शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अलिफ ० लाम ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।२. के मानिसहरूले ठानेका छन्− उनीहरूले अल्लाहमाथि ईमान ल्यएको दावी गरेमा छोडिनेछन् र उनीहरू आफ्नो दावीमा सच्चा छन् भन्ने कुराको परीक्षा लिइने छैन ?! तिनपीहरूले ठाने जस्तो कहाँ हुन्छ र ।३. हामीले उनीहरूअघिका मानिसहरूको पनि परीक्षा लियौं । अल्लाहले अवश्य नै ती मोमिनहरूको ईमानको दावीको वास्तविक्तालाई वाह्यरूपमा पनि जान्नु भयो र झूठाहरूको झूठलाई पनि जान्नु भयो । ४. अवज्ञा, शिर्क इत्यादि दुष्कर्म गर्नेहरूले हामीलाई विवश पार्नेछन् र यातनाबाट जोगिनेछन् भन्ने कुरा ठानेका छन् ? तिनीहरूले गलत र नराम्रो ठानेका छन् । यदि तिनीहरू कुफ्रमा मर्छन् भने न त अल्लाहलाई विवश पार्न सक्छन् न उहाँको यातनाबाट बच्न सक्छन् ।५. जुन मानिसहरू महाप्रलयको दिन राम्रो बदला पाउने आशा राख्छन् उनीहरूले यो कुरा जान्नुपर्छ कि महाप्रलय नजिक छ । अदल्लाह आफ्ना भक्तहरूको कुरा सुन्नुहुन्छ र उनीहरूका कर्महरूलाई जान्नुहुन्छ । उहाँबाट कुनै कुरा छुट्न सक्दैन र चाँडै नै उहाँले त्यसको बदला दिनुहुनेछ ।६. जुन मानिसहरूले आज्ञपालन गर्ने तथा अवज्ञाबाट बच्ने प्रयास गर्छन् र अल्लाहको मार्गमा संघर्ष गर्छन् उनीहरू आफ्नै हीतको लागि प्रयास गर्छन्, किनभने त्यसको फाइदा उनीहरूलाई नै हुनेछ । अल्लाह ससम्पन्न हुनुहुन्छ, उहाँ सृष्टिहरूको आवश्यक्तामा हुनुहुन्न । तिनीहरूको आज्ञापालन र अवज्ञाले उहाँलाई कुनै फरक पर्दैन ।७. जुन मानिसहरूले ईमान ल्याए, हाम्रो परीक्षामा अटल रहे र सत्कर्म गरे हामीले अवश्य नै उनीहरूका पापहरूलाई उनीहरूका सत्कर्महरूले गर्दा मेटाउनेछौं र संसारमा गरेका सत्कर्मको आखिरतमा राम्रो बदला दिनेछौं ।८. हामीले मानवलाई माता पितासँग राम्रो व्यवहार गर्ने उपदेश दियौं । हे मानव ! यदि माता पिताले तिमीहरूलाई अल्लाहसँग कसैलाई साझेदार ठहर गर्ने आदेश दिन्छन्, जसको तिमीहरूलाई ज्ञान छैन भने तिमीहरू उनीहरूको आज्ञापालन नगर । किनभने सृष्टिकर्ताको अवज्ञामा सृष्टिहरूको आज्ञापालन गर्न मिल्दैन । सअद बिन वकास (रजियल्लाहु अन्हु) लाई उनकी आमाले शिर्क गर्ने आदेश दिएकी थिइ, तर उनले यसको पालना गरेका थिएनन् । महाप्रलयको दिन तिमीहरूले मेरैतर्फ फर्केर आउनुपर्छ अनि मैले तिमीहरूलाई तिमीहरूले संसारमा गरिराखेका कार्यहरूबारे बताउनेछु र त्यसको बदला दिनेछु ।९. अल्लाहमाथि ईमान ल्याएर पुण्य कर्म गर्नेहरूलाई हामीले महाप्रलयको दिन सत्कर्मीहरूमा सामेल गर्नेछौं । उनीहरूसँग भेला गर्नेछौं र उनीहरू जस्तै प्रतिदान दिनेछौं ।१०. केही मानिसहरू अल्लाहमाथि ईमान ल्याउने दावी गर्छन्, तर जब काफिरहरूले तिनीहरूलाई यातना दिन्छन् तब तिनीहरूले दिएको यातनालाई अल्लाहको यातना झैं ठानेर ईमानबाट फिरेर काफिरहरू जस्तै बनिहाल्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईंलाई अल्लाहको सहयोग पुग्छ तब तिनीहरूले अवश्य भन्नेछन्− हे मोमिनहरू हो ! हामी तपाईंहरूको साथमा ईमानमा छौं । मानिसहरूका मनमा लुकेका कुराहरू के अल्लाहलाई थाहा छैन र ?! तिनीहरूका मनमा लुकेका कुफ्र र ईमान अल्लाहबाट लुकेको छैन । तिनीहरू कुन आधारमा अल्लाहलाई मनका कुराहरू बताउँछन् जब कि अल्लाहलाई त्यसको बारेमा तिनीहरूभन्दा बढी ज्ञान छ ?! ११. अल्लाहले पक्का ईमान ल्याउनेहरू र ईमान जाहेर गर्ने र कुफ्र लुकाउने मोनाफिकहरूलाई अवश्य नै जान्नुहुनेछ ।१२. मात्र एक अल्लाहमाथि ईमान राख्नेहरूलाई काफिरहरूले भने− तिमीहरू हाम्रो धर्मको पालना गर, हामी तिमीहरूका सबै पापहरू आफूमाथि बोक्नेछौं र तिमीहरूलाई राम्रो बदला दिनेछौं । वास्तविक्ता के छ भने तिनीहरू उनीहरूका अलि पनि पापलाई आफूमाथि बोक्न सक्दैनन् । तिनीहरू यसबारेमा झूठो बोल्दैछन् । काफिरहरू अरूका पापहरू आफूमाथि लिन सक्छन् भन्ने कुराको खण्डनबाट के स्पष्ट हुन्छ भने पथभ्रष्टतातर्फ बोलाउने काफिरहरूले अरूको पापको भार पनि उठाउन बाध्य हुनेछन् । यस कुरालाई अल्लाहले यसरी स्पष्ट पार्नुभयो− १३. असत्यतर्फ आह्वान गर्ने यी बहुदेववादीहरूले आफ्ना पापहरूको भार पनि उठाउनेछन् र तिनीहरूको आह्वानको कारणले तिनीहरूका अनुयायीहरूका पापहरूको भार पनि उठाउनेछन् । साथै अनुयायीहरूका पापहरूमा पनि कुनै कमि गरिने छैन । तिनीहरूले संसारमा रचेका असत्यहरूबारे महाप्रलयको दिन अवश्य नै तिनीहरूसँग सोध पूछ हुनेछ । १४. हामीले नूह (अलैहिस्सलाम) लाई रसूल बनाएर उनको समुदायतर्फ पठायौं । उनी आफ्नो समुदायबीच ९५० वर्ष बसेर तिनीहरूलाई एक अल्लाहको भक्तितर्फ आह्वान गरे । तर तिनीहरूले कुफ्र गरे र त्यसैमा जिद्दी गरे । तिनीहरूले एक अल्लाहको इन्कार र आफ्ना रसूलहरूलाई झूठो ठहर गरेकोले प्रचण्ड बाढीले तिनीहरूलाई समात्यो र तिनीहरू डुबेर सर्वनाश भए ।१५. हामीले डुङ्गामा रहेका नूह (अलैहिस्सलाम) र उनका मोमिन अनुयायीहरूलाई डुब्नबाट बचायौं । हामीले डुङ्गालाई मानिसहरूका लागि पाठ बनायौं । १६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! इब्राहीम (अलैहिस्सलाम) को सत्य कथालाई याद गर्नुहोस् जब उनले आफ्नो समुदायका मानिसहरूलाई भने− मात्र एक अल्लाहको भक्ति गर । उहाँको आदेशहरूको पालना गर र उहाँले मनाहि गरेका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । यदि तिमीहरू जान्दछौ भने यी आदेशहरू तिमीहरूका लागि राम्रा छन् । १७. हे बहुदेववादीहरू हो ! तिमीहरूले पुज्दै गरेका मूर्तीहरूले न त फाइदा पुर्याउन सक्छन् न हानि नै । ती मूर्तीहरू पुजनीय छन् भन्ने कुरा सिद्ध गर्नको लागि तिमीहरू झूठा कुराहरू रच्ने गर्छौ । अल्लाहबाहेक तिमीहरू जस-जसको पूजा गर्छौ तिनीहरू तिमीहरूलाई जीविका प्रदान गर्दैनन् । अल्लाहसित जीविका प्रदान गर्ने प्रार्थना गर, उहाँ नै अन्न-दाता हुनुहुन्छ । मात्र उहाँ कै भक्ति गर । उहाँले जे जति जिविका प्रदान गर्नुभयो त्यसको लागि उहाँप्रति आभार प्रकट गर । महाप्रलयको दिन तिमीहरू हिसाब र बदलाको लागि उहाँतर्फ नै फर्केर जानेछौ, न कि मूर्तीहरूतर्फ ।१८. हे बहुदेववादीहरू हो ! यदि तिमीहरू मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशलाई झूठो ठहर गर्छौ भने तिमीहरूअघिका समुदायहरू जस्तै नूह (अलैहिस्सलाम) को समुदाय, आद र समूदले पनि झूठो ठहर गरिसकेकाछन् । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि यस सन्देशलाई स्पष्टरूपमा पुर्याउने जिम्मेबारी मात्र हो, जो उहाँले पूरा गरिदिनुभयो । १९. के यी झूठा ठहर गर्नेहरूले यस कुरामा विचार गरेनन् अल्लाहले कसरी पहिलो पटक यी वस्तुहरूको सृष्टि गर्नुभयो र यी सबै सर्वनाश भएपछि उहाँले फेरि सृष्टि गर्नुहुनेछ ?! यो अल्लाहको लागि सहज कार्य हो । उहाँ यसको समर्थ्य राख्नुहुन्छ, कसैले उहाँलाई विवश पार्न सक्दैन । २०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! पुनर्जन्मलाई झूठो ठहर गर्नेहरूलाई भनिदिनुहोस्− धर्तीमा हिँडडोल गर अनि विचार गर पहिलो पटक अल्लाहले कसरी सृष्टि गर्नुभयो, तिनीहरूको मृत्युपछि उहाँले फेरि दोस्रो पटक हिसाबको लागि जीवित पार्नुहुनेछ । निस्सन्देह अल्लाह सबै कार्यको सामर्थ्य राख्नुहुन्छ । जसरी पहिलो पटक सृष्टि गर्नबाट कसैले रोक्न सकेन त्यसरी नै दोस्रो पटक सृष्टि गर्ने कार्यबाट पनि उहाँलाई कसैले रोक्न सक्दैन ।२१. अल्लाहले आफ्ना सृष्टिहरूमध्ये जसलाई चाहनुहुनेछ आफ्नो निसाफले यातना दिनुहुनेछ र जसलाई चाहनुहुनेछ आफ्नो वरदानले दया गर्नुहुनेछ । महाप्रलयको दिन जब उहाँले तिमीहरूलाई तिमीहरूको चिहानहरूबाट जीवित पारेर उठाउनुहुनेछ तब हिसाबको लागि तिमीहरू उहाँतर्फ नै फर्केर जानेछौ ।२२. तिमीहरू अल्लाहलाई विवश पार्न सक्दैनौ । धर्ती र आकाशमा उहाँको प्रकोपबाट भाग्न सक्दैनौ । अल्लाहबाहेक तिमीहरूको कोही संरक्षक छैन । अल्लाहबाहेक तिमीहरूको कोही सहयोगी छैन, जसले तिमीहरूबाट अल्लाहको प्रकोपलाई टार्न सकोस् ।२३. जुन मानिसहरूले अल्लाहका निशानीहरू र महाप्रलयको दिन उहाँसँगको भेटलाई झूठो ठहर गरे तिनीहरू मेरो कृपाबाट निराश भए । तिनीहरू आफ्नो कुफ्रको कारणले कहिल्यै स्वर्गमा प्रवेश गर्न सक्दैनन् । आखिरतमा तिनीहरूका लागि पीडादायी यातना पर्खि राखेको छ ।२४. जब इब्राहीम (अलैहिस्सलाम) ले एक अल्लाहको भक्ति र मूर्ति पूजा त्याग्ने आदेश दिए तब उनको समुदायले भन्यो− आफ्नो मूर्तिहरूको बदला लिनको लागि यसको हत्या गर र आगोमा हालिदेऊ, तर अल्लाहले उनलाई आगोबाट सुरक्षित राख्नुभयो । तिनीहरूले उनलाई आगोमा हालेपछि त्यसबाट सुरक्षित रहने कार्यमा आस्थावानहरूका लागि पाठ छ । आस्थावानहरू मात्र उपदेशबाट लाभ उठाउने गर्छन् । २५. इब्राहीम (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भने− तिमीहरू यस संसारमा जुन अपनत्व र प्रेमले गर्दा मूर्ति पूजा गर्दैछौ, महाप्रलयको दिन त्यो प्रेम सम्बन्ध छिन्न भिन्न हुनेछ । यातना हुँदा तिमीहरूले एक अर्कासँग कुनै सरोकार राख्ने छैनौ । बरु एक अर्काको निन्दा गर्नेछौ । तिमीहरूको बास-स्थान नर्क हुनेछ । अल्लाहको यातनाबाट जोगाउने कोही पनि हुने छैन । अल्लाहलाई छोडेर जुन मूर्तीहरूको पूजा गर्दैछौ तिनीहरूले पनि र अन्य कसैले पनि तिमीहरूको सहयोग गर्न सक्दैनन् । २६. अनि लूत (अलैहिस्सलाम) ले उनमाथि ईमान ल्याए । इब्राहीम (अलैहिस्सलाम) ले भने म अल्लाहको आदेश अनुसार पवित्र भूमि सिरियातर्फ प्रस्थान गर्न चाहन्छु । उहाँ प्रभुत्वशाली हुनुहुन्छ, कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँतर्फ हिज्रत गर्ने अपमानित हुने छैन । उहाँ भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ ।२७. हामीले इब्राहीम (अलैहिस्सलाम) लाई इस्हाक प्रदान गर्यौं र इस्हाक (अलैहिस्सलाम) लाई याकूब प्रदान गर्यौं । हामीले इब्राहीम (अलैहिस्सलाम) को सन्तानमा ईश्दूतत्व जारी गर्यौं र किताबहरू अवतरित गर्यौं । हामीले उनलाई धैर्यको बदलामा संसारमा राम्रा सन्तानहरू र ख्याति प्रदान गर्यौं । हामीले आखिरतमा उनलाई सत्कर्मीहरूमा सामेल गरेर प्रतिदान दिनेछौं । उनलाई लोकमा प्राप्त भएको प्रतिदानले गर्दा परलोकको उत्कृष्ट प्रतिदानमा कमि गरिने छैन ।२८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! लूत (अलैहिस्सलाम) लाई स्म्रण गर्नुहोस् जब उनले आफ्नो समुदायलाई भने− तिमीहरू यस्तो घृणित कर्म गर्छौ जस्तो दुष्कर्म तिमीहरूअघि संसारमा कसैले पनि गरेको थिएन । तिमीहरूले यस्तो दुष्कर्मको शुरुवात गरेका छौ जो प्राकृतिविरुद्ध हो ।२९. के तिमीहरू पुरुषको मलद्वारमा सहवास गर्छौ र बाटोमा यात्रुहरूको सामान डकेती गर्छौ ? के तिमीहरू अश्लील कार्य गर्दा डर मान्दैनौ ? के तिमीहरू सभामा नग्नता र हिँडि रहेका मानिसहरूलाई आफ्नो जिब्रो र कार्यले कष्ट दिएर दुष्कर्म गर्छौ ? यी दुष्कर्महरूबाट मनाहि गर्दा उनको समुदायका मानिसहरूले जवाफ दिए− यदि तिमी आफ्नो दावीमा सच्चा छौ भने तिमीले धमकी दि रहेको प्रकोप ल्याएर देखाऊ ।३०. समुदायको इन्कार र प्रकोपको माग गरेपछि लूत (अलैहिस्सलाम) ले अल्लाहसित दुआ गरे− हे मेरा पालनकर्ता ! कुफ्र र अश्लील कर्म गरेर धर्तीमा आतङ्क मच्चाउने यस समुदायविरुद्ध मेरो मद्दत गर्नुहोस् ।३१. जब इब्राहीम (अलैहिस्सलाम) समक्ष ती फरिश्ताहरू आए जसलाई हामीले उनलाई इसहाक र उनीपछि उनको सन्तान याकूबको शुभसूचना दिनको लागि पठाएका थियौं तब उनीहरूले उनलाई भने− हामीहरू लूत (अलैहिस्सलाम) को समुदाय सदूम बासीहरूको सर्वनाश गर्नेछौं, किनभने तिनीहरू अश्लील कार्य गरेर अत्याचार गरेकाछन् ।३२. इब्राहीम (अलैहिस्सलाम) ले उनीहरूलाई भने− तिमीहरू जुन गाउँलाई सर्वनाश गर्न चाहन्छौ त्यसमा लूत (अलैहिस्सलाम) पनि छन् जो अत्याचारीहरू मध्ये होइनन् । फरिश्ताहरूले भने− हामीहरू त्यसमा रहेका सबैलाई राम्ररी जान्दछौं । हामीहरूले उनलाई र उनको परिवारलाई विनाशबाट जोगाउनेछौं । तर उनको पत्नीलाई जोगाउँदैनौं बरु विनाश गर्नेछौं ।३३. फरिश्ताहरू पुरुषको रूपमा लूत (अलैहिस्सलाम) कहाँ पुग्दा उनको समुदायका मानिसहरूले उनीहरूसँग पनि अश्लील कार्य गर्नेछन् भन्ने कुरा ठानेर उनी चिन्तित भए । किनभने तिनीहरू पुरुषहरूसँग अश्लील कार्य गर्थे । फरिश्ताहरूले भने− तपाईं चिन्ता नलिनुहोस् । तिनीहरूले तपाईंलाई कनै कष्ट पुर्याउन सक्ने छैनन् । तिनीहरूलाई हामीहरूले सर्वनाश गर्नेछौं भन्ने कुराको पनि चिन्ता नलिनुस् । हामीहरूले तपाईं र तपाईंका परिवारका सबैलाई जोगाउनेछौं । तपाईंको पत्नी सर्वनाश हुनेहरूमध्ये हुनेछिन् । ३४. हामीहरू यस गाउँका अत्याचारी बासीहरूमाथि आकाशबाट प्रकोप अवतरण गर्दैछौं । तिनीहरूमाथि चिन्ह भएका ढुङ्गा सजाय दिनको लागि बर्साउनेछौं । किनभने तिनीहरू महिलाहरूलाई छोडेर पुरुषहरूसँग अश्लील कार्यमा लिप्त छन् र यसरी अल्लाहको आज्ञापालनबाट निस्केका छन् ।३५. हामीले यस सर्वनाश पारिएको गाउँमा बुद्धिमान मानिसहरूका लागि स्पष्ट निशानी छोड्यौं, किनभने उनीहरू नै निशानीहरूबाट पाठ लिनेगर्छन् । ३६. हामीले मदयन बासीहरूसम्म तिनीहरूका नातामा पर्ने भाइ शुएबलाई पठायौं । उनले भने− हे मेरा समुदायका मानिसहरू हो ! मात्र एक अल्लाहको भक्ति गर र आफ्नो भक्तिको बदलाको आस मात्र आखिरतमा राख । अवज्ञा गरेर र त्यसलाई फैलाएर धर्तीमा आतङ्क नमच्चाऊ । ३७. उनको समुदायका मानिसहरूले उनलाई झूठो ठहर गरे जसले गर्दा तिनीहरूलाई भूकम्पले समात्यो, फलस्वरूप तिनीहरू आफ्ना घरमा घोप्टो परे । तिनीहरूका अनुहार भूमिमा बेजान भएर टाँसिए । ३८. हामीले हूद (अलैहिस्सलाम) को समुदाय आदलाई र सालेह (अलैहिस्सलाम) को समुदाय समूदलाई पनि सर्वनाश पार्यौं । हे मक्का बासीहरू हो ! तिमीहरूसमक्ष हजरमौतको हिज्र र शिह्र स्थित तिनीहरूका घरहरूबाट तिनीहरू सर्वनाश पारिएको कुरा स्पष्ट भइ सकेको छ । तिनीहरूका भत्केका घरहरू यसको गवाही दिन्छन् । तिनीहरूका कुफ्र र अवज्ञालाई शैतानले तिनीहरूका लागि सुन्दर तुल्याएका थिए र तिनीहरूलाई सीधा मार्गबाट रोकेका थिए । तिनीहरूका रसूलहरूले अवगत गराएकाले तिनीहरूसमक्ष सत्य तथा असत्य र सीधा मार्ग तथा पथभ्रष्टता स्पष्ट थियो । तर तिनीहरूले मार्गदर्शनको अनुसरण चयन नगरेर इच्छाको अनुसरणलाई चयन गरे ।३९. हामीले त्यतिखेर कारूनलाई उसको घरसमेत धर्तीमा धसाएर सर्वनाश गर्यौं जब उसले मूसा (अलैहिस्सलाम) को समुदायमाथि जियादती गर्यौ । हामीले फिरऔन र उसको मन्त्री हामानलाई समुद्रमा डुबाएर सर्वनाश गर्यौं । मूसा (अलैहिस्सलाम) तिनीहरूसमक्ष स्पष्ट चमत्कारहरू लिएर आए जो उनको सच्चाइलाई प्रमाणित गर्दथे । तर तिनीहरूले मिस्रको भूमिमा घमण्डले गर्दा ईमान ल्याएनन् । तिनीहरू हाम्रो प्रकोपबाट बाँच्न सक्दैन थिए ।४०. हामीले उपर्युक्त सबैलाई आफ्नो प्रकोपद्वारा समात्यौं । तिनीहरूमध्ये लूत (अलैहिस्सलाम) को समुदाय थियो जसमाथि हामीले चिन्ह भएका ढुङ्गाको प्रकोप पठायौं । तिनीहरूमध्ये सालेह (अलैहिस्सलाम) र शुएब (अलैहिस्सलाम) का समुदाय थिए जसलाई ठूलो स्वरले समात्यो । तिनीहरूमध्ये कारून थियो जसलाई उसको घरसमेत हामीले धर्तीमा धसायौं । तिनीहरूमध्ये नूह (अलैहिस्सलाम) को समुदाय, फिर्ॵन र हामानलाई हामीले बाढीमा डुबायौं । अल्लाहले तिनीहरूलाई बिना कसूर सर्वनाश पार्नुभएन बरु तिनीहरू अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेगर्थे, त्यसैले प्रकोपका भागिदार बने ।४१. अल्लाहलाई छोडेर मूर्ति पूजा गर्ने र त्यसबाट फाइदा र सिफारिशको आशा राख्नेहरूको उदाहरण माकुरा जस्तो छ जो कष्टबाट जोगिनको लागि एउटा घर बनाउँछ । जब कि सबैभन्दा कमजोर घर माकुराको घर हुन्छ । यस घरले शत्रुलाई रोक्न सक्दैन । मूर्तीहरूले न फाइदा पुर्याउन सक्छन्, न हानि र न सिफारिश गर्न सक्छन् । यदि बहुदेववादीहरूले यो कुरा जानेका भए तिनीहरूले अल्लाहलाई छोडेर मूर्तीहरूको पूजा गर्ने थिएनन् । ४२. तिनीहरू जुन वस्तुहरूको पूजा गर्छन् त्यसलाई अल्लाह जान्नुहुन्छ । उहाँबाट कुनै वस्तु लुकेको छैन । उहाँ प्रभुत्वशाली हुनुहुन्छ, कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँ सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ ।४३. हामी यी उदाहरणहरू मानिसहरूका लागि वर्णन गर्छौं ताकि तिनीहरूमा जागृति आओस्, तिनीहरूले सत्यलाई हेरुन् र त्यसलाई अपनाउन् । अल्लाहको कानुन र विवेकका ज्ञाताहरू मात्र यसलाई राम्ररी बुझ्दछन् ।४४. अल्लाहले आकाशहरू र पृथ्वीलाई सत्यका साथ सृष्टि गर्नुभयो, असत्यका साथ र बिना उद्देश्य सृष्टि गर्नुभएन । यस सृष्टिमा मोमिनहरूका लागि अल्लाहको सामर्थ्यको स्पष्ट प्रमाण छ । किनभने तिनीहरू नै सृष्टिबाट सृष्टिकर्ताको पहिचान गर्छन् । संसार र मानवभित्र रहेका निशानीहरूबाट काफिहरू हेर्ने गर्छन् तर त्यसबाट सृष्टिकर्ताको महानता र सामर्थ्यलाई बुझ्दैनन् । ४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले जे जति कुरआन वही गर्नुभयो त्यसलाई मानिसहरूसमक्ष पाठ गर्नुहोस् । सलाह पूर्णरूपमा कायम गर्नुहोस् । राम्रो तरिकाले कायम गरेको सलाहले सलाह कायम गर्नेलाई पाप र दुष्कर्ममा पर्नबाट रोक्दछ । किनभने यसले हृदयमा प्रकाश उत्पन्न गर्छ, पाप कर्म गर्नबाट रोक्छ र सत्कर्म गर्न प्रेरित गर्छ । अल्लाहको स्म्रण सबै वस्तुहरूबाट महान छ । तिमीहरूले गरेको कार्यलाई अल्लाह जान्नुहुन्छ । तिमीहरूको कुनै पनि कर्म तिमीहरूबाट लुकेको छैन । उहाँले तिमीहरूको कर्मको बदला दिनुहुनेछ । यदि राम्रो कर्म गर्छौ भने प्रतिदान र यदि दुष्कर्म गर्छौ भने सजाय अल्लाहले दिनुहुनेछ ।४६. हे मोमिनहरू हो ! यहूदी र ईसाईहरूसँग वादविवाद गर्दा राम्रो तरिकाले गर । अर्थात तिनीहरूलाई राम्रो उपदेश र स्पष्ट प्रमाणका साथ आह्वान गर्नु हो । शत्रुता र घमण्डले अत्याचार गरेकाहरूसँग वादविवाद नगर । बरु तिनीहरूविरुद्ध युद्धको घोषणा गर । तिनीहरू विरुद्ध विरुद्ध गर यहाँसम्म कि तीनीहरू कि त ईमान ल्याउन् कि त अपमानित भएर रक्षाकर तिरुन् । यहूदी र ईसाईहरूलाई भन− अल्लाहले हामीहरूतर्फ अवतरण गर्नुभएको कुरआनमाथि हामीले ईमान ल्यायौं र तिमीहरूमाथि अवतरण गरिएको तौरात तथा इन्जीलमाथि पनि ईमान ल्यायौं । हामीहरू र तिमीहरूको ईश्वर एउटा मात्र हुन् । यसमा कुनै शङ्का छैन कि अल्लाह मात्र ईश्वर, पालनकर्ता र पूर्ण हुनुहुन्छ । हामीहरू आफूलाई उहाँसमक्ष समर्पित गरिसकेकाछौं । ४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी हामीले तपाईंअघिका रसूलहरूमाथि किताबहरू अवतरण गर्यौं त्यसरी तपाईंमाथि पनि कुरआन अवतरण गर्यौं । तौरात पढनेहरूमध्ये अब्दुल्लाह बिन सलाम जस्ता केहीले कुरआनमाथि पनि ईमान ल्याए । उनीहरूले आफ्ना किताबहरूमा कुरआनको प्रशंसा पढेका थिए । यी बहुदेववादीहरूमध्ये पनि केहीले ईमान ल्याए । काफिरहरूले मात्र यसको इन्कार गरे । तिनीहरू सत्य स्पष्ट हुँदा हुँदै पनि त्यसको इन्कार गर्ने गर्छन् । ४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं कुरआनअघि कुनै किताब पढनुहुन्न थियो र आफ्नो हातले कुनै कुरा लेख्नुहुन्न थियो । किनभने तपाईं लेख पढ सिक्नुभएको थिएन । यदि तपाईं पढनु र लेख्नु हुन्थ्यो भने अज्ञानीहरूले तपाईंको नुबुव्वत (ईश्दूतत्व) मा शङ्का गर्थे । तपाईंले अघिल्ला किताबहरूबाट नक्कल गर्नुभएको झूठा कुरा तिनीहरू फैलाउने थिए ।४९. तर तपाईंमाथि अवतरित कुरआन ज्ञानी मोमिनहरूका हृदउमा स्पष्ट श्लोकहरू हुन् । अल्लाहको इन्कार गर्ने र उहाँसँग शिर्क गरेर आफूमाथि अत्याचार गर्नेहरू मात्र हाम्रा श्लोकहरूको इन्कार गर्छन् ।५०. बहुदेववादीहरूले भने− मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि त्यस्ता चमत्कारहरू किन अवतरण गरिएन जस्ता अरू सन्देष्टाहरूमाथि अवतरण गरिए ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस्तो कुरा गर्नेहरूलाई भनिदिनुहोस्− चमत्कारहरू अवतरण गर्ने काम अल्लाहको हातमा छ । उहाँ जहिले चाहनुहुन्छ अवतरण गर्नुहुन्छ । यो अवतरण गर्नु मेरो हातमा छैन । म त मात्र अल्लाहको प्रकोपबाट स्पष्टरूपमा सावधान गर्दैछु । ५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! चमत्कारहरूबारे सलाह दिनेहरूका लागि के यो पर्याप्त छैन कि हामीले तपाईंमाथि कुरआन अवतरण गरेका छौं, जसको पाठ तिनीहरूसमक्ष गरिन्छ । निस्सन्देह कुरआनमा मोमिनहरूका लागि कृपा र उपदेश छन् । उनीहरू नै यसबाट लाभ उठाउँछन् । तिनीहरूका लागि अवतरित कुरआन विगतका रसूलहरूलाई प्रदान गरिएका चमत्कारहरूभन्दा उत्तम छ, जसको सुझाव तिनीहरू दिँदैछन् ।५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− मैले ल्याएको सन्देश सत्य हो । तिमीहरू यसलाई झूठो ठहर गर्दैछौ भन्ने कुराको गवाहको रूपमा अल्लाह पर्याप्त हुनुहुन्छ । उहाँ आकाशहरू र पृथ्वीमा रहेका वस्तुहरूलाई जान्नुहुन्छ । उहाँबाट केही पनि गोप्य छैन । जुन मानिसहरूले अल्लाहबाहेक अन्य वस्तुहरूको पूजा गरेर तथा वास्तविक पूज्य अल्लाहको इन्कार गरेर असत्यमाथि विश्वास गरे तिनीहरू नै घाटा खानेहरू हुन् । किनभने तिनीहरूले ईमानको सट्टामा कुफ्रलाई रोजे ।५३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरू त्यस प्रकोपको लागि हतार गर्दैछन् जसबाट तपाईंले सावधान गर्नुभयो । अल्लाहले प्रकोपको लागि निर्धारण गर्नुभएको समयबाट न पहिला प्रकोप आउन सक्छ न पछि नै । समय निर्धारित नभएको भए तिनीहरूले माग गरेको प्रकोप तिनीहरूले नसोचे जस्तो अकस्मात आउने थियो ।५४. तपाईंले तिनीहरूसँग वाचा गर्नुभएको प्रकोपको लागि तिनीहरू हतार गर्दैछन् । काफिरहरूलाई त्यस नर्कले घेरामा लिएको छ जसको वाचा अल्लाहले गर्नुभयो । त्यसको यातनाबाट तिनीहरू भाग्न सक्दैनन् ।५५. त्यस दिन यातनाले तिनीहरूलाई माथिबाट पनि छोप्नेछ र मुनिबाट पनि बिछ्यौना बन्नेछ । अल्लाहले तिनीहरूलाई धिक्कार्दै भन्नुहुनेछ− तिमीहरूले गरेको शिर्क र अवज्ञाको स्वाद चाख ।५६. हे मेरा ती भक्तहरू हो जसले ममाथि ईमान ल्याए र यस्तो स्थानबाट हिज्रत (बसाइ सराइ) गरे जहाँ मेरो भक्ति गर्नु सम्भव थिएन ! मेरो धर्ती फराकिलो छ तसर्थ मात्र मेरो भक्ति गर र मसँग अन्य कसैलाई साझेदार नबनाऊ ।५७. मृत्युको भयले तिमीहरूलाई हिज्रत गर्नबाट नरोकोस् । किनभने प्रत्येक जीवले मृत्युको स्वाद चाख्नै पर्छ । महाप्रलयको दिन तिमीहरूले हिसाब र बदलाको लागि मात्र हाम्रैतर्फ फर्केर आउनुपर्छ । ५८. जुन मानिसहरूले अल्लाहमाथि ईमान ल्याए र उहाँको निकटता प्राप्त गर्न सत्कर्महरू गरे हामीले उनीहरूलाई स्वर्गका उच्च भवनहरूमा बसोबास गराउनेछौं, जसका तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । उनीहरू त्यसमा सधैं बसोबास गर्नेछन् । उनीहरू त्यसमा कहिल्यै मर्ने छैनन् । अल्लाहको आज्ञापालनको यो कति राम्रो बदला हो । ५९. यस्ता सत्कर्मीहरूले कति राम्रो बदला पाउनेछन् जो अल्लाहको आज्ञापालन गर्छन्, त्यसमा अडिग रहन्छन्, अवज्ञाबाट बच्दछन् र सबै मामिलाहरूमा मात्र अल्लाहमाथि भरोसा गर्छन् ।६०. कति धेरै प्राणीहरू छन् जो न त आफ्नो जीविका जम्मा गर्न सक्छन्, न बोक्न सक्छन्, अल्लाहले नै तिनीहरूलाई पनि र तिमीहरूलाई पनि जीविका प्रदान गर्नुहुन्छ । तसर्थ भोकको डरले तिमीहरू हिज्रत न गर्ने बहाना नगर । उहाँ तिमीहरूका कुरा सुन्नुहुन्छ र तिमीहरूको नीयत र कर्महरू जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले चाँडै नै त्यसको बदला दिनुहुनेछ ।६१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले यी बहुदेववादीहरूलाई सोध्नुहुन्छ आकाशहरू र पृथ्वीलाई कसले सृष्टि गर्नुभयो ? एक अर्कापछि आउने सूर्य र चन्द्रमा कसको नियन्त्रणमा छ ? तिनीहरूले जवाफ दिनेछन्− यी सबैलाई अल्लाहले सृष्टि गर्नुभयो । अनि तिनीहरू कुन आधारमा एक अल्लाहमाथि ईमान ल्याइ रहेका छैनन् र कुनै फाइदा र हानि पुर्याउन नसक्ने देवी देवताहरूको पूजामा लिप्त छन् ? ६२. आफ्ना भक्तहरूमध्ये अल्लाह जसलाई चाहनुहुन्छ खुबै जीविका प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ कम दिनुहुन्छ । यसमा लुकेको कारणलाई अल्लाहले नै जान्नुहुन्छ । अल्लाह हरेक वस्तुका ज्ञाता हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । भक्तहरूको हीतमा कुन कार्य ठीक छ भन्ने कुरा पनि उहाँ जान्नुहुन्छ ।६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले बहुदेववादीहरूलाई सोध्नुहुन्छ− कसले पानी बर्साउनुहुन्छ, जसले गर्दा मृत भूमि बाली नाली उमार्छ ? तिनीहरूले अवश्य जवाफ दिनेछन्− आकाशबाट पानी बर्साउने र त्यसबाट भूमिमा बाली नाली उमार्ने मात्र अल्लाह हुनुहुन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भन्नुहोस्− सबै प्रशंसा अल्लाहको लागि जसले प्रमाणलाई तिमीहरूमाथि स्पष्ट पार्नुभयो । सारांशमा भन्दा तिनीहरूमध्ये अधिकांश मानिसहरू बुझ्दैनन् । तिनीहरूमा बुद्धि भएको भए तिनीहरूले अल्लाहको साथमा मूर्तीहरूलाई साझेदार बनाउने थिएनन्, जो न फाइदा दिन सक्छन् न हानि पुर्याउन सक्छन् ।६४. सांसारिक जीवन -त्यसमा रहेका मोज मस्ती- मनको बहलावा र खेल तमासा मात्र हो । यो चाँडै समाप्त हुने चिज हो । आखिरतको जीवन वास्तविक र सधैं रहने जीवन हो । तिनीहरूले जानेका भए क्षणिक जीवनलाई सधैं बाकी रहने जीवनमाथि प्राथमिक्ता दिने थिएनन् । बहुदेववादीहरू अल्लाहलाई पालनकर्ता मान्ने तर मात्र उहाँलाई पूज्य नमान्ने विरोधाभाषको वर्णनपछि तिनीहरूमा पाइने अर्को विरोधाभाष कि डरको अवस्थामा मात्र अल्लाहलाई पुकार्ने तर शान्ति अवस्थामा उहाँसँग अन्यलाई साझेदार ठहर गर्ने कुराको वर्णन अल्लाहले यसरी गर्नुभयो−६५. जब बहुदेववादीहरू समुद्रमा नाउमा यात्रा गर्छन् तब निष्कप्ट भएर सफल यात्राको लागि मात्र अल्लाहसँग प्रार्थना गर्छन् । तर जब अल्लाहले तिनीहरूलाई डुब्नबाट बचाउनुहुन्छ तब उहाँसँग साझेदार ठहर गर्न थाल्छन् ।६६. बहुदेववादीहरू हाम्रा वरदानहरूप्रति कृतघ्नता र सांसारिक सम्पत्तिबाट मोज मस्ती गर्न थाले । तिनीहरूले मृत्युपछि तुरुन्तै यसको दुष्परिणाम जान्नेछन् । ६७. अल्लाहका वरदानहरूको इन्कार गर्नेहरूले यस कुरामा विचार गरेनन्, उहाँले नै तिनीहरूलाई समुद्रमा डुब्नबाट जोगाउनुभयो, दोस्रो वरदान, उहाँले नै हरम (काबा) बनाउनुभयो जसले गर्दा तिनीहरूको रगत र धन-सम्पत्ति सुरक्षित रहन्छन् । जबकि हरम बाहिर रहेका मानिसहरूमाथि राति आक्रमण हुन्छ, तिनीहरूको हत्या गरिन्छ, तिनीहरूलाई बन्दी बनाइन्छ, तिनीहरूका महिला तथा सन्तानहरू कैदी बनाइन्छन् र तिनीहरूका धन-सम्पत्ति जफत गरिन्छन् । के तिनीहरू असत्य रचना गरेका भगवानहरूको पूजा गर्छन्, अल्लाहको वरदानप्रति कृतघ्न हुन्छन् र उहाँप्रति आभार प्रकट गर्दैनन् ? ! ६८. अल्लाहको लागि नातेदार बनाएर उहाँप्रति झूठो रच्ने र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सत्यलाई झूठो ठहर गर्ने मानिसहरूभन्दा ठूलो अत्याचारी कोही हुन सक्दैन । काफिरहरू र तिनीहरू जस्ता मानिसहरूका बास-स्थान नर्क हो । ६९. जुन मानिसहरूले हाम्रो प्रसन्नता प्राप्त गर्न संघर्ष गरे हामी तिनीहरूलाई सीधा मार्ग देखाउँछौं । निस्सन्देह सुकर्मीहरू अल्लाहको मद्दत र मार्गदर्शन पाउँछन् ।
१. अलिफ ० लाम ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. के मानिसहरूले ठानेका छन्− उनीहरूले अल्लाहमाथि ईमान ल्यएको दावी गरेमा छोडिनेछन् र उनीहरू आफ्नो दावीमा सच्चा छन् भन्ने कुराको परीक्षा लिइने छैन ?! तिनपीहरूले ठाने जस्तो कहाँ हुन्छ र ।
३. हामीले उनीहरूअघिका मानिसहरूको पनि परीक्षा लियौं । अल्लाहले अवश्य नै ती मोमिनहरूको ईमानको दावीको वास्तविक्तालाई वाह्यरूपमा पनि जान्नु भयो र झूठाहरूको झूठलाई पनि जान्नु भयो ।
४. अवज्ञा, शिर्क इत्यादि दुष्कर्म गर्नेहरूले हामीलाई विवश पार्नेछन् र यातनाबाट जोगिनेछन् भन्ने कुरा ठानेका छन् ? तिनीहरूले गलत र नराम्रो ठानेका छन् । यदि तिनीहरू कुफ्रमा मर्छन् भने न त अल्लाहलाई विवश पार्न सक्छन् न उहाँको यातनाबाट बच्न सक्छन् ।
५. जुन मानिसहरू महाप्रलयको दिन राम्रो बदला पाउने आशा राख्छन् उनीहरूले यो कुरा जान्नुपर्छ कि महाप्रलय नजिक छ । अदल्लाह आफ्ना भक्तहरूको कुरा सुन्नुहुन्छ र उनीहरूका कर्महरूलाई जान्नुहुन्छ । उहाँबाट कुनै कुरा छुट्न सक्दैन र चाँडै नै उहाँले त्यसको बदला दिनुहुनेछ ।
६. जुन मानिसहरूले आज्ञपालन गर्ने तथा अवज्ञाबाट बच्ने प्रयास गर्छन् र अल्लाहको मार्गमा संघर्ष गर्छन् उनीहरू आफ्नै हीतको लागि प्रयास गर्छन्, किनभने त्यसको फाइदा उनीहरूलाई नै हुनेछ । अल्लाह ससम्पन्न हुनुहुन्छ, उहाँ सृष्टिहरूको आवश्यक्तामा हुनुहुन्न । तिनीहरूको आज्ञापालन र अवज्ञाले उहाँलाई कुनै फरक पर्दैन ।
७. जुन मानिसहरूले ईमान ल्याए, हाम्रो परीक्षामा अटल रहे र सत्कर्म गरे हामीले अवश्य नै उनीहरूका पापहरूलाई उनीहरूका सत्कर्महरूले गर्दा मेटाउनेछौं र संसारमा गरेका सत्कर्मको आखिरतमा राम्रो बदला दिनेछौं ।
८. हामीले मानवलाई माता पितासँग राम्रो व्यवहार गर्ने उपदेश दियौं । हे मानव ! यदि माता पिताले तिमीहरूलाई अल्लाहसँग कसैलाई साझेदार ठहर गर्ने आदेश दिन्छन्, जसको तिमीहरूलाई ज्ञान छैन भने तिमीहरू उनीहरूको आज्ञापालन नगर । किनभने सृष्टिकर्ताको अवज्ञामा सृष्टिहरूको आज्ञापालन गर्न मिल्दैन । सअद बिन वकास (रजियल्लाहु अन्हु) लाई उनकी आमाले शिर्क गर्ने आदेश दिएकी थिइ, तर उनले यसको पालना गरेका थिएनन् । महाप्रलयको दिन तिमीहरूले मेरैतर्फ फर्केर आउनुपर्छ अनि मैले तिमीहरूलाई तिमीहरूले संसारमा गरिराखेका कार्यहरूबारे बताउनेछु र त्यसको बदला दिनेछु ।
९. अल्लाहमाथि ईमान ल्याएर पुण्य कर्म गर्नेहरूलाई हामीले महाप्रलयको दिन सत्कर्मीहरूमा सामेल गर्नेछौं । उनीहरूसँग भेला गर्नेछौं र उनीहरू जस्तै प्रतिदान दिनेछौं ।
१०. केही मानिसहरू अल्लाहमाथि ईमान ल्याउने दावी गर्छन्, तर जब काफिरहरूले तिनीहरूलाई यातना दिन्छन् तब तिनीहरूले दिएको यातनालाई अल्लाहको यातना झैं ठानेर ईमानबाट फिरेर काफिरहरू जस्तै बनिहाल्छन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईंलाई अल्लाहको सहयोग पुग्छ तब तिनीहरूले अवश्य भन्नेछन्− हे मोमिनहरू हो ! हामी तपाईंहरूको साथमा ईमानमा छौं । मानिसहरूका मनमा लुकेका कुराहरू के अल्लाहलाई थाहा छैन र ?! तिनीहरूका मनमा लुकेका कुफ्र र ईमान अल्लाहबाट लुकेको छैन । तिनीहरू कुन आधारमा अल्लाहलाई मनका कुराहरू बताउँछन् जब कि अल्लाहलाई त्यसको बारेमा तिनीहरूभन्दा बढी ज्ञान छ ?!
११. अल्लाहले पक्का ईमान ल्याउनेहरू र ईमान जाहेर गर्ने र कुफ्र लुकाउने मोनाफिकहरूलाई अवश्य नै जान्नुहुनेछ ।
१२. मात्र एक अल्लाहमाथि ईमान राख्नेहरूलाई काफिरहरूले भने− तिमीहरू हाम्रो धर्मको पालना गर, हामी तिमीहरूका सबै पापहरू आफूमाथि बोक्नेछौं र तिमीहरूलाई राम्रो बदला दिनेछौं । वास्तविक्ता के छ भने तिनीहरू उनीहरूका अलि पनि पापलाई आफूमाथि बोक्न सक्दैनन् । तिनीहरू यसबारेमा झूठो बोल्दैछन् । काफिरहरू अरूका पापहरू आफूमाथि लिन सक्छन् भन्ने कुराको खण्डनबाट के स्पष्ट हुन्छ भने पथभ्रष्टतातर्फ बोलाउने काफिरहरूले अरूको पापको भार पनि उठाउन बाध्य हुनेछन् । यस कुरालाई अल्लाहले यसरी स्पष्ट पार्नुभयो−
१३. असत्यतर्फ आह्वान गर्ने यी बहुदेववादीहरूले आफ्ना पापहरूको भार पनि उठाउनेछन् र तिनीहरूको आह्वानको कारणले तिनीहरूका अनुयायीहरूका पापहरूको भार पनि उठाउनेछन् । साथै अनुयायीहरूका पापहरूमा पनि कुनै कमि गरिने छैन । तिनीहरूले संसारमा रचेका असत्यहरूबारे महाप्रलयको दिन अवश्य नै तिनीहरूसँग सोध पूछ हुनेछ ।
१४. हामीले नूह (अलैहिस्सलाम) लाई रसूल बनाएर उनको समुदायतर्फ पठायौं । उनी आफ्नो समुदायबीच ९५० वर्ष बसेर तिनीहरूलाई एक अल्लाहको भक्तितर्फ आह्वान गरे । तर तिनीहरूले कुफ्र गरे र त्यसैमा जिद्दी गरे । तिनीहरूले एक अल्लाहको इन्कार र आफ्ना रसूलहरूलाई झूठो ठहर गरेकोले प्रचण्ड बाढीले तिनीहरूलाई समात्यो र तिनीहरू डुबेर सर्वनाश भए ।
१५. हामीले डुङ्गामा रहेका नूह (अलैहिस्सलाम) र उनका मोमिन अनुयायीहरूलाई डुब्नबाट बचायौं । हामीले डुङ्गालाई मानिसहरूका लागि पाठ बनायौं ।
१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! इब्राहीम (अलैहिस्सलाम) को सत्य कथालाई याद गर्नुहोस् जब उनले आफ्नो समुदायका मानिसहरूलाई भने− मात्र एक अल्लाहको भक्ति गर । उहाँको आदेशहरूको पालना गर र उहाँले मनाहि गरेका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । यदि तिमीहरू जान्दछौ भने यी आदेशहरू तिमीहरूका लागि राम्रा छन् ।
१७. हे बहुदेववादीहरू हो ! तिमीहरूले पुज्दै गरेका मूर्तीहरूले न त फाइदा पुर्याउन सक्छन् न हानि नै । ती मूर्तीहरू पुजनीय छन् भन्ने कुरा सिद्ध गर्नको लागि तिमीहरू झूठा कुराहरू रच्ने गर्छौ । अल्लाहबाहेक तिमीहरू जस-जसको पूजा गर्छौ तिनीहरू तिमीहरूलाई जीविका प्रदान गर्दैनन् । अल्लाहसित जीविका प्रदान गर्ने प्रार्थना गर, उहाँ नै अन्न-दाता हुनुहुन्छ । मात्र उहाँ कै भक्ति गर । उहाँले जे जति जिविका प्रदान गर्नुभयो त्यसको लागि उहाँप्रति आभार प्रकट गर । महाप्रलयको दिन तिमीहरू हिसाब र बदलाको लागि उहाँतर्फ नै फर्केर जानेछौ, न कि मूर्तीहरूतर्फ ।
१८. हे बहुदेववादीहरू हो ! यदि तिमीहरू मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशलाई झूठो ठहर गर्छौ भने तिमीहरूअघिका समुदायहरू जस्तै नूह (अलैहिस्सलाम) को समुदाय, आद र समूदले पनि झूठो ठहर गरिसकेकाछन् । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि यस सन्देशलाई स्पष्टरूपमा पुर्याउने जिम्मेबारी मात्र हो, जो उहाँले पूरा गरिदिनुभयो ।
१९. के यी झूठा ठहर गर्नेहरूले यस कुरामा विचार गरेनन् अल्लाहले कसरी पहिलो पटक यी वस्तुहरूको सृष्टि गर्नुभयो र यी सबै सर्वनाश भएपछि उहाँले फेरि सृष्टि गर्नुहुनेछ ?! यो अल्लाहको लागि सहज कार्य हो । उहाँ यसको समर्थ्य राख्नुहुन्छ, कसैले उहाँलाई विवश पार्न सक्दैन ।
२०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! पुनर्जन्मलाई झूठो ठहर गर्नेहरूलाई भनिदिनुहोस्− धर्तीमा हिँडडोल गर अनि विचार गर पहिलो पटक अल्लाहले कसरी सृष्टि गर्नुभयो, तिनीहरूको मृत्युपछि उहाँले फेरि दोस्रो पटक हिसाबको लागि जीवित पार्नुहुनेछ । निस्सन्देह अल्लाह सबै कार्यको सामर्थ्य राख्नुहुन्छ । जसरी पहिलो पटक सृष्टि गर्नबाट कसैले रोक्न सकेन त्यसरी नै दोस्रो पटक सृष्टि गर्ने कार्यबाट पनि उहाँलाई कसैले रोक्न सक्दैन ।
२१. अल्लाहले आफ्ना सृष्टिहरूमध्ये जसलाई चाहनुहुनेछ आफ्नो निसाफले यातना दिनुहुनेछ र जसलाई चाहनुहुनेछ आफ्नो वरदानले दया गर्नुहुनेछ । महाप्रलयको दिन जब उहाँले तिमीहरूलाई तिमीहरूको चिहानहरूबाट जीवित पारेर उठाउनुहुनेछ तब हिसाबको लागि तिमीहरू उहाँतर्फ नै फर्केर जानेछौ ।
२२. तिमीहरू अल्लाहलाई विवश पार्न सक्दैनौ । धर्ती र आकाशमा उहाँको प्रकोपबाट भाग्न सक्दैनौ । अल्लाहबाहेक तिमीहरूको कोही संरक्षक छैन । अल्लाहबाहेक तिमीहरूको कोही सहयोगी छैन, जसले तिमीहरूबाट अल्लाहको प्रकोपलाई टार्न सकोस् ।
२३. जुन मानिसहरूले अल्लाहका निशानीहरू र महाप्रलयको दिन उहाँसँगको भेटलाई झूठो ठहर गरे तिनीहरू मेरो कृपाबाट निराश भए । तिनीहरू आफ्नो कुफ्रको कारणले कहिल्यै स्वर्गमा प्रवेश गर्न सक्दैनन् । आखिरतमा तिनीहरूका लागि पीडादायी यातना पर्खि राखेको छ ।
२४. जब इब्राहीम (अलैहिस्सलाम) ले एक अल्लाहको भक्ति र मूर्ति पूजा त्याग्ने आदेश दिए तब उनको समुदायले भन्यो− आफ्नो मूर्तिहरूको बदला लिनको लागि यसको हत्या गर र आगोमा हालिदेऊ, तर अल्लाहले उनलाई आगोबाट सुरक्षित राख्नुभयो । तिनीहरूले उनलाई आगोमा हालेपछि त्यसबाट सुरक्षित रहने कार्यमा आस्थावानहरूका लागि पाठ छ । आस्थावानहरू मात्र उपदेशबाट लाभ उठाउने गर्छन् ।
२५. इब्राहीम (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भने− तिमीहरू यस संसारमा जुन अपनत्व र प्रेमले गर्दा मूर्ति पूजा गर्दैछौ, महाप्रलयको दिन त्यो प्रेम सम्बन्ध छिन्न भिन्न हुनेछ । यातना हुँदा तिमीहरूले एक अर्कासँग कुनै सरोकार राख्ने छैनौ । बरु एक अर्काको निन्दा गर्नेछौ । तिमीहरूको बास-स्थान नर्क हुनेछ । अल्लाहको यातनाबाट जोगाउने कोही पनि हुने छैन । अल्लाहलाई छोडेर जुन मूर्तीहरूको पूजा गर्दैछौ तिनीहरूले पनि र अन्य कसैले पनि तिमीहरूको सहयोग गर्न सक्दैनन् ।
२६. अनि लूत (अलैहिस्सलाम) ले उनमाथि ईमान ल्याए । इब्राहीम (अलैहिस्सलाम) ले भने म अल्लाहको आदेश अनुसार पवित्र भूमि सिरियातर्फ प्रस्थान गर्न चाहन्छु । उहाँ प्रभुत्वशाली हुनुहुन्छ, कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँतर्फ हिज्रत गर्ने अपमानित हुने छैन । उहाँ भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ ।
२७. हामीले इब्राहीम (अलैहिस्सलाम) लाई इस्हाक प्रदान गर्यौं र इस्हाक (अलैहिस्सलाम) लाई याकूब प्रदान गर्यौं । हामीले इब्राहीम (अलैहिस्सलाम) को सन्तानमा ईश्दूतत्व जारी गर्यौं र किताबहरू अवतरित गर्यौं । हामीले उनलाई धैर्यको बदलामा संसारमा राम्रा सन्तानहरू र ख्याति प्रदान गर्यौं । हामीले आखिरतमा उनलाई सत्कर्मीहरूमा सामेल गरेर प्रतिदान दिनेछौं । उनलाई लोकमा प्राप्त भएको प्रतिदानले गर्दा परलोकको उत्कृष्ट प्रतिदानमा कमि गरिने छैन ।
२८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! लूत (अलैहिस्सलाम) लाई स्म्रण गर्नुहोस् जब उनले आफ्नो समुदायलाई भने− तिमीहरू यस्तो घृणित कर्म गर्छौ जस्तो दुष्कर्म तिमीहरूअघि संसारमा कसैले पनि गरेको थिएन । तिमीहरूले यस्तो दुष्कर्मको शुरुवात गरेका छौ जो प्राकृतिविरुद्ध हो ।
२९. के तिमीहरू पुरुषको मलद्वारमा सहवास गर्छौ र बाटोमा यात्रुहरूको सामान डकेती गर्छौ ? के तिमीहरू अश्लील कार्य गर्दा डर मान्दैनौ ? के तिमीहरू सभामा नग्नता र हिँडि रहेका मानिसहरूलाई आफ्नो जिब्रो र कार्यले कष्ट दिएर दुष्कर्म गर्छौ ? यी दुष्कर्महरूबाट मनाहि गर्दा उनको समुदायका मानिसहरूले जवाफ दिए− यदि तिमी आफ्नो दावीमा सच्चा छौ भने तिमीले धमकी दि रहेको प्रकोप ल्याएर देखाऊ ।
३०. समुदायको इन्कार र प्रकोपको माग गरेपछि लूत (अलैहिस्सलाम) ले अल्लाहसित दुआ गरे− हे मेरा पालनकर्ता ! कुफ्र र अश्लील कर्म गरेर धर्तीमा आतङ्क मच्चाउने यस समुदायविरुद्ध मेरो मद्दत गर्नुहोस् ।
३१. जब इब्राहीम (अलैहिस्सलाम) समक्ष ती फरिश्ताहरू आए जसलाई हामीले उनलाई इसहाक र उनीपछि उनको सन्तान याकूबको शुभसूचना दिनको लागि पठाएका थियौं तब उनीहरूले उनलाई भने− हामीहरू लूत (अलैहिस्सलाम) को समुदाय सदूम बासीहरूको सर्वनाश गर्नेछौं, किनभने तिनीहरू अश्लील कार्य गरेर अत्याचार गरेकाछन् ।
३२. इब्राहीम (अलैहिस्सलाम) ले उनीहरूलाई भने− तिमीहरू जुन गाउँलाई सर्वनाश गर्न चाहन्छौ त्यसमा लूत (अलैहिस्सलाम) पनि छन् जो अत्याचारीहरू मध्ये होइनन् । फरिश्ताहरूले भने− हामीहरू त्यसमा रहेका सबैलाई राम्ररी जान्दछौं । हामीहरूले उनलाई र उनको परिवारलाई विनाशबाट जोगाउनेछौं । तर उनको पत्नीलाई जोगाउँदैनौं बरु विनाश गर्नेछौं ।
३३. फरिश्ताहरू पुरुषको रूपमा लूत (अलैहिस्सलाम) कहाँ पुग्दा उनको समुदायका मानिसहरूले उनीहरूसँग पनि अश्लील कार्य गर्नेछन् भन्ने कुरा ठानेर उनी चिन्तित भए । किनभने तिनीहरू पुरुषहरूसँग अश्लील कार्य गर्थे । फरिश्ताहरूले भने− तपाईं चिन्ता नलिनुहोस् । तिनीहरूले तपाईंलाई कनै कष्ट पुर्याउन सक्ने छैनन् । तिनीहरूलाई हामीहरूले सर्वनाश गर्नेछौं भन्ने कुराको पनि चिन्ता नलिनुस् । हामीहरूले तपाईं र तपाईंका परिवारका सबैलाई जोगाउनेछौं । तपाईंको पत्नी सर्वनाश हुनेहरूमध्ये हुनेछिन् ।
३४. हामीहरू यस गाउँका अत्याचारी बासीहरूमाथि आकाशबाट प्रकोप अवतरण गर्दैछौं । तिनीहरूमाथि चिन्ह भएका ढुङ्गा सजाय दिनको लागि बर्साउनेछौं । किनभने तिनीहरू महिलाहरूलाई छोडेर पुरुषहरूसँग अश्लील कार्यमा लिप्त छन् र यसरी अल्लाहको आज्ञापालनबाट निस्केका छन् ।
३५. हामीले यस सर्वनाश पारिएको गाउँमा बुद्धिमान मानिसहरूका लागि स्पष्ट निशानी छोड्यौं, किनभने उनीहरू नै निशानीहरूबाट पाठ लिनेगर्छन् ।
३६. हामीले मदयन बासीहरूसम्म तिनीहरूका नातामा पर्ने भाइ शुएबलाई पठायौं । उनले भने− हे मेरा समुदायका मानिसहरू हो ! मात्र एक अल्लाहको भक्ति गर र आफ्नो भक्तिको बदलाको आस मात्र आखिरतमा राख । अवज्ञा गरेर र त्यसलाई फैलाएर धर्तीमा आतङ्क नमच्चाऊ ।
३७. उनको समुदायका मानिसहरूले उनलाई झूठो ठहर गरे जसले गर्दा तिनीहरूलाई भूकम्पले समात्यो, फलस्वरूप तिनीहरू आफ्ना घरमा घोप्टो परे । तिनीहरूका अनुहार भूमिमा बेजान भएर टाँसिए ।
३८. हामीले हूद (अलैहिस्सलाम) को समुदाय आदलाई र सालेह (अलैहिस्सलाम) को समुदाय समूदलाई पनि सर्वनाश पार्यौं । हे मक्का बासीहरू हो ! तिमीहरूसमक्ष हजरमौतको हिज्र र शिह्र स्थित तिनीहरूका घरहरूबाट तिनीहरू सर्वनाश पारिएको कुरा स्पष्ट भइ सकेको छ । तिनीहरूका भत्केका घरहरू यसको गवाही दिन्छन् । तिनीहरूका कुफ्र र अवज्ञालाई शैतानले तिनीहरूका लागि सुन्दर तुल्याएका थिए र तिनीहरूलाई सीधा मार्गबाट रोकेका थिए । तिनीहरूका रसूलहरूले अवगत गराएकाले तिनीहरूसमक्ष सत्य तथा असत्य र सीधा मार्ग तथा पथभ्रष्टता स्पष्ट थियो । तर तिनीहरूले मार्गदर्शनको अनुसरण चयन नगरेर इच्छाको अनुसरणलाई चयन गरे ।
३९. हामीले त्यतिखेर कारूनलाई उसको घरसमेत धर्तीमा धसाएर सर्वनाश गर्यौं जब उसले मूसा (अलैहिस्सलाम) को समुदायमाथि जियादती गर्यौ । हामीले फिरऔन र उसको मन्त्री हामानलाई समुद्रमा डुबाएर सर्वनाश गर्यौं । मूसा (अलैहिस्सलाम) तिनीहरूसमक्ष स्पष्ट चमत्कारहरू लिएर आए जो उनको सच्चाइलाई प्रमाणित गर्दथे । तर तिनीहरूले मिस्रको भूमिमा घमण्डले गर्दा ईमान ल्याएनन् । तिनीहरू हाम्रो प्रकोपबाट बाँच्न सक्दैन थिए ।
४०. हामीले उपर्युक्त सबैलाई आफ्नो प्रकोपद्वारा समात्यौं । तिनीहरूमध्ये लूत (अलैहिस्सलाम) को समुदाय थियो जसमाथि हामीले चिन्ह भएका ढुङ्गाको प्रकोप पठायौं । तिनीहरूमध्ये सालेह (अलैहिस्सलाम) र शुएब (अलैहिस्सलाम) का समुदाय थिए जसलाई ठूलो स्वरले समात्यो । तिनीहरूमध्ये कारून थियो जसलाई उसको घरसमेत हामीले धर्तीमा धसायौं । तिनीहरूमध्ये नूह (अलैहिस्सलाम) को समुदाय, फिर्ॵन र हामानलाई हामीले बाढीमा डुबायौं । अल्लाहले तिनीहरूलाई बिना कसूर सर्वनाश पार्नुभएन बरु तिनीहरू अवज्ञा गरेर आफूमाथि अत्याचार गर्नेगर्थे, त्यसैले प्रकोपका भागिदार बने ।
४१. अल्लाहलाई छोडेर मूर्ति पूजा गर्ने र त्यसबाट फाइदा र सिफारिशको आशा राख्नेहरूको उदाहरण माकुरा जस्तो छ जो कष्टबाट जोगिनको लागि एउटा घर बनाउँछ । जब कि सबैभन्दा कमजोर घर माकुराको घर हुन्छ । यस घरले शत्रुलाई रोक्न सक्दैन । मूर्तीहरूले न फाइदा पुर्याउन सक्छन्, न हानि र न सिफारिश गर्न सक्छन् । यदि बहुदेववादीहरूले यो कुरा जानेका भए तिनीहरूले अल्लाहलाई छोडेर मूर्तीहरूको पूजा गर्ने थिएनन् ।
४२. तिनीहरू जुन वस्तुहरूको पूजा गर्छन् त्यसलाई अल्लाह जान्नुहुन्छ । उहाँबाट कुनै वस्तु लुकेको छैन । उहाँ प्रभुत्वशाली हुनुहुन्छ, कोही पनि उहाँमाथि विजयी हुन सक्दैन । उहाँ सृष्टि गर्न, भाग्य निर्धारण गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ ।
४३. हामी यी उदाहरणहरू मानिसहरूका लागि वर्णन गर्छौं ताकि तिनीहरूमा जागृति आओस्, तिनीहरूले सत्यलाई हेरुन् र त्यसलाई अपनाउन् । अल्लाहको कानुन र विवेकका ज्ञाताहरू मात्र यसलाई राम्ररी बुझ्दछन् ।
४४. अल्लाहले आकाशहरू र पृथ्वीलाई सत्यका साथ सृष्टि गर्नुभयो, असत्यका साथ र बिना उद्देश्य सृष्टि गर्नुभएन । यस सृष्टिमा मोमिनहरूका लागि अल्लाहको सामर्थ्यको स्पष्ट प्रमाण छ । किनभने तिनीहरू नै सृष्टिबाट सृष्टिकर्ताको पहिचान गर्छन् । संसार र मानवभित्र रहेका निशानीहरूबाट काफिहरू हेर्ने गर्छन् तर त्यसबाट सृष्टिकर्ताको महानता र सामर्थ्यलाई बुझ्दैनन् ।
४५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले जे जति कुरआन वही गर्नुभयो त्यसलाई मानिसहरूसमक्ष पाठ गर्नुहोस् । सलाह पूर्णरूपमा कायम गर्नुहोस् । राम्रो तरिकाले कायम गरेको सलाहले सलाह कायम गर्नेलाई पाप र दुष्कर्ममा पर्नबाट रोक्दछ । किनभने यसले हृदयमा प्रकाश उत्पन्न गर्छ, पाप कर्म गर्नबाट रोक्छ र सत्कर्म गर्न प्रेरित गर्छ । अल्लाहको स्म्रण सबै वस्तुहरूबाट महान छ । तिमीहरूले गरेको कार्यलाई अल्लाह जान्नुहुन्छ । तिमीहरूको कुनै पनि कर्म तिमीहरूबाट लुकेको छैन । उहाँले तिमीहरूको कर्मको बदला दिनुहुनेछ । यदि राम्रो कर्म गर्छौ भने प्रतिदान र यदि दुष्कर्म गर्छौ भने सजाय अल्लाहले दिनुहुनेछ ।
४६. हे मोमिनहरू हो ! यहूदी र ईसाईहरूसँग वादविवाद गर्दा राम्रो तरिकाले गर । अर्थात तिनीहरूलाई राम्रो उपदेश र स्पष्ट प्रमाणका साथ आह्वान गर्नु हो । शत्रुता र घमण्डले अत्याचार गरेकाहरूसँग वादविवाद नगर । बरु तिनीहरूविरुद्ध युद्धको घोषणा गर । तिनीहरू विरुद्ध विरुद्ध गर यहाँसम्म कि तीनीहरू कि त ईमान ल्याउन् कि त अपमानित भएर रक्षाकर तिरुन् । यहूदी र ईसाईहरूलाई भन− अल्लाहले हामीहरूतर्फ अवतरण गर्नुभएको कुरआनमाथि हामीले ईमान ल्यायौं र तिमीहरूमाथि अवतरण गरिएको तौरात तथा इन्जीलमाथि पनि ईमान ल्यायौं । हामीहरू र तिमीहरूको ईश्वर एउटा मात्र हुन् । यसमा कुनै शङ्का छैन कि अल्लाह मात्र ईश्वर, पालनकर्ता र पूर्ण हुनुहुन्छ । हामीहरू आफूलाई उहाँसमक्ष समर्पित गरिसकेकाछौं ।
४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जसरी हामीले तपाईंअघिका रसूलहरूमाथि किताबहरू अवतरण गर्यौं त्यसरी तपाईंमाथि पनि कुरआन अवतरण गर्यौं । तौरात पढनेहरूमध्ये अब्दुल्लाह बिन सलाम जस्ता केहीले कुरआनमाथि पनि ईमान ल्याए । उनीहरूले आफ्ना किताबहरूमा कुरआनको प्रशंसा पढेका थिए । यी बहुदेववादीहरूमध्ये पनि केहीले ईमान ल्याए । काफिरहरूले मात्र यसको इन्कार गरे । तिनीहरू सत्य स्पष्ट हुँदा हुँदै पनि त्यसको इन्कार गर्ने गर्छन् ।
४८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं कुरआनअघि कुनै किताब पढनुहुन्न थियो र आफ्नो हातले कुनै कुरा लेख्नुहुन्न थियो । किनभने तपाईं लेख पढ सिक्नुभएको थिएन । यदि तपाईं पढनु र लेख्नु हुन्थ्यो भने अज्ञानीहरूले तपाईंको नुबुव्वत (ईश्दूतत्व) मा शङ्का गर्थे । तपाईंले अघिल्ला किताबहरूबाट नक्कल गर्नुभएको झूठा कुरा तिनीहरू फैलाउने थिए ।
४९. तर तपाईंमाथि अवतरित कुरआन ज्ञानी मोमिनहरूका हृदउमा स्पष्ट श्लोकहरू हुन् । अल्लाहको इन्कार गर्ने र उहाँसँग शिर्क गरेर आफूमाथि अत्याचार गर्नेहरू मात्र हाम्रा श्लोकहरूको इन्कार गर्छन् ।
५०. बहुदेववादीहरूले भने− मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि त्यस्ता चमत्कारहरू किन अवतरण गरिएन जस्ता अरू सन्देष्टाहरूमाथि अवतरण गरिए ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस्तो कुरा गर्नेहरूलाई भनिदिनुहोस्− चमत्कारहरू अवतरण गर्ने काम अल्लाहको हातमा छ । उहाँ जहिले चाहनुहुन्छ अवतरण गर्नुहुन्छ । यो अवतरण गर्नु मेरो हातमा छैन । म त मात्र अल्लाहको प्रकोपबाट स्पष्टरूपमा सावधान गर्दैछु ।
५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! चमत्कारहरूबारे सलाह दिनेहरूका लागि के यो पर्याप्त छैन कि हामीले तपाईंमाथि कुरआन अवतरण गरेका छौं, जसको पाठ तिनीहरूसमक्ष गरिन्छ । निस्सन्देह कुरआनमा मोमिनहरूका लागि कृपा र उपदेश छन् । उनीहरू नै यसबाट लाभ उठाउँछन् । तिनीहरूका लागि अवतरित कुरआन विगतका रसूलहरूलाई प्रदान गरिएका चमत्कारहरूभन्दा उत्तम छ, जसको सुझाव तिनीहरू दिँदैछन् ।
५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्− मैले ल्याएको सन्देश सत्य हो । तिमीहरू यसलाई झूठो ठहर गर्दैछौ भन्ने कुराको गवाहको रूपमा अल्लाह पर्याप्त हुनुहुन्छ । उहाँ आकाशहरू र पृथ्वीमा रहेका वस्तुहरूलाई जान्नुहुन्छ । उहाँबाट केही पनि गोप्य छैन । जुन मानिसहरूले अल्लाहबाहेक अन्य वस्तुहरूको पूजा गरेर तथा वास्तविक पूज्य अल्लाहको इन्कार गरेर असत्यमाथि विश्वास गरे तिनीहरू नै घाटा खानेहरू हुन् । किनभने तिनीहरूले ईमानको सट्टामा कुफ्रलाई रोजे ।
५३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरू त्यस प्रकोपको लागि हतार गर्दैछन् जसबाट तपाईंले सावधान गर्नुभयो । अल्लाहले प्रकोपको लागि निर्धारण गर्नुभएको समयबाट न पहिला प्रकोप आउन सक्छ न पछि नै । समय निर्धारित नभएको भए तिनीहरूले माग गरेको प्रकोप तिनीहरूले नसोचे जस्तो अकस्मात आउने थियो ।
५४. तपाईंले तिनीहरूसँग वाचा गर्नुभएको प्रकोपको लागि तिनीहरू हतार गर्दैछन् । काफिरहरूलाई त्यस नर्कले घेरामा लिएको छ जसको वाचा अल्लाहले गर्नुभयो । त्यसको यातनाबाट तिनीहरू भाग्न सक्दैनन् ।
५५. त्यस दिन यातनाले तिनीहरूलाई माथिबाट पनि छोप्नेछ र मुनिबाट पनि बिछ्यौना बन्नेछ । अल्लाहले तिनीहरूलाई धिक्कार्दै भन्नुहुनेछ− तिमीहरूले गरेको शिर्क र अवज्ञाको स्वाद चाख ।
५६. हे मेरा ती भक्तहरू हो जसले ममाथि ईमान ल्याए र यस्तो स्थानबाट हिज्रत (बसाइ सराइ) गरे जहाँ मेरो भक्ति गर्नु सम्भव थिएन ! मेरो धर्ती फराकिलो छ तसर्थ मात्र मेरो भक्ति गर र मसँग अन्य कसैलाई साझेदार नबनाऊ ।
५७. मृत्युको भयले तिमीहरूलाई हिज्रत गर्नबाट नरोकोस् । किनभने प्रत्येक जीवले मृत्युको स्वाद चाख्नै पर्छ । महाप्रलयको दिन तिमीहरूले हिसाब र बदलाको लागि मात्र हाम्रैतर्फ फर्केर आउनुपर्छ ।
५८. जुन मानिसहरूले अल्लाहमाथि ईमान ल्याए र उहाँको निकटता प्राप्त गर्न सत्कर्महरू गरे हामीले उनीहरूलाई स्वर्गका उच्च भवनहरूमा बसोबास गराउनेछौं, जसका तलतिरबाट नहरहरू बगिरहेका हुनेछन् । उनीहरू त्यसमा सधैं बसोबास गर्नेछन् । उनीहरू त्यसमा कहिल्यै मर्ने छैनन् । अल्लाहको आज्ञापालनको यो कति राम्रो बदला हो ।
५९. यस्ता सत्कर्मीहरूले कति राम्रो बदला पाउनेछन् जो अल्लाहको आज्ञापालन गर्छन्, त्यसमा अडिग रहन्छन्, अवज्ञाबाट बच्दछन् र सबै मामिलाहरूमा मात्र अल्लाहमाथि भरोसा गर्छन् ।
६०. कति धेरै प्राणीहरू छन् जो न त आफ्नो जीविका जम्मा गर्न सक्छन्, न बोक्न सक्छन्, अल्लाहले नै तिनीहरूलाई पनि र तिमीहरूलाई पनि जीविका प्रदान गर्नुहुन्छ । तसर्थ भोकको डरले तिमीहरू हिज्रत न गर्ने बहाना नगर । उहाँ तिमीहरूका कुरा सुन्नुहुन्छ र तिमीहरूको नीयत र कर्महरू जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले चाँडै नै त्यसको बदला दिनुहुनेछ ।
६१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले यी बहुदेववादीहरूलाई सोध्नुहुन्छ आकाशहरू र पृथ्वीलाई कसले सृष्टि गर्नुभयो ? एक अर्कापछि आउने सूर्य र चन्द्रमा कसको नियन्त्रणमा छ ? तिनीहरूले जवाफ दिनेछन्− यी सबैलाई अल्लाहले सृष्टि गर्नुभयो । अनि तिनीहरू कुन आधारमा एक अल्लाहमाथि ईमान ल्याइ रहेका छैनन् र कुनै फाइदा र हानि पुर्याउन नसक्ने देवी देवताहरूको पूजामा लिप्त छन् ?
६२. आफ्ना भक्तहरूमध्ये अल्लाह जसलाई चाहनुहुन्छ खुबै जीविका प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ कम दिनुहुन्छ । यसमा लुकेको कारणलाई अल्लाहले नै जान्नुहुन्छ । अल्लाह हरेक वस्तुका ज्ञाता हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । भक्तहरूको हीतमा कुन कार्य ठीक छ भन्ने कुरा पनि उहाँ जान्नुहुन्छ ।
६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईंले बहुदेववादीहरूलाई सोध्नुहुन्छ− कसले पानी बर्साउनुहुन्छ, जसले गर्दा मृत भूमि बाली नाली उमार्छ ? तिनीहरूले अवश्य जवाफ दिनेछन्− आकाशबाट पानी बर्साउने र त्यसबाट भूमिमा बाली नाली उमार्ने मात्र अल्लाह हुनुहुन्छ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई भन्नुहोस्− सबै प्रशंसा अल्लाहको लागि जसले प्रमाणलाई तिमीहरूमाथि स्पष्ट पार्नुभयो । सारांशमा भन्दा तिनीहरूमध्ये अधिकांश मानिसहरू बुझ्दैनन् । तिनीहरूमा बुद्धि भएको भए तिनीहरूले अल्लाहको साथमा मूर्तीहरूलाई साझेदार बनाउने थिएनन्, जो न फाइदा दिन सक्छन् न हानि पुर्याउन सक्छन् ।
६४. सांसारिक जीवन -त्यसमा रहेका मोज मस्ती- मनको बहलावा र खेल तमासा मात्र हो । यो चाँडै समाप्त हुने चिज हो । आखिरतको जीवन वास्तविक र सधैं रहने जीवन हो । तिनीहरूले जानेका भए क्षणिक जीवनलाई सधैं बाकी रहने जीवनमाथि प्राथमिक्ता दिने थिएनन् ।
बहुदेववादीहरू अल्लाहलाई पालनकर्ता मान्ने तर मात्र उहाँलाई पूज्य नमान्ने विरोधाभाषको वर्णनपछि तिनीहरूमा पाइने अर्को विरोधाभाष कि डरको अवस्थामा मात्र अल्लाहलाई पुकार्ने तर शान्ति अवस्थामा उहाँसँग अन्यलाई साझेदार ठहर गर्ने कुराको वर्णन अल्लाहले यसरी गर्नुभयो−
६५. जब बहुदेववादीहरू समुद्रमा नाउमा यात्रा गर्छन् तब निष्कप्ट भएर सफल यात्राको लागि मात्र अल्लाहसँग प्रार्थना गर्छन् । तर जब अल्लाहले तिनीहरूलाई डुब्नबाट बचाउनुहुन्छ तब उहाँसँग साझेदार ठहर गर्न थाल्छन् ।
६६. बहुदेववादीहरू हाम्रा वरदानहरूप्रति कृतघ्नता र सांसारिक सम्पत्तिबाट मोज मस्ती गर्न थाले । तिनीहरूले मृत्युपछि तुरुन्तै यसको दुष्परिणाम जान्नेछन् ।
६७. अल्लाहका वरदानहरूको इन्कार गर्नेहरूले यस कुरामा विचार गरेनन्, उहाँले नै तिनीहरूलाई समुद्रमा डुब्नबाट जोगाउनुभयो, दोस्रो वरदान, उहाँले नै हरम (काबा) बनाउनुभयो जसले गर्दा तिनीहरूको रगत र धन-सम्पत्ति सुरक्षित रहन्छन् । जबकि हरम बाहिर रहेका मानिसहरूमाथि राति आक्रमण हुन्छ, तिनीहरूको हत्या गरिन्छ, तिनीहरूलाई बन्दी बनाइन्छ, तिनीहरूका महिला तथा सन्तानहरू कैदी बनाइन्छन् र तिनीहरूका धन-सम्पत्ति जफत गरिन्छन् । के तिनीहरू असत्य रचना गरेका भगवानहरूको पूजा गर्छन्, अल्लाहको वरदानप्रति कृतघ्न हुन्छन् र उहाँप्रति आभार प्रकट गर्दैनन् ? !
६८. अल्लाहको लागि नातेदार बनाएर उहाँप्रति झूठो रच्ने र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सत्यलाई झूठो ठहर गर्ने मानिसहरूभन्दा ठूलो अत्याचारी कोही हुन सक्दैन । काफिरहरू र तिनीहरू जस्ता मानिसहरूका बास-स्थान नर्क हो ।
६९. जुन मानिसहरूले हाम्रो प्रसन्नता प्राप्त गर्न संघर्ष गरे हामी तिनीहरूलाई सीधा मार्ग देखाउँछौं । निस्सन्देह सुकर्मीहरू अल्लाहको मद्दत र मार्गदर्शन पाउँछन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें