सीधे मुख्य सामग्री पर जाएं

३१. सूरह लुक्मान (मक्की)

  शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. अलिफ ० लाम ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंमाथि अवतरित यी श्लोकहरू यस्तो किताका श्लोकहरू हुन् जो विवेकको कुरा गर्छन् ।
३. यो किताब यस्ता मानिसहरूका लागि मार्गदर्शन र दया हो जो अल्लाह र भक्तहरूका सबै हक पूरा गरेर सुकर्म गर्छन् ।
४. जो राम्रो तरिकाले सलाह कायम गर्छन्, आफ्ना धन-सम्पत्तिको जकात दिन्छन् र आखिरतका पुनर्जन्म, हिसाब, पुण्य र सजायमाथि ईमान राख्छन्  ।
५. यी गुणहरू राखेका मानिसहरू अल्लाहको मार्गदर्शनमा छन् । यिनीहरूले खोजेको स्वर्ग पाएर र डराइएको नर्कबाट टाढा पारिएर सफलता प्राप्त गर्नेछन् ।
अल्लाहले सुकर्मीहरूका गुणहरू वर्णन गरेपछि दुष्कर्मीहरूका अवगुणहरू वर्णन गर्दै भन्नुभयोः 
६. मानिसहरूमध्ये केही यस्ता छन् जो नजानिकन मानिसहरूलाई इस्लाम धर्मबाट फेर्नको लागि नाच गानमा आधारित कुराहरू लिएर आउँछन् । जस्तै नजर बिन हारिस जस्ता मानिसहरू । यिनीहरू अल्लाहका श्लोकहरूलाई खेल ठट्टा बनाएर त्यसको उपहास गर्छन् । यस्ता पापीहरूलाई आखिरतमा अपमान जनक यातनाहरू दिइनेछ ।
७. जब तिनीहरूसमक्ष हाम्रा श्लोकहरूको पाठ गरिन्छ तब यसरी पिठ्यूँ फर्काएर भाग्छन् मानौं तिनीहरूले केही सुने कै छैनन् । मानौं तिनीहरूको कानमा बुजो छ, जसले गर्दा तिनीहरू केही सुन्दैनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई पीडादायी यातनाको शुभसूचना दिनुहोस् जसको तिनीहरू प्रतीक्षामा छन् ।
८. निस्सन्देह अल्लाहमाथि ईमान ल्याएर सत्कर्म गर्नेहरू स्वर्ग पाउनेछन् । उनीहरू त्यसमा रमाउनेछन् । अल्लाहले उनीहरू कै लागि यसलाई तयार पार्नु भएको छ ।
९. उनीहरू त्यसमा सधैं रहनेछन् । उनीहरूसँग यो अल्लाहको सत्य वचन हो । यसमा कुनै सन्देह छैन । अल्लाह प्रभुत्वशाली हुनुहुन्छ । कसैले उहाँलाई विवश पार्न सक्दैन । अल्लाह सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कानुन बनाउनमा विवेकशील हुनुहुन्छ ।
१०. अल्लाहले बिना स्तम्भ उच्च आकाशहरू बनाउनुभयो । उहाँले पृथ्वीमा बलियो पहाड गाड्नुभयो ताकि तिमीहरूलाई लिएर नढल्कोस ।  उहाँले धर्तीमा विभिन्न प्रकारका जनावरहरू फैलाउनुभयो । उहाँले आकाशबाट वर्षा बर्साउनुभयो र त्यसबाट भूमिमा नाना थरिका सुन्दर बोट बिरुवा उमार्नुभयो ।
११. यी सबैलाई अल्लाहले नै सृष्टि गर्नुभयो । हे बहुदेववादीहरू हो ! अल्लाहबाहेक जसको पूजा पाठ तिमीहरू गर्छौ, तिनीहरूले के सृष्टि गरेका छन् देखाऊ ? ! बरु अत्याचारीहरू सत्यबाट टाढा र स्पष्ट पथभ्रष्टतामा छन् । किनभने तिनीहरू यस्ता भगवानहरूको पूजा गर्छन् जसले केही पनि सृष्टि गरेका छैनन् बरु तिनीहरू स्वयम् प्राणी हुन् ।
१२. निस्सन्देह हामीले लुक्मानलाई धर्मको सूझ बूझ र मामिलालाई बुझ्ने क्षमता प्रदान गर्यौं । हामीले उनलाई भन्यौं− हे लुक्मान ! तिमीहरूमाथि गरेको वरदान बापत आफ्नो पालनकर्ताप्रति आभार प्रकट गर । उहाँले तिमीलाई आज्ञापालन गर्ने अवसर दिएर कृपा गर्नुभयो । जसले अल्लाहप्रति आभार प्रकट गर्छ त्यसको फाइदा उसैलाई हुनेछ । अल्लाहलाई त्यसको आवश्यक्ता छैन । जसले अल्लाहको वरदानप्रति कृतघ्नता व्यक्त गर्छ उसले अल्लाहको इन्कार गर्छ । तिनीहरूको कृतघ्नताको हानि उसैलाई हुन्छ । अल्लाहलाई त्यसको कुनै हानि हुँदैन । उहाँ सृष्टिबाट उच्च हुनुहुन्छ र हरेक अवस्थामा प्रशंसनीय हुनुहुन्छ ।
१३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् जब लुक्मानले आफ्नो पुत्रलाई भलाइको कार्यको लागि प्रेरित गर्दै र नराम्रो कार्यबाट सावधान गराउँदै भने−हे मेरा पुत्र ! अल्लाहको साथमा अन्य कसैको भक्ति नगर । अल्लाहको साथमा अन्य कसैको भक्ति गर्नु आफूमाथि महान अत्याचार हो । यो महा पापले गर्दा सधैं नर्कमा रहनुपर्छ । 
१४. हामीले मानवलाई यस्तो कार्यमा माता पिताको आज्ञापालन गर्ने उपदेश दियौं जसमा अल्लाहको अवज्ञा नहोस् । किनभने उसकी माताले गर्भवती अवस्थामा दुःख माथि दुःख उठाइन् । स्तनपान गराउने अवधी २ वर्ष हो । हामीले उसलाई भन्यौं− अल्लाहले प्रदान गर्नुभएका वरदानहरूबापत उहाँप्रति आभार व्यक्त गर । त्यसपछि तिमीहरूको पालन पोषण गर्नेबपत माता पिताप्रति आभार प्रकट गर किनभने उनीहरूले तिम्रो हेर चाह गरे । मात्र मेरैतर्फ तिमीहरूले फर्केर आउनुछ अनि मैले निसाफका साथ तिनीहरूलाई बदला दिनेछु  ।
१५. यदि तिमीहरूका माता पिता अल्लाहसँग अरू कसैलाई साझेदार बनाउन दबाव दिन्छन् भने यस कुरामा उनीहरूको आज्ञापालन नगर । किनभने जहाँ सृष्टिकर्ताको अवज्ञा हुन्छ त्यहाँ सृष्टिको आज्ञापालन गर्नुहुँदैन । संसारमा उनीहरूसँग राम्रो र परोपकारको व्यवहार गर । एक अल्लाहको भक्ति र आज्ञापालन गरेर मेरोतर्फ फर्कने व्यक्तिको अनुसरण गर । तिमीहरू सबैले महाप्रलयको दिन मेरैतर्फ फर्केर आउनुपर्छ, अनि उहाँले तिमीहरूलाई ती कार्यहरूबारे अवगत गराउनुहुनेछ जो तिमीहरू संसारमा गर्दै थियौ र त्यसको बदला दिनुहुनेछ । 
१६. हे मेरा पुत्र ! रायोको दाना बराबर पनि पुण्य वा पाप चाहे त्यो चट्टानमुनि होस् वा आकाश वा पृथ्वीको कुनै स्थानमा होस् महाप्रलयको दिन अल्लाहले त्यसलाई हाजिर गराउनु हुनेछ र भक्तलाई त्यसको बदला दिनुहुनेछ । अल्लाह सुक्ष्मदर्शी हुनुहुन्छ । सानो भन्दा सानो वस्तु पनि उहाँबाट लुकेको छैन । उहाँ सबै वस्तुको वास्तविक्ता र स्थानसित अवगत हुनुहुन्छ । 
१७. हे मेरा पुत्र ! राम्रो र पूर्ण तरिकाले सलाह कायम गर । सत्य कर्म गर्ने आदेश देऊ, दुष्कर्म गर्नबाट मनाहि गर । कुनै पनि कष्ट पुगेमा धैर्य गर । तिमीलाई जुन आदेश दिइएको छ त्यो तिमीले गर्नु पर्छ, यही अल्लाहको इच्छा हो । यसमा तिमीले मनचाहि गर्न मिल्दैन ।
१८. घमण्डले गर्दा मानिसहरूबाट विमुख नहोऊ, धर्तीमा मपाईं गर्दै  नहिँड । अल्लाह मपाईं गर्दै हिँड्ने, पाएको वरदानमा घमण्ड गर्ने र अल्लाहप्रति आभारी नहुनेहरूलाई मन पराउनुहुन्न ।
१९. मध्यम गतिमा सम्मानित तरिकाले हिँड, न धेरै तेज गतिमा र न अति धीमा गतिमा । मध्यम स्वरमा कुरा गर, न अति ठूलो स्वरमा जसले गर्दा कसैलाई कष्ट पुगोस् । ठूलो स्वर निकालेकोले गधाको स्वर अति घृणित स्वर मानिन्छ ।
२०. हे मानव ! के तिमीहरूले देखेनौ, अल्लाहले तिमीहरूका लागि आकाशमा रहेका सूर्य, चन्द्रमा र ताराहरूबाट फाइदा उठाउनु सजिलो पार्नुभयो र धर्तीमा रहेका चौपाया, रूख र बिरुवाबाट फाइदा उठाउनु पनि सजिलो पार्नुभयो । उहाँले तिमीहरूलाई आँखाले देखिने वरदानहरू जस्तै सुन्दर्ता र नदेखिने वरदानहरू जस्तै बुद्धि र ज्ञान पूरा पूरा दिनुभयो । अल्लाहका यी वरदानहरूका बावजुद केही मानिसहरू बिना आकाशीय ज्ञान, बिना विवेक र बिना स्पष्ट किताब एकेश्वरवादमा वाद विवाद गर्दछन् । 
२१. एकेश्वरवनदमा वाद विवाद गर्नेहरूलाई जब भनिन्छ, अल्लाहले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गर्नुभएको वहीको अनुसरण गर तब तिनीहरू भन्छन्− हामीले त्यसको अनुसरण गर्दैनौ, हामीले आफ्ना पूर्वजबाट पाएको मूर्ती पूजाको अनुसरण गर्नेछौं । के तिनीहरूले आफ्ना पूर्वजहरूकै अनुसरण गर्नेछन् जब कि शैतानले तिनीहरूलाई मूर्ति पूजातर्फ आह्वान गरेर पथभ्रष्ट गर्दैछन् जसले गर्दा तिनीहरू महाप्रलयको दिन नर्कको आगोमा हालिनेछन् ?! 
२२. जो व्यक्ति अल्लाह कै लागि भक्तिलाई निष्कप्ट पारेर र सुकर्म गरेर उहाँतर्फ फर्कन्छ ऊ सबैभन्दा भरपर्दो सहारा समात्छ । त्यो यस्तो सहारा हो जसबाट मोक्ष प्राप्त हुने आशा हुन्छ र जो टुट्छ भन्ने डर पनि हुँदैन । सबै मामिलाहरू अल्लाहतर्फ नै फर्केर जानेछन् । उहाँले सबैलाई त्यस्तो बदला दिनुहुनेछ जसको उनीहरू हकदार हुनेछन् ।
२३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहलाई इन्कार गर्नेहरूको इन्कारले तपाईंलाई चिन्तित नपारोस् । महाप्रलयको दिन तिनीहरू हाम्रैतर्फ फर्केर आउनेछन् अनि हामीले तिनीहरूले संसारमा गरेका दुष्कर्मबाट तिनीहरूलाई अवगत गराउनेछौं र त्यसको सजाय दिनेछौं । उहाँ मनमा लुकेका कुराहरू पनि जान्नुहुन्छ । उहाँबाट केही पनि गोप्य छैन ।
२४. हामीले तिनीहरूलाई केही दिनको लागि सांसारिक मोज मस्तीका सामान दिनेछौं अनि महाप्रलयको दिन अति कडा यातना नर्कतर्फ फर्काउनेछौं ।
२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले यी बहुदेववादीहरूलाई सोध्नु हुनेछ− कसले आकाशहरू र पृथ्वीको सृष्टि गर्नुभयो ? तिनीहरूले अवश्य नै भन्नेछन्− यी सबैलाई अल्लाहले नै सृष्टि गर्नुभयो । तिनीहरूलाई भनिदिनुहोस्− सबै प्रशंसा अल्लाहको लागि छन् जसले प्रमाणलाई तिमीहरूका लागि स्पष्ट पार्नुभयो । तर प्रशंसाको हकदार को हुन् भन्ने कुरालाई तिनीहरूमध्ये अधिकांश  मानिसहरू जान्दैनन् । 
२६. आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरूका सृष्टिकर्ता, मालिक र सञ्चालक मात्र अल्लाह हुनुहुन्छ । उहाँलाई जगतका कुनै प्राणीको आवश्यक्ता छैन । उहाँ लोक र परलोक दुवैमा प्रशंसनीय हुनुहुन्छ । 
२७. यदि धर्तीमा रहेका सबै रूखहरूलाई काटेर कलम बनाएर र सातौं समुद्रका पानीलाई मसी बनाएर अल्लाहको प्रशंसा लेखिए पनि उहाँको प्रशंसा पूरा हुने छैन । किनभने उहाँको प्रशंसा अपरम्पार छ । निस्सन्देह अल्लाह प्रभुत्वशाली हुनुहुन्छ, कोही पनि उहाँलाई विवश पार्न सक्दैन । उहाँ सृष्टि गर्न र कार्य सञ्चालनमा विवेकशील हुनुहुन्छ ।
२८. हे मानव ! तिमीहरू सबैको सृष्टि र महाप्रलयको दिन जीवित पारेर उठाइनु अल्लाहको लागि एक जनाको सृष्टि गर्नु र जीवित पारेर उठाइनु जस्तै सजिलो छ । अल्लाह सर्वश्रोता हुनुहुन्छ । सबैलाई एक साथ सुन्ने क्षमता राख्नुहुन्छ । उहाँ सर्वद्रष्टा हुनुहुन्छ । सबैलाई एकसाथ देख्ने क्षमता राख्नुहुन्छ । त्यस्तै उहाँ सबैलाई एक साथ सृष्टि गर्ने र पुनर्जन्म गर्ने क्षमता राख्नुहुन्छ ।
२९. के तिमीहरूले यस कुरामा विचार गरेनौ− अल्लाह कसरी रातिलाई छोटो पारेर दिनलाई लामो पार्नुहुन्छ र दिनलाई छोटो पारेर रातिलाई लामो पार्नुहुन्छ । उहाँले नै सूर्य र चन्द्रमाको हिँड्ने स्थान निर्धारित गर्नुभयो जसमा यी दुवै निर्धारित समयमा हिँड्छन् । अल्लाह तिमीहरूको कर्मलाई हेर्नुहुन्छ । तिमीहरूको कुनै पनि कार्य उहाँबाट लुकेको छैन र उहाँले त्यसको बदला दिनुहुनेछ ।
३०. अल्लाहको यो कार्य सञ्चालन र भाग्य निर्धारण यस कुराको गवाही दिन्छन्− अल्लाह मात्र वास्तविक पूज्य हुनुहुन्छ । अल्लाह आफ्नो अस्तित्व, गुण र कार्यमा सत्य हुनुहुन्छ र बहुदेववादीहरू उहाँबाहेक जसको पनि पूजा गर्छन् ती सबै असत्य र निराधार हुन् । अल्लाह आस्तित्व, प्रभुत्व र भाग्य निर्धारणमा सबै प्राणीहरूभन्दा उच्च हुनुहुन्छ  । उहाँभन्दा उच्च कोही पनि छैन । उहाँ सबै वस्तुहरूभन्दा महान हुनुहुन्छ । 
३१. हे मानिसहरू हो ! के तिमीहरूले यस कुरामा विचार गरेनौ− डुङ्गाहरू समुद्रमा उहाँकै दया र अधिनमा गुड्छन् । ताकि उहाँले तिमीहरूलाई आफ्नो प्रभुत्व र कृपालाई प्रमाणित गर्ने निशानीहरू देखाउन् । कष्टहरूमा धैर्य गर्ने र वरदानहरूप्रति आभार प्रकट गर्नेहरूका लागि यसमा यस कुराको प्रमाणहरू छन् कि उहाँ प्रभुत्वशाली हुनुहुन्छ । 
३२. जब तिनीहरू चारैतिरबाट समुद्रका पहाड जस्ता लहर र बादलहरूको चपेटमा पर्छन् तब अल्लाहकै लागि प्रार्थना र भक्तिलाई निष्कप्ट पारेर उहाँलाई पुकार्छन् तर जब अल्लाह तिनीहरूलाई डुबानबाट जोगाएर सकुशल थलमा पुर्याउनुहुन्छ तब तिनीहरूमध्ये केही मध्य मार्गीहरू एक हदसम्म अल्लाहप्रति आभारी हुन्छन् तर पूर्णरूपमा आभारी हुन्दैनन् । तिनीहरूमध्ये केही अल्लाहका वरदानहरूको लागि उहाँप्रति आभारी हुँदैनन् । यिनीहरू धोकेबाज हुन् किनभने तिनीरूले वाचा गरेका थिए− यदि उहाँले जोगाउनुहुन्छ भने हामीहरू उहाँप्रति आभारी हुनेछौं तर खतरा टरेपछि तिनीहरू उहाँप्रति आभार प्रकट गरेनन् । बरु उहाँको वरदानहरूप्रति कृतघ्न भए । 
३३. हे मानव ! अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गरेका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । तिमीहरू त्यस दिनको यातनाबाट डराऊ जुन दिन न पिताले पुत्रलाई कुनै फाइदा पुर्याउन सक्छ न पुत्रले पितालाई कुनै फाइदा पुर्याउन सक्छ । महाप्रलयको दिन अल्लाहले अवश्य नै आफ्नो वाचा पूरा गरेर बदला दिनुहुनेछ । सांसारिक मोज मस्तीले तिमीहरूलाई धोकामा नपारोस् । अल्लाहको तर्फबाट सहनशीलता र प्रकोप पठाउनमा ढीलोले गर्दा शैतानले तिमीहरूलाई धोकामा नपारोस् । 
३४. महाप्रलय कहिले आउनेछ, वर्षा कहिले हुनेछ, आमाको गर्भमा छोरा छ कि छोरी, त्यो भाग्यवान छ कि अभागि, भोली कोसँग के हुन्छ, राम्रो कि नराम्रो ? यी कुराहरूको ज्ञान कसैलाई छैन, बरु मात्र अल्लाहसँग छ । उहाँबाट केही पनि लुकेको छैन । 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...