शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहको आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर ईशभयमाथि कायम रहनुहोस् । मात्र उहाँसित डराउनुहोस् । काफिर र मोनाफिकहरूको इच्छाको अनुसरण नगर्नुहोस् । अल्लाह काफिर र मोनाफिकहरूको चलखेलबाट अवगत हुनुहुन्छ । उहाँ सृष्टि गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ ।२. तपाईंमाथि अल्लाह जे जति वही अवतरण गर्नुहुन्छ त्यसको अनुसरण गर्नुहोस् । तिमीहरूले गरिराखेका कार्यहरूसित अल्लाह पूर्णरूपमा अवगत हुनुहुन्छ । उहाँले तिमीहरूका कार्यहरूको बदला दिनुहुनेछ ।३. आफ्ना सबै मामिलाहरूमा मात्र अल्लाहमाथि भरोसा गर्नुहोस् । जो भक्त पनि उहाँमाथि भरोसा गर्छ उहाँ उसको रक्षाको लागि पर्याप्त हुनुहुन्छ ।४. जसरी अल्लाहले एक जना व्यरक्तिको छातिमा दुई वटा हृदयहरू बनाउनु भएन त्यसरी उहाँले श्रीमतिहरूलाई आमाहरूको दर्जामा राख्नु भएन । ठीक त्यस्तै उहाँले दत्तक पुत्रलाई साख्खै पुत्रको दर्जामा राख्नु भएन । जिहार भनेको पुरुषले आफ्नी श्रीमतिलाई आफूमाथि हराम गर्नु हो । दत्तक पुत्र बनाउनु पनि इस्लाम पूर्वको चलन चलतीहरूमध्ये थियो जसलाई इस्लामले रद्द गर्यो । जिहार र दत्तक पुत्र बनाउनु तिमीहरूले मुहबाट पटक पटक भनेको कुरा मात्र हो यसको कुनै वास्तविक्ता छैन । श्रीमति आमा हुन सक्दैन र कसैले दावी गरेमा दत्तक पुत्र साख्खै पुत्र हुन सक्दैन । अल्लाह सत्य कुरा भन्नुहुन्छ ताकि भक्तहरूले त्यस अनुसार कर्म गरुन् । उहाँ सत्य मार्ग बताउनुहुन्छ ।५. दत्तक पुत्रहरूलाई उनीहरूका वास्तविक बुवाहरूतर्फ जोडेर बोलाऊ । उनीहरूतर्फ जोड्नु नै अल्लाह नजिक निसाफ हो । यदि उनीहरूका बुवाहरूको बारेमा थाहा छैन भने उनीहरू तिमीहरूका धर्मिक बन्धु हुन् । दास्ताबाट मुक्त गरिएका स्वतन्त्र व्यक्ति हुन् । अतः उनीहरूलाई− हे मेरा बन्धु वा हे मेरा काकाका छोरा भनेर बोलाऊ । यदि कसैले पहिला दत्तक पुत्रलाई उसको दत्तक बुवातर्फ जोड्यो भने ऊ पापी भएन तर अब जानी जानी यदि कसैले यस्तो गर्योगर्छ भने ऊ पापी हुन्छ । तौबा गर्ने भक्तहरूलाई अल्लाह माफ गर्नुहुन्छ । उहाँ दयावान हुनुहुन्छ त्यसैले गलतीमा पकड गर्नुहुन्न ।६. नबी (सल्लल्लाहु अलैहि व सल्लम) मोमिनहरूका लागि उनीहरूका प्रणभन्दा प्यारो हुनुहुन्छ । उनीहरूका हृदयको झुकाव अरूतर्फ होस् तर उनीहरूले उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को आह्वानलाई ग्राहयता दिनुपर्छ । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतिहरू सबै मोमिनहरूका आमा सरह हुन् । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को मृत्युपछि उहाँकी कुनै पनि श्रीमतिसँग बिहे गर्नु सबै मोमिनको लागि हराम हो । केही नातेदारहरू अन्य नातेदारहरूको तुलनामा पैतृक सम्पत्तिमा बढी अंश पाउनेछन् । ईमान र हिज्रतको आधारमा पैतृक सम्पत्तिमा अंशियार बन्दैन । शुरुमा उनीहरू ईमान र हिज्रतको आधारमा पनि अंशियार बन्ने गर्थे तर पछि यस कानुनलाई रद्द गरियो । हे मोमिनहरू हो ! आफ्ना मित्रहरूलाई अन्तिम उपदेश दिएर केही अंश दिन सक्छौ, त्यो पनि नियम अनुसार र परोपकार गरेर । यो आदेश सुरक्षित पाटिकामा लेखिएको छ, अतः यसलाई व्यवहारमा ल्याउनु अनिवार्य छ । ७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब हामीले सन्देष्टाहरूसित पक्का वचन लियौं, उनीहरूले मात्र एक अल्लाहको भक्ति गर्नेछन् । उहाँसँग अन्य कसैलाई साझेदार ठहर गर्ने छैनन् । उनीहरूतर्फ अवतरण गरिएको वहीलाई अरूसम्म पुर्याउनेछन् । यो वचन हामीले विशेषरूपमा तपाईंबाट र नूह, इब्रहीम, मूसा तथा मर्यम पुत्र ईसा (अलैहिमुस्सलाम) बाट लियौं । उनीहरूले अल्लाहको सन्देशलाई पुर्याउने जिम्मेबारीलाई पूर्णरूपमा निर्वाह गर्नेछन् भन्ने पक्का वचन हामीले लियौं । ८. सन्देष्टाहरूसँग यो वचन अल्लाहले यस कारणले पनि लिनुभयो कि महाप्रलयको दिन उहाँले काफिरहरूको निन्दाको लागि सन्देष्टाहरूसँग सोध्नुहुनेछ कि तिमीहरूले यस सत्य धर्मलाई पुर्याएका थियौ कि थिएनौ ? अल्लाहले काफिरहरूका लागि नर्कको पीडादायी यातना तयार पार्नु भएको छ ।९. हे अल्लाहमाथि ईमान ल्याएका र उहाँको कानुनको पालना गरेका मानिसहरू हो ! अल्लाहले तिमीहरूमाथि गर्नुभएको वरदानलाई याद गर्नुहोस् जब काफिरहरू जत्था बनाएर तिमीहरू विरुद्ध युद्ध गर्न मदीना पुगे । मोनाफिक र यहूदीहरूले काफिरहरूको मद्दत गरे । त्यतिखेर नबी (सल्लल्लाहु अलैहि व सल्लम) को मद्दतको लागि हामीले हावा हूरी पठायौं । हामीले फरिश्ताहरूको सैन्य दल पनि पठायौं जसलाई तिमीहरूले देखेनौ । अनि काफिरहरू पिठ्यूं फर्काएर भागे र केही पनि गर्न सकेनन् । तिमीहरूले गरिरखेका कार्यहरूलाई अल्लाह देखिराख्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले तिमीहरूलाई तिमीहरूले गरिराखेका कार्यहरूको बदला दिनुहुनेछ । १०. यो त्यतिखेर भयो जब काफिरहरू उपत्यकाको उकालो र ओरालो पश्चिम र पूर्व दुवैतिरबाट आए । त्यतिखेर तिमीहरू सबैको दृष्टि शत्रुमाथि थियो । तिमीहरूका हृदयहरू डरले घाँटीसम्म पुगेका थिए । तिमीहरू अल्लाहप्रति विभिन्न प्रकारका अनुमान गर्न थालेका थियौ, कहिले मद्दतको आशा त कहिले निराशा ।११. खाडलको युद्धमा त्यतिखेर मोमिनहरूको खुबै परीक्षा भयो । शत्रुहरूको तर्फबाट उनीहरूले कष्ट भोगे र डरले गर्दा खुबै ब्याकुल भए । यस परीक्षाले गर्दा मोमिन र मुनाफिकबीच फरक छर्लङ्ग भयो । १२. त्यस दिन मोनाफिक र मनमा शङ्का राखेका कमजोर ईमानका मानिसहरूले भन्नेछन्− अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले शत्रुहरूविरुद्ध हाम्रो मद्दत गर्ने र धर्तीमा स्थापित गर्ने जुन वाचा गर्नुभएको छ त्यो झूठा र निराधार वाचा हो । १३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब मोनाफिकहरूको एउटा जत्थाले मदीना बासीहरूलाई भन्यो− हे यस्रिब (इस्लाम पूर्व मदीनाको यही नाम थियो) बासीहरू हो ! यस खाडल नजिक सफह सलअमा तिमीहरूको लागि कुनै स्थान छैन, यहाँबाट आफ्ना घर फर्केर जाऊ । तिनीहरूमध्ये एउटा समूह आफ्ना घर फर्कनको लागि नबी (सल्लल्लाहु अलैहि व सल्लम) सित अनुमति माग्न थाल्यो । तिनीहरूले के बहाना बनाए भने हाम्रो घर शत्रुको लागि खुल्ला छ । तर तिनीहरूले ठाने जस्तो खुल्ला थिएन । शत्रुबाट भाग्नको लागि तिनीहरू झूठा बहाना बनाउँदै थिए ।१४. यदि मदीनामाथि चारैतिरबाट शत्रुहरू प्रवेश गर्छन् र तिनीहरूलाई इस्लाम धर्म त्यागेर कुफ्र र शिर्कतर्फ फर्कन भन्छन् भने तिनीहरू फर्कनेछन् । तिनीहरूमध्ये कुफ्रतर्फ नफर्कने कमै मानिसहरू हुनेछन् ।१५. यी मोनाफिकहरू उहुदको दिन युद्धबाट फरार भएपछि वाचा गरेका थिए कि आइन्दा युद्ध भएमा हामीहरू युद्ध गर्नेछौं र शत्रुबाट डराएर फरार हुने छैनौं । तर तिनीहरूले वचन भङ्ग गरे जब कि अल्लाहसँग गरेको वाचाबारे सोध पूछ हुनेछ । अतः तिनीहरूसित चाँडै नै सोध पूछ हुनेछ । १६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्− मृत्यु वा हत्या गरिने डरले युद्धको मैदानबाट भाग्ने कार्यले तिमीहरूलाई कुनै फाइदा हुने छैन । किनभने मृत्युको समय निश्चित छ । यदि तिमीहरू फरार हुन्छौ र मृत्युको समय न आए पनि तिमीहरू केही दिन मात्र जीवित रहनेछौ । १७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्− यदि अल्लाहले तिमीहरूलाई मृत्यु दिन वा हत्या गर्न चाहनुहुन्छ जसलाई तिमीहरू मन पराउँदैनौ भने कसले तिमीहरूलाई जोगाउन सक्छ ? यदि अल्लाहले तिमीहरूलाई सुरक्षित र सकुशल राख्नुहुन्छ जसको आशा तिमीहरू राख्छौ भने कसले तिमीहरूलाई यसबाट वञ्चित राख्नुहुन्छ ? यी मोनाफिकहरूले अल्लाहबाहेक कुनै हेर चाह गर्ने मित्र र प्रकोपबाट जोगाउने सहयोगी पाउने छैन । १८. अन्य मानिसहरूको कारणले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा मिलेर युद्ध गर्नबाट पछाडि रहने मानिसहरूको बारेमा अल्लाहलाई थाहा छ । तिनीहरू आफ्ना बन्धुहरूलाई भन्छन्− हामीतर्फ आऊ र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा युद्धमा भाग नलेऊ ताकि तिमीहरू हताहत नहोऊ । तिमीहरूको हत्याबाट हामीलाई डर लाग्छ । यी अपमानित गर्नेहरू युद्धमा कमै भाग लिन्छन् । युद्धमा अभियोगबाट बच्नको लागि मात्र सहभागी हुन्छन् । अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को मद्दतको लागि युद्धमा भाग लिँदैनन् ।१९. हे मोमिनहरू हो ! यिनीहरू कञ्जूस हुन्, तिमीहरूको आर्थिक सहयोग गर्दैनन् । आफ्नो बल खर्च गर्नमा पनि कञ्जुस छन् त्यसैले तिमीहरूको साथमा युद्ध गर्दैनन् । मित्रतामा पनि कञ्जुस छन् त्यसैले तिमीहरूसँग मित्रता राख्दैनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब शत्रुहरूविरुद्ध मुठभेड हुन्छ तब डरले गर्दा तिनीहरूको आँखा यसरी घुम्न थाल्छन् जसरी मृत्युको पीडाले आँखा घुम्न थाल्छन् । डरको अवस्था समाप्त भएपछि र निश्चिन्त भएपछि तिनीहरू धरिलो जिब्रोले कष्ट दिन थाल्छन् । तिनीहरू शत्रु-धनको खोजिमा हुन्छन् । यस्ता अवगुणहरू बोकेका मानिसहरू वास्तवमा मोमिन होइनन् । अल्लाहले तिनीहरूका कर्मका पुण्यहरूलाई रद्द गर्नुभयो । कर्महरूको पुण्य रद्द गर्नु अल्लाहको लागि सजिलो कार्य हो । २०. यी कायरहरू के ठानेकाछन् भने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र मोमिनहरू विरुद्ध युद्ध गर्न आएका जत्थाहरूले यिनीहरूलाई जरोदेखि नै सखाप पार्नेछन् । यदि अर्को पटक यी जत्थाहरूले मदीनामाथि आक्रमण गर्छन् भने यी मोनाफिकहरू के कामना गर्छन् भने यिनीहरू मदीना बाहिर गाउँलेहरूसँग बसेर तिमीहरूको हाल खबर सोधि राखुन् कि युद्धको के कस्तो परिणाम भयो ? हे मोमिनहरू हो ! यदि तिनीहरू तिमीहरूसँग भएका भए युद्धमा कमै भाग लिने थिए । तिमीहरू यिनीहरूको पर्वाह नगर, न यिनीहरूको चिन्ता गर ।२१. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाइ र गराइमा तिमीहरूका लागि राम्रो नमुना छ । जब उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) आफैं उपस्थित हुनुभयो र युद्धमा भाग लिनुभयो भने तिमीहरू किन आफ्नो ज्यान चोराइ रहेका छौ ? रसूल (सल्लल्लाहु अलैहि व सल्लम) प्रति दयाभाव यस्ता मानिसहरू राख्छन् जो अल्लाहको तर्फबाट पुण्य तथा दयाको आशा राख्छन्, आखिरतको दिनको आशा राख्छन्, त्यसको लागि कार्य गर्छन् र अल्लाहलाई खुबै स्म्रण गर्छन् । आखिरतको दिनको आशा नराख्ने र अल्लाहलाई स्म्रण नगर्नेहरू रसूल (सल्लल्लाहु अलैहि व सल्लम) प्रति दयाभाव राख्दैनन् । २२. जब मोमिनहरूले आफ्ना आँखाले ती जत्थाहरूलाई देखे जो उनीहरूविरुद्ध युद्ध गर्न भेला भएका थिए तब भने− यही त्यो परीक्षा, सङ्घर्ष र मद्दत हो जसको वाचा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले गरेका थिए । अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले यसको बारेमा सत्य भनेका थिए जो पूरा भयो । जत्थाहरूलाई आफ्ना आँखाले देखेपछि अल्लाहप्रति उनीहरूको ईमान र आज्ञापालनमा नै बृद्धि भयो ।२३. मोमिनहरूमध्ये केही यस्ता मानिसहरू छन् जसले डटेर, धेर्य गरेर र अल्लाहको मार्गमा युद्ध गरेर उहासँग गरेको वाचालाई पूरा गरे । उनीहरूमध्ये केही अल्लाहको मार्गमा मारिए, केही हत्या गरिए र उनीहरूमध्ये केही अल्लाहको मार्गमा शहादत प्राप्त गर्ने आफ्नो पालो कुरिरहेका छन् । मोनाफिकहरू जस्तै यिनीहरूले आफ्नो वचन भङ्ग गरेका छैनन् ।२४. ताकि अल्लाहले आफ्नो वाचा पूरा गरेका सत्यवादीहरूलाई राम्रो बदला देउन् र वचन भङ्ग गरेका मोनाफिकहरूलाई उहाँले चाहेमा यातना देउन् । कि त कुफ्रबाट तौबाअघि नै तिनीहरूको ज्यान लेउन् कि त तिनीहरूलाई तौबा गर्ने अवसर प्रदान गरेर माफ गरिदेउन् । निस्सन्दे अल्लाह तौबा गर्नेहरूका पापहरूलाई माफ गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।२५. मोमिनहरूलाई जराबाट सखाप पार्ने कुरैश, गतफान र तिनीहरूका सहयोगीहरूको सपना साकार नभएपछि तिनीहरू ब्याकुल भए । जसको जवाफमा अल्लाहले भन्नुभयो− मोमिनहरूको तर्फबाट युद्ध गर्नको लागि अल्लाह पर्याप्त हुनुहुन्छ । त्यसैले उहाँले हावा हुरी पठाउनुभयो र फरिश्ताहरूलाई अवतरण गर्नुभयो । अल्लाह सर्वशक्तिमान र प्रभुत्वशाली हुनुहुन्छ । कोही पनि उहाँमाथि विजयी हुन सक्दैन बरु उहाँ सबैमाथि विजयी हुनुहुन्छ र अपमानित गर्नुहुन्छ ।२६. तिनीहरूको सहयोग गर्ने यहूदीहरूलाई अल्लाहले तिनीहरूका किल्लाबाट बाहिर निकाल्नु भयो जसमा तिनीहरू शत्रुबाट सुरक्षित रहन बस्ने गर्थे । उहाँले तिनीहरूको मनमा डर हाल्नुभयो । हे मोमिनहरू हो ! तिमीहरू तिनीहरूको एउटा जत्थाविरुद्ध युद्ध गर्दै थियौ भने अर्को जत्थालाई बन्दी बनाउँदै थियौ ।२७. तिनीहरूलाई सर्वनाश गरेपछि तिनीहरूका अनाज तथा खजुरका खेतीहरू, घरहरू र अन्य धन-सम्पत्तिहरू अल्लाहले तिमीहरूलाई प्रदान गर्नुभयो । उहाँले खैबरको भूभाग पनि तिमीहरूलाई प्रदान गर्नुहुनेछ जहाँ तिमीहरू पसेका छैनौ तर चाँडै नै पस्नेछौ । यो अल्लाहको तर्फबाट मोमिनहरूको लागि वचन र शुभसूचना हो । अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ । उहाँलाई कसैले पनि विवश पार्न सक्दैन ।२८. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका श्रीमतिहरूले बढी खाना खर्चाको माग गर्छन् र तपाईंसँग बढी खर्चा छैन भने उनीहरूलाई भनिदिनुहोस्− यदि तिमीहरू सांसारिक जीवन र त्यसको तडक भडक चाहन्छौ भने आऊ तिमीहरूलाई पारपाचुके र श्रीमतिहरूले पाउने गरेकी सम्पत्ति बराबर सम्पत्ति दिन्छु र कुनै पनि हानि र कष्ट नदिइकन तिमीहरूसँग रहेको सम्बन्ध विच्छेद गर्छु ।२९. यदि तिमीहरू अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को खुशी र आखिरतमा स्वर्ग चाहन्छौ भने तिमीहरू जुन अवस्थामा छौ त्यसैमा धैर्य गर । धैर्य गरेर सुकर्म गर्ने र राम्रो तरिकाले बस्नेहरूका लागि अल्लाहले महान प्रतिदान तयार पार्नुभएको छ ।३०. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतिहरू हो ! तिमीहरूमध्ये जसले खुल्लारूपमा अवज्ञा गर्छ उसको उच्च दर्जा र नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सुरक्षाको कारणले उसको यातनालाई महाप्रलयको दिन दुई गुणा बढाइनेछ । यातनालाई दुई गुणा गर्नु अल्लाहको लागि सजिलो छ ।३१. तिमीहरूमध्ये जो अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालनमा कायम रहनेछिन् र अल्लाहलाई खुशी पार्न सत्कर्म गर्नेछिन्, उनीहरूलाई हामीले अन्य महिलाहरूभन्दा दुई गुणा पुण्य प्रदान गर्नेछौं । हामीले उनीहरूका लागि आखिरतमा स्वर्गको राम्रो प्रतिदान तयार पारेका छौं ।३२. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतिहरू हो ! यदि तिमीहरूले अल्लाहका आदेशहरूको पालना गर्नेछौ र उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट टाढा रहनेछौ भने तिमीहरूको सम्मान र दर्जा अन्य महिलाहरूभन्दा उच्च रहनेछ । तिमीहरू गैर महरम पुरुषहरू (यस्ता पुरुषहरू जोसँग बिहे जायज छ) सँग कुरा गर्दा लचिलो पारामा कुरा नगर, बरु ठाढो पारामा कुरा गर ताकि उनीहरूमध्ये कपटी र मन पापी मानिसहरूले तिमीहरूको चाहना नगरुन् । तिनीहरूसँग सीधा, ठाढो र अनिवार्य कुरा मात्र गर ।३३. तिमीहरू घरमा टिकेर बस । बिना आवश्यक्ता घरबाट ननिस्क । पुरुषहरूलाई आकर्षित गर्ने खालका बनाव सिङ्गार नगर जसरी तिमीहरू इस्लाम पूर्व गर्ने गर्थ्यौ, सलाह पूर्णरूपमा कायम गर, आफ्नो धन-सम्पत्तिका जकात देऊ, अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालन गर । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमति र अहले बैत हो ! अल्लाह तिमीहरूबाट कष्ट र दुष्कर्म समाप्त पार्न चाहनुहुन्छ र तिमीहरूको आत्मालाई शुद्ध पार्न चाहनुहुन्छ । तिमीहरूभित्र राम्रो आचरण उत्पन्न गरेर र नराम्रो बानी समाप्त पारेर तिमीहरूलाई पूर्णरूपमा पवित्र पार्न चाहनुहुन्छ, जसपछि कुनै फोहर बाकि नरहोस् ।३४. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित श्लोकहरू र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) का सुन्नतलाई स्म्रण गर जसको पाठ तिमीहरूको घरमा गरिन्छ । अल्लाह सुक्ष्मदर्शी हुनुहुन्छ त्यसैले उहाँले तिमीहरूलाई नबी (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा पुर्याउनुभयो । अल्लाह सुसूचित हुनुहुन्छ त्यसैले उहाँले तिमीहरूलाई उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को श्रीमति र मोमिनहरूको आमा बनाउनुभयो । ३५. अल्लाहले यस्ता मोमिन पुरुष र महिलाहरूका लागि महाप्रलयको दिन क्षमादान, पुण्य र स्वर्गको रूपमा ठूलो प्रतिदान तयार पार्नुभएको छ जो अल्लाहको आज्ञापालन गरेर उहाँसमक्ष आत्म समर्पण गर्छन्, अल्लाहमाथि आस्था राख्छन्, उहाँको आज्ञापालन गर्छन्, ईमान र कुरामा सत्यवादी छन्, अडिग भएर निरन्तर अल्लाहका आदेशहरूको आज्ञापालन गर्छन्, उहाँले मनाहि गर्नुभएका कार्यलाई त्याग्छन् र सङ्कटमा धैर्य गर्छन्, अनिवार्य र अतिरिक्त दान गर्छन्, अनिवार्य र अतिरिक्त सियाम (ब्रत) राख्छन्, श्रीमति र दासीहरूबाहेक अरूसमक्ष गुप्ताङ्ग खोल्दैनन्, व्यभिचार र त्यससम्म पुर्याउने अश्लील कार्यहरू गर्दैनन् । उनीहरू हृदय र जिब्रोहरूबाट सानो र ठूलो स्वरमा अल्लाहलाई धेरै जप गर्छन् ।३६. कुनै पनि मामिलामा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को निर्णय आएपछि मोमिन पुरुष र महिलाको लागि त्यसलाई स्वीकार गर्ने वा नगर्ने अधिकार बाकी रहदैन । जुन मानिसहरू अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अवज्ञा गर्छन् तिनीहरू स्पष्टरूपमा सीधा मार्गबाट पथभ्रष्ट हुन्छन् ।३७. जैद बिन हारिसा (रजियल्लाहु अन्हु) लाई अल्लाहले इस्लाम धर्म अवलम्बन गर्ने अवसर दिएर उपकार गर्नु भयो र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले उनलाई मुक्त गरेर उपकार गर्नुभयो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब जैद बिन हारिसा (रजियल्लाहु अन्हु) तपाईंसमक्ष आफ्नी श्रीमति जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) लाई पारपाचुके दिनेबारे सलाह गर्न आएका थिए । त्यतिखेर तपाईंले भन्नुभयो− तिमी आफ्नी श्रीमतिलाई साथमा राख, उसलाई पारपाचुके नदेऊ । अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले मानिसहरूको डरले जैनब (रजियल्लाहु अन्हा) सँग बिहे गर्ने इच्छालाई लुकाउनु भएको थियो । तर अल्लाहले वही (प्रकाशना) गरेर तपाईंलाई बताउनुभयो । जैद (रजियल्लाहु अन्हु) ले जैनब (रजियल्लाहु अन्हा) लाई पारपाचुके दिने र तपाईंसँग उनको बिहे हुने कुरालाई अल्लाहले चाँडै नै स्पष्ट पार्नुहुनेछ । यस बारेमा तपाईंले अल्लाहसित डराउनुपर्छ । जैद (रजियल्लाहु अन्हु) को अवस्था ठीक भएपछि उनले जैनब (रजियल्लाहु अन्हा) लाई पारपाचुके दिए, अनि हामीले तपाईंसँग उनको बिहे गरिदियौं । ताकि दत्तक पुत्रहरूकी श्रीमतिहरूसँग उनीहरूले पारपाचुके दिएपछि र उनीहरूले विशेष अवधि बिताएपछि बिहे गर्ने मोमिनहरूलाई पाप नलागोस् । अल्लाहको निर्णय अवश्यरूपमा पूरा हुन्छ । यसलाई कोही पनि रोक्न सक्दैन ।३८. अल्लाहले दत्तक पुत्रको पारपाचुके पाएकी श्रीमतिसँग नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले गरेको बिहेमा कुनै आपत्ति र पापको कुरा छैन । यसबारेमा उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले विगतका सन्देष्टाहरूको अनुसरण गर्नुभयो । रसूलहरूमध्ये उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले कुनै नौलो काम गर्नुभएन । यो बिहे र दत्तक पुत्रबारे चलनको समाप्ति अल्लाहको पक्का निणर्यले भयो । यसमा उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को कुनै सल्लाह र अधिकारको दखल थिएन ।३९. आफ्ना समुदायहरूसम्म अल्लाहका सन्देश पुर्याउने यी सन्देष्टाहरू मात्र अल्लाहसित डराउँछन् । अल्लाहले हलाल गर्नुभएको कार्य गर्दा कसैले केही भनेमा त्यसको वास्ता गर्दैनन् । भक्तहरूका कार्यहरूको रिकर्ड राख्नको लागि अल्लाह पर्याप्त हुनुहुन्छ, ताकि त्यसको हिसाब लिएर राम्रो कर्मको राम्रो र नराम्रो कर्मको नराम्रो बदला देउन् । ४०. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) तिमीहरूमध्ये कुनै पुरुषको पिता हुनुहुन्न । उहाँ जैद (रजियल्लाहु अन्हु) को पिता पनि हुनुहुन्न कि उहाँमाथि उनकी पारपाचुके पाएकी श्रीमतिसँग बिहे हराम होस् । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) मानिसहरूतर्फ पठाइएका रसूल हुनुहुन्छ । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) अन्तिम सन्देष्टा हुनुहुन्छ । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) पछि अन्य कुनै पनि नबी आउने छैन । अल्लाह हरेक वस्तुका ज्ञाता हुनुहुन्छ । भक्तहरूको कुनै पनि मामिला उहाँबाट लुकेको छैन । ४१. हे मोमिनहरू हो ! आफ्नो हृदय, जिब्रो र शरीरका अन्य अङ्गहरूबाट अल्लाहलाई धेरै याद गर ।४२. बिहान र बेलुकि अल्लाहको महिमागान गर । यी दुवै समय अति महत्वपूर्ण छन् । ४३. अल्लाह नै तिमीहरूमाथि दया गर्नुहुन्छ, तिमीहरूको कदर गर्नुहुन्छ र उहाँका फरिश्ताहरू तिमीहरूका लागि प्रार्थना गर्छन्, ताकि अल्लाहले तिमीहरूलाई कुफ्रको अन्धकारबाट निकालेर ईमानको प्रकाशमा ल्याउन् । अल्लाह मोमिमनहरूप्रति दयावान हुनुहुन्छ । जब भक्तहरू अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गरेका कार्यहरू छोडेर आज्ञापालन गर्छन्, तब उहाँ उनीहरूलाई यातना दिनुहुन्न ।४४. महाप्रलयको दिन अल्लाहसँग भेँट हुँदा मोमिनहरूको स्वागत सलामबाट गरिनेछ । उनीहरू सबै किसिमका कष्टबाट सुरक्षित रहनेछन् । अल्लाहले उनीहरूका लागि राम्रो बदला स्वर्ग तयार पार्नुभएको छ, किनभने उनीहरूले अल्लाहको आज्ञापालन गरे र अवज्ञाबाट बचे ।४५. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई मानिसहरूका लागि गवाह बनाएर पठाएका छौं, तपाईंलाई जुन सन्देश दिएर पठाइएको थियो त्यो तपाईंले उनीहरूसम्म पुर्याउनुभयो । हामीले तपाईंलाई मोमिनहरूलाई स्वर्गको शुभसूचना दिन र काफिरहरूलाई यातनाबाट सावधान गराउन पठायौं । ४६. हामीले तपाईंलाई मात्र एक अल्लाहको भक्ति र उहाँको आज्ञापालनतर्फ आह्वान गर्न उज्जवल दीप बनाएर पठायौं ताकि मार्गदर्शन चाहनेहरू प्रकाश पाउन् ।४७. मोमिनहरूलाई सूचित गर्नुहोस्− अल्लाहले उनीहरूका लागि महान कृपा तयार पार्नुभएको छ जसले गर्दा उनीहरू खुशी हुनेछन् । त्यो हो लोकमा मद्दत र परलोकमा स्वर्गमा प्रवेश गरेर सफलता प्राप्त गर्नु ।४८. काफिर र मोनाफिकहरूले अल्लाहको धर्ममा बाधा उत्पन्न गर्नको लागि आह्वान गरेमा तिनीहरूको आज्ञापालन नगर्नुहोस् । तिनीहरूलाई नजरअन्दाज गर्नुहोस् । यसो गरेमा आशा छ तपाईंले ल्याउनुभएको सन्देशमाथि तिनीहरूले ईमान ल्याउन् । सबै मामिलामा विशेषरूपमा शत्रुहरूविरुद्ध मद्दतबारे अल्लाहमाथि भरोसा गर्नुहोस् । भरोसा गर्नको लागि अल्लाह पर्याप्त हुनुहुन्छ । लोक र परलोक दुवैमा भक्तहरू आफ्ना सबै मामिलामा उहाँमाथि नै भरोसा गर्छन् । ४९. हे मोमिनहरू हो ! यदि तिमीहरू मोमिन महिलाहरूसँग बिहे गरेपछि सहवास नगरिकन पारपाचुके दिन्छौ भने उनीहरूले अरूसँग बिहे गर्न तीन महिना वा तीन महिनवारीसम्म पर्खनु पर्दैन । किनभने यस्तो अवस्थामा गर्भ धारणको सम्भावना रहदैन । तिमीहरू आफ्नो सामर्थ्य अनुसार उनीहरूलाई धन-सम्पत्ति देऊ ताकि पारपाचुकेले गर्दा टुटेका मनलाई सान्त्वना मिलोस् ।५०. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले महर तिरेर बिहे गरेका श्रीमतिहरू र दासीहरूलाई हामीले हलाल गर्यौं । यी दासीहरू तपाईंलाई हामीले युद्धमा प्रदान गर्यौं । हामीले तपाईंका लागि तपाईंसँग मक्कादेखि मदीनासम्म हिज्रत गरेकी महिलाहरूसँग बिहे गर्न हलाल गर्यौंः काकाकी छोरीहरू, ठूला बुवाकी छोरीहरू, फूपुकी छोरीहरू, मामाकी छोरीहरू, सानीमाकी छोरीहरू र ठूलीमाकी छोरीहरू । हामीले तपाईंको लागि यस्ता मोमिन महिलाहरूसँग बिहे गर्न पनि हलाल गरेका छौं जो बिना महर तपाईंसमक्ष समर्पित गर्छिन् । यो विशेषरूपमा तपाईंको लागि मात्र हलाल हो, अन्य मोमिनहरूको लागि हलाल छैन । मोमिनहरूले ४ भन्दा बढी श्रीमति एकसाथ राख्न पाउँदैनन् बरु दासीहरू जति पनि राख्न सक्छन् । उपर्युक्त केही महिलाहरूसँग बिहे विशेषरूपमा तपाईंको लागि हलाल गरेकाछौं, अन्य कसैको लागि गरेका छैनौं ताकि तपाईंलाई कुनै अप्ठ्यारो नहोस् । अल्लाह तौबा गर्ने भक्तहरूप्रति अति क्षमाशील र परम दयालु हुनुहुन्छ ।५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले जुन श्रीमतिसँग राति बिताउन चाहनु हुन्न उनको पालोलाई स्थगित गर्न मिल्छ र जुन श्रीमतिसँग राति बिताउन चाहनुहुन्छ राति बिताउनु मिल्छ । श्रीमतिहरूको पालोमा अगाडि पछाडि गरेमा तपाईंलाई कुनै पाप लाग्दैन । श्रीमतिहरूको पालोमा उदार नीति अपनाउँदा उनीहरूका आँखालाई शीतलता प्राप्त हुनेछ र उनीहरू खुशी हुनेछिन् । तपाईंले उनीहरूप्रति रहेको जिम्मेबारी र हक पूरा गर्नुहुनेछ भन्ने उनीहरूलाई थाहा छ । हे पुरुषहरू हो ! तिमीहरूको हृदय महिलाहरूमध्ये केही महिलातर्फ बढी आकर्षित हुने कुरालाई अल्लाह जान्नुहुन्छ । अल्लाह सर्वज्ञ हुनुहुन्छ, भक्तहरूका कर्महरूलाई जान्नुहुन्छ । उहाँ सहनशील हुनुहुन्छ, भक्तहरूमाथि प्रकोप पठाउनमा हतार गर्नुहुन्न कि शायद तिनीहरूले तौबा गरुन् ।५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको संरक्षणमा रहेकी श्रीमतिहरूबाहेक अन्य महिलाहरूसँग बिहे गर्नु तपाईंको लागि जायज छैन । उनीहरूलाई र उनीहरूमध्ये केहीलाई पारपाचुके दिएर अन्य कुनै महिलासँग बिहे गर्नु पनि जायज छैन, चाहे अन्य महिला बढी सुन्दर होस् । तर दासीहरूलाई आफ्नो अधीनमा लिन सक्नुहुन्छ, यसमा संख्याको हदबन्दी छैन । अल्लाह हरेक वस्तुको रक्षा गर्नुहुन्छ । यस आदेशले मोमिनहरूकी आमाहरूको महत्व स्पष्ट हुन्छ । त्यसैले उनीहरूलाई पारपाचुके दिन र अन्य महिलाहरूसँग बिहे गर्न मनाहि गरिएको छ ।५३. हे मोमिनहरू हो ! जब सम्म तिमीहरूलाई भोजनको लागि नबी (सल्लल्लाहु अलैहि व सल्लम) को घर आउने अनुमति मिल्दैन तब सम्म उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा प्रवेश नगर । भोजन पाक्ने प्रतीक्षामा लामो समयसम्म उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा नबस । बरु जतिखेर तिमीहरूलाई बोलाइन्छ त्यतिखेर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा प्रवेश गर अनि भोजन गरेपछि निस्किहाल । एक अर्काको कुरा सुन्दै थपक्क त्यहीँ नबस । तिमीहरूको थपक्क बसिरहनु नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट दिन्छ तर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) तिमीहरूलाई यहाँबाट गइ हाल भन्न लजाउनुहुन्छ तर अल्लाह सत्य कुरा भन्न लजाउनुहुन्न । अतः तिमीहरूलाई लामो समय न बस्ने आदेश दिइन्छ ताकि तिमीरू उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट नदेऊ । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतिहरूसँग कुनै भाँडा इत्यादि माग्दा पर्दा पछाडिबाट माग । उनीहरूको सुरक्षाको लागि र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को उच्च स्थानको कदर गर्दै उनीहरूतर्फ फर्केर केही नमाग ताकि उनीहरूले तिमीहरूका आँखालाई हेरुन् । यो तिमीहरू र उनीहरूका मनलाई बढी शुद्ध राख्नेछ । ताकि शैतानले तिमीहरू र उनीहरूका हृदयहरूमा भ्रम उत्पन्न नगरोस् र दुष्कर्मलाई सुन्दर बनाएर नदेखाओस् । हे मोमिनहरू हो ! रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा थपक्क लामो समय सम्म बसेर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट नदेऊ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को देहान्तपछि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतिहरूसँग बिहे नगर, किनभने उनीहरू मोमिनहरूकी आमाहरू हुन् । आमासँग बिहे गर्नु कसैको लागि जायज छैन । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई यस्तो कष्ट दिनु हराम हो र अल्लाहको नजिक ठूलो पाप हो ।५४. तिमीहरू आफ्ना कर्महरू खुल्लारूपमा गर वा लुकेर गर अल्लाहबाट अलि पनि गोप्य रहन सक्दैन । अल्लाह हरेक वस्तुका ज्ञाता हुनुहुन्छ । उहाँबाट केही पनि लुकेर रहन सक्दैन । उहाँले तिमीहरूका कर्महरूको बदला दिनुहुनेछ । राम्रो कर्मको राम्रो बदला र नराम्रो कर्मको नराम्रो बदला ।५५. यिनीहरूले निम्न पुरुषहरूबाट पर्दा नगरेर कुरा गरेमा कुनै पाप लाग्दैनः बुवा, छोरा, साख्खै वा दूधे दाजु भाइ, भतिजा र भान्जा । उनीहरूलाई कुनै पाप लाग्दैन यदि उनीहरूसँग मोमिन महिला र दासले बिना पर्दा कुरा गर्छन् भने । हे मोमिन महिलाहरू हो ! अल्लाहको आदेश र उहाँले मनाहि गर्नुभएको कुरामा उहाँसँग डराऊ । तिमीहरूको कार्यमाथि उहाँ गवाह हुनुहुन्छ । ५६. अल्लाह फरिश्ताहरूनजिक रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को प्रशंसा गर्नुहुन्छ र फरिश्ताहरू उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को लागि प्रार्थना गर्छन् । हे मोमिनहरू हो ! तिमीहरू पनि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को लागि दया र शान्तिको प्रार्थना गर ।रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदरको आदेश दिएपछि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट पुर्याउनबाट मनाहि गरिएको छ । अल्लाहले भन्नुभयोः ५७. निस्सन्देह जुन मानिसहरू अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई आफ्नो कुरा वा कार्यबाट कष्ट पुर्याउँछन् अल्लाह यस्ता मानिसहरूलाई लोक र परलोक दुवैमा आफ्नो कृपाबाट वञ्चित राख्नुहुनेछ र परलोकमा यस्ता मानिसहरूका लागि अपमानजनक यातना तयार पार्नुभएको छ ।५८. जुन मानिसहरू मोमिन पुरुष र महिलाहरूलाई आफ्नो कुरा वा कार्यबाट कष्ट पुर्याउँछन् तिनीहरू झूठ र पापको बोझ बोक्छन् । अँ यदि उनीहरूले यस्तो पाप गर्छन् जसले गर्दा अनिवार्य रूपमा कष्ट दिनुपर्छ भने यो बेग्लै कुरा हो ।५९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्ना श्रीमति, छोरी र मोमिनहरूकी महिलालाई भनिदिनुहोस्− उनीहरूले आफ्ना पिछ्यौराले आफ्ना अनुहार छोपेर निस्कुन् ताकि कुनै पनि अङ्ग अन्जान पुरुषसमक्ष देखा नपरोस् । यसले गर्दा उनीहरू स्वतन्त्र महिला हुन् भन्ने पहिचान हुन्छ र कसैले छेडखानी गर्दैन, जसरी दासीहरूसँग गरिन्छ । तौबा गर्ने भक्तहरूको पाप अल्लाह माफ गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।६०. भित्र कुफ्र पालेर बाहिर इस्लाम जाहिर गर्ने, काम इच्छा सम्बन्धि अश्लील कार्य गर्ने र मदीनामा झूठो खबर फैलाएर मोमिनहरूबीच फूट उत्पन्न गर्ने मोनाफिकहरूले यदि छल कपट त्यागेनन् भने हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तिनीहरूलाई सजाय दिने आदेश तपाईंलाई दिनेछौं र तपाईंलाई तिनीहरूमाथि तैनाथ गरिदेनेछौं अनि धर्तीमा आतङ्क फैलाएकोले तिनीहरू कि त मारिनेछन् कि त धपाइनेछन् र यसरी केही दिन मात्र मदीनामा बस्न सक्नेछन् । ६१. अल्लाहको कृपाबाट टाढा पारिनेछन् । कपट र धर्तीमा आतङ्क मच्चाएकोले तिनीहरू जहाँ भेटिनेछन् समातिनेछन् र मारिनेछन् । ६२. मोनाफिकहरूले स्पष्ट छल कपट गरेमा तिनीहरूको बारेमा यही अल्लाहको कानुन रहदै आएको छ । अल्लाहको कानुनमा कहिले पनि कुनै फेरबदल हुँदैन ।६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरू र यहूदीहरू इन्कार गर्ने मनसायले प्रश्न गर्छन्− महाप्रलय कहिले आउनेछ ? यिनीहरूलाई भनिदिनुहोस्− यसको समय अल्लाहलाई मात्र थाहा छ । मलाई यस बारेमा केही थाहा छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई के थाहा, महाप्रलय अति नजिक छ कि ? ६४. निस्सन्देह अल्लाहले काफिरहरूलाई आफ्नो कृपाबाट टाढा पार्नुभयो । उहाँले महाप्रलयको दिन तिनीहरूका लागि ज्वलन्त आगो तयार पार्नुभएको छ जो तिनीहरूको प्रतीक्षामा छ ।६५. तिनीहरू त्यस आगोमा सधैंको लागि रहनेछन् । तिनीहरूले फाइदा पुर्याउने मित्र र त्यस यातनाबाट बचाउने सहयोगी पाउने छैनन् ।६६. महाप्रलयको दिन तिनीहरूलाई अनुहारको बल नर्कमा फ्याँकिनेछ । तिनीहरूले अति चिन्ता गर्दै भन्नेछन्− हामीहरूले सांसारिक जीवनमा अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाही गर्नुभएका कार्यहरूलाई त्यागेर अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालन गरेको भए कति जाति हुन्थ्यो ।६७. तिनीहरूले झुठा प्रमाण प्रस्तुत गर्दै भन्नेछन्− हे हाम्रा पालनकर्ता ! हामीहरूले आफ्ना अगुवाहरूको अनुसरण गर्यौं अनि तिनीहरूले हामीहरूलाई सीधा मार्गबाट पथभ्रष्ट गरे । ६८. हे हाम्रा पालनकर्ता ! हामीहरूलाई पथभ्रष्ट पार्ने यी अगुवाहरूलाई दुई गुणा यातना दिनुहोस् । एउटा तिनीहरूको पथभ्रष्टताको र अर्को हामीहरूलाई पथभ्रष्ट पारेको । तिनीहरूलाई आफ्नो कृपाबाट धेरै टाढा पार्नुहोस् ।६९. हे मोमिनहरू हो ! तिमीहरू ती मानिसहरू जस्तै आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट नपुर्याऊ जुन मानिसहरूले आफ्ना रसूल मूसा (अलैहिस्सलाम) लाई कष्ट पुर्याए । तिनीहरूले उनको जिउमा आक्ष्रेप लगाए । तिनीहरूले लगाएको आक्षेपबाट अल्लाहले उनलाई मुक्त पार्नुभयो । मूसा (अलैहिस्सलाम) अल्लाहनजिक प्रतिष्ठित थिए । ७०. हे मोमिनहरू हो ! अल्लाहका आदेशहरूको पालना गर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ र सीधा र सच्चा कुरा भन । ७१. यदि तिमीहरू अल्लाहसित डराउँछौ र सत्य कुरा गर्छौ भने अल्लाहले तिमीहरूको कर्महरूलाई ठीक पार्नुहुनेछ, त्यसलाई स्वीकार गर्नुहुनेछ र तिमीहरूका पापहरूलाई माफ गर्नुहुनेछ । त्यसले गर्दा उहाँले पकड गर्नुहुने छैन । अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञाकारीहरू नै ठूलो सफलता प्राप्त गर्नेछन् । त्यो सफलता हो अल्लाहको प्रसन्नता प्राप्त गर्नु र स्वर्गमा प्रवेश गर्नु ।७२. हामीले इस्लामी कानुन र धन-सम्पत्ति जोगाउने कानुनको पाबन्दीको प्रस्ताव आकाशहरू, पृथ्वी र पहाडसमक्ष प्रस्तुत गर्यौं तर तिनीहरूले यस प्रस्तावलाई स्वीकार गरेरनन् र यसको परीणामबाट डराए । तर मानवले यसलाई स्वीकार गर्यो । मानवले यसलाई स्वीकार गरेर आफूमाथि अत्याचार गर्यो किनभने उसलाई यसको परिणामबारे ज्ञान छैन ।७३. मानवले यस कारणले स्वीकार गर्यो कि यो भाग्यमा लेखिएको थियो । ताकि अल्लाहले मोनाफिक र बहुदेववादी पुरुष र महिलालाई तिनीहरूको छल कपट र शिर्कले गर्दा यातना देउन् । मोमिन पुरष तथा महिलाले यस कानुनको पालना गरेकाले उनीहरूका तौबा स्वीकार गरुन् । अल्लाह तौबा गर्ने भक्तहरूको पाप माफ गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
१. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! अल्लाहको आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर ईशभयमाथि कायम रहनुहोस् । मात्र उहाँसित डराउनुहोस् । काफिर र मोनाफिकहरूको इच्छाको अनुसरण नगर्नुहोस् । अल्लाह काफिर र मोनाफिकहरूको चलखेलबाट अवगत हुनुहुन्छ । उहाँ सृष्टि गर्न र कार्य सञ्चालन गर्नमा विवेकशील हुनुहुन्छ ।
२. तपाईंमाथि अल्लाह जे जति वही अवतरण गर्नुहुन्छ त्यसको अनुसरण गर्नुहोस् । तिमीहरूले गरिराखेका कार्यहरूसित अल्लाह पूर्णरूपमा अवगत हुनुहुन्छ । उहाँले तिमीहरूका कार्यहरूको बदला दिनुहुनेछ ।
३. आफ्ना सबै मामिलाहरूमा मात्र अल्लाहमाथि भरोसा गर्नुहोस् । जो भक्त पनि उहाँमाथि भरोसा गर्छ उहाँ उसको रक्षाको लागि पर्याप्त हुनुहुन्छ ।
४. जसरी अल्लाहले एक जना व्यरक्तिको छातिमा दुई वटा हृदयहरू बनाउनु भएन त्यसरी उहाँले श्रीमतिहरूलाई आमाहरूको दर्जामा राख्नु भएन । ठीक त्यस्तै उहाँले दत्तक पुत्रलाई साख्खै पुत्रको दर्जामा राख्नु भएन । जिहार भनेको पुरुषले आफ्नी श्रीमतिलाई आफूमाथि हराम गर्नु हो । दत्तक पुत्र बनाउनु पनि इस्लाम पूर्वको चलन चलतीहरूमध्ये थियो जसलाई इस्लामले रद्द गर्यो । जिहार र दत्तक पुत्र बनाउनु तिमीहरूले मुहबाट पटक पटक भनेको कुरा मात्र हो यसको कुनै वास्तविक्ता छैन । श्रीमति आमा हुन सक्दैन र कसैले दावी गरेमा दत्तक पुत्र साख्खै पुत्र हुन सक्दैन । अल्लाह सत्य कुरा भन्नुहुन्छ ताकि भक्तहरूले त्यस अनुसार कर्म गरुन् । उहाँ सत्य मार्ग बताउनुहुन्छ ।
५. दत्तक पुत्रहरूलाई उनीहरूका वास्तविक बुवाहरूतर्फ जोडेर बोलाऊ । उनीहरूतर्फ जोड्नु नै अल्लाह नजिक निसाफ हो । यदि उनीहरूका बुवाहरूको बारेमा थाहा छैन भने उनीहरू तिमीहरूका धर्मिक बन्धु हुन् । दास्ताबाट मुक्त गरिएका स्वतन्त्र व्यक्ति हुन् । अतः उनीहरूलाई− हे मेरा बन्धु वा हे मेरा काकाका छोरा भनेर बोलाऊ । यदि कसैले पहिला दत्तक पुत्रलाई उसको दत्तक बुवातर्फ जोड्यो भने ऊ पापी भएन तर अब जानी जानी यदि कसैले यस्तो गर्योगर्छ भने ऊ पापी हुन्छ । तौबा गर्ने भक्तहरूलाई अल्लाह माफ गर्नुहुन्छ । उहाँ दयावान हुनुहुन्छ त्यसैले गलतीमा पकड गर्नुहुन्न ।
६. नबी (सल्लल्लाहु अलैहि व सल्लम) मोमिनहरूका लागि उनीहरूका प्रणभन्दा प्यारो हुनुहुन्छ । उनीहरूका हृदयको झुकाव अरूतर्फ होस् तर उनीहरूले उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को आह्वानलाई ग्राहयता दिनुपर्छ । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतिहरू सबै मोमिनहरूका आमा सरह हुन् । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को मृत्युपछि उहाँकी कुनै पनि श्रीमतिसँग बिहे गर्नु सबै मोमिनको लागि हराम हो । केही नातेदारहरू अन्य नातेदारहरूको तुलनामा पैतृक सम्पत्तिमा बढी अंश पाउनेछन् । ईमान र हिज्रतको आधारमा पैतृक सम्पत्तिमा अंशियार बन्दैन । शुरुमा उनीहरू ईमान र हिज्रतको आधारमा पनि अंशियार बन्ने गर्थे तर पछि यस कानुनलाई रद्द गरियो । हे मोमिनहरू हो ! आफ्ना मित्रहरूलाई अन्तिम उपदेश दिएर केही अंश दिन सक्छौ, त्यो पनि नियम अनुसार र परोपकार गरेर । यो आदेश सुरक्षित पाटिकामा लेखिएको छ, अतः यसलाई व्यवहारमा ल्याउनु अनिवार्य छ ।
७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब हामीले सन्देष्टाहरूसित पक्का वचन लियौं, उनीहरूले मात्र एक अल्लाहको भक्ति गर्नेछन् । उहाँसँग अन्य कसैलाई साझेदार ठहर गर्ने छैनन् । उनीहरूतर्फ अवतरण गरिएको वहीलाई अरूसम्म पुर्याउनेछन् । यो वचन हामीले विशेषरूपमा तपाईंबाट र नूह, इब्रहीम, मूसा तथा मर्यम पुत्र ईसा (अलैहिमुस्सलाम) बाट लियौं । उनीहरूले अल्लाहको सन्देशलाई पुर्याउने जिम्मेबारीलाई पूर्णरूपमा निर्वाह गर्नेछन् भन्ने पक्का वचन हामीले लियौं ।
८. सन्देष्टाहरूसँग यो वचन अल्लाहले यस कारणले पनि लिनुभयो कि महाप्रलयको दिन उहाँले काफिरहरूको निन्दाको लागि सन्देष्टाहरूसँग सोध्नुहुनेछ कि तिमीहरूले यस सत्य धर्मलाई पुर्याएका थियौ कि थिएनौ ? अल्लाहले काफिरहरूका लागि नर्कको पीडादायी यातना तयार पार्नु भएको छ ।
९. हे अल्लाहमाथि ईमान ल्याएका र उहाँको कानुनको पालना गरेका मानिसहरू हो ! अल्लाहले तिमीहरूमाथि गर्नुभएको वरदानलाई याद गर्नुहोस् जब काफिरहरू जत्था बनाएर तिमीहरू विरुद्ध युद्ध गर्न मदीना पुगे । मोनाफिक र यहूदीहरूले काफिरहरूको मद्दत गरे । त्यतिखेर नबी (सल्लल्लाहु अलैहि व सल्लम) को मद्दतको लागि हामीले हावा हूरी पठायौं । हामीले फरिश्ताहरूको सैन्य दल पनि पठायौं जसलाई तिमीहरूले देखेनौ । अनि काफिरहरू पिठ्यूं फर्काएर भागे र केही पनि गर्न सकेनन् । तिमीहरूले गरिरखेका कार्यहरूलाई अल्लाह देखिराख्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँले तिमीहरूलाई तिमीहरूले गरिराखेका कार्यहरूको बदला दिनुहुनेछ ।
१०. यो त्यतिखेर भयो जब काफिरहरू उपत्यकाको उकालो र ओरालो पश्चिम र पूर्व दुवैतिरबाट आए । त्यतिखेर तिमीहरू सबैको दृष्टि शत्रुमाथि थियो । तिमीहरूका हृदयहरू डरले घाँटीसम्म पुगेका थिए । तिमीहरू अल्लाहप्रति विभिन्न प्रकारका अनुमान गर्न थालेका थियौ, कहिले मद्दतको आशा त कहिले निराशा ।
११. खाडलको युद्धमा त्यतिखेर मोमिनहरूको खुबै परीक्षा भयो । शत्रुहरूको तर्फबाट उनीहरूले कष्ट भोगे र डरले गर्दा खुबै ब्याकुल भए । यस परीक्षाले गर्दा मोमिन र मुनाफिकबीच फरक छर्लङ्ग भयो ।
१२. त्यस दिन मोनाफिक र मनमा शङ्का राखेका कमजोर ईमानका मानिसहरूले भन्नेछन्− अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले शत्रुहरूविरुद्ध हाम्रो मद्दत गर्ने र धर्तीमा स्थापित गर्ने जुन वाचा गर्नुभएको छ त्यो झूठा र निराधार वाचा हो ।
१३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब मोनाफिकहरूको एउटा जत्थाले मदीना बासीहरूलाई भन्यो− हे यस्रिब (इस्लाम पूर्व मदीनाको यही नाम थियो) बासीहरू हो ! यस खाडल नजिक सफह सलअमा तिमीहरूको लागि कुनै स्थान छैन, यहाँबाट आफ्ना घर फर्केर जाऊ । तिनीहरूमध्ये एउटा समूह आफ्ना घर फर्कनको लागि नबी (सल्लल्लाहु अलैहि व सल्लम) सित अनुमति माग्न थाल्यो । तिनीहरूले के बहाना बनाए भने हाम्रो घर शत्रुको लागि खुल्ला छ । तर तिनीहरूले ठाने जस्तो खुल्ला थिएन । शत्रुबाट भाग्नको लागि तिनीहरू झूठा बहाना बनाउँदै थिए ।
१४. यदि मदीनामाथि चारैतिरबाट शत्रुहरू प्रवेश गर्छन् र तिनीहरूलाई इस्लाम धर्म त्यागेर कुफ्र र शिर्कतर्फ फर्कन भन्छन् भने तिनीहरू फर्कनेछन् । तिनीहरूमध्ये कुफ्रतर्फ नफर्कने कमै मानिसहरू हुनेछन् ।
१५. यी मोनाफिकहरू उहुदको दिन युद्धबाट फरार भएपछि वाचा गरेका थिए कि आइन्दा युद्ध भएमा हामीहरू युद्ध गर्नेछौं र शत्रुबाट डराएर फरार हुने छैनौं । तर तिनीहरूले वचन भङ्ग गरे जब कि अल्लाहसँग गरेको वाचाबारे सोध पूछ हुनेछ । अतः तिनीहरूसित चाँडै नै सोध पूछ हुनेछ ।
१६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्− मृत्यु वा हत्या गरिने डरले युद्धको मैदानबाट भाग्ने कार्यले तिमीहरूलाई कुनै फाइदा हुने छैन । किनभने मृत्युको समय निश्चित छ । यदि तिमीहरू फरार हुन्छौ र मृत्युको समय न आए पनि तिमीहरू केही दिन मात्र जीवित रहनेछौ ।
१७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यिनीहरूलाई भनिदिनुहोस्− यदि अल्लाहले तिमीहरूलाई मृत्यु दिन वा हत्या गर्न चाहनुहुन्छ जसलाई तिमीहरू मन पराउँदैनौ भने कसले तिमीहरूलाई जोगाउन सक्छ ? यदि अल्लाहले तिमीहरूलाई सुरक्षित र सकुशल राख्नुहुन्छ जसको आशा तिमीहरू राख्छौ भने कसले तिमीहरूलाई यसबाट वञ्चित राख्नुहुन्छ ? यी मोनाफिकहरूले अल्लाहबाहेक कुनै हेर चाह गर्ने मित्र र प्रकोपबाट जोगाउने सहयोगी पाउने छैन ।
१८. अन्य मानिसहरूको कारणले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा मिलेर युद्ध गर्नबाट पछाडि रहने मानिसहरूको बारेमा अल्लाहलाई थाहा छ । तिनीहरू आफ्ना बन्धुहरूलाई भन्छन्− हामीतर्फ आऊ र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा युद्धमा भाग नलेऊ ताकि तिमीहरू हताहत नहोऊ । तिमीहरूको हत्याबाट हामीलाई डर लाग्छ । यी अपमानित गर्नेहरू युद्धमा कमै भाग लिन्छन् । युद्धमा अभियोगबाट बच्नको लागि मात्र सहभागी हुन्छन् । अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को मद्दतको लागि युद्धमा भाग लिँदैनन् ।
१९. हे मोमिनहरू हो ! यिनीहरू कञ्जूस हुन्, तिमीहरूको आर्थिक सहयोग गर्दैनन् । आफ्नो बल खर्च गर्नमा पनि कञ्जुस छन् त्यसैले तिमीहरूको साथमा युद्ध गर्दैनन् । मित्रतामा पनि कञ्जुस छन् त्यसैले तिमीहरूसँग मित्रता राख्दैनन् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! जब शत्रुहरूविरुद्ध मुठभेड हुन्छ तब डरले गर्दा तिनीहरूको आँखा यसरी घुम्न थाल्छन् जसरी मृत्युको पीडाले आँखा घुम्न थाल्छन् । डरको अवस्था समाप्त भएपछि र निश्चिन्त भएपछि तिनीहरू धरिलो जिब्रोले कष्ट दिन थाल्छन् । तिनीहरू शत्रु-धनको खोजिमा हुन्छन् । यस्ता अवगुणहरू बोकेका मानिसहरू वास्तवमा मोमिन होइनन् । अल्लाहले तिनीहरूका कर्मका पुण्यहरूलाई रद्द गर्नुभयो । कर्महरूको पुण्य रद्द गर्नु अल्लाहको लागि सजिलो कार्य हो ।
२०. यी कायरहरू के ठानेकाछन् भने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) र मोमिनहरू विरुद्ध युद्ध गर्न आएका जत्थाहरूले यिनीहरूलाई जरोदेखि नै सखाप पार्नेछन् । यदि अर्को पटक यी जत्थाहरूले मदीनामाथि आक्रमण गर्छन् भने यी मोनाफिकहरू के कामना गर्छन् भने यिनीहरू मदीना बाहिर गाउँलेहरूसँग बसेर तिमीहरूको हाल खबर सोधि राखुन् कि युद्धको के कस्तो परिणाम भयो ? हे मोमिनहरू हो ! यदि तिनीहरू तिमीहरूसँग भएका भए युद्धमा कमै भाग लिने थिए । तिमीहरू यिनीहरूको पर्वाह नगर, न यिनीहरूको चिन्ता गर ।
२१. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाइ र गराइमा तिमीहरूका लागि राम्रो नमुना छ । जब उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) आफैं उपस्थित हुनुभयो र युद्धमा भाग लिनुभयो भने तिमीहरू किन आफ्नो ज्यान चोराइ रहेका छौ ? रसूल (सल्लल्लाहु अलैहि व सल्लम) प्रति दयाभाव यस्ता मानिसहरू राख्छन् जो अल्लाहको तर्फबाट पुण्य तथा दयाको आशा राख्छन्, आखिरतको दिनको आशा राख्छन्, त्यसको लागि कार्य गर्छन् र अल्लाहलाई खुबै स्म्रण गर्छन् । आखिरतको दिनको आशा नराख्ने र अल्लाहलाई स्म्रण नगर्नेहरू रसूल (सल्लल्लाहु अलैहि व सल्लम) प्रति दयाभाव राख्दैनन् ।
२२. जब मोमिनहरूले आफ्ना आँखाले ती जत्थाहरूलाई देखे जो उनीहरूविरुद्ध युद्ध गर्न भेला भएका थिए तब भने− यही त्यो परीक्षा, सङ्घर्ष र मद्दत हो जसको वाचा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले गरेका थिए । अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले यसको बारेमा सत्य भनेका थिए जो पूरा भयो । जत्थाहरूलाई आफ्ना आँखाले देखेपछि अल्लाहप्रति उनीहरूको ईमान र आज्ञापालनमा नै बृद्धि भयो ।
२३. मोमिनहरूमध्ये केही यस्ता मानिसहरू छन् जसले डटेर, धेर्य गरेर र अल्लाहको मार्गमा युद्ध गरेर उहासँग गरेको वाचालाई पूरा गरे । उनीहरूमध्ये केही अल्लाहको मार्गमा मारिए, केही हत्या गरिए र उनीहरूमध्ये केही अल्लाहको मार्गमा शहादत प्राप्त गर्ने आफ्नो पालो कुरिरहेका छन् । मोनाफिकहरू जस्तै यिनीहरूले आफ्नो वचन भङ्ग गरेका छैनन् ।
२४. ताकि अल्लाहले आफ्नो वाचा पूरा गरेका सत्यवादीहरूलाई राम्रो बदला देउन् र वचन भङ्ग गरेका मोनाफिकहरूलाई उहाँले चाहेमा यातना देउन् । कि त कुफ्रबाट तौबाअघि नै तिनीहरूको ज्यान लेउन् कि त तिनीहरूलाई तौबा गर्ने अवसर प्रदान गरेर माफ गरिदेउन् । निस्सन्दे अल्लाह तौबा गर्नेहरूका पापहरूलाई माफ गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
२५. मोमिनहरूलाई जराबाट सखाप पार्ने कुरैश, गतफान र तिनीहरूका सहयोगीहरूको सपना साकार नभएपछि तिनीहरू ब्याकुल भए । जसको जवाफमा अल्लाहले भन्नुभयो− मोमिनहरूको तर्फबाट युद्ध गर्नको लागि अल्लाह पर्याप्त हुनुहुन्छ । त्यसैले उहाँले हावा हुरी पठाउनुभयो र फरिश्ताहरूलाई अवतरण गर्नुभयो । अल्लाह सर्वशक्तिमान र प्रभुत्वशाली हुनुहुन्छ । कोही पनि उहाँमाथि विजयी हुन सक्दैन बरु उहाँ सबैमाथि विजयी हुनुहुन्छ र अपमानित गर्नुहुन्छ ।
२६. तिनीहरूको सहयोग गर्ने यहूदीहरूलाई अल्लाहले तिनीहरूका किल्लाबाट बाहिर निकाल्नु भयो जसमा तिनीहरू शत्रुबाट सुरक्षित रहन बस्ने गर्थे । उहाँले तिनीहरूको मनमा डर हाल्नुभयो । हे मोमिनहरू हो ! तिमीहरू तिनीहरूको एउटा जत्थाविरुद्ध युद्ध गर्दै थियौ भने अर्को जत्थालाई बन्दी बनाउँदै थियौ ।
२७. तिनीहरूलाई सर्वनाश गरेपछि तिनीहरूका अनाज तथा खजुरका खेतीहरू, घरहरू र अन्य धन-सम्पत्तिहरू अल्लाहले तिमीहरूलाई प्रदान गर्नुभयो । उहाँले खैबरको भूभाग पनि तिमीहरूलाई प्रदान गर्नुहुनेछ जहाँ तिमीहरू पसेका छैनौ तर चाँडै नै पस्नेछौ । यो अल्लाहको तर्फबाट मोमिनहरूको लागि वचन र शुभसूचना हो । अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ । उहाँलाई कसैले पनि विवश पार्न सक्दैन ।
२८. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका श्रीमतिहरूले बढी खाना खर्चाको माग गर्छन् र तपाईंसँग बढी खर्चा छैन भने उनीहरूलाई भनिदिनुहोस्− यदि तिमीहरू सांसारिक जीवन र त्यसको तडक भडक चाहन्छौ भने आऊ तिमीहरूलाई पारपाचुके र श्रीमतिहरूले पाउने गरेकी सम्पत्ति बराबर सम्पत्ति दिन्छु र कुनै पनि हानि र कष्ट नदिइकन तिमीहरूसँग रहेको सम्बन्ध विच्छेद गर्छु ।
२९. यदि तिमीहरू अल्लाह तथा उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को खुशी र आखिरतमा स्वर्ग चाहन्छौ भने तिमीहरू जुन अवस्थामा छौ त्यसैमा धैर्य गर । धैर्य गरेर सुकर्म गर्ने र राम्रो तरिकाले बस्नेहरूका लागि अल्लाहले महान प्रतिदान तयार पार्नुभएको छ ।
३०. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतिहरू हो ! तिमीहरूमध्ये जसले खुल्लारूपमा अवज्ञा गर्छ उसको उच्च दर्जा र नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सुरक्षाको कारणले उसको यातनालाई महाप्रलयको दिन दुई गुणा बढाइनेछ । यातनालाई दुई गुणा गर्नु अल्लाहको लागि सजिलो छ ।
३१. तिमीहरूमध्ये जो अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालनमा कायम रहनेछिन् र अल्लाहलाई खुशी पार्न सत्कर्म गर्नेछिन्, उनीहरूलाई हामीले अन्य महिलाहरूभन्दा दुई गुणा पुण्य प्रदान गर्नेछौं । हामीले उनीहरूका लागि आखिरतमा स्वर्गको राम्रो प्रतिदान तयार पारेका छौं ।
३२. हे मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतिहरू हो ! यदि तिमीहरूले अल्लाहका आदेशहरूको पालना गर्नेछौ र उहाँले मनाहि गर्नुभएका कार्यहरूबाट टाढा रहनेछौ भने तिमीहरूको सम्मान र दर्जा अन्य महिलाहरूभन्दा उच्च रहनेछ । तिमीहरू गैर महरम पुरुषहरू (यस्ता पुरुषहरू जोसँग बिहे जायज छ) सँग कुरा गर्दा लचिलो पारामा कुरा नगर, बरु ठाढो पारामा कुरा गर ताकि उनीहरूमध्ये कपटी र मन पापी मानिसहरूले तिमीहरूको चाहना नगरुन् । तिनीहरूसँग सीधा, ठाढो र अनिवार्य कुरा मात्र गर ।
३३. तिमीहरू घरमा टिकेर बस । बिना आवश्यक्ता घरबाट ननिस्क । पुरुषहरूलाई आकर्षित गर्ने खालका बनाव सिङ्गार नगर जसरी तिमीहरू इस्लाम पूर्व गर्ने गर्थ्यौ, सलाह पूर्णरूपमा कायम गर, आफ्नो धन-सम्पत्तिका जकात देऊ, अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालन गर । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमति र अहले बैत हो ! अल्लाह तिमीहरूबाट कष्ट र दुष्कर्म समाप्त पार्न चाहनुहुन्छ र तिमीहरूको आत्मालाई शुद्ध पार्न चाहनुहुन्छ । तिमीहरूभित्र राम्रो आचरण उत्पन्न गरेर र नराम्रो बानी समाप्त पारेर तिमीहरूलाई पूर्णरूपमा पवित्र पार्न चाहनुहुन्छ, जसपछि कुनै फोहर बाकि नरहोस् ।
३४. रसूल (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित श्लोकहरू र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) का सुन्नतलाई स्म्रण गर जसको पाठ तिमीहरूको घरमा गरिन्छ । अल्लाह सुक्ष्मदर्शी हुनुहुन्छ त्यसैले उहाँले तिमीहरूलाई नबी (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा पुर्याउनुभयो । अल्लाह सुसूचित हुनुहुन्छ त्यसैले उहाँले तिमीहरूलाई उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को श्रीमति र मोमिनहरूको आमा बनाउनुभयो ।
३५. अल्लाहले यस्ता मोमिन पुरुष र महिलाहरूका लागि महाप्रलयको दिन क्षमादान, पुण्य र स्वर्गको रूपमा ठूलो प्रतिदान तयार पार्नुभएको छ जो अल्लाहको आज्ञापालन गरेर उहाँसमक्ष आत्म समर्पण गर्छन्, अल्लाहमाथि आस्था राख्छन्, उहाँको आज्ञापालन गर्छन्, ईमान र कुरामा सत्यवादी छन्, अडिग भएर निरन्तर अल्लाहका आदेशहरूको आज्ञापालन गर्छन्, उहाँले मनाहि गर्नुभएका कार्यलाई त्याग्छन् र सङ्कटमा धैर्य गर्छन्, अनिवार्य र अतिरिक्त दान गर्छन्, अनिवार्य र अतिरिक्त सियाम (ब्रत) राख्छन्, श्रीमति र दासीहरूबाहेक अरूसमक्ष गुप्ताङ्ग खोल्दैनन्, व्यभिचार र त्यससम्म पुर्याउने अश्लील कार्यहरू गर्दैनन् । उनीहरू हृदय र जिब्रोहरूबाट सानो र ठूलो स्वरमा अल्लाहलाई धेरै जप गर्छन् ।
३६. कुनै पनि मामिलामा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को निर्णय आएपछि मोमिन पुरुष र महिलाको लागि त्यसलाई स्वीकार गर्ने वा नगर्ने अधिकार बाकी रहदैन । जुन मानिसहरू अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अवज्ञा गर्छन् तिनीहरू स्पष्टरूपमा सीधा मार्गबाट पथभ्रष्ट हुन्छन् ।
३७. जैद बिन हारिसा (रजियल्लाहु अन्हु) लाई अल्लाहले इस्लाम धर्म अवलम्बन गर्ने अवसर दिएर उपकार गर्नु भयो र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले उनलाई मुक्त गरेर उपकार गर्नुभयो । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! त्यस समयलाई याद गर्नुहोस् जब जैद बिन हारिसा (रजियल्लाहु अन्हु) तपाईंसमक्ष आफ्नी श्रीमति जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) लाई पारपाचुके दिनेबारे सलाह गर्न आएका थिए । त्यतिखेर तपाईंले भन्नुभयो− तिमी आफ्नी श्रीमतिलाई साथमा राख, उसलाई पारपाचुके नदेऊ । अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले मानिसहरूको डरले जैनब (रजियल्लाहु अन्हा) सँग बिहे गर्ने इच्छालाई लुकाउनु भएको थियो । तर अल्लाहले वही (प्रकाशना) गरेर तपाईंलाई बताउनुभयो । जैद (रजियल्लाहु अन्हु) ले जैनब (रजियल्लाहु अन्हा) लाई पारपाचुके दिने र तपाईंसँग उनको बिहे हुने कुरालाई अल्लाहले चाँडै नै स्पष्ट पार्नुहुनेछ । यस बारेमा तपाईंले अल्लाहसित डराउनुपर्छ । जैद (रजियल्लाहु अन्हु) को अवस्था ठीक भएपछि उनले जैनब (रजियल्लाहु अन्हा) लाई पारपाचुके दिए, अनि हामीले तपाईंसँग उनको बिहे गरिदियौं । ताकि दत्तक पुत्रहरूकी श्रीमतिहरूसँग उनीहरूले पारपाचुके दिएपछि र उनीहरूले विशेष अवधि बिताएपछि बिहे गर्ने मोमिनहरूलाई पाप नलागोस् । अल्लाहको निर्णय अवश्यरूपमा पूरा हुन्छ । यसलाई कोही पनि रोक्न सक्दैन ।
३८. अल्लाहले दत्तक पुत्रको पारपाचुके पाएकी श्रीमतिसँग नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले गरेको बिहेमा कुनै आपत्ति र पापको कुरा छैन । यसबारेमा उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले विगतका सन्देष्टाहरूको अनुसरण गर्नुभयो । रसूलहरूमध्ये उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले कुनै नौलो काम गर्नुभएन । यो बिहे र दत्तक पुत्रबारे चलनको समाप्ति अल्लाहको पक्का निणर्यले भयो । यसमा उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को कुनै सल्लाह र अधिकारको दखल थिएन ।
३९. आफ्ना समुदायहरूसम्म अल्लाहका सन्देश पुर्याउने यी सन्देष्टाहरू मात्र अल्लाहसित डराउँछन् । अल्लाहले हलाल गर्नुभएको कार्य गर्दा कसैले केही भनेमा त्यसको वास्ता गर्दैनन् । भक्तहरूका कार्यहरूको रिकर्ड राख्नको लागि अल्लाह पर्याप्त हुनुहुन्छ, ताकि त्यसको हिसाब लिएर राम्रो कर्मको राम्रो र नराम्रो कर्मको नराम्रो बदला देउन् ।
४०. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) तिमीहरूमध्ये कुनै पुरुषको पिता हुनुहुन्न । उहाँ जैद (रजियल्लाहु अन्हु) को पिता पनि हुनुहुन्न कि उहाँमाथि उनकी पारपाचुके पाएकी श्रीमतिसँग बिहे हराम होस् । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) मानिसहरूतर्फ पठाइएका रसूल हुनुहुन्छ । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) अन्तिम सन्देष्टा हुनुहुन्छ । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) पछि अन्य कुनै पनि नबी आउने छैन । अल्लाह हरेक वस्तुका ज्ञाता हुनुहुन्छ । भक्तहरूको कुनै पनि मामिला उहाँबाट लुकेको छैन ।
४१. हे मोमिनहरू हो ! आफ्नो हृदय, जिब्रो र शरीरका अन्य अङ्गहरूबाट अल्लाहलाई धेरै याद गर ।
४२. बिहान र बेलुकि अल्लाहको महिमागान गर । यी दुवै समय अति महत्वपूर्ण छन् ।
४३. अल्लाह नै तिमीहरूमाथि दया गर्नुहुन्छ, तिमीहरूको कदर गर्नुहुन्छ र उहाँका फरिश्ताहरू तिमीहरूका लागि प्रार्थना गर्छन्, ताकि अल्लाहले तिमीहरूलाई कुफ्रको अन्धकारबाट निकालेर ईमानको प्रकाशमा ल्याउन् । अल्लाह मोमिमनहरूप्रति दयावान हुनुहुन्छ । जब भक्तहरू अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गरेका कार्यहरू छोडेर आज्ञापालन गर्छन्, तब उहाँ उनीहरूलाई यातना दिनुहुन्न ।
४४. महाप्रलयको दिन अल्लाहसँग भेँट हुँदा मोमिनहरूको स्वागत सलामबाट गरिनेछ । उनीहरू सबै किसिमका कष्टबाट सुरक्षित रहनेछन् । अल्लाहले उनीहरूका लागि राम्रो बदला स्वर्ग तयार पार्नुभएको छ, किनभने उनीहरूले अल्लाहको आज्ञापालन गरे र अवज्ञाबाट बचे ।
४५. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई मानिसहरूका लागि गवाह बनाएर पठाएका छौं, तपाईंलाई जुन सन्देश दिएर पठाइएको थियो त्यो तपाईंले उनीहरूसम्म पुर्याउनुभयो । हामीले तपाईंलाई मोमिनहरूलाई स्वर्गको शुभसूचना दिन र काफिरहरूलाई यातनाबाट सावधान गराउन पठायौं ।
४६. हामीले तपाईंलाई मात्र एक अल्लाहको भक्ति र उहाँको आज्ञापालनतर्फ आह्वान गर्न उज्जवल दीप बनाएर पठायौं ताकि मार्गदर्शन चाहनेहरू प्रकाश पाउन् ।
४७. मोमिनहरूलाई सूचित गर्नुहोस्− अल्लाहले उनीहरूका लागि महान कृपा तयार पार्नुभएको छ जसले गर्दा उनीहरू खुशी हुनेछन् । त्यो हो लोकमा मद्दत र परलोकमा स्वर्गमा प्रवेश गरेर सफलता प्राप्त गर्नु ।
४८. काफिर र मोनाफिकहरूले अल्लाहको धर्ममा बाधा उत्पन्न गर्नको लागि आह्वान गरेमा तिनीहरूको आज्ञापालन नगर्नुहोस् । तिनीहरूलाई नजरअन्दाज गर्नुहोस् । यसो गरेमा आशा छ तपाईंले ल्याउनुभएको सन्देशमाथि तिनीहरूले ईमान ल्याउन् । सबै मामिलामा विशेषरूपमा शत्रुहरूविरुद्ध मद्दतबारे अल्लाहमाथि भरोसा गर्नुहोस् । भरोसा गर्नको लागि अल्लाह पर्याप्त हुनुहुन्छ । लोक र परलोक दुवैमा भक्तहरू आफ्ना सबै मामिलामा उहाँमाथि नै भरोसा गर्छन् ।
४९. हे मोमिनहरू हो ! यदि तिमीहरू मोमिन महिलाहरूसँग बिहे गरेपछि सहवास नगरिकन पारपाचुके दिन्छौ भने उनीहरूले अरूसँग बिहे गर्न तीन महिना वा तीन महिनवारीसम्म पर्खनु पर्दैन । किनभने यस्तो अवस्थामा गर्भ धारणको सम्भावना रहदैन । तिमीहरू आफ्नो सामर्थ्य अनुसार उनीहरूलाई धन-सम्पत्ति देऊ ताकि पारपाचुकेले गर्दा टुटेका मनलाई सान्त्वना मिलोस् ।
५०. हे नबी (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले महर तिरेर बिहे गरेका श्रीमतिहरू र दासीहरूलाई हामीले हलाल गर्यौं । यी दासीहरू तपाईंलाई हामीले युद्धमा प्रदान गर्यौं । हामीले तपाईंका लागि तपाईंसँग मक्कादेखि मदीनासम्म हिज्रत गरेकी महिलाहरूसँग बिहे गर्न हलाल गर्यौंः काकाकी छोरीहरू, ठूला बुवाकी छोरीहरू, फूपुकी छोरीहरू, मामाकी छोरीहरू, सानीमाकी छोरीहरू र ठूलीमाकी छोरीहरू । हामीले तपाईंको लागि यस्ता मोमिन महिलाहरूसँग बिहे गर्न पनि हलाल गरेका छौं जो बिना महर तपाईंसमक्ष समर्पित गर्छिन् । यो विशेषरूपमा तपाईंको लागि मात्र हलाल हो, अन्य मोमिनहरूको लागि हलाल छैन । मोमिनहरूले ४ भन्दा बढी श्रीमति एकसाथ राख्न पाउँदैनन् बरु दासीहरू जति पनि राख्न सक्छन् । उपर्युक्त केही महिलाहरूसँग बिहे विशेषरूपमा तपाईंको लागि हलाल गरेकाछौं, अन्य कसैको लागि गरेका छैनौं ताकि तपाईंलाई कुनै अप्ठ्यारो नहोस् । अल्लाह तौबा गर्ने भक्तहरूप्रति अति क्षमाशील र परम दयालु हुनुहुन्छ ।
५१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंले जुन श्रीमतिसँग राति बिताउन चाहनु हुन्न उनको पालोलाई स्थगित गर्न मिल्छ र जुन श्रीमतिसँग राति बिताउन चाहनुहुन्छ राति बिताउनु मिल्छ । श्रीमतिहरूको पालोमा अगाडि पछाडि गरेमा तपाईंलाई कुनै पाप लाग्दैन । श्रीमतिहरूको पालोमा उदार नीति अपनाउँदा उनीहरूका आँखालाई शीतलता प्राप्त हुनेछ र उनीहरू खुशी हुनेछिन् । तपाईंले उनीहरूप्रति रहेको जिम्मेबारी र हक पूरा गर्नुहुनेछ भन्ने उनीहरूलाई थाहा छ । हे पुरुषहरू हो ! तिमीहरूको हृदय महिलाहरूमध्ये केही महिलातर्फ बढी आकर्षित हुने कुरालाई अल्लाह जान्नुहुन्छ । अल्लाह सर्वज्ञ हुनुहुन्छ, भक्तहरूका कर्महरूलाई जान्नुहुन्छ । उहाँ सहनशील हुनुहुन्छ, भक्तहरूमाथि प्रकोप पठाउनमा हतार गर्नुहुन्न कि शायद तिनीहरूले तौबा गरुन् ।
५२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको संरक्षणमा रहेकी श्रीमतिहरूबाहेक अन्य महिलाहरूसँग बिहे गर्नु तपाईंको लागि जायज छैन । उनीहरूलाई र उनीहरूमध्ये केहीलाई पारपाचुके दिएर अन्य कुनै महिलासँग बिहे गर्नु पनि जायज छैन, चाहे अन्य महिला बढी सुन्दर होस् । तर दासीहरूलाई आफ्नो अधीनमा लिन सक्नुहुन्छ, यसमा संख्याको हदबन्दी छैन । अल्लाह हरेक वस्तुको रक्षा गर्नुहुन्छ । यस आदेशले मोमिनहरूकी आमाहरूको महत्व स्पष्ट हुन्छ । त्यसैले उनीहरूलाई पारपाचुके दिन र अन्य महिलाहरूसँग बिहे गर्न मनाहि गरिएको छ ।
५३. हे मोमिनहरू हो ! जब सम्म तिमीहरूलाई भोजनको लागि नबी (सल्लल्लाहु अलैहि व सल्लम) को घर आउने अनुमति मिल्दैन तब सम्म उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा प्रवेश नगर । भोजन पाक्ने प्रतीक्षामा लामो समयसम्म उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा नबस । बरु जतिखेर तिमीहरूलाई बोलाइन्छ त्यतिखेर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा प्रवेश गर अनि भोजन गरेपछि निस्किहाल । एक अर्काको कुरा सुन्दै थपक्क त्यहीँ नबस । तिमीहरूको थपक्क बसिरहनु नबी (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट दिन्छ तर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) तिमीहरूलाई यहाँबाट गइ हाल भन्न लजाउनुहुन्छ तर अल्लाह सत्य कुरा भन्न लजाउनुहुन्न । अतः तिमीहरूलाई लामो समय न बस्ने आदेश दिइन्छ ताकि तिमीरू उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट नदेऊ । उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतिहरूसँग कुनै भाँडा इत्यादि माग्दा पर्दा पछाडिबाट माग । उनीहरूको सुरक्षाको लागि र उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को उच्च स्थानको कदर गर्दै उनीहरूतर्फ फर्केर केही नमाग ताकि उनीहरूले तिमीहरूका आँखालाई हेरुन् । यो तिमीहरू र उनीहरूका मनलाई बढी शुद्ध राख्नेछ । ताकि शैतानले तिमीहरू र उनीहरूका हृदयहरूमा भ्रम उत्पन्न नगरोस् र दुष्कर्मलाई सुन्दर बनाएर नदेखाओस् । हे मोमिनहरू हो ! रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को घरमा थपक्क लामो समय सम्म बसेर उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट नदेऊ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को देहान्तपछि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) की श्रीमतिहरूसँग बिहे नगर, किनभने उनीहरू मोमिनहरूकी आमाहरू हुन् । आमासँग बिहे गर्नु कसैको लागि जायज छैन । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई यस्तो कष्ट दिनु हराम हो र अल्लाहको नजिक ठूलो पाप हो ।
५४. तिमीहरू आफ्ना कर्महरू खुल्लारूपमा गर वा लुकेर गर अल्लाहबाट अलि पनि गोप्य रहन सक्दैन । अल्लाह हरेक वस्तुका ज्ञाता हुनुहुन्छ । उहाँबाट केही पनि लुकेर रहन सक्दैन । उहाँले तिमीहरूका कर्महरूको बदला दिनुहुनेछ । राम्रो कर्मको राम्रो बदला र नराम्रो कर्मको नराम्रो बदला ।
५५. यिनीहरूले निम्न पुरुषहरूबाट पर्दा नगरेर कुरा गरेमा कुनै पाप लाग्दैनः बुवा, छोरा, साख्खै वा दूधे दाजु भाइ, भतिजा र भान्जा । उनीहरूलाई कुनै पाप लाग्दैन यदि उनीहरूसँग मोमिन महिला र दासले बिना पर्दा कुरा गर्छन् भने । हे मोमिन महिलाहरू हो ! अल्लाहको आदेश र उहाँले मनाहि गर्नुभएको कुरामा उहाँसँग डराऊ । तिमीहरूको कार्यमाथि उहाँ गवाह हुनुहुन्छ ।
५६. अल्लाह फरिश्ताहरूनजिक रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को प्रशंसा गर्नुहुन्छ र फरिश्ताहरू उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को लागि प्रार्थना गर्छन् । हे मोमिनहरू हो ! तिमीहरू पनि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को लागि दया र शान्तिको प्रार्थना गर ।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदरको आदेश दिएपछि उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट पुर्याउनबाट मनाहि गरिएको छ । अल्लाहले भन्नुभयोः
५७. निस्सन्देह जुन मानिसहरू अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई आफ्नो कुरा वा कार्यबाट कष्ट पुर्याउँछन् अल्लाह यस्ता मानिसहरूलाई लोक र परलोक दुवैमा आफ्नो कृपाबाट वञ्चित राख्नुहुनेछ र परलोकमा यस्ता मानिसहरूका लागि अपमानजनक यातना तयार पार्नुभएको छ ।
५८. जुन मानिसहरू मोमिन पुरुष र महिलाहरूलाई आफ्नो कुरा वा कार्यबाट कष्ट पुर्याउँछन् तिनीहरू झूठ र पापको बोझ बोक्छन् । अँ यदि उनीहरूले यस्तो पाप गर्छन् जसले गर्दा अनिवार्य रूपमा कष्ट दिनुपर्छ भने यो बेग्लै कुरा हो ।
५९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! आफ्ना श्रीमति, छोरी र मोमिनहरूकी महिलालाई भनिदिनुहोस्− उनीहरूले आफ्ना पिछ्यौराले आफ्ना अनुहार छोपेर निस्कुन् ताकि कुनै पनि अङ्ग अन्जान पुरुषसमक्ष देखा नपरोस् । यसले गर्दा उनीहरू स्वतन्त्र महिला हुन् भन्ने पहिचान हुन्छ र कसैले छेडखानी गर्दैन, जसरी दासीहरूसँग गरिन्छ । तौबा गर्ने भक्तहरूको पाप अल्लाह माफ गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
६०. भित्र कुफ्र पालेर बाहिर इस्लाम जाहिर गर्ने, काम इच्छा सम्बन्धि अश्लील कार्य गर्ने र मदीनामा झूठो खबर फैलाएर मोमिनहरूबीच फूट उत्पन्न गर्ने मोनाफिकहरूले यदि छल कपट त्यागेनन् भने हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तिनीहरूलाई सजाय दिने आदेश तपाईंलाई दिनेछौं र तपाईंलाई तिनीहरूमाथि तैनाथ गरिदेनेछौं अनि धर्तीमा आतङ्क फैलाएकोले तिनीहरू कि त मारिनेछन् कि त धपाइनेछन् र यसरी केही दिन मात्र मदीनामा बस्न सक्नेछन् ।
६१. अल्लाहको कृपाबाट टाढा पारिनेछन् । कपट र धर्तीमा आतङ्क मच्चाएकोले तिनीहरू जहाँ भेटिनेछन् समातिनेछन् र मारिनेछन् ।
६२. मोनाफिकहरूले स्पष्ट छल कपट गरेमा तिनीहरूको बारेमा यही अल्लाहको कानुन रहदै आएको छ । अल्लाहको कानुनमा कहिले पनि कुनै फेरबदल हुँदैन ।
६३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! बहुदेववादीहरू र यहूदीहरू इन्कार गर्ने मनसायले प्रश्न गर्छन्− महाप्रलय कहिले आउनेछ ? यिनीहरूलाई भनिदिनुहोस्− यसको समय अल्लाहलाई मात्र थाहा छ । मलाई यस बारेमा केही थाहा छैन । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई के थाहा, महाप्रलय अति नजिक छ कि ?
६४. निस्सन्देह अल्लाहले काफिरहरूलाई आफ्नो कृपाबाट टाढा पार्नुभयो । उहाँले महाप्रलयको दिन तिनीहरूका लागि ज्वलन्त आगो तयार पार्नुभएको छ जो तिनीहरूको प्रतीक्षामा छ ।
६५. तिनीहरू त्यस आगोमा सधैंको लागि रहनेछन् । तिनीहरूले फाइदा पुर्याउने मित्र र त्यस यातनाबाट बचाउने सहयोगी पाउने छैनन् ।
६६. महाप्रलयको दिन तिनीहरूलाई अनुहारको बल नर्कमा फ्याँकिनेछ । तिनीहरूले अति चिन्ता गर्दै भन्नेछन्− हामीहरूले सांसारिक जीवनमा अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाही गर्नुभएका कार्यहरूलाई त्यागेर अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञापालन गरेको भए कति जाति हुन्थ्यो ।
६७. तिनीहरूले झुठा प्रमाण प्रस्तुत गर्दै भन्नेछन्− हे हाम्रा पालनकर्ता ! हामीहरूले आफ्ना अगुवाहरूको अनुसरण गर्यौं अनि तिनीहरूले हामीहरूलाई सीधा मार्गबाट पथभ्रष्ट गरे ।
६८. हे हाम्रा पालनकर्ता ! हामीहरूलाई पथभ्रष्ट पार्ने यी अगुवाहरूलाई दुई गुणा यातना दिनुहोस् । एउटा तिनीहरूको पथभ्रष्टताको र अर्को हामीहरूलाई पथभ्रष्ट पारेको । तिनीहरूलाई आफ्नो कृपाबाट धेरै टाढा पार्नुहोस् ।
६९. हे मोमिनहरू हो ! तिमीहरू ती मानिसहरू जस्तै आफ्ना रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई कष्ट नपुर्याऊ जुन मानिसहरूले आफ्ना रसूल मूसा (अलैहिस्सलाम) लाई कष्ट पुर्याए । तिनीहरूले उनको जिउमा आक्ष्रेप लगाए । तिनीहरूले लगाएको आक्षेपबाट अल्लाहले उनलाई मुक्त पार्नुभयो । मूसा (अलैहिस्सलाम) अल्लाहनजिक प्रतिष्ठित थिए ।
७०. हे मोमिनहरू हो ! अल्लाहका आदेशहरूको पालना गर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ र सीधा र सच्चा कुरा भन ।
७१. यदि तिमीहरू अल्लाहसित डराउँछौ र सत्य कुरा गर्छौ भने अल्लाहले तिमीहरूको कर्महरूलाई ठीक पार्नुहुनेछ, त्यसलाई स्वीकार गर्नुहुनेछ र तिमीहरूका पापहरूलाई माफ गर्नुहुनेछ । त्यसले गर्दा उहाँले पकड गर्नुहुने छैन । अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आज्ञाकारीहरू नै ठूलो सफलता प्राप्त गर्नेछन् । त्यो सफलता हो अल्लाहको प्रसन्नता प्राप्त गर्नु र स्वर्गमा प्रवेश गर्नु ।
७२. हामीले इस्लामी कानुन र धन-सम्पत्ति जोगाउने कानुनको पाबन्दीको प्रस्ताव आकाशहरू, पृथ्वी र पहाडसमक्ष प्रस्तुत गर्यौं तर तिनीहरूले यस प्रस्तावलाई स्वीकार गरेरनन् र यसको परीणामबाट डराए । तर मानवले यसलाई स्वीकार गर्यो । मानवले यसलाई स्वीकार गरेर आफूमाथि अत्याचार गर्यो किनभने उसलाई यसको परिणामबारे ज्ञान छैन ।
७३. मानवले यस कारणले स्वीकार गर्यो कि यो भाग्यमा लेखिएको थियो । ताकि अल्लाहले मोनाफिक र बहुदेववादी पुरुष र महिलालाई तिनीहरूको छल कपट र शिर्कले गर्दा यातना देउन् । मोमिन पुरष तथा महिलाले यस कानुनको पालना गरेकाले उनीहरूका तौबा स्वीकार गरुन् । अल्लाह तौबा गर्ने भक्तहरूको पाप माफ गर्नुहुन्छ र उनीहरूमाथि दया गर्नुहुन्छ ।
टिप्पणियाँ
एक टिप्पणी भेजें