शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अलिफ० लाम० मीम० साद० । यस किसिमका अक्षरहरूको बारेमा सूरह बकरहको शुरुमा उल्लेख भइसकेको छ । २. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुर्आन यस्तो किताब हो जो अल्लाहले तपाईंमाथि अवतरित गर्नुभयो । तसर्थ तपाईंको मनमा यसले गर्दा कुनै संकोच तथा शंका उत्पन्न न होस् । तपाईंतर्फ यस कारणले अवतरित गरिएको छ कि तपाईं यसद्वारा मानिसहरूलाई डराउनुहोस्, प्रमाण सिद्ध गर्नुहोस् तथा आस्थावानहरूलाई उपदेश दिनुहोस्, किनभने तिनीहरूले नै उपदेश ग्रहण गर्नेछन् ।३. हे मानव हो ! अनुसरण गर तिमीहरूका लागि तिम्रा पालनकर्ताद्वारा अवतरित गरिएको किताबको र आफ्ना नबी (सल्लल्लाहु अलैहि व सल्लम) को । शैतानहरूमध्ये कुनै पनि संरक्षक-मित्रहरू तथा नराम्रा धर्मगुरुहरूको अनुसरण न गर । तर तिमीहरूमध्ये थोरैले उपदेश स्वीकार गर्दछ । यदि तिमीहरूले उपदेश ग्रहण गरेका भयौ सत्यमाथि अन्य कसैलाई प्राथमिक्ता दिने थिएनौ बरु तिमीहरूका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनु तथा सिकाउनुभएका कुराहरूको अनुसरण गर्ने थियौ र यी बाहेकका कुराहरू छोड्ने थियौ ।४. कतिपय नगरहरू छन् जसलाई हामीले आफ्नो आपदाबाट त्यतिखेर सर्वनाश गर्यौं जतिखेर तिनीहरूले कुफ्र तथा पथभ्रष्टतामाथि जिद्दी गरे । अनि ती नगरहरूमाथि कि त रातको समयमा हाम्रो प्रकोप आयो कि त अपराह्नको समयमा जब तिनीहरू अचेत अवस्थामा थिए । आपदालाई न त तिनीहरूले रोक्न सके न तिनीहरूले ठानेका भगवानहरूले नै रोक्न सके ।५. तिनीहरूमाथि प्रकोप अवतरितभएपछि सबैले आफ्नो मनमा यस कुरालाई स्वीकार गरे- वास्तवमा हामीले अल्लाहको इन्कार गरेर अत्याचार गर्यौं ।६. हामीले महाप्रलयको दिन यस्ता समुदायलाई अवश्य नै सोध्नेछौं जो कहाँ सन्देष्टाहरू पठाएका थियौं- तिमीहरूले हाम्रा सन्देष्टाहरूलाई के जवाफ दियौ ? हामीले रसूलहरूलाई हाम्रो सन्देश पुर्याउनेबारे तथा उनीहरूका समुदायले फर्काएको जवाफबारे अवश्य नै सोध्नेछौं ।७. हामीले प्रत्येक प्राणीलाई उसले संसारमा गरेका कर्महरूबारे आफ्नो ज्ञानको आधारमा बताउनेछौं । हामीसँग तिनीहरूले गरेका सबै कर्महरूको बारेमा ज्ञान थियो, कुनै कुरा गोप्य थिएन र हामी कुनै पनि समयमा तिनीहरूबाट अनुपस्थित थिएनौं ।८. महाप्रलयको दिन कर्महरूको नाप तौल बिना कुनै कमि बेशी पूर्ण निसाफका साथ हुनेछ । अनि जसको सत्कर्महरूको पल्ला दुष्कर्महरूको तुलनामा भारी हुनेछ उनीहरू नै चाहिएको कुरा पाउनमा सफल हुनेछन् र डराइएको कुराबाट मुक्ति पाउनेछन् ।९. अनि जसको दुष्कर्महरूको पल्ला सत्कर्महरूको तुलनामा भारी हुनेछ उनीहरू नै महाप्रलयको दिन असफल भएर बर्बादीमा पर्नेछन् । किनभने तिनीहरू हाम्रा आयतहरूलाई झूटो ठहर गर्नेगर्थे । १०. हे आदमका सन्तान ! हामीले नै तिमीहरूलाई धर्तीमा अधिकारकासाथ बसायौं र त्यसमा तिमीहरूका लागि जीवन-सामग्री बनायौं । त्यसप्रति तिमीहरूले अल्लाहप्रति आभारी हुनुपर्ने थियो तर तिमीहरूले थोरै आभार व्यक्त गर्यौ ।११. हे आदमका सन्तान ! हामीले तिम्रो पिता आदमको सृष्टि गर्यौं र उनलाई राम्रो रूपरेखा प्रदान गर्यौं । अनि उनको सम्मानको लागि फश्तिाहरूलाई भन्यौं– आदमलाई सज्दा गर । तब इब्लीस (शैतान) बाहेक सबैले कुरा माने तथा सज्दा गरे । घमण्ड तथा शत्रुताले गर्दा इब्लीसले सज्दा गर्न इन्कार गर्यो ।१२. अल्लाहले इब्लीसको निन्दा गर्दै भन्नुभयो– आदमको सज्दा गर भन्ने मेरो आदेशको पालनाबाट कुन चिजले तिमीलाई रोक्यो ? इब्लीसले आफ्नो पालनकर्तालाई जवाफ दिँदै भन्यो– म आदमभन्दा श्रेष्ठ हुँ भन्ने कुराले मलाई उसको सज्दा गर्नबाट रोक्यो । मलाई तपाईंले अग्निबाट सृजना गर्नुभयो र उसलाई माटोबाट सृजना गर्नुभयो र अग्नि माटोभन्दा श्रेष्ठ हुन्छ ।१३. अल्लाहले उसलाई भन्नुभयो– तिमी स्वर्गबाट ओर्ल । तिमीलाई यहाँ घमण्ड गर्ने कुनै अधिकार छैन । यो पवित्रहरूको घर हो, तिमीलाई यहाँ बस्ने अनुमति छैन । हे इब्लीस ! तिमी तुच्छ तथा अपमानित हौ यद्यपि तिमी आफूलाई आदम भन्दा श्रेष्ठ ठान्दछौ ।१४. इब्लीसले भन्यो– हे मेरा पालनकर्ता ! मलाई त्यस दिनसम्मको अवसर प्रदान गर्नुहोस् जब मानिसहरू उठाइनेछन्, ताकि जति मानिसहरूलाई पथभ्रष्ट गर्न सकुँ गरुँ । १५. अल्लाहले भन्नुभयो– हे इब्लीस ! तिमीलाई त्यस दिनसम्मको लागि अवसर दिइन्छ जुन दिन पहिलो नरसिङ्घा फुकिनेछ जसले गर्दा सबै प्राणीहरू मर्नेछन् र सृष्टिकर्ता मात्र जीवित रहनुहुनेछ ।१६. इब्लीसले भन्यो– जसरी तपाईंले मलाई पथभ्रष्ट पार्नुभयो जसले गर्दा मैले आदमको सज्दा गर्ने तपाईंको आदेशको पालना गरिन, त्यसरी नै म पनि आदमका सन्तानहरूलाई बहकाउन तपाईंको सीधा मार्गमा बस्नेछु । १७. त्यसपछि तिनीहरूलाई आखिरतबाट असावधान पार्न, संसारमा लिप्त पार्न, शंकामा ग्रस्त पार्न तथा इच्छालाई सुन्दर तुल्याउन हरेक दिशाबाट आउनेछु । हे मेरा पालनकर्ता ! मैले तिनीहरूलाई कुफ्रमा लिप्त गरेकोले तपाईंले तिनीहरूमध्ये अधिकांशलाई तपाईंप्रति आभार प्रकट गर्ने पाउनुहुन्न ।१८. अल्लाहले उसलाई भन्नुभयो– हे इब्लीस ! स्वर्गबाट अपमानित तथा अल्लाहको कृपाबाट टाढा भएर निस्क ! महाप्रलयको दिन तिमीबाट, तिम्रो अनुसरण तथा आज्ञापालन गरेका तथा आफ्ना पालनकर्ताका अवज्ञा गरेका सबैद्वारा नर्कलाई भर्नेछु ।१९. अल्लाहले आदमलाई भन्नुभयो- हे आदम ! तिमी तथा तिम्री पत्नी हव्वा दुवै स्वर्गमा बस र जहाँबाट जे शुद्ध वस्तुहरू चाहन्छौ अघाउञ्जेल खाऊ तर यो (एउटा विशेष) रुखनिर नजानु । मनाहि गरेपछि पनि यदि तिमीहरू दुवैले यसबाट खान्छौ भने तिमीहरू दुवै जना अल्लाहका सीमालाई उल्लंघन गर्नेहरूमध्ये ठहरिनेछौ ।२०. इब्लीसले दुवैको मनमा गोप्य कुरा हाल्यो ताकि दुवैका गुप्ताङ्ग एक अर्काको लागि नाङ्गो पारोस् । भन्न थाल्यो– तिमीहरूलाई तिम्रा पालनकर्ताले यस रुखबाट मात्र यस कारणले मनाही गर्नुभएको छ कि तिमीहरू फरिश्ता न बनिजाऊ वा तिमीहरू सधैँको लागि अमर न होऊ । २१. दुवैसमक्ष उसले यो भन्दै कसम खायो, हे आदम तथा हव्वा ! जुन कुरातर्फ मैले तिमीहरूलाई संकेत गरेको छु त्यसमा निश्चय नै म तिमीहरूका सच्चा हितैषी हुँ ।२२. उसले छलेर ती दुवैलाई त्यस दर्जाबाट तल झार्यो । जब दुवैले मनाहि गरिएको रुखको फल खाए तब दुवैका गुप्ताङ्गहरू एक अर्कासमक्ष नाङ्गो भए । दुवैले आफ्ना शरीरलाई छोप्नको लागि स्वर्गका पातहरू टाँस्न थाले । दुवैका पालनकर्ताले उनीहरूलाई पुकारे– के मैले तिमीहरूलाई त्यस रुखको फल खानबाट मनाहि गरेको थिइनँ र सावधान गरेको थिइनं- निश्चित रूपमा शैतान तिमीहरूको खुल्लम खुल्ला शत्रु हो ?!२३. आदम तथा हव्वा दुवैले भने– हे हाम्रा पालनकर्ता ! तपाईंले मनाहि गर्नुभएको रुखको फल खाएर हामीले आफूमाथि अत्याचार गरेका छौं । यदि तपाईंले हाम्रा पापलाई माफ गर्नुभएन र हामीमाथि दया गर्नुभएन भने निश्चय नै हामी लोक तथा परलोकको अंश गुमाएर घाटा खानेहरूमध्ये हुनेछौं । २४. अल्लाहले आदम, हव्वा तथा इब्लीसलाई सम्बोधन गरेर भन्नुभयो– तिमीहरू स्वर्गबाट ओर्लेर धर्तीमा जाऊ ! तिमीहरू एक-अर्काका शत्रु बन्नेछौ । तिमीहरूका लागि धर्तीमा निश्चित अवधिसम्मको लागि बास-स्थान तथा जीविकोपार्जनको साधन हुनेछ ।२५. अल्लाहले आदम, हव्वा तथा दुवैका सन्तानहरूलाई सम्बोधन गरेर भन्नुभयो– तिमीहरूले धर्तीमै जीवन व्यतीत गर्नेछौ, यहीँ मर्नेछौ, चिहानमा पुरिनेछौ र चिहानबाट जीवित पारेर निकालिनेछौ ।२६. हे आदमका सन्तान हो ! हामीले केही पोशाक अनिवार्यरूपमा गुप्ताङ्गहरूलाई छोप्नको लागि बनाएका छौं र केही पोशाक एच्छिकरूपमा सजावटको लागि बनाएकाछौं । तक्वा (ईशभय) - अर्थात अल्लाहका आदेशको पालना गर्नु तथा उहाँले मनाहि गर्नुभएको कार्यहरूबाट बच्नु- को पोशाक भौतिक पोशाक भन्दा उत्तम हो । उक्त वर्णन गरिएको पोशाक अल्लाहका शक्तिलाई प्रमाणित गर्ने निशानीहरूमध्येको हो ताकि तिमीहरू अल्लाहका कृपाहरूलाई याद गरेर उहाँप्रति आभार प्रकट गर । २७. हे आदमका सन्तान हो ! शैतानले तिमीहरूलाई भौतिक तथा ईशभयको पोशाक छोड्न लगाएर तथा पापलाई सुन्दर तुल्याएर धोकामा न पारोस् । उसले नै तिम्रा बाबुआमालाई मनाहि गरिएको रुखको फल खान लगाएर धोका दिएको थियो र परीणाम स्वरूप दुवैलाई स्वर्गबाट निष्कासित गराएको थियो । तिनका वस्त्र एक अर्काबाट खुलेको थियो । शैतान तथा उसका सन्तानहरूले तिमीहरूलाई यस्तो ठाउँबाट हेर्छन् जहाँबाट तिमीले तिनीहरूलाई हेर्न सक्दैनौ । शैतान तथा त्यसका सन्तानहरूबाट सावधान ! हामीले शैतान तथा उसका सन्तानहरूलाई अल्लाहमाथि ईमान न ल्याउनेहरूका लागि संरक्षक-मित्र बनाएका छौं । सत्कर्म गर्ने मोमिनहरूमाथि शैतानको वश चल्दैन ।२८. बहुदेववादीहरू शिर्क, तथा काबाको नाङ्गो परिक्रमा इत्यादि घृणित कार्य गर्दा यो भनेर बहाना गर्छन्– हामीले आफ्ना पूर्वजहरूलाई यस्तै गर्दै आएको पाएका छौं र अल्लाहले नै हामीहरूलाई यस्तो गर्ने आदेश दिनुभएको छ । हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम ! तिनीहरूको कुराको खण्डन गर्दै भनिदिनुहोस्– अल्लाह कदापि पाप कर्मको आदेश दिनुहुन्न, उहाँ त यस्ता कार्यबाट रोक्नु पो हुन्छ । उहाँको बारेमा यस्तो दावी कुन आधारमा गर्छौ ?! के तिमीहरू अल्लाहविरुद्ध झूट तथा गढेको कुरा गर्छौ जसको तिमीहरूलाई ज्ञान नै छैन ?!२९. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्– निस्सन्देह अल्लाहले न्याय गर्ने आदेश दिनुभएको छ, अश्लील तथा पापकर्मको आदेश दिनुभएको छैन । उहाँले निष्कपट भएर मात्र आफ्नै भक्ति गर्ने आदेश दिनुभएको छ र विशेषरूपमा मस्जिदहरूमा आफ्नै भक्तिको आदेश दिनुभएको छ । आज्ञापालनलाई उहाँकै लागि विशिष्ट पारेर उहाँलाई नै पुकार किनभने उहाँले नै पहिलो पटक तिमीहरूको सृष्टि गर्नुभयो जब तिमीहरू केही थिएनौ । उहाँले दोस्रो पटक पनि जीवित पार्नुहुनेछ । जो पहिलो पटक सृष्टि गर्ने सामर्थ्य राख्नुहुन्छ उहाँ दोस्रो पटक पनि सृष्टि गर्ने तथा जीवित पार्ने सामर्थ्य राख्नुहुन्छ । ३०. अल्लाहले मानवलाई दुइवटा समूहमा विभाजित गर्नुभयो । एउटा समूहलाई अल्लाहले सत्मार्ग देखाउनुभयो, मार्गदर्शनका साधन जुटाउनुभयो तथा बाधा अडचनलाई हटाउनुभयो । अर्को समूहमाथि पथभ्रष्टता सिद्ध भएको छ किनभने तिनीहरूले अल्लाहलाई छोडी शैतानहरूलाई संरक्षक-मित्र बनाए, अज्ञानताले तिनीहरूकै अनुसरण गरे, तर तिनीहरू स्वयंलाई सीधा मार्गमा हिँडिरहेका ठान्दछन् ।३१. हे आदमका सन्तान हो ! हरेक सलाह तथा तवाफ (काबाको परिक्रमा) को बेलामा जिउलाई छोपने, सुन्दर, सफा तथा पवित्र पोशाक लाउने गर । अल्लाहले हलाल गर्नुभएका, पवित्र तथा आफूलाई रुचाउने खाना खाऊ । खाना खाँदा मध्य खालको तथा मध्य तरिकाले खाना खाऊ । हलालको सीमा न नाघिकन खान पीन गर । अल्लाह सीमा उल्लंङन गर्हरूलाई मन पराउनुहुन्न । ३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले हलाल गर्नुभएका पोशाक तथा पवित्र खाने कुराहरू इत्यादिलाई हराम गर्ने बहुदेववादीहरूलाई सोध्नुहोस्– तिमीहरूका सौन्दर्यको लागि रहेको पोशाकलाई कसले हराम गर्यो ? अल्लाहले तिमीहरूलाई प्रदान गर्नुभएका पवित्र खाने पिउने इत्यादि कुराहरूलाई कसले हराम गर्यो ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– यी पवित्र खाने कुराहरू संसारमा मोमिनहरूका लागि छन् र अन्य मानिसहरू पनि त्यसमा साझेदार छन् तर आखिरतमा यी पवित्र खाने कुराहरू विशेषरूपमा मोमिनहरूका लागि रहनेछन्, काफिरहरू त्यसमा साझेदार हुने छैनन् । किनभने स्वर्ग काफिरहरूका लागि हराम हो । यसरी हामी आफ्ना आयतहरू जानकार मानिसहरूका लागि तपसीलका साथ बताउँछौं, किनभने तिनीहरू नै यसबाट फाइदा उठाउन सक्छन् । ३३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले हलाल गर्नुभएका वस्तुहरूलाई हराम गर्ने बहुदेववादीहरूलाई भन्नुहोस्– निस्सन्देह अल्लाहले आफ्ना भक्तहरूका लागि हराम गर्नुभएको छ- अश्लीलताका कार्यहरू चाहे त्यो वाहय होस् वा गोप्य, हरेक किसिमका पापहरू, मानिसहरूका रगत, धन-सम्पत्ति, इज्जतमा जियादती, कसैलाई अल्लाहको साझेदार बनाउनु जसको कुनै प्रमाण छैन र अल्लाहका नाम, गुण, कार्य तथा कानुनको बारेमा ज्ञान न भएको कुरा भन्नु । ३४. हरेक समुदाय तथा समूहको निम्ति एउटा निश्चित समय अवधि छ । उनीहरूको म्याद पूरा भएपछि न एक क्षण ढिलो हुनेछ न छिटो नै ।३५. हे आदमका सन्तान हो ! तिमीहरूसमक्ष तिमीहरूको समुदायबाट रसूलहरू आएर मैले अवतरित गरेको किताबबाट आयतहरू सुनाउँछन् भने उनीहरूको आज्ञापालन गर र उनीहरूले ल्याएका कुराहरूको अनुसरण गर । जसले अल्लाहका आदेशहरूको पालना गरेर, उहाँले मनाहि गर्नुभएका कार्हरूबाट बचेर तथा आफ्ना कर्महरूको सुधार गरेर अल्लाहको भय गर्नेहरूका लागि महाप्रलयको दिन न कुनै भय हुनेछ र न उनीहरू सांसारिक अंश गुमाएकामा दुःखी नै हुनेछन् । ३६. हाम्रा आयतहरूलाई झूटो ठहर गर्ने, त्यसमा ईमान न ल्याउने तथा रसूलहरूले ल्याएका कुराहरू अनुसार घमण्डले गर्दा कर्म न गर्नेहरू नर्कबासीहरू हुन् जसमा तिनीहरू सदा सर्वदा रहनेछन् ।३७. यस्तो व्यक्तिभन्दा ठूलो अत्याचारी कोही छैन जो अल्लाहविरुद्ध झूट गढछ र अल्लाहसँग अन्य वस्तुलाई साझेदार ठहर गर्छ वा अल्लाहको शानमा कमि गर्छ, वा जुन कुरा अल्लाहले भन्नुभएको छैन त्यो कुरा उहाँसँग जोड्छ वा उहाँका आयतहरूलाई झूटो ठहर गर्छ जुन आयतहरू अल्लाहका सीधा मार्ग बताउँछन् । यस्ता मानिसहरूले सुरक्षित पाटिकामा लेखिएका आफ्ना भाग्य अनुसार भलाइ वा त्रुटि पाइरहनेछन् यहाँसम्म कि त्यो समय आइपुग्छ जब यमदूत तथा उनका सहयोगी फरिश्ताहरू तिनको प्राण लिन आइपुग्नेछन् तब निन्दा गर्दै सोध्नेछन्– कहाँ छन् ती भगवानहरू जसलाई तिमीहरूले अल्लाहलाई छोडेर पूजा गर्नेगर्थ्यो ?! तिनीहरूलाई बोलाऊ ताकि तिमीहरूलाई फाइदा पुर्याउन् । बहुदेववादीहरूले फरिश्ताहरूलाई जवाफ दिनेछन्– हामीहरूले पुज्ने गरेका भगवानहरू हराएर गए । कहाँ हराए त्यो हामीहरूलाई थाहा छैन । तिनीहरू काफिर थिए भनेर आफैँ स्वीकार गर्नेछन् । तर तिनीहरूको यस स्वीकारले तिनीहरूविरुध्द नै प्रमाण बन्नेछ र तिनीहरूलाई कुनै फाइदा दिने छैन । ३८. फरिश्ताहरूले तिनीहरूलाई भने- हे बहुदेववादीहरू हो ! तिमीहरू पनि आफूअघि बितेका कुफ्र तथा पथभ्रष्टतामा कायम जिन्न तथा मानवका समूहहरूसँग नर्कमा पस । प्रत्येक समूह नर्कमा प्रवेश गर्दा आफूभन्दा पहिलेका समूहहरूलाई धिक्कार्नेछ यहाँसम्म कि जब सबै त्यसमा एकत्रित हुनेछन् र एक अर्काबाट मिल्छन् तब हरेक पछिल्ला अनुयायीको समूहले आफूभन्दा अघिको अगुवा समूहको विषयमा भन्नेछन्– हे हाम्रा पालनकर्ता ! यी ठूला बडा नेताहरू हुन् जसले हामीलाई सीधा मार्गबाट पथभ्रष्ट गरेका थिए तसर्थ यिनीहरूले हामीहरूसमक्ष पथभ्रष्टतालाई सुन्दर बनाएर देखाएकोले यिनीहरूलाई नर्कको दोब्बर यातना दिनुहोस् । अल्लाहले तिनीहरूलाई जवाफ दिँदै भन्नुहुनेछ– हरेक समूहलाई त्यसको भागको यातना कय्यौं गुणा बढाएर दिइनेछ । तर तिमीहरू यसको बारेमा अज्ञानता तथा अन्योलमा छौ ।३९. अनि नेताहरूले अनुयीहरूलाई भन्नेछन्– हे अनुयायीहरू हो ! तिमीहरूलाई हामीमाथि प्रधानता प्राप्त थिएन जसले गर्दा तिमीहरू यातनामा कमिको हकदार होऊ । तिमीहरू पनि आफ्नो क्रियाकलापको सजायस्वरूप यातनाको स्वाद चाख्नै पर्छ, कुनै बहाना चल्दैन । अतः हे अनुयायीहरू हो ! तिमीहरूले गरेको कुफ्र तथा पथभ्रष्टताको कारणले हामीहरूले यातना भोगे झैँ तिमीहरू पनि यातना भोग । ४०. जसले हाम्रा स्पष्ट निशानीहरूलाई अस्वीकार गरे तथा आज्ञापालनको दाँजोमा घमण्ड गरे तिनीहरू हरेक किसिमका भलाइबाट निराश छन्, तिनीहरूका कुफ्रको कारणले तिनीहरूका कर्महरूका लागि र मरेपछि तिनीहरूका आत्माहरूका लागि आकाशका ढोकाहरू कदापि खोलिने छैनन् । सियोको अति सानो प्वालबाट ठूला जनावरहरूमध्ये ऊँट न छिरुन्जेलसम्म तिनीहरू स्वर्गमा कहिले पनि पस्न सक्ने छैनन् । जसरी ऊँट सियोको प्वालमा पस्न असम्भव छ त्यसरी नै यिनीहरूको स्वर्गमा प्रवेश असम्भव छ । अल्लाहले तिनीहरूले गरेको ठूलो पापले गर्दा यो बदला दिनुहुनेछ ।४१. यी झुट्लाउने घमण्डी मानिसहरूका लागि ओछ्यान पनि नर्कको अग्निकै हुनेछ र माथिबाट ओढ्ने अग्निकै हुनेछ । कुफ्र तथा विमुख भएर अल्लाहका सीमाको उल्लंघन गरेकोले हामीले यस्तो सजाय दिनेछौं ।४२. जुन मानिसहरूले ईमान ल्याए र सक्दो सत्कर्म गरे -कसैमाथि पनि उसको सामर्थ्यभन्दा बढ़ी बोझ दिइदैन- त्यस्ता मानिसहरू स्वर्गबासी हुन्, उनीहरू त्यसमा प्रवेश गर्नेछन्; त्यहाँ तिनीहरू सदासर्वदा रहनेछन् ।४३. स्वर्गका कृपाहरूमध्ये यो पनि हो- उनीहरूको मनमा भएका द्वेषभाव तथा डाहालाई अल्लाहले बाहिर निकाल्नुहुनेछ । उनीहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । उनीहरूले अल्लाहका कृपाहरूलाई स्वीकार गर्दै भन्नेछन्– सारा प्रशंसा अल्लाहकै निम्ति हुन् जसले हामीलाई यो सत्कर्म गर्ने अवसर प्रदान गर्नुभयो जसले हामीहरूलाई यस दर्जासम्म पुर्यायो । अल्लाहले हामीलाई यो अवसर न दीएको भए हामीले यो अवसर पाउने थिएन । निस्सन्देह हाम्रा पालनकर्ताले पठाउनुभएका रसूलहरू सत्य लिएर आएका थिए, जसमा कुनै शंका थिएन । उहाँले जे जति वचन दिनुभयो र जुन कुराको धमकी दिनुभयो त्यो सत्य सिद्ध भयो । उनीहरूबीच घोषणा गर्नेले घोषणा गर्नेछ– मेरा रसूलहरूले संसारमा जुन स्वर्गको सूचना दिएका थिए त्यो तिमीहरूले अल्लाहको प्रसन्नताको लागि गरेका सत्कर्मको बदलास्वरूप तिमीहरूलाई प्रदान गरियो ।४४. अनि स्वर्गबासीहरूले आफ्नो स्थानबाट नर्कबासीहरूलाई पुकारेर भन्नेछन्– हामीले त हाम्रा पालनकर्ताले दिनुभएको वचनलाई सत्य पायौं र उहाँले हामीलाई स्वर्गमा प्रवेश गराउनुभयो । हे काफिरहरू हो ! के तिमीहरूले पनि आफ्ना पालनकर्ताले दिनुभएको धमकीलाई सत्य पायौ ? काफिरहरूले भन्नेछन्– हो, हामीलाई जुन नर्कको धमकी दिइएको थियो त्यसलाई सत्य पायौं । अनि तिनीहरूबीच एकजा घोषणा गर्नेले अल्लाहसित दुआ गर्दै घोषणा गर्नेछ– अत्याचारीहरूलाई आफ्नो कृपाबाट टाढा पार्नुहोस् । किनभने संसारमा तिनीहरूका लागि कृपाको ढोका खुल्ला थियो तर तिनीहरूल्रे त्यसलाई वास्तै गरेका थिएनन् ।४५. यही अत्याचारीहरू हुन् जो आफैँ अल्लाहको मार्गबाट विमुख हुने गर्थे र अरूलाई पनि विमुख पार्ने गर्थे । सीधा मार्गलाई टेढो पार्न खोज्थे ताकि मानिसहरू त्यसमा हिँडन न सकुन् । तिनीहरू आखिरतको दिनलाई इन्कार गर्थे र त्यसको लागि तयार थिएनन् ।४६. स्वर्गबासी तथा नर्कबासी दुवै समूहबीच एउटा उच्च पर्खाल हुनेछ । यस उच्च पर्खालमा केही अन्य मानिसहरू हुनेछन् जसका सत्कर्म तथा दुष्कर्म बराबर हुनेछ । तिनीहरूले स्वर्गबासीहरूलाई उनीहरूका चिन्हहरूबाट चिन्नेछन्, जस्तै अनुहारको उज्जवलता । तिनीहरूले नर्कबासीहरूलाई उनीहरूका चिन्हहरूबाट चिन्नेछन्, जस्तै अनुहारको कालोपन । उनीहरूले स्वर्गबासीहरूलाई सम्मानको लागि बोलाएर भन्नेछन्– तिमीहरूमाथि शान्ति होस् ! यद्यपि उनीहरूले स्वर्गमा प्रवेश गर्न न सके पनि त्यसको पूर्ण आशावादी भने रहनेछन् ।४७. जब तिनीहरूको दृष्टि नर्कबासीहरूतर्फ फर्काइनेछ र तिनीहरूले कडा यातनामा देख्नेछन् तब तिनीहरूले अल्लाहलाई पुकार्दै भन्नेछन्– हे पालनकर्ता ! हामीलाई कुफ्र तथा शिर्क गरेर अत्याचार गर्नेहरूमा सामेल न गर्नुहोस् ।४८. आराफ (पर्खाल) वालाहरूले काफिर नर्कबासी मानिसहरूमध्ये तिनीहरूका लक्षणहरू जस्तै कालो मुहार, पहेलो आँखाबाट चिनेपछि बोलाएर भन्नेछन्– तिमीहरूका धन-सम्पत्ति तथा जत्था तिमीहरूको कुनै काम लागेन । घमण्ड तथा अहंकारले गर्दा सत्यबाट विमुख हुने कार्यले पनि कुनै फाइदा दिएन ।४९. अल्लाहले काफिरहरूको निन्दा गर्दै भन्नुहुनेछ- के यी तिनीहरू नै होइनन् जसको सम्बन्धमा तिमीहरूले कसम खाने गर्थ्यो अल्लाहले तिनीहरूलाई आफ्नो दयाबाट केही दिनुहुने छैन ? अल्लाहले मोमिनहरूलाई भन्नुहुनेछ- हे मोमिनहरू हो ! तिमीहरू स्वर्गमा प्रवेश गर । तिमीहरूले भविष्यमा जे जति पाउनेछौ त्यसको बारेमा कुनै भय हुने छैन र विगतमा तिमीहरूले जे जति गुमाएका छौ त्यसको बारेमा कुनै चिन्ता पनि हुने छैन ।५०. नर्कबासीहरूले स्वर्गबासीहरूसित अनुरोध गर्दै भन्नेछन्– हे स्वर्गबासीहरू हो ! हामीतर्फ पानी बगाऊ वा अल्लाहले प्रदान गर्नुभएको खाना पठाऊ । स्वर्गबासीहरूले उत्तर दिनेछन्– अल्लाहले यी दुवैलाई काफिरहरूका लागि तिनीहरूको कुफ्रको कारणले हराम गर्नुभएको छ । अल्लाहले तिमीहरूका लाग हराम गर्नुभएको वस्तु तिमीहरूलाई दिन सक्दिन ।५१. यी काफिरहरूले नै आफ्नो धर्मलाई मनोरञ्जन एवं खेल ठट्टा बनाएका थिए र जसलाई सांसारिक जीवनका सुन्दरताले भ्रममा पारेको थियो । अनि महाप्रलयको दिन अल्लाहले तिनीहरूलाई (आफ्नो शान अनुसार) बिर्साउनु भयो जसरी तिनीहरूले यस दिनको भेँटलाई बिर्सेका थिए र यसको लागि कुनै सत्कर्म तथा तैयारी गरेका थिएन । यस कारणले पनि कि तिनीहरू हाम्रा प्रमाणहरूलाई सत्य मान्दा मान्दै अस्वीकार गरेका थिए ।५२. हामीले तिनीहरूसमक्ष यो कुर्आन लिएर आएका छौं जो मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित गरिएको छ । यसलाई हामीले आफ्नो ज्ञानको आधारमा स्पष्ट पारेका छौं । यो मोमिनहरूलाई सत्मार्ग देखाउँछ । यो मार्गदर्शन एवम् दया हो । यसमा लोक तथा परलोकको भलाइ रहेकोले उनीहरूका लागि कृपा हो ।५३. काफिरहरूलाई जुन पीडादायी यातनाको सूचना दिइएको छ तिनीहरू त्यसमा पर्ने प्रतीक्षामा छन् । जुन यातनाको सूचना दिइएको छ त्यो आखिरतको दिन अवश्य हुनेछ । मोमिनहरूलाई जुन बदलाको सूचना दिइएको छ त्यो पनि त्यस दिन अवश्य हुनेछ । संसारमा कुर्आनलाई बिर्सिने तथा त्यस अनुसार कर्म न गर्नेहरूले भन्नेछन्– वास्तवमा हाम्रा पालनकर्ताका रसूलहरू सत्य लिएर आएका थिए, यसमा कुनै शंका थिएन । त्यो अल्लाहको तर्फबाट हुने कुरामा पनि कुनै शंका थिएन । हाम्रो लागि कोही सिफारिशकर्ता भइदिएको भए, जसले हाम्रो यातना कम गरिदिन अल्लाहसमक्ष सिफारिश गरिदिएका भए बेस हुन्थ्यो । वा हामीहरूलाई सांसारिक जीवनमा फर्काइदिएका भए ताकि हामीहरूले यसभन्दा पहिले गरेका कुकर्महरूलाई छोडी सत्कर्म गरौं ताकि यस यातनाबाट मुक्ति पाउँ । वास्तवमा यी काफिरहरूले कुफ्र गरेर आफैँलाई बरबादीमा पारेकाछन् । तिनीहरूले अल्लाहलाई छोडेर जुन भगवानहरूको पूजा गर्नेगर्थे ती सबै हराए र यिनीहरूलाई कुनै फाइदा दिएनन् ।५४. हे मानव ! निस्सन्देह तिमीहरूका पालनकर्ता अल्लाह हुनुहुन्छ जसले आकाशहरू तथा पृथ्वीलाई विगतका कुनै उदाहरण बिना छ दिनमा सृष्टि गर्नुभयो । फेरि आफ्नो सिंहासनमा आफ्नो शान अनुसार विराजमान हुनुभयो, जसको कैफियत हामी जान्न सक्दैनौं । उहाँ रातका अन्धकारलाई दिनको प्रकाशबाट समाप्त पार्नुहुन्छ र दिनको प्रकाशलाई रातको अन्धकारबाट समाप्त पार्नुहुन्छ । ढिलो न गरिकन दुवै एक अर्काको पछाडि यसरी आउँछन् कि एउटा जान बित्तिकै अर्को आइ पुग्छ । अल्लाहले नै सूर्य, चन्द्रमा तथा ताराहरूको सृष्टि गर्नुभयो । यी सबै उहाँकै नियन्त्रणमा छन् र उहाँकै आदेश अनुसार कार्यरत छन् । सावधान ! अल्लाहले नै यी सबैको सृष्ट गर्नुभयो, के अल्लाहबाहेक अन्य कोही सृष्टिकर्ता छ ?! मात्र उहाँ कै आदेश चल्दैछ, उहाँको भलाइ पनि ठूलो छ र उपकार पनि महान । उहाँका गुणहरू अति शान वाला तथा कमालका छन् । उहाँ सम्पूर्ण जगतका पालनकर्ता हुनुहुन्छ । ५५. हे मोमिनहरू हो ! तिमीहरू आफ्ना पालनकर्तासँग अति नम्रताका साथ, बिलौना गर्दै, गोप्य रूपमा, निष्कपट भएर, कसैलाई साझेदार न बनाइकन दुआ गर । दुआ गर्ने कार्यमा सीमा उल्लङ्घन गर्नेहरूलाई अल्लाह मन पराउनुहुन्न । दुआमा सबै भन्दा ठूलो सीमा उल्लंघन हो- बहुदेववादीहरू जस्तै अल्लाहबाहेक अन्य कसैसँग माग्नु । ५६. अल्लाहले आफ्ना रसूलहरू पठाएर धर्तीमा सुधार गरेपछि तथ यसलाई आफ्नो आज्ञापालनबाट पूर्ण गरेपछि तिमीहरू पाप गरेर विध्वंस न मच्चाऊ । अल्लाहको यतनाको डर तथा उहाँको तर्फबाट बदलाको आशा राख्दै उहाँसँग दुआ गर । निस्सन्देह अल्लाहको दया सुकर्मीहरूको नजिक रहेको छ, अतः उनीहरूमध्ये बन ।५७. अल्लाहले नै हावालाई वर्षाअघि शुभ-सूचनास्वरूप पठाउनुहुन्छ । जब हावाले बाक्ला बादलहरूलाई पानीबाट भर्नुहुन्छ तब हामी त्यसलाई एउटा मृत नगरतर्फ हाँकेर लैजान्छौं अनि त्यस नगरमा पानी बर्साउँछौं । अनि पानीबाट हरेक प्रकारका फल उत्पन्न गर्छौं । जसरी हामीले फल उमार्यौं त्यसरी नै हामीले मृतहरूलाई चिहानबाट जीवित पारेर निकाल्नेछौं । हे मानव ! हामीले यो यस आशाका साथ गर्यौं कि तिमीहरूले अल्लाहको शक्ति तथा विभिन्न सृष्टिमा चिन्तन मनन गर्नेछौ र अल्लाह मृतहरूलाई जीवित पार्ने सामर्थ्य राख्नुहुन्छ भन्ने कुरामा आस्था राख्नेछौ ।५८. उत्तम भूमिले अल्लाहको अनुमतिले राम्रो तथा पूर्ण बनस्पति उत्पन्न गर्छ । मोमिन पनि त्यस्तै उपदेश सुन्छ, त्यसबाट फाइदा उठाउँछ र परीणाम स्वरूप सत्कर्म गर्छ । खराब तथा नुनिलो भूमिले काम न लाग्ने बिरुवा मात्र उत्पन्न गर्छ । काफिर पनि त्यस्तै उपदेशहरूबाट फाइदा उठाउँदैन । सत्यलाई प्रमाणित गर्नको लागि हामी विभिन्न प्रकारका प्रमाण तथा तर्कहरू वर्णन गर्छौं यस्ता मानिसहरूका लागि जो अल्लाहका कृपाहरूप्रति आभार व्यक्त गर्छन्, त्यसलाई इन्कार गर्दैनन् र आफ्ना पालनकर्ताको आज्ञापालन गर्छन ।५९. निस्सन्देह हामीले नूह अ. लाई उनको समुदायतर्फ रसूल बनाएर पठायौं जो उनीहरूलाई एकेश्वरवादतर्फ बोलाउँथे, उहाँबाहेक अरूको भक्तिबाट रोक्थे । अनि उनले आफ्नो समुदायका मानिसहरूलाई भने– हे मेरो समुदायका मानिसहरू हो ! मात्र अल्लाहको भक्ति गर । उहाँबाहेक तिमीहरूको अन्य कोही वास्तविक उपास्य छैन । हे मेरा समुदाय ! यदि तिमीहरू कुफ्रमै जिद्दी गर्छौ भने म तिमीहरूमाथि आउने भयानक दिनको यातनाबाट सावधान !६०. तिनीहरूको समुदायका ठूला अगुवाहरूले भने– हे नूह ! हामी त तिमीलाई स्पष्ट सत्यबाट टाढा देख्छौं ।६१. नूह अ. ले आफ्नो समुदायका अगुवाहरूलाई भने– म पथभ्रष्ट छैन जस्तो कि तिमीहरूले ठानेका छौ । म सम्पूर्ण जगतका पालनकर्ताको मार्गमा छु ।६२. म तिमहरूलाई आफ्ना पालनकर्ताका सन्देश पुर्याउँछु जो मलाई वही (प्रकाशना) द्वारा दिइएर पठाइयो । अल्लाहका आदेशको पालना तथा त्यसको बदलाको लागि प्रेरित गरेर तथा दुष्कर्महरू तथा त्यसले गर्दा हुने यातनाबाट मनाहि गरेर तिमीहरूका लागि भलाइ चाहन्छु । अल्लाहको तर्फबाट मलाई त्यो कुराको ज्ञान छ जो ज्ञान तिमीहरूसँग छैन, यो ज्ञान अल्लाहले वहीद्वारा मलाई प्रदान गर्नुभएको छ ।६३. के तिमीहरू यस कुराले चकित भयौ कि तिमीहरूसमक्ष तिमीहरूको चिन जानकै एक जना व्यक्तिको जिब्रोमाथि तिम्रा पालनकर्ताको तर्फबाट वही तथा उपदेश आयो ?! त्यो व्यक्ति तिमीहरूबीच नै हुर्कियो जो न त झूटा हो न पथभ्रष्ट न अर्को प्राणी । अनि तिमीहरू अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर ईशभय ग्रहण गर । यदि तिमीहरूले नूह अ. माथि ईमान ल्याउँछौ भने तिमीहरूमाथि दया गरिनेछ भन्ने कुराको आशा राख । ६४. तर उनका समुदायका मानिसहरूले उनलाई असत्य ठहर गरे र उनीमाथि ईमान ल्याएनन् बरु कुफ्रमै जिद्दी गरे । अन्ततः उनले उनीहरूलाई सर्वनाश गर्ने दुआ गरे । हामीले उनी तथा उनका साथमा रहेका मोमिनहरूलाई एउटा डुंगामा राखेर डुब्नबाट सुरक्षित राख्यौं र यस्ता सबैलाई बाढीबाट डुबाएर सर्वनाश गर्यौं जसले हाम्रा आयतहरूलाई झूटा ठहर गरे तथा यसो गर्न अरूलाई प्रोत्साहित गर्यो । हामी तिनीहरूलाई डुबाइदियौं । निस्सन्देह तिनीहरूका हृदयहरू सत्यबाट अन्धा थिए ।६५. हामीले आद समुदायतर्फ उनीहरूमध्येबाट हूद अ. लाई रसूल बनाएर पठायौं । उनले भने– हे मेरा समुदायका मानिसहरू हो ! मात्र अल्लाहको उपासना गर, उहाँबाहेक तिमीहरूको कोही वास्तविक उपास्य छैन । के तिमीहरू उहाँका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरू त्यागर उहाँसँग डराउँदैनौ ताकि उहाँको आपदाबाट सुरक्षित रह ?६६. अल्लाहको इन्कार गरेका तथा उहाँका रसूललाई झूटा ठहर गरेका उनका समुदायका काफिर अगुवाहरूले भने– हे हूद ! हामीलाई थाहा छ तिमी बुद्धि कम छ र रीस बढी छ त्यसैले तिमी मात्र एक अल्लाहको भक्तितर्फ हामीहरूलाई अहवान गर्छौ र मूर्तीहरूको पूजालाई छोड्न भन्छौ । तिमी रसूल हुने दावी गरेको कुरामा पक्का झूटाहरूमध्ये हो भन्ने हाम्रो विश्वास छ ।६७. हूद अ. ले समुदायका मानिसहरूलाई भने– हे मेरो समुदायका मानिसहरू हो ! मेरो बुद्धिमा कमि छैन बरु म सम्पूर्ण संसारका पालनकर्ताका रसूल हुँ ।६८. म एकेश्वरवाद तथा शरीअतको सन्देश पुर्याउने काम गर्छु जसको आदेश मलाई अल्लाहले दिनुभएको छ । मलाई जुन सन्देश पुर्याउने जिम्मेबारी छ त्यसमा म निष्कपट तथा अमानतदार छु, त्यसमा म कुनै कमि बेशी गर्दिन । ६९. के तिमीहरू यस कुराले चकित भयौ कि तिमीहरूसमक्ष फरिश्ता वा जिन्नमध्ये होइन बरु तिमी मानवमध्ये एक जना व्यक्तिको जिब्रोबाट तिमीहरूका पालनकर्ताको तर्फबाट उपदेश आइसकेको छ ताकि उनले तिमीहरूलाई डराउन् ?! अल्लाहप्रति आभार प्रकट गर कि उहाँले तिमीहरूलाई धर्तीमा स्थापित गर्नुभयो, नूह अ. को समुदायको उत्तराधिकारी बताउनुभयो जसलाई उहाँले तिनीहरूको कुफ्रको कारणले सर्वनाश गर्नुभयो, तिमीहरूलाई ठूलो जिउ तथा शक्ति प्रदान गर्नुभयो । तिमीहरूमाथि भएको अल्लाहका महान उपकारहरूलाई स्मरण गर यस आशाका साथ कि तिमीहरूले चाहना गरेको वस्तु पाउनेछौ र डरबाट मुक्ति पाउनेछौ ।७०. उनका समुदायका मानिसहरूले उत्तर दिए– हे हूद ! के तिमी हामीहरूलाई यो आदेश दिनको लागि आएका छौ- हामीहरू मात्र एक अल्लाहको भक्ति गरौं र हाम्रा पूर्वजहरूले पुज्दै आएका मूर्तीहरूलाई छोडिदेऔं ?! तिमी जुन आपदाको धमकी दिँदैछौ यदि त्यसमा सच्चा छौ भने हामीसमक्ष प्रस्तुत गर ।७१. हूद अ. ले जवाफमा भने– तिमीहरूमाथि तिम्रा पालनकर्ताको तर्फबाट अल्लाहको आपदा तथा क्रोध निश्चित भइसकेको छ, त्यो अवश्य नै आउनेछ । के तिमीहरू मसँग यस्ता मूर्तीहरूको बारेमा वादविवाद गर्छौ जसलाई तिमीहरूले र तिम्रा पूर्वजहरूले पूज्य बनाएका छौ, जसको कुनै वास्तविक्ता छैन ?! अल्लाहले कुनै प्रमाण अवतरित गर्नुभएको छैन जसबाट तिमीहरूले दावी गरेका भगवानहरूलाई सत्य प्रमाणित गर्न सक । जुन आपदाको लागि तिमीहरू हतार गर्दैछौ त्यसको प्रतीक्षा गर र म पनि तिमीहरूसँग प्रतीक्षा गर्छु, त्यो अवश्य आउनेछ ।७२. अन्ततः हामीले हूद अ. तथा उनका मोमिन साथीहरूलाई आफ्नो कृपाबाट जोगायौं । जसले हाम्रा आयतहरूलाई झूटा ठहर गरे तिनका जरासमेत नष्ट पारिदियौं । तिनीहरू मोमिन थिएनन् बरु झूटा ठहर गर्नेहरू थिए त्यसैले आपदाको भागीदार बने । ७३. समूदका समुदायतर्फ हामीले उनका भाइ सालेह अ. लाई पठायौं, ताकि उनले तिनीहरूलाई एक अल्लाहमाथि ईमान तथा उहाँकै भक्तितर्फ बोलाउन् । सालेह अ. ले तिनीहरूलाई भने– हे मेरा समुदायका मानिसहरू हो ! मात्र एक अल्लाहको भक्ति गर, उहाँबाहेक तिम्रा कोही उपास्य छैन जो भक्तिको हकदार होस् । मैले तिमीहरूसमक्ष ल्याएको सन्देश सत्य हो भन्ने प्रमाणित गर्नको लागि तिम्रा पालनकर्ताको तर्फबाट स्पष्ट निशानी आइसकेको छ । यो तिमीहरूसमक्ष एउटा ऊँटनीको रूपमा एउटा चट्टानबाट निस्कनेछ । उसको पानी खाने समय छुट्टै हुनेछ र तिमीहरूको पानी खाने समय छुट्टै हुनेछ । त्यसलाई अल्लाहको धर्तीमा चर्न छोडिदेऊ । त्यसलाई हानि पुर्याउने मनशायले हात न लगाऊ नत्र भने तिमीहरूमाथि दुःखद आपदा आइपर्नेछ ।७४. अल्लाहका कृपाहरूलाई याद गर जब उहाँले तिमीहरूलाई आद समुदायको उत्तराधिकारी बनाउनुभयो, धर्तीमा आवाद गर्नुभयो जसबाट तिमीहरू फाइदा उठाउँछौ र जसमा आफ्नो इच्छा पूरा गर्छौ । यी सबै आदको विनाशपछि भयो जब उसले घमण्ड गर्दै कुफ्र तथा झुटलाउने काम गर्यो । तिमीहरू त्यसको समतल मैदानमा महल निर्माण गर्छौ र पहाडलाई खोपेर घर बनाउँछौ । अनि, अल्लाहका उपकारहरूलाई स्मरण गर ताकि तिमीहरू उहाँप्रति आभार प्रकट गर । अल्लाहको इन्कार तथा पापहरूलाई त्यागेर धर्तीमा विध्वंस मच्चाउने कार्यलाई त्याग । ७५. उनको समुदायका ठूला बडा घमण्डी अगुवाहरूले कमजोर पारिएका मोमिनहरूलाई भने- हे मोमिनहरू हो ! के सालेह वास्तवमै अल्लाहका हुन् ? कमजोर पारिएका मोमिनहरूले जवाफ दिए– जुन सन्देशका साथ उनलाई पठाइएको छ त्यसमालाई हामीसच्चा मान्छौं, त्यसको आज्ञापालन गर्छौं र उनले ल्याएको शरीअत अनुसार कार्य गर्छौं ।७६. उनका समुदायका अहंकारीहरूले भने– हे मोमिनहरू हो ! जुन कुरामाथि तिमीहरूले ईमान ल्याएका छौ त्यसको हामीहरू इन्कार गर्दछौं । हामी कदापि त्यसमाथि ईमान ल्याउनेछैनौं र त्यस अनुसार कार्य गर्ने छैनौं । ७७. अन्ततः तिनीहरूले अल्लाहको आदेशको अवहेल्ना गरेर त्यस ऊँटनीलाई गर्धन काटेर मारिदिए जसलाई कष्ट दिन मनाहि गरीएको थियो । अनि, ठट्टा गर्दै तथा सालेह अ. ले दिएको आपदाको धमकीलाई टाढा ठान्दै भने- हे सालेह ! यदि तिमी अल्लाहका सच्चा रसूलहरूमध्ये हौ भने भने जुन आपदाको धमकी तिमीले दिएका थियौ त्यो हामीसमक्ष लिएर आऊ ।७८. अनि काफिरहरू जुन आपदाको लागि हतार गर्दै थिए त्यो आइपुग्यो, भयावह भूकम्पले तिनीहरूलाई समात्यो । तिनीहरू जमिनमा घोपटो परेर मरे र सर्वनाशबाट कोही पनि बचेन । ७९. जब तिनीहरूले सालेह अ. को अहवान स्वीकार गरेनन् तब उनी तिनीहरूबाट मुख फर्काए र भने– हे मेरा समुदायका मानिसहरू हो ! मलाई मेरा पालनकर्ताले जुन सन्देश पुर्याउने आदेश दिनुभएको थियो त्यो मैले पुर्याइदिएँ र तिमीहरूलाई प्रोत्साहन गरेर तथा डराएर तिमीहरूको भलो चाहें, तर तिमीहरूले भने हितैषी तथा यस्ता मानिसहरूलाई मन पराउँदैनौ जो तिमीहरूलाई भलाइतर्फ बोलाउन तथा दुष्कार्यबाट टाढा पार्न लालायित रहन्छन् ।८०. याद गर्नुहोस त्यस समयलाई जब लूत अ. ले आफ्नो समुदायको दुष्कर्मप्रति घृणा गर्दै भने- के तिमीहरू आफ्नो काम इच्छा पुरुषसँग पुरा गरेर अति घृणित तथा अश्लील कार्य गर्छौ ? ! यस दुष्कर्मको शुरुवात तिमीहरूले गर्यौ, तिमीहरू भन्दा अघि संसारमा कसैले यस्तो गरेको थिएन ?८१. तिमीहरू पुरुषहरूसित काम इच्छा पुरा गर्छौ र महिलाहरूसित गर्दैनौ जसको सृष्टि यसको लागि भयो । तिमीहरू यो कार्य गर्दा न बुद्धिको प्रयोग गर्छौ न उपदेशको र न प्राकृतिक नियमको ? वास्तवमा तिमीहरू मानवीय मध्य मार्ग छोडेर तथा ठीक बुद्धिबाट विचलित भएर तथा प्रतिष्ठित प्राकृतिलाई त्यागेर अल्लाहले निर्धारित गर्नुभएको सीमाको उल्लङ्घन गर्छौ ।८२. तर, अश्लील कार्यमा लिप्त भएका उनको समुदायका मानिसहरूको उत्तर यसबाहेक केही थिएन– लूत तथा उनीमाथि ईमान ल्याएका मानिसहरूलाई आफ्नो नगरबाट बाहिर निकाल । यिनीहरू हामीहरूको कामबाट बचेर खुब पवित्र बन्न खोज्छन् । हामीबीच उनीहरू बसुन्, यो हामीहरूलाई सोहाउँदैन । ८३. अनि हामीले लूत तथा उनीमाथि ईमान ल्याएका मानिसहरूलाई सुरक्षित राख्यौं र आपदा आउने नगरबाट रातौँ रात निस्कने आदेश दियौं । सिवाय उनकी पत्नी जो आपदामा ग्रस्त हुनेहरूमध्ये परिन् ।८४. हामीले तिनीहरूमाथि भीषण वर्षा गर्यौं, यहाँसम्म कि कडा माटोको ढुंगाले प्रहार गर्यौं । तिनीहरूको नगरलाई पल्टाएर घोप्टो पारिदियौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस् के भयो लूत अ. को अपराधि समुदायको दुष्परीणाम ? तिनीहरूको परीणाम भयो सर्वनाश तथा सधैँको अपमान ।८५. मदयन समुदायतर्फ हामीले तिनका भाइ शुएब अ. लाई पठायौं । उनले तिनीहरूलाई भने– हे मेरा समुदायका मानिसहरू हो ! मात्र अल्लाहको भक्ति गर । उहाँबाहेक तिमीहरूको कोही पुज्य छैन जो भक्तिको हकदार होस् । अल्लाहको तर्फबाट तिमीहरूसमक्ष मैले ल्याएको सन्देशको स्पष्ट प्रमाण तथा तर्क आइपुगेको छ । तिमीहरू नाप तथा तौल पूरा पूरा गरेर मानिसहरूको हक पूरा गर । उनीहरूका सर सामानमा कमि न गर वा तिनीहरूलाई धोका देऊ । अल्लाहले धर्तीमा सन्देष्टाहरू पठाएर सुधार गरिसकेपछि तिमीहरू कुफ्र तथा पाप गरेर विध्वंस न मच्चाऊ । यदि तिमीहरू मोमिन हौ भने उक्त कुराहरूको पालना मै तिमीहरूको भलाइ तथा हीत छ । पापबाट जोगिएमा तिमीहरू अल्लाहले मनाहि गर्नुभएको कार्यबाट जोगिन्छौ भने उहाँको आदेशको पालना गरेर उहाँको निकटता पाउनेछौ ।८६. मानिसहरूलाई धमकाउन, तिनीहरूका धन -सम्पत्ति खोस्न, सीधा मार्ग खोज्नेहरूलाई त्यस मार्गबाट रोक्न र अल्लाहको मार्गलाई टेढो पार्न तिमीहरू हरेक बाटोमा न बस । अल्लाहका कृपालाई स्मरण गर ताकि तिमीहरू उहाँप्रति आभार प्रकट गर । तिमीहरू अल्पसंख्यक थियौ अनि अल्लाहले तिमीहरूको संख्यालाई बढाउनुभयो । विचार गर, तिमीहरूअघि विध्वंशकारीहरूको परिणाम कस्तो भयो ! उनीहरूको परीणाम भयो सर्वनाश तथा बरबादी । ८७. मैले ल्याएको सन्देशमाथि तिमीहरूमध्येको एक जमातले ईमान ल्याएको छ अनि अर्को समूहले ईमान ल्याएको छैन । हे झूटा ठहर गर्नेहरू हो ! अल्लाहले तिमीहरूबीच निर्णय गरुञ्जेल प्रतीक्षा गर । उहाँ सर्वोत्तम निर्णायक हुनुहुन्छ ।८८. शुएब (अलैहिस्सलाम) को समुदायका घमण्डी अगुवाहरूले उनलाई भने– हे शुऐब ! तिमी र तिमीसँग ईमान ल्याउनेहरूलाई हाम्रो धर्ममा फिर्ता आउनै पर्छ नत्र हामीले तिमीहरूलाई आफ्नो नगरबाट निकालेर नै छोडनेछौं । शुएब (अलैहिस्सलाम) ले आश्चर्य चकित हुँदै भने– तिमीहरूको धर्म असत्य भएकोले हामी त्यसलाई मन पराउँदैनौं, अनि कसरी तिमीहरूको धर्ममा फिर्ता आउन सक्छौं ?!८९. तिमीहरू जुन कुफ्र तथा शिर्कमा छौ त्यसबाट अल्लाहले हामीलाई जोगाउनुभएको छ । यदि हामी तिमीहरूको धर्ममा फिर्ता आयौं भने हामी अल्लाहमाथि झूटो आरोप लगाउनेवाला ठहर हुनेछौं । तिमीहरूको धर्ममा फिर्ता हुनु हाम्रो लागि एकदमै ठीक छैन; हाम्रो पालनकर्ता अल्लाहले नै चाहनुभयो भने बेग्लै कुरा हो, किनभने हामी सबै अल्लाहको चाहनाको पाबन्द छौं । हाम्रा पालनकर्ताको ज्ञान हरेक वस्तुमाथि छाएको छ, कुनै पनि वस्तु उहाँबाट गोप्य छैन । अल्लाहले हामीलाई सीधा मार्गमा राख्नुहुन्छ र नर्कतर्फ लिएर जाने मार्गहरूबाट बचाउनुहुन्छ भन्ने कुरामा उहाँमाथि हाम्रो भरोसा छ । हे हाम्रा पालनकर्ता ! हामी र हाम्रा काफिर समुदायबीच ठीक ठीक निर्णय गरिदिनुहोस् । शत्रु अत्याचारीको मुकाबिलामा हकदार पीडितको मद्दत गर्नुहोस् । हे हाम्रा पालनकर्ता ! तपाईं सर्वोत्तम निर्णायक हुनुहुन्छ ।९०. एकेश्वरवादको अहवानलाई नकार्ने उनका समुदायका काफिर नेताहरूले अनुयायीहरूलाई डराउँदै भने– हे मेरा समुदायका मानिसहरू हो ! यदि तिमीहरूले शुऐब (अलैहिस्सलाम) को धर्ममा प्रवेश गर्यौ र आफ्ना पूर्वजहरूको धर्मलाई छोड्यो भने तिमीहरू अवश्य नै बरबाद हुनेछौ ।९१. अन्ततः तिनीहरूलाई भयावह भूकम्पले समात्यो अनि तिनीहरू आफ्ना घरमै घोप्टो परेर मरे अनि सबैको सर्वनाश भयो ।९२. शुऐब (अलैहिस्सलाम) लाई झूटो ठहर गर्ने सबै यसरी बरबाद भए मानौं तिनीहरू त्यहाँ कहिल्यै बसेकै थिएनन् र त्यहाँ मोज मज्जा गरेकै थिएनन् । शुऐब (अलैहिस्सलाम) लाई झूटा ठहर गर्नेहरू घाटामा रहे, केही हात पारेनन् । मोमिनहरू घाटामा परेनन् जस्तो कि यी झुट्लाउने काफिरहरूले दावी गरेका थिए ।९३. शुऐब (अलैहिस्सलाम) ले आफ्नो समुदायका मानिसहरूलाई सम्बोधन गर्दै भने– हे मेरा समुदायका मानिसहरू हो ! मेरा पालनकर्ताले जुन सन्देश पुर्याउने आदेश दिनुभएको थियो त्यो तिमीहरूसमक्ष पुर्याइ सकें र तिमीहरूको हीत नै चाहें तर तिमीहरूले मेरो उपदेश स्वीकार गरेनौ र मेरो निर्देशनको पालना गरेनौ । अल्लाहको इन्कार गर्ने तथा त्यसमा जिद्दी गर्ने समुदायमाथि म किन अपसोच गरूँ ?!९४. नगरहरूमध्ये जुन नगरमा पनि हामीले नबी पठायौं अनि त्यहाँका बासिन्दाले इन्कार गरे तथा त्यसलाई झूटो ठहर गरे हामीले तिनीहरूलाई दरिद्रता, कठिनाई तथा रोगमा ग्रस्त पार्यौं, यस आशाका साथ कि तिनीहरूले अल्लाहप्रति विनम्रता अपनाउन् र आफूले अपनाएको कुफ्र तथा घमण्डलाई त्यागुन् । यो चेतावनी हो कुरैश र सबै काफिर तथा झूटो ठहर गर्नेहरूका लागि । हरेक झुट्लाउनेहरूको यही परीणाम अल्लाहको कानुन हो ।९५. तिनीहरूलाई दरिद्रता, कठिनाई तथा रोगमा ग्रस्त गरेपछि हामीले भलाइ, सम्पन्नता तथा शान्तिमा परिणत गर्यौं यहाँसम्म कि तिनीहरूको संख्याँ तथा धन-सम्पत्तिमा धेरै बृद्धि भयो । तिनीहरूले भने- हामीहरूलाई जे जति दुःख-सुख पुगेका छन् त्यस्तै दुःख-सुख यस अघि हाम्रा पूर्वजहरूलाई पनि पुगेका थिए । तिनीहरूमाथि जे जति संकट आयो त्यो पाठ सिकाउनको लागि आयो र जे जति सुख पुग्यो त्यो यस्तो अवसर दिनको लागि आयो जसपछि आपदा आउँछ । हामीले तिनीहरूलाई यसरी अकस्मात् समात्यौं कि तिनीहरूलाई त्यस आपदाको थाहा भएन ।९६. हामीले जुन नगरहरूमा नबीहरू पठाएका छौं त्यहाँका बासीहरूले उनीहरूका सन्देशलाई स्वीकार गरेका भए र कुफ्र तथा पापहरूलाई त्यागेर तथा अल्लाहका आदेशहरूको पालना गरेर ईशभय राखेका भए हामी तिनीहरूका लागि चारैतिरबाट भलाइका ढोकाहरू खोल्ने थियौं, तर तिनीहरूले न त स्वीकार गरे न ईशभय नै अपनाए बरु रसूलहरूका सन्देशलाई झूटो ठहर गरे । अनि तिनीहरूका पाप तथा कुकर्मको कारणले हामीले तिनीहरूलाई अकस्मात समात्यौं । ९७. के यस नगरका बासीहरू यस कुराबाट निश्चिन्त छन् कि राति तिनीहरू आरामका साथ मस्त सुतिरहेको अवस्थामा हाम्रो प्रकोप आइपुगोस् ? ९८. वा के यस नगरका बासीहरू यसबाट निश्चिन्त छन् कि दिनको पहिलो भागमा तिनीहरू खेल कुद तथा सांसारिक मामिलामा व्यस्त रहेको अवस्थामा हाम्रो प्रकोप आइपुगोस् ?९९. हेर त्यस अवसरतर्फ जो अल्लाहले तिनीहरूलाई दिनुभयो, उहाँले तिनीहरूलाई धेरै शक्ति तथा जीवीका प्रदान गर्नुभयो । तिनीहरूको पकड गर्नुअघि तिनीहरूलाई यो अवसर अल्लाहले दिनुभयो । के यस नगरका यी झूटा ठहर गर्नेहरू अल्लाहको जुक्ति तथा गोप्य योजनाबाट निश्चिन्त छन् ? अल्लाहको जुक्तिबाट सर्वनाश हुनेहरू मात्र निश्चिन्त रहने गर्छन् । जहाँ सम्म मार्गदर्शन पाएका मानिसहरूको कुरा छ उनीहरू अल्लाहका जुक्तिप्रति सचेत रहने गर्छन्, उहाँले प्रदान गर्नुभएको कृपाबाट धोका खाँदैनन् बरु त्यसलाई उहाँको परोपकार ठानेर त्यसप्रति आभार प्रकट गर्छन् ।१००. आफ्ना पापहरूको कारणले विगतका धर्तीबासीहरूको विनाशबाट उनीहरूका उत्तराधिकारीहरूले केही बुझेनन् अनि पाठ लिएनन् बरु तिनीहरूले पुर्वजहरू जस्तै कार्य गरे । के यिनीहरूले यो कुरा बुझेनन्- अल्लाहले चाहनु भएमा आफ्नो कानुन अनुसार यिनीहरूको पापले गर्दा यिनीहरूलाई पनि नष्ट गर्नुहुन्छ ? अल्लाहले तिनीहरूका हृदयमाथि सिल (मोहर) लगाउनुहुन्छ अनि तिनीहरू पाठ लिँदैनन् ।१०१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी विगतका नगरहरू- नूह, हूद, सालेह, लूत तथा शुएब (अलैहिमुस्सलाम) का समुदायहरूका नगरहरू- हुन् जसका केही सूचनाहरू, तिनीहरूले झूटो ठहर गरेका कुराहरू अनि तिनीहरूमाथि आएका आपदाहरू तपाईंलाई बताउँदैछौं ताकि यसबाट पाठ लिनेले पाठ लेउन् र उपदेश ग्रहण गर्नेले उपदेश ग्रहण गरुन् । यी नगरका बासीहरूसमक्ष तिनीहरूका रसूलहरू स्पष्ट प्रमाणहरू लिएर आए । विगतका सन्देष्टाहरूमाथि उनीहरूका समुदायका मानिसहरूले ईमान ल्याएनन् बरु झूटा ठहर गरे किनभने अल्लाहले अदृश्य वास्तविक्ता जान्नु भएकोले तिनीहरूका हृदयहरूमाथि सिल लगाउनुभयो । त्यस्तै मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई नकार्नेहरूका मन-मस्तिष्कमा पनि सिल लगाउनुभयो, त्यसैले यिनीहरूले ईमान ल्याउने छैनन् ।१०२. हामीले सन्देष्टाहरू पठाइएका समुदायहरूमध्ये अधिकांशलाई वचनको कुनै पालना न गर्ने, अल्लाहको उपदेश ग्रहण न गर्ने तथा उहाँका आदेशहरूको पालना न गर्ने पायौं । बरु तिनीहरूमध्ये अधिकांशलाई अल्लाहका आज्ञाभन्दा बाहिर पायौं ।१०३. यी रसूलहरूपछि हामीले मूसा (अलैहिस्सलाम) लाई आफ्ना स्पष्ट प्रमाण तथा निशानीहरू दिएर फिरऔन एवं उसका समुदायतर्फ पठायौं अनि तिनीहरूमध्ये सबैले ती निशानीहरूलाई इन्कार गरे । अनि हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस् ! अल्लाहले कसरी तिनीहरूलाई डुबाएर नष्ट पार्नुभयो ? उहाँले तिनीहरूलाई लोक तथा परलोक दुवैमा धिक्कार्नुभयो ।१०४. जब अल्लाहले मूसा (अलैहिस्सलाम) लाई फिर्अौनतर्फ पठाउनुभयो तब उनी ऊसमक्ष गएर भने– हे फिरऔन ! म सम्पूर्ण संसारका सृष्टिकर्ता, मालिक तथा मामिलाका सञ्चालनकर्ता अल्लाहको तर्फबाट रसूल हुँ । १०५. मूसा (अलैहिस्सलाम) ले भने- म अल्लाहका रसूल भएकोले मेरो लागि के उचित छ भने म मात्र सत्य कुरा भनुँ । म तिमीहरूसमक्ष स्पष्ट प्रमाण लिएर आएको छु, जो के स्पष्ट पार्छ भने म सत्य हुँ तथा आफ्नो पालनकर्ताको तर्फबाट पठाइएको छु । अतः बनी इस्राईललाई मुक्त पारेर तथा उनीहरूमाथि अत्याचार बन्द गरेर मसँग जानदेऊ । १०६. फिरऔनले मूसा (अलैहिस्सलाम) लाई भन्यो– यदि तिमी कुनै चमत्कार लिएर आएकाछौ भने त्यसलाई प्रस्तुत गर यदि तिमी आफ्नो दावीमा सत्य हौ भने ।१०७. अनि मूसा (अलैहिस्सलाम) ले आफ्नो लौरो फ्याँके र त्यो दर्शकहरूका लागि स्पष्ट तथा ठूलो अजिङ्गर बन्यो । १०८. अनि, उनले आफ्नो हात आफ्नो कमिसबाट छाति नजिकबाट वा काखिबाट बाहिर निकाले र त्यो त्यतिखेर नै दर्शकहरूका सामु बिना रोग अति सेतो भएकोले टल्किन थाल्यो ।१०९. अनि फिर्औनको समुदायका अगुवाहरूले उक्त दुईवटा चमत्कारहरूलाई देखेर भने– निश्चय नै यो अत्यन्त जानकार तथा दक्ष जादुगर हो ।११०. यसको उद्देश्य आफ्नो जादूबाट तिमीहरूलाई तिम्रो देश मिस्रबाट निकाल्नु हो । फिर्औनले आफ्ना मानिसहरूसित सलाह लिए - अनि मूसा (अलैहिस्सलाम) को बारेमा तिमीहरूको के छ सल्लाह ?१११. तिनीहरूले फिर्औनलाई परामर्श दिए– मूसा (अलैहिस्सलाम) र उनका भाइ हारून (अलैहिस्सलाम) लाई अवसर दिनुहोस् र सबै जादूगरहरूलाई जम्मा गर्न मिस्रका सबै शहरहरूमा हरकाराहरूलाई पठाउनुहोस्, ११२. तपाईंका हरकाराहरूले तपाईंसमक्ष सबै शहरहरूबाट सबै जानकार तथा दक्ष जादूगरहरूलाई जम्मा गरेर ल्याउनेछन् ।११३. जादुगरहरूलाई जम्मा गर्न फिर्औनले हरकाराहरूलाई पठायो । जब जादूगरहरू जम्मा भए तब तिनीहरूले फिर्औनलाई सोधे– यदि हामी मूसा (अलैहिस्सलाम) माथि विजयी भयौं भने के हामीलाई पारिश्रमिक मिल्छ ?११४. फिर्औनले जवाफमा भन्यो– अँ, निस्सन्देह तिमीहरूलाई पारिश्रमिक मिल्नेछ र राजदरबारमा पद पनि पाएर मेरो नजिक हुनेछौ ।११५. जादुगरहरूले मूसा (अलैहिस्सलाम) माथि विजय अवश्य प्राप्त हुनेछ भन्ने कुरामा भरोसा राख्दै तथा घमण्ड गर्दै भने– मूसा ! या त तिमी जे फ्याँक्न चाहन्छौ त्यो फ्याँकेर पहिला शुरु गर वा हामी फ्याँकेर पहिला शुरु गर्छौं । ११६. मूसा (अलैहिस्सलाम) ले आफ्नो पालनकर्ताको सहयोगमा भरोसा गरेर भने– तिमीहरूले जे लौरो तथा डोरीहरू फ्याँक्नुछ फ्याँक । अनि, जब तिनीहरूले फ्याँके तब मानिसहरूका आँखाहरूमा जादू गरिदिए, आँखाहरू सही तरीकाले देख्नबाट फेरिए, तिनीहरू डराइए र यसरी तिनीहरूले मानिसहरूका आँखामा भारी जादू प्रस्तुत गरे ।११७. अल्लाहले आफ्नो नबी तथा उहाँसँग कुरा गरेका मूसा (अलैहिस्सलाम) तर्फ वही गर्नुभयो– हे मूसा ! फ्याँक आफ्नो लौरो । अनि उनले आफ्नो लौरो फ्याँके, अनि त्यसले अजिङ्गर बनेर तिनीहरूका झूटा डोरी तथा लौरोहरूलाई निल्न थाल्यो जसलाई तिनीहरूले वास्तविक्तालाई फेर्न तथा मानिसहरूलाई भ्रममा पार्नको लागि प्रयोग गरेका थिए कि यी सर्पहरू हुन् । ११८. नितान्त सत्य विजयी भयो, मूसा (अलैहिस्सलाम) सत्यमा हुन् भन्ने कुरा स्पष्ट भयो र जादूगरहरूले बनाएका जादू झूटो हो भन्ने कुरा पनि प्रमाणित भयो ।११९. तिनीहरू सबै त्यस मैदानमा पराजित भए र मूसा (अलैहिस्सलाम) विजयी भए । जादूगरहरू खुबै अपमानित भएर फर्किए ।१२०. सबै जादुगरहरू अल्लाहका महान शक्ति तथा स्पष्ट निशानीहरू देखेर नतमस्तक भए ।१२१. जादूगरहरूले भने– हामीले सबै प्राणीहरूका पालनकर्तामाथि ईमान ल्यायौं,१२२. मूसा (अलैहिस्सलाम) तथा हारून (अलैहिस्सलाम) का पालनकर्तामाथि । उहाँ मात्र भक्ति योग्य हुनुहुन्छ, उहाँबाहेकका मानिसहरूले ठानेका भगवानहरू भक्ति योग्य छैनन् । १२३. जब जादूगरहरूले एक अल्लाहमाथि ईमान ल्याए तब उनीहरूलाई धमकी दिँदै फिर्औनले भन्यो– के मैले अनुमति दिनु पूर्व नै तिमीहरूले मूसा (अलैहिस्सलाम) माथि ईमान ल्यायौ ? निश्चय नै मूसा (अलैहिस्सलाम) तथा उनले ल्याएको सन्देशमाथि तिमीहरूको ईमान ल्याउनु धोका तथा षडयन्त्र हो जो तिमीहरू तथा मूसा (अलैहिस्सलाम) ले यस नगरका बासिन्दाहरूलाई यहाँबाट निष्कासन गर्नका लागि गरेका छौ । हे जादूगरहरू हो ! तिमीहरूको के परीणाम हुनेछ र कस्तो सजाय दिइनेछ भन्ने कुरा तिमीहरूले चाँडै नै जान्नेछौ ।१२४. म निश्चय नै तिमीहरूमध्ये एक एकको दाहिने हात तथा देब्रे खुट्टा वा देब्रे हात तथा दाहिने खुट्टा काटिदिनेछु अनि तिमीहरूलाई सजाय दिन तथा सबै दर्शकहरूलाई डराउनको लागि तिमीहरू सबैलाई खजुरका रुखमा शूली दिनेछु ।१२५. जादूगरहरूले फिर्औनको धमकीको जवाफमा भने– तिमीले जे गरे पनि हामीहरू मात्र आफ्ना पालनकर्तातर्फ फर्केर जानेछौं । हामीहरूलाई तिम्रो धमकीको कुनै पर्वाह छैन ।१२६. हे फिर्औन ! तिमीले हामीहरूलाई ती निशानीहरू स्वीकार गर्नेवाला पाउनेछौ जो मूसा (अलैहिस्सलाम) लिएर आएका छन् । यदि यो कुरा तिमीलाई मन पराइ रहेको छैन भने यही मेरो पाप हो । फेरि तिनीहरू विनम्र भएर यो दुआ गर्दै अल्लाहतर्फ फर्के- हे हाम्रा पालनकर्ता ! हामीहरूलाई यति धैर्य प्रदान गर्नुहोस् कि हामीहरू सत्यमा कायम रहन सकौं, हामीहरूलाई मुस्लिम, तपाईंको आदेशको पालना गर्दै तथा तपाईंका रसूल (अलैहिस्सलाम) को अनुसरण गर्दै मृत्युवरण गराउनुहोस् ।१२७. फिरऔनको समुदायका ठूला बडा अगुवाहरूले फिर्औनलाई मूसा (अलैहिस्सलाम) तथा उनका मोमिन साथीहरूविरुद्ध भडकाउँदै भने– हे फिर्औन ! के तपाईंले मूसा (अलैहिस्सलाम) र उनको समुदायलाई त्यसै धर्तीमा विध्वंश मच्चाउँदै छोडिदिनु हुन्छ जब कि उनीहरूले तपाईं अनि तपाईंका भगवानहरूलाई छोडि सकेका छन् र मात्र एक अल्लाहको भक्तिको अहवान गर्दैछन् ? फिरऔनले उत्तर दियो– हामी बनी यस्राईलका पुत्रहरूको वध गर्नेछौं र उनीहरूका स्त्रीहरूलाई सेवाको लागि जीवित छाड्नेछौं । अनि हाम्रो सत्ता, प्रभुत्व तथा रुवाफ उनीहरूमाथि कायम नै छ ।१२८. मूसा (अलैहिस्सलाम) ले आफ्नो समुदायका मानिसहरूलाई उपदेश दिँदै भने– हे मेरा समुदायका मानिसहरू हो ! कष्ट निवारण गर्न तथा फाइदा प्राप्त गर्न मात्र अल्लाहसित सहायता माग र जुन सुकै कष्टमा धैर्य धारण गर । निस्सन्देह धर्ती अल्लाहकै हो, फिर्औन वा अन्य कसैको लागि होइन कि तिनीहरूले राज गरुन् । अल्लाह आफ्नो चाहना अनुसार पालै पालो जसलाई चाहनुहुन्छ सत्ता प्रदान गर्नुहुन्छ । तर धर्तीमा अन्तिम सफलता मोमिनहरूको लागि हो जो अल्लाहका आदेशहरूको पालना गर्छन् र उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बच्छन् । जे जति संकटहरू आए पनि यो धर्ती उनीहरूकै लागि हो ।१२९. मूसा (अलैहिस्सलाम) को समुदायका मानिसहरूले भने– हे मूसा ! तपाईंको आगमनभन्दा अघि पनि फिर्औनले हाम्रा पुत्रहरूलाई बध गरेर तथा हाम्रा स्त्रीहरूलाई छोडेर सताउने गर्थ्यो र तिम्रो आगमनपश्चात् पनि हामीलाई सताउँदैछ । मूसा (अलैहिस्सलाम) ले उनीहरूलाई उपदेश दिँदै तथा राम्रो दिन आउने शुभसूचना दिँदै भने– आशा छ तिमीहरूका पालनकर्ताले तिम्रो शत्रु फिर्औन तथा उसका समुदायलाई नष्ट पार्नुहुनेछ र तिनीहरूपछि तिमीहरूलाई धर्तीको सत्ता प्रदान गर्नुहुनेछ, अनि तिमीहरूले उहाँप्रति आभार व्यक्त गर्छौ वा कृतघ्नता गर्नेछौ भन्ने कुरा उहाँले देख्नुहुनेछ । १३०. हामीले फिर्औनीहरूलाई अकाल तथा फलफूलको कमीमा ग्रस्त गर्यौं यस आशाका साथ कि तिनीहरूले उपदेश प्राप्त गरुन् कि जे जति भयो त्यो तिनीहरूको कुफ्रको कारणले भयो अनि तिनीहरूले तौबा गरुन् ।१३१. जब फिर्औनीहरूलाई सुख-सम्पन्नता, फल फूल धेरै हन्थ्यो र त्यो सस्तो हुन्थ्यो तब तिनीहरू भन्थे– हामी यसका हकदार हौं त्यसैले विशेषरूपमा यो हामीलाई प्रदान गरिएको छ । जब तिनीहरूलाई सुख्खा, भुखमरी तथा रोगमा बढोतरी इत्यादि को रूपमा दुःख पर्थ्यो तब मूसा (अलैहिस्सलाम) तथा उनका साथी बनी इस्राईललाई आफ्ना लागि अपशकुन र यो दुःख उनीहरूले गर्दा आएको बताउँथे । वास्तविक्ता के छ भने तिनीहरूलाई जे जति कष्ट पुग्छ त्यो अल्लाहले भाग्यमा निर्धारित गर्नुभएको छ, त्यसमा तिनीहरू तथा मूसा (अलैहिस्सलाम) को कुनै दखल छैन । सिवाय यसको कि मूसा (अलैहिस्सलाम) ले तिनीहरूविरुद्ध दुआ गरे । तर तिनीहरूमध्ये अधिकांशलाई थाहा छैन अनि तिनीहरू अल्लाहबाहेक अन्य कसैले गरेको भन्छ ।१३२. फिर्औनका समुदायले मूसा (अलैहिस्सलाम) लाई सत्यसित शत्रुता व्यक्त गर्दै भने– तिमीले हामीहरूसमक्ष जुनसुकै चमत्कार तथा निशानी लिएर आए पनि र हामीहरूसँग रहेको धर्मलाई रद्द गर्दै त्यसबाट फेर्नको लागि जुन सुकै प्रमाण ल्याए पनि हामीहरू तिमीमाथि ईमान ल्याउने छैनौं ।१३३. हामीले तिनीहरूमाथि तिनीहरूले झूटो ठहर गर्ने तथा शत्रुता अपनाउने सजाय स्वरूप ठूलो बाढी पठायौं, जसले गर्दा तिनीहरूका खेती बाडी तथा फल फूल डुब्न पुगे । हामीले तिनीहरूतर्फ सलह पठायौं जसले तिनीहरूका खेती बाडीलाई खाइदियो । हामीले घुन तथा उडुस पठायौं, जसले तिनीहरूका अनाज तथा जिउलाई कष्ट पुर्याए । हामीले तिनीहरूतर्फ भ्यागुतो पठाएं जो तिनीहरूको भाँडामा भरे, तिनीहरूको खानालाई बिगारे तथा तिनीहरूको ओछ्यानलाई फोहर पारे । हामीले तिनीतर्फ रगत पठायौं जसले गर्दा तिनीहरूका इनार तथा नदीका पानी रगतमा परिणत भयो । यी सबैलाई हामीले खुल्ला निशानीहरू बनाएर एकपछि अर्कालाई पठायौं तर जहिले पनि सङ्कट आउँदा तिनीहरूले मूसा (अलैहिस्सलाम) ले ल्याएको सन्देशमाथि ईमान ल्याउनबाट घमण्ड गरे । तिनीहरू दुष्कर्मी थिए, असत्यलाई छोडेर सत्यलाई स्वीकार गर्दैनथे ।१३४. जब जब तिनीहरूमाथि प्रकोप आउँथ्यो तब तब तिनीहरूले मूसा (अलैहिस्सलाम) लाई भन्थे– हे मूसा ! तिमीलाई आफ्ना पालनकर्ताको तर्फबाट जुन ईशदूतत्व प्राप्त छ र तिमीले तौबा गरेमा उहाँले प्रकोप हटाउने जुन वाचा गर्नुभएको छ त्यसको आधारमा हामीहरूबाट प्रकोप हटाउन प्रार्थना गर । यदि तिमीले हामीहरूबाट प्रकोप हटाउँछौ भने हामीहरू तिमीमाथि ईमान ल्याउनेछौं, बनी इस्राईललाई मुक्त गरेर तिमीसँग पठाइदिनेछौं । १३५. जब हामीले तिनीहरूबाट पानीमा डुबाउने प्रकोप एक अवधिका लागि हटायौं तब तिनीहरूले ईमान ल्याउने तथा बनी इस्राईललाई मुक्त गर्ने वचन भङ्ग गरे । तिनीहरू कुफ्रमै कायम रहे र बनी इस्राईललाई मूसा (अलैहिस्सलाम) सँग पठाउन इन्कार गरे ।१३६. जब तिनीहरूलाई नष्ट पार्ने समय आयो तब तिनीहरूलाई नदीमा चुर्लुम्म डुबाउने प्रकोप पठायौं, किनभने तिनीहरूले हाम्रा निशानीहरूलाई झूटो ठहर गरे तथा सत्यबाट विमुख भए जसमा कुनै सन्देह थिएन ।१३७. बनी इस्राईललाई हामीले पूर्व तथा पश्चिम धर्तीका उत्तराधिकारी बनायौं जसलाई फिर्औन तथा उसको समुदायले अपमानित अवस्थामा राखेका थिए । अर्थात सीरिया तथा त्यसको वरिपरिका भूभाग, जसमा अल्लाहले धेरै खेती बाडी तथा फल फूल उमारेर पूर्ण बर्कतयुक्त बनाउनुभयो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताको राम्रो वाणी यस आयतमा पूर्ण भयो- हामी धर्तीमा कमजोर पारिएका मानिसहरूमाथि आफ्नो परोपकार पूर्ण गर्न चाहन्छौं, उनीहरूलाई अगुवा तथा धर्तीका वारिस बनाउन चाहन्छौं । (सूरह अल-कसस्ः ५) अनि अल्लाहले तिनीहरूलाई धर्तीमा स्थापित पार्नुभयो किनभने उनीहरूले फिर्औन तथा उसका समुदायका मानिसहरूले दिएका पीडाप्रति धैर्य गरे । हामीले फिर्औनका खेती बाडी तथा उच्च भवनहरूलाई नष्ट गरिदियौं ।१३८. जब मूसा (अलैहिस्सलाम) ले लौरोलाई समुद्रमा हिर्काए तब त्यसले बाटो दियो, यसरी हामीले बनी इस्राईललाई समुद्र पार गरायौं, अनि त्यहाँबाट हिँडेपछि तिनीहरू यस्तो समुदायका मानिसहरूकहाँ आए जो अल्लाहलाई छोडेर आफ्ना केही मूर्तीहरूको पूजा गर्दै थिए । अनि बनी इस्राईलले मूसा (अलैहिस्सलाम) लाई भने– हे मूसा ! यिनीहरूले पूजा गरिराखेका मूर्तीहरूझैं हाम्रा लागि पनि एउटा मूर्ती बनाइ दिनुहोस् ताकि हामीहरू त्यसको पूजा गरौं । मूसा (अलैहिस्सलाम) ले तिनीहरूलाई भने– हे मेरा समुदायका मानिसहरू हो ! तिमीहरूले जसरी अल्लाहको महानता तथा एकेश्वारवादमा अडिग रहनु जरुरी थियो त्यस्तो अडिग न रहेर तथा न सुहाउने शिर्क तथा अल्लाहबाहेक अरूका भक्ति गरेर तिमीहरू अज्ञानतामा छौ ।१३९. आफ्ना मूर्तीहरूको भक्तिमा कायम रहने यी मानिसहरू जुन मूर्तीहरूको पूजामा लिप्त छन् त्यो अवश्य नै नष्ट हुनेछ । तिनीहरूले अल्लाहको भक्तिमा जसलाई साझेदार बताउँदैछन् ती सबै असत्य हुन् ।१४०. मूसा (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भने– हे मेरो समुदायका मानिसहरू हो ! म अल्लाहबाहेक तिमीहरूका लागि कुनै अर्को पूज्य कुन आधारमा खोजूँ जबकि तिमीहरूले उहाँका महान निशानीहरू देखि सक्यौ, साथै उहाँले तिमीहरूलाई आफ्नो युगका धेरै मानिसहरूमाथि श्रेष्ठता प्रदान गर्नुभयो । तिम्रा शत्रुलाई नष्ट पारेर तिमीहरूलाई धर्तीका उत्तराधिकारी बनाएर तथा स्थापित पारेर तिमीहरूमाथि कृपा गर्नुभयो ?!१४१. हे बनी इस्राईल ! याद गर जब हामीले तिमीहरूलाई फिर्औन तथा उसका समुदायले गरिराखेका अपमानबाट मुक्त पार्यौं, जब तिनीहरू तिम्रा पुत्रहरूलाई बध गर्थे र तिम्रा स्त्रीहरूलाई सेवाको लागि जीवित छोडेर तिमीहरूलाई कष्ट पुर्याउने गर्थे । तिमीहरूलाई फिर्औन तथा उसको समुदायबाट मुक्ति प्रदान गर्ने कार्यमा तिमीहरूका लागि तिम्रा पालनकर्ताको तर्फबाट कडा परीक्षा थियो जसले गर्दा तिमीहरूले उहाँप्रति आभार व्यक्त गर्नुपर्छ ।१४२. अल्लाहले मूसा (अलैहिस्सलाम) सँग कुराकानी गर्न तीस रातको अवधि निर्धारित गर्नुभयो अनि त्यसमा अरू दस रात थपेर चालीस पुरा गर्नुभयो । जब मूसा (अलैहिस्सलाम) ले अल्लाहसँग कुराकानी गर्न यात्रा गर्ने नियत गरे तब आफ्नो भाइ हारून (अलैहिस्सलाम) लाई भने– हे हारून ! मेरो अनुपस्थितिमा मेरो समुदायमा उत्तराधिकारीको कार्यभार सम्हाल तथा राम्रो राजनीति तथा नम्रताका साथ तिनीहरूको सुधार गर । दुष्कर्म गरेर विध्वंसकारीहरूको मार्गमा न हिँड र अवज्ञाकारीहरूको सहयोगी न बन ।१४३. जब मूसा (अलैहिस्सलाम) आफ्ना पालनकर्तसँग कुराकानी गर्न निर्धारित अवधि चालीस रातिको लागि आए र उहाँका आदेशहरू तथा उहाँले मनाहि गर्नु भएका कार्यहरूबारे कुराकानी गरे तब उनको मनमा पालनकर्तालाई देख्ने इच्छा भयो, अनि उनले आफ्नो पालनकर्तासँग उहाँलाई देख्ने इच्छा प्रकट गरे । अनि अल्लाहले भन्नुभयो– तिमी यस सांसारिक जीवनमा यसको क्षमता न राखेकोले मलाई कदापि देख्न सक्दैनौ । तर, तिमी पर्वततर्फ हेर म प्रकट हुँदा यदि त्यो आफ्नो स्थानमा स्थिर रहयो तथा प्रभावित भएन भने तिमीले मलाई देख्न सक्नेछौ । यदि त्यो धर्तीको बराबर हुन्छ भने तिमी मलाई संसारमा देख्न सक्दैनौ । जब अल्लाह पर्वतमाथि प्रकट हुनुभयो तब यो प्रकटिकरणले पर्वतलाई धर्ती बराबर पारिदियो र मूसा (अलैहिस्सलाम) बेहोश भएर लडे । जब उनी होशमा आए तब भने– हे पालनकर्त ! म तपाईंको पवित्रताको गुणगान गर्छु , तपाईं ती सबै कुराबाट पवित्र हुनुहुन्छ जो तपाईंको योग्य छैन । तपाईंले आफूलाई संसारमा मलाई देखाउनुस् भन्ने जुन माग मैले गरेको थिएं त्यसप्रति क्षमायाचना गर्छु र म आफ्नो समुदायमा ईमान ल्याउनेहरूमध्ये सर्वप्रथम हुँ ।१४४. अल्लाहले मूसा (अलैहिस्सलाम) लाई भन्नुभयो– हे मूसा ! मैले तिमीलाई आफ्नो सन्देष्टा बनाएर मानिसहरूतर्फ पठाएर तिनीहरूमाथि श्रेष्ठता प्रदान गरेको छु र तिमीसँग प्रत्यक्ष कुरा गरेर सम्पूर्ण मानिसहरूमाथि प्रधानता प्रदान गरेको छु । अनि जुन सम्मान मैले प्रदान गरेको छु त्यसलाई ग्रहण गर र यस महान वरदानको लागि मप्रति आभार प्रकट गर्नेहरूमध्ये बन ।१४५. हामीले मूसा (अलैहिस्सलाम) को लागि काठका पाटी वा अन्य पाटीहरूमा बनी इस्राईललाई आवश्यक भएका धार्मिक तथा सांसारिक मामिलाहरूसित सम्बन्धित उपदेश लेखेर दियौं ताकि उपदेश ग्रहण गर्नेले यसबाट उपदेश ग्रहण गरोस् । उनलाई आदेशहरूका आवश्यक तपसील लेखेर दियौं । हे मूसा ! यस तौरातलाई दृढतापूर्वक सम्हाल र आफ्नो समुदाय बनी इस्राईललाई त्यसमा रहेका उपदेशहरूमध्ये उत्तम तथा बढी पुण्य मिल्ने उपदेशको पालना गर्ने आदेश देऊ । जस्तै आदेश दिइएका कार्यलाई पूर्णरूपमा गर्नु, धैर्य गर्नु, माफ गर्नु । म चाँडै नै तिमीलाई यस्ता मानिसहरूको परीणाम तथा विनाश देखाउनेछु जसले मेरो आदेशको उल्लङ्घन गरे तथा मेरो आज्ञापालनबाट निस्के । १४६. अल्लाहका भक्तहरू तथा सत्य धर्म इस्लामबाट बिना प्रमाण घमण्ड गर्नेहरूलाई म आकाशमा रहेका तथा मानवभित्र रहेका निशानीहरू तथा मेरो किताबमा रहेका आयतहरूसित पाठ लिनबाट विमुख नै राख्नेछु । तिनीहरूले यी सबै निशानीहरू देखे पनि ईमान ल्याउँदैनन् किनभने तिनीहरूलाई यसप्रति खेद छ र यसबाट तिनीहरू विमुख छन्, साथै तिनीहरू अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित शत्रुता राख्छन् । अल्लाहको प्रसन्नता प्राप्त गर्ने सीधा मार्ग पाए पनि त्यसमा तिनीहरू हिँड्दैनन् न त्यसमा चाख लिन्छन् । तर, तिनीहरूले अल्लाहको रोषलाई निम्त्याउने कुमार्ग भेट्टाएमा त्यसमा हिँड्छन् । यसको कारण के हो भने तिनीहरूले रसूलहरूले ल्याएको सन्देशको पुष्टि गर्ने अल्लाहका महान निशानीहरूलाई झूटो ठहर गरे र त्यसमा विचार गर्नबाट असावधान रहे ।१४७. हाम्रा रसूलहरूलाई पुष्टि गर्ने निशानीहरू तथा महाप्रलयमा अल्लाहसँग भेँटलाई अस्वीकार गर्नेहरूका आज्ञापालन सम्बंधि कर्महरू व्यर्थ हुनेछन् । तिनीहरूलाई ती कर्महरूको पुण्य प्राप्त हुने छैन किनभने तिनीहरूले ईमान ल्याएनन् जो कुनै पनि कर्म स्वीकार्य हुने शर्त हो । महाप्रलयको दिन पनि तिनीहरूलाई तिनीहरूले गरेको कुफ्र तथा शिर्कको कारणले पुण्यको सट्टामा सधैँको लागि नर्क नै मिल्नेछ । १४८. मूसा (अलैहिस्सलाम) को समुदायका मानिसहरूले आफ्ना पालनकर्तासित प्रार्थनाको लागि उनी गएपछि गर-गहनाहरूबाट पूज्य स्वरूप बाछाको एउटा मूर्ती बनाए जसमा न आत्मा थियो न आवाज । के तिनीहरूले जानेनन्- यो बाछा तिनीहरूसँग कुराकानी गर्न सक्दैन, भौतिक तथा अभौतिक कुनै किसिमको भलाइतर्फ निर्देशन दिन सक्दैन, न फाइदा पुर्याउन सक्छ न खतरालाई टार्न सक्छ ?! तिनीहरूले आफूमाथि अत्याचार गर्दै त्यसलाई पूज्य बनाए । १४९. जब तिनीहरू लज्जित भए, हैरान भए तथा बाछा बनाएर तथा अल्लाहसँग त्यसलाई पूज्य बनाएर पथभ्रष्ट भएका छन् भन्ने कुरा बुझे तब तिनीहरू अल्लाहसमक्ष अनुनय विनय गर्दै भन्न थाले– यदि हाम्रा पालनकर्ताले हामीहरूलाई आफ्नो आज्ञापालनको अवसर दिएर हामीहरूमाथि दया न गरेको भए तथा हामीहरूले बाछाको पूजा गरेको पापलाई माफ न गरेको भए हामी निश्चय नै लोक तथा परलोक दुवैमा घाटा खानेहरूमध्ये हुनेथियौं ।१५०. जब मूसा (अलैहिस्सलाम) आफ्ना पालनकर्तासँग भाला कुसारी गरेर फर्के तब आफ्नो समुदायलाई बाछाको पूजामा लिप्त पाएर अति क्रोधित एवं दुखित भएर भने– हे मेरा समुदायका मानिसहरू हो ! मेरो अनुपस्थितिमा तिमीहरूले कति नराम्रो अवस्था सृजना गर्यौ जसको परीणाम विनाश तथा अभागि हुनु हो । के तिमीहरू मेरो प्रतीक्षा गर्दा गर्दै दिक्क भयौ र बाछाको पूजामा लिप्त भयौ ?! मूसा (अलैहिस्सलाम) ले रोष तथा दुःखले पाटीहरूलाई एकतर्फ फ्याँके र आफ्ना भाइ हारून (अलैहिस्सलाम) को कपाल तथा दाह्री समाती उनलाई आफूतिर तान्न थाले, किनभने उनी तिनीहरूसँग नै बसेको अवस्थामा तिनीहरू बाछाको पूजा गरेका थिए र पनि उनले सुधार गरेन । हारून (अलैहिस्सलाम) ले आफ्नो विवशता प्रकट गर्दै तथा दया गर्ने अनुरोध गर्दै भने– हे मेरा आमापट्टिका दाइ ! मानिसहरूले मलाई दुर्बल ठाने, मेरो अपमान गरे र हत्या गर्ने प्रयास गरे । अतः मलाई सजाय दिएर शत्रुहरूलाई मेरो हाँसो उडाउने मौका न दिनुहोस् र तिनीहरूले अल्लाहबाहेकको भक्ति गरेमा मेरो गणना ती अत्याचारीहरूमा न गर्नुहोस् । १५१. मूसा (अलैहिस्सलाम) ले अल्लाहसित दुआ गरे– हे मेरा पालनकर्ता ! मलाई र मेरो भाइ हारून (अलैहिस्सलाम) लाई क्षमा प्रदान गर्नुहोस्, हामीलाई आफ्नो कृपामा प्रवेश गरेर त्यस अन्तर्गत लिनुहोस् । हे हाम्रा पालनकर्ता ! तपाईं सबै दयालुहरूभन्दा महान दयावान हुनुहुन्छ ।१५२. जुन व्यक्तिहरूले बाछालाई पूज्य बनाएर त्यसको भक्ति गर्न थाले तिनीहरू अवश्य आफ्ना पालनकर्ताको प्रकोपमा ग्रस्त हुनेछन् र सांसारिक जीवनमा अपमानित हुनेछन् किनभने तिनीहरूले आफ्ना पालनकर्तालाई रोष दिलाए तथा अपमान गर्न खोजे । अल्लाहमाथि झूटो गढ़्नेहरूलाई हामीले यस्तै दण्ड दिने गर्छौं ।१५३. जुन मानिसहरूले शिर्क तथा अवज्ञा जस्ता दुष्कर्म गरे र त्यसपछि अल्लाहसमक्ष तौबा गरेर ईमान ल्याए तथा विगतमा गरिराखेका पापहरूलाई त्यागे, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निश्चय नै तपाईंका पालनकर्ता तिनीहरूले शिर्क तथा अवज्ञा त्यागेर ईमान तथा आज्ञापालनतर्फ आएपछि अति क्षमाशील एवं दयावान हुनुहुन्छ । उहाँले तिनीहरूको पापलाई छोप्नुहुनेछ र माफ गर्नुहुनेछ ।१५४. जब मूसा (अलैहिस्सलाम) को क्रोध शान्त भयो तब उनले पाटीहरू उठाए, जसलाई उनले रिसले गर्दा फालेका थिए । यसमा पथभ्रष्टताको मुकाबिलामा मार्गदर्शन तथा सत्यको वर्णन थियो, आफ्ना पालनकर्तासित डराउनेहरू तथा उहाँको सजायबाट तर्सिनेहरूका लागि मार्गदर्शन तथा कृपाको वर्णन थियो ।१५५. मूसा (अलैहिस्सलाम) ले आफ्ना समुदायका सत्तरी जना पुरुषहरूलाई चयन गरे ताकि तिनीहरूका बेवकूफहरूले बाछालाई पूज्य बनाएको महापापको लागि आफ्ना पालनकर्तासित माफि मागुन् । अल्लाहले तिनीहरूको उपस्थितिको लागि निश्चित समय दिनुभएको थियो । जब तिनीहरू त्यहाँ पुगे तब आँट गरेर आफ्ना आँखाले अल्लाहलाई देख्ने माग गरे । अनि तिनीहरूलाई भूकम्पले समात्यो र तिनीहरू रुवाफले गर्दा लडे तथा मर्न पुगे । तब मूसा (अलैहिस्सलाम) ले अनुनय विनय गरेर भने– हे मेरा पालनकर्ता ! यदि तपाईंले चाहनुभएका भए तिनीहरूलाई र मलाई पनि तिनीहरूको यहाँ आउनु अघि नै नष्ट गरिसकेका हुनुहुन्थ्यो । के तपाईंले हामीहरूमध्ये केही मूर्खहरूले गरेका अपराधले गर्दा हामी सबैलाई नष्ट गर्नुहुनेछ ? मेरो समुदायले जे जस्तो बाछाको पूजा गरे त्यो एउटा परीक्षा थियो जसद्वारा तपाईंले जसलाई चाहनुहुन्छ पथभ्रष्ट गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ । तपाईं हाम्रा संरक्षक-मित्र हुनुहुन्छ । अतः हामीहरूका पापहरूलाई माफ गर्नुहोस् र हामीहरूमाथि आफ्ना विशाल कृपाबाट दया गर्नुहोस्, तपाईं क्षमा गर्नुहुन्छ तथा हाम्रा पापलाई माफ गर्नुहुन्छ ।१५६. हामीहरूलाई ती मानिसहरूमध्ये बनाउनुहोस् जसलाई तपाईंले यस जीवनमा विभिन्न कृपाहरू, सन्तुष्टता तथा सत्कर्म गर्ने अवसर प्रदान गर्नुभयो, जसलाई आखिरतमा सत्कर्मीहरूमध्ये बनाउनुभयो र जसको लागि स्वर्ग तयार पार्नुभयो । हामीहरू तपाईंसमक्ष तौबा गर्यौं र आफ्नो कमि कमजोरीलाई स्वीकार गरेर तपाईंतर्फ फर्केर आयौं । अल्लाहले भन्नुभयो– यो मेरो यातना हो जसलाई चाहन्छु अभागी हुने कार्य गर्नेहरूलाई यातना दिन्छु, तर मेरो दया चाहिँ संसारका हरेक वस्तुमाथि छाएको छ । कुनै पनि यस्तो प्राणी छैन जो सम्म अल्लाहको दया न पुगेको होस् र उहाँको कृपा तथा परोपकारले उसलाई न ढाकेको होस् । आखिरतमा मैले आफ्नो कृपा ती मानिसहरूका लागि अवश्य नै लेख्नेछु जो अल्लाहको आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यहरूलाई त्यागेर उहाँसित डराउँछन्, हकदारहरूलाई आफ्नो धन-सम्पत्तिबाट जकात दिने गर्छन् र हाम्रा आयतहरूमाथि ईमान राख्छन् ।१५७. जो मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर्छन्; जो उम्मी हुनुहुन्छ, स्वयम पढनु लेख्नु हुन्न बरु उहँका पालनकर्ता अल्लाहले वही पठाउनुहुन्छ, जसको नाम, गुण तथा ईशदूतत्वबारे तिनीहरूले आफूसँग रहेको मूसा (अलैहिस्सलाम) माथि अवतरित तौरात तथा ईसा (अलैहिस्सलाम) माथि इन्जीलमा लेखिएको पाउँछन् । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) तिनीहरूलाई यस्ता कार्यहरूको आदेश दिनुहुन्छ जो राम्रा तथा ठीक छन् भन्ने कुरा सर्वविदित छन्, यस्ता कार्यहरूबाट मनाहि गर्नुहुन्छ जो नराम्रा तथा दुष्ट हुन् भन्ने कुरा हरेक ठीक बुद्धि तथा सही प्राकृतिका मानिसहरूले जान्दछन्, यस्ता स्वादिष्ट वस्तुहरूलाई जायज ठहर गर्नुहुन्छ जसमा कुनै हानि हुँदैन जस्तै खान पिन तथा विवाह, अपवित्र वस्तुहरूलाई हराम गर्नुहुन्छ, कठिन जिम्मेबारी तथा बोझलाई उनीहरूबाट झार्नुहुन्छ जस्तै हत्याराको हत्यालाई अनिवार्य गर्नु, चाहे जानी जानी हत्या गरेको होस् वा भूलवश । अतः बनी इस्राईल इत्यादिमध्ये जुन मानिसहरूले उहाँमाथि ईमान ल्याए र उहाँको समर्थन, सम्मान, काफिरहरूमध्ये शत्रुता अपनाउनेहरूविरुद्ध मद्दत गरे र उहाँमाथि अवतरण भएको प्रकाश तथा मार्गदर्शक कुर्आनको अनुसरण गरे, उनीहरू नै सफल मानिसहरू हुन् जसले आफूले चाहेको वस्तुहरू पाउनेछन् र डराइरहेका वस्तुहरूबाट सुरक्षित राखिनेछन् ।१५८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे मानव हो ! म तिमीहरू सबै अरबी तथा गैर अरबीतर्फ त्यस अल्लाहद्वारा पठाइएको रसूल हुँ जसका लागि आकाशहरू तथा धर्तीको शासन रहेको छ । उहाँबाहेक कोही वास्तविक पूज्य छैन । उहाँ मृतलाई जीवन प्रदान गर्नुहुन्छ र जीवितलाई मृत्यु दिनुहुन्छ । अतः हे मानव ! अल्लाहमाथि ईमान ल्याऊ, उहाँका नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याऊ जो उम्मी स्वयम न पढनुहुन्छ न लेख्नुहुन्छ । उहाँका पालनकर्ताले जे वही गर्नुभयो त्यही लिएर आउनुभयो । उहाँ अल्लाह, उहाँमाथि अवतरित तथा उहाँभन्दा अघि बितेका नबीहरूमाथि अवतरित वाणीहरूमाथि बिना भेदभाव ईमान राख्नुहुन्छ । उहाँले जे जति आफ्ना पालनकर्ताको तर्फबाट लिएर आउनुभएको छ त्यसको अनुसरण गर, आशा छ तिमीहरूले लोक तथा परलोकका हीततर्फ मार्गदर्शन पाउनेछौ । १५९. मूसा (अलैहिस्सलाम) को समुदाय बनी इस्राईलमध्ये एउटा जमात ठीक धर्ममा कायम छ, अरू मानिसहरूलाई त्यसतर्फ बोलाउँछ र निसाफका साथ निर्णय गर्छ, अत्याचार गर्दैन ।१६०. हामीले बनी इस्राइललाई अलग अलग बाह्र वटा खानदानमा विभाजित गर्यौं र उनीहरूका अलग अलग जमात बनायौं । जब उनका समुदायले उनीसित पानी माग्न अल्लाहसित दुआ गर्ने माग गरे तब हामीले मूसा (अलैहिस्सलाम) लाई वही गर्यौं– हे मूसा ! तिमी आफ्नो लौरो ढुङ्गामा हान । उनले ढुङ्गामा हान्दा त्यसबाट बनी इस्राईलका बाह्र वटा खान्दान बराबर बाह्र वटा मुहान फुटे र प्रत्येक खान्दानले आ-आफ्नो पानीको घाट चिन्यो जसमा अर्को खान्दान साझेदार थिएन । हामीले तिनीहरूमाथि बादलको छायाँ पार्यौं जो तिनीहरूसँग हिँडने गर्थ्यो र जहाँ तिनीहरू उभ्थे त्यहीँ बादल पनि रोकिन्थ्यो । हामीले तिनीहरूका लागि मधु जस्तो मिठो पेय पदार्थ तथा स्वादिष्ट मासु भएको सानो चरा अवतरित गर्यौं जो सुमानी जस्तो थियो । हामीले तिनीहरूलाई भन्यौ- खाऊ यी पवित्र खानाहरू जुन हामीले तिमीहरूलाई प्रदान गरेका छौं । उनीहरूले गरेको अत्याचार, उहाँका कृपाप्रति कृतघ्नता तथा कदर न गर्नुले हाम्रो कुनै हानि गरेन बरु तिनीहरूले अल्लाहको आदेशको उल्लङ्घन तथा उहाँका कृपाहरूलाई नकार्दै आफ्नै विनाश निम्तियाएर आफैँमाथि अत्याचार गरे ।१६१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् जब अल्लाहले बनी इस्राईललाई भन्नुभयो– तिमीहरू बैतुल मक्दिसमा प्रवेश गर, यसका फलहरू जहाँबाट र जतिखेर चाहन्छौ खाऊ र भन- हे हाम्रा पालनकर्ता ! हामीबाट हाम्रा पापहरूलाई माफ गर्नुहोस् र ढोकाभित्र निहुरेर तथा आफ्ना पालनकर्तासँग अनुनय विनय गर्दै पस । यदि तिमीहरूले यसो गर्नेछौ भने हामी तिमीहरूको पापलाई क्षमा गरिदिनेछौं अनि सुकर्मीहरूलाई लोक तथा परलोकका भलाइ अझ बढाएर दिनेछौं ।१६२. अत्याचारीहरूले त्यस कुरालाई बदली दिए जसको आदेश दिइएको थियो र भने- जौको एक दाना । उनीहरूलाई माफि माग्ने आदेश दिइएको थियो तर जुन कुराको आदेश दिइएको थियो त्यसलाई फेरिदिए । तिनीहरूले अल्लाहको लागि अनुनय विनयका साथ शिर निहुराएर प्रवेश गर्नुको सट्टा घिस्रिएर प्रवेश गर्न थाले । अनि हामीले तिनीहरूको अत्याचारको कारणले आकाशबाट आपदा पठायौं । १६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यहूदीहरूलाई स्म्रण गराउँदै त्यस नगरको वृत्तान्तबारे सोध्नुहोस् जो नदीको किनारमा अवस्थित थियो । तिनीहरूले शनिबारको दिन सीमोल्लङ्घन गर्न थाले किनभने शनिबारको दिनमा नै माछाहरू तिनीहरूसमक्ष पानीको सतहमा आउने गर्थे र शनिवारबाहेक अन्य दिनहरूमा आउँदैनथे । तिनीहरू आज्ञापालनबाट निस्केकोले तथा अवज्ञा गर्न थालेकोले तिनीहरूको परीक्षा लियौं । तिनीहरू कसरी शिकार गर्थे भने तिनीहरू जाल गाड्ने र खाडल खन्ने गर्थे, त्यसमा शनिवारको दिन माछा खस्ने गर्थे अनि अइतवारको दिन त्यसबाट माछा लिएर जाने अनि खाने गर्थे ।१६४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) याद गर्नुहोस् जब तिनीहरूमध्ये एउटा समूहले तिनीहरूलाई यस दुष्कर्मबाट मनाहि गर्यो तथा त्यसबाट डरायो । दोस्रो समूहले पहिलो समूहलाई भन्यो– तिमीहरू यस्ता मानिसहरूलाई किन उपदेश दिन्छौ जसलाई तिनीहरूको अवज्ञाको कारणले अल्लाहले संसारमा बिनष्ट गर्नुहुनेछ तथा आखिरतमा कठोर यातना दिनुहुनेछ ?! पहिलो उपदेश दिने समूहले जवाफ दियो– अल्लाहसमक्ष दोष मुक्त हुनको लागि हामीले उपदेश दिन्छौं, उहाँको पकडबाट बच्नको लागि सत्कर्मको आदेश दिन्छौं तथा दुष्कर्मबाट मनाहि गर्छौं । आशा छ तिनीहरूले उपदेशबाट फाइदा उठाउनेछन् अनि अवज्ञालाई त्याग्नेछन् ।१६५. जब अवज्ञाकारीहरूको समूह उपदेश दिने समूहको उपदेशबाट विमुख भयो र अवज्ञा गर्न छोडेन तब कुकर्मबाट रोक्ने पहिलो समूहलाई हामीले बचायौं र शनिवारको दिन माछाको शिकार गर्ने अवज्ञाकारी समूहलाई कडा आपदामा समात्यौं, किनभने तिनीहरू अल्लाहको आज्ञाबाट निस्के र अवज्ञामा जिद्दी गरे । १६६. जब तिनीहरूले घमण्ड तथा शत्रुताको कारणले अल्लाहको अवज्ञामा सीमा उल्लङ्घन गरे र उपदेश ग्रहण गरेनन् तब हामीले आदेश दियौं– हे अवज्ञाकारीहरू हो ! तिमीहरू अपमानित बाँदर होऊ । अनि तिनीहरू हाम्रो आदेश अनुकुल बाँदर बने । जब हामी कुनै कार्य गर्न चाहन्छौं तब भन्छौं- भइस्, अनि त्यो हुनपुग्छ ।१६७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! याद गर्नुहोस् जब अल्लाहले स्पष्ट घोषणा गर्नुभयो– उहाँले महाप्रलयको दिनसम्म यहुदीहरूमाथि यस्ता मानिसहरूलाई थोपारिरहनुहुनेछ जसले तिनीहरूलाई संसारमा अपमानित गरिराख्नेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता अवज्ञाकारीहरूलाई दण्ड दिनमा तीब्र हुनुहुन्छ यहाँसम्म कि संसारमा पनि तिनीहरूलाई सजाय दिनुहुन्छ । निस्सन्देह उहाँ तौबा गर्ने भक्तहरूका पापहरूलाई माफ गर्नुहुन्छ तथा दया गर्नुहुन्छ ।१६८. हामीले तिनीहरूलाई धर्तीमा विभिन्न समूह तथा गुटमा विभाजित गरिदियौं जब कि तिनीहरू पहिला एक्ताबद्ध थिए । तिनीहरूमध्ये एउटा समूह सज्जन थियो र अल्लाह तथा भक्तहरूका अधिकार पूरा गर्थ्यो भने दोस्रो समूह मध्यमार्गी थियो र तेस्रो समूह अवज्ञा गरेर आफूमाथि जियादती गर्नेवाला थियो । हामीले तिनीहरूको परीक्षा सुख तथा दुःखबाट गर्दै गर्यौं ताकि तिनीहरूले गरिराखेको कुकर्मलाई त्यागुन् ।१६९. तिनीहरूपश्चात् दुष्कर्मीहरूले तिनीहरूको स्थान लिए, जसले आफ्नो पूर्वजबाट तौरात पाए, त्यसलाई पढने गर्थे तर त्यसलाई बुझ्दैनथे । तिनीहरू अल्लाहको किताबमा फेरबदल गर्न तथा उहाँले अवतरित न गर्नुभएको आदेश थप्नको लागि घूस स्वरूप तुच्छ सांसारिक धन लिने गर्थे । साथै के कामना गर्थे भने अल्लाहले चाँडै तिनीहरूलाई माफ गर्नुहुनेछ । यदि सांसारिक धन पटक पटक आए भने तिनीहरूले लिनेछन् । के तिनीहरूबाट अल्लाहले वचन लिनुभएको थिएन- तिनीहरूले अल्लाहबारे बिना हेर फेर सत्यबाहेक अरू केही भन्ने छैनन् ? तिनीहरूले किताब अनुसार कर्म गर्न अज्ञानताले गर्दा छोडेनन् बरु जानी जानी छोडे, तिनीहरूले त्यसलाई पढे पनि र जाने पनि यसरी तिनीहरूले ठूलो पाप गरे । आखिरतको घर तथा त्यसमा रहेका वरदानहरू सधैं रहनेछन् र संसारका समाप्त हुने वरदानभन्दा उत्तम छन् ती मानिसहरूका लागि जो अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई छोडेर उहाँसँग डराउँछन् । के यस्ता मानिसहरू बुद्धि राख्दैनन् जो संसारका क्षणिक तथा समाप्त हुने धन-सम्पत्तिलाई आखिरतका सधैँ रहने कृपाहरूभन्दा उत्तम तथा बढी टिकाउ ठान्छन् जसलाई अल्लाहले ईशभय राख्नेहरूका लागि तयार पार्नुभएको छ ?!१७०. जुन मानिसहरू अल्लाहका किताबलाई दृढतापूर्वक समात्छन्, त्यसमा रहेका आदेशहरूको पालना गर्छन् र समयको पाबन्दी, शर्त, अनिवार्य तथा सुन्नत कार्यहरूको पालनाका साथ सलाह कायम गर्छन् अल्लाहले तिनीहरूलाई चाँडै नै त्यसको बदला दिनुहुनेछ । अल्लाह सत्कर्मीहरूको पुण्यलाई अकार्थ गर्नुहुन्न ।१७१. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! याद गर्नुहोस् जब बनी इस्राईलले तौरातमा लेखिएको कुरालाई मान्न इन्कार गरे तब हामीले पहाडलाई उखेलेर तिनीहरूमाथि उभ्यायौं अनि पहाडलाई बादल झैं शिरहरूमाथि छायाँ गर्यौं, त्यो तिनीहरूमाथि खस्छ भन्ने यकिन तिनीहरूलाई भयो । तिनीहरूलाई भनियो- तिमीहरूलाई जे जति हामीले प्रदान गरेका छौं त्यसलाई दृढतापूर्वक समात र त्यसमा जे जति आदेशहरू दिइएको छ त्यसलाई न बिर्सिकन याद राख । आशा छ यसो गरेर तिमीहरू अल्लाहसँग डराउनेछौ ।१७२. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! याद गर्नुहोस् जब तपाईंका पालनकर्ताले आदम (अलैहिस्सलाम) का सन्तानहरूका पिठ्यूँहरूबाट तिनका सन्तान सृष्टि गर्नुभयो र उहाँ नै तिनीहरूका पालनकर्ता हुनुहुन्छ भन्ने कुरा तिनीहरूको प्राकृतिमा राख्नुभयो । उहाँ नै तिनीहरूका सृष्टकर्ता तथा पालनकर्ता हुनुहुन्छ भन्ने कुरा तिनीहरूको प्राकृतिमा राखिएको आधारमा उहाँले यो भन्न लगाउनुभयो– के म तिमीहरूको पालनकर्ता होइन ? तिनीहरू सबैले भने– किन न हुनु ? हामी साक्षी छौं, तपाईं हाम्रा पालनकर्ता हुनुहुन्छ । अल्लाहले भन्नुभयो- यो तिमीहरूको परीक्षा को लागि गरेका छौं र तिमीहरूबाट वचन लिएका छौं ताकि तिमीहरूले महाप्रलयको दिन इन्कार गर्न न सक र यो तिमीहरूविरुद्ध प्रमाण बनोस् । तिमी यो भन्न न सक कि हामीलाई यसको ज्ञान थिएन ।१७३. वा यो प्रमाणित गर्न न सक कि हाम्रा पूर्वजले पो वचन भङ्ग गरेका थिए अनि अल्लाहँग शिर्क गरेका थिए, हामी त तिनीहरूपछिका सन्तान पर्यौं , तिनीहरूलाई जुन शिर्कमा पायौं त्यसैलाई अनुसरण गर्यौं । अनि यो पनि न भन- हे हाम्रा पालनकर्ता ! के तपाईंले हामीलाई त्यस दुष्कर्मको सजाय दिनुहुन्छ जो हाम्रा पूर्वजले गरे ?! तिनीहरूले अल्लासँग साझेदार बनाएर आफ्ना कर्महरूलाई बर्बाद पारे, हाम्रो कुनै दोष छैन, हामीले जे गर्यौं त्यो अज्ञानता तथा आफ्ना पूर्वजको अनुसरणमा गर्यौं । १७४. जसरी हामीले झूटो ठहर गर्ने समुदायहरूको बारेमा आयतहरू स्पष्ट पार्यौं त्यसरी नै यिनीहरूको बारेमा पनि स्पष्ट पार्नेछौं ताकि तिनीहरूले अल्लाहसँग गरिराखेको शिर्कबाट मात्र एक अल्लाहमाथि ईमान तथा उहाँको भक्तितर्फ फर्कुन् । जसरी तिनीहरू त्यस अवधिमा थिए जसमा तिनीहरू आफूलाई अल्लाह कै लागि विशिष्ट पारेर राखेका थिए । १७५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बनी इस्राईललाई तिनीहरूकै त्यस व्यक्तिको बारेमा सूचित गर्नुहोस् जसलाई हामीले आफ्ना आयतहरू प्रदान गर्यौं जसलाई उसले जान्यो तथा त्यसमा रहेको सत्यलाई बुझ्यो तर त्यस अनुसार कर्म गरेन बरु त्यो त्यसको पालनाबाट पन्छेर भाग्यो र शैतानसँग मिलेर उसको साथी बन्यो । अनि ऊ मार्गदर्शन तथा मुक्ति पाएपछि पथभ्रष्टहरूमध्ये बन्न पुग्यो ।१७६. यदि हामीले चाहेको भए त्यसलाई आयतहरूद्वारा फाइदा पुर्याउने थियौं, यस अनुसार कर्म गर्ने अवसर दिएर उच्चता प्रदान गर्ने थियौं अनि ऊ लोक तथा परलोक दुवैमा उच्च स्थान पाउने थियो, तर उसले सांसारिक मोज मज्जामा लिप्त भएर अपमानको बाटो रोज्यो । आखिरतमाथि सांसारिक जीवनलाई प्राथमिक्ता दियो तथा असत्यमध्ये कुइच्छाको अनुसरण गर्यो । संसारप्रति उसको लालचको उदाहरण कुकुरको जस्तो छ जो जिब्रो बाहिर निकाली हरेक अवस्थामा निरन्तर हाँप्ने गर्छ । न धपाउँदा पनि हाँप्छ र धपाउँदा पनि हाँप्छ । यो उदाहरण पथभ्रष्टहरूको हो जसले हाम्रा आयतहरूलाई झूटो ठहर गरे । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं यो कथा तिनीहरूलाई सुनाउनुहोस्, यस आशाका साथ कि तिनीहरू जुन झूट तथा पथभ्रष्तामा छन् त्यसबाट निस्कुन् ।१७७. ती मानिसहरूको उदाहरण अति नराम्रो छ जसले हाम्रा प्रमाणहरूलाई असत्य ठहर गरे, त्यसमा ईमान ल्याएनन् । तिनीहरूले आफूलाई विनाशमा हालेर आफैँमाथि अत्याचार गरे । १७८. अल्लाहले जसलाई आफ्नो सीधा मार्ग देखाउनुहुन्छ उसले नै वास्तवमा सीधा मार्ग पाउँछ र जसलाई सीधा मार्गबाट टाढा पार्नुहुन्छ तिनीहरू नै आफ्नो अंशमा कमि गर्छ र यस्ता मानिसहरूमध्ये पर्छ जसले आफूलाई तथा आफ्ना परिवारका सदस्यहरूलाई महाप्रलयको दिन घाटामा पारे । सावधान ! वास्तविक घाटा भनेको त्यो नै हो ।१७९. धेरै जिन्न तथा मनुष्यहरूले नर्कबासीले गरे जस्तो काम गर्नेछन् भन्ने पूर्व ज्ञान भएको ले हामीले तिनीहरूलाई नर्कको लागि सृष्टि गरेका छौं । तिनीहरूको हृदय छ तर आफ्नो हीत तथा हानीको कुरा बुझ्दैनन्; आँखा छन् तर त्यसबाट जगत तथा मानवभित्र रहेका अल्लाहका निशानीहरूलाई देख्दैनन्, कान छन् तर त्यसबाट अल्लाहका निशानीहरूमा चिन्तन मनन गर्ने गरी सुन्दैनन् । यस्ता मानिसहरू बुद्धिको प्रयोग न गर्ने कुरामा पशु जस्तै छन् बरु त्यसभन्दा पनि बढी बाटो गुमाएका छन् । तिनीहरू अल्लाह तथा आखिरतमाथि ईमान ल्याउने सम्बन्धमा असावधान छन् ।१८०. अल्लाहका सुन्दर नामहरू छन् जो उहाँको पूर्णता तथा शानलाई स्पष्ट पार्छन्, अनि तिमीहरू आफ्नो इच्छा तथा अल्लाहको निकटता प्राप्त गर्न यी सुन्दर नामहरूलाई माध्यम बनाऊ र उहाँको प्रशंसा तथा गुणगान गर । ती व्यक्तिहरूलाई छोडिदेऊ जो उहाँका नामहरूलाई अन्य कसैको लागि बनाएर वा त्यसको इन्कार गरेर वा त्यसको अर्थमा हेरफेर गरेर वा त्यसको उपमा अरूसँग दिएर सत्यबाट यताउति बहकिन्छन् । हामीले सत्यबाट यताउति बहकिनेहरूलाई चाँडै नै पीडादायी यातना दिनेछौं ।१८१. हामीद्वारा सृष्टि गरिएकामध्ये यस्ता जमात पनि छन् जो सत्मार्गमा छन् र अन्य मानिसहरूलाई पनि सत्मार्गतर्फ बोलाउँछन्, त्यसै बमोजिम निसाफ गर्छन् र अत्याचार गर्दैनन् ।१८२. जुन मानिसहरूले हाम्रा आयतहरूलाई झूटो ठहर गरे, त्यसमा ईमान ल्याएनन् तिनीहरूका लागि हामीले जीवीकाको ढोका खोल्नेछौं, तिनीहरूको सम्मानको लागि होइन बरु क्रमशः विनाशतर्फ लिएर जानको लागि ताकि तिनीहरू पथभ्रष्टतामा अझै अगाडि बढुन् र यसै धोकामा रहदै हाम्रो यातनामा ग्रस्त होउन् । १८३. म तिनीहरूबाट आपदालाई ढीलो पार्दैछु ताकि तिनीहरूमाथि आपदा आउँदैन भनेर ठानुन्, अनि निरन्तर झूटो ठहर गर्ने तथा कुफ्र गर्ने कार्य गरिराखुन्, यहाँसम्म कि तिनीहरूका आपदालाई कय्यौं गुणा बढाइयोस् । निस्सन्देह मेरो योजना अति सुदृढ छ । वाह्यमा तिनीहरूप्रति परोपकार गर्छु तर वास्तवमा तिनीहरूलाई अपमानित गर्न चाहन्छु । १८४. के अल्लाहका आयतहरू तथा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूटो ठहर गर्नेहरूले विचार गरेनन्, बुद्धि प्रयोग गर्दा स्पष्ट हुन्थ्यो- उनीहरूका साथी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) मा कुनै उन्माद छैन । उहाँ त अल्लाहका रसूल हुनुहुन्छ जसलाई मानिसहरूलाई परस्टरूपमा सचेत गर्नको लागि अल्लाहले पठाउनुभयो ।१८५. के तिनीहरूले आकाशहरू तथा धर्तीको प्रबन्धमा र अल्लाहले सृष्टि गर्नुभएका जनावर तथा रुख विरुवा इत्यादिमा पाठ लिनेगरी विचार गरेनन् ? के तिनीहरूको मृत्युको समय नजिक पुगेको छ भन्ने कमुरामा विचार गरेनन्, ताकि तिनीहरूले समय बित्नु अघि नै तौबा गरुन् ? यदि तिनीहरूले कुर्आन जस्तो किताब, त्यसमा रहेका वचन तथा डरावामा ईमान ल्याउँदैनन् भने त्यसबाहेक कुन किताबमा ईमान ल्याउनेछन् त ?!१८६. जुन मानिसहरूलाई अल्लाहले सत्यबाट टाढा पार्नुभयो र सीधा मार्गबाट पथभ्रष्ट गर्नुभयो उसलाई कुनै मार्गदर्शकले सीधा मार्ग देखाउन सक्दैन । अल्लाहले तिनीहरूलाई तिनको पथभ्रष्टता तथा कुफ्रमा नै हैरान भई घुम्न छोड्नुभएको छ । तिनीहरूले सीधा मार्ग पाउनै सक्दैनन् ।१८७. महाप्रलयलाई झूटो ठहर गर्नेहरू तपाईंलाई सोध्छन्- महाप्रलय कहिले आउनेछ र त्यसको ज्ञान कसरी हुन्छ ? हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– त्यसको ज्ञान न त मसँग छ न अरूसँग, यसको ज्ञान त मात्र अल्लाहसँग छ । यसलाई यसको निर्धारित समयमा मात्र अल्लाहले प्रकट गर्नुहुनेछ । महाप्रलय प्रकट हुने मामिला आकाश तथा धर्तीबासीहरूबाट गोप्य राखिएको छ । यो तिमीहरूसमक्ष अकस्मात आउनेछ । तिनीहरूले महाप्रलयको बारेमा यसरी सोध्छन् मानौं तपाईं यसको खोजीमा लाग्नुभएको छ । यसको पूर्ण ज्ञान पालनकर्तालाई भएकोले तिनीहरूले तपाईंसित यसको बारेमा सोध्नुहुँदैन भन्ने कुरा तिनीहरू जान्दैनन् । हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– यसको ज्ञान मात्र अल्लाहलाई छ, तर अधिकांश मानिसहरू यसकोबारेमा जान्दैनन् ।१८८. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– म न त स्वयंको लागि लाभ प्राप्त गर्न सक्छु न आफूबाट हानिलाई हटाउन सक्छु सिवाय अल्लाहले चाहनुभएमा, किनभने यो अल्लाह कै तर्फबाट हुन्छ । मलाई त्यति ज्ञान मात्र छ जति अल्लाहले मलाई सिकाउनुभयो । त्यसैले मसँग अदृश्य वास्तविकताको ज्ञान छैन । मसँग गैबको ज्ञान भएको भए मैले हीतकारी कार्य गर्ने थिएं र हानिकारक कार्य त्याग्ने थीएं । म अल्लाहको तर्फबाट रसूल मात्र हुँ । म जे जति लिएर आएको छु त्यो सत्य हो भन्ने कुरामा ईमान राख्नेहरूलाई अल्लाहको पीडादायी यातनाबाट डराउँछु र उहाँको राम्रो बदलाको शुभसूचना दिन्छु । १८९. हे पुरुष तथा महिला हो ! अल्लाहले नै तिमीहरूलाई एक जीव आदम (अलैहिस्सलाम) बाट सृष्टि गर्नुभयो र आदम (अलैहिस्सलाम) को छातीको हाडबाट उनकी श्रीमती हव्वा (अलैहस्सलाम) को सृष्टि गर्नुभयो ताकि आदम (अलैहिस्सलाम) उनीबाट प्रेम राखुन् र सन्तुष्टि प्राप्त गरुन् । जब पतिले पत्नीसँग सहवास गर्छ तब पत्नीले हलुको गर्भ धारण गर्छ, जो शुरुको अवस्थामा रहेकोले उसले महसूस गर्दैन । गर्भ बोझिलो न भएकोले ऊ त्यसलाई लिएर हिँडडुल गरिरहन्छ र आफ्नो आवश्यक्ता पूरा गरिराख्छ । भूँडी ठुलो भएपछि ऊ बोझिलो हुन्छ तब दुवै दम्पति आफ्ना पालनकर्ता अल्लाहसित यो भन्दै प्रार्थना गर्छन्– हे हाम्रा पालनकर्ता ! यदि तपाईंले हामीलाई स्वस्थ्य शिशु प्रदान गर्नुहुन्छ भने हामी अवश्य नै तपाईंको कृपाप्रति आभारी हुनेछौं ।१९०. जब अल्लाह दुवैका दुआ स्वीकार गर्नुहुन्छ र स्वस्थ्य शिशु प्रदान गर्नुहुन्छ तब दुवैले त्यसको सृष्टिमा अल्लाहसँग शिर्क गर्न थाल्छ, शिशुलाई अल्लाहबाहेक अरूको भक्त बनाउँछ तथा उसको नाम अब्दुल हारिस (हारिसको भक्त) राख्छ । तर अल्लाह तिनीहरूको शिर्कभन्दा अति उच्च तथा पवित्र हुनुहुन्छ, उहाँ मात्र पालनकर्ता तथा पूज्य हुनुहुन्छ ।१९१. के तिनीहरू मूर्ति इत्यादिलाई अल्लाहको भक्तिमा साझेदार बनाउँछन् ? यी मूर्तीहरू कुनै पनि वस्तु सृष्टि गर्दैनन् कि भक्तिको हकदार बनुन्, बरु तिनीहरू स्वयं सृष्टि गरिएका छन् भन्ने कुरा तिनीहरूलाई थाहा छैन ? अनि तिनीहरू कुन आधारमा यी मूर्तीहरूलाई अल्लाहको साझेदार बनाउँछन् ?१९२. यी मूर्तीहरू न आफ्ना भक्तहरूको मद्दत गर्ने शक्ति राख्दछन् न स्वयंलाई नै सहयोग गर्न सक्छन्, अनि कुन आधारमा तिनीहरू त्यसको भक्ति गर्छन् ?!१९३. हे बहुदेववादीहरू हो ! अल्लाहलाई छोडेर जुन मूर्तीहरूलाई पूज्य बनाएका छौ, यदि तिमीहरूले तिनीहरूलाई सीधा मार्गतर्फ बोलाउँछौ भने तिनीहरूले तिमीहरूको कुराको न जवाफ दिनेछन् न अनुसरण गर्नेछन् । अतः तिमीहरूले तिनीहरूलाई बोलाऊ वा न बोलाऊ दुवै एकसमान छ, किनभने तिनीहरू भौतिक वस्तु मात्र हुन्, न बुझ्न सक्छन्, न सुन्न सक्छन् र न बोल्न सक्छन् ।१९४. हे बहुदेववादीहरू हो ! तिमीहरू अल्लाहबाहेक जसको पनि भक्ति गर्छौ तिनीहरू अल्लाहका प्राणी तथा अधिनस्त हुन् । तिनीहरू तिमीहरू जस्तै दास हुन् तर तिमीहरू राम्रो अवस्थामा छौ, किनभने तिमीहरू जीवित छौ, बोल्न सक्छौ, हिँड्न सक्छौ, सुन्न सक्छौ र देख्न सक्छौ, जब कि मूर्तीहरू यस्तो गर्न सक्दैनन् । यदि तिमीहरू आफ्नो दावीमा सच्चा छौ भने तमीहरूले डाकेमा तिनीहरूले जवाफ दिनुपर्नेहुन्छ ।१९५. के यी मूर्तीहरूका यस्ता खुट्टा छन् जसद्वारा हिँडडुल गर्छन् र तिनीहरूका आवश्यक्ता पूरा गर्न प्रयास गर्छन् ? वा तिनीहरूका हातहरू छन् जसद्वारा शक्तिका साथ तिनीहरूको बचाव गर्छन् ? वा तिनीहरूका आँखाहरू छन् जसद्वारा तिनीहरू अदृश्य वस्तुहरूलाई देख्छन् ? वा के तिनीहरूका कानहरू छन् जसद्वारा तिनीहरूले गोप्य कुराहरू सुनेर तिमीहरूलाई बताउँछन् ? यदि तिनीहरूसँग यिनीहरूमध्ये केही पनि छैन भने तिमीहरूलाई कसरी फाइदा पुर्याउनेछन् र हानिबाट बचाउनेछन् ? यस्तो आशा बोकेर किन तिनीहरूको पूजा गर्छौ ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्– बोलाऊ ती मूर्तीहरूलाई जसलाई तिमीहरूले अल्लाहको बराबर बनाएका छौ अनि मलाई हानि पुर्याउने उपाय गर र मलाई अवसर न देऊ ।१९६. निस्सन्देह मेरा मद्दतगार अल्लाह हुनुहुन्छ जो मेरो रक्षा गर्नुहुन्छ, उहाँबाहेक अरू कसैसित आशा राख्दिन । तिमीहरूका मूर्तीहरूसित मलाई डर लाग्दैन । अल्लाहले नै ममाथि कुर्आन अवतरित गर्नुभयो जो सम्पूर्ण मानवजातिको लागि मार्गदर्शन हो । उहाँ सत्कर्मी भक्तहरूको संरक्षण, सुरक्षा तथा सहयोग गर्नुहुन्छ ।१९७. हे बहुदेववादीहरू हो ! अल्लाहबाहेक जुन मूर्तीहरूलाई तिमीहरू बोलाउने गर्छौ तिनीहरूले न त तिमीहरूलाई मद्दत गर्न सक्दछन् न स्वयंलाई नै सहायता गर्न सक्छन् । तिनीहरू असहाय छन्, अनि किन अल्लाहलाई छोडेर तिनीहरूको भक्ति गर्छौ त ?!१९८. हे बहुदेववादीहरू हो ! यदि तिमीहरूले पूजा गर्दै आएका मूर्तीहरूलाई सत्मार्गतर्फ बोलाउँछौ भने तिनीहरूले सुन्ने छैनन् । तिनीहरू बनावटी आँखाबाट भेट्दै तपाईले पाउनुहुन्छ, यो भौतिक वस्तु भएकोले हेर्न सक्दैनन् । तिनीहरू आदमको सन्तान तथा जनावरहरूको रूपमा मूर्ती बनाउने गर्थे जसका हात, खुट्टा तथा आँखा हुने गर्थे, तर थिए भौतिक वस्तु नै, त्यसमा न ज्यान थियो न चलत फिरत । १९९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मानिसहरूसँग माफ गर्ने नीति अपनाउनुहोस्, सजिलो कार्य तथ व्यवहार गर्न लगाउनुहोस्, अप्ठ्यारो कार्यको आदेश न दिनुहोस्, ताकि तिनीहरूमा घृणा उत्पन्न न होस् । उनीहरूलाई मिठो वचन तथा राम्रो कार्यको आदेश दिनुहोस्, र अज्ञानीहरूलाई नजरअन्दाज गर्नुहोस् । तिनीहरूको अज्ञानताले गर्दा तिनीहरूसँग भेँट न गर्नुहोस्, कसैले कष्ट दिएमा तपाईं कष्ट न दिनुहोस्, कसैले कुनै वस्तु न दिए पनि तपाईं दिनुहोस् ।२००. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि शैतानले तपाईंलाई दुष्कर्मको लागि प्रेरित र सत्कर्मबाट रोक्ने उक्सावट हुन्छ भने तपाईं अल्लाहको शरण माग्नुहोस् । तपाईंले भनेको कुरा सुन्नुहुन्छ तथा तपाईंले शरण मागेको कुरा जान्नुहुन्छ । उहँले चाँडै नै तपाईंलाई शैतानबाट जोगाउनुहुनेछ ।२०१. अल्लाहका आदेशहरूको पालना गरेर तथा उहँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराउने मानिसहरू जब शैतानको उकसाहटले पाप गर्छन तब उनीहरू तत्कालै अल्लाहको महानता, अवज्ञाकारीहरूका लागि सजाय तथा आज्ञाकारीहरूका लागि पुण्यलाई स्म्रण गर्छन्, पापहरूबाट तौबा गर्छन्, आफ्ना पालनकर्तातर्फ फर्कन्छन्, सत्यमा कायम रहन्छन्, गलतीलाई सुधार गर्छन् र त्यसलाई त्याग्छन् । २०२. तर शैतानहरूले आफ्ना भाइ बन्धु काफिर तथा पापीहरूबाट एकपछि अर्को पाप गराएर तिनीहरूको पथभ्रष्टतामा नै बढोतरी गराउँछन् । न त शैतानहरू पथभ्रष्ट गर्ने कार्य बन्द गर्छन् न पापीहरू दुष्कर्म गर्ने कार्य त्याग्छन् ।२०३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईं तिनीहरूसमक्ष कुनै निशानी प्रस्तुत गर्नुहुन्छ तब तिनीहरू वास्ता गर्दैनन्, तर जब तपाईं तिनीहरूसमक्ष निशानी प्रस्तुत गर्नुहुन्न तब तिनीहरू भन्छन्- तिमीले कुनै आयत गढेर किन ल्याएनौ ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– म आफ्नो तर्फबाट आयत गढेर ल्याउँदिन । अल्लाहले वही गर्नुभएको आदेशको अनुसरण गर्छु । यो कुर्आन जसको पाठ म तिमीहरूसमक्ष गर्दैछु, अल्लाहको तर्फबा ट प्रमाण हो जो तिमीहरूका सृष्टिकर्ता तथा मामिलाका सञ्चालनकर्ता हुनुहुन्छ । यो कुर्आन निर्देशन तथा मोमिनहरूका लागि दया हो । काफिरहरू त पथभ्रष्ट तथा अभागि हुन् ।२०४. जब कुर्आनको पाठ गरिन्छ तब त्यसलाई ध्यानपूर्वक सुन्ने गर । न त कुराकानी गर न अन्य कुनै काम गर, यस आशाका साथ कि अल्लाहले तिमीहरूमाथि दया गर्नुहुनेछ ।२०५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्ना पालनकर्ता अल्लाहलाई बिहान बेलुका आफ्ना पालनकर्तालाई मनमनै बिलौना गर्दै तथा भयका साथ याद गर साथै आफ्नो दुआलाई ठूलो स्वर तथा सानो स्वरको मध्यमा राख । अल्लाहको यादबाट असावधान मानिसहरूमध्ये नबन ।२०६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता नजिक रहेका फरिश्ताहरू अल्लाहको भक्ति गर्न कहिल्यै पनि छोड्दैनन् । बरु उहाँकै आज्ञापालन गर्छन्, दिनो रात अल्लाहको शान अनुसार उहाँको महिमागान गर्छन् र उहाँसमक्ष नै सज्दा गर्ने गर्छन् ।
१. अलिफ० लाम० मीम० साद० । यस किसिमका अक्षरहरूको बारेमा सूरह बकरहको शुरुमा उल्लेख भइसकेको छ ।
२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! कुर्आन यस्तो किताब हो जो अल्लाहले तपाईंमाथि अवतरित गर्नुभयो । तसर्थ तपाईंको मनमा यसले गर्दा कुनै संकोच तथा शंका उत्पन्न न होस् । तपाईंतर्फ यस कारणले अवतरित गरिएको छ कि तपाईं यसद्वारा मानिसहरूलाई डराउनुहोस्, प्रमाण सिद्ध गर्नुहोस् तथा आस्थावानहरूलाई उपदेश दिनुहोस्, किनभने तिनीहरूले नै उपदेश ग्रहण गर्नेछन् ।
३. हे मानव हो ! अनुसरण गर तिमीहरूका लागि तिम्रा पालनकर्ताद्वारा अवतरित गरिएको किताबको र आफ्ना नबी (सल्लल्लाहु अलैहि व सल्लम) को । शैतानहरूमध्ये कुनै पनि संरक्षक-मित्रहरू तथा नराम्रा धर्मगुरुहरूको अनुसरण न गर । तर तिमीहरूमध्ये थोरैले उपदेश स्वीकार गर्दछ । यदि तिमीहरूले उपदेश ग्रहण गरेका भयौ सत्यमाथि अन्य कसैलाई प्राथमिक्ता दिने थिएनौ बरु तिमीहरूका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनु तथा सिकाउनुभएका कुराहरूको अनुसरण गर्ने थियौ र यी बाहेकका कुराहरू छोड्ने थियौ ।
४. कतिपय नगरहरू छन् जसलाई हामीले आफ्नो आपदाबाट त्यतिखेर सर्वनाश गर्यौं जतिखेर तिनीहरूले कुफ्र तथा पथभ्रष्टतामाथि जिद्दी गरे । अनि ती नगरहरूमाथि कि त रातको समयमा हाम्रो प्रकोप आयो कि त अपराह्नको समयमा जब तिनीहरू अचेत अवस्थामा थिए । आपदालाई न त तिनीहरूले रोक्न सके न तिनीहरूले ठानेका भगवानहरूले नै रोक्न सके ।
५. तिनीहरूमाथि प्रकोप अवतरितभएपछि सबैले आफ्नो मनमा यस कुरालाई स्वीकार गरे- वास्तवमा हामीले अल्लाहको इन्कार गरेर अत्याचार गर्यौं ।
६. हामीले महाप्रलयको दिन यस्ता समुदायलाई अवश्य नै सोध्नेछौं जो कहाँ सन्देष्टाहरू पठाएका थियौं- तिमीहरूले हाम्रा सन्देष्टाहरूलाई के जवाफ दियौ ? हामीले रसूलहरूलाई हाम्रो सन्देश पुर्याउनेबारे तथा उनीहरूका समुदायले फर्काएको जवाफबारे अवश्य नै सोध्नेछौं ।
७. हामीले प्रत्येक प्राणीलाई उसले संसारमा गरेका कर्महरूबारे आफ्नो ज्ञानको आधारमा बताउनेछौं । हामीसँग तिनीहरूले गरेका सबै कर्महरूको बारेमा ज्ञान थियो, कुनै कुरा गोप्य थिएन र हामी कुनै पनि समयमा तिनीहरूबाट अनुपस्थित थिएनौं ।
८. महाप्रलयको दिन कर्महरूको नाप तौल बिना कुनै कमि बेशी पूर्ण निसाफका साथ हुनेछ । अनि जसको सत्कर्महरूको पल्ला दुष्कर्महरूको तुलनामा भारी हुनेछ उनीहरू नै चाहिएको कुरा पाउनमा सफल हुनेछन् र डराइएको कुराबाट मुक्ति पाउनेछन् ।
९. अनि जसको दुष्कर्महरूको पल्ला सत्कर्महरूको तुलनामा भारी हुनेछ उनीहरू नै महाप्रलयको दिन असफल भएर बर्बादीमा पर्नेछन् । किनभने तिनीहरू हाम्रा आयतहरूलाई झूटो ठहर गर्नेगर्थे ।
१०. हे आदमका सन्तान ! हामीले नै तिमीहरूलाई धर्तीमा अधिकारकासाथ बसायौं र त्यसमा तिमीहरूका लागि जीवन-सामग्री बनायौं । त्यसप्रति तिमीहरूले अल्लाहप्रति आभारी हुनुपर्ने थियो तर तिमीहरूले थोरै आभार व्यक्त गर्यौ ।
११. हे आदमका सन्तान ! हामीले तिम्रो पिता आदमको सृष्टि गर्यौं र उनलाई राम्रो रूपरेखा प्रदान गर्यौं । अनि उनको सम्मानको लागि फश्तिाहरूलाई भन्यौं– आदमलाई सज्दा गर । तब इब्लीस (शैतान) बाहेक सबैले कुरा माने तथा सज्दा गरे । घमण्ड तथा शत्रुताले गर्दा इब्लीसले सज्दा गर्न इन्कार गर्यो ।
१२. अल्लाहले इब्लीसको निन्दा गर्दै भन्नुभयो– आदमको सज्दा गर भन्ने मेरो आदेशको पालनाबाट कुन चिजले तिमीलाई रोक्यो ? इब्लीसले आफ्नो पालनकर्तालाई जवाफ दिँदै भन्यो– म आदमभन्दा श्रेष्ठ हुँ भन्ने कुराले मलाई उसको सज्दा गर्नबाट रोक्यो । मलाई तपाईंले अग्निबाट सृजना गर्नुभयो र उसलाई माटोबाट सृजना गर्नुभयो र अग्नि माटोभन्दा श्रेष्ठ हुन्छ ।
१३. अल्लाहले उसलाई भन्नुभयो– तिमी स्वर्गबाट ओर्ल । तिमीलाई यहाँ घमण्ड गर्ने कुनै अधिकार छैन । यो पवित्रहरूको घर हो, तिमीलाई यहाँ बस्ने अनुमति छैन । हे इब्लीस ! तिमी तुच्छ तथा अपमानित हौ यद्यपि तिमी आफूलाई आदम भन्दा श्रेष्ठ ठान्दछौ ।
१४. इब्लीसले भन्यो– हे मेरा पालनकर्ता ! मलाई त्यस दिनसम्मको अवसर प्रदान गर्नुहोस् जब मानिसहरू उठाइनेछन्, ताकि जति मानिसहरूलाई पथभ्रष्ट गर्न सकुँ गरुँ ।
१५. अल्लाहले भन्नुभयो– हे इब्लीस ! तिमीलाई त्यस दिनसम्मको लागि अवसर दिइन्छ जुन दिन पहिलो नरसिङ्घा फुकिनेछ जसले गर्दा सबै प्राणीहरू मर्नेछन् र सृष्टिकर्ता मात्र जीवित रहनुहुनेछ ।
१६. इब्लीसले भन्यो– जसरी तपाईंले मलाई पथभ्रष्ट पार्नुभयो जसले गर्दा मैले आदमको सज्दा गर्ने तपाईंको आदेशको पालना गरिन, त्यसरी नै म पनि आदमका सन्तानहरूलाई बहकाउन तपाईंको सीधा मार्गमा बस्नेछु ।
१७. त्यसपछि तिनीहरूलाई आखिरतबाट असावधान पार्न, संसारमा लिप्त पार्न, शंकामा ग्रस्त पार्न तथा इच्छालाई सुन्दर तुल्याउन हरेक दिशाबाट आउनेछु । हे मेरा पालनकर्ता ! मैले तिनीहरूलाई कुफ्रमा लिप्त गरेकोले तपाईंले तिनीहरूमध्ये अधिकांशलाई तपाईंप्रति आभार प्रकट गर्ने पाउनुहुन्न ।
१८. अल्लाहले उसलाई भन्नुभयो– हे इब्लीस ! स्वर्गबाट अपमानित तथा अल्लाहको कृपाबाट टाढा भएर निस्क ! महाप्रलयको दिन तिमीबाट, तिम्रो अनुसरण तथा आज्ञापालन गरेका तथा आफ्ना पालनकर्ताका अवज्ञा गरेका सबैद्वारा नर्कलाई भर्नेछु ।
१९. अल्लाहले आदमलाई भन्नुभयो- हे आदम ! तिमी तथा तिम्री पत्नी हव्वा दुवै स्वर्गमा बस र जहाँबाट जे शुद्ध वस्तुहरू चाहन्छौ अघाउञ्जेल खाऊ तर यो (एउटा विशेष) रुखनिर नजानु । मनाहि गरेपछि पनि यदि तिमीहरू दुवैले यसबाट खान्छौ भने तिमीहरू दुवै जना अल्लाहका सीमालाई उल्लंघन गर्नेहरूमध्ये ठहरिनेछौ ।
२०. इब्लीसले दुवैको मनमा गोप्य कुरा हाल्यो ताकि दुवैका गुप्ताङ्ग एक अर्काको लागि नाङ्गो पारोस् । भन्न थाल्यो– तिमीहरूलाई तिम्रा पालनकर्ताले यस रुखबाट मात्र यस कारणले मनाही गर्नुभएको छ कि तिमीहरू फरिश्ता न बनिजाऊ वा तिमीहरू सधैँको लागि अमर न होऊ ।
२१. दुवैसमक्ष उसले यो भन्दै कसम खायो, हे आदम तथा हव्वा ! जुन कुरातर्फ मैले तिमीहरूलाई संकेत गरेको छु त्यसमा निश्चय नै म तिमीहरूका सच्चा हितैषी हुँ ।
२२. उसले छलेर ती दुवैलाई त्यस दर्जाबाट तल झार्यो । जब दुवैले मनाहि गरिएको रुखको फल खाए तब दुवैका गुप्ताङ्गहरू एक अर्कासमक्ष नाङ्गो भए । दुवैले आफ्ना शरीरलाई छोप्नको लागि स्वर्गका पातहरू टाँस्न थाले । दुवैका पालनकर्ताले उनीहरूलाई पुकारे– के मैले तिमीहरूलाई त्यस रुखको फल खानबाट मनाहि गरेको थिइनँ र सावधान गरेको थिइनं- निश्चित रूपमा शैतान तिमीहरूको खुल्लम खुल्ला शत्रु हो ?!
२३. आदम तथा हव्वा दुवैले भने– हे हाम्रा पालनकर्ता ! तपाईंले मनाहि गर्नुभएको रुखको फल खाएर हामीले आफूमाथि अत्याचार गरेका छौं । यदि तपाईंले हाम्रा पापलाई माफ गर्नुभएन र हामीमाथि दया गर्नुभएन भने निश्चय नै हामी लोक तथा परलोकको अंश गुमाएर घाटा खानेहरूमध्ये हुनेछौं ।
२४. अल्लाहले आदम, हव्वा तथा इब्लीसलाई सम्बोधन गरेर भन्नुभयो– तिमीहरू स्वर्गबाट ओर्लेर धर्तीमा जाऊ ! तिमीहरू एक-अर्काका शत्रु बन्नेछौ । तिमीहरूका लागि धर्तीमा निश्चित अवधिसम्मको लागि बास-स्थान तथा जीविकोपार्जनको साधन हुनेछ ।
२५. अल्लाहले आदम, हव्वा तथा दुवैका सन्तानहरूलाई सम्बोधन गरेर भन्नुभयो– तिमीहरूले धर्तीमै जीवन व्यतीत गर्नेछौ, यहीँ मर्नेछौ, चिहानमा पुरिनेछौ र चिहानबाट जीवित पारेर निकालिनेछौ ।
२६. हे आदमका सन्तान हो ! हामीले केही पोशाक अनिवार्यरूपमा गुप्ताङ्गहरूलाई छोप्नको लागि बनाएका छौं र केही पोशाक एच्छिकरूपमा सजावटको लागि बनाएकाछौं । तक्वा (ईशभय) - अर्थात अल्लाहका आदेशको पालना गर्नु तथा उहाँले मनाहि गर्नुभएको कार्यहरूबाट बच्नु- को पोशाक भौतिक पोशाक भन्दा उत्तम हो । उक्त वर्णन गरिएको पोशाक अल्लाहका शक्तिलाई प्रमाणित गर्ने निशानीहरूमध्येको हो ताकि तिमीहरू अल्लाहका कृपाहरूलाई याद गरेर उहाँप्रति आभार प्रकट गर ।
२७. हे आदमका सन्तान हो ! शैतानले तिमीहरूलाई भौतिक तथा ईशभयको पोशाक छोड्न लगाएर तथा पापलाई सुन्दर तुल्याएर धोकामा न पारोस् । उसले नै तिम्रा बाबुआमालाई मनाहि गरिएको रुखको फल खान लगाएर धोका दिएको थियो र परीणाम स्वरूप दुवैलाई स्वर्गबाट निष्कासित गराएको थियो । तिनका वस्त्र एक अर्काबाट खुलेको थियो । शैतान तथा उसका सन्तानहरूले तिमीहरूलाई यस्तो ठाउँबाट हेर्छन् जहाँबाट तिमीले तिनीहरूलाई हेर्न सक्दैनौ । शैतान तथा त्यसका सन्तानहरूबाट सावधान ! हामीले शैतान तथा उसका सन्तानहरूलाई अल्लाहमाथि ईमान न ल्याउनेहरूका लागि संरक्षक-मित्र बनाएका छौं । सत्कर्म गर्ने मोमिनहरूमाथि शैतानको वश चल्दैन ।
२८. बहुदेववादीहरू शिर्क, तथा काबाको नाङ्गो परिक्रमा इत्यादि घृणित कार्य गर्दा यो भनेर बहाना गर्छन्– हामीले आफ्ना पूर्वजहरूलाई यस्तै गर्दै आएको पाएका छौं र अल्लाहले नै हामीहरूलाई यस्तो गर्ने आदेश दिनुभएको छ । हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम ! तिनीहरूको कुराको खण्डन गर्दै भनिदिनुहोस्– अल्लाह कदापि पाप कर्मको आदेश दिनुहुन्न, उहाँ त यस्ता कार्यबाट रोक्नु पो हुन्छ । उहाँको बारेमा यस्तो दावी कुन आधारमा गर्छौ ?! के तिमीहरू अल्लाहविरुद्ध झूट तथा गढेको कुरा गर्छौ जसको तिमीहरूलाई ज्ञान नै छैन ?!
२९. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्– निस्सन्देह अल्लाहले न्याय गर्ने आदेश दिनुभएको छ, अश्लील तथा पापकर्मको आदेश दिनुभएको छैन । उहाँले निष्कपट भएर मात्र आफ्नै भक्ति गर्ने आदेश दिनुभएको छ र विशेषरूपमा मस्जिदहरूमा आफ्नै भक्तिको आदेश दिनुभएको छ । आज्ञापालनलाई उहाँकै लागि विशिष्ट पारेर उहाँलाई नै पुकार किनभने उहाँले नै पहिलो पटक तिमीहरूको सृष्टि गर्नुभयो जब तिमीहरू केही थिएनौ । उहाँले दोस्रो पटक पनि जीवित पार्नुहुनेछ । जो पहिलो पटक सृष्टि गर्ने सामर्थ्य राख्नुहुन्छ उहाँ दोस्रो पटक पनि सृष्टि गर्ने तथा जीवित पार्ने सामर्थ्य राख्नुहुन्छ ।
३०. अल्लाहले मानवलाई दुइवटा समूहमा विभाजित गर्नुभयो । एउटा समूहलाई अल्लाहले सत्मार्ग देखाउनुभयो, मार्गदर्शनका साधन जुटाउनुभयो तथा बाधा अडचनलाई हटाउनुभयो । अर्को समूहमाथि पथभ्रष्टता सिद्ध भएको छ किनभने तिनीहरूले अल्लाहलाई छोडी शैतानहरूलाई संरक्षक-मित्र बनाए, अज्ञानताले तिनीहरूकै अनुसरण गरे, तर तिनीहरू स्वयंलाई सीधा मार्गमा हिँडिरहेका ठान्दछन् ।
३१. हे आदमका सन्तान हो ! हरेक सलाह तथा तवाफ (काबाको परिक्रमा) को बेलामा जिउलाई छोपने, सुन्दर, सफा तथा पवित्र पोशाक लाउने गर । अल्लाहले हलाल गर्नुभएका, पवित्र तथा आफूलाई रुचाउने खाना खाऊ । खाना खाँदा मध्य खालको तथा मध्य तरिकाले खाना खाऊ । हलालको सीमा न नाघिकन खान पीन गर । अल्लाह सीमा उल्लंङन गर्हरूलाई मन पराउनुहुन्न ।
३२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले हलाल गर्नुभएका पोशाक तथा पवित्र खाने कुराहरू इत्यादिलाई हराम गर्ने बहुदेववादीहरूलाई सोध्नुहोस्– तिमीहरूका सौन्दर्यको लागि रहेको पोशाकलाई कसले हराम गर्यो ? अल्लाहले तिमीहरूलाई प्रदान गर्नुभएका पवित्र खाने पिउने इत्यादि कुराहरूलाई कसले हराम गर्यो ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– यी पवित्र खाने कुराहरू संसारमा मोमिनहरूका लागि छन् र अन्य मानिसहरू पनि त्यसमा साझेदार छन् तर आखिरतमा यी पवित्र खाने कुराहरू विशेषरूपमा मोमिनहरूका लागि रहनेछन्, काफिरहरू त्यसमा साझेदार हुने छैनन् । किनभने स्वर्ग काफिरहरूका लागि हराम हो । यसरी हामी आफ्ना आयतहरू जानकार मानिसहरूका लागि तपसीलका साथ बताउँछौं, किनभने तिनीहरू नै यसबाट फाइदा उठाउन सक्छन् ।
३३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहले हलाल गर्नुभएका वस्तुहरूलाई हराम गर्ने बहुदेववादीहरूलाई भन्नुहोस्– निस्सन्देह अल्लाहले आफ्ना भक्तहरूका लागि हराम गर्नुभएको छ- अश्लीलताका कार्यहरू चाहे त्यो वाहय होस् वा गोप्य, हरेक किसिमका पापहरू, मानिसहरूका रगत, धन-सम्पत्ति, इज्जतमा जियादती, कसैलाई अल्लाहको साझेदार बनाउनु जसको कुनै प्रमाण छैन र अल्लाहका नाम, गुण, कार्य तथा कानुनको बारेमा ज्ञान न भएको कुरा भन्नु ।
३४. हरेक समुदाय तथा समूहको निम्ति एउटा निश्चित समय अवधि छ । उनीहरूको म्याद पूरा भएपछि न एक क्षण ढिलो हुनेछ न छिटो नै ।
३५. हे आदमका सन्तान हो ! तिमीहरूसमक्ष तिमीहरूको समुदायबाट रसूलहरू आएर मैले अवतरित गरेको किताबबाट आयतहरू सुनाउँछन् भने उनीहरूको आज्ञापालन गर र उनीहरूले ल्याएका कुराहरूको अनुसरण गर । जसले अल्लाहका आदेशहरूको पालना गरेर, उहाँले मनाहि गर्नुभएका कार्हरूबाट बचेर तथा आफ्ना कर्महरूको सुधार गरेर अल्लाहको भय गर्नेहरूका लागि महाप्रलयको दिन न कुनै भय हुनेछ र न उनीहरू सांसारिक अंश गुमाएकामा दुःखी नै हुनेछन् ।
३६. हाम्रा आयतहरूलाई झूटो ठहर गर्ने, त्यसमा ईमान न ल्याउने तथा रसूलहरूले ल्याएका कुराहरू अनुसार घमण्डले गर्दा कर्म न गर्नेहरू नर्कबासीहरू हुन् जसमा तिनीहरू सदा सर्वदा रहनेछन् ।
३७. यस्तो व्यक्तिभन्दा ठूलो अत्याचारी कोही छैन जो अल्लाहविरुद्ध झूट गढछ र अल्लाहसँग अन्य वस्तुलाई साझेदार ठहर गर्छ वा अल्लाहको शानमा कमि गर्छ, वा जुन कुरा अल्लाहले भन्नुभएको छैन त्यो कुरा उहाँसँग जोड्छ वा उहाँका आयतहरूलाई झूटो ठहर गर्छ जुन आयतहरू अल्लाहका सीधा मार्ग बताउँछन् । यस्ता मानिसहरूले सुरक्षित पाटिकामा लेखिएका आफ्ना भाग्य अनुसार भलाइ वा त्रुटि पाइरहनेछन् यहाँसम्म कि त्यो समय आइपुग्छ जब यमदूत तथा उनका सहयोगी फरिश्ताहरू तिनको प्राण लिन आइपुग्नेछन् तब निन्दा गर्दै सोध्नेछन्– कहाँ छन् ती भगवानहरू जसलाई तिमीहरूले अल्लाहलाई छोडेर पूजा गर्नेगर्थ्यो ?! तिनीहरूलाई बोलाऊ ताकि तिमीहरूलाई फाइदा पुर्याउन् । बहुदेववादीहरूले फरिश्ताहरूलाई जवाफ दिनेछन्– हामीहरूले पुज्ने गरेका भगवानहरू हराएर गए । कहाँ हराए त्यो हामीहरूलाई थाहा छैन । तिनीहरू काफिर थिए भनेर आफैँ स्वीकार गर्नेछन् । तर तिनीहरूको यस स्वीकारले तिनीहरूविरुध्द नै प्रमाण बन्नेछ र तिनीहरूलाई कुनै फाइदा दिने छैन ।
३८. फरिश्ताहरूले तिनीहरूलाई भने- हे बहुदेववादीहरू हो ! तिमीहरू पनि आफूअघि बितेका कुफ्र तथा पथभ्रष्टतामा कायम जिन्न तथा मानवका समूहहरूसँग नर्कमा पस । प्रत्येक समूह नर्कमा प्रवेश गर्दा आफूभन्दा पहिलेका समूहहरूलाई धिक्कार्नेछ यहाँसम्म कि जब सबै त्यसमा एकत्रित हुनेछन् र एक अर्काबाट मिल्छन् तब हरेक पछिल्ला अनुयायीको समूहले आफूभन्दा अघिको अगुवा समूहको विषयमा भन्नेछन्– हे हाम्रा पालनकर्ता ! यी ठूला बडा नेताहरू हुन् जसले हामीलाई सीधा मार्गबाट पथभ्रष्ट गरेका थिए तसर्थ यिनीहरूले हामीहरूसमक्ष पथभ्रष्टतालाई सुन्दर बनाएर देखाएकोले यिनीहरूलाई नर्कको दोब्बर यातना दिनुहोस् । अल्लाहले तिनीहरूलाई जवाफ दिँदै भन्नुहुनेछ– हरेक समूहलाई त्यसको भागको यातना कय्यौं गुणा बढाएर दिइनेछ । तर तिमीहरू यसको बारेमा अज्ञानता तथा अन्योलमा छौ ।
३९. अनि नेताहरूले अनुयीहरूलाई भन्नेछन्– हे अनुयायीहरू हो ! तिमीहरूलाई हामीमाथि प्रधानता प्राप्त थिएन जसले गर्दा तिमीहरू यातनामा कमिको हकदार होऊ । तिमीहरू पनि आफ्नो क्रियाकलापको सजायस्वरूप यातनाको स्वाद चाख्नै पर्छ, कुनै बहाना चल्दैन । अतः हे अनुयायीहरू हो ! तिमीहरूले गरेको कुफ्र तथा पथभ्रष्टताको कारणले हामीहरूले यातना भोगे झैँ तिमीहरू पनि यातना भोग ।
४०. जसले हाम्रा स्पष्ट निशानीहरूलाई अस्वीकार गरे तथा आज्ञापालनको दाँजोमा घमण्ड गरे तिनीहरू हरेक किसिमका भलाइबाट निराश छन्, तिनीहरूका कुफ्रको कारणले तिनीहरूका कर्महरूका लागि र मरेपछि तिनीहरूका आत्माहरूका लागि आकाशका ढोकाहरू कदापि खोलिने छैनन् । सियोको अति सानो प्वालबाट ठूला जनावरहरूमध्ये ऊँट न छिरुन्जेलसम्म तिनीहरू स्वर्गमा कहिले पनि पस्न सक्ने छैनन् । जसरी ऊँट सियोको प्वालमा पस्न असम्भव छ त्यसरी नै यिनीहरूको स्वर्गमा प्रवेश असम्भव छ । अल्लाहले तिनीहरूले गरेको ठूलो पापले गर्दा यो बदला दिनुहुनेछ ।
४१. यी झुट्लाउने घमण्डी मानिसहरूका लागि ओछ्यान पनि नर्कको अग्निकै हुनेछ र माथिबाट ओढ्ने अग्निकै हुनेछ । कुफ्र तथा विमुख भएर अल्लाहका सीमाको उल्लंघन गरेकोले हामीले यस्तो सजाय दिनेछौं ।
४२. जुन मानिसहरूले ईमान ल्याए र सक्दो सत्कर्म गरे -कसैमाथि पनि उसको सामर्थ्यभन्दा बढ़ी बोझ दिइदैन- त्यस्ता मानिसहरू स्वर्गबासी हुन्, उनीहरू त्यसमा प्रवेश गर्नेछन्; त्यहाँ तिनीहरू सदासर्वदा रहनेछन् ।
४३. स्वर्गका कृपाहरूमध्ये यो पनि हो- उनीहरूको मनमा भएका द्वेषभाव तथा डाहालाई अल्लाहले बाहिर निकाल्नुहुनेछ । उनीहरूको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । उनीहरूले अल्लाहका कृपाहरूलाई स्वीकार गर्दै भन्नेछन्– सारा प्रशंसा अल्लाहकै निम्ति हुन् जसले हामीलाई यो सत्कर्म गर्ने अवसर प्रदान गर्नुभयो जसले हामीहरूलाई यस दर्जासम्म पुर्यायो । अल्लाहले हामीलाई यो अवसर न दीएको भए हामीले यो अवसर पाउने थिएन । निस्सन्देह हाम्रा पालनकर्ताले पठाउनुभएका रसूलहरू सत्य लिएर आएका थिए, जसमा कुनै शंका थिएन । उहाँले जे जति वचन दिनुभयो र जुन कुराको धमकी दिनुभयो त्यो सत्य सिद्ध भयो । उनीहरूबीच घोषणा गर्नेले घोषणा गर्नेछ– मेरा रसूलहरूले संसारमा जुन स्वर्गको सूचना दिएका थिए त्यो तिमीहरूले अल्लाहको प्रसन्नताको लागि गरेका सत्कर्मको बदलास्वरूप तिमीहरूलाई प्रदान गरियो ।
४४. अनि स्वर्गबासीहरूले आफ्नो स्थानबाट नर्कबासीहरूलाई पुकारेर भन्नेछन्– हामीले त हाम्रा पालनकर्ताले दिनुभएको वचनलाई सत्य पायौं र उहाँले हामीलाई स्वर्गमा प्रवेश गराउनुभयो । हे काफिरहरू हो ! के तिमीहरूले पनि आफ्ना पालनकर्ताले दिनुभएको धमकीलाई सत्य पायौ ? काफिरहरूले भन्नेछन्– हो, हामीलाई जुन नर्कको धमकी दिइएको थियो त्यसलाई सत्य पायौं । अनि तिनीहरूबीच एकजा घोषणा गर्नेले अल्लाहसित दुआ गर्दै घोषणा गर्नेछ– अत्याचारीहरूलाई आफ्नो कृपाबाट टाढा पार्नुहोस् । किनभने संसारमा तिनीहरूका लागि कृपाको ढोका खुल्ला थियो तर तिनीहरूल्रे त्यसलाई वास्तै गरेका थिएनन् ।
४५. यही अत्याचारीहरू हुन् जो आफैँ अल्लाहको मार्गबाट विमुख हुने गर्थे र अरूलाई पनि विमुख पार्ने गर्थे । सीधा मार्गलाई टेढो पार्न खोज्थे ताकि मानिसहरू त्यसमा हिँडन न सकुन् । तिनीहरू आखिरतको दिनलाई इन्कार गर्थे र त्यसको लागि तयार थिएनन् ।
४६. स्वर्गबासी तथा नर्कबासी दुवै समूहबीच एउटा उच्च पर्खाल हुनेछ । यस उच्च पर्खालमा केही अन्य मानिसहरू हुनेछन् जसका सत्कर्म तथा दुष्कर्म बराबर हुनेछ । तिनीहरूले स्वर्गबासीहरूलाई उनीहरूका चिन्हहरूबाट चिन्नेछन्, जस्तै अनुहारको उज्जवलता । तिनीहरूले नर्कबासीहरूलाई उनीहरूका चिन्हहरूबाट चिन्नेछन्, जस्तै अनुहारको कालोपन । उनीहरूले स्वर्गबासीहरूलाई सम्मानको लागि बोलाएर भन्नेछन्– तिमीहरूमाथि शान्ति होस् ! यद्यपि उनीहरूले स्वर्गमा प्रवेश गर्न न सके पनि त्यसको पूर्ण आशावादी भने रहनेछन् ।
४७. जब तिनीहरूको दृष्टि नर्कबासीहरूतर्फ फर्काइनेछ र तिनीहरूले कडा यातनामा देख्नेछन् तब तिनीहरूले अल्लाहलाई पुकार्दै भन्नेछन्– हे पालनकर्ता ! हामीलाई कुफ्र तथा शिर्क गरेर अत्याचार गर्नेहरूमा सामेल न गर्नुहोस् ।
४८. आराफ (पर्खाल) वालाहरूले काफिर नर्कबासी मानिसहरूमध्ये तिनीहरूका लक्षणहरू जस्तै कालो मुहार, पहेलो आँखाबाट चिनेपछि बोलाएर भन्नेछन्– तिमीहरूका धन-सम्पत्ति तथा जत्था तिमीहरूको कुनै काम लागेन । घमण्ड तथा अहंकारले गर्दा सत्यबाट विमुख हुने कार्यले पनि कुनै फाइदा दिएन ।
४९. अल्लाहले काफिरहरूको निन्दा गर्दै भन्नुहुनेछ- के यी तिनीहरू नै होइनन् जसको सम्बन्धमा तिमीहरूले कसम खाने गर्थ्यो अल्लाहले तिनीहरूलाई आफ्नो दयाबाट केही दिनुहुने छैन ? अल्लाहले मोमिनहरूलाई भन्नुहुनेछ- हे मोमिनहरू हो ! तिमीहरू स्वर्गमा प्रवेश गर । तिमीहरूले भविष्यमा जे जति पाउनेछौ त्यसको बारेमा कुनै भय हुने छैन र विगतमा तिमीहरूले जे जति गुमाएका छौ त्यसको बारेमा कुनै चिन्ता पनि हुने छैन ।
५०. नर्कबासीहरूले स्वर्गबासीहरूसित अनुरोध गर्दै भन्नेछन्– हे स्वर्गबासीहरू हो ! हामीतर्फ पानी बगाऊ वा अल्लाहले प्रदान गर्नुभएको खाना पठाऊ । स्वर्गबासीहरूले उत्तर दिनेछन्– अल्लाहले यी दुवैलाई काफिरहरूका लागि तिनीहरूको कुफ्रको कारणले हराम गर्नुभएको छ । अल्लाहले तिमीहरूका लाग हराम गर्नुभएको वस्तु तिमीहरूलाई दिन सक्दिन ।
५१. यी काफिरहरूले नै आफ्नो धर्मलाई मनोरञ्जन एवं खेल ठट्टा बनाएका थिए र जसलाई सांसारिक जीवनका सुन्दरताले भ्रममा पारेको थियो । अनि महाप्रलयको दिन अल्लाहले तिनीहरूलाई (आफ्नो शान अनुसार) बिर्साउनु भयो जसरी तिनीहरूले यस दिनको भेँटलाई बिर्सेका थिए र यसको लागि कुनै सत्कर्म तथा तैयारी गरेका थिएन । यस कारणले पनि कि तिनीहरू हाम्रा प्रमाणहरूलाई सत्य मान्दा मान्दै अस्वीकार गरेका थिए ।
५२. हामीले तिनीहरूसमक्ष यो कुर्आन लिएर आएका छौं जो मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित गरिएको छ । यसलाई हामीले आफ्नो ज्ञानको आधारमा स्पष्ट पारेका छौं । यो मोमिनहरूलाई सत्मार्ग देखाउँछ । यो मार्गदर्शन एवम् दया हो । यसमा लोक तथा परलोकको भलाइ रहेकोले उनीहरूका लागि कृपा हो ।
५३. काफिरहरूलाई जुन पीडादायी यातनाको सूचना दिइएको छ तिनीहरू त्यसमा पर्ने प्रतीक्षामा छन् । जुन यातनाको सूचना दिइएको छ त्यो आखिरतको दिन अवश्य हुनेछ । मोमिनहरूलाई जुन बदलाको सूचना दिइएको छ त्यो पनि त्यस दिन अवश्य हुनेछ । संसारमा कुर्आनलाई बिर्सिने तथा त्यस अनुसार कर्म न गर्नेहरूले भन्नेछन्– वास्तवमा हाम्रा पालनकर्ताका रसूलहरू सत्य लिएर आएका थिए, यसमा कुनै शंका थिएन । त्यो अल्लाहको तर्फबाट हुने कुरामा पनि कुनै शंका थिएन । हाम्रो लागि कोही सिफारिशकर्ता भइदिएको भए, जसले हाम्रो यातना कम गरिदिन अल्लाहसमक्ष सिफारिश गरिदिएका भए बेस हुन्थ्यो । वा हामीहरूलाई सांसारिक जीवनमा फर्काइदिएका भए ताकि हामीहरूले यसभन्दा पहिले गरेका कुकर्महरूलाई छोडी सत्कर्म गरौं ताकि यस यातनाबाट मुक्ति पाउँ । वास्तवमा यी काफिरहरूले कुफ्र गरेर आफैँलाई बरबादीमा पारेकाछन् । तिनीहरूले अल्लाहलाई छोडेर जुन भगवानहरूको पूजा गर्नेगर्थे ती सबै हराए र यिनीहरूलाई कुनै फाइदा दिएनन् ।
५४. हे मानव ! निस्सन्देह तिमीहरूका पालनकर्ता अल्लाह हुनुहुन्छ जसले आकाशहरू तथा पृथ्वीलाई विगतका कुनै उदाहरण बिना छ दिनमा सृष्टि गर्नुभयो । फेरि आफ्नो सिंहासनमा आफ्नो शान अनुसार विराजमान हुनुभयो, जसको कैफियत हामी जान्न सक्दैनौं । उहाँ रातका अन्धकारलाई दिनको प्रकाशबाट समाप्त पार्नुहुन्छ र दिनको प्रकाशलाई रातको अन्धकारबाट समाप्त पार्नुहुन्छ । ढिलो न गरिकन दुवै एक अर्काको पछाडि यसरी आउँछन् कि एउटा जान बित्तिकै अर्को आइ पुग्छ । अल्लाहले नै सूर्य, चन्द्रमा तथा ताराहरूको सृष्टि गर्नुभयो । यी सबै उहाँकै नियन्त्रणमा छन् र उहाँकै आदेश अनुसार कार्यरत छन् । सावधान ! अल्लाहले नै यी सबैको सृष्ट गर्नुभयो, के अल्लाहबाहेक अन्य कोही सृष्टिकर्ता छ ?! मात्र उहाँ कै आदेश चल्दैछ, उहाँको भलाइ पनि ठूलो छ र उपकार पनि महान । उहाँका गुणहरू अति शान वाला तथा कमालका छन् । उहाँ सम्पूर्ण जगतका पालनकर्ता हुनुहुन्छ ।
५५. हे मोमिनहरू हो ! तिमीहरू आफ्ना पालनकर्तासँग अति नम्रताका साथ, बिलौना गर्दै, गोप्य रूपमा, निष्कपट भएर, कसैलाई साझेदार न बनाइकन दुआ गर । दुआ गर्ने कार्यमा सीमा उल्लङ्घन गर्नेहरूलाई अल्लाह मन पराउनुहुन्न । दुआमा सबै भन्दा ठूलो सीमा उल्लंघन हो- बहुदेववादीहरू जस्तै अल्लाहबाहेक अन्य कसैसँग माग्नु ।
५६. अल्लाहले आफ्ना रसूलहरू पठाएर धर्तीमा सुधार गरेपछि तथ यसलाई आफ्नो आज्ञापालनबाट पूर्ण गरेपछि तिमीहरू पाप गरेर विध्वंस न मच्चाऊ । अल्लाहको यतनाको डर तथा उहाँको तर्फबाट बदलाको आशा राख्दै उहाँसँग दुआ गर । निस्सन्देह अल्लाहको दया सुकर्मीहरूको नजिक रहेको छ, अतः उनीहरूमध्ये बन ।
५७. अल्लाहले नै हावालाई वर्षाअघि शुभ-सूचनास्वरूप पठाउनुहुन्छ । जब हावाले बाक्ला बादलहरूलाई पानीबाट भर्नुहुन्छ तब हामी त्यसलाई एउटा मृत नगरतर्फ हाँकेर लैजान्छौं अनि त्यस नगरमा पानी बर्साउँछौं । अनि पानीबाट हरेक प्रकारका फल उत्पन्न गर्छौं । जसरी हामीले फल उमार्यौं त्यसरी नै हामीले मृतहरूलाई चिहानबाट जीवित पारेर निकाल्नेछौं । हे मानव ! हामीले यो यस आशाका साथ गर्यौं कि तिमीहरूले अल्लाहको शक्ति तथा विभिन्न सृष्टिमा चिन्तन मनन गर्नेछौ र अल्लाह मृतहरूलाई जीवित पार्ने सामर्थ्य राख्नुहुन्छ भन्ने कुरामा आस्था राख्नेछौ ।
५८. उत्तम भूमिले अल्लाहको अनुमतिले राम्रो तथा पूर्ण बनस्पति उत्पन्न गर्छ । मोमिन पनि त्यस्तै उपदेश सुन्छ, त्यसबाट फाइदा उठाउँछ र परीणाम स्वरूप सत्कर्म गर्छ । खराब तथा नुनिलो भूमिले काम न लाग्ने बिरुवा मात्र उत्पन्न गर्छ । काफिर पनि त्यस्तै उपदेशहरूबाट फाइदा उठाउँदैन । सत्यलाई प्रमाणित गर्नको लागि हामी विभिन्न प्रकारका प्रमाण तथा तर्कहरू वर्णन गर्छौं यस्ता मानिसहरूका लागि जो अल्लाहका कृपाहरूप्रति आभार व्यक्त गर्छन्, त्यसलाई इन्कार गर्दैनन् र आफ्ना पालनकर्ताको आज्ञापालन गर्छन ।
५९. निस्सन्देह हामीले नूह अ. लाई उनको समुदायतर्फ रसूल बनाएर पठायौं जो उनीहरूलाई एकेश्वरवादतर्फ बोलाउँथे, उहाँबाहेक अरूको भक्तिबाट रोक्थे । अनि उनले आफ्नो समुदायका मानिसहरूलाई भने– हे मेरो समुदायका मानिसहरू हो ! मात्र अल्लाहको भक्ति गर । उहाँबाहेक तिमीहरूको अन्य कोही वास्तविक उपास्य छैन । हे मेरा समुदाय ! यदि तिमीहरू कुफ्रमै जिद्दी गर्छौ भने म तिमीहरूमाथि आउने भयानक दिनको यातनाबाट सावधान !
६०. तिनीहरूको समुदायका ठूला अगुवाहरूले भने– हे नूह ! हामी त तिमीलाई स्पष्ट सत्यबाट टाढा देख्छौं ।
६१. नूह अ. ले आफ्नो समुदायका अगुवाहरूलाई भने– म पथभ्रष्ट छैन जस्तो कि तिमीहरूले ठानेका छौ । म सम्पूर्ण जगतका पालनकर्ताको मार्गमा छु ।
६२. म तिमहरूलाई आफ्ना पालनकर्ताका सन्देश पुर्याउँछु जो मलाई वही (प्रकाशना) द्वारा दिइएर पठाइयो । अल्लाहका आदेशको पालना तथा त्यसको बदलाको लागि प्रेरित गरेर तथा दुष्कर्महरू तथा त्यसले गर्दा हुने यातनाबाट मनाहि गरेर तिमीहरूका लागि भलाइ चाहन्छु । अल्लाहको तर्फबाट मलाई त्यो कुराको ज्ञान छ जो ज्ञान तिमीहरूसँग छैन, यो ज्ञान अल्लाहले वहीद्वारा मलाई प्रदान गर्नुभएको छ ।
६३. के तिमीहरू यस कुराले चकित भयौ कि तिमीहरूसमक्ष तिमीहरूको चिन जानकै एक जना व्यक्तिको जिब्रोमाथि तिम्रा पालनकर्ताको तर्फबाट वही तथा उपदेश आयो ?! त्यो व्यक्ति तिमीहरूबीच नै हुर्कियो जो न त झूटा हो न पथभ्रष्ट न अर्को प्राणी । अनि तिमीहरू अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर ईशभय ग्रहण गर । यदि तिमीहरूले नूह अ. माथि ईमान ल्याउँछौ भने तिमीहरूमाथि दया गरिनेछ भन्ने कुराको आशा राख ।
६४. तर उनका समुदायका मानिसहरूले उनलाई असत्य ठहर गरे र उनीमाथि ईमान ल्याएनन् बरु कुफ्रमै जिद्दी गरे । अन्ततः उनले उनीहरूलाई सर्वनाश गर्ने दुआ गरे । हामीले उनी तथा उनका साथमा रहेका मोमिनहरूलाई एउटा डुंगामा राखेर डुब्नबाट सुरक्षित राख्यौं र यस्ता सबैलाई बाढीबाट डुबाएर सर्वनाश गर्यौं जसले हाम्रा आयतहरूलाई झूटा ठहर गरे तथा यसो गर्न अरूलाई प्रोत्साहित गर्यो । हामी तिनीहरूलाई डुबाइदियौं । निस्सन्देह तिनीहरूका हृदयहरू सत्यबाट अन्धा थिए ।
६५. हामीले आद समुदायतर्फ उनीहरूमध्येबाट हूद अ. लाई रसूल बनाएर पठायौं । उनले भने– हे मेरा समुदायका मानिसहरू हो ! मात्र अल्लाहको उपासना गर, उहाँबाहेक तिमीहरूको कोही वास्तविक उपास्य छैन । के तिमीहरू उहाँका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरू त्यागर उहाँसँग डराउँदैनौ ताकि उहाँको आपदाबाट सुरक्षित रह ?
६६. अल्लाहको इन्कार गरेका तथा उहाँका रसूललाई झूटा ठहर गरेका उनका समुदायका काफिर अगुवाहरूले भने– हे हूद ! हामीलाई थाहा छ तिमी बुद्धि कम छ र रीस बढी छ त्यसैले तिमी मात्र एक अल्लाहको भक्तितर्फ हामीहरूलाई अहवान गर्छौ र मूर्तीहरूको पूजालाई छोड्न भन्छौ । तिमी रसूल हुने दावी गरेको कुरामा पक्का झूटाहरूमध्ये हो भन्ने हाम्रो विश्वास छ ।
६७. हूद अ. ले समुदायका मानिसहरूलाई भने– हे मेरो समुदायका मानिसहरू हो ! मेरो बुद्धिमा कमि छैन बरु म सम्पूर्ण संसारका पालनकर्ताका रसूल हुँ ।
६८. म एकेश्वरवाद तथा शरीअतको सन्देश पुर्याउने काम गर्छु जसको आदेश मलाई अल्लाहले दिनुभएको छ । मलाई जुन सन्देश पुर्याउने जिम्मेबारी छ त्यसमा म निष्कपट तथा अमानतदार छु, त्यसमा म कुनै कमि बेशी गर्दिन ।
६९. के तिमीहरू यस कुराले चकित भयौ कि तिमीहरूसमक्ष फरिश्ता वा जिन्नमध्ये होइन बरु तिमी मानवमध्ये एक जना व्यक्तिको जिब्रोबाट तिमीहरूका पालनकर्ताको तर्फबाट उपदेश आइसकेको छ ताकि उनले तिमीहरूलाई डराउन् ?! अल्लाहप्रति आभार प्रकट गर कि उहाँले तिमीहरूलाई धर्तीमा स्थापित गर्नुभयो, नूह अ. को समुदायको उत्तराधिकारी बताउनुभयो जसलाई उहाँले तिनीहरूको कुफ्रको कारणले सर्वनाश गर्नुभयो, तिमीहरूलाई ठूलो जिउ तथा शक्ति प्रदान गर्नुभयो । तिमीहरूमाथि भएको अल्लाहका महान उपकारहरूलाई स्मरण गर यस आशाका साथ कि तिमीहरूले चाहना गरेको वस्तु पाउनेछौ र डरबाट मुक्ति पाउनेछौ ।
७०. उनका समुदायका मानिसहरूले उत्तर दिए– हे हूद ! के तिमी हामीहरूलाई यो आदेश दिनको लागि आएका छौ- हामीहरू मात्र एक अल्लाहको भक्ति गरौं र हाम्रा पूर्वजहरूले पुज्दै आएका मूर्तीहरूलाई छोडिदेऔं ?! तिमी जुन आपदाको धमकी दिँदैछौ यदि त्यसमा सच्चा छौ भने हामीसमक्ष प्रस्तुत गर ।
७१. हूद अ. ले जवाफमा भने– तिमीहरूमाथि तिम्रा पालनकर्ताको तर्फबाट अल्लाहको आपदा तथा क्रोध निश्चित भइसकेको छ, त्यो अवश्य नै आउनेछ । के तिमीहरू मसँग यस्ता मूर्तीहरूको बारेमा वादविवाद गर्छौ जसलाई तिमीहरूले र तिम्रा पूर्वजहरूले पूज्य बनाएका छौ, जसको कुनै वास्तविक्ता छैन ?! अल्लाहले कुनै प्रमाण अवतरित गर्नुभएको छैन जसबाट तिमीहरूले दावी गरेका भगवानहरूलाई सत्य प्रमाणित गर्न सक । जुन आपदाको लागि तिमीहरू हतार गर्दैछौ त्यसको प्रतीक्षा गर र म पनि तिमीहरूसँग प्रतीक्षा गर्छु, त्यो अवश्य आउनेछ ।
७२. अन्ततः हामीले हूद अ. तथा उनका मोमिन साथीहरूलाई आफ्नो कृपाबाट जोगायौं । जसले हाम्रा आयतहरूलाई झूटा ठहर गरे तिनका जरासमेत नष्ट पारिदियौं । तिनीहरू मोमिन थिएनन् बरु झूटा ठहर गर्नेहरू थिए त्यसैले आपदाको भागीदार बने ।
७३. समूदका समुदायतर्फ हामीले उनका भाइ सालेह अ. लाई पठायौं, ताकि उनले तिनीहरूलाई एक अल्लाहमाथि ईमान तथा उहाँकै भक्तितर्फ बोलाउन् । सालेह अ. ले तिनीहरूलाई भने– हे मेरा समुदायका मानिसहरू हो ! मात्र एक अल्लाहको भक्ति गर, उहाँबाहेक तिम्रा कोही उपास्य छैन जो भक्तिको हकदार होस् । मैले तिमीहरूसमक्ष ल्याएको सन्देश सत्य हो भन्ने प्रमाणित गर्नको लागि तिम्रा पालनकर्ताको तर्फबाट स्पष्ट निशानी आइसकेको छ । यो तिमीहरूसमक्ष एउटा ऊँटनीको रूपमा एउटा चट्टानबाट निस्कनेछ । उसको पानी खाने समय छुट्टै हुनेछ र तिमीहरूको पानी खाने समय छुट्टै हुनेछ । त्यसलाई अल्लाहको धर्तीमा चर्न छोडिदेऊ । त्यसलाई हानि पुर्याउने मनशायले हात न लगाऊ नत्र भने तिमीहरूमाथि दुःखद आपदा आइपर्नेछ ।
७४. अल्लाहका कृपाहरूलाई याद गर जब उहाँले तिमीहरूलाई आद समुदायको उत्तराधिकारी बनाउनुभयो, धर्तीमा आवाद गर्नुभयो जसबाट तिमीहरू फाइदा उठाउँछौ र जसमा आफ्नो इच्छा पूरा गर्छौ । यी सबै आदको विनाशपछि भयो जब उसले घमण्ड गर्दै कुफ्र तथा झुटलाउने काम गर्यो । तिमीहरू त्यसको समतल मैदानमा महल निर्माण गर्छौ र पहाडलाई खोपेर घर बनाउँछौ । अनि, अल्लाहका उपकारहरूलाई स्मरण गर ताकि तिमीहरू उहाँप्रति आभार प्रकट गर । अल्लाहको इन्कार तथा पापहरूलाई त्यागेर धर्तीमा विध्वंस मच्चाउने कार्यलाई त्याग ।
७५. उनको समुदायका ठूला बडा घमण्डी अगुवाहरूले कमजोर पारिएका मोमिनहरूलाई भने- हे मोमिनहरू हो ! के सालेह वास्तवमै अल्लाहका हुन् ? कमजोर पारिएका मोमिनहरूले जवाफ दिए– जुन सन्देशका साथ उनलाई पठाइएको छ त्यसमालाई हामीसच्चा मान्छौं, त्यसको आज्ञापालन गर्छौं र उनले ल्याएको शरीअत अनुसार कार्य गर्छौं ।
७६. उनका समुदायका अहंकारीहरूले भने– हे मोमिनहरू हो ! जुन कुरामाथि तिमीहरूले ईमान ल्याएका छौ त्यसको हामीहरू इन्कार गर्दछौं । हामी कदापि त्यसमाथि ईमान ल्याउनेछैनौं र त्यस अनुसार कार्य गर्ने छैनौं ।
७७. अन्ततः तिनीहरूले अल्लाहको आदेशको अवहेल्ना गरेर त्यस ऊँटनीलाई गर्धन काटेर मारिदिए जसलाई कष्ट दिन मनाहि गरीएको थियो । अनि, ठट्टा गर्दै तथा सालेह अ. ले दिएको आपदाको धमकीलाई टाढा ठान्दै भने- हे सालेह ! यदि तिमी अल्लाहका सच्चा रसूलहरूमध्ये हौ भने भने जुन आपदाको धमकी तिमीले दिएका थियौ त्यो हामीसमक्ष लिएर आऊ ।
७८. अनि काफिरहरू जुन आपदाको लागि हतार गर्दै थिए त्यो आइपुग्यो, भयावह भूकम्पले तिनीहरूलाई समात्यो । तिनीहरू जमिनमा घोपटो परेर मरे र सर्वनाशबाट कोही पनि बचेन ।
७९. जब तिनीहरूले सालेह अ. को अहवान स्वीकार गरेनन् तब उनी तिनीहरूबाट मुख फर्काए र भने– हे मेरा समुदायका मानिसहरू हो ! मलाई मेरा पालनकर्ताले जुन सन्देश पुर्याउने आदेश दिनुभएको थियो त्यो मैले पुर्याइदिएँ र तिमीहरूलाई प्रोत्साहन गरेर तथा डराएर तिमीहरूको भलो चाहें, तर तिमीहरूले भने हितैषी तथा यस्ता मानिसहरूलाई मन पराउँदैनौ जो तिमीहरूलाई भलाइतर्फ बोलाउन तथा दुष्कार्यबाट टाढा पार्न लालायित रहन्छन् ।
८०. याद गर्नुहोस त्यस समयलाई जब लूत अ. ले आफ्नो समुदायको दुष्कर्मप्रति घृणा गर्दै भने- के तिमीहरू आफ्नो काम इच्छा पुरुषसँग पुरा गरेर अति घृणित तथा अश्लील कार्य गर्छौ ? ! यस दुष्कर्मको शुरुवात तिमीहरूले गर्यौ, तिमीहरू भन्दा अघि संसारमा कसैले यस्तो गरेको थिएन ?
८१. तिमीहरू पुरुषहरूसित काम इच्छा पुरा गर्छौ र महिलाहरूसित गर्दैनौ जसको सृष्टि यसको लागि भयो । तिमीहरू यो कार्य गर्दा न बुद्धिको प्रयोग गर्छौ न उपदेशको र न प्राकृतिक नियमको ? वास्तवमा तिमीहरू मानवीय मध्य मार्ग छोडेर तथा ठीक बुद्धिबाट विचलित भएर तथा प्रतिष्ठित प्राकृतिलाई त्यागेर अल्लाहले निर्धारित गर्नुभएको सीमाको उल्लङ्घन गर्छौ ।
८२. तर, अश्लील कार्यमा लिप्त भएका उनको समुदायका मानिसहरूको उत्तर यसबाहेक केही थिएन– लूत तथा उनीमाथि ईमान ल्याएका मानिसहरूलाई आफ्नो नगरबाट बाहिर निकाल । यिनीहरू हामीहरूको कामबाट बचेर खुब पवित्र बन्न खोज्छन् । हामीबीच उनीहरू बसुन्, यो हामीहरूलाई सोहाउँदैन ।
८३. अनि हामीले लूत तथा उनीमाथि ईमान ल्याएका मानिसहरूलाई सुरक्षित राख्यौं र आपदा आउने नगरबाट रातौँ रात निस्कने आदेश दियौं । सिवाय उनकी पत्नी जो आपदामा ग्रस्त हुनेहरूमध्ये परिन् ।
८४. हामीले तिनीहरूमाथि भीषण वर्षा गर्यौं, यहाँसम्म कि कडा माटोको ढुंगाले प्रहार गर्यौं । तिनीहरूको नगरलाई पल्टाएर घोप्टो पारिदियौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस् के भयो लूत अ. को अपराधि समुदायको दुष्परीणाम ? तिनीहरूको परीणाम भयो सर्वनाश तथा सधैँको अपमान ।
८५. मदयन समुदायतर्फ हामीले तिनका भाइ शुएब अ. लाई पठायौं । उनले तिनीहरूलाई भने– हे मेरा समुदायका मानिसहरू हो ! मात्र अल्लाहको भक्ति गर । उहाँबाहेक तिमीहरूको कोही पुज्य छैन जो भक्तिको हकदार होस् । अल्लाहको तर्फबाट तिमीहरूसमक्ष मैले ल्याएको सन्देशको स्पष्ट प्रमाण तथा तर्क आइपुगेको छ । तिमीहरू नाप तथा तौल पूरा पूरा गरेर मानिसहरूको हक पूरा गर । उनीहरूका सर सामानमा कमि न गर वा तिनीहरूलाई धोका देऊ । अल्लाहले धर्तीमा सन्देष्टाहरू पठाएर सुधार गरिसकेपछि तिमीहरू कुफ्र तथा पाप गरेर विध्वंस न मच्चाऊ । यदि तिमीहरू मोमिन हौ भने उक्त कुराहरूको पालना मै तिमीहरूको भलाइ तथा हीत छ । पापबाट जोगिएमा तिमीहरू अल्लाहले मनाहि गर्नुभएको कार्यबाट जोगिन्छौ भने उहाँको आदेशको पालना गरेर उहाँको निकटता पाउनेछौ ।
८६. मानिसहरूलाई धमकाउन, तिनीहरूका धन -सम्पत्ति खोस्न, सीधा मार्ग खोज्नेहरूलाई त्यस मार्गबाट रोक्न र अल्लाहको मार्गलाई टेढो पार्न तिमीहरू हरेक बाटोमा न बस । अल्लाहका कृपालाई स्मरण गर ताकि तिमीहरू उहाँप्रति आभार प्रकट गर । तिमीहरू अल्पसंख्यक थियौ अनि अल्लाहले तिमीहरूको संख्यालाई बढाउनुभयो । विचार गर, तिमीहरूअघि विध्वंशकारीहरूको परिणाम कस्तो भयो ! उनीहरूको परीणाम भयो सर्वनाश तथा बरबादी ।
८७. मैले ल्याएको सन्देशमाथि तिमीहरूमध्येको एक जमातले ईमान ल्याएको छ अनि अर्को समूहले ईमान ल्याएको छैन । हे झूटा ठहर गर्नेहरू हो ! अल्लाहले तिमीहरूबीच निर्णय गरुञ्जेल प्रतीक्षा गर । उहाँ सर्वोत्तम निर्णायक हुनुहुन्छ ।
८८. शुएब (अलैहिस्सलाम) को समुदायका घमण्डी अगुवाहरूले उनलाई भने– हे शुऐब ! तिमी र तिमीसँग ईमान ल्याउनेहरूलाई हाम्रो धर्ममा फिर्ता आउनै पर्छ नत्र हामीले तिमीहरूलाई आफ्नो नगरबाट निकालेर नै छोडनेछौं । शुएब (अलैहिस्सलाम) ले आश्चर्य चकित हुँदै भने– तिमीहरूको धर्म असत्य भएकोले हामी त्यसलाई मन पराउँदैनौं, अनि कसरी तिमीहरूको धर्ममा फिर्ता आउन सक्छौं ?!
८९. तिमीहरू जुन कुफ्र तथा शिर्कमा छौ त्यसबाट अल्लाहले हामीलाई जोगाउनुभएको छ । यदि हामी तिमीहरूको धर्ममा फिर्ता आयौं भने हामी अल्लाहमाथि झूटो आरोप लगाउनेवाला ठहर हुनेछौं । तिमीहरूको धर्ममा फिर्ता हुनु हाम्रो लागि एकदमै ठीक छैन; हाम्रो पालनकर्ता अल्लाहले नै चाहनुभयो भने बेग्लै कुरा हो, किनभने हामी सबै अल्लाहको चाहनाको पाबन्द छौं । हाम्रा पालनकर्ताको ज्ञान हरेक वस्तुमाथि छाएको छ, कुनै पनि वस्तु उहाँबाट गोप्य छैन । अल्लाहले हामीलाई सीधा मार्गमा राख्नुहुन्छ र नर्कतर्फ लिएर जाने मार्गहरूबाट बचाउनुहुन्छ भन्ने कुरामा उहाँमाथि हाम्रो भरोसा छ । हे हाम्रा पालनकर्ता ! हामी र हाम्रा काफिर समुदायबीच ठीक ठीक निर्णय गरिदिनुहोस् । शत्रु अत्याचारीको मुकाबिलामा हकदार पीडितको मद्दत गर्नुहोस् । हे हाम्रा पालनकर्ता ! तपाईं सर्वोत्तम निर्णायक हुनुहुन्छ ।
९०. एकेश्वरवादको अहवानलाई नकार्ने उनका समुदायका काफिर नेताहरूले अनुयायीहरूलाई डराउँदै भने– हे मेरा समुदायका मानिसहरू हो ! यदि तिमीहरूले शुऐब (अलैहिस्सलाम) को धर्ममा प्रवेश गर्यौ र आफ्ना पूर्वजहरूको धर्मलाई छोड्यो भने तिमीहरू अवश्य नै बरबाद हुनेछौ ।
९१. अन्ततः तिनीहरूलाई भयावह भूकम्पले समात्यो अनि तिनीहरू आफ्ना घरमै घोप्टो परेर मरे अनि सबैको सर्वनाश भयो ।
९२. शुऐब (अलैहिस्सलाम) लाई झूटो ठहर गर्ने सबै यसरी बरबाद भए मानौं तिनीहरू त्यहाँ कहिल्यै बसेकै थिएनन् र त्यहाँ मोज मज्जा गरेकै थिएनन् । शुऐब (अलैहिस्सलाम) लाई झूटा ठहर गर्नेहरू घाटामा रहे, केही हात पारेनन् । मोमिनहरू घाटामा परेनन् जस्तो कि यी झुट्लाउने काफिरहरूले दावी गरेका थिए ।
९३. शुऐब (अलैहिस्सलाम) ले आफ्नो समुदायका मानिसहरूलाई सम्बोधन गर्दै भने– हे मेरा समुदायका मानिसहरू हो ! मेरा पालनकर्ताले जुन सन्देश पुर्याउने आदेश दिनुभएको थियो त्यो तिमीहरूसमक्ष पुर्याइ सकें र तिमीहरूको हीत नै चाहें तर तिमीहरूले मेरो उपदेश स्वीकार गरेनौ र मेरो निर्देशनको पालना गरेनौ । अल्लाहको इन्कार गर्ने तथा त्यसमा जिद्दी गर्ने समुदायमाथि म किन अपसोच गरूँ ?!
९४. नगरहरूमध्ये जुन नगरमा पनि हामीले नबी पठायौं अनि त्यहाँका बासिन्दाले इन्कार गरे तथा त्यसलाई झूटो ठहर गरे हामीले तिनीहरूलाई दरिद्रता, कठिनाई तथा रोगमा ग्रस्त पार्यौं, यस आशाका साथ कि तिनीहरूले अल्लाहप्रति विनम्रता अपनाउन् र आफूले अपनाएको कुफ्र तथा घमण्डलाई त्यागुन् । यो चेतावनी हो कुरैश र सबै काफिर तथा झूटो ठहर गर्नेहरूका लागि । हरेक झुट्लाउनेहरूको यही परीणाम अल्लाहको कानुन हो ।
९५. तिनीहरूलाई दरिद्रता, कठिनाई तथा रोगमा ग्रस्त गरेपछि हामीले भलाइ, सम्पन्नता तथा शान्तिमा परिणत गर्यौं यहाँसम्म कि तिनीहरूको संख्याँ तथा धन-सम्पत्तिमा धेरै बृद्धि भयो । तिनीहरूले भने- हामीहरूलाई जे जति दुःख-सुख पुगेका छन् त्यस्तै दुःख-सुख यस अघि हाम्रा पूर्वजहरूलाई पनि पुगेका थिए । तिनीहरूमाथि जे जति संकट आयो त्यो पाठ सिकाउनको लागि आयो र जे जति सुख पुग्यो त्यो यस्तो अवसर दिनको लागि आयो जसपछि आपदा आउँछ । हामीले तिनीहरूलाई यसरी अकस्मात् समात्यौं कि तिनीहरूलाई त्यस आपदाको थाहा भएन ।
९६. हामीले जुन नगरहरूमा नबीहरू पठाएका छौं त्यहाँका बासीहरूले उनीहरूका सन्देशलाई स्वीकार गरेका भए र कुफ्र तथा पापहरूलाई त्यागेर तथा अल्लाहका आदेशहरूको पालना गरेर ईशभय राखेका भए हामी तिनीहरूका लागि चारैतिरबाट भलाइका ढोकाहरू खोल्ने थियौं, तर तिनीहरूले न त स्वीकार गरे न ईशभय नै अपनाए बरु रसूलहरूका सन्देशलाई झूटो ठहर गरे । अनि तिनीहरूका पाप तथा कुकर्मको कारणले हामीले तिनीहरूलाई अकस्मात समात्यौं ।
९७. के यस नगरका बासीहरू यस कुराबाट निश्चिन्त छन् कि राति तिनीहरू आरामका साथ मस्त सुतिरहेको अवस्थामा हाम्रो प्रकोप आइपुगोस् ?
९८. वा के यस नगरका बासीहरू यसबाट निश्चिन्त छन् कि दिनको पहिलो भागमा तिनीहरू खेल कुद तथा सांसारिक मामिलामा व्यस्त रहेको अवस्थामा हाम्रो प्रकोप आइपुगोस् ?
९९. हेर त्यस अवसरतर्फ जो अल्लाहले तिनीहरूलाई दिनुभयो, उहाँले तिनीहरूलाई धेरै शक्ति तथा जीवीका प्रदान गर्नुभयो । तिनीहरूको पकड गर्नुअघि तिनीहरूलाई यो अवसर अल्लाहले दिनुभयो । के यस नगरका यी झूटा ठहर गर्नेहरू अल्लाहको जुक्ति तथा गोप्य योजनाबाट निश्चिन्त छन् ? अल्लाहको जुक्तिबाट सर्वनाश हुनेहरू मात्र निश्चिन्त रहने गर्छन् । जहाँ सम्म मार्गदर्शन पाएका मानिसहरूको कुरा छ उनीहरू अल्लाहका जुक्तिप्रति सचेत रहने गर्छन्, उहाँले प्रदान गर्नुभएको कृपाबाट धोका खाँदैनन् बरु त्यसलाई उहाँको परोपकार ठानेर त्यसप्रति आभार प्रकट गर्छन् ।
१००. आफ्ना पापहरूको कारणले विगतका धर्तीबासीहरूको विनाशबाट उनीहरूका उत्तराधिकारीहरूले केही बुझेनन् अनि पाठ लिएनन् बरु तिनीहरूले पुर्वजहरू जस्तै कार्य गरे । के यिनीहरूले यो कुरा बुझेनन्- अल्लाहले चाहनु भएमा आफ्नो कानुन अनुसार यिनीहरूको पापले गर्दा यिनीहरूलाई पनि नष्ट गर्नुहुन्छ ? अल्लाहले तिनीहरूका हृदयमाथि सिल (मोहर) लगाउनुहुन्छ अनि तिनीहरू पाठ लिँदैनन् ।
१०१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी विगतका नगरहरू- नूह, हूद, सालेह, लूत तथा शुएब (अलैहिमुस्सलाम) का समुदायहरूका नगरहरू- हुन् जसका केही सूचनाहरू, तिनीहरूले झूटो ठहर गरेका कुराहरू अनि तिनीहरूमाथि आएका आपदाहरू तपाईंलाई बताउँदैछौं ताकि यसबाट पाठ लिनेले पाठ लेउन् र उपदेश ग्रहण गर्नेले उपदेश ग्रहण गरुन् । यी नगरका बासीहरूसमक्ष तिनीहरूका रसूलहरू स्पष्ट प्रमाणहरू लिएर आए । विगतका सन्देष्टाहरूमाथि उनीहरूका समुदायका मानिसहरूले ईमान ल्याएनन् बरु झूटा ठहर गरे किनभने अल्लाहले अदृश्य वास्तविक्ता जान्नु भएकोले तिनीहरूका हृदयहरूमाथि सिल लगाउनुभयो । त्यस्तै मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई नकार्नेहरूका मन-मस्तिष्कमा पनि सिल लगाउनुभयो, त्यसैले यिनीहरूले ईमान ल्याउने छैनन् ।
१०२. हामीले सन्देष्टाहरू पठाइएका समुदायहरूमध्ये अधिकांशलाई वचनको कुनै पालना न गर्ने, अल्लाहको उपदेश ग्रहण न गर्ने तथा उहाँका आदेशहरूको पालना न गर्ने पायौं । बरु तिनीहरूमध्ये अधिकांशलाई अल्लाहका आज्ञाभन्दा बाहिर पायौं ।
१०३. यी रसूलहरूपछि हामीले मूसा (अलैहिस्सलाम) लाई आफ्ना स्पष्ट प्रमाण तथा निशानीहरू दिएर फिरऔन एवं उसका समुदायतर्फ पठायौं अनि तिनीहरूमध्ये सबैले ती निशानीहरूलाई इन्कार गरे । अनि हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! विचार गर्नुहोस् ! अल्लाहले कसरी तिनीहरूलाई डुबाएर नष्ट पार्नुभयो ? उहाँले तिनीहरूलाई लोक तथा परलोक दुवैमा धिक्कार्नुभयो ।
१०४. जब अल्लाहले मूसा (अलैहिस्सलाम) लाई फिर्अौनतर्फ पठाउनुभयो तब उनी ऊसमक्ष गएर भने– हे फिरऔन ! म सम्पूर्ण संसारका सृष्टिकर्ता, मालिक तथा मामिलाका सञ्चालनकर्ता अल्लाहको तर्फबाट रसूल हुँ ।
१०५. मूसा (अलैहिस्सलाम) ले भने- म अल्लाहका रसूल भएकोले मेरो लागि के उचित छ भने म मात्र सत्य कुरा भनुँ । म तिमीहरूसमक्ष स्पष्ट प्रमाण लिएर आएको छु, जो के स्पष्ट पार्छ भने म सत्य हुँ तथा आफ्नो पालनकर्ताको तर्फबाट पठाइएको छु । अतः बनी इस्राईललाई मुक्त पारेर तथा उनीहरूमाथि अत्याचार बन्द गरेर मसँग जानदेऊ ।
१०६. फिरऔनले मूसा (अलैहिस्सलाम) लाई भन्यो– यदि तिमी कुनै चमत्कार लिएर आएकाछौ भने त्यसलाई प्रस्तुत गर यदि तिमी आफ्नो दावीमा सत्य हौ भने ।
१०७. अनि मूसा (अलैहिस्सलाम) ले आफ्नो लौरो फ्याँके र त्यो दर्शकहरूका लागि स्पष्ट तथा ठूलो अजिङ्गर बन्यो ।
१०८. अनि, उनले आफ्नो हात आफ्नो कमिसबाट छाति नजिकबाट वा काखिबाट बाहिर निकाले र त्यो त्यतिखेर नै दर्शकहरूका सामु बिना रोग अति सेतो भएकोले टल्किन थाल्यो ।
१०९. अनि फिर्औनको समुदायका अगुवाहरूले उक्त दुईवटा चमत्कारहरूलाई देखेर भने– निश्चय नै यो अत्यन्त जानकार तथा दक्ष जादुगर हो ।
११०. यसको उद्देश्य आफ्नो जादूबाट तिमीहरूलाई तिम्रो देश मिस्रबाट निकाल्नु हो । फिर्औनले आफ्ना मानिसहरूसित सलाह लिए - अनि मूसा (अलैहिस्सलाम) को बारेमा तिमीहरूको के छ सल्लाह ?
१११. तिनीहरूले फिर्औनलाई परामर्श दिए– मूसा (अलैहिस्सलाम) र उनका भाइ हारून (अलैहिस्सलाम) लाई अवसर दिनुहोस् र सबै जादूगरहरूलाई जम्मा गर्न मिस्रका सबै शहरहरूमा हरकाराहरूलाई पठाउनुहोस्,
११२. तपाईंका हरकाराहरूले तपाईंसमक्ष सबै शहरहरूबाट सबै जानकार तथा दक्ष जादूगरहरूलाई जम्मा गरेर ल्याउनेछन् ।
११३. जादुगरहरूलाई जम्मा गर्न फिर्औनले हरकाराहरूलाई पठायो । जब जादूगरहरू जम्मा भए तब तिनीहरूले फिर्औनलाई सोधे– यदि हामी मूसा (अलैहिस्सलाम) माथि विजयी भयौं भने के हामीलाई पारिश्रमिक मिल्छ ?
११४. फिर्औनले जवाफमा भन्यो– अँ, निस्सन्देह तिमीहरूलाई पारिश्रमिक मिल्नेछ र राजदरबारमा पद पनि पाएर मेरो नजिक हुनेछौ ।
११५. जादुगरहरूले मूसा (अलैहिस्सलाम) माथि विजय अवश्य प्राप्त हुनेछ भन्ने कुरामा भरोसा राख्दै तथा घमण्ड गर्दै भने– मूसा ! या त तिमी जे फ्याँक्न चाहन्छौ त्यो फ्याँकेर पहिला शुरु गर वा हामी फ्याँकेर पहिला शुरु गर्छौं ।
११६. मूसा (अलैहिस्सलाम) ले आफ्नो पालनकर्ताको सहयोगमा भरोसा गरेर भने– तिमीहरूले जे लौरो तथा डोरीहरू फ्याँक्नुछ फ्याँक । अनि, जब तिनीहरूले फ्याँके तब मानिसहरूका आँखाहरूमा जादू गरिदिए, आँखाहरू सही तरीकाले देख्नबाट फेरिए, तिनीहरू डराइए र यसरी तिनीहरूले मानिसहरूका आँखामा भारी जादू प्रस्तुत गरे ।
११७. अल्लाहले आफ्नो नबी तथा उहाँसँग कुरा गरेका मूसा (अलैहिस्सलाम) तर्फ वही गर्नुभयो– हे मूसा ! फ्याँक आफ्नो लौरो । अनि उनले आफ्नो लौरो फ्याँके, अनि त्यसले अजिङ्गर बनेर तिनीहरूका झूटा डोरी तथा लौरोहरूलाई निल्न थाल्यो जसलाई तिनीहरूले वास्तविक्तालाई फेर्न तथा मानिसहरूलाई भ्रममा पार्नको लागि प्रयोग गरेका थिए कि यी सर्पहरू हुन् ।
११८. नितान्त सत्य विजयी भयो, मूसा (अलैहिस्सलाम) सत्यमा हुन् भन्ने कुरा स्पष्ट भयो र जादूगरहरूले बनाएका जादू झूटो हो भन्ने कुरा पनि प्रमाणित भयो ।
११९. तिनीहरू सबै त्यस मैदानमा पराजित भए र मूसा (अलैहिस्सलाम) विजयी भए । जादूगरहरू खुबै अपमानित भएर फर्किए ।
१२०. सबै जादुगरहरू अल्लाहका महान शक्ति तथा स्पष्ट निशानीहरू देखेर नतमस्तक भए ।
१२१. जादूगरहरूले भने– हामीले सबै प्राणीहरूका पालनकर्तामाथि ईमान ल्यायौं,
१२२. मूसा (अलैहिस्सलाम) तथा हारून (अलैहिस्सलाम) का पालनकर्तामाथि । उहाँ मात्र भक्ति योग्य हुनुहुन्छ, उहाँबाहेकका मानिसहरूले ठानेका भगवानहरू भक्ति योग्य छैनन् ।
१२३. जब जादूगरहरूले एक अल्लाहमाथि ईमान ल्याए तब उनीहरूलाई धमकी दिँदै फिर्औनले भन्यो– के मैले अनुमति दिनु पूर्व नै तिमीहरूले मूसा (अलैहिस्सलाम) माथि ईमान ल्यायौ ? निश्चय नै मूसा (अलैहिस्सलाम) तथा उनले ल्याएको सन्देशमाथि तिमीहरूको ईमान ल्याउनु धोका तथा षडयन्त्र हो जो तिमीहरू तथा मूसा (अलैहिस्सलाम) ले यस नगरका बासिन्दाहरूलाई यहाँबाट निष्कासन गर्नका लागि गरेका छौ । हे जादूगरहरू हो ! तिमीहरूको के परीणाम हुनेछ र कस्तो सजाय दिइनेछ भन्ने कुरा तिमीहरूले चाँडै नै जान्नेछौ ।
१२४. म निश्चय नै तिमीहरूमध्ये एक एकको दाहिने हात तथा देब्रे खुट्टा वा देब्रे हात तथा दाहिने खुट्टा काटिदिनेछु अनि तिमीहरूलाई सजाय दिन तथा सबै दर्शकहरूलाई डराउनको लागि तिमीहरू सबैलाई खजुरका रुखमा शूली दिनेछु ।
१२५. जादूगरहरूले फिर्औनको धमकीको जवाफमा भने– तिमीले जे गरे पनि हामीहरू मात्र आफ्ना पालनकर्तातर्फ फर्केर जानेछौं । हामीहरूलाई तिम्रो धमकीको कुनै पर्वाह छैन ।
१२६. हे फिर्औन ! तिमीले हामीहरूलाई ती निशानीहरू स्वीकार गर्नेवाला पाउनेछौ जो मूसा (अलैहिस्सलाम) लिएर आएका छन् । यदि यो कुरा तिमीलाई मन पराइ रहेको छैन भने यही मेरो पाप हो । फेरि तिनीहरू विनम्र भएर यो दुआ गर्दै अल्लाहतर्फ फर्के- हे हाम्रा पालनकर्ता ! हामीहरूलाई यति धैर्य प्रदान गर्नुहोस् कि हामीहरू सत्यमा कायम रहन सकौं, हामीहरूलाई मुस्लिम, तपाईंको आदेशको पालना गर्दै तथा तपाईंका रसूल (अलैहिस्सलाम) को अनुसरण गर्दै मृत्युवरण गराउनुहोस् ।
१२७. फिरऔनको समुदायका ठूला बडा अगुवाहरूले फिर्औनलाई मूसा (अलैहिस्सलाम) तथा उनका मोमिन साथीहरूविरुद्ध भडकाउँदै भने– हे फिर्औन ! के तपाईंले मूसा (अलैहिस्सलाम) र उनको समुदायलाई त्यसै धर्तीमा विध्वंश मच्चाउँदै छोडिदिनु हुन्छ जब कि उनीहरूले तपाईं अनि तपाईंका भगवानहरूलाई छोडि सकेका छन् र मात्र एक अल्लाहको भक्तिको अहवान गर्दैछन् ? फिरऔनले उत्तर दियो– हामी बनी यस्राईलका पुत्रहरूको वध गर्नेछौं र उनीहरूका स्त्रीहरूलाई सेवाको लागि जीवित छाड्नेछौं । अनि हाम्रो सत्ता, प्रभुत्व तथा रुवाफ उनीहरूमाथि कायम नै छ ।
१२८. मूसा (अलैहिस्सलाम) ले आफ्नो समुदायका मानिसहरूलाई उपदेश दिँदै भने– हे मेरा समुदायका मानिसहरू हो ! कष्ट निवारण गर्न तथा फाइदा प्राप्त गर्न मात्र अल्लाहसित सहायता माग र जुन सुकै कष्टमा धैर्य धारण गर । निस्सन्देह धर्ती अल्लाहकै हो, फिर्औन वा अन्य कसैको लागि होइन कि तिनीहरूले राज गरुन् । अल्लाह आफ्नो चाहना अनुसार पालै पालो जसलाई चाहनुहुन्छ सत्ता प्रदान गर्नुहुन्छ । तर धर्तीमा अन्तिम सफलता मोमिनहरूको लागि हो जो अल्लाहका आदेशहरूको पालना गर्छन् र उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट बच्छन् । जे जति संकटहरू आए पनि यो धर्ती उनीहरूकै लागि हो ।
१२९. मूसा (अलैहिस्सलाम) को समुदायका मानिसहरूले भने– हे मूसा ! तपाईंको आगमनभन्दा अघि पनि फिर्औनले हाम्रा पुत्रहरूलाई बध गरेर तथा हाम्रा स्त्रीहरूलाई छोडेर सताउने गर्थ्यो र तिम्रो आगमनपश्चात् पनि हामीलाई सताउँदैछ । मूसा (अलैहिस्सलाम) ले उनीहरूलाई उपदेश दिँदै तथा राम्रो दिन आउने शुभसूचना दिँदै भने– आशा छ तिमीहरूका पालनकर्ताले तिम्रो शत्रु फिर्औन तथा उसका समुदायलाई नष्ट पार्नुहुनेछ र तिनीहरूपछि तिमीहरूलाई धर्तीको सत्ता प्रदान गर्नुहुनेछ, अनि तिमीहरूले उहाँप्रति आभार व्यक्त गर्छौ वा कृतघ्नता गर्नेछौ भन्ने कुरा उहाँले देख्नुहुनेछ ।
१३०. हामीले फिर्औनीहरूलाई अकाल तथा फलफूलको कमीमा ग्रस्त गर्यौं यस आशाका साथ कि तिनीहरूले उपदेश प्राप्त गरुन् कि जे जति भयो त्यो तिनीहरूको कुफ्रको कारणले भयो अनि तिनीहरूले तौबा गरुन् ।
१३१. जब फिर्औनीहरूलाई सुख-सम्पन्नता, फल फूल धेरै हन्थ्यो र त्यो सस्तो हुन्थ्यो तब तिनीहरू भन्थे– हामी यसका हकदार हौं त्यसैले विशेषरूपमा यो हामीलाई प्रदान गरिएको छ । जब तिनीहरूलाई सुख्खा, भुखमरी तथा रोगमा बढोतरी इत्यादि को रूपमा दुःख पर्थ्यो तब मूसा (अलैहिस्सलाम) तथा उनका साथी बनी इस्राईललाई आफ्ना लागि अपशकुन र यो दुःख उनीहरूले गर्दा आएको बताउँथे । वास्तविक्ता के छ भने तिनीहरूलाई जे जति कष्ट पुग्छ त्यो अल्लाहले भाग्यमा निर्धारित गर्नुभएको छ, त्यसमा तिनीहरू तथा मूसा (अलैहिस्सलाम) को कुनै दखल छैन । सिवाय यसको कि मूसा (अलैहिस्सलाम) ले तिनीहरूविरुद्ध दुआ गरे । तर तिनीहरूमध्ये अधिकांशलाई थाहा छैन अनि तिनीहरू अल्लाहबाहेक अन्य कसैले गरेको भन्छ ।
१३२. फिर्औनका समुदायले मूसा (अलैहिस्सलाम) लाई सत्यसित शत्रुता व्यक्त गर्दै भने– तिमीले हामीहरूसमक्ष जुनसुकै चमत्कार तथा निशानी लिएर आए पनि र हामीहरूसँग रहेको धर्मलाई रद्द गर्दै त्यसबाट फेर्नको लागि जुन सुकै प्रमाण ल्याए पनि हामीहरू तिमीमाथि ईमान ल्याउने छैनौं ।
१३३. हामीले तिनीहरूमाथि तिनीहरूले झूटो ठहर गर्ने तथा शत्रुता अपनाउने सजाय स्वरूप ठूलो बाढी पठायौं, जसले गर्दा तिनीहरूका खेती बाडी तथा फल फूल डुब्न पुगे । हामीले तिनीहरूतर्फ सलह पठायौं जसले तिनीहरूका खेती बाडीलाई खाइदियो । हामीले घुन तथा उडुस पठायौं, जसले तिनीहरूका अनाज तथा जिउलाई कष्ट पुर्याए । हामीले तिनीहरूतर्फ भ्यागुतो पठाएं जो तिनीहरूको भाँडामा भरे, तिनीहरूको खानालाई बिगारे तथा तिनीहरूको ओछ्यानलाई फोहर पारे । हामीले तिनीतर्फ रगत पठायौं जसले गर्दा तिनीहरूका इनार तथा नदीका पानी रगतमा परिणत भयो । यी सबैलाई हामीले खुल्ला निशानीहरू बनाएर एकपछि अर्कालाई पठायौं तर जहिले पनि सङ्कट आउँदा तिनीहरूले मूसा (अलैहिस्सलाम) ले ल्याएको सन्देशमाथि ईमान ल्याउनबाट घमण्ड गरे । तिनीहरू दुष्कर्मी थिए, असत्यलाई छोडेर सत्यलाई स्वीकार गर्दैनथे ।
१३४. जब जब तिनीहरूमाथि प्रकोप आउँथ्यो तब तब तिनीहरूले मूसा (अलैहिस्सलाम) लाई भन्थे– हे मूसा ! तिमीलाई आफ्ना पालनकर्ताको तर्फबाट जुन ईशदूतत्व प्राप्त छ र तिमीले तौबा गरेमा उहाँले प्रकोप हटाउने जुन वाचा गर्नुभएको छ त्यसको आधारमा हामीहरूबाट प्रकोप हटाउन प्रार्थना गर । यदि तिमीले हामीहरूबाट प्रकोप हटाउँछौ भने हामीहरू तिमीमाथि ईमान ल्याउनेछौं, बनी इस्राईललाई मुक्त गरेर तिमीसँग पठाइदिनेछौं ।
१३५. जब हामीले तिनीहरूबाट पानीमा डुबाउने प्रकोप एक अवधिका लागि हटायौं तब तिनीहरूले ईमान ल्याउने तथा बनी इस्राईललाई मुक्त गर्ने वचन भङ्ग गरे । तिनीहरू कुफ्रमै कायम रहे र बनी इस्राईललाई मूसा (अलैहिस्सलाम) सँग पठाउन इन्कार गरे ।
१३६. जब तिनीहरूलाई नष्ट पार्ने समय आयो तब तिनीहरूलाई नदीमा चुर्लुम्म डुबाउने प्रकोप पठायौं, किनभने तिनीहरूले हाम्रा निशानीहरूलाई झूटो ठहर गरे तथा सत्यबाट विमुख भए जसमा कुनै सन्देह थिएन ।
१३७. बनी इस्राईललाई हामीले पूर्व तथा पश्चिम धर्तीका उत्तराधिकारी बनायौं जसलाई फिर्औन तथा उसको समुदायले अपमानित अवस्थामा राखेका थिए । अर्थात सीरिया तथा त्यसको वरिपरिका भूभाग, जसमा अल्लाहले धेरै खेती बाडी तथा फल फूल उमारेर पूर्ण बर्कतयुक्त बनाउनुभयो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताको राम्रो वाणी यस आयतमा पूर्ण भयो- हामी धर्तीमा कमजोर पारिएका मानिसहरूमाथि आफ्नो परोपकार पूर्ण गर्न चाहन्छौं, उनीहरूलाई अगुवा तथा धर्तीका वारिस बनाउन चाहन्छौं । (सूरह अल-कसस्ः ५) अनि अल्लाहले तिनीहरूलाई धर्तीमा स्थापित पार्नुभयो किनभने उनीहरूले फिर्औन तथा उसका समुदायका मानिसहरूले दिएका पीडाप्रति धैर्य गरे । हामीले फिर्औनका खेती बाडी तथा उच्च भवनहरूलाई नष्ट गरिदियौं ।
१३८. जब मूसा (अलैहिस्सलाम) ले लौरोलाई समुद्रमा हिर्काए तब त्यसले बाटो दियो, यसरी हामीले बनी इस्राईललाई समुद्र पार गरायौं, अनि त्यहाँबाट हिँडेपछि तिनीहरू यस्तो समुदायका मानिसहरूकहाँ आए जो अल्लाहलाई छोडेर आफ्ना केही मूर्तीहरूको पूजा गर्दै थिए । अनि बनी इस्राईलले मूसा (अलैहिस्सलाम) लाई भने– हे मूसा ! यिनीहरूले पूजा गरिराखेका मूर्तीहरूझैं हाम्रा लागि पनि एउटा मूर्ती बनाइ दिनुहोस् ताकि हामीहरू त्यसको पूजा गरौं । मूसा (अलैहिस्सलाम) ले तिनीहरूलाई भने– हे मेरा समुदायका मानिसहरू हो ! तिमीहरूले जसरी अल्लाहको महानता तथा एकेश्वारवादमा अडिग रहनु जरुरी थियो त्यस्तो अडिग न रहेर तथा न सुहाउने शिर्क तथा अल्लाहबाहेक अरूका भक्ति गरेर तिमीहरू अज्ञानतामा छौ ।
१३९. आफ्ना मूर्तीहरूको भक्तिमा कायम रहने यी मानिसहरू जुन मूर्तीहरूको पूजामा लिप्त छन् त्यो अवश्य नै नष्ट हुनेछ । तिनीहरूले अल्लाहको भक्तिमा जसलाई साझेदार बताउँदैछन् ती सबै असत्य हुन् ।
१४०. मूसा (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भने– हे मेरो समुदायका मानिसहरू हो ! म अल्लाहबाहेक तिमीहरूका लागि कुनै अर्को पूज्य कुन आधारमा खोजूँ जबकि तिमीहरूले उहाँका महान निशानीहरू देखि सक्यौ, साथै उहाँले तिमीहरूलाई आफ्नो युगका धेरै मानिसहरूमाथि श्रेष्ठता प्रदान गर्नुभयो । तिम्रा शत्रुलाई नष्ट पारेर तिमीहरूलाई धर्तीका उत्तराधिकारी बनाएर तथा स्थापित पारेर तिमीहरूमाथि कृपा गर्नुभयो ?!
१४१. हे बनी इस्राईल ! याद गर जब हामीले तिमीहरूलाई फिर्औन तथा उसका समुदायले गरिराखेका अपमानबाट मुक्त पार्यौं, जब तिनीहरू तिम्रा पुत्रहरूलाई बध गर्थे र तिम्रा स्त्रीहरूलाई सेवाको लागि जीवित छोडेर तिमीहरूलाई कष्ट पुर्याउने गर्थे । तिमीहरूलाई फिर्औन तथा उसको समुदायबाट मुक्ति प्रदान गर्ने कार्यमा तिमीहरूका लागि तिम्रा पालनकर्ताको तर्फबाट कडा परीक्षा थियो जसले गर्दा तिमीहरूले उहाँप्रति आभार व्यक्त गर्नुपर्छ ।
१४२. अल्लाहले मूसा (अलैहिस्सलाम) सँग कुराकानी गर्न तीस रातको अवधि निर्धारित गर्नुभयो अनि त्यसमा अरू दस रात थपेर चालीस पुरा गर्नुभयो । जब मूसा (अलैहिस्सलाम) ले अल्लाहसँग कुराकानी गर्न यात्रा गर्ने नियत गरे तब आफ्नो भाइ हारून (अलैहिस्सलाम) लाई भने– हे हारून ! मेरो अनुपस्थितिमा मेरो समुदायमा उत्तराधिकारीको कार्यभार सम्हाल तथा राम्रो राजनीति तथा नम्रताका साथ तिनीहरूको सुधार गर । दुष्कर्म गरेर विध्वंसकारीहरूको मार्गमा न हिँड र अवज्ञाकारीहरूको सहयोगी न बन ।
१४३. जब मूसा (अलैहिस्सलाम) आफ्ना पालनकर्तसँग कुराकानी गर्न निर्धारित अवधि चालीस रातिको लागि आए र उहाँका आदेशहरू तथा उहाँले मनाहि गर्नु भएका कार्यहरूबारे कुराकानी गरे तब उनको मनमा पालनकर्तालाई देख्ने इच्छा भयो, अनि उनले आफ्नो पालनकर्तासँग उहाँलाई देख्ने इच्छा प्रकट गरे । अनि अल्लाहले भन्नुभयो– तिमी यस सांसारिक जीवनमा यसको क्षमता न राखेकोले मलाई कदापि देख्न सक्दैनौ । तर, तिमी पर्वततर्फ हेर म प्रकट हुँदा यदि त्यो आफ्नो स्थानमा स्थिर रहयो तथा प्रभावित भएन भने तिमीले मलाई देख्न सक्नेछौ । यदि त्यो धर्तीको बराबर हुन्छ भने तिमी मलाई संसारमा देख्न सक्दैनौ । जब अल्लाह पर्वतमाथि प्रकट हुनुभयो तब यो प्रकटिकरणले पर्वतलाई धर्ती बराबर पारिदियो र मूसा (अलैहिस्सलाम) बेहोश भएर लडे । जब उनी होशमा आए तब भने– हे पालनकर्त ! म तपाईंको पवित्रताको गुणगान गर्छु , तपाईं ती सबै कुराबाट पवित्र हुनुहुन्छ जो तपाईंको योग्य छैन । तपाईंले आफूलाई संसारमा मलाई देखाउनुस् भन्ने जुन माग मैले गरेको थिएं त्यसप्रति क्षमायाचना गर्छु र म आफ्नो समुदायमा ईमान ल्याउनेहरूमध्ये सर्वप्रथम हुँ ।
१४४. अल्लाहले मूसा (अलैहिस्सलाम) लाई भन्नुभयो– हे मूसा ! मैले तिमीलाई आफ्नो सन्देष्टा बनाएर मानिसहरूतर्फ पठाएर तिनीहरूमाथि श्रेष्ठता प्रदान गरेको छु र तिमीसँग प्रत्यक्ष कुरा गरेर सम्पूर्ण मानिसहरूमाथि प्रधानता प्रदान गरेको छु । अनि जुन सम्मान मैले प्रदान गरेको छु त्यसलाई ग्रहण गर र यस महान वरदानको लागि मप्रति आभार प्रकट गर्नेहरूमध्ये बन ।
१४५. हामीले मूसा (अलैहिस्सलाम) को लागि काठका पाटी वा अन्य पाटीहरूमा बनी इस्राईललाई आवश्यक भएका धार्मिक तथा सांसारिक मामिलाहरूसित सम्बन्धित उपदेश लेखेर दियौं ताकि उपदेश ग्रहण गर्नेले यसबाट उपदेश ग्रहण गरोस् । उनलाई आदेशहरूका आवश्यक तपसील लेखेर दियौं । हे मूसा ! यस तौरातलाई दृढतापूर्वक सम्हाल र आफ्नो समुदाय बनी इस्राईललाई त्यसमा रहेका उपदेशहरूमध्ये उत्तम तथा बढी पुण्य मिल्ने उपदेशको पालना गर्ने आदेश देऊ । जस्तै आदेश दिइएका कार्यलाई पूर्णरूपमा गर्नु, धैर्य गर्नु, माफ गर्नु । म चाँडै नै तिमीलाई यस्ता मानिसहरूको परीणाम तथा विनाश देखाउनेछु जसले मेरो आदेशको उल्लङ्घन गरे तथा मेरो आज्ञापालनबाट निस्के ।
१४६. अल्लाहका भक्तहरू तथा सत्य धर्म इस्लामबाट बिना प्रमाण घमण्ड गर्नेहरूलाई म आकाशमा रहेका तथा मानवभित्र रहेका निशानीहरू तथा मेरो किताबमा रहेका आयतहरूसित पाठ लिनबाट विमुख नै राख्नेछु । तिनीहरूले यी सबै निशानीहरू देखे पनि ईमान ल्याउँदैनन् किनभने तिनीहरूलाई यसप्रति खेद छ र यसबाट तिनीहरू विमुख छन्, साथै तिनीहरू अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित शत्रुता राख्छन् । अल्लाहको प्रसन्नता प्राप्त गर्ने सीधा मार्ग पाए पनि त्यसमा तिनीहरू हिँड्दैनन् न त्यसमा चाख लिन्छन् । तर, तिनीहरूले अल्लाहको रोषलाई निम्त्याउने कुमार्ग भेट्टाएमा त्यसमा हिँड्छन् । यसको कारण के हो भने तिनीहरूले रसूलहरूले ल्याएको सन्देशको पुष्टि गर्ने अल्लाहका महान निशानीहरूलाई झूटो ठहर गरे र त्यसमा विचार गर्नबाट असावधान रहे ।
१४७. हाम्रा रसूलहरूलाई पुष्टि गर्ने निशानीहरू तथा महाप्रलयमा अल्लाहसँग भेँटलाई अस्वीकार गर्नेहरूका आज्ञापालन सम्बंधि कर्महरू व्यर्थ हुनेछन् । तिनीहरूलाई ती कर्महरूको पुण्य प्राप्त हुने छैन किनभने तिनीहरूले ईमान ल्याएनन् जो कुनै पनि कर्म स्वीकार्य हुने शर्त हो । महाप्रलयको दिन पनि तिनीहरूलाई तिनीहरूले गरेको कुफ्र तथा शिर्कको कारणले पुण्यको सट्टामा सधैँको लागि नर्क नै मिल्नेछ ।
१४८. मूसा (अलैहिस्सलाम) को समुदायका मानिसहरूले आफ्ना पालनकर्तासित प्रार्थनाको लागि उनी गएपछि गर-गहनाहरूबाट पूज्य स्वरूप बाछाको एउटा मूर्ती बनाए जसमा न आत्मा थियो न आवाज । के तिनीहरूले जानेनन्- यो बाछा तिनीहरूसँग कुराकानी गर्न सक्दैन, भौतिक तथा अभौतिक कुनै किसिमको भलाइतर्फ निर्देशन दिन सक्दैन, न फाइदा पुर्याउन सक्छ न खतरालाई टार्न सक्छ ?! तिनीहरूले आफूमाथि अत्याचार गर्दै त्यसलाई पूज्य बनाए ।
१४९. जब तिनीहरू लज्जित भए, हैरान भए तथा बाछा बनाएर तथा अल्लाहसँग त्यसलाई पूज्य बनाएर पथभ्रष्ट भएका छन् भन्ने कुरा बुझे तब तिनीहरू अल्लाहसमक्ष अनुनय विनय गर्दै भन्न थाले– यदि हाम्रा पालनकर्ताले हामीहरूलाई आफ्नो आज्ञापालनको अवसर दिएर हामीहरूमाथि दया न गरेको भए तथा हामीहरूले बाछाको पूजा गरेको पापलाई माफ न गरेको भए हामी निश्चय नै लोक तथा परलोक दुवैमा घाटा खानेहरूमध्ये हुनेथियौं ।
१५०. जब मूसा (अलैहिस्सलाम) आफ्ना पालनकर्तासँग भाला कुसारी गरेर फर्के तब आफ्नो समुदायलाई बाछाको पूजामा लिप्त पाएर अति क्रोधित एवं दुखित भएर भने– हे मेरा समुदायका मानिसहरू हो ! मेरो अनुपस्थितिमा तिमीहरूले कति नराम्रो अवस्था सृजना गर्यौ जसको परीणाम विनाश तथा अभागि हुनु हो । के तिमीहरू मेरो प्रतीक्षा गर्दा गर्दै दिक्क भयौ र बाछाको पूजामा लिप्त भयौ ?! मूसा (अलैहिस्सलाम) ले रोष तथा दुःखले पाटीहरूलाई एकतर्फ फ्याँके र आफ्ना भाइ हारून (अलैहिस्सलाम) को कपाल तथा दाह्री समाती उनलाई आफूतिर तान्न थाले, किनभने उनी तिनीहरूसँग नै बसेको अवस्थामा तिनीहरू बाछाको पूजा गरेका थिए र पनि उनले सुधार गरेन । हारून (अलैहिस्सलाम) ले आफ्नो विवशता प्रकट गर्दै तथा दया गर्ने अनुरोध गर्दै भने– हे मेरा आमापट्टिका दाइ ! मानिसहरूले मलाई दुर्बल ठाने, मेरो अपमान गरे र हत्या गर्ने प्रयास गरे । अतः मलाई सजाय दिएर शत्रुहरूलाई मेरो हाँसो उडाउने मौका न दिनुहोस् र तिनीहरूले अल्लाहबाहेकको भक्ति गरेमा मेरो गणना ती अत्याचारीहरूमा न गर्नुहोस् ।
१५१. मूसा (अलैहिस्सलाम) ले अल्लाहसित दुआ गरे– हे मेरा पालनकर्ता ! मलाई र मेरो भाइ हारून (अलैहिस्सलाम) लाई क्षमा प्रदान गर्नुहोस्, हामीलाई आफ्नो कृपामा प्रवेश गरेर त्यस अन्तर्गत लिनुहोस् । हे हाम्रा पालनकर्ता ! तपाईं सबै दयालुहरूभन्दा महान दयावान हुनुहुन्छ ।
१५२. जुन व्यक्तिहरूले बाछालाई पूज्य बनाएर त्यसको भक्ति गर्न थाले तिनीहरू अवश्य आफ्ना पालनकर्ताको प्रकोपमा ग्रस्त हुनेछन् र सांसारिक जीवनमा अपमानित हुनेछन् किनभने तिनीहरूले आफ्ना पालनकर्तालाई रोष दिलाए तथा अपमान गर्न खोजे । अल्लाहमाथि झूटो गढ़्नेहरूलाई हामीले यस्तै दण्ड दिने गर्छौं ।
१५३. जुन मानिसहरूले शिर्क तथा अवज्ञा जस्ता दुष्कर्म गरे र त्यसपछि अल्लाहसमक्ष तौबा गरेर ईमान ल्याए तथा विगतमा गरिराखेका पापहरूलाई त्यागे, हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निश्चय नै तपाईंका पालनकर्ता तिनीहरूले शिर्क तथा अवज्ञा त्यागेर ईमान तथा आज्ञापालनतर्फ आएपछि अति क्षमाशील एवं दयावान हुनुहुन्छ । उहाँले तिनीहरूको पापलाई छोप्नुहुनेछ र माफ गर्नुहुनेछ ।
१५४. जब मूसा (अलैहिस्सलाम) को क्रोध शान्त भयो तब उनले पाटीहरू उठाए, जसलाई उनले रिसले गर्दा फालेका थिए । यसमा पथभ्रष्टताको मुकाबिलामा मार्गदर्शन तथा सत्यको वर्णन थियो, आफ्ना पालनकर्तासित डराउनेहरू तथा उहाँको सजायबाट तर्सिनेहरूका लागि मार्गदर्शन तथा कृपाको वर्णन थियो ।
१५५. मूसा (अलैहिस्सलाम) ले आफ्ना समुदायका सत्तरी जना पुरुषहरूलाई चयन गरे ताकि तिनीहरूका बेवकूफहरूले बाछालाई पूज्य बनाएको महापापको लागि आफ्ना पालनकर्तासित माफि मागुन् । अल्लाहले तिनीहरूको उपस्थितिको लागि निश्चित समय दिनुभएको थियो । जब तिनीहरू त्यहाँ पुगे तब आँट गरेर आफ्ना आँखाले अल्लाहलाई देख्ने माग गरे । अनि तिनीहरूलाई भूकम्पले समात्यो र तिनीहरू रुवाफले गर्दा लडे तथा मर्न पुगे । तब मूसा (अलैहिस्सलाम) ले अनुनय विनय गरेर भने– हे मेरा पालनकर्ता ! यदि तपाईंले चाहनुभएका भए तिनीहरूलाई र मलाई पनि तिनीहरूको यहाँ आउनु अघि नै नष्ट गरिसकेका हुनुहुन्थ्यो । के तपाईंले हामीहरूमध्ये केही मूर्खहरूले गरेका अपराधले गर्दा हामी सबैलाई नष्ट गर्नुहुनेछ ? मेरो समुदायले जे जस्तो बाछाको पूजा गरे त्यो एउटा परीक्षा थियो जसद्वारा तपाईंले जसलाई चाहनुहुन्छ पथभ्रष्ट गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ मार्गदर्शन गर्नुहुन्छ । तपाईं हाम्रा संरक्षक-मित्र हुनुहुन्छ । अतः हामीहरूका पापहरूलाई माफ गर्नुहोस् र हामीहरूमाथि आफ्ना विशाल कृपाबाट दया गर्नुहोस्, तपाईं क्षमा गर्नुहुन्छ तथा हाम्रा पापलाई माफ गर्नुहुन्छ ।
१५६. हामीहरूलाई ती मानिसहरूमध्ये बनाउनुहोस् जसलाई तपाईंले यस जीवनमा विभिन्न कृपाहरू, सन्तुष्टता तथा सत्कर्म गर्ने अवसर प्रदान गर्नुभयो, जसलाई आखिरतमा सत्कर्मीहरूमध्ये बनाउनुभयो र जसको लागि स्वर्ग तयार पार्नुभयो । हामीहरू तपाईंसमक्ष तौबा गर्यौं र आफ्नो कमि कमजोरीलाई स्वीकार गरेर तपाईंतर्फ फर्केर आयौं । अल्लाहले भन्नुभयो– यो मेरो यातना हो जसलाई चाहन्छु अभागी हुने कार्य गर्नेहरूलाई यातना दिन्छु, तर मेरो दया चाहिँ संसारका हरेक वस्तुमाथि छाएको छ । कुनै पनि यस्तो प्राणी छैन जो सम्म अल्लाहको दया न पुगेको होस् र उहाँको कृपा तथा परोपकारले उसलाई न ढाकेको होस् । आखिरतमा मैले आफ्नो कृपा ती मानिसहरूका लागि अवश्य नै लेख्नेछु जो अल्लाहको आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएको कार्यहरूलाई त्यागेर उहाँसित डराउँछन्, हकदारहरूलाई आफ्नो धन-सम्पत्तिबाट जकात दिने गर्छन् र हाम्रा आयतहरूमाथि ईमान राख्छन् ।
१५७. जो मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण गर्छन्; जो उम्मी हुनुहुन्छ, स्वयम पढनु लेख्नु हुन्न बरु उहँका पालनकर्ता अल्लाहले वही पठाउनुहुन्छ, जसको नाम, गुण तथा ईशदूतत्वबारे तिनीहरूले आफूसँग रहेको मूसा (अलैहिस्सलाम) माथि अवतरित तौरात तथा ईसा (अलैहिस्सलाम) माथि इन्जीलमा लेखिएको पाउँछन् । मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) तिनीहरूलाई यस्ता कार्यहरूको आदेश दिनुहुन्छ जो राम्रा तथा ठीक छन् भन्ने कुरा सर्वविदित छन्, यस्ता कार्यहरूबाट मनाहि गर्नुहुन्छ जो नराम्रा तथा दुष्ट हुन् भन्ने कुरा हरेक ठीक बुद्धि तथा सही प्राकृतिका मानिसहरूले जान्दछन्, यस्ता स्वादिष्ट वस्तुहरूलाई जायज ठहर गर्नुहुन्छ जसमा कुनै हानि हुँदैन जस्तै खान पिन तथा विवाह, अपवित्र वस्तुहरूलाई हराम गर्नुहुन्छ, कठिन जिम्मेबारी तथा बोझलाई उनीहरूबाट झार्नुहुन्छ जस्तै हत्याराको हत्यालाई अनिवार्य गर्नु, चाहे जानी जानी हत्या गरेको होस् वा भूलवश । अतः बनी इस्राईल इत्यादिमध्ये जुन मानिसहरूले उहाँमाथि ईमान ल्याए र उहाँको समर्थन, सम्मान, काफिरहरूमध्ये शत्रुता अपनाउनेहरूविरुद्ध मद्दत गरे र उहाँमाथि अवतरण भएको प्रकाश तथा मार्गदर्शक कुर्आनको अनुसरण गरे, उनीहरू नै सफल मानिसहरू हुन् जसले आफूले चाहेको वस्तुहरू पाउनेछन् र डराइरहेका वस्तुहरूबाट सुरक्षित राखिनेछन् ।
१५८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– हे मानव हो ! म तिमीहरू सबै अरबी तथा गैर अरबीतर्फ त्यस अल्लाहद्वारा पठाइएको रसूल हुँ जसका लागि आकाशहरू तथा धर्तीको शासन रहेको छ । उहाँबाहेक कोही वास्तविक पूज्य छैन । उहाँ मृतलाई जीवन प्रदान गर्नुहुन्छ र जीवितलाई मृत्यु दिनुहुन्छ । अतः हे मानव ! अल्लाहमाथि ईमान ल्याऊ, उहाँका नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि ईमान ल्याऊ जो उम्मी स्वयम न पढनुहुन्छ न लेख्नुहुन्छ । उहाँका पालनकर्ताले जे वही गर्नुभयो त्यही लिएर आउनुभयो । उहाँ अल्लाह, उहाँमाथि अवतरित तथा उहाँभन्दा अघि बितेका नबीहरूमाथि अवतरित वाणीहरूमाथि बिना भेदभाव ईमान राख्नुहुन्छ । उहाँले जे जति आफ्ना पालनकर्ताको तर्फबाट लिएर आउनुभएको छ त्यसको अनुसरण गर, आशा छ तिमीहरूले लोक तथा परलोकका हीततर्फ मार्गदर्शन पाउनेछौ ।
१५९. मूसा (अलैहिस्सलाम) को समुदाय बनी इस्राईलमध्ये एउटा जमात ठीक धर्ममा कायम छ, अरू मानिसहरूलाई त्यसतर्फ बोलाउँछ र निसाफका साथ निर्णय गर्छ, अत्याचार गर्दैन ।
१६०. हामीले बनी इस्राइललाई अलग अलग बाह्र वटा खानदानमा विभाजित गर्यौं र उनीहरूका अलग अलग जमात बनायौं । जब उनका समुदायले उनीसित पानी माग्न अल्लाहसित दुआ गर्ने माग गरे तब हामीले मूसा (अलैहिस्सलाम) लाई वही गर्यौं– हे मूसा ! तिमी आफ्नो लौरो ढुङ्गामा हान । उनले ढुङ्गामा हान्दा त्यसबाट बनी इस्राईलका बाह्र वटा खान्दान बराबर बाह्र वटा मुहान फुटे र प्रत्येक खान्दानले आ-आफ्नो पानीको घाट चिन्यो जसमा अर्को खान्दान साझेदार थिएन । हामीले तिनीहरूमाथि बादलको छायाँ पार्यौं जो तिनीहरूसँग हिँडने गर्थ्यो र जहाँ तिनीहरू उभ्थे त्यहीँ बादल पनि रोकिन्थ्यो । हामीले तिनीहरूका लागि मधु जस्तो मिठो पेय पदार्थ तथा स्वादिष्ट मासु भएको सानो चरा अवतरित गर्यौं जो सुमानी जस्तो थियो । हामीले तिनीहरूलाई भन्यौ- खाऊ यी पवित्र खानाहरू जुन हामीले तिमीहरूलाई प्रदान गरेका छौं । उनीहरूले गरेको अत्याचार, उहाँका कृपाप्रति कृतघ्नता तथा कदर न गर्नुले हाम्रो कुनै हानि गरेन बरु तिनीहरूले अल्लाहको आदेशको उल्लङ्घन तथा उहाँका कृपाहरूलाई नकार्दै आफ्नै विनाश निम्तियाएर आफैँमाथि अत्याचार गरे ।
१६१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् जब अल्लाहले बनी इस्राईललाई भन्नुभयो– तिमीहरू बैतुल मक्दिसमा प्रवेश गर, यसका फलहरू जहाँबाट र जतिखेर चाहन्छौ खाऊ र भन- हे हाम्रा पालनकर्ता ! हामीबाट हाम्रा पापहरूलाई माफ गर्नुहोस् र ढोकाभित्र निहुरेर तथा आफ्ना पालनकर्तासँग अनुनय विनय गर्दै पस । यदि तिमीहरूले यसो गर्नेछौ भने हामी तिमीहरूको पापलाई क्षमा गरिदिनेछौं अनि सुकर्मीहरूलाई लोक तथा परलोकका भलाइ अझ बढाएर दिनेछौं ।
१६२. अत्याचारीहरूले त्यस कुरालाई बदली दिए जसको आदेश दिइएको थियो र भने- जौको एक दाना । उनीहरूलाई माफि माग्ने आदेश दिइएको थियो तर जुन कुराको आदेश दिइएको थियो त्यसलाई फेरिदिए । तिनीहरूले अल्लाहको लागि अनुनय विनयका साथ शिर निहुराएर प्रवेश गर्नुको सट्टा घिस्रिएर प्रवेश गर्न थाले । अनि हामीले तिनीहरूको अत्याचारको कारणले आकाशबाट आपदा पठायौं ।
१६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यहूदीहरूलाई स्म्रण गराउँदै त्यस नगरको वृत्तान्तबारे सोध्नुहोस् जो नदीको किनारमा अवस्थित थियो । तिनीहरूले शनिबारको दिन सीमोल्लङ्घन गर्न थाले किनभने शनिबारको दिनमा नै माछाहरू तिनीहरूसमक्ष पानीको सतहमा आउने गर्थे र शनिवारबाहेक अन्य दिनहरूमा आउँदैनथे । तिनीहरू आज्ञापालनबाट निस्केकोले तथा अवज्ञा गर्न थालेकोले तिनीहरूको परीक्षा लियौं । तिनीहरू कसरी शिकार गर्थे भने तिनीहरू जाल गाड्ने र खाडल खन्ने गर्थे, त्यसमा शनिवारको दिन माछा खस्ने गर्थे अनि अइतवारको दिन त्यसबाट माछा लिएर जाने अनि खाने गर्थे ।
१६४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) याद गर्नुहोस् जब तिनीहरूमध्ये एउटा समूहले तिनीहरूलाई यस दुष्कर्मबाट मनाहि गर्यो तथा त्यसबाट डरायो । दोस्रो समूहले पहिलो समूहलाई भन्यो– तिमीहरू यस्ता मानिसहरूलाई किन उपदेश दिन्छौ जसलाई तिनीहरूको अवज्ञाको कारणले अल्लाहले संसारमा बिनष्ट गर्नुहुनेछ तथा आखिरतमा कठोर यातना दिनुहुनेछ ?! पहिलो उपदेश दिने समूहले जवाफ दियो– अल्लाहसमक्ष दोष मुक्त हुनको लागि हामीले उपदेश दिन्छौं, उहाँको पकडबाट बच्नको लागि सत्कर्मको आदेश दिन्छौं तथा दुष्कर्मबाट मनाहि गर्छौं । आशा छ तिनीहरूले उपदेशबाट फाइदा उठाउनेछन् अनि अवज्ञालाई त्याग्नेछन् ।
१६५. जब अवज्ञाकारीहरूको समूह उपदेश दिने समूहको उपदेशबाट विमुख भयो र अवज्ञा गर्न छोडेन तब कुकर्मबाट रोक्ने पहिलो समूहलाई हामीले बचायौं र शनिवारको दिन माछाको शिकार गर्ने अवज्ञाकारी समूहलाई कडा आपदामा समात्यौं, किनभने तिनीहरू अल्लाहको आज्ञाबाट निस्के र अवज्ञामा जिद्दी गरे ।
१६६. जब तिनीहरूले घमण्ड तथा शत्रुताको कारणले अल्लाहको अवज्ञामा सीमा उल्लङ्घन गरे र उपदेश ग्रहण गरेनन् तब हामीले आदेश दियौं– हे अवज्ञाकारीहरू हो ! तिमीहरू अपमानित बाँदर होऊ । अनि तिनीहरू हाम्रो आदेश अनुकुल बाँदर बने । जब हामी कुनै कार्य गर्न चाहन्छौं तब भन्छौं- भइस्, अनि त्यो हुनपुग्छ ।
१६७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! याद गर्नुहोस् जब अल्लाहले स्पष्ट घोषणा गर्नुभयो– उहाँले महाप्रलयको दिनसम्म यहुदीहरूमाथि यस्ता मानिसहरूलाई थोपारिरहनुहुनेछ जसले तिनीहरूलाई संसारमा अपमानित गरिराख्नेछन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता अवज्ञाकारीहरूलाई दण्ड दिनमा तीब्र हुनुहुन्छ यहाँसम्म कि संसारमा पनि तिनीहरूलाई सजाय दिनुहुन्छ । निस्सन्देह उहाँ तौबा गर्ने भक्तहरूका पापहरूलाई माफ गर्नुहुन्छ तथा दया गर्नुहुन्छ ।
१६८. हामीले तिनीहरूलाई धर्तीमा विभिन्न समूह तथा गुटमा विभाजित गरिदियौं जब कि तिनीहरू पहिला एक्ताबद्ध थिए । तिनीहरूमध्ये एउटा समूह सज्जन थियो र अल्लाह तथा भक्तहरूका अधिकार पूरा गर्थ्यो भने दोस्रो समूह मध्यमार्गी थियो र तेस्रो समूह अवज्ञा गरेर आफूमाथि जियादती गर्नेवाला थियो । हामीले तिनीहरूको परीक्षा सुख तथा दुःखबाट गर्दै गर्यौं ताकि तिनीहरूले गरिराखेको कुकर्मलाई त्यागुन् ।
१६९. तिनीहरूपश्चात् दुष्कर्मीहरूले तिनीहरूको स्थान लिए, जसले आफ्नो पूर्वजबाट तौरात पाए, त्यसलाई पढने गर्थे तर त्यसलाई बुझ्दैनथे । तिनीहरू अल्लाहको किताबमा फेरबदल गर्न तथा उहाँले अवतरित न गर्नुभएको आदेश थप्नको लागि घूस स्वरूप तुच्छ सांसारिक धन लिने गर्थे । साथै के कामना गर्थे भने अल्लाहले चाँडै तिनीहरूलाई माफ गर्नुहुनेछ । यदि सांसारिक धन पटक पटक आए भने तिनीहरूले लिनेछन् । के तिनीहरूबाट अल्लाहले वचन लिनुभएको थिएन- तिनीहरूले अल्लाहबारे बिना हेर फेर सत्यबाहेक अरू केही भन्ने छैनन् ? तिनीहरूले किताब अनुसार कर्म गर्न अज्ञानताले गर्दा छोडेनन् बरु जानी जानी छोडे, तिनीहरूले त्यसलाई पढे पनि र जाने पनि यसरी तिनीहरूले ठूलो पाप गरे । आखिरतको घर तथा त्यसमा रहेका वरदानहरू सधैं रहनेछन् र संसारका समाप्त हुने वरदानभन्दा उत्तम छन् ती मानिसहरूका लागि जो अल्लाहका आदेशहरूको पालना गरेर तथा उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई छोडेर उहाँसँग डराउँछन् । के यस्ता मानिसहरू बुद्धि राख्दैनन् जो संसारका क्षणिक तथा समाप्त हुने धन-सम्पत्तिलाई आखिरतका सधैँ रहने कृपाहरूभन्दा उत्तम तथा बढी टिकाउ ठान्छन् जसलाई अल्लाहले ईशभय राख्नेहरूका लागि तयार पार्नुभएको छ ?!
१७०. जुन मानिसहरू अल्लाहका किताबलाई दृढतापूर्वक समात्छन्, त्यसमा रहेका आदेशहरूको पालना गर्छन् र समयको पाबन्दी, शर्त, अनिवार्य तथा सुन्नत कार्यहरूको पालनाका साथ सलाह कायम गर्छन् अल्लाहले तिनीहरूलाई चाँडै नै त्यसको बदला दिनुहुनेछ । अल्लाह सत्कर्मीहरूको पुण्यलाई अकार्थ गर्नुहुन्न ।
१७१. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! याद गर्नुहोस् जब बनी इस्राईलले तौरातमा लेखिएको कुरालाई मान्न इन्कार गरे तब हामीले पहाडलाई उखेलेर तिनीहरूमाथि उभ्यायौं अनि पहाडलाई बादल झैं शिरहरूमाथि छायाँ गर्यौं, त्यो तिनीहरूमाथि खस्छ भन्ने यकिन तिनीहरूलाई भयो । तिनीहरूलाई भनियो- तिमीहरूलाई जे जति हामीले प्रदान गरेका छौं त्यसलाई दृढतापूर्वक समात र त्यसमा जे जति आदेशहरू दिइएको छ त्यसलाई न बिर्सिकन याद राख । आशा छ यसो गरेर तिमीहरू अल्लाहसँग डराउनेछौ ।
१७२. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! याद गर्नुहोस् जब तपाईंका पालनकर्ताले आदम (अलैहिस्सलाम) का सन्तानहरूका पिठ्यूँहरूबाट तिनका सन्तान सृष्टि गर्नुभयो र उहाँ नै तिनीहरूका पालनकर्ता हुनुहुन्छ भन्ने कुरा तिनीहरूको प्राकृतिमा राख्नुभयो । उहाँ नै तिनीहरूका सृष्टकर्ता तथा पालनकर्ता हुनुहुन्छ भन्ने कुरा तिनीहरूको प्राकृतिमा राखिएको आधारमा उहाँले यो भन्न लगाउनुभयो– के म तिमीहरूको पालनकर्ता होइन ? तिनीहरू सबैले भने– किन न हुनु ? हामी साक्षी छौं, तपाईं हाम्रा पालनकर्ता हुनुहुन्छ । अल्लाहले भन्नुभयो- यो तिमीहरूको परीक्षा को लागि गरेका छौं र तिमीहरूबाट वचन लिएका छौं ताकि तिमीहरूले महाप्रलयको दिन इन्कार गर्न न सक र यो तिमीहरूविरुद्ध प्रमाण बनोस् । तिमी यो भन्न न सक कि हामीलाई यसको ज्ञान थिएन ।
१७३. वा यो प्रमाणित गर्न न सक कि हाम्रा पूर्वजले पो वचन भङ्ग गरेका थिए अनि अल्लाहँग शिर्क गरेका थिए, हामी त तिनीहरूपछिका सन्तान पर्यौं , तिनीहरूलाई जुन शिर्कमा पायौं त्यसैलाई अनुसरण गर्यौं । अनि यो पनि न भन- हे हाम्रा पालनकर्ता ! के तपाईंले हामीलाई त्यस दुष्कर्मको सजाय दिनुहुन्छ जो हाम्रा पूर्वजले गरे ?! तिनीहरूले अल्लासँग साझेदार बनाएर आफ्ना कर्महरूलाई बर्बाद पारे, हाम्रो कुनै दोष छैन, हामीले जे गर्यौं त्यो अज्ञानता तथा आफ्ना पूर्वजको अनुसरणमा गर्यौं ।
१७४. जसरी हामीले झूटो ठहर गर्ने समुदायहरूको बारेमा आयतहरू स्पष्ट पार्यौं त्यसरी नै यिनीहरूको बारेमा पनि स्पष्ट पार्नेछौं ताकि तिनीहरूले अल्लाहसँग गरिराखेको शिर्कबाट मात्र एक अल्लाहमाथि ईमान तथा उहाँको भक्तितर्फ फर्कुन् । जसरी तिनीहरू त्यस अवधिमा थिए जसमा तिनीहरू आफूलाई अल्लाह कै लागि विशिष्ट पारेर राखेका थिए ।
१७५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बनी इस्राईललाई तिनीहरूकै त्यस व्यक्तिको बारेमा सूचित गर्नुहोस् जसलाई हामीले आफ्ना आयतहरू प्रदान गर्यौं जसलाई उसले जान्यो तथा त्यसमा रहेको सत्यलाई बुझ्यो तर त्यस अनुसार कर्म गरेन बरु त्यो त्यसको पालनाबाट पन्छेर भाग्यो र शैतानसँग मिलेर उसको साथी बन्यो । अनि ऊ मार्गदर्शन तथा मुक्ति पाएपछि पथभ्रष्टहरूमध्ये बन्न पुग्यो ।
१७६. यदि हामीले चाहेको भए त्यसलाई आयतहरूद्वारा फाइदा पुर्याउने थियौं, यस अनुसार कर्म गर्ने अवसर दिएर उच्चता प्रदान गर्ने थियौं अनि ऊ लोक तथा परलोक दुवैमा उच्च स्थान पाउने थियो, तर उसले सांसारिक मोज मज्जामा लिप्त भएर अपमानको बाटो रोज्यो । आखिरतमाथि सांसारिक जीवनलाई प्राथमिक्ता दियो तथा असत्यमध्ये कुइच्छाको अनुसरण गर्यो । संसारप्रति उसको लालचको उदाहरण कुकुरको जस्तो छ जो जिब्रो बाहिर निकाली हरेक अवस्थामा निरन्तर हाँप्ने गर्छ । न धपाउँदा पनि हाँप्छ र धपाउँदा पनि हाँप्छ । यो उदाहरण पथभ्रष्टहरूको हो जसले हाम्रा आयतहरूलाई झूटो ठहर गरे । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं यो कथा तिनीहरूलाई सुनाउनुहोस्, यस आशाका साथ कि तिनीहरू जुन झूट तथा पथभ्रष्तामा छन् त्यसबाट निस्कुन् ।
१७७. ती मानिसहरूको उदाहरण अति नराम्रो छ जसले हाम्रा प्रमाणहरूलाई असत्य ठहर गरे, त्यसमा ईमान ल्याएनन् । तिनीहरूले आफूलाई विनाशमा हालेर आफैँमाथि अत्याचार गरे ।
१७८. अल्लाहले जसलाई आफ्नो सीधा मार्ग देखाउनुहुन्छ उसले नै वास्तवमा सीधा मार्ग पाउँछ र जसलाई सीधा मार्गबाट टाढा पार्नुहुन्छ तिनीहरू नै आफ्नो अंशमा कमि गर्छ र यस्ता मानिसहरूमध्ये पर्छ जसले आफूलाई तथा आफ्ना परिवारका सदस्यहरूलाई महाप्रलयको दिन घाटामा पारे । सावधान ! वास्तविक घाटा भनेको त्यो नै हो ।
१७९. धेरै जिन्न तथा मनुष्यहरूले नर्कबासीले गरे जस्तो काम गर्नेछन् भन्ने पूर्व ज्ञान भएको ले हामीले तिनीहरूलाई नर्कको लागि सृष्टि गरेका छौं । तिनीहरूको हृदय छ तर आफ्नो हीत तथा हानीको कुरा बुझ्दैनन्; आँखा छन् तर त्यसबाट जगत तथा मानवभित्र रहेका अल्लाहका निशानीहरूलाई देख्दैनन्, कान छन् तर त्यसबाट अल्लाहका निशानीहरूमा चिन्तन मनन गर्ने गरी सुन्दैनन् । यस्ता मानिसहरू बुद्धिको प्रयोग न गर्ने कुरामा पशु जस्तै छन् बरु त्यसभन्दा पनि बढी बाटो गुमाएका छन् । तिनीहरू अल्लाह तथा आखिरतमाथि ईमान ल्याउने सम्बन्धमा असावधान छन् ।
१८०. अल्लाहका सुन्दर नामहरू छन् जो उहाँको पूर्णता तथा शानलाई स्पष्ट पार्छन्, अनि तिमीहरू आफ्नो इच्छा तथा अल्लाहको निकटता प्राप्त गर्न यी सुन्दर नामहरूलाई माध्यम बनाऊ र उहाँको प्रशंसा तथा गुणगान गर । ती व्यक्तिहरूलाई छोडिदेऊ जो उहाँका नामहरूलाई अन्य कसैको लागि बनाएर वा त्यसको इन्कार गरेर वा त्यसको अर्थमा हेरफेर गरेर वा त्यसको उपमा अरूसँग दिएर सत्यबाट यताउति बहकिन्छन् । हामीले सत्यबाट यताउति बहकिनेहरूलाई चाँडै नै पीडादायी यातना दिनेछौं ।
१८१. हामीद्वारा सृष्टि गरिएकामध्ये यस्ता जमात पनि छन् जो सत्मार्गमा छन् र अन्य मानिसहरूलाई पनि सत्मार्गतर्फ बोलाउँछन्, त्यसै बमोजिम निसाफ गर्छन् र अत्याचार गर्दैनन् ।
१८२. जुन मानिसहरूले हाम्रा आयतहरूलाई झूटो ठहर गरे, त्यसमा ईमान ल्याएनन् तिनीहरूका लागि हामीले जीवीकाको ढोका खोल्नेछौं, तिनीहरूको सम्मानको लागि होइन बरु क्रमशः विनाशतर्फ लिएर जानको लागि ताकि तिनीहरू पथभ्रष्टतामा अझै अगाडि बढुन् र यसै धोकामा रहदै हाम्रो यातनामा ग्रस्त होउन् ।
१८३. म तिनीहरूबाट आपदालाई ढीलो पार्दैछु ताकि तिनीहरूमाथि आपदा आउँदैन भनेर ठानुन्, अनि निरन्तर झूटो ठहर गर्ने तथा कुफ्र गर्ने कार्य गरिराखुन्, यहाँसम्म कि तिनीहरूका आपदालाई कय्यौं गुणा बढाइयोस् । निस्सन्देह मेरो योजना अति सुदृढ छ । वाह्यमा तिनीहरूप्रति परोपकार गर्छु तर वास्तवमा तिनीहरूलाई अपमानित गर्न चाहन्छु ।
१८४. के अल्लाहका आयतहरू तथा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई झूटो ठहर गर्नेहरूले विचार गरेनन्, बुद्धि प्रयोग गर्दा स्पष्ट हुन्थ्यो- उनीहरूका साथी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) मा कुनै उन्माद छैन । उहाँ त अल्लाहका रसूल हुनुहुन्छ जसलाई मानिसहरूलाई परस्टरूपमा सचेत गर्नको लागि अल्लाहले पठाउनुभयो ।
१८५. के तिनीहरूले आकाशहरू तथा धर्तीको प्रबन्धमा र अल्लाहले सृष्टि गर्नुभएका जनावर तथा रुख विरुवा इत्यादिमा पाठ लिनेगरी विचार गरेनन् ? के तिनीहरूको मृत्युको समय नजिक पुगेको छ भन्ने कमुरामा विचार गरेनन्, ताकि तिनीहरूले समय बित्नु अघि नै तौबा गरुन् ? यदि तिनीहरूले कुर्आन जस्तो किताब, त्यसमा रहेका वचन तथा डरावामा ईमान ल्याउँदैनन् भने त्यसबाहेक कुन किताबमा ईमान ल्याउनेछन् त ?!
१८६. जुन मानिसहरूलाई अल्लाहले सत्यबाट टाढा पार्नुभयो र सीधा मार्गबाट पथभ्रष्ट गर्नुभयो उसलाई कुनै मार्गदर्शकले सीधा मार्ग देखाउन सक्दैन । अल्लाहले तिनीहरूलाई तिनको पथभ्रष्टता तथा कुफ्रमा नै हैरान भई घुम्न छोड्नुभएको छ । तिनीहरूले सीधा मार्ग पाउनै सक्दैनन् ।
१८७. महाप्रलयलाई झूटो ठहर गर्नेहरू तपाईंलाई सोध्छन्- महाप्रलय कहिले आउनेछ र त्यसको ज्ञान कसरी हुन्छ ? हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– त्यसको ज्ञान न त मसँग छ न अरूसँग, यसको ज्ञान त मात्र अल्लाहसँग छ । यसलाई यसको निर्धारित समयमा मात्र अल्लाहले प्रकट गर्नुहुनेछ । महाप्रलय प्रकट हुने मामिला आकाश तथा धर्तीबासीहरूबाट गोप्य राखिएको छ । यो तिमीहरूसमक्ष अकस्मात आउनेछ । तिनीहरूले महाप्रलयको बारेमा यसरी सोध्छन् मानौं तपाईं यसको खोजीमा लाग्नुभएको छ । यसको पूर्ण ज्ञान पालनकर्तालाई भएकोले तिनीहरूले तपाईंसित यसको बारेमा सोध्नुहुँदैन भन्ने कुरा तिनीहरू जान्दैनन् । हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– यसको ज्ञान मात्र अल्लाहलाई छ, तर अधिकांश मानिसहरू यसकोबारेमा जान्दैनन् ।
१८८. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– म न त स्वयंको लागि लाभ प्राप्त गर्न सक्छु न आफूबाट हानिलाई हटाउन सक्छु सिवाय अल्लाहले चाहनुभएमा, किनभने यो अल्लाह कै तर्फबाट हुन्छ । मलाई त्यति ज्ञान मात्र छ जति अल्लाहले मलाई सिकाउनुभयो । त्यसैले मसँग अदृश्य वास्तविकताको ज्ञान छैन । मसँग गैबको ज्ञान भएको भए मैले हीतकारी कार्य गर्ने थिएं र हानिकारक कार्य त्याग्ने थीएं । म अल्लाहको तर्फबाट रसूल मात्र हुँ । म जे जति लिएर आएको छु त्यो सत्य हो भन्ने कुरामा ईमान राख्नेहरूलाई अल्लाहको पीडादायी यातनाबाट डराउँछु र उहाँको राम्रो बदलाको शुभसूचना दिन्छु ।
१८९. हे पुरुष तथा महिला हो ! अल्लाहले नै तिमीहरूलाई एक जीव आदम (अलैहिस्सलाम) बाट सृष्टि गर्नुभयो र आदम (अलैहिस्सलाम) को छातीको हाडबाट उनकी श्रीमती हव्वा (अलैहस्सलाम) को सृष्टि गर्नुभयो ताकि आदम (अलैहिस्सलाम) उनीबाट प्रेम राखुन् र सन्तुष्टि प्राप्त गरुन् । जब पतिले पत्नीसँग सहवास गर्छ तब पत्नीले हलुको गर्भ धारण गर्छ, जो शुरुको अवस्थामा रहेकोले उसले महसूस गर्दैन । गर्भ बोझिलो न भएकोले ऊ त्यसलाई लिएर हिँडडुल गरिरहन्छ र आफ्नो आवश्यक्ता पूरा गरिराख्छ । भूँडी ठुलो भएपछि ऊ बोझिलो हुन्छ तब दुवै दम्पति आफ्ना पालनकर्ता अल्लाहसित यो भन्दै प्रार्थना गर्छन्– हे हाम्रा पालनकर्ता ! यदि तपाईंले हामीलाई स्वस्थ्य शिशु प्रदान गर्नुहुन्छ भने हामी अवश्य नै तपाईंको कृपाप्रति आभारी हुनेछौं ।
१९०. जब अल्लाह दुवैका दुआ स्वीकार गर्नुहुन्छ र स्वस्थ्य शिशु प्रदान गर्नुहुन्छ तब दुवैले त्यसको सृष्टिमा अल्लाहसँग शिर्क गर्न थाल्छ, शिशुलाई अल्लाहबाहेक अरूको भक्त बनाउँछ तथा उसको नाम अब्दुल हारिस (हारिसको भक्त) राख्छ । तर अल्लाह तिनीहरूको शिर्कभन्दा अति उच्च तथा पवित्र हुनुहुन्छ, उहाँ मात्र पालनकर्ता तथा पूज्य हुनुहुन्छ ।
१९१. के तिनीहरू मूर्ति इत्यादिलाई अल्लाहको भक्तिमा साझेदार बनाउँछन् ? यी मूर्तीहरू कुनै पनि वस्तु सृष्टि गर्दैनन् कि भक्तिको हकदार बनुन्, बरु तिनीहरू स्वयं सृष्टि गरिएका छन् भन्ने कुरा तिनीहरूलाई थाहा छैन ? अनि तिनीहरू कुन आधारमा यी मूर्तीहरूलाई अल्लाहको साझेदार बनाउँछन् ?
१९२. यी मूर्तीहरू न आफ्ना भक्तहरूको मद्दत गर्ने शक्ति राख्दछन् न स्वयंलाई नै सहयोग गर्न सक्छन्, अनि कुन आधारमा तिनीहरू त्यसको भक्ति गर्छन् ?!
१९३. हे बहुदेववादीहरू हो ! अल्लाहलाई छोडेर जुन मूर्तीहरूलाई पूज्य बनाएका छौ, यदि तिमीहरूले तिनीहरूलाई सीधा मार्गतर्फ बोलाउँछौ भने तिनीहरूले तिमीहरूको कुराको न जवाफ दिनेछन् न अनुसरण गर्नेछन् । अतः तिमीहरूले तिनीहरूलाई बोलाऊ वा न बोलाऊ दुवै एकसमान छ, किनभने तिनीहरू भौतिक वस्तु मात्र हुन्, न बुझ्न सक्छन्, न सुन्न सक्छन् र न बोल्न सक्छन् ।
१९४. हे बहुदेववादीहरू हो ! तिमीहरू अल्लाहबाहेक जसको पनि भक्ति गर्छौ तिनीहरू अल्लाहका प्राणी तथा अधिनस्त हुन् । तिनीहरू तिमीहरू जस्तै दास हुन् तर तिमीहरू राम्रो अवस्थामा छौ, किनभने तिमीहरू जीवित छौ, बोल्न सक्छौ, हिँड्न सक्छौ, सुन्न सक्छौ र देख्न सक्छौ, जब कि मूर्तीहरू यस्तो गर्न सक्दैनन् । यदि तिमीहरू आफ्नो दावीमा सच्चा छौ भने तमीहरूले डाकेमा तिनीहरूले जवाफ दिनुपर्नेहुन्छ ।
१९५. के यी मूर्तीहरूका यस्ता खुट्टा छन् जसद्वारा हिँडडुल गर्छन् र तिनीहरूका आवश्यक्ता पूरा गर्न प्रयास गर्छन् ? वा तिनीहरूका हातहरू छन् जसद्वारा शक्तिका साथ तिनीहरूको बचाव गर्छन् ? वा तिनीहरूका आँखाहरू छन् जसद्वारा तिनीहरू अदृश्य वस्तुहरूलाई देख्छन् ? वा के तिनीहरूका कानहरू छन् जसद्वारा तिनीहरूले गोप्य कुराहरू सुनेर तिमीहरूलाई बताउँछन् ? यदि तिनीहरूसँग यिनीहरूमध्ये केही पनि छैन भने तिमीहरूलाई कसरी फाइदा पुर्याउनेछन् र हानिबाट बचाउनेछन् ? यस्तो आशा बोकेर किन तिनीहरूको पूजा गर्छौ ?! हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्– बोलाऊ ती मूर्तीहरूलाई जसलाई तिमीहरूले अल्लाहको बराबर बनाएका छौ अनि मलाई हानि पुर्याउने उपाय गर र मलाई अवसर न देऊ ।
१९६. निस्सन्देह मेरा मद्दतगार अल्लाह हुनुहुन्छ जो मेरो रक्षा गर्नुहुन्छ, उहाँबाहेक अरू कसैसित आशा राख्दिन । तिमीहरूका मूर्तीहरूसित मलाई डर लाग्दैन । अल्लाहले नै ममाथि कुर्आन अवतरित गर्नुभयो जो सम्पूर्ण मानवजातिको लागि मार्गदर्शन हो । उहाँ सत्कर्मी भक्तहरूको संरक्षण, सुरक्षा तथा सहयोग गर्नुहुन्छ ।
१९७. हे बहुदेववादीहरू हो ! अल्लाहबाहेक जुन मूर्तीहरूलाई तिमीहरू बोलाउने गर्छौ तिनीहरूले न त तिमीहरूलाई मद्दत गर्न सक्दछन् न स्वयंलाई नै सहायता गर्न सक्छन् । तिनीहरू असहाय छन्, अनि किन अल्लाहलाई छोडेर तिनीहरूको भक्ति गर्छौ त ?!
१९८. हे बहुदेववादीहरू हो ! यदि तिमीहरूले पूजा गर्दै आएका मूर्तीहरूलाई सत्मार्गतर्फ बोलाउँछौ भने तिनीहरूले सुन्ने छैनन् । तिनीहरू बनावटी आँखाबाट भेट्दै तपाईले पाउनुहुन्छ, यो भौतिक वस्तु भएकोले हेर्न सक्दैनन् । तिनीहरू आदमको सन्तान तथा जनावरहरूको रूपमा मूर्ती बनाउने गर्थे जसका हात, खुट्टा तथा आँखा हुने गर्थे, तर थिए भौतिक वस्तु नै, त्यसमा न ज्यान थियो न चलत फिरत ।
१९९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! मानिसहरूसँग माफ गर्ने नीति अपनाउनुहोस्, सजिलो कार्य तथ व्यवहार गर्न लगाउनुहोस्, अप्ठ्यारो कार्यको आदेश न दिनुहोस्, ताकि तिनीहरूमा घृणा उत्पन्न न होस् । उनीहरूलाई मिठो वचन तथा राम्रो कार्यको आदेश दिनुहोस्, र अज्ञानीहरूलाई नजरअन्दाज गर्नुहोस् । तिनीहरूको अज्ञानताले गर्दा तिनीहरूसँग भेँट न गर्नुहोस्, कसैले कष्ट दिएमा तपाईं कष्ट न दिनुहोस्, कसैले कुनै वस्तु न दिए पनि तपाईं दिनुहोस् ।
२००. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि शैतानले तपाईंलाई दुष्कर्मको लागि प्रेरित र सत्कर्मबाट रोक्ने उक्सावट हुन्छ भने तपाईं अल्लाहको शरण माग्नुहोस् । तपाईंले भनेको कुरा सुन्नुहुन्छ तथा तपाईंले शरण मागेको कुरा जान्नुहुन्छ । उहँले चाँडै नै तपाईंलाई शैतानबाट जोगाउनुहुनेछ ।
२०१. अल्लाहका आदेशहरूको पालना गरेर तथा उहँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराउने मानिसहरू जब शैतानको उकसाहटले पाप गर्छन तब उनीहरू तत्कालै अल्लाहको महानता, अवज्ञाकारीहरूका लागि सजाय तथा आज्ञाकारीहरूका लागि पुण्यलाई स्म्रण गर्छन्, पापहरूबाट तौबा गर्छन्, आफ्ना पालनकर्तातर्फ फर्कन्छन्, सत्यमा कायम रहन्छन्, गलतीलाई सुधार गर्छन् र त्यसलाई त्याग्छन् ।
२०२. तर शैतानहरूले आफ्ना भाइ बन्धु काफिर तथा पापीहरूबाट एकपछि अर्को पाप गराएर तिनीहरूको पथभ्रष्टतामा नै बढोतरी गराउँछन् । न त शैतानहरू पथभ्रष्ट गर्ने कार्य बन्द गर्छन् न पापीहरू दुष्कर्म गर्ने कार्य त्याग्छन् ।
२०३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब तपाईं तिनीहरूसमक्ष कुनै निशानी प्रस्तुत गर्नुहुन्छ तब तिनीहरू वास्ता गर्दैनन्, तर जब तपाईं तिनीहरूसमक्ष निशानी प्रस्तुत गर्नुहुन्न तब तिनीहरू भन्छन्- तिमीले कुनै आयत गढेर किन ल्याएनौ ? हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– म आफ्नो तर्फबाट आयत गढेर ल्याउँदिन । अल्लाहले वही गर्नुभएको आदेशको अनुसरण गर्छु । यो कुर्आन जसको पाठ म तिमीहरूसमक्ष गर्दैछु, अल्लाहको तर्फबा ट प्रमाण हो जो तिमीहरूका सृष्टिकर्ता तथा मामिलाका सञ्चालनकर्ता हुनुहुन्छ । यो कुर्आन निर्देशन तथा मोमिनहरूका लागि दया हो । काफिरहरू त पथभ्रष्ट तथा अभागि हुन् ।
२०४. जब कुर्आनको पाठ गरिन्छ तब त्यसलाई ध्यानपूर्वक सुन्ने गर । न त कुराकानी गर न अन्य कुनै काम गर, यस आशाका साथ कि अल्लाहले तिमीहरूमाथि दया गर्नुहुनेछ ।
२०५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्ना पालनकर्ता अल्लाहलाई बिहान बेलुका आफ्ना पालनकर्तालाई मनमनै बिलौना गर्दै तथा भयका साथ याद गर साथै आफ्नो दुआलाई ठूलो स्वर तथा सानो स्वरको मध्यमा राख । अल्लाहको यादबाट असावधान मानिसहरूमध्ये नबन ।
२०६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता नजिक रहेका फरिश्ताहरू अल्लाहको भक्ति गर्न कहिल्यै पनि छोड्दैनन् । बरु उहाँकै आज्ञापालन गर्छन्, दिनो रात अल्लाहको शान अनुसार उहाँको महिमागान गर्छन् र उहाँसमक्ष नै सज्दा गर्ने गर्छन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें