछ भन्ने कुरा मात्र अल्लाहलाई थाहा छ । आकाशहरू र पृथ्वीमा रहेको अन्य कोही पनि जान्दैन । ६६. के तिनीहरूसँग आखिरतको बारेमा ज्ञान छ कि त्यसमा तिनीहरू विश्वास गरुन् ? छैन, बरु तिनीहरू आखिरतको बारेमा शङ्कामा हैरान छन् । बरु तिनीहरूको आँखा यसबारेमा अन्धा छन् । ६७. काफिरहरूले इन्कार गर्दै भने− के त्यतिखेर हामीहरूलाई जीवित पारेर उठाउन सम्भव छ र जब हामीहरू मरेर माटो भइहाल्छौं ?! ६८. हामीहरू सबैको पुनर्जन्म हुनेछ भन्ने कुराको वाचा हामीहरूसँग पनि गरियो र हाम्रा पूर्वजहरूसँग पनि गरियो, तर खोइ त, हाम्रो पुनर्जन्मको वाचा त पूरा भएन । यी झूठा वाचाहरू हुन् जसलाई विगतका मानिसहरूले रचेर किताबमा लेखेका छन् । ६९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! पुनर्जन्मको इन्कार गर्नेहरूलाई भन्नुहोस्− धर्तिमा जतातिर हिँड डोल गर र अपराधि तथा पुनर्जन्मको इन्कार गर्नेहरूको परिणाममा विचार गर । झूठो ठहर गरेको कारणले हामीले तिनीहरूको सर्वनाश गर्यौं । ७०. तपाईंको आह्वानबाट बहुदेववादीहरू विमुख भएमा चिन्ता नगर्नुहोस् । तिनीहरूको चलखेलप्रति तपाईंको छाती सञ्कुचित नहोस् । तिनीहरूको मुकाबिलामा अल्लाहले तपाईंको मद्दत गर्नुहुनेछ । ७१. पुनर्जन्मको इन्कार गर्ने काफिरहरू भन्छन्− यदि तपाईं आफ्नो दावीमा सच्चा हुनुहुन्छ भने तपाईं र मोमिमिनहरूले गरेको प्रकोपको वाचा कहिले पूरा हुन्छ ? ७२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्, जुन प्रकोपको लागि तिमीहरू हतार गर्दैछौ, आशा छ त्यसको केही अंश चाँडै नै आउनेछ ।७३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता मानिसहरूमाथि कृपा गर्नुहुन्छ र तिनीहरूको कुफ्र र अवज्ञाका बावजुद सजाय दिनमा हतार गर्नुहुन्न । तर अधिकांश मानिसहरू अल्लाहका वरदानहरूप्रति आभार प्रकट गर्दैनन् ।७४. निस्सन्देह अल्लाह भक्तहरूले मनमा लुकाएका र प्रकट गरेका कुराहरू जान्नुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन । उहाँले चाँडै नै यसको बदला दिनुहुनेछ ।७५. मानिसहरूबाट जुनसुकै वस्तु पनि आकाशमा ओझेलमा छ वा पृथ्वीमा ओझेलमा छ ती सबै एउटा स्पष्ट किताब लौहे महफूज (सुरक्षित बही खाता) मा सुरक्षित छ ।७६. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गरिएको कुरआन ती अधिकांश कुराहरूलाई स्पष्ट पार्छ जसको बारेमा बनी इस्राईल विभेद गर्छन् । ७७. निस्सन्देह कुरआन ईमान ल्याएर सत्कर्म गर्नेहरूका लागि मार्गदर्शन र कृपा हो । ७८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ताले महाप्रलयको दिन मोमिन र काफिरबीच निसाफका साथ निर्णय गर्नुहुनेछ । अनि मोमिनमाथि कृपा गर्नुहुनेछ र काफिरलाई सजाय दिनुहुनेछ । अल्लाह प्रभुवशाली हुनुहुन्छ, कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँ सर्वज्ञ हुनुहुन्छ, सत्यवादी र असत्यवादीबीच फरक गर्नमा शङ्कामा पर्नुहुन्न ।७९. अतः अल्लाहमाथि भरोसा गर्नुहोस्, आफ्ना सबै मामिलाहरूमा उहाँमाथि भरोसा गर्नुहोस् । निस्सन्देह तपाईं स्पष्ट सत्यमा हुनुहुन्छ ।८०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं यस्ता मानिसहरूलाई सुनाउन सक्नुहुन्न जसका हृदय अल्लाहको इन्कारको कारणले मरिसकेका छन् । तपाईंले विमुख भएका मानिसहरूलाई पनि आफ्नो आह्वान सुनाउन सक्नुहुन्न जसको सुन्ने क्षमतालाई अल्लाहले बहिरा बनाउनुभयो । ८१. नितान्त सत्य देख्नबाट अन्धो भएका मानिसहरूलाई पनि तपाईंले सीधा मार्ग देखाउन सक्नुहुन्न । यस्ता मानिसहरूको चिन्ता नलिनुहोस् र आफूलाई थकित नपार्नुहोस् । तपाईंले यस्ता मानिसहरूलाई मात्र सत्य बुझाउन सक्नुहुन्छ जो हाम्रा निशानीहरूमा विश्वास गर्छन् र अल्लाहका आदेशहरूप्रति समर्पित छन् ।८२. महाप्रलय नजिक आउँदा जब दुष्ट मानिसहरू मात्र बच्नेछन् जसलाई तिनीहरूको कुफ्र र अवज्ञाको कारणले अल्लाहको प्रकोपले अनिवार्यरूपमा समात्नेछ तब हामीले महाप्रलयको चिन्हस्वरूप यस्तो जनावरलाई निकाल्नेछौं जसले मानिसहरूसँग कुरा गर्नेछ र मानिसहरूले उसको कुरालाई बुझ्नेछन् । निस्सन्देह काफिर मानिसहरू हाम्रा नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित निशानीहरूको पुष्टि गरिरहेका थिएनन् ।८३. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! महाप्रलयको दिनलाई स्म्रण गर्नुहोस्, जब हामीले सबै समुदायहरूबाट हाम्रा निशानीहरूको इन्कार गरेका ठूला बडाहरूको जमातलाई भेला गर्नेछौं । तिनीहरूका शुरुका मानिसहरूलाई अन्ततर्फ फर्काइनेछ र सबैलाई हिसाब किताबको लागि लगिनेछ ।८४. तिनीहरूलाई निरन्तर हाँकेर लगिनेछ, जब तिनीहरूको हिसाबको स्थान आउनेछ तब अल्लाहले निन्दा गर्दै भन्नुहुनेछ− के तिमीहरूले मेरा ती श्लोकहरूको इन्कार गर्यौ, जसमा एक अल्लाहको भक्तिको आह्वान थियो र जो मेरो कानुनमा आधारित थिए । यो असत्य हो भन्ने कुराको ज्ञान पनि तिमीहरूसँग थिएन । यो साँच्चिकै असत्य हो भन्ने कुराको ज्ञान तिमीहरूसँग भएको भए यसलाई झूठो ठहर गर्न सक्ने थियो । के तिमीहरू यी निशानीहरूको पुष्टि गर्दै थियौ वा झूठो ठहर गर्दैथियौ ?८५. तिनीहरूले अल्लाह र उहाँका निशानीहरूलाई झूठो ठहर गरेर अत्याचार गरेको कारणले तिनीहरूमाथि प्रकोप अवतरण भयो । तिनीहरू बाध्य भएको र तिनीहरूका प्रमाणहरू गलत सिद्ध भएको कारणले आफ्नो बचावको लागि केही भन्ने अवस्थामा हुने छैनन् ।जब तिनीहरूले पुनर्जन्मको इन्कार गरे तब अल्लाहले पुनर्जन्म हुन्छ भन्ने कुरालाई तिनीहरूको सुत्ने र जाग्ने कार्यबाट सिद्ध गर्नुभयो । सुत्नु मृत्यु हो र जाग्नु पुनर्जन्म हो । अल्लाहले भन्नुभयो− ८६. पुनर्जन्मको इन्कार गर्नेहरूले यस कुरामा विचार गरेनन्, निस्सन्देह हामीले रातिलाई बनायौं ताकि तिनीहरूले त्यसमा सुतेर आराम गरुन् । हामीले दिनलाई प्रकाशमय बनायौं ताकि तिनीहरू त्यसमा हेर्न सकुन् र काम काजको लागि भाग दौड गर्न सकुन् । निस्सन्देह यस पटक पटकको मृत्यु र पुनर्जन्ममा ईमान ल्याउनेहरूका लागि स्पष्ट निशानीहरू छन् । ८७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् त्यस दिनलाई जुन दिन शङ्ख फुक्ने फरिश्ताले दोस्रो पटक शंखमा फुक्नेछ । अनि आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरू डराउनेछन्, सिवाय ती वस्तुहरू जसलाई अल्लाहले आफ्नो विशेष कृपाबाट जोगाउनुहुनेछ । त्यस दिन अल्लाहका सबै प्राणीहरू आत्म-समर्पण गरेर र अपमानित भएर अल्लाहकहाँ आउनेछन् ।८८. त्यस दिन तपाईंले जमेको पहाडलाई बादल जस्तै तेज गतिमा हिँडिरहेको देख्नुहुनेछ, यो अल्लाहले बनाउनु भएका वस्तुहरू हुन् । अल्लहले नै तिनीहरूलाई हल्लाउनुहुन्छ । तिमीहरूले गरिराखेका कार्यहरूसित उहाँ अवगत हुनुहुन्छ । तिमीहरूको कुनै पनि कार्य उहाँबाट लुकेको छैन । उहाँले चाँडै नै त्यसको बदला दिनुहुनेछ ।८९. महाप्रलयको दिन ईमान र सत्कर्म लिएर आउनेहरूका लागि स्वर्ग हुनेछ । उनीहरूलाई अल्लाहले महाप्रलयको डरबाट सुरक्षित राख्नुहुनेछ । ९०. कुफ्र र अवज्ञा लिएर आउनेहरूलाई त्यस दिन अनुहारको बलले घिसारिँदै नर्कमा फ्याकिनेछ । तिनीहरूको निन्दा गर्दै र तिनीहरूलाई अपमानित गर्दै भनिनेछ− तिमीहरूले संसारमा गरिराखेका कुफ्र र अवज्ञाको सजाय मात्र तिमीहरूलाई दिइनेछ ।९१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्− हामीलाई मात्र मक्काका पालनकर्ताको भक्तिको आदेश मिलेको छ, जसलाई उहाँले प्रतिष्ठत बनाउनुभएको छ । त्यसमा रगत बगाइदैन, त्यसमा कसैमाथि अत्याचार गरिदैन, कुनै शिकारलाई मारिदैन, त्यहाँका रूखहरूलाई काटिदैन, हरेक वस्तुमाथि उहाँकै सत्ता-शासन छ । मलाई यो आदेश पनि मिलेको छ कि एकाग्र भएर मात्र अल्लाहकै आदेशको पालना गरुँ ।९२. मलाई कुरआनको पाठ गर्ने आदेश भएको छ । अनि जसले त्यसका शिक्षाबाट मार्गदर्शन प्राप्त गर्छ र त्यस अनुसार कर्म गर्छ त्यसको फाइदा उसैलाई पुग्छ । पथभ्रष्टहरू कुरआनको शिक्षालाई मन पराउँदैनन् र त्यस अनुसार कर्म गर्दैनन् । तिनीहरूलाई के भन्नुहोस् भने− म डराउनेहरूमध्ये हुँ, तिमीहरूलाई अल्लाहको प्रकोपबाट डराउउँदैछु । तिमीहरूको मार्गदर्शन मेरो हातमा छैन ।९३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्, अल्लाहका अनगन्ति वरदानहरूको कारणले सबै प्रशंसाहरू उहाँकै लागि हुन् । अल्लाहले चाँडै नै आफ्ना निशानीहरू तिमीहरू भित्र पनि देखाउनुहुनेछ र आकाश, पृथ्वी तथा जीविकामा पनि देखाउनुहनेछ । अनि तिमीहरूले त्यसलाई जान्नेछौ र त्यसले गर्दा सत्मार्ग पाउनेछौ । तिमीहरूले गरिराखेका कार्यहरूलाई अल्लाह राम्ररी जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले त्यसको बदला दिनुहुनेछ ।
१. ता ० सीम् ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । तपाईंमाथि अवतरित भएका यी आयतहरू कुरआनका आयतहरू हुन् । कुरआन अति स्पष्ट किताब हो, यसमा कुनै शङ्का छैन । जसले यसमा चिन्तन मनन गर्छ उसले अवश्य नै थाहा पाउँछ कि यो अल्लाहको तर्फबाट अवतरण भएको हो ।
२. यी आयतहरू सत्य धर्मतर्फ मार्गदर्शन गर्छन् र मोमिनहरूलाई अल्लाह र रसूलहरू (अलैहिमुस्सलाम) का शुभ-सूचनाहरू सुनाउँछन् ।
३. यस्ता मोमिनहरू पूर्णरूपमा सलाह कायम गर्छन्, आफ्ना धन-सम्पत्तिलाई सदूपयोग गरेपछि त्यसबाट जकात चुक्ता गर्छन् । उनीहरू आखिरतको प्रतिदान र सजायमाथि विश्वास राख्छन् ।
४. निस्सन्देह जुन काफिरहरू आखिरतको प्रतिदान र सजायमा विश्वास राख्दैनन् हामीले तिनीहरूका दुष्कर्महरूलाई तिनीहरूको नजरमा सुन्दर बनाइदिएकाछौं । तिनीहरू हैरान भएर दुष्कर्ममा नै लिप्त रहन्छन् र सीधा तथा सत्य मार्ग पाउँदैनन् ।
५. यस्ता मानिसहरू संसारमा पनि हत्या र कैद भोगेर यातनामा रहन्छन् र आखिरतमा ठूलो असफलता भोग्नेछन् । तिनीहरू महाप्रलयको दिन स्वयम् पनि र तिनीहरूका परिवारका सदस्यहरू पनि सधैंको लागि नर्कमा जानेछन् र यसरी ठूलो घाटा खानेछन् ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईं यो कुरआन विवेकशील र सर्वज्ञ अल्लाहको तर्फबाट पाइ राख्नुभएको छ । उहाँ सृष्टि गर्ने, कार्य सञ्चालन गर्ने र कानुन बनाउने कार्यमा विवेकशील हुनुहुन्छ । उहाँ सर्वज्ञ हुनुहुन्छ, भक्तहरूका हीतहरूबारे कुनै पनि कुरा उहाँबाट गोप्य छैन ।
७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईं त्यस समयलाई स्म्रण गर्नुहोस् जब मूसा (अलैहिस्सलाम) ले आफ्नो परिवारलाई भने− म त्यहाँ आगो देख्दैछु, म त्यहाँ पुगेर बाटोबारे जानकारी लिएर आउँदैछु वा आगोको अगुल्टो लिएर आउँदैछु, आशा छ त्यसबाट तिमीहरूले जाडो भगाउनेछौ ।
८. जब उनी आगो देखेको ठाउँमा पुगे तब अल्लाहले पुकारेर भन्नुभयो−आगोमा रहेको हस्ती पवित्र हुनुहुन्छ र त्यसको वरिपरि रहेका फरिश्ताहरू पनि पवित्र छन् । तिनीहरू अल्लाहको शान अनुसार उहाँको सम्मान गर्दछन् । उनीहरू यो पनि भन्दछन्− अल्लाह ती अवगुणहरूबाट पवित्र हुनुहुन्छ जो पथभ्रष्टहरू उहाँको बारेमा भन्छन् ।
९. अल्लाहले भन्नुभयो− हे मूसा (अलैहिस्सलाम) ! म प्रभुत्वशाली अल्लाह हुँ, ममाथि कोही पनि विजयी हुन सक्दैन । सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कानुन बनाउनमा म विवेकशील हुँ ।
१०. आफ्नो लौरो भूमिमा राख । मूसा (अलैहिस्सलाम) ले लौरो भूमिमा राखे । जब उनले लौरोलाई सर्प जस्तो हिँडेको देखे तब डराए अनि पिठ्यूँ फर्काएर भागे र फर्केनन् । अल्लाहले उनलाई भन्नुभयो− यसबाट नडराऊ, मनजिक सन्देष्टाहरू सर्प र अन्य कुनै पनि वस्तुबाट डराउँदैनन् ।
११. तर जसले पाप गरेर आफूमाथि अत्याचार गर्छ र फेरि तौबा गर्छ उसलाई म माफ गर्छु र उसमाथि दया गर्छु ।
१२. आफ्नो हातलाई आफ्नो घाँटीनजिक रहेको कमिसको खुल्ला भागमा लिएर जाऊ, जब हातलाई त्यसबाट निकाल्छौ तब त्यो कुष्ठ रोगबिना हिउँ जस्तो सेतो चम्किलो भएर निस्कनेछ । तिमी सच्चा सन्देष्टा हो भन्ने कुरालाई नौ वटा निशानीहरूले पुष्टि गर्दछन् । ती मध्ये हुन्− चम्किलो हात र लौरोका चमत्कार बाहेक फिर्औन र उसको समुदायमाथि सुख्खा, फलको कमि, हुरी बतास, सलह, उडुस, भ्यागुतो र रगतका प्रकोपहरू । यिनीहरू कुफ्रको कारणले अल्लाहको आज्ञापालन गर्दैनथे ।
१३. मूसा (अलैहिस्सलाम) लाई स्पष्टरूपमा पुष्टि गर्ने यी निशानीहरू आएपछि तिनीहरूले भने− मूसा (अलैहिस्सलाम) ले ल्याएका निशानीहरू स्पष्ट जादू मात्र हुन् ।
१४. तिनीहरूले यी स्पष्ट निशानीहरूको इन्कार गरे । तिनीहरूले यी निशानीहरू अल्लाहको तर्फबाट हुन् भन्ने विश्वास हुँदा हुँदै पनि स्वीकार गरेनन् । कारण तिनीहरूको अत्याचार र सत्यको मुकाबिलामा घमण्ड थियो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस्, कुफ्र र पाप गरेर धर्तीमा आतङ्क मच्चाउनेहरूको परिणाम कस्तो हुन्छ । हामीले ती सबैलाई तहस नहस गरेर सर्वनाश गरिदियौं ।
१५. हामीले दाऊद र उनको पुत्र सुलैमान (अलैहिमस्सलाम) लाई ज्ञान प्रदान गर्यौं । ती ज्ञानहरूमध्ये थियो चराको कुरा बुझ्ने ज्ञान । यी दुवै जना सन्देष्टाहरूले अल्लाहप्रति आभार प्रकट गर्दै भने− सबै प्रशंसाहरू अल्लाहका लागि हुन् जसले हामीहरूलाई ज्ञान र ईशदूतत्व प्रदान गरेर धेरै मोमिन भक्तहरूमाथि प्रधानता प्रदान गर्नुभयो ।
१६. आफ्नो बुवा दाऊद (अलैहिस्सलाम) पछि सुलैमान (अलैहिस्सलाम) ईशदूत, विद्वान र राजा बने । उनले आफूमाथि र आफ्ना बुवामाथि भएको अल्लाहको वरदानलाई वर्णन गर्दै भने− हे मानव ! अल्लाहले हामीलाई चराको आवाज बुझ्ने ज्ञान दिनुभयो । उहाँले हामीलाई ती सबै थोक दिनुभयो जो उहाँले अन्य सन्देष्टाहरू र राजाहरूलाई दिनुभएको थियो । अल्लाहले हामीलाई जे जति प्रदान गर्नुभएको छ ती सबै उहाँको स्पष्ट वरदानहरू हुन् ।
१७. सुलैमान (अलैहिस्सलाम) को लागि मानव, जिन्न र चरामध्ये सैनिकहरू भेला गरिए र उनीहरूलाई व्यवस्थित तरिकाले हिँड्न लगाइए ।
१८. उनीहरूलाई निरन्तर हिँडाइयो यहाँ सम्म कि उनीहरू (सिरीयामा अवस्थित) कमिलाको उपत्यकासम्म पुगे । रानी कमिलाले भनिन्− हे कमिलाहरू हो ! आ-आफ्ना दुलोमा पस, नत्र सुलैमान (अलैहिस्सलाम) र उनका सैनिकहरूले तिमीहरूलाई नजानिकन नकुल्चोस् । उनीहरूले जानी जानी त कुल्चदैनन् ।
१९. सुलैमान (अलैहसिस्सलाम) ले उसको कुरा सुनेर मुस्कानका साथ हाँसे । उनले अल्लाहसित दुआ गर्दै भने− तपाईंले ममाथि र मेरा माता पितामाथि गरेका वरदानहरूप्रति आभार प्रकट गर्ने अवसर प्रदान गर्नुहोस् । मलाई यस्ता सत्कर्म गर्ने अवसर प्रदान गर्नुहोस् जसबाट तपाईं प्रसन्न हुनुहुन्छ । मलाई आफ्ना सत्कर्मी भक्तहरूमा प्रवेश गराउनुहोस् ।
२०. सुलैमान (अलैहिस्सलाम) ले चराहरूको अनुगमन गर्दा हुद्हुद्लाई पाएनन् । उनले भने− हुद्हुद् किन उपस्थित छैन ? कतै लुकेर बसेको छ कि अनुपस्थित छ ?
२१. हुद्हुद् अनुपस्थित भएको कुरा थाहा पाउँदा सुलैमान (अलैहिस्सलाम) ले भने− अनुपस्थित भएकोले म उसलाई कडा सजाय दिन्छु वा बध नै गरिदिन्छु । अनुपस्थित हुनुको उचित कारण देखाउँछ भने अर्कै कुरा हो ।
२२. एक क्षिणपछि जब हुद्हुद् उपस्थित भयो तब उसले सुलैमान (अलैहिस्सलाम) लाई भन्यो− म यस्तो कुरा थाहा पाएको छु जसको बारेमा हुजुरलाई थाहा छैन । म सबाबाट सत्य खबर लिएर आएको छु जसमा कुनै शङ्का छैन ।
२३. मैले एकजना महिलालाई देशको सत्ता-शासन चलाइ राखेको पाएं । उनीसँग सबै किसिमका शक्तिका माध्यम र सैनिकहरू छन् । उनीसँग ठूलो सिंहासन छ जसमाथि बसेर राज काज चलाउँछिन् ।
२४. मैले यस महिला र उनको समुदायलाई अल्लाहको भक्ति नगरेर सूर्यलाई ढोग्दै पाएको छु । शैतानले तिनीहरूका शिर्क र अवज्ञाका कार्यहरूलाई तिनीहरूका लागि सुन्दर बनाएको छ । तिनीहरूलाई सत्कर्मबाट फेरेको छ । त्यसैले तिनीहरू सीधा मार्गमा छैनन् ।
२५. तिनीहरूका शिर्क र अवज्ञाको कार्यलाई शैतानले यस कारणले सुन्दर तुल्याएको छ ताकि तिनीहरूले एक अल्लाहको भक्ति नगरुन्, जो आकाशमा लुकेको पानी बर्साउनुहुन्छ र भूमिमा लुकेको बोट बिरुवा उमार्नुहुन्छ । तिमीहरूले लुकि छिपि गर्ने र खुल्लमखुल्ला गर्ने सबै कार्यहरूलाई जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन ।
२६. अल्लाहबाहेक कोही पनि वास्तविक पूज्य छैन । उहाँ महान सिंहासनका मालिक हुनुहुन्छ ।
२७. सुलैमान (अलैहिस्सलाम) ले भने− म छानबिन गर्छु, तिमीले गरेको दावी सत्य हो कि असत्य ।
२८. सुलैमान (अलैहिस्सलाम) ले पत्र तैयार गरेर हुद्हुद्लाई दिए र भने− मेरो यो पत्र लिएर जा र सबा बासीहरूसम्म पुर्या । अनि तिनीहरूबाट अलि पर हटेर तिनीहरूको प्रतिकृया सुन् ।
२९. रानीले पत्र पाएपछि भनिन्− हे मेरा सहयोगीहरू हो ! मलाई एउटा महत्वपूर्ण पत्र प्राप्त भएकोछ ।
३०. सुलैमान (अलैहिस्सलाम) को तर्फबाट पठाइएको यो पत्र अल्लाहको नामबाट शुरु गरिएको छ, जो अति दयावान र परम कृपावान हुनुहुन्छः
३१. घमण्ड नगर । आत्म समर्पण गरेर र मैले गरेको एक अल्लाहको भक्तिको आह्वानलाई स्वीकार गरेर तथा सूर्य पूजा जस्तो शिर्कलाई त्यागेर मकहाँ आइहाल ।
३२. रानीले सोधिन्− हे मेरा सहयोगीहरू हो ! यस मामिलामा के गर्नु उचित हुन्छ भन्ने कुरा भन । तिमीहरू उपस्थित भएर आ-आफ्नो विचार नराखेसम्म म कुनै निर्णय लिन सक्दिन ।
३३. उनको समुदायका अगुवाहरूले भने− हामीहरू शक्तिशाली छौं र युद्ध गर्ने क्षमता पनि राख्छौं । यसमा हजुरको जे निर्णय र आदेश हुन्छ हामीहरू त्यसको पालना गर्न तयार छौं ।
३४. रानीले भनिन्− राजाहरू जब कुनै देशमाथि आक्रमण गर्छन् तब त्यहाँ हत्या, हिंसा र लूट पाट गरे आतङ्क मच्चाउँछन् । देशका सम्मानित अगुवाहरूलाई अपमानित गर्छन् । जुनसुकै राजाहरू देशमाथि विजयी भएपछि आफ्नो धाक जमाउन त्यस्तै गर्छन् ।
३५. म यस राजा र उनको समुदायको लागि उपहार पठाउँछु अनि उनको प्रतिकृया देख्छु ।
३६. जब रानीका दूत र उसका सहयोगीहरू उपहारहरू लिएर सुलैमान (अलैहिस्सलाम) कहाँ पुगे तब उनले उपहार पठाइने कार्यलाई मन पराएनन् । उनले भने− के तिमीहरू मेरो आर्थिक सहयोग गरेर मबाट बच्न चाहन्छौ ? अल्लाहले मलाई प्रदान गर्नुभएका ईशदूतत्व, सत्ता-शासन र धन-सम्पत्ति तिमीहरूसँग रहेका धन-सम्पत्तिभन्दा उत्तम छन् । बरु तिमीहरूलाई जे जति सांसारिक धन-सम्पत्ति प्राप्त छ त्यसमा रमाऊ ।
३७. सुलैमान (अलैहिस्सलाम) ले त्यस दूतलाई भने− तिमीले ल्याएको उपहार फिर्ता लिएर जाऊ । हामी तिम्रो रानी र उसको समुदायविरुद्ध यस्तो शक्तिशाली सैन्य दल लिएर आउनेछौं जोसँग मुकाबिला गर्ने शक्ति तिनीहरूमा छैन । यदि तिनीहरू आत्म-समर्पण गरेर आउँदैनन् भने हामीले तिनीहरूलाई सबाबाट अपमानित गरेर निकाल्नेछौं ।
३८. सुलैमान (अलैहिस्सलाम) ले सम्बोधन गरेर भने− हे मेरा सहयोगीहरू हो ! रानी आत्म-समर्पण गरेर यहाँ पुग्नुअघि तिमीहरूमध्ये कसले उसको सिंहासन लिएर आउन सक्छ ?
३९. ठूलो जिनले जवाफमा भन्यो− हजुर यस सभाबाट उभ्नुअघि नै म उनको सिंहासनलाई लिएर आउन सक्छु । म त्यसलाई बोकेर ल्याउने शक्ति पनि राख्छु र अमानतदार पनि छु, त्यसमा कुनै कमि गर्दिन ।
४०. सुलैमान (अलैहिस्सलाम) नजिक एकजना सत्कर्मी र ज्ञानी व्यक्ति थिए जोसँग किताब र अल्लाहको उत्तम नामको ज्ञान थियो जसबाट पुकार्दा अल्लाहले पूरा गर्नुहुन्छ । त्यो व्यक्तिले भने− हजुरको आँखा झम्किनु अघि नै त्यस सिंहासनलाई ल्याउन सक्छु । म दुआ गर्छु अनि अल्लाहले हाजिर गराइदिनुहुन्छ । उनले दुआ गरे र अल्लाहले कबुल गरेर सिंहासन हाजिर गराइदिनुभयो । सुलैमान (अलैहिस्सलाम) ले आफ्नो नजिक सिंहासनलाई देखेर भने− मेरा पवित्र पालनकर्ताको विशेष कृपाले यस्तो भयो ताकि उहाँले यस कुराको परीक्षा लेउन्- म उहाँको कृपाप्रति आभारी हुन्छु वा बेगुणी ? जसले अल्लाहप्रति आभार प्रकट गर्छ त्यसको लाभ उसैलाई मिल्छ र जो अल्लाहका वरदानहरूप्रति कृतघ्न हुन्छ र आभार प्रकट गर्दैन उसको हानि उसैलाई हुन्छ । निस्सन्देह मेरा पालनकर्ता सुसम्पन्न हुनुहुन्छ, उहाँलाई कसैको आभारको आवश्यक्ता छैन । उहाँ दानशील हुनुहुन्छ, कसैले आभार प्रकट नगरे पनि उहाँले जीविका प्रदान गर्नु उहाँको दान हो ।
४१. सुलैमान (अलैहिस्सलाम) ले भने− रानीको सिंहासनको रूप रेखामा अलि फेर बदल गरिदेऊ, हेरौं, उनले आफ्नो सिंहासनलाई चिन्न सक्छे कि सक्दैन ?
४२. जब रानी सुलैमान (अलैहिस्सलाम) कहाँ पुगिन् तब रानीको परीक्षा लिनको लागि सोधियो− के यो तिम्रो सिंहासन जस्तै हो ? रानीले झट्ट जवाफ दिइन्− मानौं यो मेरै सिंहासन हो । सुलैमान (अलैहिस्सलाम) ले भने− मलाई अल्लाहले यस्ता कार्यहरूमाथि आफ्नो सामर्थ्यबारे पहिला नै ज्ञान प्रदान गरिसक्नु भएको छ । हामी उहाँको आदेशप्रति समर्पित छौं ।
४३. रानीलाई एक अल्लाहको भक्तिबाट त्यस पूजाले रोकेको थियो जो उनी आफ्ना समुदायको देखा सिकि गर्दै थिइन् । उनको सम्बन्ध काफिर समुदायसँग थियो ।
४४. उनलाई भनियो− महलमा प्रवेश गर । महल भूइँ तल्लामा थियो । जब उनले महलमा प्रवेश गरिन् तब त्यसलाई पानी ठानेर भिज्नबाट जोगाउन आफ्ना पिँडुलीबाट लुगा माथि पारिन् । सुलैमान (अलैहिस्सलाम) ले भने− यो शिशाबाट बनेको महल हो । सुलैमान (अलैहिस्सलाम) ले उनलाई इस्लाम ग्रहण गर्ने आह्वान गरे । रानीले भनिन्− हे अल्लाह ! मैले तपाईंसँग अन्य वस्तुको पूजा गरेर आफूमाथि अत्याचार गरें । अनि रानीले सुलैमान (अलैहिस्सलाम) सँग सबै प्राणीहरूका पालनकर्ता अल्लाहसमक्ष आत्म-समर्पण गरिन् ।
४५. हामीले समूद समुदायतर्फ उसका रगतको नाताले भाइ सालेह (अलैहिस्सलाम) लाई पठायौं । यस कुराको आह्वानको लागि कि मात्र एक अल्लाहको भक्ति गर । उनको आह्वानपछि उनीहरू दूई समूहमा विभाजित भए र यस कुरामा झगडा गर्न थाले− कुन समूह सत्यमा छ । एउटा मोमिन समूह र अर्को काफिर समूह ।
४६. सालेह (अलैहिस्सलाम) ले उनीहरूलाई भने− तिमीहरू अल्लाहको कृपाअघि चाँडै प्रकोपको माग किन गर्छौ ? अल्लाहसित आफ्ना पापहरूको क्षमा किन चाँहदैनौ ? आशा छ उहाँले माफ गर्नुहुनेछ ।
४७. तिनीहरूले भने− हामीहरूले तिमी र तिमीसँग रहेका मोमिनहरूलाई अशुभ मान्छौं । सालेह (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− तिमीहरू अशुभ मानेको हानि तिमीहरूलाई नै पुग्नेछ । अल्लाहलाई यसको ज्ञान छ । उहाँबाट कुनै पनि कुरा लुकेको छैन । बरु तिमीहरूले पाइ राखेको भलाई र कष्टबाट तिमीहरूको परीक्षण गरिँदैछ ।
४८. हिज्र शहरमा ९ जना मान्छेहरू कुफ्र र अवज्ञा गरेर आतङ्क मच्चाउने गर्थे । तिनीहरू ईमान ल्याएर र सत्कर्म गरेर सुधार गर्दैनथे ।
४९. तिनीहरूले परस्पर सलाह गरे− हामीहरू कसम खान्छौं− हामीहरू एकसाथ राति सालेह (अलैहिस्सलाम) को घर जानेछौं र उनको तथा उनका परिवारका सदस्यहरूको हत्या गर्नेछौं । अनि उनको रक्तमूल्यको दावी गर्ने अभिभावकलाई भन्नेछौ− हामीहरूले सालेह (अलैहिस्सलाम) र उनको परिवारका सदस्यहरूको हत्या गरेका छैनौं । हामीहरू सत्य बोल्दैछौं ।
५०. तिनीहरूले सालेह (अलैहिस्सलाम) र उनका मोमिन अनुयायीहरूलाई हत्या गर्ने षड्यन्त्र रचे र हामीले उनीहरूको मद्दत गर्ने, ज्यान जोगाउने र काफिरहरूलाई सर्वनाश गर्ने योजना बनायौं, जसको चाल तिनीहरूले पाएनन् ।
५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) विचार गर्नुहोस्− तिनीहरूको षड्यन्त्रको के कस्तो परिणाम भयो ? हामीले तिनीहरूमाथि प्रकोप पठाएर सर्वनाश र निर्मूल पारिदियौं ।
५२. यी हुन् तिनीहरूका घरहरू, जसका पर्खालहरू त्यसका छानाहरूमाथि खसि सकेका छन् । त्यसमा बस्नेहरू अत्याचार गरेको कारणले सखाप भइसकेका छन् । तिनीहरूमाथि आएको प्रकोपमा मोमिनहरूको लागि पाठ छ । उनीहरू नै निशानीहरूबाट पाठ लिने गर्छन् ।
५३. सालेह (अलैहिस्सलाम) को समुदायका मोमिनहरूलाई हामीले जोगायौं । उनीहरू अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर ईशभय अवलम्बन गरेका थिए ।
५४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लूत (अलैहिस्सलाम) लाई स्म्रण गर्नुहोस्, जब उनले आफ्नो समुदायका मानिसहरूलाई सम्बोधन गर्दै र तिनीहरूको निन्दा र घृर्णा प्रकट गर्दै भने− के तिमीहरू खुल्लारूपमा एक अर्कालाई हेर्दै आफ्ना क्लबहरूमा घृणित कार्य, पुरुष-पुरुषबीच लैङ्गिक सम्बन्ध कायम गर्छौ ?!
५५. के तिमीहरू महिलासँग सहवास नगरेर पुरुषसँग सहवास गर्छौ ?! तिमीहरू न पवित्रता चाहन्छौ न सन्तान, मात्र जनावर जस्तै काम इच्छा पूरा गर्न चाहन्छौ । बरु तिमीहरूले पालना गर्नुपर्ने ईमान, पवित्रता र दुष्कर्म त्याग्नु पर्ने कार्यहरूबारे कुनै ज्ञान राख्दैनौ ।
५६. उनको समुदायको जवाफ मात्र यो थियो− लूत (अलैहिस्सलाम) का अनुयायीहरूलाई यस गाउँबाट निकाल । यिनीहरू फोहरहरूबाट बडो चोखो बन्छन् । तिनीहरूले यो कुरा लूत (अलैहिस्सलाम) का अनुयायीहरूको ठट्टा गर्दै भने । किनभने उनीहरू तिनीहरूले गरिराखेका दुष्कर्ममा भाग लिँदैन थिए बरु घृणा गर्दथे ।
५७. हामीले लूत (अलैहिस्सलाम) र उनका अनुयायीहरूलाई त्यस प्रकोपबाट सुरक्षित राख्यौं जो हामीले उनको समुदायमाथि पठाएका थियौं । लूत (अलैहिस्सलाम) को श्रीमतिलाई हामीले त्यस प्रकोपबाट बचाएनौं बरु त्यस प्रकोपमा सर्वनाश हुन छोडिदियौं ।
५८. हामीले तिनीहरूमाथि आकाशबाट ढुङ्गा बर्सायौं । प्रकोपबाट डराइए पनि चेत नलिएका मानिसरहरूका लागि यो अति नै नराम्रो र विनाशकारी वर्षा थियो ।
५९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्, सबै प्रशंसा अल्लाको लागि जसले वरदान दिनुभयो र मेरा साथीहरू (रजियल्लाहु अन्हुम्) लाई त्यस प्रकोपबाट सुरक्षित राख्नुभयो जसमा लूत र सालेह (अलैहिमस्सलाम) का समुदायहरू ग्रस्त भए । के वस्तविक पूज्य र सम्राट अल्लाह श्रेष्ठ हुनुहुन्छ वा बहुदेववादीहरूले पुज्ने गरेका भगवानहरू, जो न त केही फाइदा पुर्याउन सक्छन् न हानि नै ?!
६०. हे मानव हो ! के यस्तो अल्लाहसँग अन्य कुनै ईश्वर साझेदार हुन सक्छ जसले बिना कुनै अघिल्लो उदाहरण आकाशहरू र पृथ्वी बनाउनुभयो, तिमीहरूका लागि आकाशबाट पानी बर्साउनुभयो र त्यस वर्षाको पानीबाट सुन्दर बगैँचाहरू उमार्नु भयो । तिमीहरू ती बगैँचाहरूका रूखहरू उमार्ने सामर्थ्य राख्दैनौ ?! यस्तो अल्लाहसँग कोही साझेदार हुन सक्दैन । बरु तिनीहरू सत्यबाट फिरेका मानिसहरू हुन् जो अत्याचार गर्दै सृष्टिकर्ता र सृष्टिहरूलाई एकसमान बनाउँदैछन् ।
६१. अल्लाहले नै पृथ्वीलाई स्थिर बनाउनुभयो जसले गर्दा त्यसमाथि रहेका वस्तुहरू हल्लिदैनन् । उहाँले नै त्यसमा कलकल बगिरहेका नदीहरू र स्थिर रहेका पहाडहरू बनाउनुभयो र समुद्रका नुनिलो तथा मीठो भागबीच पर्दा बनाउनुभयो जसले गर्दा दुवै किसिमका पानी एक अर्कामा मिसिदैनन्, ताकि मीठो पानी न बिग्रोस् बरु पिउने योग्य रहोस् । के यस्तो अल्लाहसँग यी सबै बनाउने अन्य कोही साझेदार हुन सक्छ ?! कदापि हुन सक्दैन, तर अधिकांश मानिसहरू जान्दैनन् । तिनीहरूले जानेको भए सृष्टिहरूमध्ये कसैलाई अल्लाहसँग साझेदार ठहर गर्दैन थिए ।
६२. अल्लाहले नै दुःखी मानिसहरूका दुःखलाई समाप्त पार्नुहुन्छ, रोगी र गरिब मानिसहरूको सङ्कट समाप्त पार्नुहुन्छ, धर्तीमा तिमीहरूको एक पीढीलाई अर्को पीढीको वारिस बनाउनुहुन्छ । के यस्तो अल्लाहसँग यी सबै गर्ने अन्य कोही साझेदार हुन सक्छ ?! कदापि हुन सक्दैन । तिमीहरूमध्ये थोरैले उपदेश ग्रहण गर्छ ।
६३. अल्लाहले नै तिमीहरूलाई थल तथा जलका अन्धकारहरूमा विभिन्न चिन्हहरू र ताराहरूबाट मार्ग देखाउनुहुन्छ । उहाँ नै वर्षाअघि वर्षाको शुभ-सूचना दिने हावा चलाउनुहुन्छ । अल्लाह यस वर्षाद्वारा भक्तहरूमाथि कृपा गर्नुहुन्छ । के यस्तो अल्लाहसँग यी सबै बनाउने अन्य कोही भगवान हुन सक्छ ?! यिनीहरूले ठहर गरेका सबै साझेदारहरूबाट अल्लाह पवित्र हुनुहुन्छ ।
६४. अल्लाह नै आमाको गर्भमा विभिन्न चरणहरूमा मानवको सृष्टि शुरु गर्नुहुन्छ, उसलाई मृत्यु दिनुहुन्छ, फेरि जीवित पार्नुहुनेछ । उहाँ नै आकाशबाट वर्षा बर्साएर र भूमिबाट बाली नाली उमारेर जीविका प्रदान गर्नुहुन्छ । के यस्तो अल्लाहसँग यी सबै बनाउने अन्य कोही भगवान हुन सक्छ र ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्− तिमीहरूले गरिराखेको शिर्कको पुष्टिको लागि प्रमाणहरू पेश गर यदि तिमीहरू नितान्त सत्यमा छौ भन्ने आफ्नो दावीमा सच्चा छौ भने ।
६५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− आकाशहरूमा रहेका फरिश्ताहरू र धर्तीमा रहेका मानव परोक्षको बारेमा केही जान्दैनन्, अल्लाह मात्र जान्नुहुन्छ । हिसाब किताबको लागि कहिले पुनर्जन्म हुनेछ भन्ने कुरा मात्र अल्लाहलाई थाहा छ । आकाशहरू र पृथ्वीमा रहेको अन्य कोही पनि जान्दैन ।
६६. के तिनीहरूसँग आखिरतको बारेमा ज्ञान छ कि त्यसमा तिनीहरू विश्वास गरुन् ? छैन, बरु तिनीहरू आखिरतको बारेमा शङ्कामा हैरान छन् । बरु तिनीहरूको आँखा यसबारेमा अन्धा छन् ।
६७. काफिरहरूले इन्कार गर्दै भने− के त्यतिखेर हामीहरूलाई जीवित पारेर उठाउन सम्भव छ र जब हामीहरू मरेर माटो भइहाल्छौं ?!
६८. हामीहरू सबैको पुनर्जन्म हुनेछ भन्ने कुराको वाचा हामीहरूसँग पनि गरियो र हाम्रा पूर्वजहरूसँग पनि गरियो, तर खोइ त, हाम्रो पुनर्जन्मको वाचा त पूरा भएन । यी झूठा वाचाहरू हुन् जसलाई विगतका मानिसहरूले रचेर किताबमा लेखेका छन् ।
६९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! पुनर्जन्मको इन्कार गर्नेहरूलाई भन्नुहोस्− धर्तिमा जतातिर हिँड डोल गर र अपराधि तथा पुनर्जन्मको इन्कार गर्नेहरूको परिणाममा विचार गर । झूठो ठहर गरेको कारणले हामीले तिनीहरूको सर्वनाश गर्यौं ।
७०. तपाईंको आह्वानबाट बहुदेववादीहरू विमुख भएमा चिन्ता नगर्नुहोस् । तिनीहरूको चलखेलप्रति तपाईंको छाती सञ्कुचित नहोस् । तिनीहरूको मुकाबिलामा अल्लाहले तपाईंको मद्दत गर्नुहुनेछ ।
७१. पुनर्जन्मको इन्कार गर्ने काफिरहरू भन्छन्− यदि तपाईं आफ्नो दावीमा सच्चा हुनुहुन्छ भने तपाईं र मोमिमिनहरूले गरेको प्रकोपको वाचा कहिले पूरा हुन्छ ?
७२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्, जुन प्रकोपको लागि तिमीहरू हतार गर्दैछौ, आशा छ त्यसको केही अंश चाँडै नै आउनेछ ।
७३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता मानिसहरूमाथि कृपा गर्नुहुन्छ र तिनीहरूको कुफ्र र अवज्ञाका बावजुद सजाय दिनमा हतार गर्नुहुन्न । तर अधिकांश मानिसहरू अल्लाहका वरदानहरूप्रति आभार प्रकट गर्दैनन् ।
७४. निस्सन्देह अल्लाह भक्तहरूले मनमा लुकाएका र प्रकट गरेका कुराहरू जान्नुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन । उहाँले चाँडै नै यसको बदला दिनुहुनेछ ।
७५. मानिसहरूबाट जुनसुकै वस्तु पनि आकाशमा ओझेलमा छ वा पृथ्वीमा ओझेलमा छ ती सबै एउटा स्पष्ट किताब लौहे महफूज (सुरक्षित बही खाता) मा सुरक्षित छ ।
७६. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गरिएको कुरआन ती अधिकांश कुराहरूलाई स्पष्ट पार्छ जसको बारेमा बनी इस्राईल विभेद गर्छन् ।
७७. निस्सन्देह कुरआन ईमान ल्याएर सत्कर्म गर्नेहरूका लागि मार्गदर्शन र कृपा हो ।
७८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ताले महाप्रलयको दिन मोमिन र काफिरबीच निसाफका साथ निर्णय गर्नुहुनेछ । अनि मोमिनमाथि कृपा गर्नुहुनेछ र काफिरलाई सजाय दिनुहुनेछ । अल्लाह प्रभुवशाली हुनुहुन्छ, कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँ सर्वज्ञ हुनुहुन्छ, सत्यवादी र असत्यवादीबीच फरक गर्नमा शङ्कामा पर्नुहुन्न ।
७९. अतः अल्लाहमाथि भरोसा गर्नुहोस्, आफ्ना सबै मामिलाहरूमा उहाँमाथि भरोसा गर्नुहोस् । निस्सन्देह तपाईं स्पष्ट सत्यमा हुनुहुन्छ ।
८०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं यस्ता मानिसहरूलाई सुनाउन सक्नुहुन्न जसका हृदय अल्लाहको इन्कारको कारणले मरिसकेका छन् । तपाईंले विमुख भएका मानिसहरूलाई पनि आफ्नो आह्वान सुनाउन सक्नुहुन्न जसको सुन्ने क्षमतालाई अल्लाहले बहिरा बनाउनुभयो ।
८१. नितान्त सत्य देख्नबाट अन्धो भएका मानिसहरूलाई पनि तपाईंले सीधा मार्ग देखाउन सक्नुहुन्न । यस्ता मानिसहरूको चिन्ता नलिनुहोस् र आफूलाई थकित नपार्नुहोस् । तपाईंले यस्ता मानिसहरूलाई मात्र सत्य बुझाउन सक्नुहुन्छ जो हाम्रा निशानीहरूमा विश्वास गर्छन् र अल्लाहका आदेशहरूप्रति समर्पित छन् ।
८२. महाप्रलय नजिक आउँदा जब दुष्ट मानिसहरू मात्र बच्नेछन् जसलाई तिनीहरूको कुफ्र र अवज्ञाको कारणले अल्लाहको प्रकोपले अनिवार्यरूपमा समात्नेछ तब हामीले महाप्रलयको चिन्हस्वरूप यस्तो जनावरलाई निकाल्नेछौं जसले मानिसहरूसँग कुरा गर्नेछ र मानिसहरूले उसको कुरालाई बुझ्नेछन् । निस्सन्देह काफिर मानिसहरू हाम्रा नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित निशानीहरूको पुष्टि गरिरहेका थिएनन् ।
८३. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! महाप्रलयको दिनलाई स्म्रण गर्नुहोस्, जब हामीले सबै समुदायहरूबाट हाम्रा निशानीहरूको इन्कार गरेका ठूला बडाहरूको जमातलाई भेला गर्नेछौं । तिनीहरूका शुरुका मानिसहरूलाई अन्ततर्फ फर्काइनेछ र सबैलाई हिसाब किताबको लागि लगिनेछ ।
८४. तिनीहरूलाई निरन्तर हाँकेर लगिनेछ, जब तिनीहरूको हिसाबको स्थान आउनेछ तब अल्लाहले निन्दा गर्दै भन्नुहुनेछ− के तिमीहरूले मेरा ती श्लोकहरूको इन्कार गर्यौ, जसमा एक अल्लाहको भक्तिको आह्वान थियो र जो मेरो कानुनमा आधारित थिए । यो असत्य हो भन्ने कुराको ज्ञान पनि तिमीहरूसँग थिएन । यो साँच्चिकै असत्य हो भन्ने कुराको ज्ञान तिमीहरूसँग भएको भए यसलाई झूठो ठहर गर्न सक्ने थियो । के तिमीहरू यी निशानीहरूको पुष्टि गर्दै थियौ वा झूठो ठहर गर्दैथियौ ?
८५. तिनीहरूले अल्लाह र उहाँका निशानीहरूलाई झूठो ठहर गरेर अत्याचार गरेको कारणले तिनीहरूमाथि प्रकोप अवतरण भयो । तिनीहरू बाध्य भएको र तिनीहरूका प्रमाणहरू गलत सिद्ध भएको कारणले आफ्नो बचावको लागि केही भन्ने अवस्थामा हुने छैनन् ।
जब तिनीहरूले पुनर्जन्मको इन्कार गरे तब अल्लाहले पुनर्जन्म हुन्छ भन्ने कुरालाई तिनीहरूको सुत्ने र जाग्ने कार्यबाट सिद्ध गर्नुभयो । सुत्नु मृत्यु हो र जाग्नु पुनर्जन्म हो । अल्लाहले भन्नुभयो−
८६. पुनर्जन्मको इन्कार गर्नेहरूले यस कुरामा विचार गरेनन्, निस्सन्देह हामीले रातिलाई बनायौं ताकि तिनीहरूले त्यसमा सुतेर आराम गरुन् । हामीले दिनलाई प्रकाशमय बनायौं ताकि तिनीहरू त्यसमा हेर्न सकुन् र काम काजको लागि भाग दौड गर्न सकुन् । निस्सन्देह यस पटक पटकको मृत्यु र पुनर्जन्ममा ईमान ल्याउनेहरूका लागि स्पष्ट निशानीहरू छन् ।
८७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् त्यस दिनलाई जुन दिन शङ्ख फुक्ने फरिश्ताले दोस्रो पटक शंखमा फुक्नेछ । अनि आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरू डराउनेछन्, सिवाय ती वस्तुहरू जसलाई अल्लाहले आफ्नो विशेष कृपाबाट जोगाउनुहुनेछ । त्यस दिन अल्लाहका सबै प्राणीहरू आत्म-समर्पण गरेर र अपमानित भएर अल्लाहकहाँ आउनेछन् ।
८८. त्यस दिन तपाईंले जमेको पहाडलाई बादल जस्तै तेज गतिमा हिँडिरहेको देख्नुहुनेछ, यो अल्लाहले बनाउनु भएका वस्तुहरू हुन् । अल्लहले नै तिनीहरूलाई हल्लाउनुहुन्छ । तिमीहरूले गरिराखेका कार्यहरूसित उहाँ अवगत हुनुहुन्छ । तिमीहरूको कुनै पनि कार्य उहाँबाट लुकेको छैन । उहाँले चाँडै नै त्यसको बदला दिनुहुनेछ ।
८९. महाप्रलयको दिन ईमान र सत्कर्म लिएर आउनेहरूका लागि स्वर्ग हुनेछ । उनीहरूलाई अल्लाहले महाप्रलयको डरबाट सुरक्षित राख्नुहुनेछ ।
९०. कुफ्र र अवज्ञा लिएर आउनेहरूलाई त्यस दिन अनुहारको बलले घिसारिँदै नर्कमा फ्याकिनेछ । तिनीहरूको निन्दा गर्दै र तिनीहरूलाई अपमानित गर्दै भनिनेछ− तिमीहरूले संसारमा गरिराखेका कुफ्र र अवज्ञाको सजाय मात्र तिमीहरूलाई दिइनेछ ।
९१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्− हामीलाई मात्र मक्काका पालनकर्ताको भक्तिको आदेश मिलेको छ, जसलाई उहाँले प्रतिष्ठत बनाउनुभएको छ । त्यसमा रगत बगाइदैन, त्यसमा कसैमाथि अत्याचार गरिदैन, कुनै शिकारलाई मारिदैन, त्यहाँका रूखहरूलाई काटिदैन, हरेक वस्तुमाथि उहाँकै सत्ता-शासन छ । मलाई यो आदेश पनि मिलेको छ कि एकाग्र भएर मात्र अल्लाहकै आदेशको पालना गरुँ ।
९२. मलाई कुरआनको पाठ गर्ने आदेश भएको छ । अनि जसले त्यसका शिक्षाबाट मार्गदर्शन प्राप्त गर्छ र त्यस अनुसार कर्म गर्छ त्यसको फाइदा उसैलाई पुग्छ । पथभ्रष्टहरू कुरआनको शिक्षालाई मन पराउँदैनन् र त्यस अनुसार कर्म गर्दैनन् । तिनीहरूलाई के भन्नुहोस् भने− म डराउनेहरूमध्ये हुँ, तिमीहरूलाई अल्लाहको प्रकोपबाट डराउउँदैछु । तिमीहरूको मार्गदर्शन मेरो हातमा छैन ।
९३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्, अल्लाहका अनगन्ति वरदानहरूको कारणले सबै प्रशंसाहरू उहाँकै लागि हुन् । अल्लाहले चाँडै नै आफ्ना निशानीहरू तिमीहरू भित्र पनि देखाउनुहुनेछ र आकाश, पृथ्वी तथा जीविकामा पनि देखाउनुहनेछ । अनि तिमीहरूले त्यसलाई जान्नेछौ र त्यसले गर्दा सत्मार्ग पाउनेछौ । तिमीहरूले गरिराखेका कार्यहरूलाई अल्लाह राम्ररी जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले त्यसको बदला दिनुहुनेछ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें