शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. सबै प्रशंसाहरू त्यस अल्लाहको लागि जो आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरूका सृष्टिकर्ता, मालिक र सञ्चालनकर्ता हुनुहुन्छ । आखिरतमा पनि उहाँ कै लागि प्रशंसा छ । उहाँ सृष्टि गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ । उहाँ भक्तहरूको अवस्थासित अवगत हुनुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन ।२. अल्लाह भूमिभित्र पस्ने पानी र बिरुवासित पनि अवगत हुनुहुन्छ र त्यसबाट बाहिर निस्कने बोट बिरुवा इत्यादिसित पनि अवगत हुनुहुन्छ । उहाँ आकाशबाट झर्ने पानी, फरिश्ताहरू र जीविकासित पनि अवगत हुनुहुन्छ र आकाशतर्फ चढने फरिश्ताहरू, भक्तहरूका कर्महरू र उनीहरूका आत्मासित पनि अवगत हुनुहुन्छ । उहाँ मोमिन भक्तहरूमाथि दया गर्नुहुन्छ र तौबा गर्नेहरूलाई माफ गर्नुहुन्छ ।३. काफिरहरूले भने− महाप्रलय कहिले पनि आउने छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्− किन न हुनु, महाप्रलय अवश्य नै आउनेछ । तर यसको समयको मात्र अल्लाहलाई थाहा छ । महाप्रलयसमेत परोक्षका सबै कुराहरूको ज्ञान मात्र अल्लाहलाई छ । आकाशहरू र पृथ्वीमा कमिला बराबर लुकेको वस्तु पनि अल्लाहबाट लुकेको छैन । कमिलाभन्दा साना र ठूला सबै वस्तुहरू र महाप्रलयसम्म हुने कार्यहरू लौहे महफूज (सुरक्षित बही खाता) मा लेखिएको छ । ४. अल्लाहले लौहे महफूजमा जे जति लेख्नुभएको छ त्यो यस कारणले लेख्नुभएको छ कि उहाँले मोमिन र सत्कर्मीहरूलाई राम्रो बदला देउन् । यस्ता मानिसहरूका लागि अल्लाहको तर्फबाट क्षमादान छ । उहाँले यस्ता मानिसहरूको पकड गर्नुहुने छैन । उनीहरूका लागि महाप्रलयको दिन उत्कृष्ट जीविका हुनेछ, त्यो हो स्वर्ग ।५. जुन मानिसहरूले हाम्रा श्लोकहरूलाई विफल पार्ने प्रयास गरे, त्यसलाई जादू बताए, हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई ज्योतिषी, जादूगर र कवि बताए, त्यस्ता मानिसहरूलाई महाप्रलयको दिन निकृष्ट र कडा यातना दिइनेछ । ६. ज्ञानी सहाबा (रजियल्लाहु अन्हुम्) र अहले किताबमध्ये मोमिन ज्ञानीहरू यस कुराको गवाही दिन्छन् कि नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण भएको वही (प्रकाशना) सत्य हो, यसमा कुनै सन्देह छैन । यो वही त्यस अल्लाहको मार्गलाई बताउँछ जो अति प्रभुत्वशाली हुनुहुन्छ उहाँमाथि कोही विजय प्राप्त गर्न सक्दैन । अल्लाह लोक र परलोक दुवैमा प्रशंसनीय हुनुहुन्छ । ७. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनु भएको सन्देशमा आश्चर्य प्रकट गर्दै काफिरहरूले एक अर्कालाई भने− के तिमीहरूलाई हामी यस्तो व्यक्तिको बारेमा बताॵ जो भन्छ− जब तिमीहरू मरेर टुक्रा टुक्रा हुन पुग्छौ तब पुनः जीवित पारेर उठाइनेछौ ?!८. तिनीहरूले भने− के यो व्यक्तिले अल्लाहमाथि झूठो रचेको छ, त्यसैले मृत्युपछि पुनर्जन्मको कुरा गर्छ वा पागल भएको छ जसले गर्दा यस्तो निराधार कुरा गर्छ ? कुरा त्यस्तो छैन जस्तो तिनीहरूले ठानेकाछन्, बरु सारांशमा भन्दा निस्सन्देह जुन मानिसहरू आखिरतमा ईमान राख्दैनन् तिनीहरू महाप्रलयको दिन कडा यातनामा हुनेछन् । संसारमा सत्यबाट अति टाढा भएर पथभ्रष्ट हुनेछन् ।९. के यी पुनर्जन्मलाई झूठो ठहर गर्नेहरूले आफूअगाडि रहेको पृथ्वी र पछाडि रहेको आकाशलाई देखेनन् ? हामीले चाहेमा पृथ्वीलाई धसाउन सक्छौं र आकाशको टुक्रालाई तिनीहरूमाथि खसाल्न सक्छौं । अल्लाहको आज्ञापालन गर्ने भक्तहरूका लागि यसमा स्पष्ट निशानी छ । ती भक्तहरूले यसबाट अल्लाहको सामर्थ्य प्रमाणित गर्छन् । यी कार्यहरू गर्ने सामर्थ्य राख्ने अल्लाह तिमीहरूलाई मृत्युपछि र जिउ टुक्रा टुक्रा भएपछि पुनर्जन्म गराउन सक्नुहुन्छ । १०. निस्सन्देह हामीले दाऊद (अलैहिस्सलाम) लाई ईश्दूतत्व र सत्ता-शासन प्रदान गर्यौं । हामीले पहाड र चरालाई आदेश दियौं− हे पहाड र चरा ! दाऊद (अलैहिस्सलाम) सँग तिमीहरू पनि अल्लाहको महिमागानलाई दोहोर्याऊ । हामीले उनको लागि फलामलाई नम्र पार्यौं ताकि उनले त्यसबाट जुन सामान चाहेमा बनाउन् ।११. हे दाऊद ! त्यसबाट ठूलो कवचहरू बनाऊ जसले तिम्रा सैनिकहरूलाई युद्धमा शत्रुका आक्रमणबाट सुरक्षित राखुन् । कवचका घेराहरू अनुसार चुकुलहरू बनाऊ । न त अति पातलो कि त्यसका घेरामा न ठहरोस् न अति मोटो कि त्यस घेरामा नपसोस् । तिमीहरू सत्कर्म गर, म तिमीहरूको कर्महरूलाई देखि राखेको छु । मबाट तिमीहरूको कुनै पनि कर्म लुकेको छैन । म त्यसको बदला दिनेछु ।१२. हामीले हावालाई सुलैमान बिन दाऊद (अलैहिमस्सलाम) को नियन्त्रणमा दियौं । त्यस हावाको प्रवाह बिहान एक महिनाको यात्रा बराबर थियो र बेलुकीको यात्रा पनि एक महिनाको दूरी बराबर थियो । हामीले उनको लागि पग्लिएको ताम्बाको मूल फुटायौं ताकि उनले त्यसबाट जे चाहुन् बनाउन् । जिन्नलाई हामीले उनको अधिनमा गरेका थियौं जो अल्लाहको आदेशले उनको लागि काम गर्दथे । हाम्रो आदेशको उल्लङ्घन गर्ने जिन्नहरूलाई हामीले दन्कदो आगोको यातनाको स्वाद चखाउनेछौं । १३. यी जिन्नहरू सुलैमान (अलैहिस्सलाम) को लागि काम गर्दथे । उनले सलाहको लागि मस्जिद, भवन, चित्र, पानीका ठूला कुण्डहरू जस्ता खडकुलाहरू, न हल्लिने खालका गाडिएका ठूला भाँडाहरू । हामीले उनीहरूलाई भन्यौं− हे दाऊदका मानिसहरू हो ! अल्लाहका वरदानहरूको लागि उहाँप्रति आभार प्रकट गर । मेरा वरदानहरूका लागि मप्रति आभार प्रकट गर्ने भक्तहरू कमै छन् । १४. जब हामीले सुलैमान (अलैहिस्सलाम) को मृत्युको निर्णय गर्यौं तब त्यसको खबर जिन्नहरूलाई त्यतिखेर भयो जब उनले अडेस लगाएको लौरोलाई धमिरोले खाइदियो । धमिरोले खाएपछि उनी धर्तिमा लडे । त्यतिखेर जिन्नहरूलाई ज्ञान भयो− तिनीहरूलाई परोक्षको ज्ञान छैन । तिनीहरूलाई परोक्षको ज्ञान भएको भए यातना सहेर कठिन काममा लागि रहने थिएनन् । सुलैमान (अलैहिस्सलाम) जीवित छन् र हाम्रो रेख देख गर्दैछन् भनी ठानेर जिन्नहरू काममा जुटि रहे । दाऊद (अलैहिस्सलाम) र उनका पुत्र सुलैमान (अलैहिस्सलाम) माथि अल्लाहको वरदानको वर्णनपछि सबा बासीहरूमाथि भएको अल्लाहको वरदानको वर्णन गरिदैछ । दुवैमा के फरक छ भने दाऊद र सुलैमान (अलैहिमस्सलाम) ले त अल्लाहप्रति आभार प्रकट गरे तर सबा बासीहरूले आभार प्रकट गरेनन् । अल्लाहले भन्नुभयो− १५. सबा समुदायको लागि तिनीहरूको बसोबास स्थलमा अल्लाहका सामर्थ्य र वरदानहरूका स्पष्ट निशानीहरू थिए । तिनीहरूको दाहिने र देब्रे दुवै तिर बगैँचाहरू थिए । हामीले भनेका थियौं− अल्लाहका जीविकाहरूमध्ये खाऊ र उहाँप्रति आभार प्रकट गर । यो पवित्र नगरी हो र यो अति क्षमाशील अल्लाह, जो तौबा गर्नेहरूलाई माफ गर्नुहुन्छ । १६. तिनीहरू अल्लाहको प्रशंसा र आफ्नो रसूलमाथि ईमान ल्याउनबाट विमुख भए । अनि हामीले तिनीहरूलाई दिएका वरदानहरूलाई तिनीहरूका लागि सङ्कट बनाएर तिनीहरूलाई सजाय दियौं । हामीले तिनीहरूतर्फ ठूलो बाढी पठायौं जसले तिनीहरूका बाँधलाई भत्काइ दियो र खेतीलाई डुबाइ दियो । हामीले तिनीहरूका दुई वटै बगैँचाहरूलाई तिता र पीरा फल दिने रुखहरू र बयरका रुखहरू रहेका बगैँचामा परिणत गरिदियौं । १७. हाम्रा वरदानहरू पाएपछि त्यसको लागि तिनीहरूले हामीप्रति आभर प्रकट गर्नु पर्ने थियो तर त्यसको सट्टा तिनीहरूले कृतघ्नता प्रकट गरे र विमुख भए । अनि हामीले तिनीहरूलाई यो कडा सजायँ दियौं ।१८. हामीले यमनको सबा र बरकतयुक्त सिरियाबीच केही अन्य नजिक नजिक गाउँहरू पनि बनायौं र तिनीहरूबीच यात्राका गन्तब्यहरू निर्धारित गर्यौं जसले गर्दा तिनीहरू सजिलै एक गाउँ देखि अर्को गाउँ पुग्ने गर्थे र अन्ततः सिरिया पुग्थे । हामीले तिनीहरूलाई भनेका थियौं− तिमीहरू जतिखेर चाहन्छौ, रात वा दिन, शत्रु, भोक र तिर्खाबाट निश्चिन्त भएर यात्रा गर ।१९. अल्लाहको तर्फबाट यात्राको दूरी कम हुने वरदानप्रति तिनीहरूले घमण्ड गरे र भने− हे हाम्रा पालनकर्ता ! यी गाउँहरूलाई समाप्त पारेर हाम्रो यात्राको दूरीलाई अझै बढाइ दिनुहोस् ताकि हामीहरू यात्राको थकाइको स्वाद चाखौं र हाम्रा सवारीहरूको विशेषता स्पष्ट होस् । जब तिनीहरूले अल्लाहको वरदानको मुकाबिलामा घमण्ड गरेर, उहाँप्रति आभारबाट विमुख भएर र गरिबहरूसित डाहा गरेर आफूमाथि अत्याचार गरे तब हामीले तिनीहरूलाई कथा बनाइदियौं जो पछिका मानिसहरू सुनाउने गर्छन् । हामीले तिनीहरूलाई विभिन्न देशहरूमा यसरी छर्पस्ट पारिदियौं कि तिनीहरू एक अर्कासँग सम्पर्कविहीन भए । उपर्युक्त कथामा सबै धैर्यवानहरूका लागि पाठ छ जो अडिग भएर अल्लाहको आज्ञापालन गर्छन्, अवज्ञाबाट बच्छन्, सङ्कटलाई सहन गर्छन् र अल्लाहका वरदानहरूको लागि उहाँप्रति आभार प्रकट गर्छन् । २०. इब्लीसले मानवलाई सत्यबाट पथभ्रष्ट पार्न सक्छ भन्ने आफ्नो विश्वास पूरा गर्यो । मोमिनहरूको सानो जमातबाहेक सबैले इब्लीसको अनुसरण गरे । मोमिनहरूलाई पनि तिनीहरूले पथभ्रष्ट पार्न सक्छन् भन्ने तिनीहरूको आशा निराशामा परिणत भयो ।२१. मोमिनहरूलाई विवश पारेर पथभ्रष्ट पार्न सक्ने सामर्थ्य इब्लीसमा थिएन । बरु ऊ सुन्दर तुल्याएर बहकाउने काम मात्र गर्दथ्यो । हामीले उसलाई बहकाउने अनुमति दिएको थियौं ताकि यो स्पष्ट होस् कि को आखिरत र त्यहाँको बदलामा ईमान राख्छ र को यसबारेमा द्विविधामा रहन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता सबै वस्तुहरूको रेख देख गर्नुहुन्छ । उहाँ आफ्ना भक्तहरूका कार्यहरूको लेखा जोखा राख्नुहुन्छ र त्यसको बदला दिनुहुनेछ । २२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्− अल्लाहबाहेक तिमीहरू ज-जसलाई ईश्वर ठान्दथ्यो तिनीहरू सबैलाई बोलाऊ ताकि तिनीहरूले तिमीहरूलाई लाभ पुर्याउन सकुन् र कष्ट निवारण गर्न सकुन् । तिनीहरू आकाशहरू र पृथ्वीको कण बराबर वस्तुमा पनि कुनै अधिकार राख्दैनन् । यी वस्तुहरूमा अल्लाहसँग तिनीहरूको कुनै साझेदारी छैन । अल्लाहको कोही पनि सहयोगी छैन । उहाँलाई साझेदार र सहयोगीहरूको कुनै आवश्यक्ता नै छैन । २३. अल्लाहले जसलाई सिफारिश गर्ने अनुमति दिनुहुनेछ उसको सिफारिश मात्र उहाँनजिक फाइदा पुर्याउनेछ । अल्लाहले यस्ता मानिसहरूलाई मात्र सिफारिश गर्ने अनुमति दिनुहुनेछ जसलाई उहाँले आफ्नो महानताले मन पराउनुहुनेछ । अल्लाहको महानतामध्ये यो पनि हो कि जब उहाँ आकाशमा बोल्नुहुन्छ तब फरिश्ताहरू आज्ञापालन गर्दै आफ्ना पखेटाहरू फडफडाउँछन् । जब उनीहरूका हृदयहरूबाट डर भाग्छ तब उनीहरू जिब्रील (अलैहिस्सलाम) लाई सोध्छन्− अल्लाहले के भन्नुभयो ? जिब्रील (अलैहिस्सलाम) भन्छन्− अल्लाहले सत्य कुरा भन्नुभयो । उहाँ आफ्नो अस्तित्व र प्रभुत्वमा उच्चतम हुनुहुन्छ । उहाँ महानतम हुनुहुन्छ, सबै वस्तुहरू उहाँको तुलनामा साना छन् ।२४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई सोध्नुहोस्− तिमीहरूलाई कसले आकाशबाट पानी बर्साएर र भूमिबाट बाली नाली र फल फुल उमारेर जीविका प्रदान गर्नुहुन्छ ? भनिदिनुहोस्− अल्लाहले नै जीविका प्रदान गर्नुहुन्छ । हे बहुदेववादीहरू हो ! कि त हामी कि त तिमीहरू स्पष्ट मार्गदर्शनमा छौं कि त स्पष्ट पथभ्रष्टतामा । यसमा कुनै सन्देह छैन कि मोमिनहरू स्पष्ट मार्गदर्शनमा छन् र बहुदेववादीहरू स्पष्ट पथभ्रष्टतामा छन् ।२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भिदिनुहोस्− महाप्रलयको दिन हामीले गरेको पापको बारेमा तिमीहरूलाई सोधिने छैन र तिमीहरूले गरेको पापको बारेमा हामीहरूलाई सोधिने छैन ।२६. यिनीहरूलाई भनिदिनुहोस्− अल्लाहले महाप्रलयको दिन हामी र तिमीहरूलाई जम्मा गर्नुहुनेछ र निसाफका साथ निर्णय गर्नुहुनेछ । अल्लाहले सत्यवादीलाई असत्यवादीबाट अलग छुट्याउनुहुनेछ । अल्लाह निसाफ गर्ने निर्णयकर्ता हुनुहुन्छ । उहाँ निर्णय गर्ने कार्यलाई जान्नुहुन्छ ।२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई सोध्नुहोस्− मलाई ती साझेदारहरूलाई देखाऊ जसलाई तिमीहरू अल्लाहको भक्तिमा साझेदार ठहर गर्दथ्यौ । कदापि होइन, उहाँसँग कुनै साझेदार छैन जस्तो कि तिमीहरूले ठानेका छौ । बरु अल्लाह प्रभुत्वशाली हुनुहुन्छ, उहाँमाथि कोही विजय प्राप्त गर्न सक्दैन । सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा उहाँ विवेकशील हुनुहुन्छ । २८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई सबै मानिसहरूका लागि पठाएका छौं, ईशभय राख्नेहरूलाई स्वर्गको शुभ-सूचना दिन र काफिर तथा पापीहरूलाई नर्कबाट डराउनको लागि । तर अधिकांश मानिसहरू यस कुरालाई जान्दैनन् । यदि तिनीहरूले जानेका भए तपाईंलाई झूठो ठहर गर्ने थिएनन् ।२९. बहुदेववादीहरू त्यस प्रकोपको लागि हतार गर्दै सोध्छन् जसबाट तिनीहरूलाई डराइएको छ− यदि तिमीहरू आफ्नो दावीमा सत्य छौ भने त्यो कहिले पूरा हुनेछ ?३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! प्रकोपको लागि हतार गर्नेहरूलाई भनिदिनुहोस्− प्रकोपको लागि महाप्रलयको निश्चित दिन छ, जसबाट एक घण्टा पनि अघि वा पछि हुने छैन । ३१. काफिरहरूले भने− मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ठानेको यो अल्लाहको तर्फबाट अवतरण भएको किताब हो माथि हामीहरू ईमान ल्याउने छैनौं । हामी विगतका आकाशीय किताबहरूमाथि पनि ईमान ल्याउने छैनौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले त्यस समयलाई देखेमा कति जाति हुन्थ्यो जब यी अत्याचारीहरूलाई हिसाबको लागि थुनेर राखिनेछ अनि तिनीहरू परस्पर वाद विवाद गर्नेछन् । प्रत्येक व्यक्ति यसको जिम्मेबारी अरूमाथि राख्नेछ र अरूको निन्दा गर्नेछ । कमजोर पारिएर राखिएका अनुयायीहरूले आफ्ना अगुवाहरूलाई भन्नेछन्− यदि तिमीहरूले संसारमा हामीहरूलाई पथभ्रष्ट नपारेका भए हामीहरू अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याउने थियौं । ३२. सत्यबाट घमण्ड गरेका अगुवाहरूले जवाफ दिनेछन्− मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको मार्गदर्शनको अनुसरण गर्नबाट के हामीहरूले मनाहि गरेका थियौं ?! बरु तिमीहरू अत्याचारी र आतङ्कवादी थियौ ।३३. कमजोर पारिएर राखिएका अनुयायीहरूले आफ्ना घमण्डी अगुवाहरूलाई भन्नेछन्− तिमीहरूको रात दिनको चलखेलले हामीहरूलाई मार्गदर्शनबाट रोक्यो, जब तिमीहरू हामीहरूलाई अल्लाहको इन्कार गर्ने र उहाँलाई छोडेर सृष्टिहरूको भक्ति गर्ने आदेश दिने गर्थ्यो । तिनीहरूले सांसारिक जीवनमा कुफ्र गरेकाले यातनालाई देखेपछि चिन्तालाई लुकाउनेछन् । तिनीहरूलाई यातना दिइनेछ भन्ने कुरालाई तिनीहरूले जान्नेछन् । हामीले काफिरहरूको गर्धनमा नेल हाल्नेछौं । तिनीहरूले संसारमा अल्लाहबाहेकको भक्ति र पापकर्म गरेकोले हामीले यो सजाय दिनेछौं । जब रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को समुदायले झूठो ठहर गर्यो तब अल्लाहले उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को सान्त्वनाको लागि के स्म्रण गराउनुभयो भने यो विगतका समुदायहरूको पनि चाला रहदै आएको छ । अल्लाहले भन्नुभयोः३४. गाउँहरूमध्ये जुन सुकै गाउँमा जब हामीले कुनै रसूल पठायौं र उनले तिनीहरूलाई हाम्रो यातनाबाट डराए तब त्यहाँका धनि र सत्ताधारीहरूले भने− हे रसूलहरू हो ! तिमीहरू जे जति लिएर आएका छौ हामी त्यसको इन्कार गर्दैछौं । ३५. सत्ताधारीहरूले घमण्ड गर्दै भने− हामीहरू बढी धन र सन्तान वाला छौं । हामीहरूलाई यातना दिइने कुरा झूठ हो । तिमीहरूले ठाने जस्तो हामीहरूलाई न त लोकमा यातना दिइनेछ न परलोकमा । ३६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वरदानपाएपछि घमण्ड गर्नेहरूलाई भनिदिनुहोस्− मेरा पालनकर्ता जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ, यो जाँच गर्नको लागि कि उसले आभार प्रकट गर्छ कि कृतघ्न गर्छ ? उहाँले जसलाई चाहनुहुन्छ कम जीविका प्रदान गर्नुहुन्छ, यस कुराको जाँचको लागि कि ऊ धैर्य गर्छ कि आत्तिन्छ ? तर अल्लाह विवेकशील हुनुहुन्छ भन्ने कुरा अधिकांश मानिसहरूलाई थाहा छैन । उहाँले निर्धारित गर्नुभएको हरेक काममा कुनै न कुनै कारण लुकेको हुन्छ । ज्ञानीहरूलाई यसको बारेमा थाहा छ र अज्ञानीहरूलाई यसको बारेमा थाहा छैन ।३७. तिमीहरू जुन धन-सम्पत्ति र सन्तानमाथि गर्व गर्छौ, त्यसले गर्दा तिमीहरूलाई अल्लाहको प्रसन्नता प्राप्त हुँदैन बरु ईमान र सत्कर्मले गर्दा तिमीहरूलाई कय्यौं गुणा पुण्य प्राप्त हुन्छ । धन-सम्पत्तिलाई अल्लाहको मार्गमा खर्च गर्दा र सन्तानले दुआ गर्दा अल्लाहको प्रसन्नता प्राप्त हुन्छ । यस्ता सत्कर्मी मोमिनहरूका लागि कय्यौं गुणा पुण्य छ, त्यो हो स्वर्गका उच्च दर्जाहरू । त्यहाँ उनीहरू सबै किसिमका यातना, मृत्यु र वरदानको समाप्तिबाट सुरक्षित रहनेछन् ।३८. मानिसहरूलाई अल्लाहका श्लोकहरूबाट रोक्ने र त्यसको लागि अथक प्रयास गर्ने काफिरहरू लोकमा पनि असफल हुनेछन् र परलोकमा पनि यातनाको भागीदार हुनेछन् ।३९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− मेरा पालनकर्ता आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ कम जीविका प्रदान गर्नुहुन्छ । तिमीहरू अल्लाहको मार्गमा जे पनि खर्च गर्छौ अल्लाहले लोकमा त्यसभन्दा राम्रो बदला दिनुहुनेछ र परलोकमा त्यसभन्दा धेरै पुण्य प्रदान गर्नुहुनेछ । अल्लाह राम्रो जीविका प्रदानकर्ता हुनुहुन्छ । जसले पनि जीविका चाहन्छ उसले अल्लाहतर्फ फर्कनुपर्छ ।४०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस दिनलाई याद गर्नुहोस् जब अल्लाहले तिनीहरू सबैलाई जम्मा गर्नुहुनेछ । फेरि बहुदेववादीहरूको निन्दाको लागि फरिश्ताहरूलाई भन्नुहुनेछ− के यिनीहरू सांसारिक जीवनमा हामीलाई छोडेर तिमीहरूको भक्ति गर्दथे ? ४१. फरिश्ताहरूले जवाफ दिनेछन्− तपाईं पवित्र हुनुहुन्छ ! तपाईं नै हाम्रा मालिक हुनुहुन्छ । हामीहरू र तिनीहरूबीच कुनै मित्रता छैन । बरु यी बहुदेववादीहरू शैतानहरूको पूजा गर्थे । शैतानहरू आफूलाई तिनीहरूसमक्ष फरिश्ता बताउने गर्थे अनि तिनीहरू तपाईंलाई छोडेर तिनीहरूको पूजामा लिप्त थिए । तिनीहरूमध्ये अधिकांश शैतानहरूमाथि विश्वास राख्थे ।४२. बहुदेववादीहरू अल्लाहबाहेक जसका पूजा गर्ने गर्छन् तिनीहरूले महाप्रलय र हिसाबको दिन न त कुनै फाइदा पुर्याउने सामर्थ्य राख्नेछन् न हानि पुर्याउने सामर्थ्य नै । कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गरेकाहरूलाई हामीले भन्नेछौं− त्यस नर्कको यातना चाख जसको इन्कार तिमीहरू संसारमा गर्दै थियौ ।४३. हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित स्पष्ट आयतहरूको पाठ यी बहुदेववादीहरूसमक्ष गर्दा तिनीहरू भन्छन्− यी आयतहरू ल्याउने व्यक्ति तिमीहरूलाई तिमीहरूका पूर्वजहरूको धर्मबाट फेर्न चाहन्छ र यो कुरआन झूठो तथा रचिएको किताब हो । काफिरहरू भन्छन्− यो स्पष्ट जादू हो । किनभने यसले श्रीमान श्रीमतिबीच र बुवा छोराबीच विभाजन उत्पन्न गर्छ । ४४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तिनीहरूलाई कुरआनअघि कुनै किताब दिएका छैनौं जसलाई तिनीहरूले पढुन् र तपाईंअघि कुनै रसूल पनि तिनीहरूतर्फ पठाएका छैनौं जसले तिनीहरूलाई अल्लाहको प्रकोपबाट सावधान गरुन् । ४५. आद, समूद र लूत (अलैहिस्सलाम) को समुदाय जस्ता विगतका समुदायहरूले पनि आ-आफ्ना रसूललाई झूठो ठहर गरे । जब तिनीहरूलाई मेरो प्रकोपले समात्यो तब तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति, शक्ति र संख्याले कुनै फाइदा पुर्याएन जब कि तिनीहरू यति शक्तिशाली थिए कि त्यसको दसौं अंश पनि मक्काका बहुदेववादीहरूलाई प्राप्त छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस् के परीणाम भयो तिनीहरूको इन्कारको र कस्तो रहयो तिनीहरूमाथि मेरो प्रकोप ।४६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस्− म तिमीहरूलाई एउटा काम गर्ने उपदेश दिन्छु− तिमीहरू मात्र अल्लाहको लागि इच्छाबाट माथि उभेर दूई दूई जना गरेर वा एकलै उभ अनि आफ्नो साथी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को बारेमा विचार गर । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को बुद्धि, सत्यता र ईमानदारीको बारेमा तिमीहरूलाई जे जति ज्ञान छ त्यसमा विचार गर । विचार गरेपछि तिमीहरूसमक्ष के स्पष्ट हुन्छ भने उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) उन्मादि हुनुहुन्न । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) त तिमीहरूलाई त्यस कडा प्रकोपको बारेमा सावधान गर्नुहुन्छ जो तिमीहरूको सामुन्ने छ यदि तिमीहरू शिर्कबाट तौबा गर्दैनौ भने ।४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्ने बहुदेववादीहरूलाई भनिदिनुहोस्− म जे जति मार्गदर्शन र भलाइ लिएर आएको छु त्यसको सट्टामा कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहले दिनुहुनेछ । उहाँ हरेक वस्तुमाथि गवाह हुनुहुन्छ । मैले उहाँको सन्देश पुर्याइ दिएकोछु भन्ने कुरामाथि पनि उहाँ गवाह हुनुहुन्छ । उहाँ तिमीहरूले गर्ने गरेका कर्महरूमाथि पनि गवाह हुनुहुन्छ । उहाँले ती सबै कार्यहरूको बदला दिनुहुनेछ ।अल्लाहले काफिर र बहुदेववादीहरूमाथि आफ्नो प्रमाणहरू सिद्ध गरेपछि आफ्नो कानुनको वर्णन गर्नुभयोः ४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− अल्लाह सत्यलाई असत्यमाथि विजय पारेर असत्यलाई समाप्त पार्नुहुन्छ । उहाँ परोक्षका ज्ञाता हुनुहुन्छ, आकाशहरू तथा पृथ्वीको कुनै पनि वस्तु र भक्तहरूको कुनै कार्य उहाँबाट लुकेको छैन । ४९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्ने बहुदेववादीहरूलाई भन्नुहोस्− सत्य धर्म इस्लाम आइसक्यो र असत्य समाप्त भयो । असत्यको कुनै प्रभाव तथा शक्ति बाँकी छैन र त्यो फिर्ता पनि आउने छैन ।५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्ने बहुदेववादीहरूलाई भन्नुहोस्− यदि म पथभ्रष्ट हुन्छु भने त्यसको हानि मसम्म सीमित रहनेछ । त्यसको हानि तिमीहरूलाई पुग्ने छैन । यदि म सीधा मार्ग पाउँछु भने त्यो मात्र अल्लाहले मतर्फ अवतरण गर्नुभएको वही (प्रकाशना) को कारणले हुनेछ । अल्लाह भक्तहरूका कुराहरू सुन्नुहुन्छ । उहाँ नजिक हुनुहुन्छ र उहाँलाई सुन्नमा कुनै अप्ठ्यारो हुँदैन ।५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्नेहरूलाई महाप्रलयको दिन यातना देखेपछि तपाईंले डराएको देख्नुहुनेछ । तिनीहरू यातनाबाट भाग्न सक्ने छैनन् । तिनीहरूका लागि कुनै आश्रय स्थल हुने छैन । तिनीहरू नजिकको स्थानबाट सजिलैसँग समातिनेछन् । तपाईंले त्यो दृश्य देख्दा अचम्मको कुरा देख्नुहुनेछ ।५२. काफिरहरूले महाप्रलयको दिन आफ्नो बास-स्थान देखेपछि भन्नेछ− हामी महाप्रलयको दिनमाथि ईमान ल्याएकाछौं । तर अब तिनीहरूलाई ईमान कसरी प्राप्त हुन्छ ? ईमान ल्याउने र कर्म गर्ने स्थान त संसार थियो जसबाट यिनीहरू निस्केर आखिरतमा आइसकेकाछन् जो प्रतिदान-स्थल हो न कि कर्म-स्थल ?! ५३. तिनीहरूको ईमान कसरी स्वीकार्य हुन्छ जब कि तिनीहरूले सांसारिक जीवनमा कुफ्र गरे र सत्य कुराबारे अटकल गरे, उदाहरण स्वरूप तिनीहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई जादूगर, ज्योतिषी र कवि भने ?!५४. यी झूठा ठहर गर्नेहरू महाप्रलयको दिन जीवनको मोज मस्ती, कुफ्रबाट तौबा, नर्कबाट मुक्ति र सांसारिक जीवनतर्फ फर्कनबाट वञ्चित गरिनेछन् । विगतका झूठा ठहर गर्ने समुदायहरू पनि यी वस्तुहरूबाट वञ्चित गरिएका थिए । रसूलहरूले ल्याएको एक अल्लाहको भक्ति र पुनर्जन्ममाथि आस्थाबारे तिनीहरू कुफ्रसम्म पुर्याउने शङ्कामा थिए ।
१. सबै प्रशंसाहरू त्यस अल्लाहको लागि जो आकाशहरू र पृथ्वीमा रहेका सबै वस्तुहरूका सृष्टिकर्ता, मालिक र सञ्चालनकर्ता हुनुहुन्छ । आखिरतमा पनि उहाँ कै लागि प्रशंसा छ । उहाँ सृष्टि गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ । उहाँ भक्तहरूको अवस्थासित अवगत हुनुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन ।
२. अल्लाह भूमिभित्र पस्ने पानी र बिरुवासित पनि अवगत हुनुहुन्छ र त्यसबाट बाहिर निस्कने बोट बिरुवा इत्यादिसित पनि अवगत हुनुहुन्छ । उहाँ आकाशबाट झर्ने पानी, फरिश्ताहरू र जीविकासित पनि अवगत हुनुहुन्छ र आकाशतर्फ चढने फरिश्ताहरू, भक्तहरूका कर्महरू र उनीहरूका आत्मासित पनि अवगत हुनुहुन्छ । उहाँ मोमिन भक्तहरूमाथि दया गर्नुहुन्छ र तौबा गर्नेहरूलाई माफ गर्नुहुन्छ ।
३. काफिरहरूले भने− महाप्रलय कहिले पनि आउने छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्− किन न हुनु, महाप्रलय अवश्य नै आउनेछ । तर यसको समयको मात्र अल्लाहलाई थाहा छ । महाप्रलयसमेत परोक्षका सबै कुराहरूको ज्ञान मात्र अल्लाहलाई छ । आकाशहरू र पृथ्वीमा कमिला बराबर लुकेको वस्तु पनि अल्लाहबाट लुकेको छैन । कमिलाभन्दा साना र ठूला सबै वस्तुहरू र महाप्रलयसम्म हुने कार्यहरू लौहे महफूज (सुरक्षित बही खाता) मा लेखिएको छ ।
४. अल्लाहले लौहे महफूजमा जे जति लेख्नुभएको छ त्यो यस कारणले लेख्नुभएको छ कि उहाँले मोमिन र सत्कर्मीहरूलाई राम्रो बदला देउन् । यस्ता मानिसहरूका लागि अल्लाहको तर्फबाट क्षमादान छ । उहाँले यस्ता मानिसहरूको पकड गर्नुहुने छैन । उनीहरूका लागि महाप्रलयको दिन उत्कृष्ट जीविका हुनेछ, त्यो हो स्वर्ग ।
५. जुन मानिसहरूले हाम्रा श्लोकहरूलाई विफल पार्ने प्रयास गरे, त्यसलाई जादू बताए, हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई ज्योतिषी, जादूगर र कवि बताए, त्यस्ता मानिसहरूलाई महाप्रलयको दिन निकृष्ट र कडा यातना दिइनेछ ।
६. ज्ञानी सहाबा (रजियल्लाहु अन्हुम्) र अहले किताबमध्ये मोमिन ज्ञानीहरू यस कुराको गवाही दिन्छन् कि नबी (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण भएको वही (प्रकाशना) सत्य हो, यसमा कुनै सन्देह छैन । यो वही त्यस अल्लाहको मार्गलाई बताउँछ जो अति प्रभुत्वशाली हुनुहुन्छ उहाँमाथि कोही विजय प्राप्त गर्न सक्दैन । अल्लाह लोक र परलोक दुवैमा प्रशंसनीय हुनुहुन्छ ।
७. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनु भएको सन्देशमा आश्चर्य प्रकट गर्दै काफिरहरूले एक अर्कालाई भने− के तिमीहरूलाई हामी यस्तो व्यक्तिको बारेमा बताॵ जो भन्छ− जब तिमीहरू मरेर टुक्रा टुक्रा हुन पुग्छौ तब पुनः जीवित पारेर उठाइनेछौ ?!
८. तिनीहरूले भने− के यो व्यक्तिले अल्लाहमाथि झूठो रचेको छ, त्यसैले मृत्युपछि पुनर्जन्मको कुरा गर्छ वा पागल भएको छ जसले गर्दा यस्तो निराधार कुरा गर्छ ? कुरा त्यस्तो छैन जस्तो तिनीहरूले ठानेकाछन्, बरु सारांशमा भन्दा निस्सन्देह जुन मानिसहरू आखिरतमा ईमान राख्दैनन् तिनीहरू महाप्रलयको दिन कडा यातनामा हुनेछन् । संसारमा सत्यबाट अति टाढा भएर पथभ्रष्ट हुनेछन् ।
९. के यी पुनर्जन्मलाई झूठो ठहर गर्नेहरूले आफूअगाडि रहेको पृथ्वी र पछाडि रहेको आकाशलाई देखेनन् ? हामीले चाहेमा पृथ्वीलाई धसाउन सक्छौं र आकाशको टुक्रालाई तिनीहरूमाथि खसाल्न सक्छौं । अल्लाहको आज्ञापालन गर्ने भक्तहरूका लागि यसमा स्पष्ट निशानी छ । ती भक्तहरूले यसबाट अल्लाहको सामर्थ्य प्रमाणित गर्छन् । यी कार्यहरू गर्ने सामर्थ्य राख्ने अल्लाह तिमीहरूलाई मृत्युपछि र जिउ टुक्रा टुक्रा भएपछि पुनर्जन्म गराउन सक्नुहुन्छ ।
१०. निस्सन्देह हामीले दाऊद (अलैहिस्सलाम) लाई ईश्दूतत्व र सत्ता-शासन प्रदान गर्यौं । हामीले पहाड र चरालाई आदेश दियौं− हे पहाड र चरा ! दाऊद (अलैहिस्सलाम) सँग तिमीहरू पनि अल्लाहको महिमागानलाई दोहोर्याऊ । हामीले उनको लागि फलामलाई नम्र पार्यौं ताकि उनले त्यसबाट जुन सामान चाहेमा बनाउन् ।
११. हे दाऊद ! त्यसबाट ठूलो कवचहरू बनाऊ जसले तिम्रा सैनिकहरूलाई युद्धमा शत्रुका आक्रमणबाट सुरक्षित राखुन् । कवचका घेराहरू अनुसार चुकुलहरू बनाऊ । न त अति पातलो कि त्यसका घेरामा न ठहरोस् न अति मोटो कि त्यस घेरामा नपसोस् । तिमीहरू सत्कर्म गर, म तिमीहरूको कर्महरूलाई देखि राखेको छु । मबाट तिमीहरूको कुनै पनि कर्म लुकेको छैन । म त्यसको बदला दिनेछु ।
१२. हामीले हावालाई सुलैमान बिन दाऊद (अलैहिमस्सलाम) को नियन्त्रणमा दियौं । त्यस हावाको प्रवाह बिहान एक महिनाको यात्रा बराबर थियो र बेलुकीको यात्रा पनि एक महिनाको दूरी बराबर थियो । हामीले उनको लागि पग्लिएको ताम्बाको मूल फुटायौं ताकि उनले त्यसबाट जे चाहुन् बनाउन् । जिन्नलाई हामीले उनको अधिनमा गरेका थियौं जो अल्लाहको आदेशले उनको लागि काम गर्दथे । हाम्रो आदेशको उल्लङ्घन गर्ने जिन्नहरूलाई हामीले दन्कदो आगोको यातनाको स्वाद चखाउनेछौं ।
१३. यी जिन्नहरू सुलैमान (अलैहिस्सलाम) को लागि काम गर्दथे । उनले सलाहको लागि मस्जिद, भवन, चित्र, पानीका ठूला कुण्डहरू जस्ता खडकुलाहरू, न हल्लिने खालका गाडिएका ठूला भाँडाहरू । हामीले उनीहरूलाई भन्यौं− हे दाऊदका मानिसहरू हो ! अल्लाहका वरदानहरूको लागि उहाँप्रति आभार प्रकट गर । मेरा वरदानहरूका लागि मप्रति आभार प्रकट गर्ने भक्तहरू कमै छन् ।
१४. जब हामीले सुलैमान (अलैहिस्सलाम) को मृत्युको निर्णय गर्यौं तब त्यसको खबर जिन्नहरूलाई त्यतिखेर भयो जब उनले अडेस लगाएको लौरोलाई धमिरोले खाइदियो । धमिरोले खाएपछि उनी धर्तिमा लडे । त्यतिखेर जिन्नहरूलाई ज्ञान भयो− तिनीहरूलाई परोक्षको ज्ञान छैन । तिनीहरूलाई परोक्षको ज्ञान भएको भए यातना सहेर कठिन काममा लागि रहने थिएनन् । सुलैमान (अलैहिस्सलाम) जीवित छन् र हाम्रो रेख देख गर्दैछन् भनी ठानेर जिन्नहरू काममा जुटि रहे ।
दाऊद (अलैहिस्सलाम) र उनका पुत्र सुलैमान (अलैहिस्सलाम) माथि अल्लाहको वरदानको वर्णनपछि सबा बासीहरूमाथि भएको अल्लाहको वरदानको वर्णन गरिदैछ । दुवैमा के फरक छ भने दाऊद र सुलैमान (अलैहिमस्सलाम) ले त अल्लाहप्रति आभार प्रकट गरे तर सबा बासीहरूले आभार प्रकट गरेनन् । अल्लाहले भन्नुभयो−
१५. सबा समुदायको लागि तिनीहरूको बसोबास स्थलमा अल्लाहका सामर्थ्य र वरदानहरूका स्पष्ट निशानीहरू थिए । तिनीहरूको दाहिने र देब्रे दुवै तिर बगैँचाहरू थिए । हामीले भनेका थियौं− अल्लाहका जीविकाहरूमध्ये खाऊ र उहाँप्रति आभार प्रकट गर । यो पवित्र नगरी हो र यो अति क्षमाशील अल्लाह, जो तौबा गर्नेहरूलाई माफ गर्नुहुन्छ ।
१६. तिनीहरू अल्लाहको प्रशंसा र आफ्नो रसूलमाथि ईमान ल्याउनबाट विमुख भए । अनि हामीले तिनीहरूलाई दिएका वरदानहरूलाई तिनीहरूका लागि सङ्कट बनाएर तिनीहरूलाई सजाय दियौं । हामीले तिनीहरूतर्फ ठूलो बाढी पठायौं जसले तिनीहरूका बाँधलाई भत्काइ दियो र खेतीलाई डुबाइ दियो । हामीले तिनीहरूका दुई वटै बगैँचाहरूलाई तिता र पीरा फल दिने रुखहरू र बयरका रुखहरू रहेका बगैँचामा परिणत गरिदियौं ।
१७. हाम्रा वरदानहरू पाएपछि त्यसको लागि तिनीहरूले हामीप्रति आभर प्रकट गर्नु पर्ने थियो तर त्यसको सट्टा तिनीहरूले कृतघ्नता प्रकट गरे र विमुख भए । अनि हामीले तिनीहरूलाई यो कडा सजायँ दियौं ।
१८. हामीले यमनको सबा र बरकतयुक्त सिरियाबीच केही अन्य नजिक नजिक गाउँहरू पनि बनायौं र तिनीहरूबीच यात्राका गन्तब्यहरू निर्धारित गर्यौं जसले गर्दा तिनीहरू सजिलै एक गाउँ देखि अर्को गाउँ पुग्ने गर्थे र अन्ततः सिरिया पुग्थे । हामीले तिनीहरूलाई भनेका थियौं− तिमीहरू जतिखेर चाहन्छौ, रात वा दिन, शत्रु, भोक र तिर्खाबाट निश्चिन्त भएर यात्रा गर ।
१९. अल्लाहको तर्फबाट यात्राको दूरी कम हुने वरदानप्रति तिनीहरूले घमण्ड गरे र भने− हे हाम्रा पालनकर्ता ! यी गाउँहरूलाई समाप्त पारेर हाम्रो यात्राको दूरीलाई अझै बढाइ दिनुहोस् ताकि हामीहरू यात्राको थकाइको स्वाद चाखौं र हाम्रा सवारीहरूको विशेषता स्पष्ट होस् । जब तिनीहरूले अल्लाहको वरदानको मुकाबिलामा घमण्ड गरेर, उहाँप्रति आभारबाट विमुख भएर र गरिबहरूसित डाहा गरेर आफूमाथि अत्याचार गरे तब हामीले तिनीहरूलाई कथा बनाइदियौं जो पछिका मानिसहरू सुनाउने गर्छन् । हामीले तिनीहरूलाई विभिन्न देशहरूमा यसरी छर्पस्ट पारिदियौं कि तिनीहरू एक अर्कासँग सम्पर्कविहीन भए । उपर्युक्त कथामा सबै धैर्यवानहरूका लागि पाठ छ जो अडिग भएर अल्लाहको आज्ञापालन गर्छन्, अवज्ञाबाट बच्छन्, सङ्कटलाई सहन गर्छन् र अल्लाहका वरदानहरूको लागि उहाँप्रति आभार प्रकट गर्छन् ।
२०. इब्लीसले मानवलाई सत्यबाट पथभ्रष्ट पार्न सक्छ भन्ने आफ्नो विश्वास पूरा गर्यो । मोमिनहरूको सानो जमातबाहेक सबैले इब्लीसको अनुसरण गरे । मोमिनहरूलाई पनि तिनीहरूले पथभ्रष्ट पार्न सक्छन् भन्ने तिनीहरूको आशा निराशामा परिणत भयो ।
२१. मोमिनहरूलाई विवश पारेर पथभ्रष्ट पार्न सक्ने सामर्थ्य इब्लीसमा थिएन । बरु ऊ सुन्दर तुल्याएर बहकाउने काम मात्र गर्दथ्यो । हामीले उसलाई बहकाउने अनुमति दिएको थियौं ताकि यो स्पष्ट होस् कि को आखिरत र त्यहाँको बदलामा ईमान राख्छ र को यसबारेमा द्विविधामा रहन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता सबै वस्तुहरूको रेख देख गर्नुहुन्छ । उहाँ आफ्ना भक्तहरूका कार्यहरूको लेखा जोखा राख्नुहुन्छ र त्यसको बदला दिनुहुनेछ ।
२२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्− अल्लाहबाहेक तिमीहरू ज-जसलाई ईश्वर ठान्दथ्यो तिनीहरू सबैलाई बोलाऊ ताकि तिनीहरूले तिमीहरूलाई लाभ पुर्याउन सकुन् र कष्ट निवारण गर्न सकुन् । तिनीहरू आकाशहरू र पृथ्वीको कण बराबर वस्तुमा पनि कुनै अधिकार राख्दैनन् । यी वस्तुहरूमा अल्लाहसँग तिनीहरूको कुनै साझेदारी छैन । अल्लाहको कोही पनि सहयोगी छैन । उहाँलाई साझेदार र सहयोगीहरूको कुनै आवश्यक्ता नै छैन ।
२३. अल्लाहले जसलाई सिफारिश गर्ने अनुमति दिनुहुनेछ उसको सिफारिश मात्र उहाँनजिक फाइदा पुर्याउनेछ । अल्लाहले यस्ता मानिसहरूलाई मात्र सिफारिश गर्ने अनुमति दिनुहुनेछ जसलाई उहाँले आफ्नो महानताले मन पराउनुहुनेछ । अल्लाहको महानतामध्ये यो पनि हो कि जब उहाँ आकाशमा बोल्नुहुन्छ तब फरिश्ताहरू आज्ञापालन गर्दै आफ्ना पखेटाहरू फडफडाउँछन् । जब उनीहरूका हृदयहरूबाट डर भाग्छ तब उनीहरू जिब्रील (अलैहिस्सलाम) लाई सोध्छन्− अल्लाहले के भन्नुभयो ? जिब्रील (अलैहिस्सलाम) भन्छन्− अल्लाहले सत्य कुरा भन्नुभयो । उहाँ आफ्नो अस्तित्व र प्रभुत्वमा उच्चतम हुनुहुन्छ । उहाँ महानतम हुनुहुन्छ, सबै वस्तुहरू उहाँको तुलनामा साना छन् ।
२४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई सोध्नुहोस्− तिमीहरूलाई कसले आकाशबाट पानी बर्साएर र भूमिबाट बाली नाली र फल फुल उमारेर जीविका प्रदान गर्नुहुन्छ ? भनिदिनुहोस्− अल्लाहले नै जीविका प्रदान गर्नुहुन्छ । हे बहुदेववादीहरू हो ! कि त हामी कि त तिमीहरू स्पष्ट मार्गदर्शनमा छौं कि त स्पष्ट पथभ्रष्टतामा । यसमा कुनै सन्देह छैन कि मोमिनहरू स्पष्ट मार्गदर्शनमा छन् र बहुदेववादीहरू स्पष्ट पथभ्रष्टतामा छन् ।
२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भिदिनुहोस्− महाप्रलयको दिन हामीले गरेको पापको बारेमा तिमीहरूलाई सोधिने छैन र तिमीहरूले गरेको पापको बारेमा हामीहरूलाई सोधिने छैन ।
२६. यिनीहरूलाई भनिदिनुहोस्− अल्लाहले महाप्रलयको दिन हामी र तिमीहरूलाई जम्मा गर्नुहुनेछ र निसाफका साथ निर्णय गर्नुहुनेछ । अल्लाहले सत्यवादीलाई असत्यवादीबाट अलग छुट्याउनुहुनेछ । अल्लाह निसाफ गर्ने निर्णयकर्ता हुनुहुन्छ । उहाँ निर्णय गर्ने कार्यलाई जान्नुहुन्छ ।
२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई सोध्नुहोस्− मलाई ती साझेदारहरूलाई देखाऊ जसलाई तिमीहरू अल्लाहको भक्तिमा साझेदार ठहर गर्दथ्यौ । कदापि होइन, उहाँसँग कुनै साझेदार छैन जस्तो कि तिमीहरूले ठानेका छौ । बरु अल्लाह प्रभुत्वशाली हुनुहुन्छ, उहाँमाथि कोही विजय प्राप्त गर्न सक्दैन । सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा उहाँ विवेकशील हुनुहुन्छ ।
२८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई सबै मानिसहरूका लागि पठाएका छौं, ईशभय राख्नेहरूलाई स्वर्गको शुभ-सूचना दिन र काफिर तथा पापीहरूलाई नर्कबाट डराउनको लागि । तर अधिकांश मानिसहरू यस कुरालाई जान्दैनन् । यदि तिनीहरूले जानेका भए तपाईंलाई झूठो ठहर गर्ने थिएनन् ।
२९. बहुदेववादीहरू त्यस प्रकोपको लागि हतार गर्दै सोध्छन् जसबाट तिनीहरूलाई डराइएको छ− यदि तिमीहरू आफ्नो दावीमा सत्य छौ भने त्यो कहिले पूरा हुनेछ ?
३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! प्रकोपको लागि हतार गर्नेहरूलाई भनिदिनुहोस्− प्रकोपको लागि महाप्रलयको निश्चित दिन छ, जसबाट एक घण्टा पनि अघि वा पछि हुने छैन ।
३१. काफिरहरूले भने− मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ठानेको यो अल्लाहको तर्फबाट अवतरण भएको किताब हो माथि हामीहरू ईमान ल्याउने छैनौं । हामी विगतका आकाशीय किताबहरूमाथि पनि ईमान ल्याउने छैनौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले त्यस समयलाई देखेमा कति जाति हुन्थ्यो जब यी अत्याचारीहरूलाई हिसाबको लागि थुनेर राखिनेछ अनि तिनीहरू परस्पर वाद विवाद गर्नेछन् । प्रत्येक व्यक्ति यसको जिम्मेबारी अरूमाथि राख्नेछ र अरूको निन्दा गर्नेछ । कमजोर पारिएर राखिएका अनुयायीहरूले आफ्ना अगुवाहरूलाई भन्नेछन्− यदि तिमीहरूले संसारमा हामीहरूलाई पथभ्रष्ट नपारेका भए हामीहरू अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याउने थियौं ।
३२. सत्यबाट घमण्ड गरेका अगुवाहरूले जवाफ दिनेछन्− मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको मार्गदर्शनको अनुसरण गर्नबाट के हामीहरूले मनाहि गरेका थियौं ?! बरु तिमीहरू अत्याचारी र आतङ्कवादी थियौ ।
३३. कमजोर पारिएर राखिएका अनुयायीहरूले आफ्ना घमण्डी अगुवाहरूलाई भन्नेछन्− तिमीहरूको रात दिनको चलखेलले हामीहरूलाई मार्गदर्शनबाट रोक्यो, जब तिमीहरू हामीहरूलाई अल्लाहको इन्कार गर्ने र उहाँलाई छोडेर सृष्टिहरूको भक्ति गर्ने आदेश दिने गर्थ्यो । तिनीहरूले सांसारिक जीवनमा कुफ्र गरेकाले यातनालाई देखेपछि चिन्तालाई लुकाउनेछन् । तिनीहरूलाई यातना दिइनेछ भन्ने कुरालाई तिनीहरूले जान्नेछन् । हामीले काफिरहरूको गर्धनमा नेल हाल्नेछौं । तिनीहरूले संसारमा अल्लाहबाहेकको भक्ति र पापकर्म गरेकोले हामीले यो सजाय दिनेछौं ।
जब रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को समुदायले झूठो ठहर गर्यो तब अल्लाहले उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को सान्त्वनाको लागि के स्म्रण गराउनुभयो भने यो विगतका समुदायहरूको पनि चाला रहदै आएको छ । अल्लाहले भन्नुभयोः
३४. गाउँहरूमध्ये जुन सुकै गाउँमा जब हामीले कुनै रसूल पठायौं र उनले तिनीहरूलाई हाम्रो यातनाबाट डराए तब त्यहाँका धनि र सत्ताधारीहरूले भने− हे रसूलहरू हो ! तिमीहरू जे जति लिएर आएका छौ हामी त्यसको इन्कार गर्दैछौं ।
३५. सत्ताधारीहरूले घमण्ड गर्दै भने− हामीहरू बढी धन र सन्तान वाला छौं । हामीहरूलाई यातना दिइने कुरा झूठ हो । तिमीहरूले ठाने जस्तो हामीहरूलाई न त लोकमा यातना दिइनेछ न परलोकमा ।
३६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! वरदानपाएपछि घमण्ड गर्नेहरूलाई भनिदिनुहोस्− मेरा पालनकर्ता जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ, यो जाँच गर्नको लागि कि उसले आभार प्रकट गर्छ कि कृतघ्न गर्छ ? उहाँले जसलाई चाहनुहुन्छ कम जीविका प्रदान गर्नुहुन्छ, यस कुराको जाँचको लागि कि ऊ धैर्य गर्छ कि आत्तिन्छ ? तर अल्लाह विवेकशील हुनुहुन्छ भन्ने कुरा अधिकांश मानिसहरूलाई थाहा छैन । उहाँले निर्धारित गर्नुभएको हरेक काममा कुनै न कुनै कारण लुकेको हुन्छ । ज्ञानीहरूलाई यसको बारेमा थाहा छ र अज्ञानीहरूलाई यसको बारेमा थाहा छैन ।
३७. तिमीहरू जुन धन-सम्पत्ति र सन्तानमाथि गर्व गर्छौ, त्यसले गर्दा तिमीहरूलाई अल्लाहको प्रसन्नता प्राप्त हुँदैन बरु ईमान र सत्कर्मले गर्दा तिमीहरूलाई कय्यौं गुणा पुण्य प्राप्त हुन्छ । धन-सम्पत्तिलाई अल्लाहको मार्गमा खर्च गर्दा र सन्तानले दुआ गर्दा अल्लाहको प्रसन्नता प्राप्त हुन्छ । यस्ता सत्कर्मी मोमिनहरूका लागि कय्यौं गुणा पुण्य छ, त्यो हो स्वर्गका उच्च दर्जाहरू । त्यहाँ उनीहरू सबै किसिमका यातना, मृत्यु र वरदानको समाप्तिबाट सुरक्षित रहनेछन् ।
३८. मानिसहरूलाई अल्लाहका श्लोकहरूबाट रोक्ने र त्यसको लागि अथक प्रयास गर्ने काफिरहरू लोकमा पनि असफल हुनेछन् र परलोकमा पनि यातनाको भागीदार हुनेछन् ।
३९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− मेरा पालनकर्ता आफ्ना भक्तहरूमध्ये जसलाई चाहनुहुन्छ धेरै जीविका प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ कम जीविका प्रदान गर्नुहुन्छ । तिमीहरू अल्लाहको मार्गमा जे पनि खर्च गर्छौ अल्लाहले लोकमा त्यसभन्दा राम्रो बदला दिनुहुनेछ र परलोकमा त्यसभन्दा धेरै पुण्य प्रदान गर्नुहुनेछ । अल्लाह राम्रो जीविका प्रदानकर्ता हुनुहुन्छ । जसले पनि जीविका चाहन्छ उसले अल्लाहतर्फ फर्कनुपर्छ ।
४०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस दिनलाई याद गर्नुहोस् जब अल्लाहले तिनीहरू सबैलाई जम्मा गर्नुहुनेछ । फेरि बहुदेववादीहरूको निन्दाको लागि फरिश्ताहरूलाई भन्नुहुनेछ− के यिनीहरू सांसारिक जीवनमा हामीलाई छोडेर तिमीहरूको भक्ति गर्दथे ?
४१. फरिश्ताहरूले जवाफ दिनेछन्− तपाईं पवित्र हुनुहुन्छ ! तपाईं नै हाम्रा मालिक हुनुहुन्छ । हामीहरू र तिनीहरूबीच कुनै मित्रता छैन । बरु यी बहुदेववादीहरू शैतानहरूको पूजा गर्थे । शैतानहरू आफूलाई तिनीहरूसमक्ष फरिश्ता बताउने गर्थे अनि तिनीहरू तपाईंलाई छोडेर तिनीहरूको पूजामा लिप्त थिए । तिनीहरूमध्ये अधिकांश शैतानहरूमाथि विश्वास राख्थे ।
४२. बहुदेववादीहरू अल्लाहबाहेक जसका पूजा गर्ने गर्छन् तिनीहरूले महाप्रलय र हिसाबको दिन न त कुनै फाइदा पुर्याउने सामर्थ्य राख्नेछन् न हानि पुर्याउने सामर्थ्य नै । कुफ्र र अवज्ञा गरेर आफूमाथि अत्याचार गरेकाहरूलाई हामीले भन्नेछौं− त्यस नर्कको यातना चाख जसको इन्कार तिमीहरू संसारमा गर्दै थियौ ।
४३. हाम्रा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित स्पष्ट आयतहरूको पाठ यी बहुदेववादीहरूसमक्ष गर्दा तिनीहरू भन्छन्− यी आयतहरू ल्याउने व्यक्ति तिमीहरूलाई तिमीहरूका पूर्वजहरूको धर्मबाट फेर्न चाहन्छ र यो कुरआन झूठो तथा रचिएको किताब हो । काफिरहरू भन्छन्− यो स्पष्ट जादू हो । किनभने यसले श्रीमान श्रीमतिबीच र बुवा छोराबीच विभाजन उत्पन्न गर्छ ।
४४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तिनीहरूलाई कुरआनअघि कुनै किताब दिएका छैनौं जसलाई तिनीहरूले पढुन् र तपाईंअघि कुनै रसूल पनि तिनीहरूतर्फ पठाएका छैनौं जसले तिनीहरूलाई अल्लाहको प्रकोपबाट सावधान गरुन् ।
४५. आद, समूद र लूत (अलैहिस्सलाम) को समुदाय जस्ता विगतका समुदायहरूले पनि आ-आफ्ना रसूललाई झूठो ठहर गरे । जब तिनीहरूलाई मेरो प्रकोपले समात्यो तब तिनीहरूलाई तिनीहरूका धन-सम्पत्ति, शक्ति र संख्याले कुनै फाइदा पुर्याएन जब कि तिनीहरू यति शक्तिशाली थिए कि त्यसको दसौं अंश पनि मक्काका बहुदेववादीहरूलाई प्राप्त छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस् के परीणाम भयो तिनीहरूको इन्कारको र कस्तो रहयो तिनीहरूमाथि मेरो प्रकोप ।
४६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भन्नुहोस्− म तिमीहरूलाई एउटा काम गर्ने उपदेश दिन्छु− तिमीहरू मात्र अल्लाहको लागि इच्छाबाट माथि उभेर दूई दूई जना गरेर वा एकलै उभ अनि आफ्नो साथी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को बारेमा विचार गर । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को बुद्धि, सत्यता र ईमानदारीको बारेमा तिमीहरूलाई जे जति ज्ञान छ त्यसमा विचार गर । विचार गरेपछि तिमीहरूसमक्ष के स्पष्ट हुन्छ भने उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) उन्मादि हुनुहुन्न । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) त तिमीहरूलाई त्यस कडा प्रकोपको बारेमा सावधान गर्नुहुन्छ जो तिमीहरूको सामुन्ने छ यदि तिमीहरू शिर्कबाट तौबा गर्दैनौ भने ।
४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्ने बहुदेववादीहरूलाई भनिदिनुहोस्− म जे जति मार्गदर्शन र भलाइ लिएर आएको छु त्यसको सट्टामा कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहले दिनुहुनेछ । उहाँ हरेक वस्तुमाथि गवाह हुनुहुन्छ । मैले उहाँको सन्देश पुर्याइ दिएकोछु भन्ने कुरामाथि पनि उहाँ गवाह हुनुहुन्छ । उहाँ तिमीहरूले गर्ने गरेका कर्महरूमाथि पनि गवाह हुनुहुन्छ । उहाँले ती सबै कार्यहरूको बदला दिनुहुनेछ ।
अल्लाहले काफिर र बहुदेववादीहरूमाथि आफ्नो प्रमाणहरू सिद्ध गरेपछि आफ्नो कानुनको वर्णन गर्नुभयोः
४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− अल्लाह सत्यलाई असत्यमाथि विजय पारेर असत्यलाई समाप्त पार्नुहुन्छ । उहाँ परोक्षका ज्ञाता हुनुहुन्छ, आकाशहरू तथा पृथ्वीको कुनै पनि वस्तु र भक्तहरूको कुनै कार्य उहाँबाट लुकेको छैन ।
४९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्ने बहुदेववादीहरूलाई भन्नुहोस्− सत्य धर्म इस्लाम आइसक्यो र असत्य समाप्त भयो । असत्यको कुनै प्रभाव तथा शक्ति बाँकी छैन र त्यो फिर्ता पनि आउने छैन ।
५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्ने बहुदेववादीहरूलाई भन्नुहोस्− यदि म पथभ्रष्ट हुन्छु भने त्यसको हानि मसम्म सीमित रहनेछ । त्यसको हानि तिमीहरूलाई पुग्ने छैन । यदि म सीधा मार्ग पाउँछु भने त्यो मात्र अल्लाहले मतर्फ अवतरण गर्नुभएको वही (प्रकाशना) को कारणले हुनेछ । अल्लाह भक्तहरूका कुराहरू सुन्नुहुन्छ । उहाँ नजिक हुनुहुन्छ र उहाँलाई सुन्नमा कुनै अप्ठ्यारो हुँदैन ।
५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी झूठा ठहर गर्नेहरूलाई महाप्रलयको दिन यातना देखेपछि तपाईंले डराएको देख्नुहुनेछ । तिनीहरू यातनाबाट भाग्न सक्ने छैनन् । तिनीहरूका लागि कुनै आश्रय स्थल हुने छैन । तिनीहरू नजिकको स्थानबाट सजिलैसँग समातिनेछन् । तपाईंले त्यो दृश्य देख्दा अचम्मको कुरा देख्नुहुनेछ ।
५२. काफिरहरूले महाप्रलयको दिन आफ्नो बास-स्थान देखेपछि भन्नेछ− हामी महाप्रलयको दिनमाथि ईमान ल्याएकाछौं । तर अब तिनीहरूलाई ईमान कसरी प्राप्त हुन्छ ? ईमान ल्याउने र कर्म गर्ने स्थान त संसार थियो जसबाट यिनीहरू निस्केर आखिरतमा आइसकेकाछन् जो प्रतिदान-स्थल हो न कि कर्म-स्थल ?!
५३. तिनीहरूको ईमान कसरी स्वीकार्य हुन्छ जब कि तिनीहरूले सांसारिक जीवनमा कुफ्र गरे र सत्य कुराबारे अटकल गरे, उदाहरण स्वरूप तिनीहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई जादूगर, ज्योतिषी र कवि भने ?!
५४. यी झूठा ठहर गर्नेहरू महाप्रलयको दिन जीवनको मोज मस्ती, कुफ्रबाट तौबा, नर्कबाट मुक्ति र सांसारिक जीवनतर्फ फर्कनबाट वञ्चित गरिनेछन् । विगतका झूठा ठहर गर्ने समुदायहरू पनि यी वस्तुहरूबाट वञ्चित गरिएका थिए । रसूलहरूले ल्याएको एक अल्लाहको भक्ति र पुनर्जन्ममाथि आस्थाबारे तिनीहरू कुफ्रसम्म पुर्याउने शङ्कामा थिए ।
टिप्पणियाँ
एक टिप्पणी भेजें