शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. काफ० हा० या० ऐन० साद० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ ।२. यो तपाईंको पालनकर्ताले आफ्ना भक्त जकरिया (अलैहिस्सलाम) माथि गर्नुभएको दयाको बयान हो । तपाईंले केही सिक्नुहुन्छ भनी हामी यस विषयमा भन्न गइरहेका छौं ।३. उनले आफ्नो पालनकर्तासँग सानो स्वरमा प्रार्थना गरे ।४. उनले भनेः हे मेरा पालनकर्ता ! निश्चय नै मेरा हड्डीहरू कमजोर भएका छन् र मेरा कपाल फुलि सकेका छन् । तपाईंसित प्रार्थना गर्दा म कहिल्यै निराश भएको छैन । बरू तपाईंले सधैं मेरो प्रार्थना सुन्नुभएको छ ।५. मेरो मृत्युपश्चात मेरा आफन्तहरू यस संसारको मोजमस्तिमा लागेर धर्मलाई स्थापित नगर्लान भनी मलाई डर लागेको छ । मेरी पत्नी बाँझी छिन् तसर्थ तपाईं आफ्नो तर्फबाट मेरो सहयोगका लागि एउटा सन्तान दिनुहोस् ।६. ऊ मेरो र याकूब (अलैहिस्सलाम) का सन्तानको रिसालतको उत्तराधिकारी बनोस् । हे मेरा पालनकर्ता ! उसलाई धार्मीक, नैतिक र ज्ञानी बनाउनुहोस् ।७. अल्लाहले उनको दुआलाई स्वीकार गर्नुभयो र उहाँलाई बोलाउँदै भन्नुभयोः हे जकरिया (अलैहिस्सलाम) ! हामी तपाईंलाई खुशी पार्ने सूचना दिँदैछौं । हामीले तपाईंको दुआलाई स्वीकार्यौं र तपाईंलाई यह्या नाम गरेको एउटा छोरा दियौं । उनीभन्दा पहिले हामीले यो नाम अरू कसैलाई दिएका थिएनौं ।८. अल्लाहको शक्ति देखेर अचम्मित हुँदै जकरिया (अलैहिस्सलाम) ले भनेः मेरी पत्नी त बाँझी छिन् । म अत्यन्तै बूढो भइसकेको छु र मेरा हड्डीहरू कमजोर भइसकेका छन् । मलाई कसरी छोरा हुन सक्छ र ?९. फरिश्ताले भनेः तपाईं भन्नुहुन्छ ‘मेरी पत्नी बाँझी छिन्, म अत्यन्तै बूढो भइसकेको छु र मेरा हड्डीहरू कमजोर भइसकेका छन्’ तर तपाईंका पालनकर्ता भन्नुहुन्छः यह्यालाई बाँझी आमा र अत्यनतै बूढो पिताबाट जन्माउनु मेरो लागि सहज रहेको छ । हे जकरिया (अलैहिस्सलाम) ! वास्तवमा, मैले तपाईंको केही अस्तीत्व नरहेको बेला तपाईंलाई जन्माएका थियौं ।१०. जकरिया (अलैहिस्सलाम) ले भन्नुभयोः हे मेरा पालनकर्ता ! तपाईंको फरिश्ताले दिएको शुभसूचनालाई प्रमाणित गर्नका निम्ति मलाई एउटा निशानी दिनुहोस् । उहाँले भन्नुभयोः तपाईंले तीन दिनसम्म दोष बिना कसैसँग कुरा गर्न सक्नुहुने छैन र तपाईं स्वास्थ नै हुनुहुनेछ ।११. त्यसपश्चात जकरिया (अलैहिस्सलाम) आफुले उपासना गरेको ठाउँबाट उठेर सबैजना समक्ष गए र ईशारामा उनीहरूलाई बिहान र बेलुका अल्लाहको गुणगाण गर्ने उपदेश दिए ।१२. यह्या (अलैहिस्सलाम) को जन्म भयो । जब उनी आदेश बुझ्ने उमेरमा पुगे हामीले भन्यौः हे यह्या (अलैहिस्सलाम) ! गम्भीरता र लगनशीलताका साथ तौरातको अध्ययन गर । उनलाई हामीले सानै उमेरमा बुद्धि, ज्ञान, लगनशीलता र ईमानदारीता प्रदान गर्यौं ।१३. हामीले उनलाई विशेष दयाको पात्र बनायौं र उनलाई पापबाट मुक्त गर्यौं । उनी अल्लाहका आदेशहरूको पालना गर्थे र उहाँले प्रतिबन्ध लगाएका कार्यहरूबाट बच्थे ।१४. उनी आमाबाबुका आज्ञाकारी थिए र उनीहरूप्रति दयालु हुनुहुन्थ्यो । उहाँ आफ्ना पालनकर्ता र आमाबाबुका आज्ञापालनबाट विमुख हुनुहुन्नथ्यो ।१५. उनको जन्मको दिन र मृत्युको दिन अल्लाहले उनलाई शान्ती र सुरक्षा प्रदान गर्नुभयो । त्यसरी नै कयामतको दिन उठाइने समयमा पनि प्रदान गरिनेछ । यी तीन अवस्थाहरू निकै नै भयावह अवस्थाहरू हुन् । यदि यी अवस्थाहरूमा मानिस सुरक्षित रह्यो भने उसलाई अरू अवस्थाहरूको चिन्ताले सताउने छैन ।१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुरआनमा उल्लेख भएको मर्यम (अलैहस्सलाम) को जिकिर याद गर्नुहोस् । उनी आफ्ना परिवारबाट टाढिएर पूर्वतिर एउटा ठाउँ गएकी थिइन् ।१७. उनी आफ्ना समुदायबाट लुकेर आफ्ना पालनकर्ताको उपासना गर्न थाले । तसर्थ हामीले जिब्रील (अलैहिस्सलाम) लाई मानवको स्वरूपमा पठायौं । तर जिब्रील (अलैहिस्सलाम) ले नराम्रो नियत बोकेको भनी ठानेर उनी डराइन् ।१८. मर्यम (अलैहिस्सलाम) ले उनलाई मानव स्वरूपमा आफूतिर आएको देखेर भनेः म तपाईंबाट पुग्नसक्ने हानिबाट करूणामयको शरण चाहन्छु । यदि तपाईं अल्लाहको प्रकोपबाट डराउनुहुन्छ भने मलाई हानि नपुर्याउनुहोस् ।१९. जिब्रील (अलैहिस्सलाम) ले जवाफ दिएः म मानव होइन बरू म त तपाईंको पालनकर्ताको सन्देशबाहक हुँ । उहाँले मालाई तपाईंलाई पवित्र पुत्रको शुभसूचना दिनका लागि पठाउनुभएको छ ।२०. मर्यम (अलैहस्सलाम) ले उत्सुक्ताका साथ सोधिन्- म पुत्र कसरी जन्माउन सक्छु, वास्तवमा, मेरो लोग्ने पनि छैन र न म व्यभिचारी हुँ ।२१. जिब्रील (अलैहिस्सलाम) ले उनलाई भनेः तपाईंले भन्नुभएको कुरा ठीक हो तर तपाईंका पालनकर्ताले भन्नुभएको छ, ‘पिताबिना पुत्रको सृष्टि गर्नु मेरो निम्ति सहज रहेको छ । तपाईंलाई दिइने पुत्र तपाईंको पालनकर्ताको महानता र सामर्थ्यको निशानी हुनेछ र तपाईं र त्यसमाथि आस्था राख्नेहरूका लागि हाम्रो दया हुनेछ । तपाईंको पुत्रको जन्म अल्लाहको दृढ अठोट हो जुन लौहे मह्फुजमा लेखिएको छ ।२२. फरिश्ताले फुकेपछि उनले गर्भ धारण गरिन् र त्यस गर्भलाई लिएर उनी मानिसहरूबाट टाढा गइन् ।२३. त्यसपछि उहाँ प्रसवपीडाले खजुरको रूखको सहारा लिन बाध्य भइन् । मर्यम (अलैहस्सलाम) ले भनिन्- हाय ! म यसअघि नै मरेर बिर्सिएको भए मेरो विषयमा नराम्रो सोचिने थिएन ।२४. ईसा (अलैहिस्सलाम) ले उनका खुट्टाको तलतिरबाट पुकारेर भनेः तपाईं दुःखित नहुनुहोस् । तपाईंको पालनकर्ताले तपाईंको तलतिर पानीको स्रोत बनाउनुभएको छ तसर्थ तपाईं पानी पिउनुहोस् ।२५. खजुरको रूखलाई राम्ररी समातेर हल्लाऊ । तिमीमाथि ताजा र रसीला खजुरहरू खस्नेछन् र त्यसलाई टिप ।२६. खजुरहरू खाऊ, पानी पिऊ, तिम्रो गर्भमा रहेको बच्चाको विषयमा सन्तुष्ट होऊ र निराश नहोऊ । यदि तिमीले कसैलाई देख्यौ र उसले तिम्रो गर्भमा रहेको बच्चाको बारेमा सोध्यो भने भनः मैले मेरा पालनकर्ताका लागि मौनताको लक्ष्य लिएको छु । तसर्थ म आज कसैसँग कुरा गर्ने छैन ।२७. मर्यम (अलैहस्सलाम) आफ्नो छोरालाई लिएर उनका मानिसहरू कहाँ आइन् र उनका मान्छेहरूले भने: हे मर्यम, तिमीले घिनलाग्दो काम गर्यौ । तिमीले बुबाबिना नै बच्चा जन्माएकी छौ ?!२८. तिमी भक्तिमा हारून जस्ती छौ (उनी एक धार्मिक व्यक्ति थिए), तिम्रो बुबा व्यभिचारी छैनन् र न त तिम्री आमा व्यभिचारी छिन् । तिमी शुद्ध परिवारकी सदस्य छौ जसलाई असल भनेर चिनिन्छ । तिमी कसरी बुबाबिना बच्चा जन्माउन सक्छौ ?!२९. उनले आफ्नो नवजात छोरा ईसा (अलैहिस्सलाम) तिर ईशारा गरिन् । उनको समुदायले आश्चर्यचकित भएर भन्योः हामी कसरी नवजात शिशुसँग कुरा गर्न सक्छौं ?३०. ईसा (अलैहिस्सलाम) ले भनेः निश्चय पनि म अल्लाहको भक्त हुँ । उहाँले मलाई इन्जिल दिनुभयो र मलाई एउटा नबी बनाउनुभयो ।३१. म जहाँ भए पनि उहाँले मलाई मानिसहरूका लागि उपयोगी बनाउनुभएको छ । उहाँले मलाई मेरो जीवनकालको लागि सलाह पढ्ने र जकात दिने आदेश दिनुभएको छ ।३२. उहाँले मलाई मेरी आमाका लागि दयालु बनाउनुभएको छ । घमण्डको कारणले मेरो पालनकर्ताको अवज्ञा गर्ने बनाउनुभएको छैन ।३३. जुन दिन म जन्मिएको थिएँ, जुन दिन म मर्ने छु र कयामतको दिन मलाई जिउँदो पार्ने समयमा उहाँले मलाई शैतान र त्यसका सहयोगीहरूबाट सुरक्षा प्रदान गर्नुहुनेछ । यी तीन डरलाग्दा परिस्थितिहरूमा शैतानले मलाई धोका दिन सक्ने छैन ।३४. यी गुणहरू मर्यम (अलैहस्सलाम) का छोराका हुन् । यी विशेषताहरू उनलाई सुहाउँछ । मार्गनिर्देशनबाट हटेकाहरूले भनेको कुरा सुहाउँदो छैन जो उनको विषयमा शंकामा छन् र जो उनका बारेमा बहस गर्छन् ।३५. अल्लाहलाई सन्तानको आवश्यकता छ भन्नु उपयुक्त छैन । उहाँ यसबाट उच्च र पवित्र हुनुहुन्छ । जब उहाँ केही गर्न चाहनुहुन्छ, उहाँलाई "होऊ" भन्नु पर्याप्त रहेको छ त्यसपछि त्यो पक्कै हुन्छ । जो यसको सामर्थ्य राख्नुहुन्छ उहाँलाई बच्चाको आवश्यकता हुनु सम्भव छैन ।३६. अल्लाह नै मेरा र तिमीहरूका पालनकर्ता हुनुहुन्छ तसर्थ उहाँको मात्र उपासना गर । मैले तिमीहरूलाई देखाएको बाटो नै अल्लाहको इच्छासम्म पुग्ने प्रत्यक्ष बाटो हो ।३७. ईसा (अलैहिस्सलाम) को विषयमा उनको समुदाय विभिन्न समूहमा विभाजित भए । केहीले उनलाई रसूल स्वीकारे भने केहीले यहूदी सरह उनलाई मान्न इन्कार गरे । केहीले झनै खराब कुरा गरे र उनलाई अल्लाह भने । बाँकीले उनलाई अल्लाहको छोराको संज्ञा दिए । अल्लाह यसबाट पवित्र हुनुहुन्छ । धिक्कार छ यस्ता मानिसहरूमाथि ! जो उनको विषयमा र कयामतको दिन उपस्थित हुने, हिसाबकिताब र सजायँ जस्ता घटनाहरूको विषयमा विवाद गर्छन् ।३८. त्यसदिन तिनीहरू प्रष्ट सुन्ने र देख्ने छन् । अब तिनीहरूलाई सुन्ने र देख्नेले केही फाइदा दिने छैन । बरू यी अत्याचारीहरू त सांसारिक जीवनमा सीधा मार्गबाट हटेका थिए । उनीहरूले आखिरतको तयारीमा नलागी आफ्नै मनमानी गरेको बेलामा त्यो आइलाग्ने छ ।३९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई त्यसदिनको चेतावनी दिनुहोस् जुन दिन पापीले आफ्ना पापका लागि र सत्कर्मीले अझै धेरै सत्कर्म किन नगरेको भन्दै पश्चाताप गर्नेछन् । हिसाबकिताब सकाएर कर्मपत्र बन्द गरेपश्चात हरेकले आफूले गरेको कार्यको बदला पाउनेछ । वास्तवमा, उनीहरू आफ्ना सांसारिक जीवनमा धोकामा थिए । उनीहरूले आखिरतलाई बेवास्ता गरे र कयामतमाथि आस्था राखेनन् ।४०. सम्पूर्ण सृष्टिको विनाशपछि हामी मात्र बाँकी रहनेछौं । यो संसार र यसमा रहेका सम्पूर्ण चिजहरूमा केवल हाम्रो अधिकार रहनेछ किनकि हामी मात्र अमर छौं र हामी जे चाहन्छौं गर्नेछौं । कयामतको दिन उनीहरू केवल हामीतिर हिसाबकिताब र बदलाको लागि फर्केर आउनेछन् ।४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस कुरआनमा उल्लेखित इब्राहीम (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । उहाँ धेरै नै इमानदार र अल्लाहका आयतहरूमाथि आस्था राख्ने हुनुहुन्थ्यो र अल्लाहको नबी हुनुहुन्थ्यो ।४२. उनले आफ्ना बुबा आजरलाई भनेः हे मेरा बुबा ! अल्लाहलाई छोडी तपाईंले माग्नु भएको दुआ सुन्न नसक्ने, तपाईंले गर्नु भएको उपासना देख्न नसक्ने, तपाईंका समस्याहरूको समाधान गर्न नसक्ने र तपाईंलाई कुनै फाइदा दिन नसक्नेको उपासना किन गर्नुहुन्छ ?४३. हे मेरा बुबा! अल्लाहले तपाईंलाई नदिनुभएको ज्ञानका केही कुराहरू वही मार्फत मलाई दिनुभएको छ । त्यसैले मेरो अनुसरण गर्नुहोस् । म तपाईंलाई सीधा मार्ग देखाउनेछु ।४४. हे मेरा बुबा ! शैतानको अनुसरण नगर्नुहोस् किनकि अल्लाहले शैतानलाई आदम (अलैहिस्सलाम) लाई सज्दा गर्ने आदेश दिनुभएको बेला शैतानले अल्लाहको आदेशको अवज्ञा गरेको थियो ।४५. हे मेरा बुबा ! कुफ्रको अवस्थामा तपाईंको मृत्यु भयो भने तपाईंमाथि अल्लाहको प्रकोप अवतरित होला भन्ने डर लागेको छ । शैतानको वफादार भएको कारणले तपाईं पनि ऊसँगै दण्डित हुनुहुनेछ ।४६. आजरले आफ्ना छोरा इब्राहीम (अलैहिस्सलाम) लाई भन्योः हे इब्राहीम ! मैले उपासना गर्ने गरेका मूर्तीहरूबाट तिमी विमुख हुन खोजेको हो ? यदि तिमीले मेरा मूर्तीहरूलाई नराम्रो भन्न छोडेनौं भने म ढुङ्गाले हिर्काएर तिम्रो हत्या गर्नेछु । लामो समयको लागि मबाट टाढा बस । न मसँग कुरा गर न मसँग बस ।४७. इब्राहीम (अलैहिस्सलाम) ले आफ्ना बुबालाई भनेः तपाईंमाथि शान्ति होस् । तपाईंलाई मबाट कष्ट पुग्ने छैन । म मेरा पालनकर्ताबाट तपाईंका लागि क्षमा र सीधा मार्ग माग्नेछु । वास्तवमा, उहाँ मप्रति अति दयालु हुनुहुन्छ ।४८. म तपाईंलाई र तपाईंहरूले अल्लाहलाई छोडी पूज्ने गरेका उपास्यहरूलाई छोड्दैछु । म केवल अल्लाहसँग मात्र दुआ गर्नेछु र कसैलाई उहाँको साझेदार बनाउने छैन । यदि मैले गरेको दुआलाई उहाँले रद्द गर्नुभयो भने म निराश हुनेछु ।४९. उनले आफ्नो समुदायलाई र उनीहरूले अल्लाहलाई छोडी पूज्ने गरेका उपास्यहरूलाई छोडे । हामीले तिनीहरूको बदलामा उनलाई उनको छोरा इस्हाक दियौं र उनको नाति याकूब दियौं । हामीले उहाँ दुबैलाई नबी बनायौं ।५०. हामीले उनीहरूलाई नबी बनाउनुका साथै आफ्नो दयाबाट धेरै दियौं । अनि हामीले हाम्रा भक्तहरूको मुखमा उनीहरूको प्रशंसा सजायौं ।५१. हे रसूल (सल्लल्लाहू अलैहि व सल्लम) ! तपाईंमाथि अवतरित कुरआनमा मूसा (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । उनी रोजिएका, सम्मानित, रसूल र नबी थिए ।५२. हामीले मूसा (अलैहिस्सलाम) लाई उनको दाहिनेतिर पहाडमा डाक्यौं । उनलाई आफ्नो गोप्य कुरा सुनाउनका लागि हामीले उनलाई अझै नजिक गर्यौं ।५३. हामीले मूसा (अलैहिस्सलाम) को दुआ स्वीकार गर्दै आफ्नो दया र कृपाको रूपमा उनको दाई हारून (अलैहिस्सलाम) लाई नबी बनायौं ।५४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस कुरआनमा उल्लेखित इस्माईल (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । उनी प्रतिज्ञा पूरा गर्थे र उनीहरू रसूल र नबी थिए ।५५. उनी आफ्ना परिवारलाई सलाह पढ्ने र जकात दिने आदेश दिनुहुन्थ्यो । उनलाई पालनकर्ताले स्वीकार्नुभएको थियो ।५६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस कुरआनमा उल्लेखित इद्रीस (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । उनी सच्चा थिए, अफ्ना पालनकर्ताका निशानीहरूलाई मान्ने र अल्लाहका नबी थिए ।५७. हामीले उनलाई नबी बनाएकोले उनले उच्च पद प्राप्त गर्न सफल भए ।५८. यस सूरहमा अल्लाहले जकरिया देखि इद्रीस (अलैहिमुस्सलाम) सम्म को जिकिर उल्लेख गर्नुभएको छ । अल्लाहले आदम (अलैहिस्सलाम) का सन्तानहरूमध्येबाट, नूह (अलैहिस्सलाम) सँग डुङ्गामा चढेकाहरूका सन्तानहरूमध्योबाट, इब्राहीम र याकूबका सन्तानहरूमध्येबाट र मार्गदर्शन प्राप्त गरेकाहरूमध्येबाट यिनीहरूलाई नबी बनाउनुभयो । हामीले यिनीहरूलाई चुन्यौं र नबी बनायौं । जब यिनीहरू अल्लाहका आयतहरूको पाठ सुन्छन् अल्लाहको डरले रूँदै अल्लाह समक्ष सज्दा गर्छन् ।५९. यी चुनिएका नबीहरूपश्चात दुष्ट र पथभ्रष्टहरूको समय आयो । उनीहरूले सलाहलाई बेवास्ता गरे र उनीहरूले व्यभिचार जस्ता कुकर्म गर्न थाले । उनीहरूले नर्कमा दण्ड र निराशाको सामना गर्नेछन् ।६०. जसले लापरवाह भएको कारणले पश्चताप गरे, अल्लाहमाथि आस्था राखे र सत्कर्म गरे उनीहरू नै स्वर्ग जानेछन् र उनीहरूको प्रतिदान रत्ती भर नि कम गरिने छैन ।६१. सदा रहने स्वर्गहरूमा प्रवेश गराउने बाचा अल्लाहले आफ्ना असल भक्तहरूसँग अप्रत्यक्षमा गर्नुभएको थियो । उनीहरूले त्यसलाई देखेका छैनन् तापनि त्यसमाथि विश्वास गर्छन् । अल्लाहको वाचा पूरा हुने नै छ ।६२. उनीहरूले त्यहाँ नराम्रा र अपशब्द सुन्ने छैनन् बरू एकले अर्कालाई र फरिश्ताहरूले उनीहरूलाई सलाम भनेको सुन्ने छन् । बिहान र बेलुका उनीहरूले चाहेको खानेकुरो खान पाउने छन् ।६३. यस्ता सुबिधाहरू भएको स्वर्गको हकदार हामी आफ्ना यस्ता भक्तहरूलाई बनाउने छौं जो हाम्रा आदेशहरूको पालना गर्छन् र अवैध गरिएका कुराहरूबाट बचेर बस्छन् । (जब अल्लाहले ईशभय राख्नेहरूको प्रतिदानको उल्लेख गर्नुभयो तब उहाँले तक्वाको अर्थ अल्लाहको आदेशमा अडिग रहनु बताउनुभयो । उहाँले भन्नुभयो:)६४. हे जिब्रील ! मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई भनः फरिश्ताहरू आफु खुशि तल आउने गर्दैनन् बरू उनीहरू अल्लाहको आदेशले मात्र ओर्लिने गर्छन् । आखिरतका मुद्दाहरू, यस संसारका मुद्दाहरू र यी दुबैका बीचका मुद्दाहरू केवल अल्लाह कै अधीनमा छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंका पालनकर्ता केही बिर्सनुहुन्न ।६५. आकाशहरू, धर्ती र यी दुबैको बिचमा रहेका सम्पूर्णको सृष्टिकर्त मालिक र व्यवस्थापक एक मात्र हुनुहुन्छ र उहाँकै उपासना गर । उहाँ मात्र उपासनाको योग्य हुनुहुन्छ । उहाँको उपासनामा अडिग रह । उहाँ जस्तो अरू कोही छैन ।६६. पुनर्जीवनलाई नमान्ने काफिर ठट्टा गर्दै भन्छः म मरेपछि के मलाई चिहानबाट फेरि जीवित पारेर दोस्रो जीवनको लागि उठाइनेछ ?! यो असम्भव करा हो !६७. पुनर्जीवनलाई नमान्नेलाई हामीले उसको अस्तित्व नै नभएको बेला सृष्टि गरिसकेका छौं भन्ने कुरा उसलाई थाहा छैन ?! दोस्रो सृष्टिलाई विश्वास गर्न उसले पहिलो सृष्टिमा आफूलाई विश्वस्त गरोस् । वास्तवमा, दोस्रो सृष्टि अति सजिलो छ ।६८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको पालनकर्ताको कसम, हामी अवश्य उनीहरूलाई उनीहरूको चिहानबाट उनीहरूलाई पथभ्रष्ट पार्ने शैतानहरूसँग भेला पार्नका लागि उठाउनेछौं र उनीहरूलाई नर्कका ढोकाहरूतिर अपमानित र घुँडा टेकेको अवस्थामा लिएर जानेछौं ।६९. अनि पथभ्रष्टहरूको हरेक समूहबाट हामी कट्टर बिरोधीहरूलाई छाँट्नेछौं जो समूहका अगुवाहरू हुन् ।७०. त्यसपछि कसलाई नर्कमा हालिनेछ र त्यसको तपनलाई सहनु पर्नेछ भनी हामीले राम्ररी थाहा पाउनेछौं ।७१. हे मानिसहरू हो ! तिमीहरूमध्ये नर्कमाथिको पुल सबैले पार गर्नु पर्नेछ । यो अल्लाहको फैसला हो र कोही पनि अल्लाहको फैसलालाई रोक्न सक्दैन ।७२. यो पुल पार गरेपछि हामी ईशभय राख्नेहरूलाई उनीहरूले आफ्ना पालनकर्ताका आदेशको अनुसरण गरेको र प्रतिबन्ध लगाएका कुराहरूबाट बचेको कारणले सुरक्षित राख्नेछौं र अत्याचारीहरूलाई घुँडा टेकेकै अवस्थामा छोड्नेछौं । उनीहरू त्यसबाट बच्न पाउने छैनन् ।७३. जब हाम्रो रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित स्पष्ट आयतहरू मानिसहरूलाई पढेर सुनाईन्छन् तब काफिरहरू मोमिनहरूलाई भन्छन्, हाम्रा यी दुई समूहमध्ये कसको दर्जा उच्च र कसको शभा राम्रो छ, हाम्रो वा तिमीहरूको ?७४. यी काफिरहरूभन्दा पहिले हामीले कति यस्ता मानिसहरू नष्ट गरिसकेका छौं जसले उनीहरूले पाएको धनले गर्दा घमण्ड गरेका थिए । तिनीहरू अधिक धनी थिए, राम्रो पोशाक लगाउने गर्दथे र तिनीहरूलाई शरीरिक आनन्द प्राप्त थियो ।७५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- जो पथभ्रष्ट भएर मात्तेको छ अल्लाह उसलाई झन् पथभ्रष्ट हुञ्जेल छुट दिनुहुनेछ । जब उसले सांसारिक र पारलौकिक जीवनमा दिइने यातनालाई आफ्नै आँखाले देख्नेछ उसले तल्लो दर्जाको र असहयोगी को हो भन्ने कुराको चाल पाउनेछ । के यो समूह उनीहरूको हुनेछ वा मोमिनहरूको ?७६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! प्रतिफल र परिणामको दृष्टिकोणले उनीहरूको पथभ्रष्टतामा बृद्धि गर्नुको तुलनामा तपाईंको पालनकर्ताको नजरमा मार्गदर्शन तथा अनुसरण रोज्नेहरू र सत्कर्म गर्नेहरूलाई सदाको खुशी प्रदान गर्नु बढी लाभदायक रहेको छ ।७७. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंले त्यस व्यक्तिलाई देख्नुभयो जसले हाम्रा निशानीहरू र हाम्रो चेतावनी मानेन र भन्योः मेरो मृत्युपश्चात यदि मलाई फेरी जीवित पारे पनि मलाई अझै धेरै धन र अझै बढी सन्तान दिइनेछ ।७८. के उसले अदृश्यको ज्ञान राख्छ त्यसैले यस्तो भनेको वा ऊसित यसको कुनै प्रमाण छ ? के उसले आफ्नो पालनकर्तासँग कुनै वचन लिएको छ जसले गर्दा उहाँले उसलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ र थुप्रै धन र सन्तान दिनुहुनेछ ?!७९. उसले दाबी गरेको जस्तो पक्कै होइन । उसले बोलेको र गरेको हामीले लेख्नेछौं । उसले गरेको असत्य दावीले गर्दा हामी उसको यातनामाथि थप यातना थप्नेछौं ।८०. उसलाई नष्ट गरेपछि उसले छोडेका धन र सन्तानको हकदार हामी हुनेछौं । ऊ कयामतको दिन हामीकहाँ एक्लै आउनेछ र उसले उपभोग गरेको धन-सम्पत्ती र प्रशंसाबाट बञ्चित हुनेछ ।८१. मुश्रिकहरूले अल्लाहलाई छोडी मूर्तिहरूको संरक्षण, सहयोग र समर्थन पाउनका लागि उनीहरूको उपासना गरे ।८२. तिनीहरूले दाबी गरेको जस्तो पक्कै होइन । यी मुश्रिकहरू जसको उपासना गर्ने गर्छन् कयामतको दिन उनीहरूले यिनीहरूले गरेको उपासनालाई नकार्नेछन् । उनीहरू यिनीहरूभन्दा निकै टाढा हुनेछन् र यिनीहरूको शत्रु हुनेछन् ।८३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले शैतानहरूलाई मुश्रिकहरूमाथि अधिकार दिएर पठाएको तपाईंले देख्नुभएन ?! निश्चित रूपमा उनीहरूलाई पाप गर्न प्रलोभन दिन र अल्लाहको मार्गमा बाधा पुर्याउनका निम्ति उनीहरूलाई अधिकार दिएका हौं ।८४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहसँग उनीहरूको विनाश माग्न हतार नगर्नुहोस् । वास्तवमा, हामी उनीहरूको उमेरको हिसाब राख्दैछौं । जब उनीहरूलाई छुट दिने अवधि समाप्त हुन्छ, हामी उनीहरूलाई दण्ड दिनेछौं । उनीहरू यस्कै योग्य रहेका छन् ।८५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कयामतको दिन हामी ईशभय राख्नेहरूलाई उनीहरूको पालनकर्तासमक्ष सम्मानित समूहको रूपमा भेला पार्नेछौं किनकि उनीहरू आदेशको पालना गर्दथे र प्रतिबन्ध लगाइएका कुराहरूबाट बच्दथे ।८६. हामी काफिरहरूलाई तिर्खाएको अवस्थामा नर्कतिर डोर्याउनेछौं ।८७. यी काफिरहरूले एक अर्काको लागि सिफारिशको अधिकार राख्ने छैनन् । तर जसले यस संसारमा अल्लाहमाथि आस्था राख्ने र रसूलहरूलाई मान्ने सम्झौता गरेको छ उसले मात्र यो अधिकार पाउँनेछ ।८८. यहूदीहरू, ईसाईहरू र केही बहुदेववादीहरूले भनेः अल्लाहको छोरा छ ।८९. तिमीहरूले यसो भनेर ठूलो गलती गर्यौ ।९०. यस दुष्ट वचनको कारण आकाश टुक्रिने थियो, धर्ती फाटिने थियो, र पहाडहरू टुक्रा टुक्रा हुने थिए ।९१. यो सबै तिनीहरूले अल्लाहको छोरा छ भनी दाबी गरेको कारणले हुने थियो । अल्लाह यस्तो अभियोगबाट पवित्र हुनुहुन्छ ।९२. कसैलाई छोरा बनाउनु अल्लाहको प्रतिष्ठा अनुकुल छैन ।९३. आकाशहरूमा रहेका फरिश्ताहरू, मानिसहरू र जिनहरू अल्लाहसमक्ष पूर्ण समर्पित अवस्थामा उपस्थित हुनेछन् ।९४. अल्लाहले सबैलाई आफ्नो ज्ञानले घेर्नुभएको छ, सबैको पूर्ण गणना गर्नुभएको छ र उहाँबाट केही पनि लुकेको छैन ।९५. महाप्रलयको दिन तिनीहरूमध्ये हरेक अल्लाहसमक्ष एक्लै आउनेछ । उसको न सहयोगी हुनेछ र न ऊसँग धन नै हुनेछ ।९६. वास्तवमा, अल्लाहमाथि आस्था राख्नेहरू र उहाँलाई खुसी पार्नका निम्ति सत्कर्म गर्नेहरूको मनलाई अल्लाहले प्रेमले भरिदिनुहुनेछ किनकि अल्लाह उनीहरूलाई प्रेम गर्नुहुन्छ र आफ्ना भक्तहरूका लागि उनीहरूको मनमा प्रेम प्रदान गर्नुहुनेछ ।९७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हाम्रा आदेशहरूको पालना गर्ने र अवैध गरेका कुराहरूबाट बच्ने ईशभय राख्नेहरूलाई शुभसूचना दिन अनि सत्यतालाई स्वीकार नगरी अहंकार गर्नेहरूलाई चेतावनी दिन हामीले यस कुरआनलाई तपाईंको भाषामा अवतरित गरि सहज बनाएका छौं ।९८. तपाईंको समुदायभन्दा पहिले हामीले कैयौं समुदायहरूलाई नष्ट पारिसकेका छौं । के आज तपाईं उनीहरूलाई महसुस गर्न सक्नुहुन्छ ? के उनीहरूको सानो स्वर पनि सुन्नुहुन्छ ? उनीहरूको जे परिणाम भयो त्यही परिणाम अल्लाहको आदेशले अरूको पनि हुन सक्छ ।
१. काफ० हा० या० ऐन० साद० ! यस्ता अक्षरहरूको व्याख्या सूरह अल्-बकरहको आरम्भमा भइसकेको छ ।
२. यो तपाईंको पालनकर्ताले आफ्ना भक्त जकरिया (अलैहिस्सलाम) माथि गर्नुभएको दयाको बयान हो । तपाईंले केही सिक्नुहुन्छ भनी हामी यस विषयमा भन्न गइरहेका छौं ।
३. उनले आफ्नो पालनकर्तासँग सानो स्वरमा प्रार्थना गरे ।
४. उनले भनेः हे मेरा पालनकर्ता ! निश्चय नै मेरा हड्डीहरू कमजोर भएका छन् र मेरा कपाल फुलि सकेका छन् । तपाईंसित प्रार्थना गर्दा म कहिल्यै निराश भएको छैन । बरू तपाईंले सधैं मेरो प्रार्थना सुन्नुभएको छ ।
५. मेरो मृत्युपश्चात मेरा आफन्तहरू यस संसारको मोजमस्तिमा लागेर धर्मलाई स्थापित नगर्लान भनी मलाई डर लागेको छ । मेरी पत्नी बाँझी छिन् तसर्थ तपाईं आफ्नो तर्फबाट मेरो सहयोगका लागि एउटा सन्तान दिनुहोस् ।
६. ऊ मेरो र याकूब (अलैहिस्सलाम) का सन्तानको रिसालतको उत्तराधिकारी बनोस् । हे मेरा पालनकर्ता ! उसलाई धार्मीक, नैतिक र ज्ञानी बनाउनुहोस् ।
७. अल्लाहले उनको दुआलाई स्वीकार गर्नुभयो र उहाँलाई बोलाउँदै भन्नुभयोः हे जकरिया (अलैहिस्सलाम) ! हामी तपाईंलाई खुशी पार्ने सूचना दिँदैछौं । हामीले तपाईंको दुआलाई स्वीकार्यौं र तपाईंलाई यह्या नाम गरेको एउटा छोरा दियौं । उनीभन्दा पहिले हामीले यो नाम अरू कसैलाई दिएका थिएनौं ।
८. अल्लाहको शक्ति देखेर अचम्मित हुँदै जकरिया (अलैहिस्सलाम) ले भनेः मेरी पत्नी त बाँझी छिन् । म अत्यन्तै बूढो भइसकेको छु र मेरा हड्डीहरू कमजोर भइसकेका छन् । मलाई कसरी छोरा हुन सक्छ र ?
९. फरिश्ताले भनेः तपाईं भन्नुहुन्छ ‘मेरी पत्नी बाँझी छिन्, म अत्यन्तै बूढो भइसकेको छु र मेरा हड्डीहरू कमजोर भइसकेका छन्’ तर तपाईंका पालनकर्ता भन्नुहुन्छः यह्यालाई बाँझी आमा र अत्यनतै बूढो पिताबाट जन्माउनु मेरो लागि सहज रहेको छ । हे जकरिया (अलैहिस्सलाम) ! वास्तवमा, मैले तपाईंको केही अस्तीत्व नरहेको बेला तपाईंलाई जन्माएका थियौं ।
१०. जकरिया (अलैहिस्सलाम) ले भन्नुभयोः हे मेरा पालनकर्ता ! तपाईंको फरिश्ताले दिएको शुभसूचनालाई प्रमाणित गर्नका निम्ति मलाई एउटा निशानी दिनुहोस् । उहाँले भन्नुभयोः तपाईंले तीन दिनसम्म दोष बिना कसैसँग कुरा गर्न सक्नुहुने छैन र तपाईं स्वास्थ नै हुनुहुनेछ ।
११. त्यसपश्चात जकरिया (अलैहिस्सलाम) आफुले उपासना गरेको ठाउँबाट उठेर सबैजना समक्ष गए र ईशारामा उनीहरूलाई बिहान र बेलुका अल्लाहको गुणगाण गर्ने उपदेश दिए ।
१२. यह्या (अलैहिस्सलाम) को जन्म भयो । जब उनी आदेश बुझ्ने उमेरमा पुगे हामीले भन्यौः हे यह्या (अलैहिस्सलाम) ! गम्भीरता र लगनशीलताका साथ तौरातको अध्ययन गर । उनलाई हामीले सानै उमेरमा बुद्धि, ज्ञान, लगनशीलता र ईमानदारीता प्रदान गर्यौं ।
१३. हामीले उनलाई विशेष दयाको पात्र बनायौं र उनलाई पापबाट मुक्त गर्यौं । उनी अल्लाहका आदेशहरूको पालना गर्थे र उहाँले प्रतिबन्ध लगाएका कार्यहरूबाट बच्थे ।
१४. उनी आमाबाबुका आज्ञाकारी थिए र उनीहरूप्रति दयालु हुनुहुन्थ्यो । उहाँ आफ्ना पालनकर्ता र आमाबाबुका आज्ञापालनबाट विमुख हुनुहुन्नथ्यो ।
१५. उनको जन्मको दिन र मृत्युको दिन अल्लाहले उनलाई शान्ती र सुरक्षा प्रदान गर्नुभयो । त्यसरी नै कयामतको दिन उठाइने समयमा पनि प्रदान गरिनेछ । यी तीन अवस्थाहरू निकै नै भयावह अवस्थाहरू हुन् । यदि यी अवस्थाहरूमा मानिस सुरक्षित रह्यो भने उसलाई अरू अवस्थाहरूको चिन्ताले सताउने छैन ।
१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुरआनमा उल्लेख भएको मर्यम (अलैहस्सलाम) को जिकिर याद गर्नुहोस् । उनी आफ्ना परिवारबाट टाढिएर पूर्वतिर एउटा ठाउँ गएकी थिइन् ।
१७. उनी आफ्ना समुदायबाट लुकेर आफ्ना पालनकर्ताको उपासना गर्न थाले । तसर्थ हामीले जिब्रील (अलैहिस्सलाम) लाई मानवको स्वरूपमा पठायौं । तर जिब्रील (अलैहिस्सलाम) ले नराम्रो नियत बोकेको भनी ठानेर उनी डराइन् ।
१८. मर्यम (अलैहिस्सलाम) ले उनलाई मानव स्वरूपमा आफूतिर आएको देखेर भनेः म तपाईंबाट पुग्नसक्ने हानिबाट करूणामयको शरण चाहन्छु । यदि तपाईं अल्लाहको प्रकोपबाट डराउनुहुन्छ भने मलाई हानि नपुर्याउनुहोस् ।
१९. जिब्रील (अलैहिस्सलाम) ले जवाफ दिएः म मानव होइन बरू म त तपाईंको पालनकर्ताको सन्देशबाहक हुँ । उहाँले मालाई तपाईंलाई पवित्र पुत्रको शुभसूचना दिनका लागि पठाउनुभएको छ ।
२०. मर्यम (अलैहस्सलाम) ले उत्सुक्ताका साथ सोधिन्- म पुत्र कसरी जन्माउन सक्छु, वास्तवमा, मेरो लोग्ने पनि छैन र न म व्यभिचारी हुँ ।
२१. जिब्रील (अलैहिस्सलाम) ले उनलाई भनेः तपाईंले भन्नुभएको कुरा ठीक हो तर तपाईंका पालनकर्ताले भन्नुभएको छ, ‘पिताबिना पुत्रको सृष्टि गर्नु मेरो निम्ति सहज रहेको छ । तपाईंलाई दिइने पुत्र तपाईंको पालनकर्ताको महानता र सामर्थ्यको निशानी हुनेछ र तपाईं र त्यसमाथि आस्था राख्नेहरूका लागि हाम्रो दया हुनेछ । तपाईंको पुत्रको जन्म अल्लाहको दृढ अठोट हो जुन लौहे मह्फुजमा लेखिएको छ ।
२२. फरिश्ताले फुकेपछि उनले गर्भ धारण गरिन् र त्यस गर्भलाई लिएर उनी मानिसहरूबाट टाढा गइन् ।
२३. त्यसपछि उहाँ प्रसवपीडाले खजुरको रूखको सहारा लिन बाध्य भइन् । मर्यम (अलैहस्सलाम) ले भनिन्- हाय ! म यसअघि नै मरेर बिर्सिएको भए मेरो विषयमा नराम्रो सोचिने थिएन ।
२४. ईसा (अलैहिस्सलाम) ले उनका खुट्टाको तलतिरबाट पुकारेर भनेः तपाईं दुःखित नहुनुहोस् । तपाईंको पालनकर्ताले तपाईंको तलतिर पानीको स्रोत बनाउनुभएको छ तसर्थ तपाईं पानी पिउनुहोस् ।
२५. खजुरको रूखलाई राम्ररी समातेर हल्लाऊ । तिमीमाथि ताजा र रसीला खजुरहरू खस्नेछन् र त्यसलाई टिप ।
२६. खजुरहरू खाऊ, पानी पिऊ, तिम्रो गर्भमा रहेको बच्चाको विषयमा सन्तुष्ट होऊ र निराश नहोऊ । यदि तिमीले कसैलाई देख्यौ र उसले तिम्रो गर्भमा रहेको बच्चाको बारेमा सोध्यो भने भनः मैले मेरा पालनकर्ताका लागि मौनताको लक्ष्य लिएको छु । तसर्थ म आज कसैसँग कुरा गर्ने छैन ।
२७. मर्यम (अलैहस्सलाम) आफ्नो छोरालाई लिएर उनका मानिसहरू कहाँ आइन् र उनका मान्छेहरूले भने: हे मर्यम, तिमीले घिनलाग्दो काम गर्यौ । तिमीले बुबाबिना नै बच्चा जन्माएकी छौ ?!
२८. तिमी भक्तिमा हारून जस्ती छौ (उनी एक धार्मिक व्यक्ति थिए), तिम्रो बुबा व्यभिचारी छैनन् र न त तिम्री आमा व्यभिचारी छिन् । तिमी शुद्ध परिवारकी सदस्य छौ जसलाई असल भनेर चिनिन्छ । तिमी कसरी बुबाबिना बच्चा जन्माउन सक्छौ ?!
२९. उनले आफ्नो नवजात छोरा ईसा (अलैहिस्सलाम) तिर ईशारा गरिन् । उनको समुदायले आश्चर्यचकित भएर भन्योः हामी कसरी नवजात शिशुसँग कुरा गर्न सक्छौं ?
३०. ईसा (अलैहिस्सलाम) ले भनेः निश्चय पनि म अल्लाहको भक्त हुँ । उहाँले मलाई इन्जिल दिनुभयो र मलाई एउटा नबी बनाउनुभयो ।
३१. म जहाँ भए पनि उहाँले मलाई मानिसहरूका लागि उपयोगी बनाउनुभएको छ । उहाँले मलाई मेरो जीवनकालको लागि सलाह पढ्ने र जकात दिने आदेश दिनुभएको छ ।
३२. उहाँले मलाई मेरी आमाका लागि दयालु बनाउनुभएको छ । घमण्डको कारणले मेरो पालनकर्ताको अवज्ञा गर्ने बनाउनुभएको छैन ।
३३. जुन दिन म जन्मिएको थिएँ, जुन दिन म मर्ने छु र कयामतको दिन मलाई जिउँदो पार्ने समयमा उहाँले मलाई शैतान र त्यसका सहयोगीहरूबाट सुरक्षा प्रदान गर्नुहुनेछ । यी तीन डरलाग्दा परिस्थितिहरूमा शैतानले मलाई धोका दिन सक्ने छैन ।
३४. यी गुणहरू मर्यम (अलैहस्सलाम) का छोराका हुन् । यी विशेषताहरू उनलाई सुहाउँछ । मार्गनिर्देशनबाट हटेकाहरूले भनेको कुरा सुहाउँदो छैन जो उनको विषयमा शंकामा छन् र जो उनका बारेमा बहस गर्छन् ।
३५. अल्लाहलाई सन्तानको आवश्यकता छ भन्नु उपयुक्त छैन । उहाँ यसबाट उच्च र पवित्र हुनुहुन्छ । जब उहाँ केही गर्न चाहनुहुन्छ, उहाँलाई "होऊ" भन्नु पर्याप्त रहेको छ त्यसपछि त्यो पक्कै हुन्छ । जो यसको सामर्थ्य राख्नुहुन्छ उहाँलाई बच्चाको आवश्यकता हुनु सम्भव छैन ।
३६. अल्लाह नै मेरा र तिमीहरूका पालनकर्ता हुनुहुन्छ तसर्थ उहाँको मात्र उपासना गर । मैले तिमीहरूलाई देखाएको बाटो नै अल्लाहको इच्छासम्म पुग्ने प्रत्यक्ष बाटो हो ।
३७. ईसा (अलैहिस्सलाम) को विषयमा उनको समुदाय विभिन्न समूहमा विभाजित भए । केहीले उनलाई रसूल स्वीकारे भने केहीले यहूदी सरह उनलाई मान्न इन्कार गरे । केहीले झनै खराब कुरा गरे र उनलाई अल्लाह भने । बाँकीले उनलाई अल्लाहको छोराको संज्ञा दिए । अल्लाह यसबाट पवित्र हुनुहुन्छ । धिक्कार छ यस्ता मानिसहरूमाथि ! जो उनको विषयमा र कयामतको दिन उपस्थित हुने, हिसाबकिताब र सजायँ जस्ता घटनाहरूको विषयमा विवाद गर्छन् ।
३८. त्यसदिन तिनीहरू प्रष्ट सुन्ने र देख्ने छन् । अब तिनीहरूलाई सुन्ने र देख्नेले केही फाइदा दिने छैन । बरू यी अत्याचारीहरू त सांसारिक जीवनमा सीधा मार्गबाट हटेका थिए । उनीहरूले आखिरतको तयारीमा नलागी आफ्नै मनमानी गरेको बेलामा त्यो आइलाग्ने छ ।
३९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई त्यसदिनको चेतावनी दिनुहोस् जुन दिन पापीले आफ्ना पापका लागि र सत्कर्मीले अझै धेरै सत्कर्म किन नगरेको भन्दै पश्चाताप गर्नेछन् । हिसाबकिताब सकाएर कर्मपत्र बन्द गरेपश्चात हरेकले आफूले गरेको कार्यको बदला पाउनेछ । वास्तवमा, उनीहरू आफ्ना सांसारिक जीवनमा धोकामा थिए । उनीहरूले आखिरतलाई बेवास्ता गरे र कयामतमाथि आस्था राखेनन् ।
४०. सम्पूर्ण सृष्टिको विनाशपछि हामी मात्र बाँकी रहनेछौं । यो संसार र यसमा रहेका सम्पूर्ण चिजहरूमा केवल हाम्रो अधिकार रहनेछ किनकि हामी मात्र अमर छौं र हामी जे चाहन्छौं गर्नेछौं । कयामतको दिन उनीहरू केवल हामीतिर हिसाबकिताब र बदलाको लागि फर्केर आउनेछन् ।
४१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस कुरआनमा उल्लेखित इब्राहीम (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । उहाँ धेरै नै इमानदार र अल्लाहका आयतहरूमाथि आस्था राख्ने हुनुहुन्थ्यो र अल्लाहको नबी हुनुहुन्थ्यो ।
४२. उनले आफ्ना बुबा आजरलाई भनेः हे मेरा बुबा ! अल्लाहलाई छोडी तपाईंले माग्नु भएको दुआ सुन्न नसक्ने, तपाईंले गर्नु भएको उपासना देख्न नसक्ने, तपाईंका समस्याहरूको समाधान गर्न नसक्ने र तपाईंलाई कुनै फाइदा दिन नसक्नेको उपासना किन गर्नुहुन्छ ?
४३. हे मेरा बुबा! अल्लाहले तपाईंलाई नदिनुभएको ज्ञानका केही कुराहरू वही मार्फत मलाई दिनुभएको छ । त्यसैले मेरो अनुसरण गर्नुहोस् । म तपाईंलाई सीधा मार्ग देखाउनेछु ।
४४. हे मेरा बुबा ! शैतानको अनुसरण नगर्नुहोस् किनकि अल्लाहले शैतानलाई आदम (अलैहिस्सलाम) लाई सज्दा गर्ने आदेश दिनुभएको बेला शैतानले अल्लाहको आदेशको अवज्ञा गरेको थियो ।
४५. हे मेरा बुबा ! कुफ्रको अवस्थामा तपाईंको मृत्यु भयो भने तपाईंमाथि अल्लाहको प्रकोप अवतरित होला भन्ने डर लागेको छ । शैतानको वफादार भएको कारणले तपाईं पनि ऊसँगै दण्डित हुनुहुनेछ ।
४६. आजरले आफ्ना छोरा इब्राहीम (अलैहिस्सलाम) लाई भन्योः हे इब्राहीम ! मैले उपासना गर्ने गरेका मूर्तीहरूबाट तिमी विमुख हुन खोजेको हो ? यदि तिमीले मेरा मूर्तीहरूलाई नराम्रो भन्न छोडेनौं भने म ढुङ्गाले हिर्काएर तिम्रो हत्या गर्नेछु । लामो समयको लागि मबाट टाढा बस । न मसँग कुरा गर न मसँग बस ।
४७. इब्राहीम (अलैहिस्सलाम) ले आफ्ना बुबालाई भनेः तपाईंमाथि शान्ति होस् । तपाईंलाई मबाट कष्ट पुग्ने छैन । म मेरा पालनकर्ताबाट तपाईंका लागि क्षमा र सीधा मार्ग माग्नेछु । वास्तवमा, उहाँ मप्रति अति दयालु हुनुहुन्छ ।
४८. म तपाईंलाई र तपाईंहरूले अल्लाहलाई छोडी पूज्ने गरेका उपास्यहरूलाई छोड्दैछु । म केवल अल्लाहसँग मात्र दुआ गर्नेछु र कसैलाई उहाँको साझेदार बनाउने छैन । यदि मैले गरेको दुआलाई उहाँले रद्द गर्नुभयो भने म निराश हुनेछु ।
४९. उनले आफ्नो समुदायलाई र उनीहरूले अल्लाहलाई छोडी पूज्ने गरेका उपास्यहरूलाई छोडे । हामीले तिनीहरूको बदलामा उनलाई उनको छोरा इस्हाक दियौं र उनको नाति याकूब दियौं । हामीले उहाँ दुबैलाई नबी बनायौं ।
५०. हामीले उनीहरूलाई नबी बनाउनुका साथै आफ्नो दयाबाट धेरै दियौं । अनि हामीले हाम्रा भक्तहरूको मुखमा उनीहरूको प्रशंसा सजायौं ।
५१. हे रसूल (सल्लल्लाहू अलैहि व सल्लम) ! तपाईंमाथि अवतरित कुरआनमा मूसा (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । उनी रोजिएका, सम्मानित, रसूल र नबी थिए ।
५२. हामीले मूसा (अलैहिस्सलाम) लाई उनको दाहिनेतिर पहाडमा डाक्यौं । उनलाई आफ्नो गोप्य कुरा सुनाउनका लागि हामीले उनलाई अझै नजिक गर्यौं ।
५३. हामीले मूसा (अलैहिस्सलाम) को दुआ स्वीकार गर्दै आफ्नो दया र कृपाको रूपमा उनको दाई हारून (अलैहिस्सलाम) लाई नबी बनायौं ।
५४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस कुरआनमा उल्लेखित इस्माईल (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । उनी प्रतिज्ञा पूरा गर्थे र उनीहरू रसूल र नबी थिए ।
५५. उनी आफ्ना परिवारलाई सलाह पढ्ने र जकात दिने आदेश दिनुहुन्थ्यो । उनलाई पालनकर्ताले स्वीकार्नुभएको थियो ।
५६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस कुरआनमा उल्लेखित इद्रीस (अलैहिस्सलाम) को कथा सम्झनुहोस् । उनी सच्चा थिए, अफ्ना पालनकर्ताका निशानीहरूलाई मान्ने र अल्लाहका नबी थिए ।
५७. हामीले उनलाई नबी बनाएकोले उनले उच्च पद प्राप्त गर्न सफल भए ।
५८. यस सूरहमा अल्लाहले जकरिया देखि इद्रीस (अलैहिमुस्सलाम) सम्म को जिकिर उल्लेख गर्नुभएको छ । अल्लाहले आदम (अलैहिस्सलाम) का सन्तानहरूमध्येबाट, नूह (अलैहिस्सलाम) सँग डुङ्गामा चढेकाहरूका सन्तानहरूमध्योबाट, इब्राहीम र याकूबका सन्तानहरूमध्येबाट र मार्गदर्शन प्राप्त गरेकाहरूमध्येबाट यिनीहरूलाई नबी बनाउनुभयो । हामीले यिनीहरूलाई चुन्यौं र नबी बनायौं । जब यिनीहरू अल्लाहका आयतहरूको पाठ सुन्छन् अल्लाहको डरले रूँदै अल्लाह समक्ष सज्दा गर्छन् ।
५९. यी चुनिएका नबीहरूपश्चात दुष्ट र पथभ्रष्टहरूको समय आयो । उनीहरूले सलाहलाई बेवास्ता गरे र उनीहरूले व्यभिचार जस्ता कुकर्म गर्न थाले । उनीहरूले नर्कमा दण्ड र निराशाको सामना गर्नेछन् ।
६०. जसले लापरवाह भएको कारणले पश्चताप गरे, अल्लाहमाथि आस्था राखे र सत्कर्म गरे उनीहरू नै स्वर्ग जानेछन् र उनीहरूको प्रतिदान रत्ती भर नि कम गरिने छैन ।
६१. सदा रहने स्वर्गहरूमा प्रवेश गराउने बाचा अल्लाहले आफ्ना असल भक्तहरूसँग अप्रत्यक्षमा गर्नुभएको थियो । उनीहरूले त्यसलाई देखेका छैनन् तापनि त्यसमाथि विश्वास गर्छन् । अल्लाहको वाचा पूरा हुने नै छ ।
६२. उनीहरूले त्यहाँ नराम्रा र अपशब्द सुन्ने छैनन् बरू एकले अर्कालाई र फरिश्ताहरूले उनीहरूलाई सलाम भनेको सुन्ने छन् । बिहान र बेलुका उनीहरूले चाहेको खानेकुरो खान पाउने छन् ।
६३. यस्ता सुबिधाहरू भएको स्वर्गको हकदार हामी आफ्ना यस्ता भक्तहरूलाई बनाउने छौं जो हाम्रा आदेशहरूको पालना गर्छन् र अवैध गरिएका कुराहरूबाट बचेर बस्छन् । (जब अल्लाहले ईशभय राख्नेहरूको प्रतिदानको उल्लेख गर्नुभयो तब उहाँले तक्वाको अर्थ अल्लाहको आदेशमा अडिग रहनु बताउनुभयो । उहाँले भन्नुभयो:)
६४. हे जिब्रील ! मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई भनः फरिश्ताहरू आफु खुशि तल आउने गर्दैनन् बरू उनीहरू अल्लाहको आदेशले मात्र ओर्लिने गर्छन् । आखिरतका मुद्दाहरू, यस संसारका मुद्दाहरू र यी दुबैका बीचका मुद्दाहरू केवल अल्लाह कै अधीनमा छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) तपाईंका पालनकर्ता केही बिर्सनुहुन्न ।
६५. आकाशहरू, धर्ती र यी दुबैको बिचमा रहेका सम्पूर्णको सृष्टिकर्त मालिक र व्यवस्थापक एक मात्र हुनुहुन्छ र उहाँकै उपासना गर । उहाँ मात्र उपासनाको योग्य हुनुहुन्छ । उहाँको उपासनामा अडिग रह । उहाँ जस्तो अरू कोही छैन ।
६६. पुनर्जीवनलाई नमान्ने काफिर ठट्टा गर्दै भन्छः म मरेपछि के मलाई चिहानबाट फेरि जीवित पारेर दोस्रो जीवनको लागि उठाइनेछ ?! यो असम्भव करा हो !
६७. पुनर्जीवनलाई नमान्नेलाई हामीले उसको अस्तित्व नै नभएको बेला सृष्टि गरिसकेका छौं भन्ने कुरा उसलाई थाहा छैन ?! दोस्रो सृष्टिलाई विश्वास गर्न उसले पहिलो सृष्टिमा आफूलाई विश्वस्त गरोस् । वास्तवमा, दोस्रो सृष्टि अति सजिलो छ ।
६८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको पालनकर्ताको कसम, हामी अवश्य उनीहरूलाई उनीहरूको चिहानबाट उनीहरूलाई पथभ्रष्ट पार्ने शैतानहरूसँग भेला पार्नका लागि उठाउनेछौं र उनीहरूलाई नर्कका ढोकाहरूतिर अपमानित र घुँडा टेकेको अवस्थामा लिएर जानेछौं ।
६९. अनि पथभ्रष्टहरूको हरेक समूहबाट हामी कट्टर बिरोधीहरूलाई छाँट्नेछौं जो समूहका अगुवाहरू हुन् ।
७०. त्यसपछि कसलाई नर्कमा हालिनेछ र त्यसको तपनलाई सहनु पर्नेछ भनी हामीले राम्ररी थाहा पाउनेछौं ।
७१. हे मानिसहरू हो ! तिमीहरूमध्ये नर्कमाथिको पुल सबैले पार गर्नु पर्नेछ । यो अल्लाहको फैसला हो र कोही पनि अल्लाहको फैसलालाई रोक्न सक्दैन ।
७२. यो पुल पार गरेपछि हामी ईशभय राख्नेहरूलाई उनीहरूले आफ्ना पालनकर्ताका आदेशको अनुसरण गरेको र प्रतिबन्ध लगाएका कुराहरूबाट बचेको कारणले सुरक्षित राख्नेछौं र अत्याचारीहरूलाई घुँडा टेकेकै अवस्थामा छोड्नेछौं । उनीहरू त्यसबाट बच्न पाउने छैनन् ।
७३. जब हाम्रो रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित स्पष्ट आयतहरू मानिसहरूलाई पढेर सुनाईन्छन् तब काफिरहरू मोमिनहरूलाई भन्छन्, हाम्रा यी दुई समूहमध्ये कसको दर्जा उच्च र कसको शभा राम्रो छ, हाम्रो वा तिमीहरूको ?
७४. यी काफिरहरूभन्दा पहिले हामीले कति यस्ता मानिसहरू नष्ट गरिसकेका छौं जसले उनीहरूले पाएको धनले गर्दा घमण्ड गरेका थिए । तिनीहरू अधिक धनी थिए, राम्रो पोशाक लगाउने गर्दथे र तिनीहरूलाई शरीरिक आनन्द प्राप्त थियो ।
७५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भन्नुहोस्- जो पथभ्रष्ट भएर मात्तेको छ अल्लाह उसलाई झन् पथभ्रष्ट हुञ्जेल छुट दिनुहुनेछ । जब उसले सांसारिक र पारलौकिक जीवनमा दिइने यातनालाई आफ्नै आँखाले देख्नेछ उसले तल्लो दर्जाको र असहयोगी को हो भन्ने कुराको चाल पाउनेछ । के यो समूह उनीहरूको हुनेछ वा मोमिनहरूको ?
७६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! प्रतिफल र परिणामको दृष्टिकोणले उनीहरूको पथभ्रष्टतामा बृद्धि गर्नुको तुलनामा तपाईंको पालनकर्ताको नजरमा मार्गदर्शन तथा अनुसरण रोज्नेहरू र सत्कर्म गर्नेहरूलाई सदाको खुशी प्रदान गर्नु बढी लाभदायक रहेको छ ।
७७. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! के तपाईंले त्यस व्यक्तिलाई देख्नुभयो जसले हाम्रा निशानीहरू र हाम्रो चेतावनी मानेन र भन्योः मेरो मृत्युपश्चात यदि मलाई फेरी जीवित पारे पनि मलाई अझै धेरै धन र अझै बढी सन्तान दिइनेछ ।
७८. के उसले अदृश्यको ज्ञान राख्छ त्यसैले यस्तो भनेको वा ऊसित यसको कुनै प्रमाण छ ? के उसले आफ्नो पालनकर्तासँग कुनै वचन लिएको छ जसले गर्दा उहाँले उसलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ र थुप्रै धन र सन्तान दिनुहुनेछ ?!
७९. उसले दाबी गरेको जस्तो पक्कै होइन । उसले बोलेको र गरेको हामीले लेख्नेछौं । उसले गरेको असत्य दावीले गर्दा हामी उसको यातनामाथि थप यातना थप्नेछौं ।
८०. उसलाई नष्ट गरेपछि उसले छोडेका धन र सन्तानको हकदार हामी हुनेछौं । ऊ कयामतको दिन हामीकहाँ एक्लै आउनेछ र उसले उपभोग गरेको धन-सम्पत्ती र प्रशंसाबाट बञ्चित हुनेछ ।
८१. मुश्रिकहरूले अल्लाहलाई छोडी मूर्तिहरूको संरक्षण, सहयोग र समर्थन पाउनका लागि उनीहरूको उपासना गरे ।
८२. तिनीहरूले दाबी गरेको जस्तो पक्कै होइन । यी मुश्रिकहरू जसको उपासना गर्ने गर्छन् कयामतको दिन उनीहरूले यिनीहरूले गरेको उपासनालाई नकार्नेछन् । उनीहरू यिनीहरूभन्दा निकै टाढा हुनेछन् र यिनीहरूको शत्रु हुनेछन् ।
८३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले शैतानहरूलाई मुश्रिकहरूमाथि अधिकार दिएर पठाएको तपाईंले देख्नुभएन ?! निश्चित रूपमा उनीहरूलाई पाप गर्न प्रलोभन दिन र अल्लाहको मार्गमा बाधा पुर्याउनका निम्ति उनीहरूलाई अधिकार दिएका हौं ।
८४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) अल्लाहसँग उनीहरूको विनाश माग्न हतार नगर्नुहोस् । वास्तवमा, हामी उनीहरूको उमेरको हिसाब राख्दैछौं । जब उनीहरूलाई छुट दिने अवधि समाप्त हुन्छ, हामी उनीहरूलाई दण्ड दिनेछौं । उनीहरू यस्कै योग्य रहेका छन् ।
८५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कयामतको दिन हामी ईशभय राख्नेहरूलाई उनीहरूको पालनकर्तासमक्ष सम्मानित समूहको रूपमा भेला पार्नेछौं किनकि उनीहरू आदेशको पालना गर्दथे र प्रतिबन्ध लगाइएका कुराहरूबाट बच्दथे ।
८६. हामी काफिरहरूलाई तिर्खाएको अवस्थामा नर्कतिर डोर्याउनेछौं ।
८७. यी काफिरहरूले एक अर्काको लागि सिफारिशको अधिकार राख्ने छैनन् । तर जसले यस संसारमा अल्लाहमाथि आस्था राख्ने र रसूलहरूलाई मान्ने सम्झौता गरेको छ उसले मात्र यो अधिकार पाउँनेछ ।
८८. यहूदीहरू, ईसाईहरू र केही बहुदेववादीहरूले भनेः अल्लाहको छोरा छ ।
८९. तिमीहरूले यसो भनेर ठूलो गलती गर्यौ ।
९०. यस दुष्ट वचनको कारण आकाश टुक्रिने थियो, धर्ती फाटिने थियो, र पहाडहरू टुक्रा टुक्रा हुने थिए ।
९१. यो सबै तिनीहरूले अल्लाहको छोरा छ भनी दाबी गरेको कारणले हुने थियो । अल्लाह यस्तो अभियोगबाट पवित्र हुनुहुन्छ ।
९२. कसैलाई छोरा बनाउनु अल्लाहको प्रतिष्ठा अनुकुल छैन ।
९३. आकाशहरूमा रहेका फरिश्ताहरू, मानिसहरू र जिनहरू अल्लाहसमक्ष पूर्ण समर्पित अवस्थामा उपस्थित हुनेछन् ।
९४. अल्लाहले सबैलाई आफ्नो ज्ञानले घेर्नुभएको छ, सबैको पूर्ण गणना गर्नुभएको छ र उहाँबाट केही पनि लुकेको छैन ।
९५. महाप्रलयको दिन तिनीहरूमध्ये हरेक अल्लाहसमक्ष एक्लै आउनेछ । उसको न सहयोगी हुनेछ र न ऊसँग धन नै हुनेछ ।
९६. वास्तवमा, अल्लाहमाथि आस्था राख्नेहरू र उहाँलाई खुसी पार्नका निम्ति सत्कर्म गर्नेहरूको मनलाई अल्लाहले प्रेमले भरिदिनुहुनेछ किनकि अल्लाह उनीहरूलाई प्रेम गर्नुहुन्छ र आफ्ना भक्तहरूका लागि उनीहरूको मनमा प्रेम प्रदान गर्नुहुनेछ ।
९७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हाम्रा आदेशहरूको पालना गर्ने र अवैध गरेका कुराहरूबाट बच्ने ईशभय राख्नेहरूलाई शुभसूचना दिन अनि सत्यतालाई स्वीकार नगरी अहंकार गर्नेहरूलाई चेतावनी दिन हामीले यस कुरआनलाई तपाईंको भाषामा अवतरित गरि सहज बनाएका छौं ।
९८. तपाईंको समुदायभन्दा पहिले हामीले कैयौं समुदायहरूलाई नष्ट पारिसकेका छौं । के आज तपाईं उनीहरूलाई महसुस गर्न सक्नुहुन्छ ? के उनीहरूको सानो स्वर पनि सुन्नुहुन्छ ? उनीहरूको जे परिणाम भयो त्यही परिणाम अल्लाहको आदेशले अरूको पनि हुन सक्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें