शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अलिफ० लाम० मीम० रा० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस सूरहका उच्च आयतहरू र कुरआन सत्य हुन्, यसमा कुनै शङ्का छैन । यो अल्लाहको तर्फबाट अवतरण भएको कुरामा पनि कुनै शङ्का छैन । तर, अधिकांश मानिसहरू घमण्ड र शत्रुताको कारणले ईमान ल्याउँदैनन् ।२. अल्लाहले नै बिना कुनै दृश्य स्तम्भ आकाशहरूलाई माथि उठाउनुभयो । फेरि उहाँ आफ्नो अर्श (सिंहासन) माथि आफ्नो शान अनुसार बिराजमान हुनुभयो । उहाँले नै सूर्य र चन्द्रमालाई सृष्टिको सेवामा नियमित खटाउनुभयो । सूर्य र चन्द्रमा दुवै एउटा निर्धारित समयको लागि कार्यरत छन् । अल्लाह आफ्नो चाहना अनुसार आकाशहरू र पृथ्वीमा सम्पूर्ण कार्य सञ्चालन गरिराख्नु भएको छ । उहाँ आफ्नो शक्ति स्पष्ट पार्ने निशानीहरू बताउनुहुन्छ । आशा छ, तिमीहरूले महाप्रलयको दिन आफ्ना पालनकर्तासँगको भेटमा विश्वास गर्नेछौ र यसको लागि सत्कर्म गरेर तयारी गर्नेछौ ।३. अल्लाहले नै पृथ्वीलाई फराकिलो पार्नुभयो । उहाँले त्यसमा स्थिर पहाड बनाउनुभयो ताकि त्यो मानिसहरूलाई लिएर नहल्लिओस् । उहाँले त्यसमा नदीहरू बनाउनुभयो ताकि त्यसका पानीलाई मानव, जनावर र बोट बिरुवाहरूले पिउन् । उहाँले जसरी जनावरहरूमा भाले पोथी बनाउनुभयो त्यस्तै सबै फल फुलहरूका जोडा बनाउनुभयो । उहाँले नै दिनलाई रातबाट छोप्नुहुन्छ जसले गर्दा त्यो अन्धकार हुनपुग्छ । निस्सन्देह चिन्तन मनन गर्नेहरूका लागि यी सबैमा प्रमाणहरू छन् । उनीहरू नै ती प्रमाणहरूबाट फाइदा उठाउँछन् ।४. पृथ्वीमा एक अर्कासित मिलेका विभिन्न प्रकारका भू-भागहरू छन् । पृथ्वीमा अंगुरका बगैंचा, खेतीबाडि र खजुरका रूखहरू छन् । एउटै जरोमा विभिन्न रूखहरू छन् भने एउटा जरोमा एउटै रूख पनि छ । यी सबै बगैँचा र खेतीहरू एकसमान पानीले सिंचाइ गरिन्छन् । तर हामी केही फललाई धेरै स्वादिष्ट र बढी लाभदायक बनाइदिन्छौं र केहीलाई कम स्वादिष्ट र कम लाभदायक । निस्सन्देह यसमा विवेकले काम लिने व्यक्तिहरूका लागि प्रमाणहरू छन् । किनभने यस्ता व्यक्तिहरू नै उपदेश ग्रहण गर्छन् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईं आश्चर्य मान्नुहुन्छ भने पुनर्जन्मलाई झूठो ठहर गर्नेहरूमाथि आश्चर्य गर्नुहोस् । तिनीहरू भन्छन्– के जब हामी मरेपछि सडेर माटो बनिसकेका हुनेछौं तब के हामी पुनः सृष्टि गरिनेछौं ?! यिनीहरू नै हुन् जसले आफ्ना पालनकर्ताको इन्कार गरेका छन् । यिनीहरूका गर्धनमा महाप्रलयकोको दिन आगोको नेल हालिनेछ । यिनीहरू नै नर्कबासी हुन् जहाँ सदा सर्वदा रहनेछन् । यिनीहरू कहिले मर्ने छैनन् । यिनीहरूबाट यातना पनि हटाइने छैन ।६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरू प्रकोपको लागि हतार गर्दैछन् । तिनीहरू आफ्नो भाग्यमा लेखिएको वरदान पूरा हुनुअघि प्रकोप टारियोस् भन्न चाहन्छन् । यसअघि कैयौं समुदाहरूलाई प्रकोपले समाति सकेका छन् । तर तिनीहरू यसबाट उपदेश लि रहेका छैनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताले मानिसहरूका अत्याचारको बावजुद तिनीहरूलाई माफ गर्नुहुन्छ, तत्कालै प्रकोप पठाउनुहुन्न ताकि तिनीहरूले तौबा गरुन् । उहाँ कुफ्रमा जिद्दी गर्नेहरू र तौबा नगर्नेहरूलाई कठोर दण्ड दिनुहुन्छ । ७. काफिरहरू शत्रुतामा भन्दछन्– मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि उहाँका पालनकर्ताको तर्फबाट कुनै चमत्कार किन अवतरण गरिएन जसरी मूसा र ईसा (अलैहिमस्सलाम) माथि अवतरण गरिए ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहोस्– तपाईं मात्र सचेतक हुनुहुन्छ । मानिसहरूलाई अल्लाहको प्रकोबाट डराउनुहुन्छ । तपाईंसँग ती चमत्कारहरू मात्र छन् जो अल्लाहले तपाईंलाई दिनुभएको छ । प्रत्येक समुदायको लागि एकजना सन्देष्टा छन् जो तिनीहरूलाई सत्यको निर्देशन दिन्छन् ।८. प्रत्येक गर्भवतीको गर्भमा के छ, त्यसमा के घट बढ हुन्छ, स्वस्थ्य छ कि रोगी छ भन्ने कुराको ज्ञान अल्लाहलाई छ । उहाँनजिक हरेक चिज निश्चित मापमा छ । त्यसमा घट बढ हुँदैन । ९. अल्लाह मानिसहरूले महसूस गरि राखेका वस्तुहरूलाई पनि जान्नुहुन्छ र उनीहरूले महसूस नगरेका वस्तुहरूलाई पनि जान्नुहुन्छ । उहाँ आफ्ना गुण र नाममा महान हुनुहुन्छ । उहाँ सबै सृष्टिहरूभन्दा आफ्नो अस्तित्व र गुणमा उच्च हुनुहुन्छ ।१०. हे मानव ! अल्लाह गोप्य कुराहरू पनि जान्नुहुन्छ । तिमीहरूमध्ये कसैले सानो स्वरमा कुरा गरोस् वा ठूलो स्वरमा, कोही रातको अन्धकारमा लुकेको होस् वा दिनको उज्यालोमा हिंडडुल गरिरहेको होस्, अल्लाह सबैलाई जान्नुहुन्छ । ११. प्रत्येक व्यक्तिको अगाडि र पछाडि उहाँले फरिश्ताहरू खटाउनुभएको छ, जो अल्लाहको आदेशले पालै पालो उसको रेखदेख गर्छन् । कसैको पालो रातमा हुन्छ भने कसैको दिनमा । उनीहरू मानवका सत्कर्म र दुष्कर्महरूलाई लेख्छन् । अल्लाहले कुनै समुदायको राम्रो अवस्थालाई नराम्रो अवस्थामा तबसम्म परिवर्तन गर्नुहुन्न जबसम्म उसले स्वयम् आफ्नो अवस्थालालाई बदलदैन । जब अल्लाहले कुनै समुदायमाथि कुनै प्रकोप ल्याएर सखाप पार्ने निर्णय गर्नुहुन्छ तब त्यसलाई कसैले बचाउन सक्दैन । हे मानव ! अल्लाहबाहेक कोही पनि तिमीहरूको मित्र छैन जसले तिमीहरूका सङ्कटहरूको निवारण गर्न सकोस् । अतः अल्लाहकै शरण खोज ।१२. हे मानव ! अल्लाह नै तिमीहरूलाई बिजुलीको चमक देखाउनुहुन्छ । चट्याङ्गले गर्दा तिमीहरूभित्र डर उत्पन्न हुन्छ र वर्षाले गर्दा आशा पनि जाग्दछ । उहाँ नै मुसलधारे वर्षाले भरेको बाक्लो बादलहरू सृजना गर्नुहुन्छ ।१३. बिजुलीको गर्जन र फरिश्ताहरू पनि अल्लाहकै डरले उहाँको प्रशंसाका साथ पवित्रताको गुणगान गर्छन् । उहाँ नै जसमाथि चाहनुहुन्छ ज्वलन्त चट्याङ्ग पठाउनुहुन्छ । काफिरहरू एकेश्वरवादमा वाद-विवाद गर्छन् । अल्लाह अति सर्वशक्तिमान हुनुहुन्छ ।१४. मात्र एक अल्लाहलाई नै पुकार्नु सत्य हो । उहाँसँग कोही साझेदार छैन । उहाँबाहेक बहुदेववादीहरू जुन देवी देवताहरूलाई पुकार्छन् तिनीहरूले कुनै जवाफ दिन सक्दैनन् । मूर्तीहरूलाई पुकार्नु यस्तै हो जस्तै कुनै तिर्खालु पानीतर्फ आफ्नो हात फैलाउँछ ताकि उसको मुखमा पानी पुगोस् । जबकि पानीतर्फ हात फैलाएमा पानी मुखमा पुग्दैन । काफिरहरूको मूर्तीहरूलाई पुकार्नु खेर नै जान्छ । किनभने तिनीहरू न त लाभ पुर्याउन सक्छन् न हानिलाई टार्न सक्छन् ।१५. आकाशहरू र धर्तीमा रहेका सृष्टि, मोमिन र काफिर सबै अल्लाहसमक्ष नतमस्तक हुन्छन् । मोमिन इच्छापूर्वक र काफिर विवश भएर अल्लाहसमक्ष झुक्छन् । छायाँ-धारी सृष्टिहरूका छायाँहरू पनि बिहान र बेलुका उहाँसमक्ष नै झुक्छन् ।१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहसँग अरूको भक्ति गर्नेहरूलाई सोध्नुहोस्– आकाशहरू तथा धर्तीका सृष्टिकर्ता र यी दुवैका मामिला सञ्चालनकर्ता को हुन् ? भनिदिनुहोस्– अल्लाह मात्र यी दुवैका सृष्टिकर्ता र यी दुवैका मामिलाका सञ्चालनकर्ता हुनुहुन्छ । तिमीहरू यस कुरालाई स्वीकार गर्छौ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्– के तिमीहरूले अल्लाहलाई छोडेर यस्ता चिजहरूलाई आफ्नो मित्र बनाएका छौ जसलाई स्वयम् आफ्नो लाभ र हानिको पनि सामर्थ्य छैन ? यदि तिनीहरू स्वयमलाई लाभ र हानि पुर्याउन सक्दैनन् भने अरूलाई कसरी पुर्याउन सक्छन् ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तिनीहरूलाई सोध्नुहोस्– के दृष्टिहीन काफिर र दृष्टिवान मोमिन एक समान हुन सक्छन् ? के अन्धकार अर्थात कुफ्र र प्रकाश अर्थात इस्लाम एक समान हुन सक्छन् ? के तिनीहरूले अल्लाहसँग साझेदार ठहर गरेकाछन् ? के जसरी अल्लाहले सृष्टि गर्नुभएको छ त्यस्तै ती साझेदारहरूले पनि केही सृष्टि गरेका छन् अनि तिनीहरूलाई सृष्टिहरूबीच फरक छुट्याउन गाह्रो भइरहेको छ ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्– अल्लाह मात्र यी सबैका सृष्टिकर्ता हुनुहुन्छ । उहाँको सृष्टिमा कोही साझेदार छैन । उहाँ मात्र भक्ति योग्य हुनुहुन्छ । उहाँ हरेक वस्तुमाथि प्रभुत्व राख्नुहुन्छ ।१७. अल्लाह असत्य समाप्त हुनेछ र सत्य कायम रहनेछ भन्ने कुराको उदाहरण वर्षाबाट दिनुहुन्छ । जब आकाशबाट वर्षा हुन्छ तब सबै साना ठूला नदी नालाहरूबाट पानी बाढी बनेर बग्छ र फोहर मैलालाई बगाइदिन्छ । अल्लाहले यसको दोस्रो उदाहरण दिनुभयो– जब मानिसहरू हात-हतियार र गर-गहना बनाउनको लागि फलाम वा धातुलाई आगोमा तताउँछन् तब त्यसबाट फीँजहरू निस्कन्छन् । त्यसरी नै अल्लाहले सत्य र असत्यलाई जुधाउनुहुन्छ । फोहर र फीँज जस्तै असत्य समाप्त हुन्छ । मानिसहरूका लागि लाभदायक पानी र असल धातु बाँकी रहनु जस्तै सत्य बाँकी रहन्छ । यसरी अल्लाह उदाहरणहरू दिएर सत्य र असत्यलाई स्पष्ट पार्नुहुन्छ ।१८. अल्लाहको आह्वान स्वीकार गरेर उहाँको आज्ञापालन गर्ने मोमिनहरूका लागि स्वर्ग छ । अल्लाहको आह्वानलाई अस्वीकार गर्ने अवज्ञाकारी काफिरहरूका लागि नर्क छ । काफिरहरूले पृथ्वीमा भएका सम्पूर्ण चिज बरु त्यसभन्दा पनि बढी चिजहरूका मालिक भए पनि र नर्कबाट बच्न ती सबैलाई अर्थदण्डको रूपमा दिए पनि तिनीहरू त्यसबाट बच्न सक्दैनन् । कति नराम्रो बास-स्थान हो नर्क !१९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिन र काफिर एक समान हुन सक्दैनन् । तपाईंमाथि अवतरित कुरआन सत्य हो र त्यसमा कुनै सन्देह छैन भन्ने कुरालाई मोमिन जान्दछ । मोमिन अल्लाहका आदेशहरूको पालना गर्छ । जबकि काफिर अन्धो हुन्छ र अल्लाहको आदेशहरूको पालना गर्दैन । बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्छन् ।२०. अल्लाहको आज्ञापालन गर्ने मोमिनहरू अल्लाहसँग गरेको वाचा पूरा गर्छन् । उनीहरू अन्य मानिसहरूसँग गरेको वाचा पनि पूरा गर्छन् । उनीहरू कुनै पनि वाचा भङ्ग गर्दैनन् ।२१. उनीहरू त्यस सम्बन्धलाई जोडेर राख्छन् जसलाई अल्लाहले जोडेर राख्ने आदेश दिनुभएको छ । आफ्ना पालनकर्तासित डराएर उहाँका आदेशहरूको पालना गर्छन् र वर्जित कार्यहरूलाई त्याग्छन् । उनीहरू अल्लाहका कडा हिसाबसित डराउँछन् । जोसँग कडा हिसाब लिइयो ऊ बर्बाद भयो ।२२. मोमिनहरू अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि उहाँको आज्ञापालनमा अडिग रहन्छन् । उहाँले निर्धारित गर्नुभएको राम्रो नराम्रो भाग्यमाथि उनीहरू अडिग रहन्छन् । उनीहरू उहाँको अवज्ञाबाट बच्छन् र सलाह कायम गर्छन् । उनीहरू हामीले प्रदान गरेका सम्पत्तिमध्ये लुकेर तथा देखाएर खर्च गर्छन् । कसैले उनीहरूसँग नराम्रो व्यवहार गरेमा उपकार गरेर त्यसको बदला दिन्छन् । यस्ता मोमिनहरू महाप्रलयको दिन राम्रो बदला पाउनेछन् ।२३. यो राम्रो बदला स्वर्ग हो । उनीहरू त्यसमा मोज मस्तीका साथ सधैं रहनेछन् । उनीहरूसँग उनीहरूका सत्कर्मी पूर्वज, आमा, पत्नी र सन्तानहरू पनि प्रवेश गर्नेछन् । यसरी उनीहरूका वरदान पूरा गरिनेछन् । फरिश्ताहरू उनीहरूको अभिनन्दन गर्दै प्रत्येक ढोकाहरूबाट प्रवेश गर्नेछन् ।२४. फरिश्ताहरूले उनीहरूको अभिनन्दन सलामुन् अलैकुम, तिमीहरूले गरेको धैर्यको कारण तिमीहरूमाथि शान्ति होस् भनेर गर्नेछन् । तिमीहरूले अडिग भएर अल्लाहको आज्ञापालन गरेकोले र उहाँको अवज्ञाबाट बचेको ले तिमीहरू सबै किसिमका सङ्कटहरूबाट सुरक्षि भयो । कति उत्कृष्ट छ तिनीहरूले आखिरतमा पाएको स्वर्ग !अल्लाहले मोमिनहरूका गुणहरू वर्णन गरेपछि काफिरहरूका अवगुणहरू बताउँदै भन्नुभयो–२५. काफिरहरू अल्लाहसँग दृढ वाचा गरेपछि त्यसलाई तोड्ने गर्छन् । नातेदारीको जुन सम्बन्धलाई अल्लाहले जोड्ने आदेश दिनुभएको छ त्यसलाई तोड्ने गर्छन् । उहाँको अवज्ञा गर्दै धर्तीमा आतंक मच्चाउने गर्छन् । त्यस्ता अभागिहरू अल्लाहका कृपाबाट टाढा पारिए । तिनीहरूका लागि नराम्रो बदला छ, त्यो हो नर्क । २६. अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ थोरै जीविका प्रदान गर्नुहुन्छ । धेरै र थोरै जिविका भाग्यवानी वा अभागि हुने प्रमाण होइन । काफिरहरू सांसारिक जीवनमा नै प्रसन्न र सन्तुष्ट छन् । जबकि सांसारिक जीवन परलोकको जीवनको तुलनामा क्षणिक मोज मस्ती मात्र हो ।२७. काफिरहरू भन्छन्– मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अल्लाहको तर्फबाट देखिने खालको चमत्कार किन अवतरण गरिएन, ताकि हामी ईमान ल्याउने थियौं ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– अल्लाह जसलाई चाहनुहुन्छ निसाफको आधारमा पथभ्रष्ट गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ उनीहरूको तौबाको कारणले आफ्नो कृपाले सीधा मार्ग देखाउनुहुन्छ । मार्गदर्शन उनीहरूको हातमा छैन ।२८. मार्गदर्शन पाएका मानिसहरू मोमिनहरू हुन् । उनीहरूका हृदय अल्लाहको पवित्रताको गुणगान, प्रशंसा, कुरआनको पाठ, इत्यादि तरिकाले स्म्रणबाट सन्तुष्टि प्राप्त गर्छन् । जानिराख, अल्लाहको स्म्रणबाट नै हृदयहरू सन्तुष्ट हुने गर्छन् ।२९. यी सत्कर्मी मोमिनहरूका लागि आखिरतमा मोज मस्तीको जीवन र स्वर्ग जस्तो राम्रो बदला मिल्छ ।३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी हामीले विगतका रसूलहरूलाई उनीहरूका समुदायहरूतर्फ पठायौं, त्यसरी नै तपाईंलाई तपाईंका समुदायतर्फ पठायौं । ताकि तपाईं तिनीहरूलाई कुरआन पढेर सुनाउनुहोस् । यो कुरआन हामीले तपाईंतर्फ अवतरण गरेका छौं । तपाईं सच्चा रसूल हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्नको लागि यो किताब पर्याप्त छ । तर तपाईंको समुदाय यस निशानीको इन्कार गर्छ । किनभने तिनीहरू करुणामय अल्लाहसँग अरूलाई साझेदार बनाएर उहाँको इन्कार गर्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्, करुणामय अल्लाह जोसँग तिमीहरू अरूलाई साझेदार ठहर गर्छौ मेरा पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही पूज्य छैन । म सबै मामिलामा उहाँमाथि नै भरोसा गर्दछु र उहाँतर्फ नै फर्कन्छु ।३१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि यो स्पष्ट कुरआनमा पहाडहरूलाई हिंड्न लगाउने, पृथ्वीलाई फुटाएर त्यसबाट नदी र मूल निकाल्ने र मुर्दाहरूलाई जीवित पारेर कुरा सुन्न लगाउने गुणहरू भए पनि यिनीहरूले ईमान ल्याउने छैनन् । चमत्कारहरू अवतरण गर्ने सम्पूर्ण अधिकार अल्लाहकै हातमा छ । के यस कुराबाट मोमिनहरू अवगत छैनन्, यदि अल्लाहले चाहनुभएको भए बिना चमत्कार सबैलाई मार्गदर्शन गर्नुहुन्थ्यो ? तर अल्लाहले यस्तो चाहनु भएन । काफिरहरूमाथि र तिनीहरूका घर छेउछाउमा तिनीहरूको अवज्ञाले गर्दा कुनै न कुनै प्रकोप निरन्तर अवतरण भइरहनेछ । यहाँसम्म कि अल्लाहको तर्फबाट निरन्तर आउने यातनाको वाचा पूरा हुन्छ । अल्लाहले आफ्नो वाचा अनुसार प्रकोप अवतरण गरेरै छोडनुहुनेछ ।३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! समुदायबाट उपहास गरिने र झूठो ठहर गरिने तपाईं पहिला रसूल हुनुहुन्न । बरु तपाईंभन्दा अघि पनि रसूलहरूको उपहास गरियो र उनीहरूलाई झूठो ठहर गरियो । मैले रसूलहरूलाई झूठा ठहर गर्नेहरूलाई अवसर प्रदान गरें । तिनीहरूमाथि प्रकोप अवतरण हुने छैन भन्ने कुरा तिनीहरूले ठाने । अनि तिनीहरूलाई अवसर दिएपछि मैले तिनीहरूमाथि विभिन्न खालका प्रकोपहरू पठाएं । अनि, कस्ता थिए मेरा प्रकोपहरू ? निस्सन्देह अति कडा प्रकोपहरू थिए । ३३. के एक अल्लाह भक्तिको बढी हकदार हुनुहुन्छ वा मूर्तीहरू ? जबकि अल्लाहले नै प्रत्येक प्राणीहरूका जीविका सुरक्षित राख्नुहुन्छ र सबैका कर्महरूको रक्षा गर्नुहुन्छ । मूर्तीहरू कदापि पूज्नीय हुन सक्दैनन् । काफिरहरूले जबरजस्ती मूर्तीहरूलाई अल्लाहसँग साझेदार बनाएका छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्– यदि तिमीहरू आफ्नो दावीमा सच्चा छौ भने ती साझेदारहरूको नाम बताऊ जसको भक्ति अल्लाहसँग गर्छौ, । के तिमीहरू अल्लाहलाई यस्ता साझेदारहरूबारे सूचना दिन्छौ जसको कुनै अस्तित्व धर्तीमा छैन र जसको कुनै वास्तविक्ता छैन ? बरु काफिरहरूका लागि शैतानले तिनीहरूका कर्महरू शोभनीय बनाएको छ । अनि तिनीहरूले अल्लाहको इन्कार गरे र सत्मार्गबाट रोके । जसलाई अल्लाहले पथभ्रष्ट गर्नुहुन्छ उसलाई कसैले मार्गदर्शन गर्न सक्दैन ।३४. यस्ता व्यक्तिहरूलाई सांसारिक जीवनमा मोमिनहरूका हातबाट हत्या र कैदी बनाइएर यातना दिइनेछ । संसारका यातनाभन्दा कठोर यातना आखिरतमा दिइनेछ, जसबाट कसैले पनि बचाउन सक्दैन ।३५. अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित कार्यहरूलाई त्यागेर उहँसित डर राख्नेहरूका लागि यस्तो स्वर्ग हुन्छ जसको तलबाट नदीहरू बगिरहेका हुनेछन् । त्यसमा कहिले समाप्त नहुने फल र छहारी हुनेछन् । जबकि काफिरहरूको सजाय नर्क हुनेछ, जसमा तिनीहरू सधैं रहनेगरि पस्नेछन् ।३६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तौरात पाएका यहूदी र इन्जील पाएका ईसाईहरू तपाईंमाथि अवतरण भएका यस्ता कुराहरूसित खुशी हुन्छन् जो तिनीहरूको चाहना अनुकुल हुन्छन् । तर यस्ता कुराहरूलाई मन पराउँदैनन् जो तिनीहरूको इच्छाविपरीत हुन्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्– मलाई अल्लाहले के आदेश दिनुभएको छ भने म मात्र उहाँकै उपासना गरुं, उहाँसँग अन्य कसैलाई पनि साझेदार ठहर नगरुं, उहाँकै भक्तितर्फ मानिसहरूलाई बोलाउं, अरू कसैको भक्तितर्फ नबोलाउं । उहाँतर्फ नै मलाई फर्केर जानुछ । तौरात र इन्जीलमा पनि यही कुराहरू छन् । ३७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी हामीले विगतका रसूलहरूमाथि उनीहरूका भाषामा किताब अवतरण गर्यौं त्यसरी नै तपाईंमाथि अरबी भाषामा स्पष्ट कुरआन अवतरण गर्यौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले यो सत्य ज्ञान आएपछि तिनीहरूका चाहनाहरूको अनुसरण गर्नुहुन्छ भने तपाईंलाई जोगाउने कोही मित्र हुने छैन । अल्लाहको प्रकोपबाट बचाउने रक्षक पनि कोही हुने छैन । ३८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिले मानवमध्ये नै रसूलहरू पठायौं । तपाईं नौलो रसूल हुनुहुन्न । हामीले उनीहरूलाई पत्नी र सन्तानहरू पनि प्रदान गरेका थियौं । फरिश्ताहरूमध्ये हामीले रसूल पठाएनौं । तपाईं पनि ती रसूलहरू जस्तै मानव हुनुहुन्छ । अनि बहुदेववादीहरू तपाईंमाथि आश्चर्य किन गर्छन् ? कुनै रसूललाई अल्लाहको अनुमति बिना कुनै पनि चमत्कार ल्याउने अधिकार छैन । अल्लाहका सबै निर्णयहरू एउटा किताबमा लेखिएका छन् । हरेक मामिलाको समय निश्चित छ, जसबाट अलि पनि अगाडि पछाडि हुँदैन ।३९. अल्लाहले जुन भलाइ वा निकृष्टता तथा शुभ वा अशुभलाई चाहनुहुन्छ समाप्त पार्नुहुन्छ र जसलाई चाहनुहुन्छ बाँकी राख्नुहुन्छ । सबै कुराहरू सुरक्षित पेटिकामा उहाँसँग छ । जे पनि प्रकट हुन्छ त्यस पेटिकामा लेखे अनुसार नै प्रकट हुन्छ । ४०. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूमाथि आउने प्रकोपहरूमध्ये केही हामीले तपाईंको जीवनमा प्रकट गर्यौं र केही तपाईंको मृत्युपछि प्रकट गर्नेछौं । तपाईंको जिम्मेबारी केवल सन्देश पुर्याउनु हो । हाम्रो जिम्मामा हिसाब लिनु हो ।४१. के यी काफिरहरूले देखेनन्, हामी इस्लामलाई फैलाएर र मुस्लिमहरूलाई विजय प्रदान गरेर तिनीहरू बस्ने भू-भागको सीमालाई चारैतिरबाट सङ्कुचित पार्दैछौं । अल्लाह जे चाहनुहुन्छ आफ्ना भक्तहरूबीच निर्णय गर्नुहुन्छ । अल्लाहको आदेशमा कमि वा फेरबदल गरेर कोही पनि उहाँको निर्णयलाई टार्न सक्दैन । अल्लाह चाँडै हिसाब लिनुहुन्छ । उहाँले एकै दिनमा शुरुदेखि अन्तसम्म आउने मानिसहरूको हिसाब किताब लिनुहुनेछ ।४२. विगतका समुदायहरूले आफ्ना रसूलहरूविरुद्ध चलखेल गरे र उनीहरूले ल्याएको सन्देशलाई झूठा ठहर गरे । के तिनीहरूले आफ्ना चलखेलबाट उनीहरूको केही बिगार्न सके ? केही बिगार्न सकेनन् । किनभने काम लाग्ने योजना मात्र अल्लाहको योजना हुन्छ । अल्लाह सबै सृष्टिहरूका कर्महरूलाई जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । यी झूठा ठहर गर्नेहरूले अल्लाहमाथि ईमान नल्याएर कति भयङ्कर गलती गरेका छन् भन्ने कुरा महाप्रलयको दिन थाहा पाउनेछन् । मोमिनहरू परलोकमा राम्रो परिणामस्वरूप स्वर्ग पाउनेछन् ।४३. काफिरहरू भन्छन्– हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! तिमी रसूल होइनौ । भनिदिनुहोस्– म अल्लाहको तर्फबाट पठाइएका रसूल हुँ भन्ने कुरामाथि म र तिमीहरूबीच अल्लाहको साक्षी पर्याप्त छ र यहूदी तथा ईसाईहरूको साक्षी पर्याप्त छ । जसको साक्षि अल्लाह हुनुहुन्छ उसलाई झुठलाउनेहरूले जे भने पनि फरक पर्दैन ।
१. अलिफ० लाम० मीम० रा० ! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस सूरहका उच्च आयतहरू र कुरआन सत्य हुन्, यसमा कुनै शङ्का छैन । यो अल्लाहको तर्फबाट अवतरण भएको कुरामा पनि कुनै शङ्का छैन । तर, अधिकांश मानिसहरू घमण्ड र शत्रुताको कारणले ईमान ल्याउँदैनन् ।
२. अल्लाहले नै बिना कुनै दृश्य स्तम्भ आकाशहरूलाई माथि उठाउनुभयो । फेरि उहाँ आफ्नो अर्श (सिंहासन) माथि आफ्नो शान अनुसार बिराजमान हुनुभयो । उहाँले नै सूर्य र चन्द्रमालाई सृष्टिको सेवामा नियमित खटाउनुभयो । सूर्य र चन्द्रमा दुवै एउटा निर्धारित समयको लागि कार्यरत छन् । अल्लाह आफ्नो चाहना अनुसार आकाशहरू र पृथ्वीमा सम्पूर्ण कार्य सञ्चालन गरिराख्नु भएको छ । उहाँ आफ्नो शक्ति स्पष्ट पार्ने निशानीहरू बताउनुहुन्छ । आशा छ, तिमीहरूले महाप्रलयको दिन आफ्ना पालनकर्तासँगको भेटमा विश्वास गर्नेछौ र यसको लागि सत्कर्म गरेर तयारी गर्नेछौ ।
३. अल्लाहले नै पृथ्वीलाई फराकिलो पार्नुभयो । उहाँले त्यसमा स्थिर पहाड बनाउनुभयो ताकि त्यो मानिसहरूलाई लिएर नहल्लिओस् । उहाँले त्यसमा नदीहरू बनाउनुभयो ताकि त्यसका पानीलाई मानव, जनावर र बोट बिरुवाहरूले पिउन् । उहाँले जसरी जनावरहरूमा भाले पोथी बनाउनुभयो त्यस्तै सबै फल फुलहरूका जोडा बनाउनुभयो । उहाँले नै दिनलाई रातबाट छोप्नुहुन्छ जसले गर्दा त्यो अन्धकार हुनपुग्छ । निस्सन्देह चिन्तन मनन गर्नेहरूका लागि यी सबैमा प्रमाणहरू छन् । उनीहरू नै ती प्रमाणहरूबाट फाइदा उठाउँछन् ।
४. पृथ्वीमा एक अर्कासित मिलेका विभिन्न प्रकारका भू-भागहरू छन् । पृथ्वीमा अंगुरका बगैंचा, खेतीबाडि र खजुरका रूखहरू छन् । एउटै जरोमा विभिन्न रूखहरू छन् भने एउटा जरोमा एउटै रूख पनि छ । यी सबै बगैँचा र खेतीहरू एकसमान पानीले सिंचाइ गरिन्छन् । तर हामी केही फललाई धेरै स्वादिष्ट र बढी लाभदायक बनाइदिन्छौं र केहीलाई कम स्वादिष्ट र कम लाभदायक । निस्सन्देह यसमा विवेकले काम लिने व्यक्तिहरूका लागि प्रमाणहरू छन् । किनभने यस्ता व्यक्तिहरू नै उपदेश ग्रहण गर्छन् ।
५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईं आश्चर्य मान्नुहुन्छ भने पुनर्जन्मलाई झूठो ठहर गर्नेहरूमाथि आश्चर्य गर्नुहोस् । तिनीहरू भन्छन्– के जब हामी मरेपछि सडेर माटो बनिसकेका हुनेछौं तब के हामी पुनः सृष्टि गरिनेछौं ?! यिनीहरू नै हुन् जसले आफ्ना पालनकर्ताको इन्कार गरेका छन् । यिनीहरूका गर्धनमा महाप्रलयकोको दिन आगोको नेल हालिनेछ । यिनीहरू नै नर्कबासी हुन् जहाँ सदा सर्वदा रहनेछन् । यिनीहरू कहिले मर्ने छैनन् । यिनीहरूबाट यातना पनि हटाइने छैन ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरू प्रकोपको लागि हतार गर्दैछन् । तिनीहरू आफ्नो भाग्यमा लेखिएको वरदान पूरा हुनुअघि प्रकोप टारियोस् भन्न चाहन्छन् । यसअघि कैयौं समुदाहरूलाई प्रकोपले समाति सकेका छन् । तर तिनीहरू यसबाट उपदेश लि रहेका छैनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताले मानिसहरूका अत्याचारको बावजुद तिनीहरूलाई माफ गर्नुहुन्छ, तत्कालै प्रकोप पठाउनुहुन्न ताकि तिनीहरूले तौबा गरुन् । उहाँ कुफ्रमा जिद्दी गर्नेहरू र तौबा नगर्नेहरूलाई कठोर दण्ड दिनुहुन्छ ।
७. काफिरहरू शत्रुतामा भन्दछन्– मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि उहाँका पालनकर्ताको तर्फबाट कुनै चमत्कार किन अवतरण गरिएन जसरी मूसा र ईसा (अलैहिमस्सलाम) माथि अवतरण गरिए ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) भनिदिनुहोस्– तपाईं मात्र सचेतक हुनुहुन्छ । मानिसहरूलाई अल्लाहको प्रकोबाट डराउनुहुन्छ । तपाईंसँग ती चमत्कारहरू मात्र छन् जो अल्लाहले तपाईंलाई दिनुभएको छ । प्रत्येक समुदायको लागि एकजना सन्देष्टा छन् जो तिनीहरूलाई सत्यको निर्देशन दिन्छन् ।
८. प्रत्येक गर्भवतीको गर्भमा के छ, त्यसमा के घट बढ हुन्छ, स्वस्थ्य छ कि रोगी छ भन्ने कुराको ज्ञान अल्लाहलाई छ । उहाँनजिक हरेक चिज निश्चित मापमा छ । त्यसमा घट बढ हुँदैन ।
९. अल्लाह मानिसहरूले महसूस गरि राखेका वस्तुहरूलाई पनि जान्नुहुन्छ र उनीहरूले महसूस नगरेका वस्तुहरूलाई पनि जान्नुहुन्छ । उहाँ आफ्ना गुण र नाममा महान हुनुहुन्छ । उहाँ सबै सृष्टिहरूभन्दा आफ्नो अस्तित्व र गुणमा उच्च हुनुहुन्छ ।
१०. हे मानव ! अल्लाह गोप्य कुराहरू पनि जान्नुहुन्छ । तिमीहरूमध्ये कसैले सानो स्वरमा कुरा गरोस् वा ठूलो स्वरमा, कोही रातको अन्धकारमा लुकेको होस् वा दिनको उज्यालोमा हिंडडुल गरिरहेको होस्, अल्लाह सबैलाई जान्नुहुन्छ ।
११. प्रत्येक व्यक्तिको अगाडि र पछाडि उहाँले फरिश्ताहरू खटाउनुभएको छ, जो अल्लाहको आदेशले पालै पालो उसको रेखदेख गर्छन् । कसैको पालो रातमा हुन्छ भने कसैको दिनमा । उनीहरू मानवका सत्कर्म र दुष्कर्महरूलाई लेख्छन् । अल्लाहले कुनै समुदायको राम्रो अवस्थालाई नराम्रो अवस्थामा तबसम्म परिवर्तन गर्नुहुन्न जबसम्म उसले स्वयम् आफ्नो अवस्थालालाई बदलदैन । जब अल्लाहले कुनै समुदायमाथि कुनै प्रकोप ल्याएर सखाप पार्ने निर्णय गर्नुहुन्छ तब त्यसलाई कसैले बचाउन सक्दैन । हे मानव ! अल्लाहबाहेक कोही पनि तिमीहरूको मित्र छैन जसले तिमीहरूका सङ्कटहरूको निवारण गर्न सकोस् । अतः अल्लाहकै शरण खोज ।
१२. हे मानव ! अल्लाह नै तिमीहरूलाई बिजुलीको चमक देखाउनुहुन्छ । चट्याङ्गले गर्दा तिमीहरूभित्र डर उत्पन्न हुन्छ र वर्षाले गर्दा आशा पनि जाग्दछ । उहाँ नै मुसलधारे वर्षाले भरेको बाक्लो बादलहरू सृजना गर्नुहुन्छ ।
१३. बिजुलीको गर्जन र फरिश्ताहरू पनि अल्लाहकै डरले उहाँको प्रशंसाका साथ पवित्रताको गुणगान गर्छन् । उहाँ नै जसमाथि चाहनुहुन्छ ज्वलन्त चट्याङ्ग पठाउनुहुन्छ । काफिरहरू एकेश्वरवादमा वाद-विवाद गर्छन् । अल्लाह अति सर्वशक्तिमान हुनुहुन्छ ।
१४. मात्र एक अल्लाहलाई नै पुकार्नु सत्य हो । उहाँसँग कोही साझेदार छैन । उहाँबाहेक बहुदेववादीहरू जुन देवी देवताहरूलाई पुकार्छन् तिनीहरूले कुनै जवाफ दिन सक्दैनन् । मूर्तीहरूलाई पुकार्नु यस्तै हो जस्तै कुनै तिर्खालु पानीतर्फ आफ्नो हात फैलाउँछ ताकि उसको मुखमा पानी पुगोस् । जबकि पानीतर्फ हात फैलाएमा पानी मुखमा पुग्दैन । काफिरहरूको मूर्तीहरूलाई पुकार्नु खेर नै जान्छ । किनभने तिनीहरू न त लाभ पुर्याउन सक्छन् न हानिलाई टार्न सक्छन् ।
१५. आकाशहरू र धर्तीमा रहेका सृष्टि, मोमिन र काफिर सबै अल्लाहसमक्ष नतमस्तक हुन्छन् । मोमिन इच्छापूर्वक र काफिर विवश भएर अल्लाहसमक्ष झुक्छन् । छायाँ-धारी सृष्टिहरूका छायाँहरू पनि बिहान र बेलुका उहाँसमक्ष नै झुक्छन् ।
१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहसँग अरूको भक्ति गर्नेहरूलाई सोध्नुहोस्– आकाशहरू तथा धर्तीका सृष्टिकर्ता र यी दुवैका मामिला सञ्चालनकर्ता को हुन् ? भनिदिनुहोस्– अल्लाह मात्र यी दुवैका सृष्टिकर्ता र यी दुवैका मामिलाका सञ्चालनकर्ता हुनुहुन्छ । तिमीहरू यस कुरालाई स्वीकार गर्छौ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्– के तिमीहरूले अल्लाहलाई छोडेर यस्ता चिजहरूलाई आफ्नो मित्र बनाएका छौ जसलाई स्वयम् आफ्नो लाभ र हानिको पनि सामर्थ्य छैन ? यदि तिनीहरू स्वयमलाई लाभ र हानि पुर्याउन सक्दैनन् भने अरूलाई कसरी पुर्याउन सक्छन् ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तिनीहरूलाई सोध्नुहोस्– के दृष्टिहीन काफिर र दृष्टिवान मोमिन एक समान हुन सक्छन् ? के अन्धकार अर्थात कुफ्र र प्रकाश अर्थात इस्लाम एक समान हुन सक्छन् ? के तिनीहरूले अल्लाहसँग साझेदार ठहर गरेकाछन् ? के जसरी अल्लाहले सृष्टि गर्नुभएको छ त्यस्तै ती साझेदारहरूले पनि केही सृष्टि गरेका छन् अनि तिनीहरूलाई सृष्टिहरूबीच फरक छुट्याउन गाह्रो भइरहेको छ ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्– अल्लाह मात्र यी सबैका सृष्टिकर्ता हुनुहुन्छ । उहाँको सृष्टिमा कोही साझेदार छैन । उहाँ मात्र भक्ति योग्य हुनुहुन्छ । उहाँ हरेक वस्तुमाथि प्रभुत्व राख्नुहुन्छ ।
१७. अल्लाह असत्य समाप्त हुनेछ र सत्य कायम रहनेछ भन्ने कुराको उदाहरण वर्षाबाट दिनुहुन्छ । जब आकाशबाट वर्षा हुन्छ तब सबै साना ठूला नदी नालाहरूबाट पानी बाढी बनेर बग्छ र फोहर मैलालाई बगाइदिन्छ । अल्लाहले यसको दोस्रो उदाहरण दिनुभयो– जब मानिसहरू हात-हतियार र गर-गहना बनाउनको लागि फलाम वा धातुलाई आगोमा तताउँछन् तब त्यसबाट फीँजहरू निस्कन्छन् । त्यसरी नै अल्लाहले सत्य र असत्यलाई जुधाउनुहुन्छ । फोहर र फीँज जस्तै असत्य समाप्त हुन्छ । मानिसहरूका लागि लाभदायक पानी र असल धातु बाँकी रहनु जस्तै सत्य बाँकी रहन्छ । यसरी अल्लाह उदाहरणहरू दिएर सत्य र असत्यलाई स्पष्ट पार्नुहुन्छ ।
१८. अल्लाहको आह्वान स्वीकार गरेर उहाँको आज्ञापालन गर्ने मोमिनहरूका लागि स्वर्ग छ । अल्लाहको आह्वानलाई अस्वीकार गर्ने अवज्ञाकारी काफिरहरूका लागि नर्क छ । काफिरहरूले पृथ्वीमा भएका सम्पूर्ण चिज बरु त्यसभन्दा पनि बढी चिजहरूका मालिक भए पनि र नर्कबाट बच्न ती सबैलाई अर्थदण्डको रूपमा दिए पनि तिनीहरू त्यसबाट बच्न सक्दैनन् । कति नराम्रो बास-स्थान हो नर्क !
१९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मोमिन र काफिर एक समान हुन सक्दैनन् । तपाईंमाथि अवतरित कुरआन सत्य हो र त्यसमा कुनै सन्देह छैन भन्ने कुरालाई मोमिन जान्दछ । मोमिन अल्लाहका आदेशहरूको पालना गर्छ । जबकि काफिर अन्धो हुन्छ र अल्लाहको आदेशहरूको पालना गर्दैन । बुद्धिमानहरू मात्र उपदेश ग्रहण गर्छन् ।
२०. अल्लाहको आज्ञापालन गर्ने मोमिनहरू अल्लाहसँग गरेको वाचा पूरा गर्छन् । उनीहरू अन्य मानिसहरूसँग गरेको वाचा पनि पूरा गर्छन् । उनीहरू कुनै पनि वाचा भङ्ग गर्दैनन् ।
२१. उनीहरू त्यस सम्बन्धलाई जोडेर राख्छन् जसलाई अल्लाहले जोडेर राख्ने आदेश दिनुभएको छ । आफ्ना पालनकर्तासित डराएर उहाँका आदेशहरूको पालना गर्छन् र वर्जित कार्यहरूलाई त्याग्छन् । उनीहरू अल्लाहका कडा हिसाबसित डराउँछन् । जोसँग कडा हिसाब लिइयो ऊ बर्बाद भयो ।
२२. मोमिनहरू अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि उहाँको आज्ञापालनमा अडिग रहन्छन् । उहाँले निर्धारित गर्नुभएको राम्रो नराम्रो भाग्यमाथि उनीहरू अडिग रहन्छन् । उनीहरू उहाँको अवज्ञाबाट बच्छन् र सलाह कायम गर्छन् । उनीहरू हामीले प्रदान गरेका सम्पत्तिमध्ये लुकेर तथा देखाएर खर्च गर्छन् । कसैले उनीहरूसँग नराम्रो व्यवहार गरेमा उपकार गरेर त्यसको बदला दिन्छन् । यस्ता मोमिनहरू महाप्रलयको दिन राम्रो बदला पाउनेछन् ।
२३. यो राम्रो बदला स्वर्ग हो । उनीहरू त्यसमा मोज मस्तीका साथ सधैं रहनेछन् । उनीहरूसँग उनीहरूका सत्कर्मी पूर्वज, आमा, पत्नी र सन्तानहरू पनि प्रवेश गर्नेछन् । यसरी उनीहरूका वरदान पूरा गरिनेछन् । फरिश्ताहरू उनीहरूको अभिनन्दन गर्दै प्रत्येक ढोकाहरूबाट प्रवेश गर्नेछन् ।
२४. फरिश्ताहरूले उनीहरूको अभिनन्दन सलामुन् अलैकुम, तिमीहरूले गरेको धैर्यको कारण तिमीहरूमाथि शान्ति होस् भनेर गर्नेछन् । तिमीहरूले अडिग भएर अल्लाहको आज्ञापालन गरेकोले र उहाँको अवज्ञाबाट बचेको ले तिमीहरू सबै किसिमका सङ्कटहरूबाट सुरक्षि भयो । कति उत्कृष्ट छ तिनीहरूले आखिरतमा पाएको स्वर्ग !
अल्लाहले मोमिनहरूका गुणहरू वर्णन गरेपछि काफिरहरूका अवगुणहरू बताउँदै भन्नुभयो–
२५. काफिरहरू अल्लाहसँग दृढ वाचा गरेपछि त्यसलाई तोड्ने गर्छन् । नातेदारीको जुन सम्बन्धलाई अल्लाहले जोड्ने आदेश दिनुभएको छ त्यसलाई तोड्ने गर्छन् । उहाँको अवज्ञा गर्दै धर्तीमा आतंक मच्चाउने गर्छन् । त्यस्ता अभागिहरू अल्लाहका कृपाबाट टाढा पारिए । तिनीहरूका लागि नराम्रो बदला छ, त्यो हो नर्क ।
२६. अल्लाह आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ थोरै जीविका प्रदान गर्नुहुन्छ । धेरै र थोरै जिविका भाग्यवानी वा अभागि हुने प्रमाण होइन । काफिरहरू सांसारिक जीवनमा नै प्रसन्न र सन्तुष्ट छन् । जबकि सांसारिक जीवन परलोकको जीवनको तुलनामा क्षणिक मोज मस्ती मात्र हो ।
२७. काफिरहरू भन्छन्– मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अल्लाहको तर्फबाट देखिने खालको चमत्कार किन अवतरण गरिएन, ताकि हामी ईमान ल्याउने थियौं ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– अल्लाह जसलाई चाहनुहुन्छ निसाफको आधारमा पथभ्रष्ट गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ उनीहरूको तौबाको कारणले आफ्नो कृपाले सीधा मार्ग देखाउनुहुन्छ । मार्गदर्शन उनीहरूको हातमा छैन ।
२८. मार्गदर्शन पाएका मानिसहरू मोमिनहरू हुन् । उनीहरूका हृदय अल्लाहको पवित्रताको गुणगान, प्रशंसा, कुरआनको पाठ, इत्यादि तरिकाले स्म्रणबाट सन्तुष्टि प्राप्त गर्छन् । जानिराख, अल्लाहको स्म्रणबाट नै हृदयहरू सन्तुष्ट हुने गर्छन् ।
२९. यी सत्कर्मी मोमिनहरूका लागि आखिरतमा मोज मस्तीको जीवन र स्वर्ग जस्तो राम्रो बदला मिल्छ ।
३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी हामीले विगतका रसूलहरूलाई उनीहरूका समुदायहरूतर्फ पठायौं, त्यसरी नै तपाईंलाई तपाईंका समुदायतर्फ पठायौं । ताकि तपाईं तिनीहरूलाई कुरआन पढेर सुनाउनुहोस् । यो कुरआन हामीले तपाईंतर्फ अवतरण गरेका छौं । तपाईं सच्चा रसूल हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्नको लागि यो किताब पर्याप्त छ । तर तपाईंको समुदाय यस निशानीको इन्कार गर्छ । किनभने तिनीहरू करुणामय अल्लाहसँग अरूलाई साझेदार बनाएर उहाँको इन्कार गर्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्, करुणामय अल्लाह जोसँग तिमीहरू अरूलाई साझेदार ठहर गर्छौ मेरा पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही पूज्य छैन । म सबै मामिलामा उहाँमाथि नै भरोसा गर्दछु र उहाँतर्फ नै फर्कन्छु ।
३१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि यो स्पष्ट कुरआनमा पहाडहरूलाई हिंड्न लगाउने, पृथ्वीलाई फुटाएर त्यसबाट नदी र मूल निकाल्ने र मुर्दाहरूलाई जीवित पारेर कुरा सुन्न लगाउने गुणहरू भए पनि यिनीहरूले ईमान ल्याउने छैनन् । चमत्कारहरू अवतरण गर्ने सम्पूर्ण अधिकार अल्लाहकै हातमा छ । के यस कुराबाट मोमिनहरू अवगत छैनन्, यदि अल्लाहले चाहनुभएको भए बिना चमत्कार सबैलाई मार्गदर्शन गर्नुहुन्थ्यो ? तर अल्लाहले यस्तो चाहनु भएन । काफिरहरूमाथि र तिनीहरूका घर छेउछाउमा तिनीहरूको अवज्ञाले गर्दा कुनै न कुनै प्रकोप निरन्तर अवतरण भइरहनेछ । यहाँसम्म कि अल्लाहको तर्फबाट निरन्तर आउने यातनाको वाचा पूरा हुन्छ । अल्लाहले आफ्नो वाचा अनुसार प्रकोप अवतरण गरेरै छोडनुहुनेछ ।
३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! समुदायबाट उपहास गरिने र झूठो ठहर गरिने तपाईं पहिला रसूल हुनुहुन्न । बरु तपाईंभन्दा अघि पनि रसूलहरूको उपहास गरियो र उनीहरूलाई झूठो ठहर गरियो । मैले रसूलहरूलाई झूठा ठहर गर्नेहरूलाई अवसर प्रदान गरें । तिनीहरूमाथि प्रकोप अवतरण हुने छैन भन्ने कुरा तिनीहरूले ठाने । अनि तिनीहरूलाई अवसर दिएपछि मैले तिनीहरूमाथि विभिन्न खालका प्रकोपहरू पठाएं । अनि, कस्ता थिए मेरा प्रकोपहरू ? निस्सन्देह अति कडा प्रकोपहरू थिए ।
३३. के एक अल्लाह भक्तिको बढी हकदार हुनुहुन्छ वा मूर्तीहरू ? जबकि अल्लाहले नै प्रत्येक प्राणीहरूका जीविका सुरक्षित राख्नुहुन्छ र सबैका कर्महरूको रक्षा गर्नुहुन्छ । मूर्तीहरू कदापि पूज्नीय हुन सक्दैनन् । काफिरहरूले जबरजस्ती मूर्तीहरूलाई अल्लाहसँग साझेदार बनाएका छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भनिदिनुहोस्– यदि तिमीहरू आफ्नो दावीमा सच्चा छौ भने ती साझेदारहरूको नाम बताऊ जसको भक्ति अल्लाहसँग गर्छौ, । के तिमीहरू अल्लाहलाई यस्ता साझेदारहरूबारे सूचना दिन्छौ जसको कुनै अस्तित्व धर्तीमा छैन र जसको कुनै वास्तविक्ता छैन ? बरु काफिरहरूका लागि शैतानले तिनीहरूका कर्महरू शोभनीय बनाएको छ । अनि तिनीहरूले अल्लाहको इन्कार गरे र सत्मार्गबाट रोके । जसलाई अल्लाहले पथभ्रष्ट गर्नुहुन्छ उसलाई कसैले मार्गदर्शन गर्न सक्दैन ।
३४. यस्ता व्यक्तिहरूलाई सांसारिक जीवनमा मोमिनहरूका हातबाट हत्या र कैदी बनाइएर यातना दिइनेछ । संसारका यातनाभन्दा कठोर यातना आखिरतमा दिइनेछ, जसबाट कसैले पनि बचाउन सक्दैन ।
३५. अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित कार्यहरूलाई त्यागेर उहँसित डर राख्नेहरूका लागि यस्तो स्वर्ग हुन्छ जसको तलबाट नदीहरू बगिरहेका हुनेछन् । त्यसमा कहिले समाप्त नहुने फल र छहारी हुनेछन् । जबकि काफिरहरूको सजाय नर्क हुनेछ, जसमा तिनीहरू सधैं रहनेगरि पस्नेछन् ।
३६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तौरात पाएका यहूदी र इन्जील पाएका ईसाईहरू तपाईंमाथि अवतरण भएका यस्ता कुराहरूसित खुशी हुन्छन् जो तिनीहरूको चाहना अनुकुल हुन्छन् । तर यस्ता कुराहरूलाई मन पराउँदैनन् जो तिनीहरूको इच्छाविपरीत हुन्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्– मलाई अल्लाहले के आदेश दिनुभएको छ भने म मात्र उहाँकै उपासना गरुं, उहाँसँग अन्य कसैलाई पनि साझेदार ठहर नगरुं, उहाँकै भक्तितर्फ मानिसहरूलाई बोलाउं, अरू कसैको भक्तितर्फ नबोलाउं । उहाँतर्फ नै मलाई फर्केर जानुछ । तौरात र इन्जीलमा पनि यही कुराहरू छन् ।
३७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी हामीले विगतका रसूलहरूमाथि उनीहरूका भाषामा किताब अवतरण गर्यौं त्यसरी नै तपाईंमाथि अरबी भाषामा स्पष्ट कुरआन अवतरण गर्यौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले यो सत्य ज्ञान आएपछि तिनीहरूका चाहनाहरूको अनुसरण गर्नुहुन्छ भने तपाईंलाई जोगाउने कोही मित्र हुने छैन । अल्लाहको प्रकोपबाट बचाउने रक्षक पनि कोही हुने छैन ।
३८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिले मानवमध्ये नै रसूलहरू पठायौं । तपाईं नौलो रसूल हुनुहुन्न । हामीले उनीहरूलाई पत्नी र सन्तानहरू पनि प्रदान गरेका थियौं । फरिश्ताहरूमध्ये हामीले रसूल पठाएनौं । तपाईं पनि ती रसूलहरू जस्तै मानव हुनुहुन्छ । अनि बहुदेववादीहरू तपाईंमाथि आश्चर्य किन गर्छन् ? कुनै रसूललाई अल्लाहको अनुमति बिना कुनै पनि चमत्कार ल्याउने अधिकार छैन । अल्लाहका सबै निर्णयहरू एउटा किताबमा लेखिएका छन् । हरेक मामिलाको समय निश्चित छ, जसबाट अलि पनि अगाडि पछाडि हुँदैन ।
३९. अल्लाहले जुन भलाइ वा निकृष्टता तथा शुभ वा अशुभलाई चाहनुहुन्छ समाप्त पार्नुहुन्छ र जसलाई चाहनुहुन्छ बाँकी राख्नुहुन्छ । सबै कुराहरू सुरक्षित पेटिकामा उहाँसँग छ । जे पनि प्रकट हुन्छ त्यस पेटिकामा लेखे अनुसार नै प्रकट हुन्छ ।
४०. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूमाथि आउने प्रकोपहरूमध्ये केही हामीले तपाईंको जीवनमा प्रकट गर्यौं र केही तपाईंको मृत्युपछि प्रकट गर्नेछौं । तपाईंको जिम्मेबारी केवल सन्देश पुर्याउनु हो । हाम्रो जिम्मामा हिसाब लिनु हो ।
४१. के यी काफिरहरूले देखेनन्, हामी इस्लामलाई फैलाएर र मुस्लिमहरूलाई विजय प्रदान गरेर तिनीहरू बस्ने भू-भागको सीमालाई चारैतिरबाट सङ्कुचित पार्दैछौं । अल्लाह जे चाहनुहुन्छ आफ्ना भक्तहरूबीच निर्णय गर्नुहुन्छ । अल्लाहको आदेशमा कमि वा फेरबदल गरेर कोही पनि उहाँको निर्णयलाई टार्न सक्दैन । अल्लाह चाँडै हिसाब लिनुहुन्छ । उहाँले एकै दिनमा शुरुदेखि अन्तसम्म आउने मानिसहरूको हिसाब किताब लिनुहुनेछ ।
४२. विगतका समुदायहरूले आफ्ना रसूलहरूविरुद्ध चलखेल गरे र उनीहरूले ल्याएको सन्देशलाई झूठा ठहर गरे । के तिनीहरूले आफ्ना चलखेलबाट उनीहरूको केही बिगार्न सके ? केही बिगार्न सकेनन् । किनभने काम लाग्ने योजना मात्र अल्लाहको योजना हुन्छ । अल्लाह सबै सृष्टिहरूका कर्महरूलाई जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । यी झूठा ठहर गर्नेहरूले अल्लाहमाथि ईमान नल्याएर कति भयङ्कर गलती गरेका छन् भन्ने कुरा महाप्रलयको दिन थाहा पाउनेछन् । मोमिनहरू परलोकमा राम्रो परिणामस्वरूप स्वर्ग पाउनेछन् ।
४३. काफिरहरू भन्छन्– हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! तिमी रसूल होइनौ । भनिदिनुहोस्– म अल्लाहको तर्फबाट पठाइएका रसूल हुँ भन्ने कुरामाथि म र तिमीहरूबीच अल्लाहको साक्षी पर्याप्त छ र यहूदी तथा ईसाईहरूको साक्षी पर्याप्त छ । जसको साक्षि अल्लाह हुनुहुन्छ उसलाई झुठलाउनेहरूले जे भने पनि फरक पर्दैन ।
टिप्पणियाँ
एक टिप्पणी भेजें