शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. ता० हा० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ ।२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायले तपाईंलाई मान्न इन्कार गरेको कारणले तपाईंको मनमा यस कुराको बोझ रहि रहोस् भनी हामीले तपाईंमाथि कुरआन अवतरण गरेका होइनौं ।३. बरू हामीले यसलाई अल्लाहको भय राख्नेहरूको लागि उपदेश बनाएर पठाएका छौं ।४. यस धर्ती र उच्च आकाशहरूको सृष्टि गर्नुभएको अल्लाहले नै यो कुरआन अवतरण गर्नुभएको हो । यो एउटा महान कुरआन हो जसलाई महान अस्तित्वले अवतरण गर्नुभएको हो ।५. अर्-रह्मान (अल्लाह) आफ्नो प्रतिष्ठालाई सुहाउँदो तरिकाले सिंहासन (अर्श) मा विराजमान हुनुभयो ।६. आकाशहरू, पृथ्वी र माटोमुनि रहेका सम्पूर्ण सृष्टिहरूको सृष्टि, अधिकार र व्यवस्थापन गर्ने काम केवल अल्लाहकै हातमा छ ।७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले ठूलो स्वरले कुरा गर्नुहुन्छ वा सानो स्वरले त्यसको ज्ञान अल्लाहलाई हुन्छ । उहाँ त मनमा खेलेका कुराहरू जस्ता अत्यन्त गोप्य कुराको पनि ज्ञान राख्नुहुन्छ । कुनै पनि कुरा अल्लाहबाट लुकेको छैन ।८. अल्लाहबाहेक कोही सत्य उपास्य छैन र उहाँका उत्कृष्ट नामहरू छन् । (जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) आफ्नो समुदायको तर्फबाट क्रूरताको सामना गर्नुहुन्थ्यो उहाँलाई मूसा (अलैहिस्सलाम) को कथाले आश्वासन दिइन्थ्यो । अल्लाहले भन्नुभयोः)९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईं समक्ष मूसा बिन इम्रानको कथा आइपुगेको छ ।१०. जब उनले यात्रामा आगो देखे उनले आफ्ना परिवारलाई भनेः तिमीहरू यहीँ बस । मैले आगो देखें । आशा छ म त्यहाँबाट मसाल लिएर आउँछु वा मैले त्यहाँ बाटो देखाउने भेट्नेछु ।११. जब उनी आगोको नजिक आए, अल्लाहले उनलाई ‘हे मुसा’ भनेर बोलाउनुभयो ।१२. म नै तिम्रो पालनकर्ता हुँ । मसँग कुराकानी गर्नका निम्ति तिमी आफ्ना दुबै जुत्ता फुकाल । तिमी पवित्र स्थान (तुवा) मा छौ ।१३. हे मूसा (अलैहिस्सलाम) ! मैले तिमीलाई मेरो सन्देशको प्रचारको लागि चुनेको छु । तसर्थ मेरो वहीलाई ध्यानपूर्वक सुन ।१४. वास्तवमा, म नै अल्लाह हुँ, म बाहेक अरु कोही सत्य उपास्य छैन । मेरो मात्र उपासना गर र मलाई सम्झनको लागि पूर्णताका साथ सलाह कायम गर ।१५. महाप्रलय आउने नै छ । कसैलाई पनि त्यसको समयको ज्ञान छैन किनकि मैले त्यसलाई गोप्य राखेको छु । तर नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले अवगत गराउनु भएकोले उनीहरूलाई त्यसका निशानीहरूको ज्ञान छ । हरेकले गरेको राम्रो र नराम्रो कामको बदला दिने उद्देश्यले यसलाई गोप्य राखिएको हो ।१६. तपाईंलाई महाप्रलयको आगमनलाई नमान्ने काफिरहरूले यसमाथि विश्वास गर्न र सत्कर्मद्वारा यसको तयारी गर्नबाट नरोकुन् । उनीहरूले मनमानी गरे र पापमा लिप्त भए । के यस कारणले तपाईं बरबाद हुनुहुनेछ ?१७. हे मूसा (अलैहिस्सलाम) ! तपाईंको दाहिने हातमा के छ ?१८. मूसा (अलैहिस्सलाम) ले भनेः यो मेरो लौरो हो । म यसलाई समाई टेकेर हिँड्छु । म आफ्नो भेडालाई खुवाउनका लागि यसले रूखबाट पात झार्छु । यसबाहेक अन्य कामका लागि पनि यसलाई प्रयोगमा ल्याउँछु ।१९. अल्लाहले भन्नुभयोः हे मूसा (अलैहिस्सलाम) ! त्यसलाई तल राख ।२०. मूसा (अलैहिस्सलाम) ले त्यसलाई तल राखे । त्यो जिउँदो सर्पमा परिणत भयो र छिटो छिटो हल्लिन थाल्यो ।२१. हे मूसा (अलैहिस्सलाम) ! आफ्नो लौरोलाई समात । त्यसलाई सर्पको रूपमा देखेर नआत्तिऊ । तिमीले समातेपछि हामी त्यसलाई पुरानै रूप दिनेछौं ।२२. आफ्नो हातलाई काखिमुनी च्याप । त्यो कुष्ठरोगको असर बिना नै सेतो भएर निस्कनेछ । यो तिम्रो दोस्रो निशानी हो ।२३. हे मूसा (अलैहिस्सलाम) ! हामीले तिमीलाई हाम्रो शक्तिका ठूल-ठूला निशानीहरू देखाउनका निम्ति हामीले यी दुईवटा निशानीहरू देखायौं । तिमी अल्लाहका रसूल हौ ।२४. हे मूसा (अलैहिस्सलाम) ! तिमी फिरऔनकहाँ जाऊ । उसले कुफ्रमा र अल्लाहको बिरोधमा अति गरिसक्यो ।२५. मूसा (अलैहिस्सलाम) ले भनेः हे मेरा पालनकर्ता ! मेरो छातीलाई कष्ट सहने योग्य बनाउनुहोस् ।२६. मेरो लागि मेरो कार्य सहज बनाउनुहोस् ।२७. मलाई प्रष्ट बोल्ने क्षमता प्रदान गर्नुहोस् ।२८. तपाईंको सन्देश पुर्याउदा उनीहरू मेरो कुरा प्रष्ट बुझ्न सकुन् ।२९. मेरो खानदानबाट मेरो कर्तव्य पूरा गर्नको लागि मलाई एउटा सहयोगी प्रदान गर्नुहोस् ।३०. मेरो दाई हारून बिन इम्रानलाई ।३१. उसलाई प्रदान गरेर मेरो समर्थन गर्नुहोस् ।३२. उसलाई पनि मसँग रसूल बनाउनुहोस् ।३३. हामी मिलेर तपाईंको धेरै धेरै गुणगाण गर्न सकौं ।३४. तपाईंलाई धेरै याद गर्न सकौं ।३५. तपाईं हामीलाई देख्दै हुनुहुन्छ । हाम्रो अवस्था राम्ररी जान्नुहुन्छ ।३६. अल्लाहले भन्नुभयोः हे मूसा (अलैहिस्सलाम) ! तिमीले मागेको हामीले दियौं ।३७. हामीले फेरी तिमीमाथि उपकार गर्यौं ।३८. हामीले तिमीलाई फिरऔनबाट हुनसक्ने हानिबाट जोगाएको कुरा तिम्री आमालाई बतायौं ।३९. हामीले भन्ने बेला उसलाई आदेश दियौः उसलाई जन्माएपछि एउटा बाकसमा राख्नु र बाकसलाई समुद्रमा छोडिदिनु । अनि मेरो आदेशले समुद्रले उसलाई किनारसम्म पुर्याइदिनेछ । त्यसपछि हाम्रो र उसको शत्रु फिरऔनले उसलाई लिनेछ । मैले आफ्नो तर्फबाट तिमीभित्र प्रेम हालिदिएँ । मानिसहरूले तिमीलाई प्रेम गरे । यसकारणले तिम्रो पालनपोषन मेरो रेखदेख र मेरो हेरचाहमा हुनेभयो ।४०. तिम्री दिदी त्यस बाकसलाई पछ्याउँदै गइन् । त्यस बाकसलाई उठाउनेहरूलाई भनिन्- के म तपाईंहरूलाई त्यस महिलाबारे जानकारी दिऊँ जसले उसको रक्षा गर्नेछिन्, स्तनपान गराउनेछिन् र पालनपोषण गर्नेछिन् ? यसरी हामीले तिमीमाथि उपकार गर्यौं र तिम्री आमालाई खुशी पार्नका लागि ऊकहाँ तिमीलाई फर्काइदियौं । अब ऊ तिमीलाई लिएर चिन्तित हुनेछैन । तिमीले मुक्काले हानेर किब्तिको हत्या गर्यौ । त्यसबेला पनि तिमीलाई दण्डबाट बचाएर तिमीमाथि उपकार गर्यौं । एक पछि अर्को परीक्षामा फसेफछि तिमीलाई हरेक पटक हामीले मुक्त गर्यौं । त्यसपछि तिमी त्यस ठाउँलाई छोडेर केही वर्षको लागि मदयनबासीहरूका साथमा बस्यौ । अनि हे मूसा (अलैहिस्सलाम) ! हामीले निर्धारित गरेको समयमा हामीसँग कुरा गर्नका लागि तिमी फर्क्यौ ।४१. मैले मेरो वहीको विषयमा मानिसहरूलाई जानकारी दिन मेरो रसूलको रूपमा तिमीलाई चुनेको छु ।४२. हे मूसा (अलैहिस्सलाम) तिमी आफ्नो दाई हारूनका साथ अल्लाहको शक्तिका निशानीहरू र उहाँ एक हुनुको प्रमाणहरू लिएर जाऊ । दावत दिन र मलाई सम्झन तिमी दुबैजना कमजोर नहुनु ।४३. तिमी दुबैजना फिरऔनकहाँ जाऊ । उसले कुफ्रमा र अल्लाहको बिरोधमा अति गरिसक्यो ।४४. अनि ऊसँग नम्र भावका साथ कुरा गर्नु । आशा छ, उसले बुझ्ने छ र अल्लाहको भय राखी पश्चताप गर्नेछ ।४५. मूसा र हारून (अलैहिमस्सलाम) ले भनेः उसलाई पूर्ण रूपले दावत दिनु अघि नै उसले सजाय दिन हतार गर्नेछ वा उसले सीमा उल्लङ्घन गरी हामीलाई हत्या गर्नेछ वा अरू केही अत्यचार गर्नेछ भन्ने डर हामीलाई छ ।४६. अल्लाहले भन्नुभयोः न डराऊ, मेरो सहयोग र समर्थन तिमीहरूसँगै छ । तिमीहरूबिच जे हुनेछ म सुनिरहने र हेरिरहने छु ।४७. तपाईंहरू ऊसमक्ष जाऊ र भन- हे फिरऔन ! हामी तिम्रा पालनकर्ताका रसूल हौं । इस्राईलका सन्तानहरूलाई हामीसँग जान देऊ । उनीहरूको छोराहरूको हत्या गरेर र उनीहरूको छोरीहरूलाई जीउँदै राखेर उनीहरूलाई पीडा नदेऊ । हामी सच्चा हौं भनी तिम्रो पालनकर्ताको तर्फबाट प्रमाण लिएर आएका छौं र अल्लाहमाथि आस्था राख्नेहरूको लागि र उहाँको मार्गदर्शनको अनुरसण गर्नेहरूका लागि सुरक्षाको वाँचा लिएर आएका छौं ।४८. अल्लाहका आयतहरूलाई मिथ्या ठहर गर्नेहरू र उहाँका रसूलहरूको सन्देशको विपरीत गर्नेहरूको लागि यस संसारमा र आखिरतमा यातना रहेको छ भनी अल्लाहले हामीलाई वही मार्फत भन्नुभएको छ ।४९. उनी दुबैले ल्याएको सन्देशलाई नकार्दै फिरऔनले भन्योः हे मूसा (अलैहिस्सलाम) ! तिमीहरूको पालनकर्ता को हुन् जसले तिमीहरूलाई यहाँ पठाउनुभएको छ भनी तिमीहरूलाई लाग्छ ?५०. हाम्रा पालनकर्ता उहाँ हुनुहुन्छ जसले हरेक वस्तुलाई उसलाई सुहाउँदो रूप र आकार दिनुभयो । हरेक सृष्टिलाई जुन उद्देश्यले सृष्टि गरिएको हो उसलाई त्यसको मार्गदर्शन प्रदान गर्नुभयो ।५१. फिरऔनले भन्योः पहिलेका काफिरहरूको के दशा भयो ?५२. मूसा (अलैहिस्सलाम) ले फिरऔनलाई भनेः तिनीहरूको अवस्थाको ज्ञान केवल अल्लाहसँग छ । लौहे मह्फूजमा सुरक्षित राखिएको छ । मेरा पालनकर्ता त्यस ज्ञानको विषयमा न गलती गर्नुहुन्छ न उहाँ बिर्सनुहुन्छ ।५३. उहाँले यस धर्तीलाई बस्नको निम्ति सुबिधाजनक बनाउनुभएको छ र त्यसमा हिँड्नेयोग्य मार्गहरू पनि बनाउनुभएको छ । आकाशबाट पानी पराउनुभयो र हामीले त्यस पानीबाट विभिन्न प्रकारका बिरूवाहरू उत्पादन गर्यौं ।५४. हे मानिसहरू ! हामीले तिमीहरूका लागि उत्पादन गरेका पवित्र खानेकुराहरू खाऊ र आफ्ना घर पालुवा जन्तुहरूलाई खुवाऊ । वास्तवमा, माथि उल्लेखित कुराहरूमा बुझ्नेहरूका लागि अल्लाहको शक्ति र उहाँ एक हुनुका प्रमाणहरू छन् ।५५. हामीले धर्तीको माटोबाट तिमीहरूको पुर्खा आदमको सृष्टि गर्यौं । तिमीहरूको मृत्युपछि तिमीहरूलाई पुरेर त्यहीँ नै फर्काउनेछौं र कयामतको दिन तिमीहरूका लागि त्यहीँबाट फेरी एकपटक उठाउनेछौं ।५६. हामीले फिर्ओनलाई आफ्ना नौवटै निशानीहरू देखाइदियौं । उसले देखे तापनि मान्न इन्कार गर्यो र अल्लाहमाथि आस्था राख्न मानेन ।५७. फिरऔनले भन्योः हे मूसा (अलैहिस्सलाम) ! तिमीले राज्य चलाउनका लागि जादूले हामीहरूलाई मिस्रबाट निकाल्न खोजेको हो ?५८. हे मूसा (अलैहिस्सलाम) ! त्यसो भए हामी तिम्रो जस्तै जादू लिएर आउनेछौं । तिमी र हामी एक निश्चित समय र स्थानमा भेट्ने सम्झौता गर जसको उल्लङ्घन न हामीले गर्नेछौं न तपाईंले । यो स्थान दुई समूह बीचको आधा बाटोमा हुनुपर्दछ ।५९. मूसा (अलैहिस्सलाम) ले फिरऔनलाई भनेः उत्सवको दिन हाम्रो भेट्ने समय निश्चित भयो । सूर्योदयपश्चात मानिसहरू उत्सव मनाउनका लागि भेला हुन्छन् ।६०. फिरऔन फर्क्यो र षड्यन्त्र गर्न थाल्यो । अनि निश्चित समय र स्थानमा प्रतिश्पर्धाको लागि आयो ।६१. फिरऔनका जादूगरहरूलाई उपदेश दिँदै मूसा (अलैहिस्सलाम) ले भनेः सावधान ! आफ्नो जादूको माध्यमले मानिसहरूलाई धोखा दिएर अल्लाहमाथि झूठो अभियोग नलगाऊ । उहाँले यातनाको माध्यमले तिमीहरूलाई नष्ट पार्नुहुनेछ । अल्लाहमाथि झूठो अभियोग लगाउनेहरू असफल हुनेछन् ।६२. मूसा (अलैहिस्सलाम) को कुरा सुनेपछि जादूगरहरूले आपसमा मतभेद गरे र उनीहरू गोप्य रूपमा सल्लाह गर्न थाले ।६३. केही जादूगरहरूले गोप्य रूपमा भन्न थालेः वास्तवमा, मूसा र हारून (अलैहिमस्सलाम) जादूगर हुन् । उनीहरूले तिमीहरूलाई मिस्रबाट आफ्नो जादूद्वारा निकाल्न खोजेका छन् । उनीहरू तिमीहरूको जीवनको उच्च परम्परा र उत्तम धर्मलाई नष्ट पार्न चाहन्छन् ।६४. आफ्नो काममा कुशलता अपनाऊ र मतभेद नगर । पंक्तिबद्ध भएर अगाडी बढ र आफूले जानेको जादू एकैपटक देखाऊ । आज जसले आफ्नो विपक्षीलाई हराउनेछ उसले आफ्नो लक्ष्य प्राप्त गर्नेछ ।६५. जादूगरहरूले मूसा (अलैहिस्सलाम) लाई भनेः हे मूसा (अलैहिस्सलाम) ! पहिले तिमी जादू देखाउँछौ वा हामी देखाऔं ?६६. मूसा (अलैहिस्सलाम) ले भनेः पहिले तिमीहरू नै देखाऊ । उनीहरूले जादू देखाए । उनीहरूले फ्याकेका डोरीहरू र लौरोहरूलाई मूसा (अलैहिस्सलाम) ले उनीहरूको जादूको कारणले छिटो छिटो हल्लेका सर्पहरूको रूपमा देखे ।६७. उनीहरूले गरेको जादूको कारण उत्पन्न डरलाई मूसा (अलैहिस्सलाम) ले आफू भित्रै राखे ।६८. मूसा (अलैहिस्सलाम) लाई आश्वासन दिँदै अल्लाहले भन्नुभयोः हे मूसा (अलैहिस्सलाम) ! त्यो देखेर आत्तिनुपर्दैन । उनीहरूलाई पछारेर तिमी नै विजय हुनेछौ ।६९. तिम्रो दाहिने हातमा भएको लौरो फ्याक । त्यो सर्पमा परिणत भएर उनीहरूको जादूलाई निल्नेछ । उनीहरूले जादू मात्र गरेका हुन् र जादूगरहरूले जे गरे पनि सफल हुनेछैनन् ।७०. अनि मूसा (अलैहिस्सलाम) ले लौरो फ्याके जुन सर्पमा परिणत भएर उनीहरूको जादूलाई निल्यो । मूसा (अलैहिस्सलाम) जादूगर होइन भनी थाहा पाएपछि जादूगरहरूले अल्लाहलाई सज्दा गरे । यो त अल्लाहको तर्फबाट हो । हामीले मूसा, हारून (अलैहिमस्सलाम) र सम्पूर्ण सृष्टिको पालनकर्तामाथि आस्था राख्यौं ।७१. जादूगरहरूको आस्थाको निन्दा गर्दै र उनीहरूलाई धम्काउँदै फिर्औले भन्योः के तिमीहरूले मेरो अनुमति बिना नै आस्था राख्यौ ? हे जादूगरहरू ! वास्तवमा, मूसा (अलैहिस्सलाम) तिमीहरूको अगुवा हो र उसैले तिमीहरूलाई जादू सिकाएको हो । अब म तिमीहरूका हातखुट्टाहरू विपरीत दिशाबाट काट्नेछु र तिमीहरूलाई खजूरको हाँगामा मृत्युहुञ्जेल झुन्ड्याउनेछु । अनि तिमीहरू अरूहरूका लागि पाठ हुनेछौ अनि म र मूसा (अलैहिस्सलाम) का पालनकर्तामध्ये कसको यातना अधिक कठोर र स्थायी रहेको छ भनी तिमीहरूले थाहा पाउनेछौ ?!७२. जादूगरहरूले फिरऔनलाई भनेः हे फिरऔन ! हामीलाई स्पष्ट आयतहरू प्राप्त भएपछि त्यसको अनुसरण छोडेर हामी तिम्रो अनुसरण गर्नेछैनौं । त्यसरी नै हाम्रो सृष्टिकर्तालाई छोडेर हामी तिमीलाई रोज्नेछैनौं । तिमीलाई जे गर्नुछ गर । तिम्रो स्वामित्व समाप्त हुनेछ किनकि तिम्रो स्वामित्व यस समाप्त हुने जीवनमा मात्र काम लाग्नेछ ।७३. हामीले पहिले गरेका कुफ्र र अरू पापहरूलाई हाम्रा पालनकर्ताले माफ गर्नुहुनेछ भनी आशा रहेको हुनाले हामीले उहाँमाथि आस्था राखेका हौं । यसरी नै तिमीले हामीहरूलाई जादू सिक्न, अभ्यास गर्न र मूसा (अलैहिस्सलाम) लाई हराउन बाध्य पारेको पापलाई पनि उहाँले माफ गर्नुहुनेछ । तिमीले हामीहरूलाई गरेको बाचा भन्दा अल्लाहको प्रतिदान उत्तम रहेको छ र तिमीले डर देखाएको यातनाभन्दा उहाँकै यातना स्थायी रहेको छ ।७४. फलस्वरूप जो कोही कयामतका दिन आफ्ना पालनकर्तासमक्ष काफिर भएर आउँछ ऊ सदाका लागि नर्कमा बस्नेछ । उहाँको यातनाबाट बच्नको लागि उसलाई त्यहाँ कहिल्यै मृत्यु आउनेछैन र न उसको जीवन राम्रो जीवन नै हुनेछ ।७५. जो कयामतको दिन आफ्नो पालनकर्तासमक्ष आस्था राखेर आउनेछन् र उनीहरूले सत्कर्महरू पनि गरेका थिए भने उनीहरूको लागि प्रतिष्ठित स्थानहरू र उच्च पदहरू रहेका छन् ।७६. पदहरूको तात्पर्य यस्तो स्वर्गमा रहनु हो जसको महलहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् र त्यहाँ उनीहरू सदा रहनेछन् । यो प्रतिदान आफूलाई पवित्र पार्ने र पापहरूबाट बचेर बस्ने हरेकको लागि रहेको छ ।७७. हामीले मूसालार्इ वही मार्फत भन्यौं- कसैले थाहा नपाउने गरी तिमी मेरा भक्तहरूलाई लिएर रातारात मिस्रबाट निस्क । अनि आफ्नो लौरोले हानेर उनीहरूलाई लिई समुद्रको बाटोलाई सुख्खा बनाएर लैजाऊ । चिन्ता नगर किनकि न तिमीहरूलाई फिरऔन र उसका मन्त्रीहरूले समात्न सक्नेछन् न तिमीहरू डुब्नेछौ ।७८. अनि फिरऔनले आफ्ना सेनाहरूका साथ उनीहरूलाई पछ्यायो । तर समुद्रले उनीहरूलाई यसरी ढाक्यो जसको वास्तविकता केवल अल्लाहलाई थाहा छ । उनीहरू सम्पूर्ण डुबेर मरे र मूसा (अलैहिस्सलाम) र उनका साथीहरू यसबाट मुक्त भए ।७९. फिरऔनले आफ्ना समुदायसमक्ष कुफ्रलाई सुन्दर बनाएर प्रस्तुत गरी उनीहरूलाई पथभ्रष्ट गर्यो । असत्यताको सहयोगले उनीहरूलाई धोखा दियो र उनीहरूलाई कहिल्यै सीधा बाटो देखाएन ।८०. फिरऔन र उसको सेनाबाट बचाएपछि हामीले इस्राईलका सन्तानहरूलाई भन्यौं- हे इस्राईलका सन्तानहरू ! हामीले तिमीहरूलाई तिमीहरूका शत्रुबाट बचायौं र तिमीहरूसित तूर पहाडको दाहिनेतिर अवस्थित घाटीमा मूसा (अलैहिस्सलाम) सँग कुरा गर्ने वाचा गर्यौं । तिमीहरू भौंतारिरहेको अवस्थामा हामीले तिमीहरूमाथि महजस्तो स्वादिलो पेय र बट्टाई जस्तो देखिने सानो चराको स्वादिलो मासु अवतरण गर्यौं ।८१. हामीले प्रदान गरेका स्वादिला हलाल खानेकुराहरू खाऊ । हामीले अनुमति दिएका कुराहरूबाट अगाडी बढेर अनुमति नभएका कुराहरूमा नलाग नत्र मेरो प्रकोप तिमीहरूमाथि अवतरित हुनेछ । जसमाथि मेरो प्रकोप अवतरित हुनेछ ऊ यस संसारमा र आखिरतमा नष्ट हुनेछ ।८२. प्रायश्चित गर्ने, ममाथि आस्था राख्ने, सत्कर्म गर्ने अनि सत्यतामा अडिग रहने व्यक्तिको लागि म अति क्षमाशील रहेको छु ।८३. हे मूसा (अलैहिस्सलाम) ! तपाईंलाई आफ्नो समुदायलाई पछाडी छोडेर कुन कुराले चाँडै आउन बाध्य बनायो ?८४. मूसा (अलैहिस्सलाम) ले भनेः उनीहरू मेरो पछाडी छन् र मकहाँ आइपुग्नेछन् । म उनीहरूभन्दा चाँडै आएको देखेर तपाईं खुशी हुनुहुन्छ भनी मैले हतार गरें ।८५. अल्लाहले भन्नुभयोः तिमीले पछाडी छोडेकाहरूको परिक्षा हामीले लियौं र उनीहरू बाछाको उपासनामा लागे । सामरीले उनीहरूलाई यसको लागि आह्वान गर्यो र यसरी उनीहरूलाई पथभ्रष्ट गर्यो ।८६. मूसा (अलैहिस्सलाम) आफ्नो समुदायमा उनीहरूले बाछाको उपासना शुरू गरेका हुनाले रिसाउँदै र चिन्तित हुँदै आए । मुसा (अलैहिस्सलाम) ले भनेः हे मेरो समुदाय ! के अल्लाहले तिमीहरूको लागि तौरात अवतरण गर्ने र तिमीहरूलाई स्वर्गमा प्रवेश गराउने जस्ता राम्रा वाचा गर्नुभएको थिएन ? के यो अन्तराल लामो भयो र तिमीहरूले यसलाई बिर्स्यौ ? वा तिमीहरूको यस कामको कारणले तिमीहरूमाथि तिमीहरूको पालनकर्ताको प्रकोप वा यातना अवतरित होस् भनी चाहन्छौ ? लाग्छ तिमीहरूले मेरो वाचा विपरीत गर्नु र म फर्केर नआएसम्म अनुसरणमा अडिग नरहनुको कारण यही हो ।!८७. मुसा (अलैहिस्सलाम) को समुदायले जवाफ दियोः हामीले आफ्नो खुशीले वाचा विपरीत गरेको होइन बरू बाध्यताले हो । हामीले फिरऔनको समुदायका थुप्रै र गरूङ्गा गर-गहनाहरू लिएर आएका थियौं । त्यसबाट छुट्कारा पाउनका लागि हामीले त्यसलाई खाल्टोमा फ्याक्यौं । जब हामीले त्यसलाई खाल्टोमा फ्याक्यौं तब सामरीले पनि ऊसँग रहेको जिब्रील (अलैहिस्सलाम) को घोडाको पाइलाको माटोलाई फ्याक्यो ।८८. अनि खाल्टोमा जम्मा पारिएका गहनाहरूबाट सामरीले उनीहरूका लागि आत्मा नभएको बाछाको मूर्ति बनायो तर त्यसको गाईको जस्तो आवाज थियो । त्यसबेला सामरीबाट प्रभावित भएकाहरूले भनेः यो तपाईंको र मूसा (अलैहिस्सलाम) को उपास्य हो तर उनले बिर्सनुभयो र यसलाई यहाँ छोड्नुभयो ।८९. जसको परिक्षा बाछाद्वारा लिइयो र उनीहरू त्यसको उपासना गर्न थाले, के उनीहरूलाई थाहा छैन बाछा उनीहरूसँग कुरा गर्न र उनीहरूको दुआ सुन्नसक्ने क्षमता राख्दैन, उनीहरूलाई र अरूलाई हानिबाट बचाउन सक्दैन र न स्वयंलाई फाइदा पुर्याउन सक्छ र न अरूलाई नै ?!९०. मूसा (अलैहिस्सलाम) फर्केर आउनु अघि नै हारून (अलैहिस्सलाम) ले उनीहरूलाई भनेः सुनबाट बाछा बनाउनु र त्यसको आवाज तिमीहरूको लागि परिक्षा मात्र हो । प्रमाण स्वरूप मोमिन र काफिरको पहिचान गर्न सकिन्छ । हे मानिसहरू ! वास्तवमा, तिमीहरूका पालनकर्ता दयाको मालिक हुनुहुन्छ । जो न तिमीहरूलाई हानि पुर्याउन सक्छ न तिमीहरूलाई फाइदा नै दिन सक्छ ऊ तिमीहरूमाथि दया गर्न सक्दैन । केवल उहाँको उपासना गर्ने मामिलामा मेरो अनुसरण गर र अरूको उपासना छोड्ने मामिलामा मेरो कुरा मान ।९१. बाछाको उपासनाद्वारा परिक्षा लिइएकाहरूले भनेः मूसा (अलैहिस्सलाम) फर्केर नआउञ्जेल हामी यसको उपासना गरि रहनेछौं ।९२. मूसा (अलैहिस्सलाम) ले आफ्नो दाई हारून (अलैहिस्सलाम) लाई भनेः अल्लाहलाई छोडेर बाछाको उपासना गरेर उनीहरू पथभ्रष्ट भएको देख्दा देख्दै तपाईंलाई कुन कुराले रोक्यो ?९३. उनीहरूलाई छोडेर मेरो पछि पछि किन नआउनु भएको ? के जब मैले तपाईंलाई उनीहरूको अगुवाइ गर्न मेरो उत्तराधिकारी बनाएँ तपाईंले जानाजानी मेरो आदेश नमान्नुभएको हो ?९४. जब मूसा (अलैहिस्सलाम) ले आफ्नो दाई हारून (अलैहिस्सलाम) को कामको निन्दा गर्दै उनलाई उनको दारी र टाउको समातेर आफूतिर ताने । उनीसित दयाको आशा राख्दै हारून (अलैहिस्सलाम) ले भनेः मेरो दारी र मेरो टाउकोको कपाल नसमात । उनीहरूसँगै बस्नुको कारण छ मसँग । यदि मैले उनीहरूलाई उनीहरूकै अवस्थामा छोडेको भए उनीहरू विभाजित हुने डर थियो । अनि मैले उनीहरूलाई विभाजित गरेको र तिम्रो उपदेशलाई बिर्सेको भनी तिमीले भन्नेथ्यौ ।९५. मूसा (अलैहिस्सलाम) ले सामरीलाई भनेः हे सामरी ! तिमीले यो के गरेको ? तिमीलाई कुन कुराले यसो गर्न उक्सायो ?९६. सामरीले मूसा (अलैहिस्सलाम) लाई भन्योः उनीहरूले देख्न नसकेको कुरा मैले देखें । मैले जिब्रील (अलैहिस्सलाम) लाई घोडामाथि देखें अनि मैले उनको घोडाको पाइलाको माटोलाई लिएँ र त्यसलाई पगालेको सुनको बाछाको आकारमा राखें । त्यसबाट बाछाको जन्म भयो जसको एउटा शरीर थियो र त्यसबाट बाछाको स्वर निस्कन्थ्यो । मैले गरेको कामलाई मेरो मन मस्तिष्कले राम्रो ठहर गर्यो ।९७. मूसा (अलैहिस्सलाम) ले सामरीलाई भनेः अब तिमीले जीवित रहुन्जेल ‘न म कसैलाई छुनेछु न मलाई कसैले छुनेछ’ भन्नेछौ । अनि तिमी एक्लै बाँच्ने छौ । कयामतको दिन तिम्रो हिसाब लिने र तिमीलाई सजाय दिने निश्चित गरिएको छ र अल्लाह निश्चित गरिएको बिपरीत गर्नुहुन्न । अल्लाहलाई छोडी तिमीले जुन बाछाको उपासनालाई रोजेका छौ त्यसतिर हेर । हामी त्यसलाई बालेर पाघाल्नेछौं अनि त्यसलाई समुद्रमा फ्याकेर त्यसको अस्तित्व नै समाप्त पार्नेछौं ।९८. हे मानिसहरू ! तिमीहरूको वास्तविक उपास्य अल्लाह नै हुनुहुन्छ । उहाँबाहेक अरू कोही उपास्य छैन । उहाँले केही नछुट्याई सम्पूर्ण कुरालाई आफ्नो ज्ञानले घेर्नुभएको छ ।९९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जसरी हामीले तपाईंलाई मूसा (अलैहिस्सलाम), फिरऔन र दुबैको समुदायको कथा सुनायौं त्यसरी नै हामी तपाईंलाई तपाईंभन्दा पहिलेका नबीहरू र मानिसहरूको कथा सुनाउने छौं जसको उद्देश्य तपाईंलाई निर्भय पार्नु हो । हामीले तपाईंलाई उपदेश ग्रहण गर्नेहरूका लागि उपदेश स्वरूप कुरआन दिएका छौं ।१००. जो तपाईंमाथि अवतरित यस कुरआनबाट विमुख भयो, यसमाथि आस्था राखेन र उसको क्रियाकलाप यस अनुसार छैन ऊ कयामतको दिन ठूलो पापको भार बोकेर आउनेछ जो पीडादायी यातनाको पात्र बन्नेछ ।१०१. उनीहरू त्यस यातनालाई सधैंका लागि भोग्नेछन् । उनीहरूले कयामतको दिन बोक्ने भार अति नै घृणित छ ।१०२. त्यसदिन फरिश्ताले सबैजनालाई उठाउनका लागि दोस्रो पटक नरसिङ्गामा फुक्नेछन् । हामी काफिरहरूलाई नीलो भएको अवस्थामा उठाउने छौं । उनीहरूको आँखाले आखिरतको डरलाग्दो दृश्यलाई देखेको कारणले उनीहरूको रङ्ग परिवर्तन भएको हुनेछ ।१०३. मृत्युपश्चात तिमीहरू बर्जखमा दस रात मात्र बस्यौ भन्दै उनीहरू एक अर्कासँग कानेखुसी गर्नेछन् ।१०४. तिनीहरूको कानेखुसीलाई हामी राम्ररी जान्दछौं । केही पनि हामीबाट लुकेको छैन । त्यसबेला सबैभन्दा चलाख व्यक्तिले भन्नेछः तिमीहरू बर्जखमा जम्मा एक दिन बस्यौ ।१०५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कयामतको दिन पहाडहरूको अवस्था के हुने हो भनी उनीहरू तपाईंलाई सोध्छन् । तपाईं उनीहरूलाई भन्नुहोस्- मेरा पालनकर्ता पहाडलाई जराबाटै उखेल्नुहुनेछ र त्यसलाई धूलो बनाई उडाउनुहुनेछ ।१०६. अनि उहाँले पहाडलाई बोक्ने धर्तीमा एउटा पनि भवन र बिरूवाहरूलाई बाँकी राख्नुहुनेछैन ।१०७. तपाईंले यस धर्तीमा कुनै प्रकारको मोड, उकालो र ओरालो देख्नुहुनेछैन ।१०८. त्यसदिन मानिसहरू भेला हुने ठाउँतिर बोलाउने आवाजलाई पछ्याउन बाध्य हुनेछन् । अल्लाहको डरले सबै आवाजहरू मौन हुनेछन् । तपाईंले केवल कानेखुसी मात्र सुन्नुहुनेछ ।१०९. त्यस महत्वपूर्ण दिन अल्लाहको अनुमतिका साथ उहाँले नै रोज्नुभएको व्यक्तिको सिफारिस बाहेक अरू कसैको सिफारिस काम लाग्नेछैन ।११०. कयामतको दिन मानिसहरूले सहन गर्नु पर्ने र उनीहरूले संसारमा गरेका सम्पूर्ण क्रियाकलापहरूलाई अल्लाह जान्नुहुन्छ । तर कसैले पनि उहाँको महानता र गुणहरूलाई पूर्ण रूपले थाहा पाउने छैन ।१११. अनि मानिसहरू त्यसदिन अपमानित हुनेछन् र सदा जीवित रहने, कहिल्यै मृत्यु नआउने अल्लाहको वशमा हुनेछन् । उहाँ आफ्ना भक्तहरूको मामिलाहरूको व्यवस्थापन गर्नुहुनेछ । पापको भार बोकेर आफैलाई नष्ट गर्न खोज्ने व्यक्ति घाटामा हुनेछ ।११२. अल्लाह र उहाँका रसूलहरूमाथि आस्था राखी सत्कर्म गर्ने व्यक्तिले पूरा पूरा बदला पाउनेछ । उसलाई अत्याचारको कुनै डर हुनेछैन किनकि उसले नगरेको पापको सजाय उसले भोग्नुपर्ने छैन र न उसको पुण्यकर्ममा कुनै कमि गरिने छ ।११३. जसरी हामीले पहिलेका मानिसहरूको कथा अवतरण गर्यौं त्यसरी नै हामीले यस कुरआनलाई प्रष्ट अरबी भाषामा अवतरण गर्यौं र हामीले यसमा विभिन्न चेतावनी र धम्की यसमा उल्लेख गरेका छौं । आशा छ, उनीहरू अल्लाहको भय राख्नेछन् वा यो कुरआन उनीहरूका लागि उपदेश र स्मरणको साधन हुनेछ ।११४. अल्लाह उच्च एवं पवित्र हुनुहुन्छ । उहाँ राजा हुनुहुन्छ जसको अधीनमा सम्पूर्ण कुराहरू रहेका छन् । उहाँ नितान्त सत्य हुनुहुन्छ र उहाँका वाणी नितान्त सत्य रहेको छ । मुश्रिकहरूले लगाएको अभियोगबाट उहाँ पवित्र हुनुहुन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंसम्म कुरआनको भाग पूर्ण रूपले पुर्याउनुअघि जिब्रील (अलैहिस्सलाम) सँग कुरआन पाठमा हतार नगर्नुहोस् । अनि भन्नुहोस्- हे मेरा पालनकर्ता ! तपाईंले सिकाउनुभएको ज्ञानमा बृद्धि गर्नुहोस् । (अल्लाहले मूसा (अलैहिस्सलाम) को कथा र त्यसमा फिरऔनको इन्कार र इस्राईलका सन्तानहरूको अज्ञानताको जिकिर गरेपछि आदम (अलैहिस्सलाम) को कथा वर्णन गर्नुभएको छ जसमा बिर्सेको व्यक्तिलाई अल्लाहको अनुसरणको बाटो अपनाउनको लागि प्रोत्साहित गरिएको छ । उहाँले भन्नुभयोः)११५. हामीले आदम (अलैहिस्सलाम) लाई पहिले नै एउटा रूखको फल नखान भनेको थिएँ । हामीले मनाही गर्यौं र त्यसको सजाय पनि वर्णन गर्यौं । उसले अल्लाहको कुरा बिर्स्यो र त्यस रूखको फल खायो । उनी यसबाट बचेर बस्न सकेन र हामीले उसमा हाम्रो आदेशमा अडिग रहन सक्ने क्षमता देखेनौं ।११६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले फरिश्ताहरूलाई आदम (अलैहिस्सलाम) को अभिवादनको लागि सज्दा गर्ने आदेश दिएको सम्झनुहोस् । इब्लीस बाहेक सबैले सज्दा गरे । त्यो उनीहरूसँगै थियो तर उनीहरू जस्तो बन्न सकेन । घमण्डको कारण उसले सज्दा गरेन ।११७. अनि हामीले भन्यौः हे आदम (अलैहिस्सलाम) ! इब्लीस तिम्रो र तिम्री पत्नीको शत्रु हो । उसको लैलैमा लागेर उसले तिमीलाई र तिम्री पत्नीलाई स्वर्गबाट ननिकालोस् नत्र तिमीले कष्ट र दुर्भाग्य सहनुपर्ने हुन्छ ।११८. वास्तवमा, स्वर्गमा अल्लाहले तपाईंको भोक मेट्नका लागि खुवाउनुहुनेछ र तपाईंको नाङ्गो शरीरलाई छोप्न लुगा लगाउनुहुनेछ ।११९. तपाईंको तिर्खा मेट्नका लागि पानी पिलाउनुहुन्छ र सूर्यको गर्मी छेक्न छाँया प्रदान गर्नुहुनेछ ।१२०. शैतानले आदमलाई बहकायो र भन्योः के म तिमीलाई एउटा यस्तो रूखको विषयमा भनौं जसको फल खाने मान्छे अमर हुनेछ र कहिल्यै समाप्त नहुने राज्यको मालिक हुनेछ ?!१२१. निषेध गरिएको रूखको फल आदम र हव्वा (अलैहिमस्सलाम) ले खाए । उनीहरूका छोपिएका अङ्गहरू देखिए र उनीहरूले स्वर्गको रूखका पातहरू टिपेर आफूलाई छोप्न थाले । खान नहुने रूखको फल खाएर आदम (अलैहिस्सलाम) ले आफ्ना पालनकर्ताको आदेश विपरित गरे । उनले प्रतिबन्धित काम गरे ।१२२. तर अल्लाहले उनलाई रोज्नुभयो, उहाँको पश्चाताप स्वीकार गर्नुभयो र उहाँको मार्गदर्शन गर्नुभयो ।१२३. अल्लाहले आदम र हव्वा (अलैहिमस्सलाम) लाई भन्नुभयोः तिमी दुबैजना स्वर्गबाट ओर्ल । इब्लीस तिमी दुबैको शत्रु हो र तिमीहरू इब्लीसको शत्रु । जब तिमीहरूसमक्ष मेरो मार्गदर्शन आउँछ जानि राख जसले मेरो मार्गदर्शनको अनुसरण गर्नेछ र त्यसबाट विमुख हुनेछ ऊ कहिले पनि सत्यताबाट हट्ने छैन र आखिरतमा यातना भोग्नुपर्ने छैन बरू अल्लाहले उसलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ ।१२४. तर जो मेरो यादबाट विमुख हुनेछ, त्यसलाई स्वीकार्ने छैन र त्यसको अनुसरण गर्नेछैन उसको सांसारिक र बर्जखको जीवन दयनीय हुनेछ । कयामतको दिन भेला हुने ठाउँसम्म उनीहरूलाई हामी अन्धो र तर्कवितर्क गर्न नसक्ने अवस्थामा ल्याउनेछौं ।१२५. अल्लाहको यादबाट विमुख हुनेले भन्नेछः हे पालनकर्ता ! म त संसारमा देख्ने गर्दथें तर आज मलाई किन अन्धो अवस्थामा भेला पार्नुभएको ?१२६. अल्लाहले यसको जवाफमा भन्नुभयोः तिमीसमक्ष हाम्रा आयतहरू आए तर तिमीले त्यसलाई स्वीकारेनौ । तिमीले संसारमा हाम्रा आयतहरूसँग यस्तो व्यवहार गर्यौ । आज तिमीलाई पनि यातना भोग्न एक्लै छोडिनेछ ।१२७. हामी मनमानी गर्नेहरूलाई र आफ्ना पालनकर्ताको आस्थाको स्पष्ट प्रमाण देख्दा देख्दै पनि नस्वीकार्नेहरूलाई पनि यस्तै यातना दिनेछौं । अल्लाहले आखिरतमा दिनुहुने यातना सांसारिक र बर्जखको दयनीय जीवनभन्दा धेरै डरलाग्दो, कष्टकर र सधैं बाँकी रहने छ ।१२८. हामीले उनीहरूभन्दा पहिले ठूलो संख्यामा मानिसहरूलाई नष्ट पारिसकेका छौं भनी मुश्रिकहरूलाई स्पष्ट छैन र ?! उनीहरू नष्ट पारिएका ती मानिसहरूले बसोबास गर्ने ठाउँबाट गुज्रने गर्छन् र उनीहरूले त्यहाँ अवतरित यातनाको अवलोकन गरेका छन् । वास्तवमा, मानिसहरूको विनाशमा सोँचनेहरूको लागि पाठ रहेको छ ।१२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंका पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाण देखाएपछि मात्र यातना दिने कुरा नगरिएको भए र उनीहरूको यातनाको लागि निश्चित म्याद नतोकिएको भए उहाँले यातना दिन हतार गर्नुहुने थियो किनकि उनीहरूको लागि यही उपयुक्त रहेको छ ।१३०. तसर्थ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम), तपाईंमाथि लगाएका अभियोगहरूप्रति धैर्य गर्नुहोस् र आफ्नो पालनकर्ताको प्रशंसाका साथ सूर्योदय अघि फज्रको सलाहमा उहाँको गुणगाण गर्नुहोस् । अनि सूर्यास्तभन्दा पहिले अस्रको सलाहमा र रातका प्रहरहरूमा मग्रिब र ईशाको सलाहमा पनि । अनि मध्यान्नपछि जोहरको सलाहमा र सूर्यास्तपछि मग्रिबको सलाहमा पनि । आशा छ, तपाईंका पालनकर्ताले तपाईंलाई खुशी पार्ने प्रतिदान दिनुहुनेछ ।१३१. हामीले यस्ता झूठाहरूको परिक्षा लिनका निम्ति यिनीहरूलाई दिएको सांसारिक जीवनको सुखतिर नहेर्नुहोस् । यो समाप्त हुने सुख हो । वास्तवमा, तपाईंलाई सन्तुष्ट पार्नको लागि दिने वाचा गरिएको प्रतिदान यिनीहरूले भोगेको सांसारिक सुखभन्दा धेरै उत्तम छ र सदा रही रहनेछ किनकि त्यो कहिल्यै समाप्त हुनेछैन ।१३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो परिवारलाई सलाह पढ्ने आदेश दिनुहोस् र स्वयं पनि सलाह पढ्न अडिग रहनुहोस् । हामी स्वयं तपाईंका लागि र अरू कसैका लागि तपाईंबाट जीविका चाहँदैनौं बरू जीविका हाम्रो जिम्मामा रहेको छ । अल्लाहको डर राख्ने, उहाँका आदेशहरूको पालना गर्ने र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बच्ने ईशभय राख्नेहरूका लागि यस संसारमा र आखिरतमा प्रशंसनीय परिणाम रहेको छ ।१३३. नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई नकार्ने झूठाहरू भन्छन्- मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) आफ्नो नबी भएको कुरालाई सत्य ठहर गर्नका निम्ति आफ्नो पालनकर्ताको तर्फबाट प्रमाण किन ल्याउनु हुन्न ? उहाँभन्दा पहिलेका किताबहरूलाई सत्य ठहर गर्न यी झूठाहरूसमक्ष कुरआन आएन र ?१३४. नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई नकार्नेहरूलाई उनीहरूको कुफ्र र कठोरताका कारण रसूल पठाउनुभन्दा पहिले र किताब अवतरण गर्नु अघि नै माथिबाट प्रकोप अवतरण गरेर नष्ट गरेको भए उनीहरूले आफ्नो कुफ्रको लागि तर्क प्रस्तुत गर्दै भन्ने थिएः हे मेरा पालनकर्ता ! तपाईंले हामी संसारमा भएको बेला हामीहरूका लागि रसूल पठाउनुभएको भए तपाईंको यातनाको कारणले अपमानित हुनुभन्दा पहिले नै हामीले उहाँमाथि आस्था राख्ने थियौं र उहाँले ल्याउनुभएका आयतहरूको अनुसरण गर्ने थियौं ।१३५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठाहरूलाई भन्नुहोस्- हामीमध्ये हरेक अल्लाहले के गर्नुहुन्छ भनी प्रतिक्षामा छ । तसर्थ तिमीहरू पनि प्रतिक्षा गर, हामी र तिमीहरूमध्ये को सीधा बाटोमा छ र कसले मार्गदर्शन प्राप्त गरेको छ भनी तिमीहरूले चाँडै नै थाहा पाउने छौ ।
१. ता० हा० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ ।
२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायले तपाईंलाई मान्न इन्कार गरेको कारणले तपाईंको मनमा यस कुराको बोझ रहि रहोस् भनी हामीले तपाईंमाथि कुरआन अवतरण गरेका होइनौं ।
३. बरू हामीले यसलाई अल्लाहको भय राख्नेहरूको लागि उपदेश बनाएर पठाएका छौं ।
४. यस धर्ती र उच्च आकाशहरूको सृष्टि गर्नुभएको अल्लाहले नै यो कुरआन अवतरण गर्नुभएको हो । यो एउटा महान कुरआन हो जसलाई महान अस्तित्वले अवतरण गर्नुभएको हो ।
५. अर्-रह्मान (अल्लाह) आफ्नो प्रतिष्ठालाई सुहाउँदो तरिकाले सिंहासन (अर्श) मा विराजमान हुनुभयो ।
६. आकाशहरू, पृथ्वी र माटोमुनि रहेका सम्पूर्ण सृष्टिहरूको सृष्टि, अधिकार र व्यवस्थापन गर्ने काम केवल अल्लाहकै हातमा छ ।
७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले ठूलो स्वरले कुरा गर्नुहुन्छ वा सानो स्वरले त्यसको ज्ञान अल्लाहलाई हुन्छ । उहाँ त मनमा खेलेका कुराहरू जस्ता अत्यन्त गोप्य कुराको पनि ज्ञान राख्नुहुन्छ । कुनै पनि कुरा अल्लाहबाट लुकेको छैन ।
८. अल्लाहबाहेक कोही सत्य उपास्य छैन र उहाँका उत्कृष्ट नामहरू छन् । (जब नबी (सल्लल्लाहु अलैहि व सल्लम) आफ्नो समुदायको तर्फबाट क्रूरताको सामना गर्नुहुन्थ्यो उहाँलाई मूसा (अलैहिस्सलाम) को कथाले आश्वासन दिइन्थ्यो । अल्लाहले भन्नुभयोः)
९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईं समक्ष मूसा बिन इम्रानको कथा आइपुगेको छ ।
१०. जब उनले यात्रामा आगो देखे उनले आफ्ना परिवारलाई भनेः तिमीहरू यहीँ बस । मैले आगो देखें । आशा छ म त्यहाँबाट मसाल लिएर आउँछु वा मैले त्यहाँ बाटो देखाउने भेट्नेछु ।
११. जब उनी आगोको नजिक आए, अल्लाहले उनलाई ‘हे मुसा’ भनेर बोलाउनुभयो ।
१२. म नै तिम्रो पालनकर्ता हुँ । मसँग कुराकानी गर्नका निम्ति तिमी आफ्ना दुबै जुत्ता फुकाल । तिमी पवित्र स्थान (तुवा) मा छौ ।
१३. हे मूसा (अलैहिस्सलाम) ! मैले तिमीलाई मेरो सन्देशको प्रचारको लागि चुनेको छु । तसर्थ मेरो वहीलाई ध्यानपूर्वक सुन ।
१४. वास्तवमा, म नै अल्लाह हुँ, म बाहेक अरु कोही सत्य उपास्य छैन । मेरो मात्र उपासना गर र मलाई सम्झनको लागि पूर्णताका साथ सलाह कायम गर ।
१५. महाप्रलय आउने नै छ । कसैलाई पनि त्यसको समयको ज्ञान छैन किनकि मैले त्यसलाई गोप्य राखेको छु । तर नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले अवगत गराउनु भएकोले उनीहरूलाई त्यसका निशानीहरूको ज्ञान छ । हरेकले गरेको राम्रो र नराम्रो कामको बदला दिने उद्देश्यले यसलाई गोप्य राखिएको हो ।
१६. तपाईंलाई महाप्रलयको आगमनलाई नमान्ने काफिरहरूले यसमाथि विश्वास गर्न र सत्कर्मद्वारा यसको तयारी गर्नबाट नरोकुन् । उनीहरूले मनमानी गरे र पापमा लिप्त भए । के यस कारणले तपाईं बरबाद हुनुहुनेछ ?
१७. हे मूसा (अलैहिस्सलाम) ! तपाईंको दाहिने हातमा के छ ?
१८. मूसा (अलैहिस्सलाम) ले भनेः यो मेरो लौरो हो । म यसलाई समाई टेकेर हिँड्छु । म आफ्नो भेडालाई खुवाउनका लागि यसले रूखबाट पात झार्छु । यसबाहेक अन्य कामका लागि पनि यसलाई प्रयोगमा ल्याउँछु ।
१९. अल्लाहले भन्नुभयोः हे मूसा (अलैहिस्सलाम) ! त्यसलाई तल राख ।
२०. मूसा (अलैहिस्सलाम) ले त्यसलाई तल राखे । त्यो जिउँदो सर्पमा परिणत भयो र छिटो छिटो हल्लिन थाल्यो ।
२१. हे मूसा (अलैहिस्सलाम) ! आफ्नो लौरोलाई समात । त्यसलाई सर्पको रूपमा देखेर नआत्तिऊ । तिमीले समातेपछि हामी त्यसलाई पुरानै रूप दिनेछौं ।
२२. आफ्नो हातलाई काखिमुनी च्याप । त्यो कुष्ठरोगको असर बिना नै सेतो भएर निस्कनेछ । यो तिम्रो दोस्रो निशानी हो ।
२३. हे मूसा (अलैहिस्सलाम) ! हामीले तिमीलाई हाम्रो शक्तिका ठूल-ठूला निशानीहरू देखाउनका निम्ति हामीले यी दुईवटा निशानीहरू देखायौं । तिमी अल्लाहका रसूल हौ ।
२४. हे मूसा (अलैहिस्सलाम) ! तिमी फिरऔनकहाँ जाऊ । उसले कुफ्रमा र अल्लाहको बिरोधमा अति गरिसक्यो ।
२५. मूसा (अलैहिस्सलाम) ले भनेः हे मेरा पालनकर्ता ! मेरो छातीलाई कष्ट सहने योग्य बनाउनुहोस् ।
२६. मेरो लागि मेरो कार्य सहज बनाउनुहोस् ।
२७. मलाई प्रष्ट बोल्ने क्षमता प्रदान गर्नुहोस् ।
२८. तपाईंको सन्देश पुर्याउदा उनीहरू मेरो कुरा प्रष्ट बुझ्न सकुन् ।
२९. मेरो खानदानबाट मेरो कर्तव्य पूरा गर्नको लागि मलाई एउटा सहयोगी प्रदान गर्नुहोस् ।
३०. मेरो दाई हारून बिन इम्रानलाई ।
३१. उसलाई प्रदान गरेर मेरो समर्थन गर्नुहोस् ।
३२. उसलाई पनि मसँग रसूल बनाउनुहोस् ।
३३. हामी मिलेर तपाईंको धेरै धेरै गुणगाण गर्न सकौं ।
३४. तपाईंलाई धेरै याद गर्न सकौं ।
३५. तपाईं हामीलाई देख्दै हुनुहुन्छ । हाम्रो अवस्था राम्ररी जान्नुहुन्छ ।
३६. अल्लाहले भन्नुभयोः हे मूसा (अलैहिस्सलाम) ! तिमीले मागेको हामीले दियौं ।
३७. हामीले फेरी तिमीमाथि उपकार गर्यौं ।
३८. हामीले तिमीलाई फिरऔनबाट हुनसक्ने हानिबाट जोगाएको कुरा तिम्री आमालाई बतायौं ।
३९. हामीले भन्ने बेला उसलाई आदेश दियौः उसलाई जन्माएपछि एउटा बाकसमा राख्नु र बाकसलाई समुद्रमा छोडिदिनु । अनि मेरो आदेशले समुद्रले उसलाई किनारसम्म पुर्याइदिनेछ । त्यसपछि हाम्रो र उसको शत्रु फिरऔनले उसलाई लिनेछ । मैले आफ्नो तर्फबाट तिमीभित्र प्रेम हालिदिएँ । मानिसहरूले तिमीलाई प्रेम गरे । यसकारणले तिम्रो पालनपोषन मेरो रेखदेख र मेरो हेरचाहमा हुनेभयो ।
४०. तिम्री दिदी त्यस बाकसलाई पछ्याउँदै गइन् । त्यस बाकसलाई उठाउनेहरूलाई भनिन्- के म तपाईंहरूलाई त्यस महिलाबारे जानकारी दिऊँ जसले उसको रक्षा गर्नेछिन्, स्तनपान गराउनेछिन् र पालनपोषण गर्नेछिन् ? यसरी हामीले तिमीमाथि उपकार गर्यौं र तिम्री आमालाई खुशी पार्नका लागि ऊकहाँ तिमीलाई फर्काइदियौं । अब ऊ तिमीलाई लिएर चिन्तित हुनेछैन । तिमीले मुक्काले हानेर किब्तिको हत्या गर्यौ । त्यसबेला पनि तिमीलाई दण्डबाट बचाएर तिमीमाथि उपकार गर्यौं । एक पछि अर्को परीक्षामा फसेफछि तिमीलाई हरेक पटक हामीले मुक्त गर्यौं । त्यसपछि तिमी त्यस ठाउँलाई छोडेर केही वर्षको लागि मदयनबासीहरूका साथमा बस्यौ । अनि हे मूसा (अलैहिस्सलाम) ! हामीले निर्धारित गरेको समयमा हामीसँग कुरा गर्नका लागि तिमी फर्क्यौ ।
४१. मैले मेरो वहीको विषयमा मानिसहरूलाई जानकारी दिन मेरो रसूलको रूपमा तिमीलाई चुनेको छु ।
४२. हे मूसा (अलैहिस्सलाम) तिमी आफ्नो दाई हारूनका साथ अल्लाहको शक्तिका निशानीहरू र उहाँ एक हुनुको प्रमाणहरू लिएर जाऊ । दावत दिन र मलाई सम्झन तिमी दुबैजना कमजोर नहुनु ।
४३. तिमी दुबैजना फिरऔनकहाँ जाऊ । उसले कुफ्रमा र अल्लाहको बिरोधमा अति गरिसक्यो ।
४४. अनि ऊसँग नम्र भावका साथ कुरा गर्नु । आशा छ, उसले बुझ्ने छ र अल्लाहको भय राखी पश्चताप गर्नेछ ।
४५. मूसा र हारून (अलैहिमस्सलाम) ले भनेः उसलाई पूर्ण रूपले दावत दिनु अघि नै उसले सजाय दिन हतार गर्नेछ वा उसले सीमा उल्लङ्घन गरी हामीलाई हत्या गर्नेछ वा अरू केही अत्यचार गर्नेछ भन्ने डर हामीलाई छ ।
४६. अल्लाहले भन्नुभयोः न डराऊ, मेरो सहयोग र समर्थन तिमीहरूसँगै छ । तिमीहरूबिच जे हुनेछ म सुनिरहने र हेरिरहने छु ।
४७. तपाईंहरू ऊसमक्ष जाऊ र भन- हे फिरऔन ! हामी तिम्रा पालनकर्ताका रसूल हौं । इस्राईलका सन्तानहरूलाई हामीसँग जान देऊ । उनीहरूको छोराहरूको हत्या गरेर र उनीहरूको छोरीहरूलाई जीउँदै राखेर उनीहरूलाई पीडा नदेऊ । हामी सच्चा हौं भनी तिम्रो पालनकर्ताको तर्फबाट प्रमाण लिएर आएका छौं र अल्लाहमाथि आस्था राख्नेहरूको लागि र उहाँको मार्गदर्शनको अनुरसण गर्नेहरूका लागि सुरक्षाको वाँचा लिएर आएका छौं ।
४८. अल्लाहका आयतहरूलाई मिथ्या ठहर गर्नेहरू र उहाँका रसूलहरूको सन्देशको विपरीत गर्नेहरूको लागि यस संसारमा र आखिरतमा यातना रहेको छ भनी अल्लाहले हामीलाई वही मार्फत भन्नुभएको छ ।
४९. उनी दुबैले ल्याएको सन्देशलाई नकार्दै फिरऔनले भन्योः हे मूसा (अलैहिस्सलाम) ! तिमीहरूको पालनकर्ता को हुन् जसले तिमीहरूलाई यहाँ पठाउनुभएको छ भनी तिमीहरूलाई लाग्छ ?
५०. हाम्रा पालनकर्ता उहाँ हुनुहुन्छ जसले हरेक वस्तुलाई उसलाई सुहाउँदो रूप र आकार दिनुभयो । हरेक सृष्टिलाई जुन उद्देश्यले सृष्टि गरिएको हो उसलाई त्यसको मार्गदर्शन प्रदान गर्नुभयो ।
५१. फिरऔनले भन्योः पहिलेका काफिरहरूको के दशा भयो ?
५२. मूसा (अलैहिस्सलाम) ले फिरऔनलाई भनेः तिनीहरूको अवस्थाको ज्ञान केवल अल्लाहसँग छ । लौहे मह्फूजमा सुरक्षित राखिएको छ । मेरा पालनकर्ता त्यस ज्ञानको विषयमा न गलती गर्नुहुन्छ न उहाँ बिर्सनुहुन्छ ।
५३. उहाँले यस धर्तीलाई बस्नको निम्ति सुबिधाजनक बनाउनुभएको छ र त्यसमा हिँड्नेयोग्य मार्गहरू पनि बनाउनुभएको छ । आकाशबाट पानी पराउनुभयो र हामीले त्यस पानीबाट विभिन्न प्रकारका बिरूवाहरू उत्पादन गर्यौं ।
५४. हे मानिसहरू ! हामीले तिमीहरूका लागि उत्पादन गरेका पवित्र खानेकुराहरू खाऊ र आफ्ना घर पालुवा जन्तुहरूलाई खुवाऊ । वास्तवमा, माथि उल्लेखित कुराहरूमा बुझ्नेहरूका लागि अल्लाहको शक्ति र उहाँ एक हुनुका प्रमाणहरू छन् ।
५५. हामीले धर्तीको माटोबाट तिमीहरूको पुर्खा आदमको सृष्टि गर्यौं । तिमीहरूको मृत्युपछि तिमीहरूलाई पुरेर त्यहीँ नै फर्काउनेछौं र कयामतको दिन तिमीहरूका लागि त्यहीँबाट फेरी एकपटक उठाउनेछौं ।
५६. हामीले फिर्ओनलाई आफ्ना नौवटै निशानीहरू देखाइदियौं । उसले देखे तापनि मान्न इन्कार गर्यो र अल्लाहमाथि आस्था राख्न मानेन ।
५७. फिरऔनले भन्योः हे मूसा (अलैहिस्सलाम) ! तिमीले राज्य चलाउनका लागि जादूले हामीहरूलाई मिस्रबाट निकाल्न खोजेको हो ?
५८. हे मूसा (अलैहिस्सलाम) ! त्यसो भए हामी तिम्रो जस्तै जादू लिएर आउनेछौं । तिमी र हामी एक निश्चित समय र स्थानमा भेट्ने सम्झौता गर जसको उल्लङ्घन न हामीले गर्नेछौं न तपाईंले । यो स्थान दुई समूह बीचको आधा बाटोमा हुनुपर्दछ ।
५९. मूसा (अलैहिस्सलाम) ले फिरऔनलाई भनेः उत्सवको दिन हाम्रो भेट्ने समय निश्चित भयो । सूर्योदयपश्चात मानिसहरू उत्सव मनाउनका लागि भेला हुन्छन् ।
६०. फिरऔन फर्क्यो र षड्यन्त्र गर्न थाल्यो । अनि निश्चित समय र स्थानमा प्रतिश्पर्धाको लागि आयो ।
६१. फिरऔनका जादूगरहरूलाई उपदेश दिँदै मूसा (अलैहिस्सलाम) ले भनेः सावधान ! आफ्नो जादूको माध्यमले मानिसहरूलाई धोखा दिएर अल्लाहमाथि झूठो अभियोग नलगाऊ । उहाँले यातनाको माध्यमले तिमीहरूलाई नष्ट पार्नुहुनेछ । अल्लाहमाथि झूठो अभियोग लगाउनेहरू असफल हुनेछन् ।
६२. मूसा (अलैहिस्सलाम) को कुरा सुनेपछि जादूगरहरूले आपसमा मतभेद गरे र उनीहरू गोप्य रूपमा सल्लाह गर्न थाले ।
६३. केही जादूगरहरूले गोप्य रूपमा भन्न थालेः वास्तवमा, मूसा र हारून (अलैहिमस्सलाम) जादूगर हुन् । उनीहरूले तिमीहरूलाई मिस्रबाट आफ्नो जादूद्वारा निकाल्न खोजेका छन् । उनीहरू तिमीहरूको जीवनको उच्च परम्परा र उत्तम धर्मलाई नष्ट पार्न चाहन्छन् ।
६४. आफ्नो काममा कुशलता अपनाऊ र मतभेद नगर । पंक्तिबद्ध भएर अगाडी बढ र आफूले जानेको जादू एकैपटक देखाऊ । आज जसले आफ्नो विपक्षीलाई हराउनेछ उसले आफ्नो लक्ष्य प्राप्त गर्नेछ ।
६५. जादूगरहरूले मूसा (अलैहिस्सलाम) लाई भनेः हे मूसा (अलैहिस्सलाम) ! पहिले तिमी जादू देखाउँछौ वा हामी देखाऔं ?
६६. मूसा (अलैहिस्सलाम) ले भनेः पहिले तिमीहरू नै देखाऊ । उनीहरूले जादू देखाए । उनीहरूले फ्याकेका डोरीहरू र लौरोहरूलाई मूसा (अलैहिस्सलाम) ले उनीहरूको जादूको कारणले छिटो छिटो हल्लेका सर्पहरूको रूपमा देखे ।
६७. उनीहरूले गरेको जादूको कारण उत्पन्न डरलाई मूसा (अलैहिस्सलाम) ले आफू भित्रै राखे ।
६८. मूसा (अलैहिस्सलाम) लाई आश्वासन दिँदै अल्लाहले भन्नुभयोः हे मूसा (अलैहिस्सलाम) ! त्यो देखेर आत्तिनुपर्दैन । उनीहरूलाई पछारेर तिमी नै विजय हुनेछौ ।
६९. तिम्रो दाहिने हातमा भएको लौरो फ्याक । त्यो सर्पमा परिणत भएर उनीहरूको जादूलाई निल्नेछ । उनीहरूले जादू मात्र गरेका हुन् र जादूगरहरूले जे गरे पनि सफल हुनेछैनन् ।
७०. अनि मूसा (अलैहिस्सलाम) ले लौरो फ्याके जुन सर्पमा परिणत भएर उनीहरूको जादूलाई निल्यो । मूसा (अलैहिस्सलाम) जादूगर होइन भनी थाहा पाएपछि जादूगरहरूले अल्लाहलाई सज्दा गरे । यो त अल्लाहको तर्फबाट हो । हामीले मूसा, हारून (अलैहिमस्सलाम) र सम्पूर्ण सृष्टिको पालनकर्तामाथि आस्था राख्यौं ।
७१. जादूगरहरूको आस्थाको निन्दा गर्दै र उनीहरूलाई धम्काउँदै फिर्औले भन्योः के तिमीहरूले मेरो अनुमति बिना नै आस्था राख्यौ ? हे जादूगरहरू ! वास्तवमा, मूसा (अलैहिस्सलाम) तिमीहरूको अगुवा हो र उसैले तिमीहरूलाई जादू सिकाएको हो । अब म तिमीहरूका हातखुट्टाहरू विपरीत दिशाबाट काट्नेछु र तिमीहरूलाई खजूरको हाँगामा मृत्युहुञ्जेल झुन्ड्याउनेछु । अनि तिमीहरू अरूहरूका लागि पाठ हुनेछौ अनि म र मूसा (अलैहिस्सलाम) का पालनकर्तामध्ये कसको यातना अधिक कठोर र स्थायी रहेको छ भनी तिमीहरूले थाहा पाउनेछौ ?!
७२. जादूगरहरूले फिरऔनलाई भनेः हे फिरऔन ! हामीलाई स्पष्ट आयतहरू प्राप्त भएपछि त्यसको अनुसरण छोडेर हामी तिम्रो अनुसरण गर्नेछैनौं । त्यसरी नै हाम्रो सृष्टिकर्तालाई छोडेर हामी तिमीलाई रोज्नेछैनौं । तिमीलाई जे गर्नुछ गर । तिम्रो स्वामित्व समाप्त हुनेछ किनकि तिम्रो स्वामित्व यस समाप्त हुने जीवनमा मात्र काम लाग्नेछ ।
७३. हामीले पहिले गरेका कुफ्र र अरू पापहरूलाई हाम्रा पालनकर्ताले माफ गर्नुहुनेछ भनी आशा रहेको हुनाले हामीले उहाँमाथि आस्था राखेका हौं । यसरी नै तिमीले हामीहरूलाई जादू सिक्न, अभ्यास गर्न र मूसा (अलैहिस्सलाम) लाई हराउन बाध्य पारेको पापलाई पनि उहाँले माफ गर्नुहुनेछ । तिमीले हामीहरूलाई गरेको बाचा भन्दा अल्लाहको प्रतिदान उत्तम रहेको छ र तिमीले डर देखाएको यातनाभन्दा उहाँकै यातना स्थायी रहेको छ ।
७४. फलस्वरूप जो कोही कयामतका दिन आफ्ना पालनकर्तासमक्ष काफिर भएर आउँछ ऊ सदाका लागि नर्कमा बस्नेछ । उहाँको यातनाबाट बच्नको लागि उसलाई त्यहाँ कहिल्यै मृत्यु आउनेछैन र न उसको जीवन राम्रो जीवन नै हुनेछ ।
७५. जो कयामतको दिन आफ्नो पालनकर्तासमक्ष आस्था राखेर आउनेछन् र उनीहरूले सत्कर्महरू पनि गरेका थिए भने उनीहरूको लागि प्रतिष्ठित स्थानहरू र उच्च पदहरू रहेका छन् ।
७६. पदहरूको तात्पर्य यस्तो स्वर्गमा रहनु हो जसको महलहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् र त्यहाँ उनीहरू सदा रहनेछन् । यो प्रतिदान आफूलाई पवित्र पार्ने र पापहरूबाट बचेर बस्ने हरेकको लागि रहेको छ ।
७७. हामीले मूसालार्इ वही मार्फत भन्यौं- कसैले थाहा नपाउने गरी तिमी मेरा भक्तहरूलाई लिएर रातारात मिस्रबाट निस्क । अनि आफ्नो लौरोले हानेर उनीहरूलाई लिई समुद्रको बाटोलाई सुख्खा बनाएर लैजाऊ । चिन्ता नगर किनकि न तिमीहरूलाई फिरऔन र उसका मन्त्रीहरूले समात्न सक्नेछन् न तिमीहरू डुब्नेछौ ।
७८. अनि फिरऔनले आफ्ना सेनाहरूका साथ उनीहरूलाई पछ्यायो । तर समुद्रले उनीहरूलाई यसरी ढाक्यो जसको वास्तविकता केवल अल्लाहलाई थाहा छ । उनीहरू सम्पूर्ण डुबेर मरे र मूसा (अलैहिस्सलाम) र उनका साथीहरू यसबाट मुक्त भए ।
७९. फिरऔनले आफ्ना समुदायसमक्ष कुफ्रलाई सुन्दर बनाएर प्रस्तुत गरी उनीहरूलाई पथभ्रष्ट गर्यो । असत्यताको सहयोगले उनीहरूलाई धोखा दियो र उनीहरूलाई कहिल्यै सीधा बाटो देखाएन ।
८०. फिरऔन र उसको सेनाबाट बचाएपछि हामीले इस्राईलका सन्तानहरूलाई भन्यौं- हे इस्राईलका सन्तानहरू ! हामीले तिमीहरूलाई तिमीहरूका शत्रुबाट बचायौं र तिमीहरूसित तूर पहाडको दाहिनेतिर अवस्थित घाटीमा मूसा (अलैहिस्सलाम) सँग कुरा गर्ने वाचा गर्यौं । तिमीहरू भौंतारिरहेको अवस्थामा हामीले तिमीहरूमाथि महजस्तो स्वादिलो पेय र बट्टाई जस्तो देखिने सानो चराको स्वादिलो मासु अवतरण गर्यौं ।
८१. हामीले प्रदान गरेका स्वादिला हलाल खानेकुराहरू खाऊ । हामीले अनुमति दिएका कुराहरूबाट अगाडी बढेर अनुमति नभएका कुराहरूमा नलाग नत्र मेरो प्रकोप तिमीहरूमाथि अवतरित हुनेछ । जसमाथि मेरो प्रकोप अवतरित हुनेछ ऊ यस संसारमा र आखिरतमा नष्ट हुनेछ ।
८२. प्रायश्चित गर्ने, ममाथि आस्था राख्ने, सत्कर्म गर्ने अनि सत्यतामा अडिग रहने व्यक्तिको लागि म अति क्षमाशील रहेको छु ।
८३. हे मूसा (अलैहिस्सलाम) ! तपाईंलाई आफ्नो समुदायलाई पछाडी छोडेर कुन कुराले चाँडै आउन बाध्य बनायो ?
८४. मूसा (अलैहिस्सलाम) ले भनेः उनीहरू मेरो पछाडी छन् र मकहाँ आइपुग्नेछन् । म उनीहरूभन्दा चाँडै आएको देखेर तपाईं खुशी हुनुहुन्छ भनी मैले हतार गरें ।
८५. अल्लाहले भन्नुभयोः तिमीले पछाडी छोडेकाहरूको परिक्षा हामीले लियौं र उनीहरू बाछाको उपासनामा लागे । सामरीले उनीहरूलाई यसको लागि आह्वान गर्यो र यसरी उनीहरूलाई पथभ्रष्ट गर्यो ।
८६. मूसा (अलैहिस्सलाम) आफ्नो समुदायमा उनीहरूले बाछाको उपासना शुरू गरेका हुनाले रिसाउँदै र चिन्तित हुँदै आए । मुसा (अलैहिस्सलाम) ले भनेः हे मेरो समुदाय ! के अल्लाहले तिमीहरूको लागि तौरात अवतरण गर्ने र तिमीहरूलाई स्वर्गमा प्रवेश गराउने जस्ता राम्रा वाचा गर्नुभएको थिएन ? के यो अन्तराल लामो भयो र तिमीहरूले यसलाई बिर्स्यौ ? वा तिमीहरूको यस कामको कारणले तिमीहरूमाथि तिमीहरूको पालनकर्ताको प्रकोप वा यातना अवतरित होस् भनी चाहन्छौ ? लाग्छ तिमीहरूले मेरो वाचा विपरीत गर्नु र म फर्केर नआएसम्म अनुसरणमा अडिग नरहनुको कारण यही हो ।!
८७. मुसा (अलैहिस्सलाम) को समुदायले जवाफ दियोः हामीले आफ्नो खुशीले वाचा विपरीत गरेको होइन बरू बाध्यताले हो । हामीले फिरऔनको समुदायका थुप्रै र गरूङ्गा गर-गहनाहरू लिएर आएका थियौं । त्यसबाट छुट्कारा पाउनका लागि हामीले त्यसलाई खाल्टोमा फ्याक्यौं । जब हामीले त्यसलाई खाल्टोमा फ्याक्यौं तब सामरीले पनि ऊसँग रहेको जिब्रील (अलैहिस्सलाम) को घोडाको पाइलाको माटोलाई फ्याक्यो ।
८८. अनि खाल्टोमा जम्मा पारिएका गहनाहरूबाट सामरीले उनीहरूका लागि आत्मा नभएको बाछाको मूर्ति बनायो तर त्यसको गाईको जस्तो आवाज थियो । त्यसबेला सामरीबाट प्रभावित भएकाहरूले भनेः यो तपाईंको र मूसा (अलैहिस्सलाम) को उपास्य हो तर उनले बिर्सनुभयो र यसलाई यहाँ छोड्नुभयो ।
८९. जसको परिक्षा बाछाद्वारा लिइयो र उनीहरू त्यसको उपासना गर्न थाले, के उनीहरूलाई थाहा छैन बाछा उनीहरूसँग कुरा गर्न र उनीहरूको दुआ सुन्नसक्ने क्षमता राख्दैन, उनीहरूलाई र अरूलाई हानिबाट बचाउन सक्दैन र न स्वयंलाई फाइदा पुर्याउन सक्छ र न अरूलाई नै ?!
९०. मूसा (अलैहिस्सलाम) फर्केर आउनु अघि नै हारून (अलैहिस्सलाम) ले उनीहरूलाई भनेः सुनबाट बाछा बनाउनु र त्यसको आवाज तिमीहरूको लागि परिक्षा मात्र हो । प्रमाण स्वरूप मोमिन र काफिरको पहिचान गर्न सकिन्छ । हे मानिसहरू ! वास्तवमा, तिमीहरूका पालनकर्ता दयाको मालिक हुनुहुन्छ । जो न तिमीहरूलाई हानि पुर्याउन सक्छ न तिमीहरूलाई फाइदा नै दिन सक्छ ऊ तिमीहरूमाथि दया गर्न सक्दैन । केवल उहाँको उपासना गर्ने मामिलामा मेरो अनुसरण गर र अरूको उपासना छोड्ने मामिलामा मेरो कुरा मान ।
९१. बाछाको उपासनाद्वारा परिक्षा लिइएकाहरूले भनेः मूसा (अलैहिस्सलाम) फर्केर नआउञ्जेल हामी यसको उपासना गरि रहनेछौं ।
९२. मूसा (अलैहिस्सलाम) ले आफ्नो दाई हारून (अलैहिस्सलाम) लाई भनेः अल्लाहलाई छोडेर बाछाको उपासना गरेर उनीहरू पथभ्रष्ट भएको देख्दा देख्दै तपाईंलाई कुन कुराले रोक्यो ?
९३. उनीहरूलाई छोडेर मेरो पछि पछि किन नआउनु भएको ? के जब मैले तपाईंलाई उनीहरूको अगुवाइ गर्न मेरो उत्तराधिकारी बनाएँ तपाईंले जानाजानी मेरो आदेश नमान्नुभएको हो ?
९४. जब मूसा (अलैहिस्सलाम) ले आफ्नो दाई हारून (अलैहिस्सलाम) को कामको निन्दा गर्दै उनलाई उनको दारी र टाउको समातेर आफूतिर ताने । उनीसित दयाको आशा राख्दै हारून (अलैहिस्सलाम) ले भनेः मेरो दारी र मेरो टाउकोको कपाल नसमात । उनीहरूसँगै बस्नुको कारण छ मसँग । यदि मैले उनीहरूलाई उनीहरूकै अवस्थामा छोडेको भए उनीहरू विभाजित हुने डर थियो । अनि मैले उनीहरूलाई विभाजित गरेको र तिम्रो उपदेशलाई बिर्सेको भनी तिमीले भन्नेथ्यौ ।
९५. मूसा (अलैहिस्सलाम) ले सामरीलाई भनेः हे सामरी ! तिमीले यो के गरेको ? तिमीलाई कुन कुराले यसो गर्न उक्सायो ?
९६. सामरीले मूसा (अलैहिस्सलाम) लाई भन्योः उनीहरूले देख्न नसकेको कुरा मैले देखें । मैले जिब्रील (अलैहिस्सलाम) लाई घोडामाथि देखें अनि मैले उनको घोडाको पाइलाको माटोलाई लिएँ र त्यसलाई पगालेको सुनको बाछाको आकारमा राखें । त्यसबाट बाछाको जन्म भयो जसको एउटा शरीर थियो र त्यसबाट बाछाको स्वर निस्कन्थ्यो । मैले गरेको कामलाई मेरो मन मस्तिष्कले राम्रो ठहर गर्यो ।
९७. मूसा (अलैहिस्सलाम) ले सामरीलाई भनेः अब तिमीले जीवित रहुन्जेल ‘न म कसैलाई छुनेछु न मलाई कसैले छुनेछ’ भन्नेछौ । अनि तिमी एक्लै बाँच्ने छौ । कयामतको दिन तिम्रो हिसाब लिने र तिमीलाई सजाय दिने निश्चित गरिएको छ र अल्लाह निश्चित गरिएको बिपरीत गर्नुहुन्न । अल्लाहलाई छोडी तिमीले जुन बाछाको उपासनालाई रोजेका छौ त्यसतिर हेर । हामी त्यसलाई बालेर पाघाल्नेछौं अनि त्यसलाई समुद्रमा फ्याकेर त्यसको अस्तित्व नै समाप्त पार्नेछौं ।
९८. हे मानिसहरू ! तिमीहरूको वास्तविक उपास्य अल्लाह नै हुनुहुन्छ । उहाँबाहेक अरू कोही उपास्य छैन । उहाँले केही नछुट्याई सम्पूर्ण कुरालाई आफ्नो ज्ञानले घेर्नुभएको छ ।
९९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जसरी हामीले तपाईंलाई मूसा (अलैहिस्सलाम), फिरऔन र दुबैको समुदायको कथा सुनायौं त्यसरी नै हामी तपाईंलाई तपाईंभन्दा पहिलेका नबीहरू र मानिसहरूको कथा सुनाउने छौं जसको उद्देश्य तपाईंलाई निर्भय पार्नु हो । हामीले तपाईंलाई उपदेश ग्रहण गर्नेहरूका लागि उपदेश स्वरूप कुरआन दिएका छौं ।
१००. जो तपाईंमाथि अवतरित यस कुरआनबाट विमुख भयो, यसमाथि आस्था राखेन र उसको क्रियाकलाप यस अनुसार छैन ऊ कयामतको दिन ठूलो पापको भार बोकेर आउनेछ जो पीडादायी यातनाको पात्र बन्नेछ ।
१०१. उनीहरू त्यस यातनालाई सधैंका लागि भोग्नेछन् । उनीहरूले कयामतको दिन बोक्ने भार अति नै घृणित छ ।
१०२. त्यसदिन फरिश्ताले सबैजनालाई उठाउनका लागि दोस्रो पटक नरसिङ्गामा फुक्नेछन् । हामी काफिरहरूलाई नीलो भएको अवस्थामा उठाउने छौं । उनीहरूको आँखाले आखिरतको डरलाग्दो दृश्यलाई देखेको कारणले उनीहरूको रङ्ग परिवर्तन भएको हुनेछ ।
१०३. मृत्युपश्चात तिमीहरू बर्जखमा दस रात मात्र बस्यौ भन्दै उनीहरू एक अर्कासँग कानेखुसी गर्नेछन् ।
१०४. तिनीहरूको कानेखुसीलाई हामी राम्ररी जान्दछौं । केही पनि हामीबाट लुकेको छैन । त्यसबेला सबैभन्दा चलाख व्यक्तिले भन्नेछः तिमीहरू बर्जखमा जम्मा एक दिन बस्यौ ।
१०५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कयामतको दिन पहाडहरूको अवस्था के हुने हो भनी उनीहरू तपाईंलाई सोध्छन् । तपाईं उनीहरूलाई भन्नुहोस्- मेरा पालनकर्ता पहाडलाई जराबाटै उखेल्नुहुनेछ र त्यसलाई धूलो बनाई उडाउनुहुनेछ ।
१०६. अनि उहाँले पहाडलाई बोक्ने धर्तीमा एउटा पनि भवन र बिरूवाहरूलाई बाँकी राख्नुहुनेछैन ।
१०७. तपाईंले यस धर्तीमा कुनै प्रकारको मोड, उकालो र ओरालो देख्नुहुनेछैन ।
१०८. त्यसदिन मानिसहरू भेला हुने ठाउँतिर बोलाउने आवाजलाई पछ्याउन बाध्य हुनेछन् । अल्लाहको डरले सबै आवाजहरू मौन हुनेछन् । तपाईंले केवल कानेखुसी मात्र सुन्नुहुनेछ ।
१०९. त्यस महत्वपूर्ण दिन अल्लाहको अनुमतिका साथ उहाँले नै रोज्नुभएको व्यक्तिको सिफारिस बाहेक अरू कसैको सिफारिस काम लाग्नेछैन ।
११०. कयामतको दिन मानिसहरूले सहन गर्नु पर्ने र उनीहरूले संसारमा गरेका सम्पूर्ण क्रियाकलापहरूलाई अल्लाह जान्नुहुन्छ । तर कसैले पनि उहाँको महानता र गुणहरूलाई पूर्ण रूपले थाहा पाउने छैन ।
१११. अनि मानिसहरू त्यसदिन अपमानित हुनेछन् र सदा जीवित रहने, कहिल्यै मृत्यु नआउने अल्लाहको वशमा हुनेछन् । उहाँ आफ्ना भक्तहरूको मामिलाहरूको व्यवस्थापन गर्नुहुनेछ । पापको भार बोकेर आफैलाई नष्ट गर्न खोज्ने व्यक्ति घाटामा हुनेछ ।
११२. अल्लाह र उहाँका रसूलहरूमाथि आस्था राखी सत्कर्म गर्ने व्यक्तिले पूरा पूरा बदला पाउनेछ । उसलाई अत्याचारको कुनै डर हुनेछैन किनकि उसले नगरेको पापको सजाय उसले भोग्नुपर्ने छैन र न उसको पुण्यकर्ममा कुनै कमि गरिने छ ।
११३. जसरी हामीले पहिलेका मानिसहरूको कथा अवतरण गर्यौं त्यसरी नै हामीले यस कुरआनलाई प्रष्ट अरबी भाषामा अवतरण गर्यौं र हामीले यसमा विभिन्न चेतावनी र धम्की यसमा उल्लेख गरेका छौं । आशा छ, उनीहरू अल्लाहको भय राख्नेछन् वा यो कुरआन उनीहरूका लागि उपदेश र स्मरणको साधन हुनेछ ।
११४. अल्लाह उच्च एवं पवित्र हुनुहुन्छ । उहाँ राजा हुनुहुन्छ जसको अधीनमा सम्पूर्ण कुराहरू रहेका छन् । उहाँ नितान्त सत्य हुनुहुन्छ र उहाँका वाणी नितान्त सत्य रहेको छ । मुश्रिकहरूले लगाएको अभियोगबाट उहाँ पवित्र हुनुहुन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंसम्म कुरआनको भाग पूर्ण रूपले पुर्याउनुअघि जिब्रील (अलैहिस्सलाम) सँग कुरआन पाठमा हतार नगर्नुहोस् । अनि भन्नुहोस्- हे मेरा पालनकर्ता ! तपाईंले सिकाउनुभएको ज्ञानमा बृद्धि गर्नुहोस् । (अल्लाहले मूसा (अलैहिस्सलाम) को कथा र त्यसमा फिरऔनको इन्कार र इस्राईलका सन्तानहरूको अज्ञानताको जिकिर गरेपछि आदम (अलैहिस्सलाम) को कथा वर्णन गर्नुभएको छ जसमा बिर्सेको व्यक्तिलाई अल्लाहको अनुसरणको बाटो अपनाउनको लागि प्रोत्साहित गरिएको छ । उहाँले भन्नुभयोः)
११५. हामीले आदम (अलैहिस्सलाम) लाई पहिले नै एउटा रूखको फल नखान भनेको थिएँ । हामीले मनाही गर्यौं र त्यसको सजाय पनि वर्णन गर्यौं । उसले अल्लाहको कुरा बिर्स्यो र त्यस रूखको फल खायो । उनी यसबाट बचेर बस्न सकेन र हामीले उसमा हाम्रो आदेशमा अडिग रहन सक्ने क्षमता देखेनौं ।
११६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले फरिश्ताहरूलाई आदम (अलैहिस्सलाम) को अभिवादनको लागि सज्दा गर्ने आदेश दिएको सम्झनुहोस् । इब्लीस बाहेक सबैले सज्दा गरे । त्यो उनीहरूसँगै थियो तर उनीहरू जस्तो बन्न सकेन । घमण्डको कारण उसले सज्दा गरेन ।
११७. अनि हामीले भन्यौः हे आदम (अलैहिस्सलाम) ! इब्लीस तिम्रो र तिम्री पत्नीको शत्रु हो । उसको लैलैमा लागेर उसले तिमीलाई र तिम्री पत्नीलाई स्वर्गबाट ननिकालोस् नत्र तिमीले कष्ट र दुर्भाग्य सहनुपर्ने हुन्छ ।
११८. वास्तवमा, स्वर्गमा अल्लाहले तपाईंको भोक मेट्नका लागि खुवाउनुहुनेछ र तपाईंको नाङ्गो शरीरलाई छोप्न लुगा लगाउनुहुनेछ ।
११९. तपाईंको तिर्खा मेट्नका लागि पानी पिलाउनुहुन्छ र सूर्यको गर्मी छेक्न छाँया प्रदान गर्नुहुनेछ ।
१२०. शैतानले आदमलाई बहकायो र भन्योः के म तिमीलाई एउटा यस्तो रूखको विषयमा भनौं जसको फल खाने मान्छे अमर हुनेछ र कहिल्यै समाप्त नहुने राज्यको मालिक हुनेछ ?!
१२१. निषेध गरिएको रूखको फल आदम र हव्वा (अलैहिमस्सलाम) ले खाए । उनीहरूका छोपिएका अङ्गहरू देखिए र उनीहरूले स्वर्गको रूखका पातहरू टिपेर आफूलाई छोप्न थाले । खान नहुने रूखको फल खाएर आदम (अलैहिस्सलाम) ले आफ्ना पालनकर्ताको आदेश विपरित गरे । उनले प्रतिबन्धित काम गरे ।
१२२. तर अल्लाहले उनलाई रोज्नुभयो, उहाँको पश्चाताप स्वीकार गर्नुभयो र उहाँको मार्गदर्शन गर्नुभयो ।
१२३. अल्लाहले आदम र हव्वा (अलैहिमस्सलाम) लाई भन्नुभयोः तिमी दुबैजना स्वर्गबाट ओर्ल । इब्लीस तिमी दुबैको शत्रु हो र तिमीहरू इब्लीसको शत्रु । जब तिमीहरूसमक्ष मेरो मार्गदर्शन आउँछ जानि राख जसले मेरो मार्गदर्शनको अनुसरण गर्नेछ र त्यसबाट विमुख हुनेछ ऊ कहिले पनि सत्यताबाट हट्ने छैन र आखिरतमा यातना भोग्नुपर्ने छैन बरू अल्लाहले उसलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ ।
१२४. तर जो मेरो यादबाट विमुख हुनेछ, त्यसलाई स्वीकार्ने छैन र त्यसको अनुसरण गर्नेछैन उसको सांसारिक र बर्जखको जीवन दयनीय हुनेछ । कयामतको दिन भेला हुने ठाउँसम्म उनीहरूलाई हामी अन्धो र तर्कवितर्क गर्न नसक्ने अवस्थामा ल्याउनेछौं ।
१२५. अल्लाहको यादबाट विमुख हुनेले भन्नेछः हे पालनकर्ता ! म त संसारमा देख्ने गर्दथें तर आज मलाई किन अन्धो अवस्थामा भेला पार्नुभएको ?
१२६. अल्लाहले यसको जवाफमा भन्नुभयोः तिमीसमक्ष हाम्रा आयतहरू आए तर तिमीले त्यसलाई स्वीकारेनौ । तिमीले संसारमा हाम्रा आयतहरूसँग यस्तो व्यवहार गर्यौ । आज तिमीलाई पनि यातना भोग्न एक्लै छोडिनेछ ।
१२७. हामी मनमानी गर्नेहरूलाई र आफ्ना पालनकर्ताको आस्थाको स्पष्ट प्रमाण देख्दा देख्दै पनि नस्वीकार्नेहरूलाई पनि यस्तै यातना दिनेछौं । अल्लाहले आखिरतमा दिनुहुने यातना सांसारिक र बर्जखको दयनीय जीवनभन्दा धेरै डरलाग्दो, कष्टकर र सधैं बाँकी रहने छ ।
१२८. हामीले उनीहरूभन्दा पहिले ठूलो संख्यामा मानिसहरूलाई नष्ट पारिसकेका छौं भनी मुश्रिकहरूलाई स्पष्ट छैन र ?! उनीहरू नष्ट पारिएका ती मानिसहरूले बसोबास गर्ने ठाउँबाट गुज्रने गर्छन् र उनीहरूले त्यहाँ अवतरित यातनाको अवलोकन गरेका छन् । वास्तवमा, मानिसहरूको विनाशमा सोँचनेहरूको लागि पाठ रहेको छ ।
१२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंका पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाण देखाएपछि मात्र यातना दिने कुरा नगरिएको भए र उनीहरूको यातनाको लागि निश्चित म्याद नतोकिएको भए उहाँले यातना दिन हतार गर्नुहुने थियो किनकि उनीहरूको लागि यही उपयुक्त रहेको छ ।
१३०. तसर्थ, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम), तपाईंमाथि लगाएका अभियोगहरूप्रति धैर्य गर्नुहोस् र आफ्नो पालनकर्ताको प्रशंसाका साथ सूर्योदय अघि फज्रको सलाहमा उहाँको गुणगाण गर्नुहोस् । अनि सूर्यास्तभन्दा पहिले अस्रको सलाहमा र रातका प्रहरहरूमा मग्रिब र ईशाको सलाहमा पनि । अनि मध्यान्नपछि जोहरको सलाहमा र सूर्यास्तपछि मग्रिबको सलाहमा पनि । आशा छ, तपाईंका पालनकर्ताले तपाईंलाई खुशी पार्ने प्रतिदान दिनुहुनेछ ।
१३१. हामीले यस्ता झूठाहरूको परिक्षा लिनका निम्ति यिनीहरूलाई दिएको सांसारिक जीवनको सुखतिर नहेर्नुहोस् । यो समाप्त हुने सुख हो । वास्तवमा, तपाईंलाई सन्तुष्ट पार्नको लागि दिने वाचा गरिएको प्रतिदान यिनीहरूले भोगेको सांसारिक सुखभन्दा धेरै उत्तम छ र सदा रही रहनेछ किनकि त्यो कहिल्यै समाप्त हुनेछैन ।
१३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्नो परिवारलाई सलाह पढ्ने आदेश दिनुहोस् र स्वयं पनि सलाह पढ्न अडिग रहनुहोस् । हामी स्वयं तपाईंका लागि र अरू कसैका लागि तपाईंबाट जीविका चाहँदैनौं बरू जीविका हाम्रो जिम्मामा रहेको छ । अल्लाहको डर राख्ने, उहाँका आदेशहरूको पालना गर्ने र उहाँले मनाही गर्नुभएका कुराहरूबाट बच्ने ईशभय राख्नेहरूका लागि यस संसारमा र आखिरतमा प्रशंसनीय परिणाम रहेको छ ।
१३३. नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई नकार्ने झूठाहरू भन्छन्- मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) आफ्नो नबी भएको कुरालाई सत्य ठहर गर्नका निम्ति आफ्नो पालनकर्ताको तर्फबाट प्रमाण किन ल्याउनु हुन्न ? उहाँभन्दा पहिलेका किताबहरूलाई सत्य ठहर गर्न यी झूठाहरूसमक्ष कुरआन आएन र ?
१३४. नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई नकार्नेहरूलाई उनीहरूको कुफ्र र कठोरताका कारण रसूल पठाउनुभन्दा पहिले र किताब अवतरण गर्नु अघि नै माथिबाट प्रकोप अवतरण गरेर नष्ट गरेको भए उनीहरूले आफ्नो कुफ्रको लागि तर्क प्रस्तुत गर्दै भन्ने थिएः हे मेरा पालनकर्ता ! तपाईंले हामी संसारमा भएको बेला हामीहरूका लागि रसूल पठाउनुभएको भए तपाईंको यातनाको कारणले अपमानित हुनुभन्दा पहिले नै हामीले उहाँमाथि आस्था राख्ने थियौं र उहाँले ल्याउनुभएका आयतहरूको अनुसरण गर्ने थियौं ।
१३५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठाहरूलाई भन्नुहोस्- हामीमध्ये हरेक अल्लाहले के गर्नुहुन्छ भनी प्रतिक्षामा छ । तसर्थ तिमीहरू पनि प्रतिक्षा गर, हामी र तिमीहरूमध्ये को सीधा बाटोमा छ र कसले मार्गदर्शन प्राप्त गरेको छ भनी तिमीहरूले चाँडै नै थाहा पाउने छौ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें