शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. अलिफ ० लाम ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।२. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको यो कुरआन सम्पूर्ण जगतका पालनकर्ताको तर्फबाट उहाँमाथि अवतरण गरियो । यसमा कुनै सन्देह छैन । ३. यी काफिरहरू भन्छन्− यस कुरआनलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले आफैं रचेर यो अल्लाहको तर्फबाट आएको भन्छन् । तिनीहरूले भनेको कुरा ठीक छैन । बरु यो अल्लाहको तर्फबाट अवतरण भएको कुरामा कुनै सन्देह छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको जिम्मेबारी यस्तो समुदायलाई अल्लाहको प्रकोपबाट डराउनु हो जो समक्ष कुनै रसूल आएनन् । आशा छ तिनीहरू सत्य मार्ग पाउनेछन्, त्यसको अनुसरण गर्नेछन् र त्यस अनुसार कर्म गर्नेछन् । ४. अल्लाह नै हुन् जसले आकाशहरू, पृथ्वी र यी दुवैबीचका वस्तुहरूलाई ६ दिनमा सृष्टि गर्नुभयो । जब कि उहाँ त्यो भन्दा कम दिन आँखा झम्किने समयमा पनि सृष्टि गर्ने सामर्थ्यवान हुनुहुन्थ्यो । त्यसपछि उहाँ आफ्नो शान अनुसार सिंहासनमा विराजमान हुनुभयो । हे मानव ! उहाँबाहेक तिमीहरूको कोही मित्र छैन जसले तिमीहरूको मामिलाको हेरचाह गरोस् । उहाँबाहेक तिमीहरूको कोही सिफारिशकर्ता हुने छैन जसले अल्लाहकहाँ तिमीहरूको सिफारिश गरोस् । के तिमीहरू चिन्तन मनन गर्दैनौ कि तिमीहरूले एक मात्र सृष्टिकर्ता अल्लाहको भक्ति गर्नुपर्छ र उहासँग अन्य कसैको भक्ति गर्नुहुन्न ?!५. आकाशहरू र पृथ्वीमा रहेका सबै प्राणीहरूको कार्य सञ्चालन गर्ने मात्र अल्लाह हुनुहुन्छ । हे मानव ! फेरि त्यो मामिला अल्लाहकहाँ तिमीहरूले गन्ती गरेको १००० वर्षमा उहाँसम्म पुग्छ ।६. उहाँ नै यी सबै मामिलाको सञ्चालन गर्नुहुन्छ । उहाँ हाजिर र परोक्षका ज्ञाता हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँ प्रभुत्वशाली हुनुहुन्छ र आफ्ना शत्रुहरूबाट बदला लिनुहुन्छ । उहाँलाई कोही पनि विवश पार्न सक्दैन । उहाँ आफ्ना मोमिन भक्तहरूप्रति दयावान हुनुहुन्छ ।७. जसले सबै वस्तुहरू राम्रो तरिकाले सृष्टि गर्नुभयो र बिना कुनै अघिल्लो उदाहरण आदम (अलैहिस्सलाम) को सृष्टि माटोबाट गर्नुभयो ।८. त्यसपछि उनको नसल तुच्छ पानी (विर्य) बाट जारी गर्नुभयो ।९. फेरि मानवको सृष्टि पूर्णरूपमा गर्नुभयो र आत्मा हाल्ने फरिश्ताले अल्लाहको आदेशले आत्मा हाल्यो । हे मानव ! अल्लाहले तिमीहरूलाई सुन्नको लागि कान दिनुभयो, हेर्नको लागि आँखा दिनुभयो, विचार गर्नको लागि दिल दिनुभयो । अल्लाहले प्रदान गर्नुभएका यी वरदानहरूका लागि तिमीहरू कमै उहाँप्रति आभार प्रकट गर्छौ । १०. पुनर्जन्मलाई इन्कार गर्ने बहुदेववादीहरूले भने− के जब हामीहरू मरेर माटोमा मिसिन्छौं र हाम्रा शरीर माटो भइहाल्छन् तब हामीहरूलाई पुनः सृष्टि गरिनेछ ? ! यो कुरा बुद्धिमा आउँदैन । वास्तवमा तिनीहरू पुनर्जन्मको इन्कार गर्छन्, त्यसमा ईमान राख्दैनन् ।११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! पुनर्जन्मको इन्कार गर्ने यी बहुदेववादीहरूलाई भनिदिनुहोस्− यमदूतले तिमीहरूको आत्मा लुछनेछ फेरि महाप्रलयको दिन तिमीहरू हिसाब र बदलाको लागि हामीतर्फ फर्केर आउनेछौ ।१२. महाप्रलयको दिन अपराधीहरू चाँडै नै अपमानित भएर प्रकट हुनेछन् । पुनर्जन्मको इन्कार गरेकोले तिनीहरू टाउको निहुराएका हुनेछन् । तिनीहरूले भन्नेछन्− हे मेरा पालनकर्ता ! मलाई देखाउनुहोस् । हामी पुनर्जन्मको इन्कार गर्दैन थियौं । तपाईंको तर्फबाट आएका रसूलहरूले पनि त्यस्तै कुरा भन्दै गरेका सुनेका थियौं । हामीलाई पुनः सांसारिक जीवनमा फर्काउनुहोस्, हामीले तपाईंको इच्छा अनुसार सत्कर्म गर्नेछौं । अब हामी पुनर्जन्ममा ईमान राख्छौं र रसूलहरूले ल्याएका सन्देशलाई सच्चा मान्छौं । तपाईंले अपराधीहरूलाई त्यस अवस्थामा देखेपछि ठूलो घटनालाई देख्नुहुनेछ ।१३. यदि अल्लाहले सबैलाई मार्गदर्शन दिन चाहेमा दिनुहुने थियो तर विवेक र निसाफको आधारमा मेरो यो निर्णय अनिवार्य भयो− मैले अवश्य नै महाप्रलयको दिन नर्कलाई काफिर मानव र जिन्नहरूबाट भर्नेछु । किनभने तिनीहरूले ईमान र त्यसमा अडिग हुने मार्गमाथि कुफ्र र पथभ्रष्टताको मार्गलाई रोजे । १४. तिनीहरूलाई महाप्रलयको दिन निन्दा गरिदै भनिनेछ− तिमीहरूले सांसारिक जीवनमा महाप्रलयको दिन अल्लाहसँग भेँटप्रति असावधानी गरेका थियौ, त्यसैले यातना भोग । हामीले तिमीहरूको पर्वाह नगरिकन तिमीहरूले सोचे जस्तै यातनामा छोडिदियौं । नर्कको सधैं रहने यातनालाई चाख । तिमीहरूले संसारमा गरेको अवज्ञाको कारणले यो कहिले समाप्त हुने छैन ।अपराधीहरूको अवस्थाको वर्णनपछि अल्लाहले मोमिनहरूको अवस्थाको वर्णन गर्दै भन्नुभयो− १५. हामीले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गरेका श्लोकमाथि ती मानिसहरू ईमान ल्याउँछन् जो उपदेश सुनेपछि अल्लाहको प्रशंसा र महिमागान गर्दै सज्दामा खस्छन् । उनीहरू अल्लाहको भक्ति र उहाँको सज्दाबाट कुनै पनि हालतमा घमण्ड गर्दैनन् । १६. उनीहरूका कोल्टा उनीहरूका बिछ्यौनाबाट अलग रहन्छन् र त्यसलाई छोडेर अल्लाहतर्फ फर्कन्छन् । उनीहरू अल्लाहको यातनाबाट डराउँदै र उहाँको कृपाप्रति चाहना गर्दै सलाह र त्यस बाहेक अरू अवस्थामा अल्लाहसित दुआ गर्छन् । हामीले प्रदान गरेका धन-सम्पत्तिलाई उनीहरू हाम्रै मार्गमा खर्च गर्छन् । १७. अल्लाहले आँखा चिसो पार्ने कस्तो बदला तयार पार्नुभएको छ भन्ने कुरा कसैलाई थाहा छैन । यो बदला अल्लाहले उनीहरूका ती सत्कर्महरूको बदला स्वरूप तयार पार्नुभएको छ जो तिनीहरूले सांसारिक जीवनमा गरेका थिए । यस बदलाको महानतालाई अल्लाह मात्र जान्नु हुन्छ । १८. एक अल्लाहमाथि ईमान राख्ने, उहाँका आदेशहरूको पालना गर्ने र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्याग्ने मानिसहरू अवज्ञाकारी मानिसहरू सरह हुन सक्दैनन् । यी दुवै जमातहरूको बदला अल्लाहकहाँ एकसमान हुन सक्दैन ।१९. एक अल्लाहमाथि ईमान राख्ने र सत्कर्म गर्नेहरूको बदला अल्लाहकहाँ स्वर्गको रूपमा तयार छ । उनीहरू त्यसमा सधैं रहेछन् र अल्लाहको तर्फबाट सम्मान पाउनेछन् । यो हो उनीहरूले संसारमा गरेका सत्कर्महरूको बदला ।२०. कुफ्र र अवज्ञा गरेर अल्लाहको आज्ञापालनबाट निस्केका मानिसहरूका लागि अल्लाहले महाप्रलयको दिन नर्क तयार गर्नुभएको छ । तिनीहरू त्यसमा सधैं रहनेछन् । जब जब त्यसबाट निस्कने प्रयास गर्नेछन् त्यसमा फिर्ता पठाइनेछन् । तिनीहरूको निन्दा गर्दै भनिनेछ− नर्कको यातना चाख । जब संसारमा तिमीहरूका रसूलहरू यसबाट डराउने गर्थे तब तिमीहरू यसलाई झूठो ठहर गर्दथ्यो ।२१. यी झूठा ठहर गर्ने अवज्ञाकारी मानिसहरूहरूलाई हामीले अवश्य नै संसारमा सङ्कटग्रस्त गर्नेछौं । यदि तिनीहरू तौबा गर्दैनन् भने आखिरतमा तिनीहरूका लागि ठूलो यातना तयार नै छ । आशा छ तिनीहरू अल्लाहको आज्ञापालनतर्फ फर्कनेछन् ।२२. यस्ता मानिसहरू सबैभन्दा ठूला अत्याचारी हुन् जसलाई अल्लाहका श्लोकहरू सुनाएर उपदेश दिँदा त्यसलाई ग्रहण गर्दैनन्, बरु त्यसको पर्वाह नगरिकन त्यसबाट विमुख हुन्छन् । कुफ्र र अवज्ञा गरेर अपराध गर्ने र श्लोकहरूबाट विमुख हुनेहरूसित हामीले अवश्य नै बदला लिनेछौं ।२३. हामीले मूसा (अलैहिस्सलाम) लाई तौरात प्रदान गर्यौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! इस्रा र मेराजको रात मूसा (अलैहिस्सलाम) सँग तपाईंको भेँटमा शङ्का नगर्नुहोस् । हामीले मूसा (अलैहिस्सलाम) माथि अवतरित तौरातलाई बनी इस्राईलको लागि मार्गदर्शन बनायौं ।२४. हामीले बनी इस्राईलमध्ये केहीलाई अगुवा बनायौं । सत्य कुरामा मानिसहरू उनीहरूको अनुसरण गर्ने गर्थे । हाम्रो अनुमति र प्रेरणाले गर्दा उनीहरू मानिसहरूलाई सत्मार्ग देखाउने गर्थे । हामीले उनीहरूलाई त्यतिखेर अगुवा बनायौं जब उनीहरूले अडिग भएर हाम्रा आदेशहरूको पालना गरे, मनाहि गरिएका कार्यहरूबाट बचे र आह्वान गर्दा पुगेका कष्टहरूलाई सहन गरे । उनीहरू आफ्ना रसूलमाथि अवतरित श्लोकहरूको पूर्णूरूपमा पुष्टि गर्दथे । २५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! महाप्रलयको दिन तपाईंका पालनकर्ताले अवश्य ती मामिलाहरूको निर्णय गर्नुहुनेछ जसमा संसारमा विभेद गर्ने गर्थे । उहाँले सत्यवादी र असत्यवादीहरूलाई छुट्याउनुहुनेछ र तिनीहरूलाई तिनीहरूको कर्म अनुसार बदला दिनुहुनेछ । २६. के तिनीहरू अन्धा भइ सकेका छन् र यो कुरा तिनीहरूसमक्ष स्पष्ट भएको छैन कि विगतका कतिपै समुदायहरूलाई हामीले सर्वनाश पार्यौं ?! तिनीहरू त विगतका समुदायहरूका सर्वनाश पारिएका घरहरू नजिकबाट हिँड डोल गरिराख्छन् । के तिनीहरूको अवस्थाबाट पाठ लिँदैनन् । कुफ्र र अवज्ञाको कारणले सर्वनाश पारिएका समुदायहरूमा पाठ छ र यस कुराको प्रमाण छ कि अल्लाहको तर्फबाट आएका तिनीहरूका रसूलहरू सच्चा थिए । के यी झूठा ठहर गर्नेहरू अल्लाहका श्लोकहरूलाई स्वीकार गर्ने र पाठ लिने गरी सुन्दैनन ?! २७. पुनर्जन्मको इन्कार गर्नेहरूले यस कुरामा विचार गरेनन्− हामी सुकेको भूमितर्फ वर्षाको पानी पठाउँछौं, अनि त्यसमा रूख र घास उम्रन्छन् जसबाट तिनीहरूका ऊँट, गाई र भेड चर्ने गर्छन् र तिनीहरू स्वयम् पनि त्यसबाट खाने गर्छन् ?! के तिनीहरूले देखेनन् र बुझेनन्− जुन अल्लाह यी मुर्दा भूमिलाई जीवित पार्ने शक्ति राख्नुहुन्छ उहाँ मृतहरूलाई पुनः जीवित पार्ने शक्ति पनि राख्नुहुन्छ ?! २८. पुनर्जन्मलाई झूठो ठहर गर्नेहरू प्रकोपको लागि हतार गर्दै भन्छन्− तिमीहरूले ठानेको आदेश कहिले आउनेछ जसले महाप्रलयको दिन हामीबीच निर्णय गर्नेछ, अनि हाम्रो बास स्थान नर्क हुनेछ र तिमीहरूको बास स्थान स्वर्ग हुनेछ ?!२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्, यो वचन महाप्रलयको दिन पूरा हुनेछ जो वास्तवमा भक्तहरूबीच निर्णयको दिन हुनेछ । महाप्रलयलाई देखेपछि संसारमा अल्लाहको इन्कार गर्नेहरूलाई त्यसको पुष्टिले कुनै फाइदा दिने छैन र तिनीहरूलाई तौबा गर्ने अवसर पनि दिइने छैन ।३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरू पथभ्रष्टतामा परेपछि यिनीहरूलाई नजरअन्दाज गर्नुहोस् र यिनीहरूमाथि आउने प्रकोपको लागि पर्खनुहोस् । तपाईंले वचन दिनुभएको प्रकोपको लागि यिनीहरू पर्खि राखेका छन् ।
१. अलिफ ० लाम ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको यो कुरआन सम्पूर्ण जगतका पालनकर्ताको तर्फबाट उहाँमाथि अवतरण गरियो । यसमा कुनै सन्देह छैन ।
३. यी काफिरहरू भन्छन्− यस कुरआनलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले आफैं रचेर यो अल्लाहको तर्फबाट आएको भन्छन् । तिनीहरूले भनेको कुरा ठीक छैन । बरु यो अल्लाहको तर्फबाट अवतरण भएको कुरामा कुनै सन्देह छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको जिम्मेबारी यस्तो समुदायलाई अल्लाहको प्रकोपबाट डराउनु हो जो समक्ष कुनै रसूल आएनन् । आशा छ तिनीहरू सत्य मार्ग पाउनेछन्, त्यसको अनुसरण गर्नेछन् र त्यस अनुसार कर्म गर्नेछन् ।
४. अल्लाह नै हुन् जसले आकाशहरू, पृथ्वी र यी दुवैबीचका वस्तुहरूलाई ६ दिनमा सृष्टि गर्नुभयो । जब कि उहाँ त्यो भन्दा कम दिन आँखा झम्किने समयमा पनि सृष्टि गर्ने सामर्थ्यवान हुनुहुन्थ्यो । त्यसपछि उहाँ आफ्नो शान अनुसार सिंहासनमा विराजमान हुनुभयो । हे मानव ! उहाँबाहेक तिमीहरूको कोही मित्र छैन जसले तिमीहरूको मामिलाको हेरचाह गरोस् । उहाँबाहेक तिमीहरूको कोही सिफारिशकर्ता हुने छैन जसले अल्लाहकहाँ तिमीहरूको सिफारिश गरोस् । के तिमीहरू चिन्तन मनन गर्दैनौ कि तिमीहरूले एक मात्र सृष्टिकर्ता अल्लाहको भक्ति गर्नुपर्छ र उहासँग अन्य कसैको भक्ति गर्नुहुन्न ?!
५. आकाशहरू र पृथ्वीमा रहेका सबै प्राणीहरूको कार्य सञ्चालन गर्ने मात्र अल्लाह हुनुहुन्छ । हे मानव ! फेरि त्यो मामिला अल्लाहकहाँ तिमीहरूले गन्ती गरेको १००० वर्षमा उहाँसम्म पुग्छ ।
६. उहाँ नै यी सबै मामिलाको सञ्चालन गर्नुहुन्छ । उहाँ हाजिर र परोक्षका ज्ञाता हुनुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँ प्रभुत्वशाली हुनुहुन्छ र आफ्ना शत्रुहरूबाट बदला लिनुहुन्छ । उहाँलाई कोही पनि विवश पार्न सक्दैन । उहाँ आफ्ना मोमिन भक्तहरूप्रति दयावान हुनुहुन्छ ।
७. जसले सबै वस्तुहरू राम्रो तरिकाले सृष्टि गर्नुभयो र बिना कुनै अघिल्लो उदाहरण आदम (अलैहिस्सलाम) को सृष्टि माटोबाट गर्नुभयो ।
८. त्यसपछि उनको नसल तुच्छ पानी (विर्य) बाट जारी गर्नुभयो ।
९. फेरि मानवको सृष्टि पूर्णरूपमा गर्नुभयो र आत्मा हाल्ने फरिश्ताले अल्लाहको आदेशले आत्मा हाल्यो । हे मानव ! अल्लाहले तिमीहरूलाई सुन्नको लागि कान दिनुभयो, हेर्नको लागि आँखा दिनुभयो, विचार गर्नको लागि दिल दिनुभयो । अल्लाहले प्रदान गर्नुभएका यी वरदानहरूका लागि तिमीहरू कमै उहाँप्रति आभार प्रकट गर्छौ ।
१०. पुनर्जन्मलाई इन्कार गर्ने बहुदेववादीहरूले भने− के जब हामीहरू मरेर माटोमा मिसिन्छौं र हाम्रा शरीर माटो भइहाल्छन् तब हामीहरूलाई पुनः सृष्टि गरिनेछ ? ! यो कुरा बुद्धिमा आउँदैन । वास्तवमा तिनीहरू पुनर्जन्मको इन्कार गर्छन्, त्यसमा ईमान राख्दैनन् ।
११. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! पुनर्जन्मको इन्कार गर्ने यी बहुदेववादीहरूलाई भनिदिनुहोस्− यमदूतले तिमीहरूको आत्मा लुछनेछ फेरि महाप्रलयको दिन तिमीहरू हिसाब र बदलाको लागि हामीतर्फ फर्केर आउनेछौ ।
१२. महाप्रलयको दिन अपराधीहरू चाँडै नै अपमानित भएर प्रकट हुनेछन् । पुनर्जन्मको इन्कार गरेकोले तिनीहरू टाउको निहुराएका हुनेछन् । तिनीहरूले भन्नेछन्− हे मेरा पालनकर्ता ! मलाई देखाउनुहोस् । हामी पुनर्जन्मको इन्कार गर्दैन थियौं । तपाईंको तर्फबाट आएका रसूलहरूले पनि त्यस्तै कुरा भन्दै गरेका सुनेका थियौं । हामीलाई पुनः सांसारिक जीवनमा फर्काउनुहोस्, हामीले तपाईंको इच्छा अनुसार सत्कर्म गर्नेछौं । अब हामी पुनर्जन्ममा ईमान राख्छौं र रसूलहरूले ल्याएका सन्देशलाई सच्चा मान्छौं । तपाईंले अपराधीहरूलाई त्यस अवस्थामा देखेपछि ठूलो घटनालाई देख्नुहुनेछ ।
१३. यदि अल्लाहले सबैलाई मार्गदर्शन दिन चाहेमा दिनुहुने थियो तर विवेक र निसाफको आधारमा मेरो यो निर्णय अनिवार्य भयो− मैले अवश्य नै महाप्रलयको दिन नर्कलाई काफिर मानव र जिन्नहरूबाट भर्नेछु । किनभने तिनीहरूले ईमान र त्यसमा अडिग हुने मार्गमाथि कुफ्र र पथभ्रष्टताको मार्गलाई रोजे ।
१४. तिनीहरूलाई महाप्रलयको दिन निन्दा गरिदै भनिनेछ− तिमीहरूले सांसारिक जीवनमा महाप्रलयको दिन अल्लाहसँग भेँटप्रति असावधानी गरेका थियौ, त्यसैले यातना भोग । हामीले तिमीहरूको पर्वाह नगरिकन तिमीहरूले सोचे जस्तै यातनामा छोडिदियौं । नर्कको सधैं रहने यातनालाई चाख । तिमीहरूले संसारमा गरेको अवज्ञाको कारणले यो कहिले समाप्त हुने छैन ।
अपराधीहरूको अवस्थाको वर्णनपछि अल्लाहले मोमिनहरूको अवस्थाको वर्णन गर्दै भन्नुभयो−
१५. हामीले आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण गरेका श्लोकमाथि ती मानिसहरू ईमान ल्याउँछन् जो उपदेश सुनेपछि अल्लाहको प्रशंसा र महिमागान गर्दै सज्दामा खस्छन् । उनीहरू अल्लाहको भक्ति र उहाँको सज्दाबाट कुनै पनि हालतमा घमण्ड गर्दैनन् ।
१६. उनीहरूका कोल्टा उनीहरूका बिछ्यौनाबाट अलग रहन्छन् र त्यसलाई छोडेर अल्लाहतर्फ फर्कन्छन् । उनीहरू अल्लाहको यातनाबाट डराउँदै र उहाँको कृपाप्रति चाहना गर्दै सलाह र त्यस बाहेक अरू अवस्थामा अल्लाहसित दुआ गर्छन् । हामीले प्रदान गरेका धन-सम्पत्तिलाई उनीहरू हाम्रै मार्गमा खर्च गर्छन् ।
१७. अल्लाहले आँखा चिसो पार्ने कस्तो बदला तयार पार्नुभएको छ भन्ने कुरा कसैलाई थाहा छैन । यो बदला अल्लाहले उनीहरूका ती सत्कर्महरूको बदला स्वरूप तयार पार्नुभएको छ जो तिनीहरूले सांसारिक जीवनमा गरेका थिए । यस बदलाको महानतालाई अल्लाह मात्र जान्नु हुन्छ ।
१८. एक अल्लाहमाथि ईमान राख्ने, उहाँका आदेशहरूको पालना गर्ने र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्याग्ने मानिसहरू अवज्ञाकारी मानिसहरू सरह हुन सक्दैनन् । यी दुवै जमातहरूको बदला अल्लाहकहाँ एकसमान हुन सक्दैन ।
१९. एक अल्लाहमाथि ईमान राख्ने र सत्कर्म गर्नेहरूको बदला अल्लाहकहाँ स्वर्गको रूपमा तयार छ । उनीहरू त्यसमा सधैं रहेछन् र अल्लाहको तर्फबाट सम्मान पाउनेछन् । यो हो उनीहरूले संसारमा गरेका सत्कर्महरूको बदला ।
२०. कुफ्र र अवज्ञा गरेर अल्लाहको आज्ञापालनबाट निस्केका मानिसहरूका लागि अल्लाहले महाप्रलयको दिन नर्क तयार गर्नुभएको छ । तिनीहरू त्यसमा सधैं रहनेछन् । जब जब त्यसबाट निस्कने प्रयास गर्नेछन् त्यसमा फिर्ता पठाइनेछन् । तिनीहरूको निन्दा गर्दै भनिनेछ− नर्कको यातना चाख । जब संसारमा तिमीहरूका रसूलहरू यसबाट डराउने गर्थे तब तिमीहरू यसलाई झूठो ठहर गर्दथ्यो ।
२१. यी झूठा ठहर गर्ने अवज्ञाकारी मानिसहरूहरूलाई हामीले अवश्य नै संसारमा सङ्कटग्रस्त गर्नेछौं । यदि तिनीहरू तौबा गर्दैनन् भने आखिरतमा तिनीहरूका लागि ठूलो यातना तयार नै छ । आशा छ तिनीहरू अल्लाहको आज्ञापालनतर्फ फर्कनेछन् ।
२२. यस्ता मानिसहरू सबैभन्दा ठूला अत्याचारी हुन् जसलाई अल्लाहका श्लोकहरू सुनाएर उपदेश दिँदा त्यसलाई ग्रहण गर्दैनन्, बरु त्यसको पर्वाह नगरिकन त्यसबाट विमुख हुन्छन् । कुफ्र र अवज्ञा गरेर अपराध गर्ने र श्लोकहरूबाट विमुख हुनेहरूसित हामीले अवश्य नै बदला लिनेछौं ।
२३. हामीले मूसा (अलैहिस्सलाम) लाई तौरात प्रदान गर्यौं । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! इस्रा र मेराजको रात मूसा (अलैहिस्सलाम) सँग तपाईंको भेँटमा शङ्का नगर्नुहोस् । हामीले मूसा (अलैहिस्सलाम) माथि अवतरित तौरातलाई बनी इस्राईलको लागि मार्गदर्शन बनायौं ।
२४. हामीले बनी इस्राईलमध्ये केहीलाई अगुवा बनायौं । सत्य कुरामा मानिसहरू उनीहरूको अनुसरण गर्ने गर्थे । हाम्रो अनुमति र प्रेरणाले गर्दा उनीहरू मानिसहरूलाई सत्मार्ग देखाउने गर्थे । हामीले उनीहरूलाई त्यतिखेर अगुवा बनायौं जब उनीहरूले अडिग भएर हाम्रा आदेशहरूको पालना गरे, मनाहि गरिएका कार्यहरूबाट बचे र आह्वान गर्दा पुगेका कष्टहरूलाई सहन गरे । उनीहरू आफ्ना रसूलमाथि अवतरित श्लोकहरूको पूर्णूरूपमा पुष्टि गर्दथे ।
२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! महाप्रलयको दिन तपाईंका पालनकर्ताले अवश्य ती मामिलाहरूको निर्णय गर्नुहुनेछ जसमा संसारमा विभेद गर्ने गर्थे । उहाँले सत्यवादी र असत्यवादीहरूलाई छुट्याउनुहुनेछ र तिनीहरूलाई तिनीहरूको कर्म अनुसार बदला दिनुहुनेछ ।
२६. के तिनीहरू अन्धा भइ सकेका छन् र यो कुरा तिनीहरूसमक्ष स्पष्ट भएको छैन कि विगतका कतिपै समुदायहरूलाई हामीले सर्वनाश पार्यौं ?! तिनीहरू त विगतका समुदायहरूका सर्वनाश पारिएका घरहरू नजिकबाट हिँड डोल गरिराख्छन् । के तिनीहरूको अवस्थाबाट पाठ लिँदैनन् । कुफ्र र अवज्ञाको कारणले सर्वनाश पारिएका समुदायहरूमा पाठ छ र यस कुराको प्रमाण छ कि अल्लाहको तर्फबाट आएका तिनीहरूका रसूलहरू सच्चा थिए । के यी झूठा ठहर गर्नेहरू अल्लाहका श्लोकहरूलाई स्वीकार गर्ने र पाठ लिने गरी सुन्दैनन ?!
२७. पुनर्जन्मको इन्कार गर्नेहरूले यस कुरामा विचार गरेनन्− हामी सुकेको भूमितर्फ वर्षाको पानी पठाउँछौं, अनि त्यसमा रूख र घास उम्रन्छन् जसबाट तिनीहरूका ऊँट, गाई र भेड चर्ने गर्छन् र तिनीहरू स्वयम् पनि त्यसबाट खाने गर्छन् ?! के तिनीहरूले देखेनन् र बुझेनन्− जुन अल्लाह यी मुर्दा भूमिलाई जीवित पार्ने शक्ति राख्नुहुन्छ उहाँ मृतहरूलाई पुनः जीवित पार्ने शक्ति पनि राख्नुहुन्छ ?!
२८. पुनर्जन्मलाई झूठो ठहर गर्नेहरू प्रकोपको लागि हतार गर्दै भन्छन्− तिमीहरूले ठानेको आदेश कहिले आउनेछ जसले महाप्रलयको दिन हामीबीच निर्णय गर्नेछ, अनि हाम्रो बास स्थान नर्क हुनेछ र तिमीहरूको बास स्थान स्वर्ग हुनेछ ?!
२९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्, यो वचन महाप्रलयको दिन पूरा हुनेछ जो वास्तवमा भक्तहरूबीच निर्णयको दिन हुनेछ । महाप्रलयलाई देखेपछि संसारमा अल्लाहको इन्कार गर्नेहरूलाई त्यसको पुष्टिले कुनै फाइदा दिने छैन र तिनीहरूलाई तौबा गर्ने अवसर पनि दिइने छैन ।
३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरू पथभ्रष्टतामा परेपछि यिनीहरूलाई नजरअन्दाज गर्नुहोस् र यिनीहरूमाथि आउने प्रकोपको लागि पर्खनुहोस् । तपाईंले वचन दिनुभएको प्रकोपको लागि यिनीहरू पर्खि राखेका छन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें