शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. सम्पूर्ण किसिमका प्रशंसा तथा गुणगानहरू अल्लाहकै लगि हुन् । जसले आफ्ना भक्त तथा सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुरआन अवतरण गर्नुभयो । यस कुरआनमा अलिकति पनि टेढोपन छैन ।२. अल्लाहले यस कुरआनलाई विरोधाभाष तथा मतभेदबाट मुक्त राखि सीधा र उत्कृष्ट मार्गदर्शन बनाउनु भएको छ | यसले काफिर (अल्लाहलाई नमान्ने) हरूलाई अल्लाहको कठोर यातनाबाट डराउँछ र मोमिन (आस्थावान) हरूलाई उत्कृष्ट र कहिले समाप्त नहुने प्रतिदानको शुभसूचना दिन्छ ।३. मोमिनहरू सदा सर्वदा स्वर्गमा रहनेछन् ।४. ‘अल्लाहको सन्तान छ’ भन्ने यहुदी, ईसाई र बहुदेववादीहरूलाई यस कुरआनमार्फत चेतावनी दिइएको छ ।५. अल्लाहको सन्तान छ भनी अभियोग लगाउनेहरूसँग उनीहरूले लगाएको अभियोगलाई प्रमाणित गर्नका निम्ति न ज्ञान छ र न कुनै प्रमाण नै र यस विषयमा उनीहरूले अनुसरण गर्ने गरेका पूर्वजहरूसँग पनि छैन । उनीहरूको मुखबाट बिना विवेक निस्केको यो कुरा अति घृणित छ । उनीहरूले भनेको कुरा झुठो, आधारहीन र तथ्यहीन रहेको छ ।६. सम्भवतः - हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) - तिनीहरूले यस कुरआनमाथि आस्था राखेनन् भनी चिन्तित भएर तपाईंले आफ्नो ज्यान नै गुमाउनु हुनेछ । यसो न गर्नुहोस् । यिनीहरूको मार्गदर्शन तपाईंको जिम्मामा छैन । बरू तपाईंको दायित्व सन्देश पुर्याउनु मात्र हो ।७. उनीहरूमध्ये कसले अल्लाहको प्रसन्नताको लागि सत्कर्म गर्नेछ र कसले अल्लाहको अवज्ञा गर्दै कूकर्म गर्नेछ भनी परीक्षा लिनका लागि यस संसारमा रहेका सम्पूर्ण सृष्टिलाई हामीले यस संसारकोलागि शोभा बनायौं । अनि सम्पूर्णलाई उनीहरूले कमाएको अनुसार नै हामी बदला दिनेछौँ ।८. अनि हामी यस संसारमा रहेका सम्पूर्ण सृष्टिलाई यस जीवनको समाप्ति पश्चात बोटबिरुवा रहितको माटो बनाईदिने छौं । यसबाट शिक्षा ग्रहण गर्नु उनीहरूलाई उचित हुनेछ ।९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यो कदापी नठान्नुहोला कि गुफावालाहरू र उनीहरूको नाम लेखिएको शिलालेखको कथा हाम्रा निशानीहरूमध्येका अति आश्चर्यजनक निशानीहरू हुन् बरू त्यसबाहेकका निशानीहरू बढी आश्चर्यजनक छन् जस्तै कि आकाशहरू तथा धर्तीको सृष्टि गर्नु ।१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस्, जब ती मोमिन नवयुवकहरू आफ्नो आस्थालाई जोगाउन भागेर आश्रय लिन पुगे । अनि आफ्ना पालनकर्तासित दुआ गरेः "हे हाम्रा पालनकर्ता ! हामीलाई आफ्नो विशेष कृपाको पात्र बनाउनुहोस् । हाम्रा पापहरू क्षमा गर्नुहोस्, हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, अधर्मीहरुबाट बचेर भाग्नु र आस्थाको सुरक्षा गर्नुलाई हाम्रो लागि सत्यताको बाटोमा हिँड्ने र भलाईको साधन बनाइदिनुहोस् ।११. अनि गुफा गएर आश्रय लिए पश्चात हामीले उनीहरूलाई आवाजको कारणले वाढा नआउनका निम्ति उनीहरूको कानमा पर्दा पार्यौं र धेरै वर्षको लागि उनीहरूलाई सुतायौं ।१२. लामो समयको निद्रा पश्चात हामीले उनीहरूलाई ब्यूँझायौं । गुफामा बिताएको अवधिको विषयमा विवादास्पद दुबै समूहमध्ये कसले राम्ररी जान्दछन् भनी हेरौं भन्ने हाम्रो उद्देश्य थियो ।१३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंलाई तिनीहरूको वास्तविक कथा सुनाउँदैछौं र यसमा कुनै शंका छैन । तिनीहरू नवयुवक थिए जसले आफ्ना पालनकर्तामा आस्था राखेका थिए र उहाँको अनुसरण गर्थे । तसर्थ हामीले उनीहरूलाई अझै मार्गदर्शन प्रदान गर्यौं र इस्लाममाथि कायम रहन अडिग तुल्यायौं ।१४. हामीले त्यसबेला उनीहरूको हृदयमा आस्थालाई सुदृढ तुल्यायौं, आस्थामा अडिग राख्यौं र उनीहरूलाई मातृभूमि छाडेर पलायन हुनका निम्ति धैर्य धारण गर्ने शक्ति प्रदान गर्यौं । उनीहरूले अधर्मी राजा समक्ष सत्य ईश्वर अल्लाहमाथि आफ्नो आस्थाको प्रदर्शन गरे र भनेः "हाम्रा पालनकर्ता नै आकाशहरू तथा यस धर्तीका पालनकर्ता हुनुहुन्छ । उहाँमाथि हामीले आस्था राख्यौं र उहाँकै उपासना गर्यौं । हामी कदापी उहाँबाहेक ईश्वरहरूको झूठो उपासना गर्ने छैनौं । यदि उहाँबाहेक अरू कसैको उपासना गर्यौं भने हामीले नितान्त सत्यबाट टाढिएको काम गर्यौं ।"१५. त्यसपछि तिनीहरूले एक अर्कालाई सम्बोधन गर्दै भने "यी मानिसहरूले अल्लाहबाहेक अरूलाई उपास्य बनाएका छन् । वास्तवमा उनीहरूसँग तिनीहरू उपासनाको लायक भएको स्पष्ट प्रमाण छैन । अल्लाहको साझेदार ठहर गरेर अल्लाहमाथि मिथ्या अभियोग लगाउने व्यक्तिभन्दा बढी अन्धकारमा कोही छैन ।"१६. तिमीहरूले आफ्ना समुदायलाई र उनीहरूले अल्लाहबाहेक पुज्ने गरेका सम्पूर्णलाई छोडेका छौ र तिमीहरूले केवल अल्लाहको उपासना गर्ने सङ्कल्प गरेका छौ । तसर्थ आफ्नो आस्थाको सुरक्षाको लागि गुफामा शरण लिऊ । तिम्रा पवित्र पालनकर्ताले तिमीहरूका लागि आफ्ना दयालाई फैलाउनु हुनेछ, तिमीहरूको शत्रुबाट तिमीहरूलाई बचाउनु हुनेछ र सुरक्षा प्रदान गर्नुहुनेछ । तिमीहरूलाई आफ्नै समुदायमा आफ्नो जीवन व्यतीत गर्न सहज हुनेछ ।१७. उनीहरूले आदेश भए अनुसार गरे र अल्लाहले उनीहरूलाई निद्रा प्रदान गर्नुभयो र उनीहरूको शत्रुबाट उनीहरूलाई बचाउनुभयो । सूर्य पुर्वबाट उदाउने समयमा उनीहरूको गुफाको दायाँतिर ढल्कदै उदाउँथ्यो र अस्ताउने समयमा उत्तरतिर ढल्कदै अस्ताउँथ्यो तर सीधा गुफामा पर्दैनथ्यो । उनीहरू सदा छायामा नै हुने गर्दथे । उनीहरू गुफाको खुल्ला ठाउँमा थिए जहाँ उनीहरूलाई चाहिने जति हावा आउँथ्यो । उनीहरूले गुफामा शरण लिनु, त्यहाँ निदाउनु, घामबाट जोगिनु, उनीहरूको ठाउँ फराकिलो हुनु र उनीहरूको समुदायबाट जोगिनु अल्लाहको प्रभुत्वशाली हुनुको प्रमाण हो । जसलाई अल्लाहले मार्ग देखाउनु हुनेछ उसले साँच्चिकै सत्मार्ग प्राप्त गर्नेछ र जसलाई उहाँले पथभ्रष्ट गर्नु हुनेछ उसले मार्गदर्शन गर्ने कोही सहयोगी पाउँने छैन किनकि अल्लाहले मात्र मार्गदर्शन गर्नु हुन्छ ।१८. उनीहरूको आँखा खोलिएको देखेर लाग्थ्यो कि उनीहरू ब्यूँझेका छन् । वास्तवमा उनीहरू सुतिरहेका थिए । धर्तीले उनीहरूको शरीरलाई नखाओस् भनी हामी निद्रामा कहिले दाहिनेतिर र कहिले देब्रेतिर उनीहरूको कोल्टो फेर्थ्यौं । उनीहरूको कुकुर उनीहरूको साथमा थियो जसले आफ्ना दुईवटा खुट्टा गुफाको द्वारमा पसारेर बसिरहेको थियो । यदि तिमीले उनीहरूलाई देखेको भए भयभीत भएर भाग्ने थियौ र तिम्रो मनमा उनीहरूको डर बस्ने थियो ।१९. हामीले आफ्ना प्रभुत्वको प्रमाण स्वरूप उनीहरूलाई लामो समयको अन्तराल पश्चात ब्यूँझायौं । त्यहाँ सुतेको अवधिको विषयमा उनीहरू एकआपसमा प्रश्न गर्न थाले । केही व्यक्तिहरूले जवाफ दियेः एक दिन वा एक दिन भन्दा पनि कम । र केहीले भनेः तिमीहरूले सुतेको अवधिबारे तिम्रा पालनकर्ता नै राम्ररी जान्नुहुन्छ । तसर्थ आफूमध्ये एकजनालाई आफ्नो यो चाँदीको मुद्रा दिएर सहरतर्फ पठाऊ । उसले सावधानीकासाथ सहरबाट राम्रा र पवित्र आहार लिएर आओस् । कसैले पनि तिमीहरूको यस ठाउँको विषयमा चाल नपाओस् नत्र ठूलो हानि हुनेछ ।२०. यदि तिम्रो समुदयले तिमीहरू र तिमीहरूको यस ठाउँको विषयमा चाल पाए भने उनीहरूले तिमीहरूलाई ढुङ्गाले हिर्काएर मार्नेछन् वा तिमीहरूलाई उनीहरूले आफ्नो आस्थातिर फर्काएर लानेछन् जुन आस्था तिमीहरूको पनि थियो । यदि तिमीहरू त्यस असत्य आस्थातिर फर्केर गयौ भने यस सांसारिक जीवन र पारलौकिक जीवन दुबैमा असफल हुनेछौ र ठूलो घाटा बेहोर्नेछौ ।२१. हामीले आफ्नो शक्तिको प्रमाण स्वरूप उनीहरूलाई धेरै वर्षसम्म सुतायौं । त्यसपश्चात उनीहरूलाई ब्यूँझायौं र उनीहरूका सहरबासीहरूलाई उनीहरूको स्थितिबारे सूचित गर्यौं । मोमिनहरूको सहयोग गर्ने, मृत्युपश्चातको जीवनको अस्तित्व र महाप्रलय आउने सम्बन्धमा कुनै सन्देह छैन भनी उनीहरूलाई अवगत गरायौं । जब गुफावालाहरूको स्थिति स्पष्ट भयो अनि त्यसपश्चात उनीहरूको मृत्यु भयो त्यहाँ उपस्थितहरूमा यिनीहरू को के गर्ने भन्ने विषयमा मतभेद भयो । केही व्यक्तिहरूले भनेः उनीहरूलाई छोप्न र उनीहरूको सुरक्षाको लागि उनीहरूको गुफाको ढोकामाथि एउटा भवनको निर्माण गर । उनीहरूको पालनकर्ता उनीहरूको अवस्था राम्ररी जान्नुहुन्छ । अल्लाहको नजरमा उनीहरूको महत्वपूर्ण स्थान रहेको छ । अज्ञानी व्यक्तिहरूले भनेः उनीहरूको सम्मानमा र यस ठाउँको स्मरणमा हामी यस ठाउँलाई उपासनाका लागि मस्जिद बनाउने छौं ।२२. उनीहरूको विषयमा चर्चा गर्नेहरूमध्ये केहीले उनीहरूको संख्याको विषयमा भन्नेछन्- उनीहरू तीन जना थिए र चौथो उनीहरूको कुकुर थियो । केहीले भन्नेछन्- उनीहरू पाँच जना थिए र छैठौं उनीहरूको कुकुर थियो । दुबै समूहले आफ्नो सोंच अनुसार भने तर यसको कुनै प्रमाण छैन । केहीले भन्नेछन्- उनीहरू सात जना थिए र आठौं उनीहरूको कुकुर थियो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्, उनीहरूको संख्याको विषयमा मेरो पालनकर्तालाई राम्ररी थाहा छ । अल्लाहले थोरैलाई मात्र उनीहरूको वास्तविक संख्याको ज्ञान दिनुभएको छ । उनीहरूको संख्या र अवस्थाको विषयमा कसैसँग वादविवाद नगर्नुहोस् बरू स्पष्ट तर्क प्रस्तुत गर्नुहोस् । उनीहरूको विषयमा जति तपाईंलाई वही मार्फत अवगत गराइएको छ त्यतिमा नै सन्तुष्ट हुनुहोस् । उनीहरूमध्ये कसैलाई पनि उनीहरूको विषयमा नसोध्नुहोस् किनकि उनीहरूलाई यसको ज्ञान छैन ।२३. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले भोली गर्ने सोंच बनाउनुभएको कामलाई म यो काम भोली गर्नेछु भनी नभन्नुहोस् किनकि तपाईंलाई थाहा छैन कि तपाईंले त्यो काम गर्नुहुनेछ वा गर्न असफल हुनुहुनेछ । यो निर्देशन प्रत्येक मुस्लिमको लागि हो ।२४. बरू आफ्नो सोंचलाई अल्लाहको इच्छाको अधिनमा राखि भन्नुहोस्- यदि अल्लाहले चाहनुभयो भने म भोली यो काम गर्नेछु । यसरी अल्लाहको स्मरण गर्नुहोस् तर यदि तपाईंले यो भन्न विर्सनुभयो भने, भन्नुहोस् - आशा छ कि मेरा पालनकर्ताले मलाई यस मामिलामा सीधा मार्ग देखाउनुहुनेछ ।२५. गुफावालाहरू गुफामा तीन सय नौं वर्ष रहे ।२६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्, गुफामा उनीहरूको बसाई कति वर्ष रह्यो भनी अल्लाहलाई राम्ररी थाहा छ । हामीहरूको लागि यसमा उनीहरूको बसाईको अवधि उल्लेख गरिएको छ । पवित्र अल्लाहको भनाई पश्चात अरू कसैको कुराको महत्व रहँदैन । आकाशहरू तथा धर्तीका सम्पूर्ण अदृश्य कुराहरूको ज्ञान केवल अल्लाहलाई छ । अल्लाहको दृष्टि कति असाधारण छ ! उहाँले सबै देख्नुहुन्छ । र उहाँको सुन्नेशक्ति कति असाधारण छ ! उहाँले सबै सुन्नुहुन्छ । उहाँबाहेक उनीहरूको संरक्षणका लागि कोही संरक्षक छैन । उहाँ आफ्नो शासनमा कसैलाई साझेदार बनाउनु हुन्न । उहाँमात्र एक्लो शासक हुनुहुन्छ । जब अल्लाहले शासनको मालिक उहाँ मात्र हुनुहुन्छ भन्ने कुरा उल्लेख गर्नुभयो तब उहाँले आफ्ना सन्देष्टालाई उहाँमाथि अवतरित कुरआनको पाठ गर्ने र त्यसको अनुसरण गर्ने आदेश दिँदै भन्नुभयोः२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले अवतरण गर्नुभएको कुरआनको पाठ गर्नुहोस् र त्यसको अनुसरण गर्नुहोस् । उहाँका कुराहरूलाई कसैले परिवर्तन गर्न सक्दैन किनकि त्यो पूर्णतया सत्य र निसाफमा आधारित रहेका छन् । तपाईंले उहाँबाहेक अर्को आश्रय कदापी पाउनुहुने छैन ।२८. बिहान र बेलुका एकाग्रताका साथ आफ्ना पालनकर्तासँग दुआ गर्नेहरूसँग आफूलाई जोडेर राख्नुहोस् । आफ्नो समाजका धनी तथा प्रतिष्ठिट व्यक्तित्वहरूसँग बस्ने अवसर प्राप्त गर्नको लागि आफ्नो दृष्टि यिनीहरूबाट नफेर्नुहोस् । हाम्रो सम्झनाबाट आफ्नो मनलाई वञ्जित राखेको कारणले जसको हृदयलाई हामीले सिल लगाइदिएका छौं उसको कुरा नसुन्नुहोस् । उसले तपाईंलाई आफ्नो सभामा गरिबहरूलाई नराख्न भन्यो र आफ्ना पालनकर्ताको अनुसरण गर्न छोडेर आफ्नै मनमानी गर्यो । तसर्थ परिणाम स्वरूप उसका क्रियाकलापहरू नष्ट भए ।२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहको सम्झनाबाट आफ्नो मनलाई वञ्चित राख्नेहरूलाई भन्नुहोस्- म तिमीहरूसमक्ष जे (कुरआन) लिएर आएको छु त्यो नितान्त सत्य हो र त्यो अल्लाहको तर्फबाट हो, मेरो तर्फबाट होइन । तिमीहरूले मलाई मोमिनहरूलाई छोड्न भनेको कुरालाई म मान्दिन । यस सत्यतालाई स्वीकार गर्दै तिमीहरूमध्ये कोही आस्था अपनाउन चाहन्छ भने ऊ अपनाओस् । यसको प्रतिफल देखेर ऊ प्रसन्न हुनेछ । जो यसलाई अस्वीकार गर्न चाहन्छ ऊ अस्वीकार गरोस् । उसको पर्खाईमा बसेको यातनालाई देखेर ऊ दुखीत हुनेछ । आस्थालाई अस्वीकार गरेर आफैमाथि अत्याचार गर्नेहरूका लागि हामीले विशाल आगो तयार पारेका छौं जसलाई चारैतिरबाट पर्खालले घेरेको छ । त्यसबाट उनीहरू उम्कन सक्ने छैनन् । तिर्खा लागेर जब उनीहरू पानी माग्ने छन् उनीहरूलाई तिर्खा मेटाउनका लागि पग्लेको तांबा जस्तो उम्लिरहेको पानी दिइनेछ जसले उनीहरूको अनुहारहरूलाई भुट्नेछ । यो अति नै नराम्रो पेय हो जुन उनीहरूलाई पिउनका निम्ति दिइनेछ । यसले उनीहरूको तिर्खालाई झन् बढाइदिनेछ । उनीहरूको छाला पोल्ने आगो कहिल्यै निभ्ने छैन । नर्क अति नै नराम्रो बासस्थान हो । अल्लाहले कुरआनमा जहाँ अत्यचारीको लागि यातना तयार पारेर राखिएको जिकिर गर्नुभएको छ त्यहीँ मोमिनहरूका लागि तयार पारेर राखिएको उत्कृष्ट प्रतिदानको पनि जिकिर गर्नुभएको छ । उहाँ भन्नुहुन्छः३०. अल्लाहमाथि आस्था राख्ने र सत्कर्म गर्नेहरूको लागि ठूलो प्रतिदान रहेको छ । सत्कर्म गर्नेहरूको प्रतिदानलाई हामी व्यर्थ जान दिँदैनौं । बरू हामी उनीहरूलाई पूरा पूरा बदला दिनेछौं रत्ती भर नि कमि गरिने छैन ।३१. सत्कर्म गर्नेहरूका लागि बासस्थान स्वरूप बगैंचाहरू रहेका छन् जसमा उनीहरू सदा रहनेछन् । उनीहरूको घरहरूको तलतिरबाट मीठो पानीका नदिहरू बगिरहेका हुनेछन् । त्यहाँ उनीहरूलाई सुनका बालाहरू लगाएर सजाइनेछ । अनि उनीहरूलाई रेशमको बाक्लो र पातलो कपडा लगाइनेछ । प्यारा प्यारा पर्दाहरूले सजिएका खाटमा अडेस लागेर बस्नेछन् । कति राम्रो उनीहरूको प्रतिदान र कति राम्रो बासस्थान हो स्वर्ग । अत्याचारीहरूले पाउने यातना र मोमिनहरूले पाउने उत्तम प्रतिफलको जिकिर पश्चात उनीहरूको उदाहरण दिनुभएको छ । उहाँले भन्नुभयोः३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! दुईजना व्यक्ति अर्थात काफिर र मोमिनको उदाहरण दिनुहोस् । हामीले ती दुईमध्ये काफिरलाई दुईटा बगैंचा दियौं जसलाई हामीले खजुरका रूखहरूद्वारा घेरेका थियौं र ती दुबै बगैंचाहरूबीच अन्नबाली पनि लगाएका थियौं ।३३. दुबै बगैंचाले खजुर, अङ्गूर र अन्नहरू उत्पादन गर्यो । उत्पादनमा कुनै कमि गरिएको थिएन बरू प्रशस्त थियो । हामीले ती दुईलाई सिचाई गर्नका निम्ति बीचमा एउटा नहर बगाइदियौं ।३४. ती दुबै बगैंचाको मालिकसँग अरू पनि धन-सम्पत्ती र फलफुल थिए । उसले आफ्नो मुस्लिम साथीलाई भन्यो, म तिमीभन्दा धनी र प्रतिष्ठित छु र मेरो घराना धेरै शक्तिशाली छ ।३५. आफ्नो बगैंचा देखाउनका निम्ति काफिर मोमिनलाई लिएर भित्र गयो । उसले कुफ्र र घमण्डले गर्दा आफूमाथि अत्याचार गरेको थियो । काफिरले भन्योः मैले यस बगैंचाको सुरक्षाको लागि गरेको व्यवस्थाका कारण यो बगैंचा कहिले सखाप हुनेछैन ।३६. महाप्रलय आउँछ भन्ने मलाई लाग्दैन । यो जीवन नै असल जीवन हो । यदि महाप्रलय आयो र मलाई मेरो पालनकर्तातिर फर्काएर लगियो भने पनि मैले मेरा यी बगैंचाभन्दा उत्तम बगैंचाहरू पाउनेछु र यहाँभन्दा धनी हुनेछु ।३७. उसको मोमिन साथीले जवाफ दिँदै भन्योः के तिमी त्यस अस्तित्वलाई नकार्छौ जसले तिम्रो पुर्खा आदम (अलैहिस्सलाम) को सृष्टि माटोबाट गर्नुभयो र तिम्रो सृष्टि विर्यको थोपाबाट । अनि तिमीलाई एउटा मानव बनाउनुभयो र तिम्रा अङ्गहरू बनाएर तिमीलाई पूर्ण रूप दिनुभयो । यस कार्यमाथि सामर्थ्य राख्ने अस्तित्वले तिमीलाई मृत्युपश्चात उठाउने सामर्थ्य अवश्य राख्नुहुन्छ ।३८. म तिम्रो भनाईसँग सहमत छैन । बरू म भन्छुः मेरा पालनकर्ता पवित्र एवं कृपावान हुनुहुन्छ । म उहाँबाहेक अरू कसैको उपासना गर्दिन ।३९. यदि तिमीले मलाई धन र सन्तानमा आफूभन्दा कमतर ठानेका छौ भने तिमी बगैंचामा प्रवेश गर्दा यो सबै अल्लाहको चाहनाले भएको हो र केवल अल्लाहलाई यसको सामर्थ्य छ किन भनेनौं ? उहाँ जे चाहनुहुन्छ गर्नुहुन्छ, उहाँ शक्तिशाली हुनुहुन्छ ।४०. अल्लाहले मलाई यस बगैंचाभन्दा राम्रो दिनुहुन्छ र तिम्रो बगैंचामाथि आकाशबाट प्रकोप पठाउनुहुन्छ भन्ने मलाई विश्वास छ । जसले गर्दा त्यो बाँझो भूमिमा परिणत हुनेछ ।४१. वा कुनै पनि साधनको सहयोगले तान्न नसक्ने गहिराइसम्म पानी पुग्नेछ । पानी सुखेपछि बगैंचाको अस्तित्व बाँकी रहँदैन ।४२. मोमिनले गरेको विश्वास पुरा भयो । काफिरको बगैंचाका फलहरू सखाप भए । सुरक्षा व्यवस्थाको लागत नष्ट भएको देखेर उसलाई पश्चताप हुन थाल्यो । अंगुरका हाँगाहरू फैलिएका खम्बाहरूमा बगैंचा खसेको थियो । उसले भन्न थाल्योः यदि मैले आफ्ना पालनकर्ताको साझेदार नबनाइ केवल उहाँको मात्रै उपासना गरेको भए राम्रो हुने थियो !४३. काफिरलाई यातनाबाट बचाउने कोही पनि थिएन । ऊ आफ्ना सहयोगीहरूको विषयमा घमण्ड गर्ने गर्थ्यो तर उसले आफ्नो बगैंचालाई बचाउन सकेन ।४४. सहयोग केवल अल्लाहको हातमा छ । अल्लाहको प्रतिदान र पारलौकिक जीवन उहाँका मोमिन भक्तहरूका लागि उत्तम रहेको छ ।४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! संसारमै रमाएकाहरूलाई यस संसारको विनाशको उदाहरण दिनुहोस् । जसरी आकाशबाट परेको पानीले अन्नबाली लाग्छ अनि पछि सुखेर जान्छ । त्यसलाई हवाले उडाएर अन्तै लैजान्छ र धर्ती आफ्नो पुरानै अवस्थामा फर्कन्छ । यसरी नै संसारको विनाश हुनेछ । अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कोही पनि असमर्थ तुल्याउन सक्दैन । तसर्थ उहाँ जे चाहनुहुन्छ जीवित पार्नुहुन्छ र जे चाहनुहुन्छ नष्ट गर्नुहुन्छ ।४६. धनसम्पत्ति र सन्तानहरू यस संसारका शोभा हुन् । यदि धनसम्पत्तिलाई आल्लाहको प्रसन्नता प्राप्तिका लागि खर्च गरिएन भने परलोकमा यसको कुनै महत्व रहँदैन । सांसारिक जीवनको शोभा र मानिसहरूको आशाभन्दा सत्कर्मको प्रतिदान उत्तम रहेको छ किनकि सांसारिक जीवनको शोभा नष्ट हुनेछ तर सत्कर्मको प्रतिदान सदा बाँकी रहनेछ ।४७. त्यस दिनलाई याद गर्नुहोस् जब पहाडहरू आफ्नो ठाउँबाट हटाइनेछन् । पहाड, रूख र भवनहरू नष्ट पारिएको कारणले तिपाईले धर्तीलाई खुल्ला चौर देख्नुहुनेछ अनि हामी सम्पूर्ण सृष्टिलाई भेला पार्नेछौं ।४८. मानिसहरूलाई उनका पालनकर्तासमक्ष पंतिबद्ध ल्याइनेछ र उनीहरूको हिसाब लिइनेछ । उनीहरूलाई भनीनेछः तिमीहरू जन्मेको बेला जस्तै एक्लै, खाली खुट्टा र बिना कपडा हामीसमक्ष आएकाछौ । तिमीहरूले त हिसाबकिताबको लागि भेला नै नहुने भनी ठानेका थियौ ।४९. अनि तिनीहरूसमक्ष कर्मपत्र राखिनेछ । कसैले दाहिने हातमा लिनेछन् भने कसैले देब्रे हातमा । हे मानव ! काफिरहरूले गरेका अवज्ञालाई त्यहाँ अङ्कित देखेर उनीहरू डराइरहेका तिमीले देख्नेछौ । उनीहरूले भन्नेछन्- ‘कस्तो दुर्भाग्य हाम्रो ! कस्तो कर्मपत्र हो यो ! यसले त हाम्रा साना ठूला सबै कार्यहरू लेखेर सुरक्षित गरेको छ ।’ उनीहरूले गर्ने गरेका सम्पूर्ण पाप र अवज्ञाहरूलाई त्यसमा सुरक्षित राखेको देख्नेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताले कसैमाथि अत्याचार गर्नुहुनेछैन र पापीहरूलाई मात्र दण्ड दिनुहुनेछ । अनि सत्कर्मीहरूको प्रतिदानमा रत्ती भर नि कमि गर्नुहुनेछैन ।५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस् जब हामीले फरिश्ताहरूलाई आदम (अलैहिस्सलाम) लाई सम्मान गर्नको लागि सज्दा गर्ने आदेश दियौं । इब्लीसबाहेक सबैले सज्दा गरे । ऊ जिन थियो, फरिश्ता थिएन । उसले अस्वीकार गर्यो र घमण्डको कारणले सज्दा गरेन । परिणाम स्वरूप ऊ आफ्नो पालनकर्ताको अवज्ञाकारी हुन पुग्यो । हे मानिसहरू ! के तिमीहरू मलाई छोडी उसलाई र उसका सन्तानहरूलाई आफ्ना मित्र बनाउँछौ वास्तवमा उनीहरू तिमीहरूका शत्रु हुन् । तिमीहरू आफ्ना शत्रुहरूलाई कसरी मित्र बनाउँन सक्छौ ?! अल्लाहको मित्रतालाई छोडेर शैतानलाई मित्र बनाउने अत्याचारीहरू अति घृणित छन् ।५१. तिमीहरूले अल्लाहलाई छोडी जसलाई मित्र बनाएका छौ उनीहरू पनि तिमीहरू जस्तै भक्त हुन् । आकाश र धर्तीको सृष्टिको समयमा उनीहरू उपस्थित नै थिएनन् । उनीहरू एक अर्काको सृष्टिको समयमा पनि उपस्थित थिएनन् । मैले एक्लैले सृष्टि गरेको हो । मैले पथभ्रष्ट मनुष्य र जिनको सहयोग लिएको थिइन बरू मलाई सहयोगको आवश्यकता नै छैन ।५२. हे रसूल (सल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई कयामतको दिनको स्मरण गराउनुहोस् जब संसारमा शिर्क गर्नेहरूलाई अल्लाहले भन्नुहुनेछः आफ्नो सहयोगको लागि तिमीहरूले बनाएका साझेदारहरूलाई बोलाऊ । न उनीहरू आउनेछन् न सहयोग नै गर्नेछन् । हामी मिथ्या उपास्य र उपासकहरूलाई लागि नरकलाई साझा स्थान बनाउनेछौं ।५३. मुश्रिकहरूले नर्क देख्ने बित्तिकै उनीहरू त्यसैमा जानेछन् भनी बुझ्नेछन् र उनीहरूले त्यसबाट बचेर शरण लिने कुनै ठाउँ नै पाउने छैनन् ।५४. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित यस कुरआनमा हामीले उनीहरूलाई सम्झाउनका निम्ति थुप्रै उदाहरणहरू प्रस्तुत गर्यौं तर मानव र विशेष गरी काफिर प्रमाण बिना नै झगडा गर्न थाल्यो ।५५. काफिरहरूलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले लिएर आउनुभएको कुरआनमा आस्था राख्नबाट कुन कुराले रोकिरहेको छ । उनीहरू किन अल्लाहसँग आफ्ना पापहरूको क्षमा याचना गरिरहेका छैनन् ? उनीहरूका लागि कुरआनमा उदाहरणहरू दिइएका छन् र उनीहरूले स्पष्ट प्रमाण देखिसकेका छन् । वास्तवमा पहिलेका समुदायहरूमाथि आएको प्रकोप उनीहरूमाथि पनि आओस् र जुन प्रकोपबाट उनीहरूलाई डराइएको छ त्यो प्रकोप हेराइयोस् भनी गरेको हठधर्मिले उनीहरूलाई रोकेको छ ।५६. हामीले मोमिनहरूलाई शुभसूचना दिन र काफिरहरूलाई सचेत गर्न रसूलहरू पठाएका हौं । उनीहरू मार्गदर्शन गर्ने सामर्थ्य राख्दैनन् । तर सत्यता जाहेर भएसँगै काफिरहरू असत्यताको सहयोगले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित सत्यतालाई पराजित गर्न अनि कुरआनको उपहास गर्न आफ्ना रसूलहरूसँग बहस गर्न थाले ।५७. जसलाई उसका पालनकर्ताका निशानीहरू देखाएपछि उसले त्यसमा उल्लेख यातनाको चेतावनीलाई बेवास्ता गर्यो त्योभन्दा ठूलो अत्याचारी को हुन सक्छ र ? बरू उसले यस संसारमा गरेको कुफ्र र पापहरू बिर्स्यो र कहिल्यै पश्चाताप गरेन । हामीले यस्ता व्यक्तिहरूको हृदयलाई पर्दाले ढाकिदिएका छौं र कान बहिरो बनाइदिएका छौं जसले गर्दा उनीहरू न कुरआन सुन्न सक्छन् न बुझ्न नै । यदि यस्ता व्यक्तिहरूलाई तपाईं आस्था अपनाउन आह्वान गर्नुहुन्छ भने उनीहरूको हृदय पर्दाले ढाकिएकाले र उनीहरू बहिरा भएकाले कहिल्यै पनि तपाईंको आह्वानलाई स्वीकार्न सक्नेछैनन् ।५८. नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले उहाँलाई झुटो ठहर गर्नेहरूको उपचार गर्न सक्नु हुनेछैन । अल्लाहले उहाँलाई भन्नुभयोः हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईको पालनकर्ता आफ्ना तौबा गर्ने भक्तहरूलाई क्षमा गर्नुहुन्छ । उहाँ सबैमाथि दया गर्नुहुन्छ । अवज्ञाकारीहरूलाई पश्चाताप गर्न अवसर प्रदान गर्नु अल्लाहको दया हो । यदि अल्लाहले उनीहरूलाई सजाँय नै दिने हो भने यस संसारमा नै दिनुहुन्थ्यो तर अल्लाह सहनशील र दयावान हुनुहुन्छ । उनीहरूलाई पश्चातापको अवसर प्रदान गर्नका निम्ति सजाँय दिन ढिलो गर्नुभयो । आफ्ना अवज्ञालाई त्याग्नका निम्ति उनीहरूसँग निश्चित समयावधि रहेको छ । यदि यस समायवधिमा उनीहरू पश्चाताप गर्दैनन् भने उनीहरूले अल्लाहको सजाँयबाट बच्ने कुनै आश्रय पाउने छैनन् ।५९. तिमीहरूका नजिकका हूद, सालिह र शुऐबका गाउँहरूलाई हामीले उनीहरूको कुफ्रको कारणले नष्ट पार्यौं । हामीले उनीहरूको विनाशको एउटा निश्चित समय निर्धारित गरेका थियौं ।६०. हे रसूल ( सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस् जब मूसा (अलैहिस्सलाम) ले आफ्नो सेवक यूशअ बिन नूनलाई भन्नुभयो, म दुई समुद्रको संगमस्थलसम्म नपुगुञ्जेल वा असल भक्तलाई नभेटुन्जेल हिँडिरहनेछु र उहाँबाट सिक्नेछु ।६१. जब उनीहरू दुई समुद्रको संगमस्थलसम्म पुगे आफूसँगै ल्याएको माछालाई बिर्सिए । अनि अल्लाहले माछालाई जीवित पार्नुभयो र त्यसले समुद्रमा सुरुङ झैं बाटो बनायो ।६२. जब तिनीहरू त्यस ठाउँबाट अगाडि बढे मुसा (अलैहिस्सलाम) ले आफ्ना सेवकलाई भन्नुभयोः अब हाम्रो खाना ल्याऊ, यस यात्राबाट हामी एकदमै थाकिसकेका छौं ।६३. सेवकले भन्योः तपाईंलाई थाहा छ ? जब हामी चट्टानमा अडेस लागेर आराम गरिरहेका थियौं, म तपाईंलाई माछाको विषयमा भन्न बिर्सें र शैतानले नै मलाई त्यसबारे तपाईंलाई बताउन बिर्सायो । माछा जिउँदो भयो र त्यसले समुद्रमा अचम्म तरिकाले बाटो बनाएर गयो ।६४. मूसा (अलैहिस्सलाम) ले भन्नुभयोः यही हो हामीले खोजेको । यो असल भक्तको निशानी हो । बाटो बिराउने डरले दुबै जना आफ्नै पद चिन्ह पछ्याउँदै गए । उनीहरू चट्टान भएको ठाउँमा पुगे र त्यहाँबाट माछा गएको ठाउँसम्म ।६५. जब उनीहरू माछा हराएको ठाउँसम्म पुगे, उनीहरूले त्यहाँ हाम्रा भक्तहरूमध्ये एक जना असल भक्तलाई भेटे (उहाँ खिज्र अलैहिस्सलाम हुनुहुन्छ) । हामीले उहाँमाथि विशेष कृपा गरेका थियौं र उहाँलाई विशेष ज्ञान प्रदान गरेका थियौं । यस्तो ज्ञान हामीले अरूहरूलाई दिएका थिएनौं र यस कथाको आधार नै यही हो ।६६. मूसा (अलैहिस्सलाम) ले उहाँलाई नम्रतापुर्वक सोध्नुभयोः अल्लाहले तपाईंलाई सिकाउनु भएको सत्यताको बाटो देखाउने ज्ञान तपाईंसँग सिक्नका निम्ति के म तपाईंको अनुसरण गर्न सक्छु ?६७. खिज्र (अलैहिस्सलाम) ले भन्नुभयोः मेरो ज्ञानको विषयमा थाहा पाएपछि तपाईंले धैर्य धारणको क्षमता राख्न सक्नुहुन्न किनकि मेरो ज्ञान तपाईंको ज्ञानसँग कुनै मेल राख्दैन ।६८. जुन कार्य सही भएको ज्ञान तपाईंलाई छैन त्यो कार्य भएको देखेर तपाईं कसरी धैर्य गर्न सक्नुहुन्छ ?! किनकि त्यसको मुल्याङ्कन त तपाईंले आफ्नो ज्ञानको आधारमा गर्नुहुनेछ ।६९. मूसा (अलैहिस्सलाम) ले भन्नुभयोः अल्लाहले चाहनुभयो भने तपाईंले गर्नुभएको कार्यको विषयमा तपाईंले मलाई सहनशील पाउनुहुनेछ । तपाईंको कुनै पनि आदेशको उल्लङ्घन गर्ने छैन ।७०. खिज्र (अलैहिस्सलाम) ले मूसा (अलैहिस्सलाम) लाई भन्नुभयोः तपाईंले मेरो अनुसरण गर्ने क्रममा मैले गरेका कामहरूको विषयमा कुनै प्रश्न नगर्नु होला । म आफै त्यसका कारणहरू खुलाउने छु ।७१. जब दुबै जना यस कुरामा सहमत भए । उनीहरू समुद्री तटतिर गए र त्यहाँ एउटा डुङ्गा चढे । खिज्र (अलैहिस्सलाम) को सम्मानमा त्यसको भाँडा लिइएन तर खिज्र (अलैहिस्सलाम) ले त्यसका काठका टुक्राहरूमध्येबाट एउटा टुक्रा झिकेर त्यसमा क्षती पुर्याउनुभयो । अनि मूसा (अलैहिस्सलाम) ले भन्नुभयोः के तपाईले यसका सवारहरूलाई डुबाउन खोज्नुभएको हो जसले हामीसँग भाँडा पनि लिएका छैनन् ?! तपाईंले स्वीकार्न नसकिने कार्य गर्नुभयो ।७२. खिज्र (अलैहिस्सलाम) ले मूसा (अलैहिस्सलाम) लाई भन्नुभयोः मेरा कार्यहरू देखेर तपाईंले धैर्य धारणको क्षमता राख्न सक्नुहुन्न भनी मैले भनेकै थिएँ ।७३. मूसा (अलैहिस्सलाम) ले खिज्र (अलैहिस्सलाम) लाई भन्नुभयोः मैले बिर्सेर बचन तोडेको खण्डमा मलाई दण्ड नदिनुहोस् र मप्रति निर्दयी नबन्नुहोस् ।७४. डुङ्गाबाट तल झरेपछि तिनीहरू किनारमा हिंड्न थाले र तिनीहरूले एउटा नाबालक केटा भेटे । ऊ अरू केटाहरूसँग खेलिरहेको थियो । खिज्र (अलैहिस्सलाम) ले उसको हत्या गरे । मूसा (अलैहिस्सलाम) ले उहाँलाई भन्नुभयोः के तपाईंले कुनै दोषबिना एउटा नाबालक केटोको हत्या गर्ने दुष्प्रयास गर्नुभयो ?! तपाईंले अति घृणित कार्य गर्नुभयो ।७५. खिज्र (अलैहिस्सलाम) ले मूसा (अलैहिस्सलाम) लाई भन्नुभयोः हे मुसा (अलैहिस्सलाम) ! तपाईंले धैर्य धारणको क्षमता राख्न सक्नुहुन्न भनी मैले पहिले नै भनेको थिएँ ।७६. मूसा (अलैहिस्सलाम) ले भन्नुभयोः यदि यसपछि नि मैले तपाईंलाई केही सोधें भने मलाई आफ्नो साथमा नराख्नुहोला । तीन पटक एउटै भूल दोहोरिएको हुनाले तपाईं दोषमुक्त हुनुहुनेछ ।७७. दुबैजना गाँउबासीहरूसँग खानाको सहयोग माग्दै हिँडे तर कसैले पनि खाना खुवाउन मानेनन् । तैपनि खिज्र (अलैहिस्सलाम) ले त्यहाँ एउटा ढल्न लागेको पर्खाललाई सीधा पारिदिनुभयो । त्यसपछि मूसा (अलैहिस्सलाम) ले खिज्र (अलैहिस्सलाम) लाई भन्नुभयोः यदि तपाईं चाहनुहुन्छ भने यस कामको ज्याला लिन सक्नुहुन्छ किनकि यिनीहरूले सत्कार नगरेको हुनाले हामीलाई यसको आवश्यकता पर्नेछ ।७८. खिज्र (अलैहिस्सलाम) ले मूसा (अलैहिस्सलाम) लाई भन्नुभयोः मैले यो पर्खाललाई सिधा पारेको खण्डमा ज्याला नलिएकोमा तपाईंले गर्नुभएको यो प्रश्नले तपाईं र मबीच छुट्टिने समय ल्याइदिएको छ । मैले गरेका कामहरूको म विस्तृत जानकारी दिनेछु जसलाई देखेर तपाईंले धैर्य धारण गर्न सक्नुभएन ।७९. मैले डुङ्गालाई क्षति पुर्याएकोमा तपाईंले आपत्ति जनाउनुभएको थियो । त्यो डुङ्गा समुद्रमा काम गर्ने गरिबहरूको थियो जो त्यसबाट जीवनयापन गर्दथे । आगाडि एउटा राजा छ जो राम्रा डुङ्गाहरू त्यसका मालिकहरूबाट खोसिने गर्छ र बिग्रेकालाई छोडिदिन्छ । त्यस राजाले लिनबाट बचाउनका निम्ति मैले त्यसलाई दोषपूर्ण बनाएँ ।८०. जुन बालकको हत्यामा आपत्ति जनाउनु भएको थियो उसका मातापिता मोमिन थिए तर अल्लाहको ज्ञान अनुसार ऊ काफिर थियो । ठूलो भएपछि उसले आफ्ना मातापितालाई कुफ्र र अत्याचारका साथ व्यवहार गर्नेछ भन्ने डर थियो किनकि उसका मातापिता उसलाई धेरै नै माया गर्दथे ।८१. तसर्थ ती दुबैलाई उनका पालनकर्ताले यस्तो सन्तान प्रदान गर्नुहुनेछ जो आस्थावान, असल, पवित्र र आफ्ना मातापितामाथि अत्यन्तै दया गर्ने हुनेछ ।८२. मैले पर्खाललाई सिधा पार्ने विषयमा पनि तपाईंले आपत्ति जनाउनुभएको थियो । त्यो त्यस सहरका दुई जना केटाहरूको थियो जहाँबाट हामी आयौं । उनीहरूका मातापिताको देहान्त भइसकेको थियो र त्यस पर्खालमुनी उनी दुबैका लागि खजाना गाडिएको थियो । यी दुबैका पिता असल व्यक्ति थिए । तसर्थ, हे मूसा (अलैहिस्सलाम) यी दुबै ठूलो भइसकेपछि त्यहाँबाट त्यो खजाना निकाल्नेछन् भन्ने सोंच तपाईंका पालनकर्ताको थियो । यदि त्यो पर्खाल अहिले ढलेको भए सबैजनाले त्यस खजानाको विषयमा थाहा पाउने थिए र त्यो व्यर्थ जाने थियो । यो मैले आफ्नो विवेकले गरेको होइन बरू यो तपाईंका पालनकर्ताको दया हो । अल्लाहले खिज्र (अलैहिस्सलाम) को कथापछि जुल्-कर्नैनको कथाको उल्लेख गर्नुभएको छ किनकि दुबै कथामा कमजोरको सहयोगको समर्थन गरिएको छ । उहाँले भन्नुभयोः८३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी यहूदि र बहुदेववादीहरू तपाईंलाई जुल्-कर्नैनको विषयमा सोध्छन् । तपाईं भन्नुहोस् म तिमीहरूलाई उहाँको विषयमा केही सुनाउँनेछु । तिमीहरू बिचार गर र त्यसलाई याद गर ।८४. हामीले उहाँलाई यस धर्तीमा सक्षम बनायौं र गन्तव्यसम्म पुग्नका लागि आवश्यक पर्ने सम्पूर्ण चिजहरू दियौं ।८५. हामीले प्रदान गरेका साधन र विधिहरू उहाँले अपनाउनुभयो र पश्चिमतिर जानुभयो ।८६. उहाँ यात्रा गर्दा गर्दै पश्चिममा धर्तीको अन्तिम कुनासम्म पुग्नुभयो र त्यहाँ सूर्यलाई एउटा माटोले भरिएको समुद्रमा डुब्दै गरेको देख्नुभयो । त्यहाँ उहाँले काफिरहरूलाई देख्नुभयो । हामीले उहाँलाई उनीहरूसँग युद्ध गरेर उनीहरूलाई सजायँ दिने वा उनीहरूसँग नम्रताको व्यवहार गर्ने विकल्प दियौं ।८७. जुल्-कर्नैनले भन्नुभयोः हामीले एक मात्र अल्लाहको उपासना गर्नेतिर आह्वान गरिसकेपछि पनि यदि कोही शिर्कमा अडिग रहन्छ भने यस संसारमा हामी उसलाई सजाय दिनेछौं र कयामतको दिन आफ्नो पालनकर्ता समक्ष गएपछि उहाँले उसलाई डरलाग्दो यातना दिनुहुनेछ ।८८. तिनीहरूमध्ये जसले आस्था राख्यो र सत्कर्म गर्यो उसको प्रतिदान स्वर्ग रहेको छ । हामी आफ्नो मामिलामा उसँग कोमलताका साथ कुरा गर्नेछौं ।८९. त्यसपछि उहाँले पूर्वतिरको यात्रा शुरू गर्नुभयो ।९०. उहाँ यस्तो ठाउँ पुग्नुभयो जहाँ मानिसहरूमाथि सूर्य उदाउँथ्यो तर घाम छेक्नका निम्ति घर र रूखहरू थिएनन् ।९१. यस्तो थियो उहाँको स्थिति । उहाँका क्षमताका बारेमा हामी राम्ररी जान्दछौं ।९२. अनि उहाँले उत्तरको यात्रा थाल्नुभयो ।९३. उहाँ दुईवटा पहाडको बिचमा पुग्नुभयो र त्यहाँ नजिकै उहाँले आफ्नो भाषाबाहेक अरू भाषा नबुझ्ने मान्छेहरूलाई भेटे ।९४. तिनीहरूले भनेः हे जुल्-कर्नैन ! याजूज र माजूजले यस भूभागमा हत्या हिन्सा गरिरहेका छन् । के उनीहरू र हामीबिच पर्खाल खडा गर्नका लागि तपाईंलाई धनको सहयोग गरौं ?९५. जुल्-कर्नैनले भन्नुभयोः यस सम्बन्धमा मेरा पालनकर्ताले मलाई यसभन्दा उत्तम चिजहरू दिएर सक्षम बनाउनु भएको छ । तपाईंहरू आवश्यक सामान र सहयोगी हातहरूको व्यवस्था गर्नुहोस् म बलियो पर्खाल खडा गर्दिनेछु ।९६. मलाई फलामका टुक्राहरू ल्याएर दिनुहोस् । उनीहरूले ल्याएर दिए र उहाँले पर्खाललाई दुबै पहाडहरू बराबर बनाउनुभयो । उहाँले सहयोगीहरूलाई भन्नुभयोः आगो दन्काऊ । फलाम बलेर रातो भएपछि उहाँले भन्नुभयोः त्यसमाथि खन्याउनका लागि तामा ल्याऊ ।९७. पर्खालको उचाई र कडापनको कारणले याजूज र माजूज त्यसबाट उक्लन सकेनन् र न त्यसको मुनितिर प्वाल पार्न सके ।९८. जल्-कर्नैनले भन्नुभयो- "यो पर्खाल मेरा पालनकर्ताको कृपा हो । यसको सहयोगले याजूज र माजूज र उनीहरूको विध्वंसलाई निष्कृय गर्नुभएको छ । तर कयामतको दिनभन्दा पहिले तपाईंको पालनकर्ताले उनीहरूको बाहिर आउन निर्धारित गर्नुभएको समय निकट भएपछि त्यस पर्खाललाई नष्ट पारेर त्यस ठाउँलाई समतल बनाउनुहुनेछ । यो अल्लाहको बाचा हो र यो सिद्ध हुनेछ ।९९. अन्तिम समयमा हामी केही सृष्टिहरूलाई अन्य सृष्टिहरूसँग जुध्न दिनेछौं अनि त्यसपछि सूर फुकिनेछ र सम्पूर्ण सृष्टिलाई हिसाबकिताबका लागि भेला पार्नेछौं ।१००. हामीले काफिरहरूलाई स्पष्टसँग नर्क देखायौं । उनीहरूले स्वयं आफ्नै आँखाले त्यसको अवलोकन गरे ।१०१. सांसारिक जीवनमा अल्लाहको यादबाट अनभिज्ञ रहेका काफिरहरूलाई हामीले नर्क देखायौं किनकि उनीहरू अल्लाहको यादप्रति अन्धो बनेका थिए र अल्लाहका आयतहरूलाई स्वीकार्दैनथे ।१०२. के यी काफिरहरूले मेरा भक्तहरूमध्येबाट फरिश्ताहरू, रसूलहरू र शैतानहरूलाई मलाई छोडि उपास्य बनाउन ठानेका छन् ?! हामीले उनीहरूका लागि बासस्थान स्वरूप नर्क बनाएका छौं ।१०३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- हे मानिसहरू हो ! नराम्रा काम गर्नाले सबैभन्दा धेरै घाटा बेहोर्ने को हो भनी भनौं ?१०४. जसले यस सांसारिक जीवनमा गरेका मेहनतलाई कयामतका दिन बर्बाद भएको देख्नेछन् । उनीहरूको सोंचाइ अनुसार उनीहरूले राम्रा कार्यहरू गरेका छन् र उनीहरूले आफ्ना कार्यहरूबाट फाइदा उठाउनेछन् । तर वास्तविकता यसको बिपरित रहेको छ ।१०५. यी तिनै व्यक्तिहरू हुन् जसले आफ्ना पालनकर्ताका तौहीदलाई प्रमाणित गर्ने निशानीहरू र उहाँसँग भेट्ने कुरालाई मानेनन् । वास्तवमा उनीहरूले नमान्नाले नै उनीहरूका कार्यहरू व्यर्थ भए र कयामतका दिन अल्लाहको नजरमा उनीहरूको कुनै महत्व हुने छैन ।१०६. अल्लाहलाई नकार्नाले, उहाँका अवतरित आयतहरू र रसूलहरूको खिल्ली उडाउनाले उनीहरूको लागि नर्क रहेको छ । काफिरहरूको सजायँको जिकिरसँगै अल्लाह मोमिनहरूको प्रतिदानको पनि जिकिर गर्नुहुन्छ । उहाँ भन्नुहुन्छः१०७. अल्लाहमाथि आस्था राख्नेहरू र सत्कर्म गर्नेहरूका सम्मानका लागि बासस्थान स्वरूप स्वर्गको उच्च स्तर प्रदान गरिनेछ ।१०८. उनीहरू त्यहाँ सदा रहनेछन् र त्यहाँबाट सर्न खोज्ने छैनन् किनकि यस प्रतिदान सरह अरू कुनै प्रतिदान हुनेछैन ।१०९. हे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! भन्नुहोस्- यदि अल्लाहका कुराहरूलाई लेख्न हामी समुद्रलाई मसी बनाउँछौं भने, यी कुराहरू लेखिनु अघि नै समुद्रहरू सुख्नेछन् । यद्यपि हामी त्यतिनै अरू समुद्रहरू पनि ल्याउँछौं भने पनि कुराहरू समाप्त हुनु अघि नै सम्पूर्ण समुद्रहरू सुख्नेछन् ।११०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- म तिमीहरू सरह एउटा मनुष्य मात्र हुँ । तिमीहरूका उपास्य एकमात्र अल्लाह हुनुहुन्छ र उहाँको कोही साझेदार छैन भनी मलाई वही मार्फत भनिएको छ । यदि कोही आफ्ना पलनकर्तासँग भेट हुने दिनको भय राख्छ भने उसले उहाँका शरिअत अनुसार एकाग्र भएर आफ्ना पालनकर्ताका लागि अमल गरोस् र केवल उहाँको मात्र उपासना गरोस् ।
१. सम्पूर्ण किसिमका प्रशंसा तथा गुणगानहरू अल्लाहकै लगि हुन् । जसले आफ्ना भक्त तथा सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि कुरआन अवतरण गर्नुभयो । यस कुरआनमा अलिकति पनि टेढोपन छैन ।
२. अल्लाहले यस कुरआनलाई विरोधाभाष तथा मतभेदबाट मुक्त राखि सीधा र उत्कृष्ट मार्गदर्शन बनाउनु भएको छ | यसले काफिर (अल्लाहलाई नमान्ने) हरूलाई अल्लाहको कठोर यातनाबाट डराउँछ र मोमिन (आस्थावान) हरूलाई उत्कृष्ट र कहिले समाप्त नहुने प्रतिदानको शुभसूचना दिन्छ ।
३. मोमिनहरू सदा सर्वदा स्वर्गमा रहनेछन् ।
४. ‘अल्लाहको सन्तान छ’ भन्ने यहुदी, ईसाई र बहुदेववादीहरूलाई यस कुरआनमार्फत चेतावनी दिइएको छ ।
५. अल्लाहको सन्तान छ भनी अभियोग लगाउनेहरूसँग उनीहरूले लगाएको अभियोगलाई प्रमाणित गर्नका निम्ति न ज्ञान छ र न कुनै प्रमाण नै र यस विषयमा उनीहरूले अनुसरण गर्ने गरेका पूर्वजहरूसँग पनि छैन । उनीहरूको मुखबाट बिना विवेक निस्केको यो कुरा अति घृणित छ । उनीहरूले भनेको कुरा झुठो, आधारहीन र तथ्यहीन रहेको छ ।
६. सम्भवतः - हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) - तिनीहरूले यस कुरआनमाथि आस्था राखेनन् भनी चिन्तित भएर तपाईंले आफ्नो ज्यान नै गुमाउनु हुनेछ । यसो न गर्नुहोस् । यिनीहरूको मार्गदर्शन तपाईंको जिम्मामा छैन । बरू तपाईंको दायित्व सन्देश पुर्याउनु मात्र हो ।
७. उनीहरूमध्ये कसले अल्लाहको प्रसन्नताको लागि सत्कर्म गर्नेछ र कसले अल्लाहको अवज्ञा गर्दै कूकर्म गर्नेछ भनी परीक्षा लिनका लागि यस संसारमा रहेका सम्पूर्ण सृष्टिलाई हामीले यस संसारकोलागि शोभा बनायौं । अनि सम्पूर्णलाई उनीहरूले कमाएको अनुसार नै हामी बदला दिनेछौँ ।
८. अनि हामी यस संसारमा रहेका सम्पूर्ण सृष्टिलाई यस जीवनको समाप्ति पश्चात बोटबिरुवा रहितको माटो बनाईदिने छौं । यसबाट शिक्षा ग्रहण गर्नु उनीहरूलाई उचित हुनेछ ।
९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यो कदापी नठान्नुहोला कि गुफावालाहरू र उनीहरूको नाम लेखिएको शिलालेखको कथा हाम्रा निशानीहरूमध्येका अति आश्चर्यजनक निशानीहरू हुन् बरू त्यसबाहेकका निशानीहरू बढी आश्चर्यजनक छन् जस्तै कि आकाशहरू तथा धर्तीको सृष्टि गर्नु ।
१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस्, जब ती मोमिन नवयुवकहरू आफ्नो आस्थालाई जोगाउन भागेर आश्रय लिन पुगे । अनि आफ्ना पालनकर्तासित दुआ गरेः "हे हाम्रा पालनकर्ता ! हामीलाई आफ्नो विशेष कृपाको पात्र बनाउनुहोस् । हाम्रा पापहरू क्षमा गर्नुहोस्, हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, अधर्मीहरुबाट बचेर भाग्नु र आस्थाको सुरक्षा गर्नुलाई हाम्रो लागि सत्यताको बाटोमा हिँड्ने र भलाईको साधन बनाइदिनुहोस् ।
११. अनि गुफा गएर आश्रय लिए पश्चात हामीले उनीहरूलाई आवाजको कारणले वाढा नआउनका निम्ति उनीहरूको कानमा पर्दा पार्यौं र धेरै वर्षको लागि उनीहरूलाई सुतायौं ।
१२. लामो समयको निद्रा पश्चात हामीले उनीहरूलाई ब्यूँझायौं । गुफामा बिताएको अवधिको विषयमा विवादास्पद दुबै समूहमध्ये कसले राम्ररी जान्दछन् भनी हेरौं भन्ने हाम्रो उद्देश्य थियो ।
१३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंलाई तिनीहरूको वास्तविक कथा सुनाउँदैछौं र यसमा कुनै शंका छैन । तिनीहरू नवयुवक थिए जसले आफ्ना पालनकर्तामा आस्था राखेका थिए र उहाँको अनुसरण गर्थे । तसर्थ हामीले उनीहरूलाई अझै मार्गदर्शन प्रदान गर्यौं र इस्लाममाथि कायम रहन अडिग तुल्यायौं ।
१४. हामीले त्यसबेला उनीहरूको हृदयमा आस्थालाई सुदृढ तुल्यायौं, आस्थामा अडिग राख्यौं र उनीहरूलाई मातृभूमि छाडेर पलायन हुनका निम्ति धैर्य धारण गर्ने शक्ति प्रदान गर्यौं । उनीहरूले अधर्मी राजा समक्ष सत्य ईश्वर अल्लाहमाथि आफ्नो आस्थाको प्रदर्शन गरे र भनेः "हाम्रा पालनकर्ता नै आकाशहरू तथा यस धर्तीका पालनकर्ता हुनुहुन्छ । उहाँमाथि हामीले आस्था राख्यौं र उहाँकै उपासना गर्यौं । हामी कदापी उहाँबाहेक ईश्वरहरूको झूठो उपासना गर्ने छैनौं । यदि उहाँबाहेक अरू कसैको उपासना गर्यौं भने हामीले नितान्त सत्यबाट टाढिएको काम गर्यौं ।"
१५. त्यसपछि तिनीहरूले एक अर्कालाई सम्बोधन गर्दै भने "यी मानिसहरूले अल्लाहबाहेक अरूलाई उपास्य बनाएका छन् । वास्तवमा उनीहरूसँग तिनीहरू उपासनाको लायक भएको स्पष्ट प्रमाण छैन । अल्लाहको साझेदार ठहर गरेर अल्लाहमाथि मिथ्या अभियोग लगाउने व्यक्तिभन्दा बढी अन्धकारमा कोही छैन ।"
१६. तिमीहरूले आफ्ना समुदायलाई र उनीहरूले अल्लाहबाहेक पुज्ने गरेका सम्पूर्णलाई छोडेका छौ र तिमीहरूले केवल अल्लाहको उपासना गर्ने सङ्कल्प गरेका छौ । तसर्थ आफ्नो आस्थाको सुरक्षाको लागि गुफामा शरण लिऊ । तिम्रा पवित्र पालनकर्ताले तिमीहरूका लागि आफ्ना दयालाई फैलाउनु हुनेछ, तिमीहरूको शत्रुबाट तिमीहरूलाई बचाउनु हुनेछ र सुरक्षा प्रदान गर्नुहुनेछ । तिमीहरूलाई आफ्नै समुदायमा आफ्नो जीवन व्यतीत गर्न सहज हुनेछ ।
१७. उनीहरूले आदेश भए अनुसार गरे र अल्लाहले उनीहरूलाई निद्रा प्रदान गर्नुभयो र उनीहरूको शत्रुबाट उनीहरूलाई बचाउनुभयो । सूर्य पुर्वबाट उदाउने समयमा उनीहरूको गुफाको दायाँतिर ढल्कदै उदाउँथ्यो र अस्ताउने समयमा उत्तरतिर ढल्कदै अस्ताउँथ्यो तर सीधा गुफामा पर्दैनथ्यो । उनीहरू सदा छायामा नै हुने गर्दथे । उनीहरू गुफाको खुल्ला ठाउँमा थिए जहाँ उनीहरूलाई चाहिने जति हावा आउँथ्यो । उनीहरूले गुफामा शरण लिनु, त्यहाँ निदाउनु, घामबाट जोगिनु, उनीहरूको ठाउँ फराकिलो हुनु र उनीहरूको समुदायबाट जोगिनु अल्लाहको प्रभुत्वशाली हुनुको प्रमाण हो । जसलाई अल्लाहले मार्ग देखाउनु हुनेछ उसले साँच्चिकै सत्मार्ग प्राप्त गर्नेछ र जसलाई उहाँले पथभ्रष्ट गर्नु हुनेछ उसले मार्गदर्शन गर्ने कोही सहयोगी पाउँने छैन किनकि अल्लाहले मात्र मार्गदर्शन गर्नु हुन्छ ।
१८. उनीहरूको आँखा खोलिएको देखेर लाग्थ्यो कि उनीहरू ब्यूँझेका छन् । वास्तवमा उनीहरू सुतिरहेका थिए । धर्तीले उनीहरूको शरीरलाई नखाओस् भनी हामी निद्रामा कहिले दाहिनेतिर र कहिले देब्रेतिर उनीहरूको कोल्टो फेर्थ्यौं । उनीहरूको कुकुर उनीहरूको साथमा थियो जसले आफ्ना दुईवटा खुट्टा गुफाको द्वारमा पसारेर बसिरहेको थियो । यदि तिमीले उनीहरूलाई देखेको भए भयभीत भएर भाग्ने थियौ र तिम्रो मनमा उनीहरूको डर बस्ने थियो ।
१९. हामीले आफ्ना प्रभुत्वको प्रमाण स्वरूप उनीहरूलाई लामो समयको अन्तराल पश्चात ब्यूँझायौं । त्यहाँ सुतेको अवधिको विषयमा उनीहरू एकआपसमा प्रश्न गर्न थाले । केही व्यक्तिहरूले जवाफ दियेः एक दिन वा एक दिन भन्दा पनि कम । र केहीले भनेः तिमीहरूले सुतेको अवधिबारे तिम्रा पालनकर्ता नै राम्ररी जान्नुहुन्छ । तसर्थ आफूमध्ये एकजनालाई आफ्नो यो चाँदीको मुद्रा दिएर सहरतर्फ पठाऊ । उसले सावधानीकासाथ सहरबाट राम्रा र पवित्र आहार लिएर आओस् । कसैले पनि तिमीहरूको यस ठाउँको विषयमा चाल नपाओस् नत्र ठूलो हानि हुनेछ ।
२०. यदि तिम्रो समुदयले तिमीहरू र तिमीहरूको यस ठाउँको विषयमा चाल पाए भने उनीहरूले तिमीहरूलाई ढुङ्गाले हिर्काएर मार्नेछन् वा तिमीहरूलाई उनीहरूले आफ्नो आस्थातिर फर्काएर लानेछन् जुन आस्था तिमीहरूको पनि थियो । यदि तिमीहरू त्यस असत्य आस्थातिर फर्केर गयौ भने यस सांसारिक जीवन र पारलौकिक जीवन दुबैमा असफल हुनेछौ र ठूलो घाटा बेहोर्नेछौ ।
२१. हामीले आफ्नो शक्तिको प्रमाण स्वरूप उनीहरूलाई धेरै वर्षसम्म सुतायौं । त्यसपश्चात उनीहरूलाई ब्यूँझायौं र उनीहरूका सहरबासीहरूलाई उनीहरूको स्थितिबारे सूचित गर्यौं । मोमिनहरूको सहयोग गर्ने, मृत्युपश्चातको जीवनको अस्तित्व र महाप्रलय आउने सम्बन्धमा कुनै सन्देह छैन भनी उनीहरूलाई अवगत गरायौं । जब गुफावालाहरूको स्थिति स्पष्ट भयो अनि त्यसपश्चात उनीहरूको मृत्यु भयो त्यहाँ उपस्थितहरूमा यिनीहरू को के गर्ने भन्ने विषयमा मतभेद भयो । केही व्यक्तिहरूले भनेः उनीहरूलाई छोप्न र उनीहरूको सुरक्षाको लागि उनीहरूको गुफाको ढोकामाथि एउटा भवनको निर्माण गर । उनीहरूको पालनकर्ता उनीहरूको अवस्था राम्ररी जान्नुहुन्छ । अल्लाहको नजरमा उनीहरूको महत्वपूर्ण स्थान रहेको छ । अज्ञानी व्यक्तिहरूले भनेः उनीहरूको सम्मानमा र यस ठाउँको स्मरणमा हामी यस ठाउँलाई उपासनाका लागि मस्जिद बनाउने छौं ।
२२. उनीहरूको विषयमा चर्चा गर्नेहरूमध्ये केहीले उनीहरूको संख्याको विषयमा भन्नेछन्- उनीहरू तीन जना थिए र चौथो उनीहरूको कुकुर थियो । केहीले भन्नेछन्- उनीहरू पाँच जना थिए र छैठौं उनीहरूको कुकुर थियो । दुबै समूहले आफ्नो सोंच अनुसार भने तर यसको कुनै प्रमाण छैन । केहीले भन्नेछन्- उनीहरू सात जना थिए र आठौं उनीहरूको कुकुर थियो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्, उनीहरूको संख्याको विषयमा मेरो पालनकर्तालाई राम्ररी थाहा छ । अल्लाहले थोरैलाई मात्र उनीहरूको वास्तविक संख्याको ज्ञान दिनुभएको छ । उनीहरूको संख्या र अवस्थाको विषयमा कसैसँग वादविवाद नगर्नुहोस् बरू स्पष्ट तर्क प्रस्तुत गर्नुहोस् । उनीहरूको विषयमा जति तपाईंलाई वही मार्फत अवगत गराइएको छ त्यतिमा नै सन्तुष्ट हुनुहोस् । उनीहरूमध्ये कसैलाई पनि उनीहरूको विषयमा नसोध्नुहोस् किनकि उनीहरूलाई यसको ज्ञान छैन ।
२३. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले भोली गर्ने सोंच बनाउनुभएको कामलाई म यो काम भोली गर्नेछु भनी नभन्नुहोस् किनकि तपाईंलाई थाहा छैन कि तपाईंले त्यो काम गर्नुहुनेछ वा गर्न असफल हुनुहुनेछ । यो निर्देशन प्रत्येक मुस्लिमको लागि हो ।
२४. बरू आफ्नो सोंचलाई अल्लाहको इच्छाको अधिनमा राखि भन्नुहोस्- यदि अल्लाहले चाहनुभयो भने म भोली यो काम गर्नेछु । यसरी अल्लाहको स्मरण गर्नुहोस् तर यदि तपाईंले यो भन्न विर्सनुभयो भने, भन्नुहोस् - आशा छ कि मेरा पालनकर्ताले मलाई यस मामिलामा सीधा मार्ग देखाउनुहुनेछ ।
२५. गुफावालाहरू गुफामा तीन सय नौं वर्ष रहे ।
२६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्, गुफामा उनीहरूको बसाई कति वर्ष रह्यो भनी अल्लाहलाई राम्ररी थाहा छ । हामीहरूको लागि यसमा उनीहरूको बसाईको अवधि उल्लेख गरिएको छ । पवित्र अल्लाहको भनाई पश्चात अरू कसैको कुराको महत्व रहँदैन । आकाशहरू तथा धर्तीका सम्पूर्ण अदृश्य कुराहरूको ज्ञान केवल अल्लाहलाई छ । अल्लाहको दृष्टि कति असाधारण छ ! उहाँले सबै देख्नुहुन्छ । र उहाँको सुन्नेशक्ति कति असाधारण छ ! उहाँले सबै सुन्नुहुन्छ । उहाँबाहेक उनीहरूको संरक्षणका लागि कोही संरक्षक छैन । उहाँ आफ्नो शासनमा कसैलाई साझेदार बनाउनु हुन्न । उहाँमात्र एक्लो शासक हुनुहुन्छ ।
जब अल्लाहले शासनको मालिक उहाँ मात्र हुनुहुन्छ भन्ने कुरा उल्लेख गर्नुभयो तब उहाँले आफ्ना सन्देष्टालाई उहाँमाथि अवतरित कुरआनको पाठ गर्ने र त्यसको अनुसरण गर्ने आदेश दिँदै भन्नुभयोः
२७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले अवतरण गर्नुभएको कुरआनको पाठ गर्नुहोस् र त्यसको अनुसरण गर्नुहोस् । उहाँका कुराहरूलाई कसैले परिवर्तन गर्न सक्दैन किनकि त्यो पूर्णतया सत्य र निसाफमा आधारित रहेका छन् । तपाईंले उहाँबाहेक अर्को आश्रय कदापी पाउनुहुने छैन ।
२८. बिहान र बेलुका एकाग्रताका साथ आफ्ना पालनकर्तासँग दुआ गर्नेहरूसँग आफूलाई जोडेर राख्नुहोस् । आफ्नो समाजका धनी तथा प्रतिष्ठिट व्यक्तित्वहरूसँग बस्ने अवसर प्राप्त गर्नको लागि आफ्नो दृष्टि यिनीहरूबाट नफेर्नुहोस् । हाम्रो सम्झनाबाट आफ्नो मनलाई वञ्जित राखेको कारणले जसको हृदयलाई हामीले सिल लगाइदिएका छौं उसको कुरा नसुन्नुहोस् । उसले तपाईंलाई आफ्नो सभामा गरिबहरूलाई नराख्न भन्यो र आफ्ना पालनकर्ताको अनुसरण गर्न छोडेर आफ्नै मनमानी गर्यो । तसर्थ परिणाम स्वरूप उसका क्रियाकलापहरू नष्ट भए ।
२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहको सम्झनाबाट आफ्नो मनलाई वञ्चित राख्नेहरूलाई भन्नुहोस्- म तिमीहरूसमक्ष जे (कुरआन) लिएर आएको छु त्यो नितान्त सत्य हो र त्यो अल्लाहको तर्फबाट हो, मेरो तर्फबाट होइन । तिमीहरूले मलाई मोमिनहरूलाई छोड्न भनेको कुरालाई म मान्दिन । यस सत्यतालाई स्वीकार गर्दै तिमीहरूमध्ये कोही आस्था अपनाउन चाहन्छ भने ऊ अपनाओस् । यसको प्रतिफल देखेर ऊ प्रसन्न हुनेछ । जो यसलाई अस्वीकार गर्न चाहन्छ ऊ अस्वीकार गरोस् । उसको पर्खाईमा बसेको यातनालाई देखेर ऊ दुखीत हुनेछ । आस्थालाई अस्वीकार गरेर आफैमाथि अत्याचार गर्नेहरूका लागि हामीले विशाल आगो तयार पारेका छौं जसलाई चारैतिरबाट पर्खालले घेरेको छ । त्यसबाट उनीहरू उम्कन सक्ने छैनन् । तिर्खा लागेर जब उनीहरू पानी माग्ने छन् उनीहरूलाई तिर्खा मेटाउनका लागि पग्लेको तांबा जस्तो उम्लिरहेको पानी दिइनेछ जसले उनीहरूको अनुहारहरूलाई भुट्नेछ । यो अति नै नराम्रो पेय हो जुन उनीहरूलाई पिउनका निम्ति दिइनेछ । यसले उनीहरूको तिर्खालाई झन् बढाइदिनेछ । उनीहरूको छाला पोल्ने आगो कहिल्यै निभ्ने छैन । नर्क अति नै नराम्रो बासस्थान हो ।
अल्लाहले कुरआनमा जहाँ अत्यचारीको लागि यातना तयार पारेर राखिएको जिकिर गर्नुभएको छ त्यहीँ मोमिनहरूका लागि तयार पारेर राखिएको उत्कृष्ट प्रतिदानको पनि जिकिर गर्नुभएको छ । उहाँ भन्नुहुन्छः
३०. अल्लाहमाथि आस्था राख्ने र सत्कर्म गर्नेहरूको लागि ठूलो प्रतिदान रहेको छ । सत्कर्म गर्नेहरूको प्रतिदानलाई हामी व्यर्थ जान दिँदैनौं । बरू हामी उनीहरूलाई पूरा पूरा बदला दिनेछौं रत्ती भर नि कमि गरिने छैन ।
३१. सत्कर्म गर्नेहरूका लागि बासस्थान स्वरूप बगैंचाहरू रहेका छन् जसमा उनीहरू सदा रहनेछन् । उनीहरूको घरहरूको तलतिरबाट मीठो पानीका नदिहरू बगिरहेका हुनेछन् । त्यहाँ उनीहरूलाई सुनका बालाहरू लगाएर सजाइनेछ । अनि उनीहरूलाई रेशमको बाक्लो र पातलो कपडा लगाइनेछ । प्यारा प्यारा पर्दाहरूले सजिएका खाटमा अडेस लागेर बस्नेछन् । कति राम्रो उनीहरूको प्रतिदान र कति राम्रो बासस्थान हो स्वर्ग ।
अत्याचारीहरूले पाउने यातना र मोमिनहरूले पाउने उत्तम प्रतिफलको जिकिर पश्चात उनीहरूको उदाहरण दिनुभएको छ । उहाँले भन्नुभयोः
३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! दुईजना व्यक्ति अर्थात काफिर र मोमिनको उदाहरण दिनुहोस् । हामीले ती दुईमध्ये काफिरलाई दुईटा बगैंचा दियौं जसलाई हामीले खजुरका रूखहरूद्वारा घेरेका थियौं र ती दुबै बगैंचाहरूबीच अन्नबाली पनि लगाएका थियौं ।
३३. दुबै बगैंचाले खजुर, अङ्गूर र अन्नहरू उत्पादन गर्यो । उत्पादनमा कुनै कमि गरिएको थिएन बरू प्रशस्त थियो । हामीले ती दुईलाई सिचाई गर्नका निम्ति बीचमा एउटा नहर बगाइदियौं ।
३४. ती दुबै बगैंचाको मालिकसँग अरू पनि धन-सम्पत्ती र फलफुल थिए । उसले आफ्नो मुस्लिम साथीलाई भन्यो, म तिमीभन्दा धनी र प्रतिष्ठित छु र मेरो घराना धेरै शक्तिशाली छ ।
३५. आफ्नो बगैंचा देखाउनका निम्ति काफिर मोमिनलाई लिएर भित्र गयो । उसले कुफ्र र घमण्डले गर्दा आफूमाथि अत्याचार गरेको थियो । काफिरले भन्योः मैले यस बगैंचाको सुरक्षाको लागि गरेको व्यवस्थाका कारण यो बगैंचा कहिले सखाप हुनेछैन ।
३६. महाप्रलय आउँछ भन्ने मलाई लाग्दैन । यो जीवन नै असल जीवन हो । यदि महाप्रलय आयो र मलाई मेरो पालनकर्तातिर फर्काएर लगियो भने पनि मैले मेरा यी बगैंचाभन्दा उत्तम बगैंचाहरू पाउनेछु र यहाँभन्दा धनी हुनेछु ।
३७. उसको मोमिन साथीले जवाफ दिँदै भन्योः के तिमी त्यस अस्तित्वलाई नकार्छौ जसले तिम्रो पुर्खा आदम (अलैहिस्सलाम) को सृष्टि माटोबाट गर्नुभयो र तिम्रो सृष्टि विर्यको थोपाबाट । अनि तिमीलाई एउटा मानव बनाउनुभयो र तिम्रा अङ्गहरू बनाएर तिमीलाई पूर्ण रूप दिनुभयो । यस कार्यमाथि सामर्थ्य राख्ने अस्तित्वले तिमीलाई मृत्युपश्चात उठाउने सामर्थ्य अवश्य राख्नुहुन्छ ।
३८. म तिम्रो भनाईसँग सहमत छैन । बरू म भन्छुः मेरा पालनकर्ता पवित्र एवं कृपावान हुनुहुन्छ । म उहाँबाहेक अरू कसैको उपासना गर्दिन ।
३९. यदि तिमीले मलाई धन र सन्तानमा आफूभन्दा कमतर ठानेका छौ भने तिमी बगैंचामा प्रवेश गर्दा यो सबै अल्लाहको चाहनाले भएको हो र केवल अल्लाहलाई यसको सामर्थ्य छ किन भनेनौं ? उहाँ जे चाहनुहुन्छ गर्नुहुन्छ, उहाँ शक्तिशाली हुनुहुन्छ ।
४०. अल्लाहले मलाई यस बगैंचाभन्दा राम्रो दिनुहुन्छ र तिम्रो बगैंचामाथि आकाशबाट प्रकोप पठाउनुहुन्छ भन्ने मलाई विश्वास छ । जसले गर्दा त्यो बाँझो भूमिमा परिणत हुनेछ ।
४१. वा कुनै पनि साधनको सहयोगले तान्न नसक्ने गहिराइसम्म पानी पुग्नेछ । पानी सुखेपछि बगैंचाको अस्तित्व बाँकी रहँदैन ।
४२. मोमिनले गरेको विश्वास पुरा भयो । काफिरको बगैंचाका फलहरू सखाप भए । सुरक्षा व्यवस्थाको लागत नष्ट भएको देखेर उसलाई पश्चताप हुन थाल्यो । अंगुरका हाँगाहरू फैलिएका खम्बाहरूमा बगैंचा खसेको थियो । उसले भन्न थाल्योः यदि मैले आफ्ना पालनकर्ताको साझेदार नबनाइ केवल उहाँको मात्रै उपासना गरेको भए राम्रो हुने थियो !
४३. काफिरलाई यातनाबाट बचाउने कोही पनि थिएन । ऊ आफ्ना सहयोगीहरूको विषयमा घमण्ड गर्ने गर्थ्यो तर उसले आफ्नो बगैंचालाई बचाउन सकेन ।
४४. सहयोग केवल अल्लाहको हातमा छ । अल्लाहको प्रतिदान र पारलौकिक जीवन उहाँका मोमिन भक्तहरूका लागि उत्तम रहेको छ ।
४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! संसारमै रमाएकाहरूलाई यस संसारको विनाशको उदाहरण दिनुहोस् । जसरी आकाशबाट परेको पानीले अन्नबाली लाग्छ अनि पछि सुखेर जान्छ । त्यसलाई हवाले उडाएर अन्तै लैजान्छ र धर्ती आफ्नो पुरानै अवस्थामा फर्कन्छ । यसरी नै संसारको विनाश हुनेछ । अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ र उहाँलाई कोही पनि असमर्थ तुल्याउन सक्दैन । तसर्थ उहाँ जे चाहनुहुन्छ जीवित पार्नुहुन्छ र जे चाहनुहुन्छ नष्ट गर्नुहुन्छ ।
४६. धनसम्पत्ति र सन्तानहरू यस संसारका शोभा हुन् । यदि धनसम्पत्तिलाई आल्लाहको प्रसन्नता प्राप्तिका लागि खर्च गरिएन भने परलोकमा यसको कुनै महत्व रहँदैन । सांसारिक जीवनको शोभा र मानिसहरूको आशाभन्दा सत्कर्मको प्रतिदान उत्तम रहेको छ किनकि सांसारिक जीवनको शोभा नष्ट हुनेछ तर सत्कर्मको प्रतिदान सदा बाँकी रहनेछ ।
४७. त्यस दिनलाई याद गर्नुहोस् जब पहाडहरू आफ्नो ठाउँबाट हटाइनेछन् । पहाड, रूख र भवनहरू नष्ट पारिएको कारणले तिपाईले धर्तीलाई खुल्ला चौर देख्नुहुनेछ अनि हामी सम्पूर्ण सृष्टिलाई भेला पार्नेछौं ।
४८. मानिसहरूलाई उनका पालनकर्तासमक्ष पंतिबद्ध ल्याइनेछ र उनीहरूको हिसाब लिइनेछ । उनीहरूलाई भनीनेछः तिमीहरू जन्मेको बेला जस्तै एक्लै, खाली खुट्टा र बिना कपडा हामीसमक्ष आएकाछौ । तिमीहरूले त हिसाबकिताबको लागि भेला नै नहुने भनी ठानेका थियौ ।
४९. अनि तिनीहरूसमक्ष कर्मपत्र राखिनेछ । कसैले दाहिने हातमा लिनेछन् भने कसैले देब्रे हातमा । हे मानव ! काफिरहरूले गरेका अवज्ञालाई त्यहाँ अङ्कित देखेर उनीहरू डराइरहेका तिमीले देख्नेछौ । उनीहरूले भन्नेछन्- ‘कस्तो दुर्भाग्य हाम्रो ! कस्तो कर्मपत्र हो यो ! यसले त हाम्रा साना ठूला सबै कार्यहरू लेखेर सुरक्षित गरेको छ ।’ उनीहरूले गर्ने गरेका सम्पूर्ण पाप र अवज्ञाहरूलाई त्यसमा सुरक्षित राखेको देख्नेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताले कसैमाथि अत्याचार गर्नुहुनेछैन र पापीहरूलाई मात्र दण्ड दिनुहुनेछ । अनि सत्कर्मीहरूको प्रतिदानमा रत्ती भर नि कमि गर्नुहुनेछैन ।
५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस् जब हामीले फरिश्ताहरूलाई आदम (अलैहिस्सलाम) लाई सम्मान गर्नको लागि सज्दा गर्ने आदेश दियौं । इब्लीसबाहेक सबैले सज्दा गरे । ऊ जिन थियो, फरिश्ता थिएन । उसले अस्वीकार गर्यो र घमण्डको कारणले सज्दा गरेन । परिणाम स्वरूप ऊ आफ्नो पालनकर्ताको अवज्ञाकारी हुन पुग्यो । हे मानिसहरू ! के तिमीहरू मलाई छोडी उसलाई र उसका सन्तानहरूलाई आफ्ना मित्र बनाउँछौ वास्तवमा उनीहरू तिमीहरूका शत्रु हुन् । तिमीहरू आफ्ना शत्रुहरूलाई कसरी मित्र बनाउँन सक्छौ ?! अल्लाहको मित्रतालाई छोडेर शैतानलाई मित्र बनाउने अत्याचारीहरू अति घृणित छन् ।
५१. तिमीहरूले अल्लाहलाई छोडी जसलाई मित्र बनाएका छौ उनीहरू पनि तिमीहरू जस्तै भक्त हुन् । आकाश र धर्तीको सृष्टिको समयमा उनीहरू उपस्थित नै थिएनन् । उनीहरू एक अर्काको सृष्टिको समयमा पनि उपस्थित थिएनन् । मैले एक्लैले सृष्टि गरेको हो । मैले पथभ्रष्ट मनुष्य र जिनको सहयोग लिएको थिइन बरू मलाई सहयोगको आवश्यकता नै छैन ।
५२. हे रसूल (सल्लाहु अलैहि व सल्लम) ! उनीहरूलाई कयामतको दिनको स्मरण गराउनुहोस् जब संसारमा शिर्क गर्नेहरूलाई अल्लाहले भन्नुहुनेछः आफ्नो सहयोगको लागि तिमीहरूले बनाएका साझेदारहरूलाई बोलाऊ । न उनीहरू आउनेछन् न सहयोग नै गर्नेछन् । हामी मिथ्या उपास्य र उपासकहरूलाई लागि नरकलाई साझा स्थान बनाउनेछौं ।
५३. मुश्रिकहरूले नर्क देख्ने बित्तिकै उनीहरू त्यसैमा जानेछन् भनी बुझ्नेछन् र उनीहरूले त्यसबाट बचेर शरण लिने कुनै ठाउँ नै पाउने छैनन् ।
५४. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित यस कुरआनमा हामीले उनीहरूलाई सम्झाउनका निम्ति थुप्रै उदाहरणहरू प्रस्तुत गर्यौं तर मानव र विशेष गरी काफिर प्रमाण बिना नै झगडा गर्न थाल्यो ।
५५. काफिरहरूलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले लिएर आउनुभएको कुरआनमा आस्था राख्नबाट कुन कुराले रोकिरहेको छ । उनीहरू किन अल्लाहसँग आफ्ना पापहरूको क्षमा याचना गरिरहेका छैनन् ? उनीहरूका लागि कुरआनमा उदाहरणहरू दिइएका छन् र उनीहरूले स्पष्ट प्रमाण देखिसकेका छन् । वास्तवमा पहिलेका समुदायहरूमाथि आएको प्रकोप उनीहरूमाथि पनि आओस् र जुन प्रकोपबाट उनीहरूलाई डराइएको छ त्यो प्रकोप हेराइयोस् भनी गरेको हठधर्मिले उनीहरूलाई रोकेको छ ।
५६. हामीले मोमिनहरूलाई शुभसूचना दिन र काफिरहरूलाई सचेत गर्न रसूलहरू पठाएका हौं । उनीहरू मार्गदर्शन गर्ने सामर्थ्य राख्दैनन् । तर सत्यता जाहेर भएसँगै काफिरहरू असत्यताको सहयोगले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित सत्यतालाई पराजित गर्न अनि कुरआनको उपहास गर्न आफ्ना रसूलहरूसँग बहस गर्न थाले ।
५७. जसलाई उसका पालनकर्ताका निशानीहरू देखाएपछि उसले त्यसमा उल्लेख यातनाको चेतावनीलाई बेवास्ता गर्यो त्योभन्दा ठूलो अत्याचारी को हुन सक्छ र ? बरू उसले यस संसारमा गरेको कुफ्र र पापहरू बिर्स्यो र कहिल्यै पश्चाताप गरेन । हामीले यस्ता व्यक्तिहरूको हृदयलाई पर्दाले ढाकिदिएका छौं र कान बहिरो बनाइदिएका छौं जसले गर्दा उनीहरू न कुरआन सुन्न सक्छन् न बुझ्न नै । यदि यस्ता व्यक्तिहरूलाई तपाईं आस्था अपनाउन आह्वान गर्नुहुन्छ भने उनीहरूको हृदय पर्दाले ढाकिएकाले र उनीहरू बहिरा भएकाले कहिल्यै पनि तपाईंको आह्वानलाई स्वीकार्न सक्नेछैनन् ।
५८. नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले उहाँलाई झुटो ठहर गर्नेहरूको उपचार गर्न सक्नु हुनेछैन । अल्लाहले उहाँलाई भन्नुभयोः हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईको पालनकर्ता आफ्ना तौबा गर्ने भक्तहरूलाई क्षमा गर्नुहुन्छ । उहाँ सबैमाथि दया गर्नुहुन्छ । अवज्ञाकारीहरूलाई पश्चाताप गर्न अवसर प्रदान गर्नु अल्लाहको दया हो । यदि अल्लाहले उनीहरूलाई सजाँय नै दिने हो भने यस संसारमा नै दिनुहुन्थ्यो तर अल्लाह सहनशील र दयावान हुनुहुन्छ । उनीहरूलाई पश्चातापको अवसर प्रदान गर्नका निम्ति सजाँय दिन ढिलो गर्नुभयो । आफ्ना अवज्ञालाई त्याग्नका निम्ति उनीहरूसँग निश्चित समयावधि रहेको छ । यदि यस समायवधिमा उनीहरू पश्चाताप गर्दैनन् भने उनीहरूले अल्लाहको सजाँयबाट बच्ने कुनै आश्रय पाउने छैनन् ।
५९. तिमीहरूका नजिकका हूद, सालिह र शुऐबका गाउँहरूलाई हामीले उनीहरूको कुफ्रको कारणले नष्ट पार्यौं । हामीले उनीहरूको विनाशको एउटा निश्चित समय निर्धारित गरेका थियौं ।
६०. हे रसूल ( सल्लल्लाहु अलैहि व सल्लम) ! स्मरण गर्नुहोस् जब मूसा (अलैहिस्सलाम) ले आफ्नो सेवक यूशअ बिन नूनलाई भन्नुभयो, म दुई समुद्रको संगमस्थलसम्म नपुगुञ्जेल वा असल भक्तलाई नभेटुन्जेल हिँडिरहनेछु र उहाँबाट सिक्नेछु ।
६१. जब उनीहरू दुई समुद्रको संगमस्थलसम्म पुगे आफूसँगै ल्याएको माछालाई बिर्सिए । अनि अल्लाहले माछालाई जीवित पार्नुभयो र त्यसले समुद्रमा सुरुङ झैं बाटो बनायो ।
६२. जब तिनीहरू त्यस ठाउँबाट अगाडि बढे मुसा (अलैहिस्सलाम) ले आफ्ना सेवकलाई भन्नुभयोः अब हाम्रो खाना ल्याऊ, यस यात्राबाट हामी एकदमै थाकिसकेका छौं ।
६३. सेवकले भन्योः तपाईंलाई थाहा छ ? जब हामी चट्टानमा अडेस लागेर आराम गरिरहेका थियौं, म तपाईंलाई माछाको विषयमा भन्न बिर्सें र शैतानले नै मलाई त्यसबारे तपाईंलाई बताउन बिर्सायो । माछा जिउँदो भयो र त्यसले समुद्रमा अचम्म तरिकाले बाटो बनाएर गयो ।
६४. मूसा (अलैहिस्सलाम) ले भन्नुभयोः यही हो हामीले खोजेको । यो असल भक्तको निशानी हो । बाटो बिराउने डरले दुबै जना आफ्नै पद चिन्ह पछ्याउँदै गए । उनीहरू चट्टान भएको ठाउँमा पुगे र त्यहाँबाट माछा गएको ठाउँसम्म ।
६५. जब उनीहरू माछा हराएको ठाउँसम्म पुगे, उनीहरूले त्यहाँ हाम्रा भक्तहरूमध्ये एक जना असल भक्तलाई भेटे (उहाँ खिज्र अलैहिस्सलाम हुनुहुन्छ) । हामीले उहाँमाथि विशेष कृपा गरेका थियौं र उहाँलाई विशेष ज्ञान प्रदान गरेका थियौं । यस्तो ज्ञान हामीले अरूहरूलाई दिएका थिएनौं र यस कथाको आधार नै यही हो ।
६६. मूसा (अलैहिस्सलाम) ले उहाँलाई नम्रतापुर्वक सोध्नुभयोः अल्लाहले तपाईंलाई सिकाउनु भएको सत्यताको बाटो देखाउने ज्ञान तपाईंसँग सिक्नका निम्ति के म तपाईंको अनुसरण गर्न सक्छु ?
६७. खिज्र (अलैहिस्सलाम) ले भन्नुभयोः मेरो ज्ञानको विषयमा थाहा पाएपछि तपाईंले धैर्य धारणको क्षमता राख्न सक्नुहुन्न किनकि मेरो ज्ञान तपाईंको ज्ञानसँग कुनै मेल राख्दैन ।
६८. जुन कार्य सही भएको ज्ञान तपाईंलाई छैन त्यो कार्य भएको देखेर तपाईं कसरी धैर्य गर्न सक्नुहुन्छ ?! किनकि त्यसको मुल्याङ्कन त तपाईंले आफ्नो ज्ञानको आधारमा गर्नुहुनेछ ।
६९. मूसा (अलैहिस्सलाम) ले भन्नुभयोः अल्लाहले चाहनुभयो भने तपाईंले गर्नुभएको कार्यको विषयमा तपाईंले मलाई सहनशील पाउनुहुनेछ । तपाईंको कुनै पनि आदेशको उल्लङ्घन गर्ने छैन ।
७०. खिज्र (अलैहिस्सलाम) ले मूसा (अलैहिस्सलाम) लाई भन्नुभयोः तपाईंले मेरो अनुसरण गर्ने क्रममा मैले गरेका कामहरूको विषयमा कुनै प्रश्न नगर्नु होला । म आफै त्यसका कारणहरू खुलाउने छु ।
७१. जब दुबै जना यस कुरामा सहमत भए । उनीहरू समुद्री तटतिर गए र त्यहाँ एउटा डुङ्गा चढे । खिज्र (अलैहिस्सलाम) को सम्मानमा त्यसको भाँडा लिइएन तर खिज्र (अलैहिस्सलाम) ले त्यसका काठका टुक्राहरूमध्येबाट एउटा टुक्रा झिकेर त्यसमा क्षती पुर्याउनुभयो । अनि मूसा (अलैहिस्सलाम) ले भन्नुभयोः के तपाईले यसका सवारहरूलाई डुबाउन खोज्नुभएको हो जसले हामीसँग भाँडा पनि लिएका छैनन् ?! तपाईंले स्वीकार्न नसकिने कार्य गर्नुभयो ।
७२. खिज्र (अलैहिस्सलाम) ले मूसा (अलैहिस्सलाम) लाई भन्नुभयोः मेरा कार्यहरू देखेर तपाईंले धैर्य धारणको क्षमता राख्न सक्नुहुन्न भनी मैले भनेकै थिएँ ।
७३. मूसा (अलैहिस्सलाम) ले खिज्र (अलैहिस्सलाम) लाई भन्नुभयोः मैले बिर्सेर बचन तोडेको खण्डमा मलाई दण्ड नदिनुहोस् र मप्रति निर्दयी नबन्नुहोस् ।
७४. डुङ्गाबाट तल झरेपछि तिनीहरू किनारमा हिंड्न थाले र तिनीहरूले एउटा नाबालक केटा भेटे । ऊ अरू केटाहरूसँग खेलिरहेको थियो । खिज्र (अलैहिस्सलाम) ले उसको हत्या गरे । मूसा (अलैहिस्सलाम) ले उहाँलाई भन्नुभयोः के तपाईंले कुनै दोषबिना एउटा नाबालक केटोको हत्या गर्ने दुष्प्रयास गर्नुभयो ?! तपाईंले अति घृणित कार्य गर्नुभयो ।
७५. खिज्र (अलैहिस्सलाम) ले मूसा (अलैहिस्सलाम) लाई भन्नुभयोः हे मुसा (अलैहिस्सलाम) ! तपाईंले धैर्य धारणको क्षमता राख्न सक्नुहुन्न भनी मैले पहिले नै भनेको थिएँ ।
७६. मूसा (अलैहिस्सलाम) ले भन्नुभयोः यदि यसपछि नि मैले तपाईंलाई केही सोधें भने मलाई आफ्नो साथमा नराख्नुहोला । तीन पटक एउटै भूल दोहोरिएको हुनाले तपाईं दोषमुक्त हुनुहुनेछ ।
७७. दुबैजना गाँउबासीहरूसँग खानाको सहयोग माग्दै हिँडे तर कसैले पनि खाना खुवाउन मानेनन् । तैपनि खिज्र (अलैहिस्सलाम) ले त्यहाँ एउटा ढल्न लागेको पर्खाललाई सीधा पारिदिनुभयो । त्यसपछि मूसा (अलैहिस्सलाम) ले खिज्र (अलैहिस्सलाम) लाई भन्नुभयोः यदि तपाईं चाहनुहुन्छ भने यस कामको ज्याला लिन सक्नुहुन्छ किनकि यिनीहरूले सत्कार नगरेको हुनाले हामीलाई यसको आवश्यकता पर्नेछ ।
७८. खिज्र (अलैहिस्सलाम) ले मूसा (अलैहिस्सलाम) लाई भन्नुभयोः मैले यो पर्खाललाई सिधा पारेको खण्डमा ज्याला नलिएकोमा तपाईंले गर्नुभएको यो प्रश्नले तपाईं र मबीच छुट्टिने समय ल्याइदिएको छ । मैले गरेका कामहरूको म विस्तृत जानकारी दिनेछु जसलाई देखेर तपाईंले धैर्य धारण गर्न सक्नुभएन ।
७९. मैले डुङ्गालाई क्षति पुर्याएकोमा तपाईंले आपत्ति जनाउनुभएको थियो । त्यो डुङ्गा समुद्रमा काम गर्ने गरिबहरूको थियो जो त्यसबाट जीवनयापन गर्दथे । आगाडि एउटा राजा छ जो राम्रा डुङ्गाहरू त्यसका मालिकहरूबाट खोसिने गर्छ र बिग्रेकालाई छोडिदिन्छ । त्यस राजाले लिनबाट बचाउनका निम्ति मैले त्यसलाई दोषपूर्ण बनाएँ ।
८०. जुन बालकको हत्यामा आपत्ति जनाउनु भएको थियो उसका मातापिता मोमिन थिए तर अल्लाहको ज्ञान अनुसार ऊ काफिर थियो । ठूलो भएपछि उसले आफ्ना मातापितालाई कुफ्र र अत्याचारका साथ व्यवहार गर्नेछ भन्ने डर थियो किनकि उसका मातापिता उसलाई धेरै नै माया गर्दथे ।
८१. तसर्थ ती दुबैलाई उनका पालनकर्ताले यस्तो सन्तान प्रदान गर्नुहुनेछ जो आस्थावान, असल, पवित्र र आफ्ना मातापितामाथि अत्यन्तै दया गर्ने हुनेछ ।
८२. मैले पर्खाललाई सिधा पार्ने विषयमा पनि तपाईंले आपत्ति जनाउनुभएको थियो । त्यो त्यस सहरका दुई जना केटाहरूको थियो जहाँबाट हामी आयौं । उनीहरूका मातापिताको देहान्त भइसकेको थियो र त्यस पर्खालमुनी उनी दुबैका लागि खजाना गाडिएको थियो । यी दुबैका पिता असल व्यक्ति थिए । तसर्थ, हे मूसा (अलैहिस्सलाम) यी दुबै ठूलो भइसकेपछि त्यहाँबाट त्यो खजाना निकाल्नेछन् भन्ने सोंच तपाईंका पालनकर्ताको थियो । यदि त्यो पर्खाल अहिले ढलेको भए सबैजनाले त्यस खजानाको विषयमा थाहा पाउने थिए र त्यो व्यर्थ जाने थियो । यो मैले आफ्नो विवेकले गरेको होइन बरू यो तपाईंका पालनकर्ताको दया हो ।
अल्लाहले खिज्र (अलैहिस्सलाम) को कथापछि जुल्-कर्नैनको कथाको उल्लेख गर्नुभएको छ किनकि दुबै कथामा कमजोरको सहयोगको समर्थन गरिएको छ । उहाँले भन्नुभयोः
८३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी यहूदि र बहुदेववादीहरू तपाईंलाई जुल्-कर्नैनको विषयमा सोध्छन् । तपाईं भन्नुहोस् म तिमीहरूलाई उहाँको विषयमा केही सुनाउँनेछु । तिमीहरू बिचार गर र त्यसलाई याद गर ।
८४. हामीले उहाँलाई यस धर्तीमा सक्षम बनायौं र गन्तव्यसम्म पुग्नका लागि आवश्यक पर्ने सम्पूर्ण चिजहरू दियौं ।
८५. हामीले प्रदान गरेका साधन र विधिहरू उहाँले अपनाउनुभयो र पश्चिमतिर जानुभयो ।
८६. उहाँ यात्रा गर्दा गर्दै पश्चिममा धर्तीको अन्तिम कुनासम्म पुग्नुभयो र त्यहाँ सूर्यलाई एउटा माटोले भरिएको समुद्रमा डुब्दै गरेको देख्नुभयो । त्यहाँ उहाँले काफिरहरूलाई देख्नुभयो । हामीले उहाँलाई उनीहरूसँग युद्ध गरेर उनीहरूलाई सजायँ दिने वा उनीहरूसँग नम्रताको व्यवहार गर्ने विकल्प दियौं ।
८७. जुल्-कर्नैनले भन्नुभयोः हामीले एक मात्र अल्लाहको उपासना गर्नेतिर आह्वान गरिसकेपछि पनि यदि कोही शिर्कमा अडिग रहन्छ भने यस संसारमा हामी उसलाई सजाय दिनेछौं र कयामतको दिन आफ्नो पालनकर्ता समक्ष गएपछि उहाँले उसलाई डरलाग्दो यातना दिनुहुनेछ ।
८८. तिनीहरूमध्ये जसले आस्था राख्यो र सत्कर्म गर्यो उसको प्रतिदान स्वर्ग रहेको छ । हामी आफ्नो मामिलामा उसँग कोमलताका साथ कुरा गर्नेछौं ।
८९. त्यसपछि उहाँले पूर्वतिरको यात्रा शुरू गर्नुभयो ।
९०. उहाँ यस्तो ठाउँ पुग्नुभयो जहाँ मानिसहरूमाथि सूर्य उदाउँथ्यो तर घाम छेक्नका निम्ति घर र रूखहरू थिएनन् ।
९१. यस्तो थियो उहाँको स्थिति । उहाँका क्षमताका बारेमा हामी राम्ररी जान्दछौं ।
९२. अनि उहाँले उत्तरको यात्रा थाल्नुभयो ।
९३. उहाँ दुईवटा पहाडको बिचमा पुग्नुभयो र त्यहाँ नजिकै उहाँले आफ्नो भाषाबाहेक अरू भाषा नबुझ्ने मान्छेहरूलाई भेटे ।
९४. तिनीहरूले भनेः हे जुल्-कर्नैन ! याजूज र माजूजले यस भूभागमा हत्या हिन्सा गरिरहेका छन् । के उनीहरू र हामीबिच पर्खाल खडा गर्नका लागि तपाईंलाई धनको सहयोग गरौं ?
९५. जुल्-कर्नैनले भन्नुभयोः यस सम्बन्धमा मेरा पालनकर्ताले मलाई यसभन्दा उत्तम चिजहरू दिएर सक्षम बनाउनु भएको छ । तपाईंहरू आवश्यक सामान र सहयोगी हातहरूको व्यवस्था गर्नुहोस् म बलियो पर्खाल खडा गर्दिनेछु ।
९६. मलाई फलामका टुक्राहरू ल्याएर दिनुहोस् । उनीहरूले ल्याएर दिए र उहाँले पर्खाललाई दुबै पहाडहरू बराबर बनाउनुभयो । उहाँले सहयोगीहरूलाई भन्नुभयोः आगो दन्काऊ । फलाम बलेर रातो भएपछि उहाँले भन्नुभयोः त्यसमाथि खन्याउनका लागि तामा ल्याऊ ।
९७. पर्खालको उचाई र कडापनको कारणले याजूज र माजूज त्यसबाट उक्लन सकेनन् र न त्यसको मुनितिर प्वाल पार्न सके ।
९८. जल्-कर्नैनले भन्नुभयो- "यो पर्खाल मेरा पालनकर्ताको कृपा हो । यसको सहयोगले याजूज र माजूज र उनीहरूको विध्वंसलाई निष्कृय गर्नुभएको छ । तर कयामतको दिनभन्दा पहिले तपाईंको पालनकर्ताले उनीहरूको बाहिर आउन निर्धारित गर्नुभएको समय निकट भएपछि त्यस पर्खाललाई नष्ट पारेर त्यस ठाउँलाई समतल बनाउनुहुनेछ । यो अल्लाहको बाचा हो र यो सिद्ध हुनेछ ।
९९. अन्तिम समयमा हामी केही सृष्टिहरूलाई अन्य सृष्टिहरूसँग जुध्न दिनेछौं अनि त्यसपछि सूर फुकिनेछ र सम्पूर्ण सृष्टिलाई हिसाबकिताबका लागि भेला पार्नेछौं ।
१००. हामीले काफिरहरूलाई स्पष्टसँग नर्क देखायौं । उनीहरूले स्वयं आफ्नै आँखाले त्यसको अवलोकन गरे ।
१०१. सांसारिक जीवनमा अल्लाहको यादबाट अनभिज्ञ रहेका काफिरहरूलाई हामीले नर्क देखायौं किनकि उनीहरू अल्लाहको यादप्रति अन्धो बनेका थिए र अल्लाहका आयतहरूलाई स्वीकार्दैनथे ।
१०२. के यी काफिरहरूले मेरा भक्तहरूमध्येबाट फरिश्ताहरू, रसूलहरू र शैतानहरूलाई मलाई छोडि उपास्य बनाउन ठानेका छन् ?! हामीले उनीहरूका लागि बासस्थान स्वरूप नर्क बनाएका छौं ।
१०३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- हे मानिसहरू हो ! नराम्रा काम गर्नाले सबैभन्दा धेरै घाटा बेहोर्ने को हो भनी भनौं ?
१०४. जसले यस सांसारिक जीवनमा गरेका मेहनतलाई कयामतका दिन बर्बाद भएको देख्नेछन् । उनीहरूको सोंचाइ अनुसार उनीहरूले राम्रा कार्यहरू गरेका छन् र उनीहरूले आफ्ना कार्यहरूबाट फाइदा उठाउनेछन् । तर वास्तविकता यसको बिपरित रहेको छ ।
१०५. यी तिनै व्यक्तिहरू हुन् जसले आफ्ना पालनकर्ताका तौहीदलाई प्रमाणित गर्ने निशानीहरू र उहाँसँग भेट्ने कुरालाई मानेनन् । वास्तवमा उनीहरूले नमान्नाले नै उनीहरूका कार्यहरू व्यर्थ भए र कयामतका दिन अल्लाहको नजरमा उनीहरूको कुनै महत्व हुने छैन ।
१०६. अल्लाहलाई नकार्नाले, उहाँका अवतरित आयतहरू र रसूलहरूको खिल्ली उडाउनाले उनीहरूको लागि नर्क रहेको छ ।
काफिरहरूको सजायँको जिकिरसँगै अल्लाह मोमिनहरूको प्रतिदानको पनि जिकिर गर्नुहुन्छ । उहाँ भन्नुहुन्छः
१०७. अल्लाहमाथि आस्था राख्नेहरू र सत्कर्म गर्नेहरूका सम्मानका लागि बासस्थान स्वरूप स्वर्गको उच्च स्तर प्रदान गरिनेछ ।
१०८. उनीहरू त्यहाँ सदा रहनेछन् र त्यहाँबाट सर्न खोज्ने छैनन् किनकि यस प्रतिदान सरह अरू कुनै प्रतिदान हुनेछैन ।
१०९. हे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! भन्नुहोस्- यदि अल्लाहका कुराहरूलाई लेख्न हामी समुद्रलाई मसी बनाउँछौं भने, यी कुराहरू लेखिनु अघि नै समुद्रहरू सुख्नेछन् । यद्यपि हामी त्यतिनै अरू समुद्रहरू पनि ल्याउँछौं भने पनि कुराहरू समाप्त हुनु अघि नै सम्पूर्ण समुद्रहरू सुख्नेछन् ।
११०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्- म तिमीहरू सरह एउटा मनुष्य मात्र हुँ । तिमीहरूका उपास्य एकमात्र अल्लाह हुनुहुन्छ र उहाँको कोही साझेदार छैन भनी मलाई वही मार्फत भनिएको छ । यदि कोही आफ्ना पलनकर्तासँग भेट हुने दिनको भय राख्छ भने उसले उहाँका शरिअत अनुसार एकाग्र भएर आफ्ना पालनकर्ताका लागि अमल गरोस् र केवल उहाँको मात्र उपासना गरोस् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें