सीधे मुख्य सामग्री पर जाएं

२५. सूरह अल्-फुर्कान (मक्की)

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. उहाँ उच्च हुनुहुन्छ र उहाँको अपार उदारता छ जसले आफ्नो भक्त र रसूल मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुरआनलाई सत्य र असत्य बीच फरक गर्ने बनाएर अवतरण गर्नुभयो । जस कारणले उहाँ मनुष्य र जिनको लागि रसूल हुनुहुनेछ र उनीहरूलाई अल्लाहको यातनाबाट सचेत गराउनुहुनेछ ।
२. उहाँ नै आकाशहरू र पृथ्वीको मालिक हुनुहुन्छ र उहाँले छोरा ग्रहण गर्नु भएको छैन । उहाँले सम्पूर्ण कुराको सृष्टि गर्नुभयो । अनि उहाँले आफ्नो ज्ञान र तत्वदर्शिताको आधारमा तिनीहरूलाई निर्धारित गर्नुभयो ।
३. मुश्रिकहरूले अल्लाहलाई छाडी यस्ता उपास्यहरू बनाएका छन् जसले सानो वा ठूलो कुनै पनि बस्तुको सृष्टि गरेका छैनन् बरू स्वयं सृष्टि भएका हुन् । केही नभएको अवस्थामा अल्लाहले उनीहरूको सृष्टि गरे । उनीहरू आफूमाथि आएको संकटलाई टार्न सक्दैनन्, आफ्नो कुनै फाइदा गर्न सक्दैनन्, जीवितलाई मार्न सक्दैनन्, मृतकलाई जीवित पार्न सक्दैनन् र मृतहरूलाई चिहानबाट जीवित पारेर उठाउन सक्दैनन् । 
जब उनीहरूले अल्लाहसित साझेदार ठहर गरेको कुरा उहाँले स्मरण गराउनुभयो साथै उनीहरूले उहाँको किताब र रसूलको विषयमा उनीहरूको झुकाउ स्मरण गराएर भन्नुभयोः
४. अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई नमान्नेहरूले भनेः यो कुरआन झूठ हो जुन मुहम्मदले रचेको हो र यसको आरोप अल्लाहमाथि लगाएको हो । अनि यसलाई रच्नमा अन्य व्यक्तिहरूले पनि सहयोग गरेका छन् । बरू यी काफिरहरूले झूठो कुरा रचेका हुन् । वास्तवमा, यो कुरआन अल्लाहको वाणी हो । अनि कुनै पनि मानिस र जिनले यसको उदाहरण प्रस्तुत गर्न सक्दैन ।
५. कुरआनलाई झूठो ठहर गर्नेहरूले भनेः कुरआन पहिलेका मानिहरूको कथा हो र उनीहरूले लेखेका झूठहरू हुन् जसलाई मुहम्मदले नक्कल उतारेको हो । जसको बाचन गरेर दिनको शुरूमा र अन्तमा उसलाई सुनाइन्थ्यो ।
६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठाहरूलाई भन्नुहोस्- अल्लाहले कुरआनको अवतरण गर्नुभएको हो जो आकाशहरू र पृथ्वीका सम्पूर्ण कुराहरूका ज्ञाता हुन् र तिमीहरूले सोँचे जस्तो यसलाई रचिएको होइन । अनि उहाँले पश्चाताप गर्न प्रोत्सिहित गर्दै भन्नुभयोः अल्लाह पश्चाताप गर्ने भक्तहरूलाई क्षमा गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
७. नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूठो ठहर गर्ने मुश्रिकहरूले भनेः स्वयंलाई अल्लाहको रसूल ठान्ने किन अरू मानिसहरू जस्तै खाना खान्छ ? जीविकाको खोजिमा बजारहरूमा घुम्छ । अल्लाहले ऊसित कुनै फरिश्ता किन पठाउनुभएन जसले उसको इमानदारीको पुष्टि र उसको सहयोग गर्नेछ ।
८. ऊमाथि आकाशबाट सम्पत्ति किन पठाइएन वा उसको बगैंचा किन छैन जसबाट उसले फलहरू खानेथ्यो । जसले गर्दा बजारमा हिँड्ने र जीविका खोज्ने आवश्यकताबाट ऊ मुक्त हुनेथ्यो । अत्याचारीहरूले भनेः हे मोमिनहरू ! तिमीहरूले रसूलको अनुसरण गरेका छैनौं, वास्तवमा, तिमीहरूले पागलपनले ग्रसित मान्छेको अनुसरण गरेका छौ ।
९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हेर्नुस् त, यिनीहरू कस्ता असत्य गुणहरू तपाईंको लागि प्रयोग गर्छन् ! उनीहरूले भनेः ऊ जादुगर हो । अनि भनेः ऊ जादुले ग्रसित छ । अनि भनेः ऊ पागल हो ।  तसर्थ यस कारणले उनीहरू सत्यको बाटोबाट पथभ्रष्ट भए । यिनीहरू मार्गदर्शनको अनुसरण गर्न सक्दैनन् र तपाईंको इमानदारी र विश्वसनीयतालाई झूठो ठहर गर्न सक्नेछैनन् ।
१०. अल्लाह अत्यन्तै पवित्र हुनुहुन्छ, यदि उहाँले चाहनुभयो भने उनीहरूले सुझाएका कुराहरूभन्दा उत्तम कुराहरू तपाईंलाई दिनु हुनेथ्यो । उहाँले संसारमा तपाईंलाई बगैंचाहरू दिनु हुनेथ्यो जसको महलहरूको तलतिरबाट नदीहरू बगिरहेको हुनेछ र त्यसका रूखहरूका फलहरू तपाईंले खानुहुनेछ र तपाईंले बसोबास अपनाई आनन्द प्राप्त गर्नको निम्ति महलहरू बनाउनु हुनेथ्यो ।
११. तर उनीहरूले सत्यलाई बुझ्न र प्रमाण खोज्नको लागि कुरा गरेनन् । बरू उनीहरूले कयामतको दिनलाई नकारे र कयामतलाई नकार्नेहरूका लागि हामीले आगोको विशाल ज्वाला तयार पारेका छौं ।
१२. जब काफिरहरूलाई टाढा देखि नै नर्कतिर लगिएको नर्कले हेर्नेछ उनीहरूले नर्कलाई उनीहरूलाई देखेर रिसले भयङ्कर उम्लाइ र विचलित पार्ने आवाज निकालेको सुन्नेछन् ।
१३. जब यी काफिरहरूलाई नर्कमा एउटा साँघुरो ठाउँमा उनीहरूको हातलाई उनीहरूको घाँटी वरिपरी जन्जिरले बाँधिएर फ्यालिनेछ । उनीहरूले यस अवस्थाबाट मुक्त हुने आशाले आफ्नो विनाशको लागि प्रार्थना गर्नेछन् ।
१४. हे काफिरहरू ! आज एउटा मात्र विनाशको लागि प्रार्थना नगर बरू धेरै विनाशको लागि प्रार्थना गर तर तिमीहरूको प्रार्थना सुनिने छैन । बरू तिमीहरू सदाका लागि यस पीडादायक यातनामा रहनेछौ ।
१५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई भन्नुहोस्- के तिमीहरूलाई दिने भनेको यातना उत्तम छ वा सदाका लागि रहने स्वर्ग उत्तम छ जसमा कहिल्यै समाप्त नहुने अनुकम्पा रहेको छ ? कयामतको दिन आफ्ना मोमिन भक्तहरूलाई पुण्य स्वरूप र फर्किने ठाउँको रूपमा दिने बाचा अल्लाहले गर्नुभएको छ ।
१६. यस स्वर्गमा उनीहरूले चाहेको कुरा अनुकम्पा स्वरूप प्रदान गरिनेछ । यो अल्लाहको बाचा हो । उहाँका ईशभय राख्ने भक्तहरू यसको चाहना गर्छन् र अल्लाहले यस बाचालाई पूरा गर्नुहुनेछ, असक्षम हुनुहुनेछैन ।
१७. त्यो दिन जब अल्लाहले मुश्रिकहरू, झूठाहरू र उहाँलाई छाडी जसको उपासना गरिन्छ त्यसलाई भेला पार्नुहुनेछ । झूठा उपास्यहरूलाई उनीहरूको उपासकहरूको निन्दा गर्दै भन्नुहुनेछः के मेरा भक्तहरूलाई तिमीहरूले आफ्नो उपासनाको आदेश दिएर पथभ्रष्ट पारेका हौ वा उनीहरू आफै पथभ्रष्ट भएका हुन् ?
१८. झूठा उपास्यहरूले भन्नेछन्- हे हाम्रा पालनकर्ता ! तपाईं पवित्र हुनुहुन्छ, तपाईंको कोही साझेदार छैन । हामी तपाईंबाहेक अरूलाई सहयोगी बनाउने छैनौं । तसर्थ हामी कसरी तपाईंलाई छाडी हाम्रो उपासना गर्न आह्वान गर्न सक्छौं ?! बरू तपाईंले यी मुश्रिकहरूलाई सांसारीक जीवनमा रमाउन दिनुभयो र तपाईंले यिनीहरूका पूर्वजहरूलाई अवसर प्रदान गर्नको लागि रम्न दिनुभयो  तर उनीहरूले तपाईंको सम्झनालाई बिर्से, तपाईंसँगै अरूको उपासना गरे र उनीहरू आफ्नै दुर्गतिले विनाश हुन पुगे ।
१९. अल्लाहलाई छाडी जसको उपासना तिमीहरू गर्ने गर्थ्यौ उनीहरूले तिमीहरूलाई झूठो ठहर गरिसकेका छन् । तिमीहरूले आफूलाई यातनाबाट जोगाउन सक्नेछैनौ र आफ्नो अक्षमताको कारण सहयोग प्रदान गर्न सक्नेछैनौ । हे मोमिनहरू ! तिमीहरूमध्ये जसले अल्लाहको साझेदार ठहर गरेर अत्याचार गर्नेहरूलाई कठोर यातनाको स्वाद चखाउनेछौं जस्तो यातना पहिले उल्लेख गरिएकाहरूलाई दिएका थियौं । 
जब मुश्रिकहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले खाना खानुभएकोमा र बजारमा घुम्नुभएकोमा आपत्ति जनाए, त्यसको खण्डन गर्दै अल्लाहले भन्नुभयोः
२०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिले पठाएका रसूलहरू पनि मनुष्य थिए । उनीहरू खाना खाने गर्थे र बजारहरूमा घुम्ने गर्थे । रसूलहरूमा यसो गर्ने तपाईं मात्र हुनुहुन्न । हे मानिसहरू ! हामीले तिमीहरू लाई धन, निर्धनता, स्वास्थ्य र बिरामीको भिन्नताका कारण तिमीहरूको परिक्षा लियौं । के तिमीहरू हामीले लिएको परिक्षामा धैर्य धारण गर्नेछौ जसले गर्दा अल्लाहले तिमीहरूलाई तिमीहरूको धैर्यको बदलामा पुण्य प्रदान गर्नुहुनेछ ?! धैर्य गर्ने र नगर्नेलाई एवं अनुसरण गर्ने र अवज्ञा गर्नेलाई तपाईंको पालनकर्ता जान्नुहुन्छ ।
२१. पुनर्जन्ममा विश्वास नराख्ने र हाम्रो प्रकोपबाट नडराउनेहरूले भने− हामीहरूतर्फ फरिश्ताहरू किन अवतरण गरिएन जसले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) सच्चा हुनुहुन्छ भन्ने कुरा बताउन् वा हामीहरूले अल्लाहलाई आफ्ना आँखाले देखौँ र उहाँले पनि यस बारेमा सूचित गरुन् ? तिनीहरूको ठूलो घमण्डले तिनीहरूलाई ईमान ल्याउनबाट रोकेको छ । तिनीहरूले कुफ्र र जियादतीमा सीमा नाघेका छन् ।  
२२. काफिरहरूले फरिश्ताहरूलाई आफ्ना आँखाले आफ्नो मृत्युको समयमा, बर्जख (चिहानको जीवन) मा, पुनर्जन्मको समयमा, हिसाब किताबको लागि हाँकेर लिएर जाँदा र नर्कमा जाने समयमा स्पष्ट देख्नेछन् । उक्त समयहरूमा तिनीहरूका लागि शुभ-सूचना हुँदैन । मोमिनहरूलाई शुभ-सूचना दिँदै फरिश्ताहरूले भन्नेछन्− तिमीहरूका लागि नर्क हराम गरिएको छ र अल्लाहको तर्फबाट शुभ-सूचना छ ।
२३. काफिरहरूका सत्कर्महरूतर्फ गएर तिनीहरूका कुफ्रको कारणले ती सबैलाई रद्द पारेर कामै नलाग्ने बनाइ दिनेछौं, उडि रहेका धूलो जस्तै बनाइ दिनेछौं, जसलाई देख्ने व्यक्तिले झ्यालबाट छिरि रहेको घाममा देख्छ ।
२४. स्वर्गबासी मोमिनहरू त्यस दिन उच्च स्थानमा हुनेछन् । उनीहरू ईमान ल्याएर सत्कर्म गरेको कारणले संसारमा दिउँसोको खानापछि विश्राम गरिरहेको समयमा काफिरहरूको तुलनामा राम्रो अवस्थामा रहनेछन् ।
२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् त्यस दिनलाई जब आकाश फुटेर नम्र सेतो बादल झैँ बन्नेछ र भेला हुने स्थानमा फरिश्ताहरू धेरै संख्यामा अवतरण हुनेछन् । 
२६. त्यस दिन पूर्ण र वास्तविक सत्ता-शासन करुणामय अल्लाहकै लागि हुनेछ । त्यो दिन काफिरहरूका लागि कडा हुनेछ, जबकि मोमिनहरूका लागि सहज हुनेछ । 
२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस्, त्यस दिनलाई जब अत्याचारी तपाईंको अनुसरण नगरेको पश्चातापमा आफ्नै हातलाई टोक्नेछ । उसले भन्नेछन्– मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशको अनुसरण गरेको भएं र मुक्ति-मार्ग अवलम्बन गरेको भएं कति जाति हुन्थ्यो । 
२८. उसले पश्चाताप गर्दै भन्नेछ– म त बर्बाद भएं । काफिरलाई साथी नबनाएको भएं कति जाति !
२९. यस काफिर साथीले त मलाई त्यस कुरआनबाट पथभ्रष्ट पार्यो जो मसमक्ष रसूल (सल्लल्लाहु अलैहि व सल्लम) द्वारा पुगेको थियो । शैतान मानवलाई धेरै धोका दिँदो रहेछ । जब साथीमाथि सङ्कट आउँछ तब शैतान ऊसँग कुनै वास्ता नगरी सुटुक्क भाग्छ ।
३०. महाप्रलयको दिन रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो समुदायप्रति गुनासो गर्दै भन्नुहुनेछ− हे अल्लाह ! मेरो समुदायले कुरआनलाई त्यागेको थियो ।
३१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी तपाईंले आफ्नो समुदायको तर्फबाट कष्ट पाउनुभयो र जसरी तिनीहरूले तपाईंको बाटोमा बाधा उत्पन्न गरे ठीक त्यस्तै तपाईंभन्दा अघिका सन्देष्टाहरूका लागि पनि हामीले शत्रु बनायौं । ती शत्रुहरू उनीहरूका समुदायका अपराधिहरू थिए । अल्लाह मार्गदर्शन र सहयोग गर्न पर्याप्त हुनुहुन्छ । उहाँ सत्यतर्फ मार्गदर्शन गर्नुहुन्छ र शत्रुविरुद्ध तपाईंको मद्दत गर्नुहुन्छ ।
३२. काफिरहरू भन्छन्− रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि यो कुरआन एकै चोटि किन अवतरण गरिएन ? किन थोरै थोरै अवतरण गरियो ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंको हृदयलाई बल पुर्याउन र यसलाई कण्ठ गर्न तथा बुझ्न सजिलो होस् भनेर यसलाई थोरै थोरै गरेर समयको अन्तरालका साथ अवतरण गरेका छौं ।
३३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरूले तपाईंसमक्ष जुनसुकै उदाहरण ल्याए पनि हामीले त्यसको सही जवाफ र उत्तम व्याख्या बताउनेछौं ।
३४. महाप्रलयको दिन अनुहारको बल घिसारिँदै नर्कमा फ्याँकिनेहरू नै सबै भन्दा निकृष्ट स्थानमा रहनेछन् । किनभने तिनीहरूको स्थान नर्क हुनेछ । तिनीहरू कुफ्र र पथभ्रष्टताको मार्ग अपनाएकोले तिनीहरूको मार्ग सत्यबाट अति टाढा छ ।
३५. हामीले मुसा (अलैहिस्सलाम) लाई तौरात प्रदान गर्यौं र हारून (अलैहिस्सलाम) लाई सन्देष्टा बनाएर उनको सहयोगी बनायौं ।
३६. हामीले ती दुवै जनालाई आदेश दियौं− फिरऔन र उसको समुदायकहाँ जाऊ, तिनीहरूले हाम्रो निशानीलाई झुठो ठहर गरेकाछन् । दुवै जना आदेशको पालना गर्दै तिनीहरूकहाँ पुगे र एक अल्लाहमाथि ईमान ल्याउने आह्वान गरे । तर तिनीहरू ईमान ल्याएनन् । अनि हामीले तिनीहरूलाई सर्वनाश गर्यौं ।
३७. जब नूह (अलैहिस्सलाम) लाई झूठो ठहर गरेर उनको समुदायले सबै सन्देष्टाहरूलाई झूठो ठहर गर्यो तब हामीले तिनीहरूलाई समुद्रमा डुबाएर नष्ट पार्यौं । हामीले तिनीहरूलाई नष्ट पार्ने कार्यलाई यस कुराको प्रमाण बनायौं कि हामी अत्याचारीहरूलाई पूर्णरूपमा नष्ट पार्ने सामर्थ्य राख्छौं । महाप्रलयको दिन हामीले अत्याचारीहरूका लागि कष्टकर यातना तयार पारेकाछौं । 
३८. हामीले हूद (अलैहिस्सलाम) को समुदाय आद, सालेह (अलैहिस्सलाम) को समुदय समूद, ईनार वालाहरू र यी तीनैबीच रहेका अन्य धेरै समुदायहरूलाई नष्ट पार्यौं । 
३९. विगतमा नष्ट पारिएका समुदायहरूको वर्णन र त्यसका कारणहरू हामीले यस उद्देश्यले गरेका छौं कि यी मक्काका काफिरहरूले पाठ लेउन् । तिनीहरूको कुफ्र र शत्रुताको कारणले हामीले तिनीहरूलाई पूर्णरूपमा नष्ट पार्यौं । 
४०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायबाट तपाईंलाई झूठो ठहर गर्नेहरू व्यापारको लागि सीरिया जाँदा लूत (अलैहिस्सलाम) को समुदायको नष्ट गरिएको गाउँबाट हिँड्ने गर्छन् । तर त्यसबाट पाठ लिँदैनन् । तिनीहरू अश्लील कार्य गर्दथे जसले गर्दा तिनीहरूलाई ढुङ्गा बर्साएर नष्ट पारियो । के तिनीहरू अन्धा हुन् कि तिनीहरूको परिणामलाई हेर्दैनन् ? वास्तनमा तिनीहरू पुनर्जन्ममा विश्वास राख्दैनन् जसमा हिसाब किताब लिइनेछ ।
४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब यी झूठा ठहर गर्नेहरू तपाईंलाई भेट्छन् तब ठट्टा र इन्कार गर्दै भन्छन्− के अल्लाहले यसै व्यक्तिलाई हामीहरूतर्फ रसूल बनाएर पठाउनुभएको छ र ?! 
४२. यदि हामीहरू आफ्ना भगवानहरूको पूजामा अडिग रहेनौं भने यस व्यक्तिले आफ्ना प्रमाण र तर्कहरूद्वारा चाँडै नै त्यसबाट विमुख पार्नेछ । यिनीहरूले चिहान र महाप्रलयको दिन यातना भोगेपछि चाँडै नै जान्नेछन्- को बाटो बिराएर पथभ्रष्ट भएको छ ? तिनीहरू वा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ?
४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको विचारमा जसले आफ्नो इच्छालाई ईश्वर बनाउँछ र त्यसको अनुसरण गर्छ, के तपाईंले त्यसको संरक्षक बनेर उसलाई ईमानतर्फ फेर्न सक्नुहुन्छ र कुफ्रबाट रोक्न सक्नुहुन्छ त ?!
४४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको विचारमा तपाईंले जति मानिसहरूलाई एक अल्लाहको भक्तितर्फ बोलाउनुहुन्छ के अधिकांशले त्यसलाई स्वीकार गर्ने गरी सुन्छन् र प्रमाण तथा तर्कहरूलाई बुझ्छन् त ?! होइन, बरु तिनीहरू सुन्ने, मनन गर्ने र बुझ्ने मामिलामा जनावर जस्तै छन्, बरु जनावरहरूभन्दा पनि बढी बाटो बिराएका छन् ।
४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंले अल्लाहका सृष्टिहरूका स्पष्ट निशानीहरूमा विचार गर्नु भएन, जब उहाँ पृथ्वीमा छायाँ फैलाउनुहुन्छ । यदि उहाँले छायाँलाई प्रगति नगर्ने बनाउन चाहेमा त्यो अगाडि बढन सक्दैन । हामीले सूर्यलाई त्यसमाथि प्रमाण बनाएकाछौं जसले गर्दा  छायाँ लामो र सानो हुने गर्छ ।
४६. जति जति सूर्य उच्च हुँदै जान्छ त्यति त्यति हामी छायाँलाई विस्तारै सनो पार्दै जान्छौं ।  
४७. अल्लाहले नै रातिलाई लुगा जस्तो बनाउनुभयो, जसले तिमीहरू र वस्तुहरूलाई छोप्छ । उहाँले नै निन्द्रालाई तिमीहरूका लागि आराम गर्ने माध्यम बनाउनुभयो जसले गर्दा तिमीहरू परिश्रम गरेपछि थकाइ मार्छौ । उहाँले नै दिनको समय बनाउनुभयो जसमा तिमीहरू काम काजको लागि हिँड्छौ । 
४८. अल्लाहले नै वर्षाअघि त्यसको शुभ-सूचना दिनको लागि हावा चलाउनुभयो । वर्षा भक्तहरूका लागि अल्लाहको कृपा हो । हामीले आकाशबाट पवित्र पानी बर्सायौं जसबाट तिमीहरू पवित्रता प्राप्त गर्छौ । 
४९. हामीले बन्जर भूमिमा बालि नाली र हरियाली उमार्नको लागि पानी बर्सायौं । हामीले सृष्टि गरेका धेरै जनावर र मानिसहरूलाई खुवाउनको लागि पनि पानी बर्सायौं ।
५०. हामीले कुरआनमा विभिन्न खालका प्रमाण र तर्कहरू वर्णन गरेका छौं ताकि मानिसहरूले त्यसबाट शिक्षा ग्रहण गरुन् । तर तिनीहरूमध्ये अधिकांशले सत्यसित घृणाको कारणले इन्कार गरे ।
५१. हामीले चाहेमा हरेक गाउँमा त्यहाँका बासीहरूलाई अल्लाहको प्रकोपबाट डराउनको लागि रसूल पठाउने थियौं । तर हामीले यस्तो चाहेनौं । हामीले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई सबै संसार बासीहरूका लागि रसूल बनाएर पठायौं । 
५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! काफिरहरूले गरेका सत्यको बारेमा नम्रता अवलम्बन गर्ने माग र पेश गरेका प्रस्तावबारे तिनीहरूको आज्ञापालन नगर्नुहोस् । अल्लाहतर्फ गर्ने आह्वानको क्रममा तिनीहरूले पुर्याएको कष्टप्रति धैर्य गरेर तथा दुःखलाई सहन गरेर कुरआनद्वारा तिनीहरूविरुद्ध खुबै सङ्घर्ष गर्नुहोस् ।
५३. अल्लाहले नै समुद्रमा मिठो र नूनिलो दुवै खालका पानी एकसाथ बगाउनुभयो तर दुवै किसिमका पानी एक अर्कामा न मिसियोस भनेर दुवैबीच पर्दा हाल्नुभयो ।
५४. अल्लाहले नै पुरुष र महिलाको विर्यको मिश्रणबाट मानवको सृष्टि गर्नुभयो र मानवबीच नातेदारी र ससुरालीको सम्बन्ध बनाउनुभयो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता सबै कार्यको सामर्थ्य राख्नुहुन्छ । कसैले उहाँलाई विवश पार्न सक्दैन । अल्लाहका सामर्थ्यहरूमध्ये पुरुष र महिलाको विर्यबाट मानवको सृष्टि गर्नु हो ।
५५. काफिरहरू अल्लाहलाई छोडेर मूर्तीहरूको पूजा गर्छन् । जब कि तिनीहरूले मूर्तीहरूको आज्ञापालनले कुनै फाइदा पुर्याउँदैन र तिनीहरूको अवज्ञाले कुनै हानि पुर्याउँदैन । काफिरहरू अल्लाहलाई बेखुशी पारेर शैतानको अनुसरण गर्छन् । 
५६ . हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई ईमान र सत्कर्म गरेर आज्ञापालन गर्नेहरूका लागि शुभ-सूचक बनाएर तथा कुफ्र र इन्कार गरेर अवज्ञा गर्नेहरूका लागि डराउनेवाला बनाएर पठाएका छौं ।
५७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− सन्देश पुर्याउने बापत म तिमीहरूसित कुनै पारिश्रमिक माग्दिन । कसैले आफ्नो इच्छाले अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि दान गर्छ भने गरोस् ।
५८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! सबै मामिलामा सधैं जीवित रहने अल्लाहमाथि भरोसा गर्नुहोस् । अल्लाहको प्रशंसा गर्दै उहाँको पवित्रताको वर्णन गर्नुहोस् । उहाँ आफ्ना भक्तहरूका पापबाट अवगत हुनुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन । उहाँले सबैलाई उनीहरूको कर्मको बदला दिनुहुनेछ ।
५९. अल्लाहले ६ दिनमा आकाशहरू, पृथ्वी र यी दुवैबीच रहेका वस्तुहरूको सृष्टि गर्नुभयो । त्यसपछि सिंहासनमा आफ्नो शान अनुसार विराजमान हुनुभयो । उहाँ करुणामय हुनुहुन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जे माग्नु छ उहाँसँग माग किनभने उहाँ सबै कुरासित अवगत हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन ।
६०. जब काफिरहरूलाई भनिन्छ− अर्रहमान (करुणामय अल्लाह) को लागि सज्दा गर, तब तिनीहरू भन्छन्− अर्रहमान भनेको के हो भन्ने कुरा हामीहरूलाई थाहा छैन । त्यसैले उहाँको लागि सज्दा गर्दिन । के तिमीहरूले आदेश दिएमा हामीहरूले नचिनेको अर्रहमानको सज्दा गरौं ?! सज्दाको यस आदेशले तिनीहरूलाई अल्लाहमाथि ईमानबाट झन टाढा पार्यो ।
६१. बर्कतवाला हुनुहुन्छ अल्लाह जसले आकाशमा ताराहरूका गन्तब्यहरू बनाउनुभयो । उहाँले आकाशमा प्रकाशमय सूर्य बनाउनुभयो । उहाँले नै आकाशमा चन्द्रमा बनाउनुभयो जो सूर्यको प्रकाशबाट पृथ्वीलाई प्रकाशमय बनाउँछ । 
६२. अल्लाहले नै दिन र रातलाई एकपछि अर्को पालै पालो आवत जावत गर्ने बनाउनुभयो । चाहनेले अल्लाहका यी निशानीहरूबाट पाठ लिएर सीधा मार्ग पाओस् वा उहाँका वरदानहरूप्रति आभार प्रकट गरोस् ।
अल्लाहले काफिरहरूको वर्णनपछि मोमिनहरूका गुणहरूको वर्णन गर्दै भन्नुभयो− 
६३. अल्लाहका मोमिन भक्तहरू भूमिमा नम्र चाल चल्छन् । 
६४. उनीहरू रातिलाई सज्दा गरेर र उभेर सलाह पढदै बिताउँछन् ।
६५. उनीहरू अल्लाहसँग दुआ गर्दै भन्छन्− हे हाम्रा पालनकर्ता ! हामीबाट नर्कको यातनालाई टाढा पार्नुहोस् किनभने काफिर रहेर मर्नेहरूलाई सधैंको लागि यस यातनाले समात्नेछ ।
६६. निस्सन्देह नर्कबासीहरूका लागि यो अति पीडादायी स्थान हो ।
६७. मोमिन भक्तहरू धन खर्च गर्दा  न त अपव्यय् गर्छन् न कञ्जुस्याईं नै गर्छन्, बरु मध्यमार्गी रहेर खर्च गर्छन् ।
६८. अर्रहमानका भक्तहरू अल्लाहबाहेक अन्य कसैलाई ईश्वर ठानेर पुकार्दैनन् । यस्ता मानिसहरूको हत्या गर्दैनन् जसको हत्या अल्लाहले हराम गर्नुभएको छ । अल्लाहले जसको हत्याको अनुमति दिनुभएको छ त्यसको हत्या मात्र गर्छन् । जस्तै हत्यारा, मुर्तद (इस्लामबाट फिरेको) र विवाहित व्याभिचारी । मोमिन भक्तहरू व्यभिचार गर्दैनन् । यस्ता महा पाप गर्नेहरू महाप्रलयको दिन सजायको भागीदार बन्नेछन् ।
६९. महाप्रलयको दिन तिनीहरूको यातना कय्यौं गुणा बढाइनेछ । तिनीहरू अपमानित भएर सधैंको लागि नर्कमा रहनेछन् ।
७०. तर जसले सच्चा तौबा गर्नेछन्, ईमान ल्याउनेछन् र सत्कर्म गर्नेछन् अल्लाहले उनीहरूले गरेका दुष्कर्महरूलाई सत्कर्ममा परिणत गर्नु हुनेछ । अल्लाह तौबा गर्ने भक्तहरूप्रति क्षमाशील र दयावान हुनुहुन्छ ।
७१. जसले सच्चा तौबा गर्छ र आज्ञापालन गरेर तथा अवज्ञाबाट बचेर तौबामा कायम रहन्छ उसको तौबा स्वीकार्य हुन्छ ।
७२. उनीहरू दुष्कर्म, अवज्ञा र हराम गरिएका कार्यहरू गर्दैनन् । फाल्तु कुरा र कार्यहरू भइरहेका स्थानहरूबाट हिँड्नै परेमा त्यसमा संलग्न नभएर सुटुक्क हिँडि हाल्छन् ।
७३. अल्लाहका सुनिने र देखिने निशानीहरूद्वारा उपदेश दिँदा सुनिने श्लोकहरूबाट बहिरो बन्दैनन् र देखिने निशानीहरूबाट अन्धो बन्दैनन् ।
७४. उनीहरू अल्लाहसित दुआ गर्दा भन्छन्− हे हाम्रा पालनकर्ता ! हामीलाई ईशभय राख्ने र धर्ममा कायम रहने यस्ता श्रीमति र सन्तानहरू प्रदान गर्नुहोस् जसले हाम्रा आँखालाई शितल पारुन् । हामीलाई ईशभय राख्नेहरूका अगुवा बनाउनुहोस् ।
७५. यी गुणहरू राखेका मोमिनहरू उच्चतम स्वर्ग फिर्दौसका उच्च भवनहरू पाउनेछन् । किनभने उनीहरूले अल्लाहको आज्ञापालनमा धैर्य गरे । उनीहरूलाई फरिश्ताहरूले सलाम गर्नेछन् र त्यहाँ हरेक किसिमका सङ्कटहरूबाट सुरक्षित रहनेछन् ।
७६. उनीहरू स्वर्ममा सधैं रहनेछन् । कति राम्रो बास-स्थान हो स्वर्ग ।
७७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुफ्रमा जिद्दी गर्ने काफिरहरूलाई भनिदिनुहोस्− तिमीहरूले आज्ञापालन गरेमा त्यसको लाभ अल्लाहलाई पुग्दैन । भक्तिस्वरूप दुआ गर्ने वा  केही माग्नको लागि दुआ गर्ने भक्तहरू नभए पनि अल्लाहलाई कुनै फरक पर्दैन । तिमीहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनु भएको ईश्वरीय सन्देशलाई झूठो ठहर गर्यौ, जसको सजाय तिमीहरूले अवश्य भोग्नुपर्छ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...