शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१ अलिफ० लाम० रा०! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । यी महान आयतहरू हुन् । यी ईशग्रन्थ एवं स्पष्ट कुर्आनका आयतहरू हुन्, जसबाट यो प्रमाणित हुन्छ कि यी अल्लाहको तर्फबाट अवतरण गरिएका छन् । कुर्आनका यी महान आयतहरू के प्रमाणित गर्दछ भने यो कुर्आन अल्लाहको तर्फबाट अवतरित गरिएको छ । यी आयतहरू एकेश्वरवाद र इस्लामी कानुनहरूलाई स्पष्ट पार्छन् । २. महाप्रलयको दिन काफिरहरूसमक्ष जब मामिला स्पष्ट हुन्छ र तिनीहरू असत्यमा छन् भन्ने कुरा छर्लङ्ग हुन्छ तब तिनीहरू संसारमा मुस्लिम भएका भए भन्ने कुराको कामना गर्नेछन् । ३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई जनावर झैं खाँदै-पिउँदै र मोज मस्ती गर्दै छोडिदिनुहोस् । झूठा आशाहरूले तिनीहरूलाई ईमान र सत्कर्मबाट भुल्याइ राखुन् । महाप्रलयको दिन तिनीहरू अल्लाहसमक्ष पुग्दा चाँडै नै घाटामा परेको कुरा थाहा पाउनेछन् ।४. हामीले जति पनि अत्याचारी समुदायहरूलाई नष्ट पार्छौं ती सबैका सर्वनाशको लागि एउटा निश्चित समय हाम्रो ज्ञानमा छ । त्यस निश्चित समयभन्दा त्यो सर्वनाश न पहिला आउँछ न पछि । ५. जुनसुकै समुदायको सर्वनाश त्यसको निश्चित समयमा नै आउँछ । निश्चित समय आएपछि अलि पनि ढीलो गरिँदैन । अल्लाहले दिनुभएको यस अवसरबाट अत्याचारीहरूले धोका खानुहुंदैन ।६. मक्काका काफिरहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई भने– हे त्यो व्यक्ति जसमाथि यो उपदेश अवतरण गरिएको छ ! वास्तवमा तिमी यस दावीले गर्दा बौलाहा हौ । ७. यदि तिमी सच्चा रसूल हौ र तिमीले वाचा गरेको प्रकोपको अवतरण सत्य हो भने हामीसमक्ष गवाही दिन फरिश्ताहरू किन ल्याउंदैनौ ?८. अल्लहले तिनीहरूको मागको जवाफ दिंदै भन्नुभयो– हामीले फरिश्ताहरूलाई निर्णय अनुसार त्यतिखेर मात्र पठाउने गर्छौं जब त्यस समुदायको विनाश नजिक हुन्छ । यदि फरिश्ताहरूको आगमन हुंदा तिनीहरू ईमान ल्याएका हुंदैनन् भने तिनीहरूलाई अलिकति पनि अवसर दिइंदैन बरु तुरुन्तै प्रकोप पठाइन्छ ।९. निस्सन्देह हामीले नै कुर्आनलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को हृदयमाथि अवतरण गर्यौं । कुर्आनको अवतरणको उद्देश्य मानिसहरूलाई उपदेश दिनु हो । हामीले नै यसमा फेर बदल र थप घट हुनबाट सुरक्षा गर्नेछौं ।१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिलेका समुदायहरूमा पनि रसूलहरू पठायौं । तर तिनीहरूले झूठो ठहर गरे । झूठो ठहर गरिने तपाईं नौलो रसूल हुनुहुन्न ।११. विगतमा रसूलहरू आउंदा उनीहरूका समुदायहरूले झूठो ठहर गरे र ठट्टा गरे ।१२. जसरी हामीले विगतका समुदायहरूका हृदयहरूमा झूठो ठहर गर्ने प्रवृत्ति उत्पन्न गर्यौं त्यसरी नै हामीले मक्काका बहुदेववादीहरूको विमुख हुनु र जिद्दी गर्नुको कारणले तिनीहरूको हृदयहरूमा झूठो ठहर गर्ने प्रावृत्ति उत्पन्न गर्नेछौं ।१३. तिनीहरूले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित कुर्आनमाथि ईमान ल्याउने छैनन् । विगतमा झूठो ठहर गर्ने समुदायहरूलाई नष्ट पारिएका उदाहरणहरू बिति सकेका छन् । तपाईंलाई झूठो ठहर गर्नेहरूले विगतका समुदायहरूका परिणामबाट पाठ लिनुपर्छ ।१४. यी झूठा ठहर गर्नेहरू शत्रुतामा धेरै अगाडि बढेका छन् । विभिन्न प्रमाणहरूबाट सत्य जति पनि स्पष्ट भए पनि र हामीले तिनीहरूका लागि आकाशको कुनै ढोका खोले पनि र तिनीहरू त्यसमा चढ्न थाले पनि ईमान ल्याउने छैनन् ।१५. यी प्रमाणहरू देखेपछि तिनीहरूले भन्नेछन्– हाम्रा आँखाहरूलाई धोका भइरहेको छ । बरु हामीमाथि जादू गरिएको छ ।१६. हामीले आकाशमा ठूला ठूला ताराहरू सृष्टि गर्यौं । यी ताराहरूबाट यात्रुहरू जल र थलका अन्धकारमा यात्रा गर्दा मार्ग पाउने गर्छन् । यी ताराहरूलाई हामीले दर्शकहरूका लागि सुन्दर बनायौं ताकि उनीहरूले अल्लाहका शक्तिलाई प्रमाणित गरुन् ।१७. हामीले आकाशलाई प्रत्येक अल्लाहका कृपाबाट टाढा पारिएका शैतानबाट सुरक्षित पारेका छौं ।१८. यदि कसैले लुकीछिपी मलए आला (महा-सभा) बाट सुन्ने प्रयास गर्छ भने एउटा ज्वलन्त आगोको शिखाले त्यसलाई पछ्याउँछ र त्यसलाई जलाइ दिन्छ ।१९. हामीले पृथ्वीलाई फैलायौं ताकि मानिसहरू त्यसमा बस्न सकुन् । हामीले पृथ्वीमा भारी भर्कम पहाडहरू गाड्यौं ताकि ती मानिसहरूलाई लिएर नढल्कोस् । हामीले त्यसमा नाना प्रकारका बनस्पतिहरू उमार्यौं जो आवश्यक्ता अनुसार निश्चित मात्रामा छ ।२०. हे मानव ! तिमीहरू जबसम्म यस सांसारिक जीवनमा रहनेछौ तबसम्म हामीले जीविका प्रदान गर्नेछौं । हामी तिमीहरूबाहेक अन्य मानव र प्राणीहरूलाई पनि जीविका प्रदान गर्दैछौं । तिनीहरूलाईतिमीहरू जीविका प्रदान गरिरहेका छैनौ ।२१. सबै मानव र प्राणीहरूलाई लाभ र जीविका प्रदान गर्ने साधन र क्षमता मात्र हामीसँग छ । हामीले जे पनि सृष्टि गर्छौं आवश्यक्ता र चाहना अनुसार निश्चित मात्रामा सृष्टि गर्छौं ।२२. हामी नै बादललाई उर्वर पार्ने हावा पठाउँछौं । अनि ती बादलहरूबाट पानी बर्साउँछौं । अनि हामी वर्षाको पानीबाट तिमीहरूलाई खुवाउँछौं । हे मानव ! ती पानीलाई धर्तीका मूल र ईनारको रूपमा जम्मा गरेर राख्ने सामर्थ्य छैन । अल्लाहले नै ती पानीलाई जम्मा गरेर राख्नुभयो ।२३. हामी नै सृष्टिलाई अस्तित्वमा ल्याएर र मृतहरूलाई जीवित पारेर सृष्टि गर्छौं । हामी नै जीवित सृष्टिहरूलाई तिनीहरूको उमेर पूरा भएपछि मृत्यु दिन्छौं । हामी नै बाँकी रहनेछौं र धर्ती तथा यसमा रहेका सृष्टिहरूका उत्तराधिकारी हौं ।२४. तिमीहरूमध्ये पहिला जन्म लिएर बितेका र पछि जन्म लिएर बितेका मानिसहरूलाई पनि हामी जान्दछौं । कुनै पनि वस्तु मबाट लुकेको छैन ।२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताले महाप्रलयको दिन सबै मानिसहरूलाई एकत्रित गर्नुहुनेछ अनि सत्कर्मीलाई राम्रो बदला र दुष्कर्मीलाई सजाय दिनुहुनेछ । उहाँ आफ्ना कार्य सञ्चालनमा विवेकशील हुनुहुन्छ । उहाँ सर्वज्ञ हुनुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन ।२६. हामीले मानिसलाई कुहिएर सुकेको डल्लो माटोबाट सृष्टि गरेका हौं, जसमा फुकिँदा आवाज आउँछ । त्यो माटो कालो थियो र धेरै दिन बितेको ले त्यस माटोमा बासना उत्पन्न भएको थियो । २७. हामीले जिन्नका पूर्वजलाई आदम (अलैहिस्सलाम) भन्दा पहिले नै ज्वलन्त आगोबाट सृष्टि गरेका थियौं ।२८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् जब अल्लाहले फरिश्ताहरू र उनीहरूसँग बसेको इब्लीसलाई भन्नुभयो– म कुहिएर सुकेको डल्लो, कालो, र सडेको माटोबाट एकजना मानव धर्तीमा सृजना गर्दैछु ।२९. जब म पूर्णरूपले त्यसको रूप रेखा बनाइसक्छु र त्यसभित्र आफ्नो आत्मा फुकिसक्छु तब तिमीहरू उसकासामु सज्दा गर । यो सज्दा मेरो आदेशको पालना गर्दै र आदम (अलैहिस्सलाम) लाई सलामी दिनको लागि गर । ३०. सबै फरिश्ताहरूले अल्लाहको आदेशको पूर्ण पालना गर्दै सज्दा गरे । ३१. फरिश्ताहरूसँग बसेको तर उनीहरूमध्ये नरहेको इब्लीसले आदम (अलैहिस्सलाम) को सज्दा गर्न इन्कार गर्यो ।३२. आदम (अलैहिस्सलाम) समक्ष सज्दा गर्न इन्कार गरेपछि अल्लाहले इब्लीसलाई सोध्नुभयो– तिमी फरिश्ताहरूसँग मेरो आदेशको पालना गर्दै आदम (अलैहिस्सलाम) समक्ष कुन कारणले सज्दा गरेनौ ? ३३. इब्लीसले घमण्ड गर्दै भन्यो– मेरो लागि त्यस मानवसामु सज्दा गर्नु ठीक छैन जसलाई तपाईंले कुहिएर सुकेको डल्लो र कालो माटोबाट सृष्टि गर्नुभयो ।३४. अल्लाहले इब्लीसलाई आदेश दिनुभयो– स्वर्गबाट निस्क । निश्चय नै तिमी मेरो कृपाबाट टाढा भयौ ।३५. निस्सन्देह महाप्रलयको दिनसम्म तिमीलाई धिक्कारियो र मेरो कृपाबाट टाढा पारियौ ।३६. इब्लीसले भन्यो– हे मेरा पालनकर्ता ! प्राणीहरूलाई पुनः जीवित पारिने दिनसम्मको लागि मलाई अवसर प्रदान गर्नुहोस् र मृत्यु नदिनुहोस् ।३७. अल्लाहले भन्नुभयो– तिमीलाई अवसर दिइंदैछ । तिमीलई मृत्युले समात्ने छैन । ३८. यो अवसर तिमीलाई महाप्रलयको दिन पहिलो पटक नर्सिङ्घामा फुँकिनेसम्म दिइंदैछ । ३९. इब्लीसले भन्यो– हे पालनकर्ता ! जसरी तपाईंले मलाई पथभ्रष्ट गर्नुभयो म अवश्य नै धर्तीमा मानिसहरूका लागि तिनीहरूका पापहरूलाई सुन्दर बनाएर देखाउनेछु र ती सबैलाई सीधा मार्गबाट पथभ्रष्ट पार्नेछु ।४०. तपाईंले आफ्नो भक्तिको लागि छान्नु भएका मानिसहरूलाई पथभ्रष्ट पार्न म सक्दिन ।४१. अल्लाहले भन्नुभयो– मसम्म पुग्ने यही सीधा र सन्तुलित मार्ग हो ।४२. मेरा निष्कप्ट भक्तहरूलाई तिमी पथभ्रष्ट गर्न सक्ने छैनौ । तिमी ती व्यक्तिहरूलाई मात्र पथभ्रष्ट गर्न सक्नेछौ जसले तिम्रो अनुसरण गर्नेछन् । ४३. निस्सन्देह नर्क नै इब्लीस र उसका सबै पथभ्रष्ट अनुयायीहरूको बास-स्थान हो ।४४. नर्कका सातवटा ढोकाहरू छन् । प्रत्येक ढोकाबाट इब्लीसका निश्चित अनुयायीहरू प्रवेश गर्नेछन् । ४५. अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित गरिएका कार्यहरूलाई त्यागेर उहाँसँग डराउने मानिसहरू निस्सन्देह स्वर्गका बगैँचा र पानीका मूलहरूबीच रहनेछन् ।४६. उनीहरूलाई स्वर्गमा प्रवेश गर्दा भनिनेछ– सबै किसिमका सङ्कट र डरहरूबाट सुरक्षित भएर शान्तिपूर्वक यसमा प्रवेश गर ।४७. हामीले उनीहरूका हृदयमा रहेका सबै डाहा र शत्रुतालाई समाप्त पार्नेछौं । उनीहरू परस्पर प्रेमका साथ भाइभाइ बनेर एक अर्काको अवलोकन गर्दै पलङमाथि बस्नेछन् ।४८. उनीहरूलाई त्यहाँ कुनै थकाइ लाग्दैन । उनीहरूलाई त्यहाँबाट कहिल्यै निकालिने छैन, बरु सदा सर्वदा रहनेछन् । ४९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) !) मेरा भक्तहरूलाई सूचित गरिदिनुहोस्– म तौबा गर्नेहरूलाई माफ गर्छु र दया गर्छु । ५०. उनीहरूलाई सूचित गरिदिनुहोस्- मेरो यातना पनि अति दुःखदायी छ । अतः मेरो क्षमा पाउन र यातनाबाट सुरक्षित रहन तिनीहरूले तौबा गरुन् ।५१. उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) कहाँ आएका पाहुनाहरूको बारेमा बताउनुहोस् । उनीहरू फरिश्ता थिए र उनलाई पुत्रको शुभसूचना दिन र लूत (अलैहिस्सलाम) को समुदायलाई नष्ट गर्न आएका थिए ।५२. फरिश्ताहरूले इब्राहीम (अलैहिस्सलाम) समक्ष उपस्थित भएर सलाम गरे अनि उनले झन राम्रो तरिकाले जवाफ दिए । उनले उनीहरूलाई मानव ठानेर बाछो भुटेर ल्याए । जब तिनीहरूले खाना खाएनन् तब उनले भने– मलाई तिमीहरूबाट डर महसूस हुँदैछ ।५३. उनीहरूले भने– नडराउनुस् ! हामी तपाईंलाई एउटा ज्ञानी पुत्रको शुभ-सूचना दिन्छौं ।५४. इब्राहीम (अलैहिस्सलाम) ले आश्चर्य प्रकट गर्दै भने– के तिमीहरूले मलाई यस बुढेसकालमा पुत्रको शुभ-सूचना दिइरहेका छौ ? यो शुभ-सूचना तिमीहरू कुन आधारमा दिइरहेका छौ त ?५५. उनीहरूले भने– हामीहरूले तपाईलाई दिरहेको शुभ-सूचना सत्य हो । यसमा कुनै सन्देह छैन । अतः तपाई यस शुभ-सूचनाप्रति निराश नहुनुस् ।५६. इब्राहीम (अलैहिस्सलाम) ले भने– के पथभ्रष्टहरू मात्र आफ्नो पालनकर्ताको कृपाबाट निराश हुँदैन र ? ! ५७. उनले थप सोधे– हे अल्लाहका फरिश्ताहरू ! तिमीहरूलाई कुन विशेष कार्यको लागि पठाइएको छ ?५८. उनीहरूले जवाफ दिए– हामीहरूलाई एउटा ठूलो आतंकी र अपराधी समुदाय लूत (अलैहिस्सलाम) को समुदायतर्फ पठाइएको छ ।५९. लूत (अलैहिस्सलाम) र उनका मोमिन अनुयायीहरूलाई हामीले विनाशबाट सुरक्षित राख्नेछौं ।६०. लूत (अलैहिस्सलाम) की पत्नी विनाश हुनेहरूमध्ये पर्नेछे भन्ने निर्णय भइसकेको छ ।६१. पठाइएका फरिश्ताहरू मानवको रूपमा लूत (अलैहिस्सलाम) को घर पुगे,६२. लूत (अलैहिस्सलाम) ले भने– अपरिचित मानिसहरू ।६३. फरिश्ताहरूले भने– हे लूत ! नडराउनु, हामी तिनीहरूका लागि विनाशकारी प्रकोप लिएर आएका छौं । यो सत्य कुरा हो, कुनै ठट्टा होइन ।६४. हामी तपाईंसमक्ष वास्तविक कुरा लिएर आएका छौं । हामीहरू सूचना दिनमा सच्चा हौं ।६५. अतः तपाईं आफ्ना परिवारसहित अनुयायीहरूलाई लिएर रात ढलेपछि प्रस्थान गर्नुहोस् । तपाईं स्वयम् उनीहरूको पछि-पछि हिंड्नुहोस् । तिनीहरूसँग के हुँदैछ भन्ने कुरा तपाईंहरूमध्ये कसैले पनि पछाडि फर्केर नहेरोस् । तपाईंहरूलाई जहाँ जाने आदेश भएको छ त्यहीँ जानुहोस् ।६६. हामीले लूत (अलैहिस्सलाम) लाई वही (प्रकाशना) द्वारा सूचित गर्यौं- बिहानी हुंदै तिनीहरूलाई जरोबाट सर्वनाश गर्नेछौं ।६७. सदूम बासीहरू लूत (अलैहिस्सलाम) का पाहुनाहरूसँग अश्लील कार्य गर्ने मनसायले हर्षोल्लासका साथ आए ।६८. लूत (अलैहिस्सलाम) ले भने– यिनीहरू मेरा पाहुनाहरू हुन् तसर्थ तिमीहरू आफ्नो इच्छा पूरा गरेर मेरो बेइज्जती नगर ।६९. अल्लाहसँग डराऊ र अश्लील कार्य नगर । यस्तो घृणित कार्य गरेर मेरो बेइज्जती नगर ।७०. समुदायले भन्यो– तिमीलाई कसैको पाहुना सत्कार गर्नबाट हामीले मनाही गरेका थिएनौं र ?७१. लूत (अलैहिस्सलाम) ले पाहुनाहरूसमक्ष मुटुमाथि ढुङ्गा राखेर तिनीहरूलाई भने– यदि तिमीहरू आफ्ना काम-इच्छा पूरा गर्नै चाहन्छौ भने यी तिमीहरूका महिलाहरूमध्ये मेरा केटीहरू हुन्, यिनीहरूसँग बिहे गर । ७२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको उमेरको कसम ! लूत (अलैहिस्सलाम) को समुदाय काम-इच्छाको नशामा चूर भइरहेका थिए ।७३. अन्ततः सूर्योदय हुनासाथ एउटा प्रचण्ड धमाकाले तिनीहरूलाई समात्यो ।७४. हामीले तिनीहरूका गाउँहरूलाई घोप्टो पारिदियौं र तिनीहरूमाथि माटो मिसिएको ढुङ्गाको वर्षा गरिदियौं ।७५. निस्सन्देह लूत (अलैहिस्सलाम) को समुदायको यस विनाशमा सोच-विचार गर्ने व्यक्तिहरूका लागि धेरै निशानीहरू छन् ।७६. लूत (अलैहिस्सलाम) को समुदायका गाउँका निशानहरू मूलबाटोमा छ । त्यहाँबाट यात्रुहरू सजिलै देख्छन् । ७७. निस्सन्देह यस प्रकोपमा उपदेश ग्रहण गर्ने मोमिनहरूका लागि पाठ छ ।७८. निस्सन्देह घना रूख भएका गाउँका बासिन्दा शुएब (अलैहिस्सलाम) को समुदाय पनि अत्याचारी थिए । तिनीहरूले अल्लाहको इनकार र शुएब (अलैहिस्सलाम) लाई झूठा ठहर गरेर अत्याचार गरे ।७९. हामीले तिनीहरूलाई प्रकोप दिएर तिनीहरूसित बदला लियौं । लूत (अलैहिस्सलाम) र शुएब (अलैहिस्सलाम) दुवैका समुदायहरूका गाउँहरूका निशानहरू खुल्ला मार्गमा छन् । ८०. समूद समुदायले आफ्ना रसूल सालेह (अलैहिस्सलाम) लाई झूठो ठहर गरे । एकजना रसूललाई झूठो ठहर गर्नु सबै रसूलहरूलाई झूठा ठहर गर्नु हो । तिनीहरू हिजाज र सिरियाबीच हिज्रमा बसेका थिए । ८१. हामीले तिनीहरूलाई निशानी र प्रमाणहरू पनि प्रदान गर्यौं । ती निशानीहरूमध्ये सालेह (अलैहिस्सलाम) लाई प्रदान गरिएको ऊँटनी पनि थियो । तर तिनीहरूले त्यसबाट कुनै पाठ लिएनन् र कुनै पर्वाह गरेनन् । ८२. तिनीहरू पहाडहरूलाई खोपेर त्यसमा शान्तिपूर्वक बस्न घरहरू बनाउने गर्थे । ८३. भयङ्कर आवाजको प्रकोपले बिहान हुँदाहुँदै तिनीहरूलाई समात्यो ।८४. तिनीहरूले आर्जन गरेका धन-सम्पत्ति र घरले अल्लाहको प्रकोपबाट तिनीहरूलाई जोगाउन सकेनन् ।८५. हामीले आकाशहरू, पृथ्वी र यी दुवै बीचमा रहेका सम्पूर्ण वस्तुहरूलाई बिना उद्देश्य र बिना कारण सृष्टि गरेका छैनौं । बरु हामीले यी सबैलाई उद्देश्यका साथ सृष्टि गरेका छौं । महाप्रलय अवश्य नै आउनेछ । अतः हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं झूठा ठहर गर्नेहरूलाई नजरअन्दाज गर्नुहोस् र तिनीहरूलाई माफ गर्नुहोस् । ८६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता नै हरेक वस्तुका महान सृष्टिकर्ता र सर्वज्ञ हुनुहुन्छ ।८७. निस्सन्देह हामीले तपाईंलाई पटक पटक दोहोर्याएर पढिने सातवटा आयतहरूमा आधारित सूरह अल-फातिहा र यो महान कुर्आन प्रदान गरेका छौं ।८८. हामीले काफिरहरूलाई प्रदान गरेका विभिन्न प्रकारका धन-सम्पत्ति र सर-सामानतर्फ न हेर्नुहोस् । तिनीहरूले झूठो ठहर गरेकोमा न पछुताउनुहोस् । मोमिनहरूसँग नम्रताको व्यवहार गर्नुहोस् ।८९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– म स्पष्ट रूपमा सचेतक हुँ । अल्लाहको प्रकोपबाट सावधान गर्छु ।९०. सावधान ! ईश्वरीय किताबका केही भागमाथि ईमान ल्याउने र केही भागको इन्कार गर्नेहरूलाई जस्तो खालको प्रकोपले समात्यो तिमीहरूलाई पनि त्यसले नसमातोस् ।९१. काफिरहरूले कुर्आनलाई विभिन्न भागमा बाँडे र भने यो जादू वा नक्षत्रको ज्ञान वा कविता हो । ९२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताको कसम ! कुर्आनलाई विभिन्न भागमा बाँड्नेहरूसित हामीले महाप्रलयको दिन अवश्य सोधपुछ गर्नेछौं,९३. तिनीहरूले संसारमा गर्ने गरेका कुफ्र र अवज्ञाबारे हामीले सोधपूछ गर्नेछौं ।९४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई अल्लाहले इस्लामको सन्देश पुर्याउने जुन आदेश दिनुभएको छ त्यो खुल्लारूपमा गरिराख्नुस् । बहुदेववादीहरूको भनाइ र गराइतर्फ ध्यान नदिनुहोस् ।९५. तिनीहरूसित नडराउनुस् । हामी ठट्टा गर्ने कुरैशका अगुवाहरूका चलखेललाई विफल पार्न तपाईंको लागि पर्याप्त छौं ।९६. तिनीहरू नै अल्लाहसित अर्को पूज्य बनाउने गर्दछन् । अतः चाँडै नै तिनीहरूले घृणित शिर्कको परिणाम जान्नेछन् ।९७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूको झूटो ठहर गर्ने र ठट्टाले तपाईंका हृदय दुखित हुन्छ भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । ९८. अतः तपाईं अल्लाहको शान अनुसार उहाँको पवित्रता र प्रशंसा गरेर उहाँतर्फ फर्कनुस् । उहाँकै भक्ति गर्नुस् र उहाँको लागि सलाह कायम गर्नुस् । यसैमा तपाईंको हृदयको पीडाको उपचार छ । ९९. जीवित रहुन्जेल निरन्तर र सधैं अल्लाहकै उपासना गर्नुस् । यहाँसम्म कि अल्लाहको भक्ति गर्दा गर्दै तपाईंको मृत्यु होस् ।
१ अलिफ० लाम० रा०! यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ । यी महान आयतहरू हुन् ।
यी ईशग्रन्थ एवं स्पष्ट कुर्आनका आयतहरू हुन्, जसबाट यो प्रमाणित हुन्छ कि यी अल्लाहको तर्फबाट अवतरण गरिएका छन् । कुर्आनका यी महान आयतहरू के प्रमाणित गर्दछ भने यो कुर्आन अल्लाहको तर्फबाट अवतरित गरिएको छ । यी आयतहरू एकेश्वरवाद र इस्लामी कानुनहरूलाई स्पष्ट पार्छन् ।
२. महाप्रलयको दिन काफिरहरूसमक्ष जब मामिला स्पष्ट हुन्छ र तिनीहरू असत्यमा छन् भन्ने कुरा छर्लङ्ग हुन्छ तब तिनीहरू संसारमा मुस्लिम भएका भए भन्ने कुराको कामना गर्नेछन् ।
३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई जनावर झैं खाँदै-पिउँदै र मोज मस्ती गर्दै छोडिदिनुहोस् । झूठा आशाहरूले तिनीहरूलाई ईमान र सत्कर्मबाट भुल्याइ राखुन् । महाप्रलयको दिन तिनीहरू अल्लाहसमक्ष पुग्दा चाँडै नै घाटामा परेको कुरा थाहा पाउनेछन् ।
४. हामीले जति पनि अत्याचारी समुदायहरूलाई नष्ट पार्छौं ती सबैका सर्वनाशको लागि एउटा निश्चित समय हाम्रो ज्ञानमा छ । त्यस निश्चित समयभन्दा त्यो सर्वनाश न पहिला आउँछ न पछि ।
५. जुनसुकै समुदायको सर्वनाश त्यसको निश्चित समयमा नै आउँछ । निश्चित समय आएपछि अलि पनि ढीलो गरिँदैन । अल्लाहले दिनुभएको यस अवसरबाट अत्याचारीहरूले धोका खानुहुंदैन ।
६. मक्काका काफिरहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई भने– हे त्यो व्यक्ति जसमाथि यो उपदेश अवतरण गरिएको छ ! वास्तवमा तिमी यस दावीले गर्दा बौलाहा हौ ।
७. यदि तिमी सच्चा रसूल हौ र तिमीले वाचा गरेको प्रकोपको अवतरण सत्य हो भने हामीसमक्ष गवाही दिन फरिश्ताहरू किन ल्याउंदैनौ ?
८. अल्लहले तिनीहरूको मागको जवाफ दिंदै भन्नुभयो– हामीले फरिश्ताहरूलाई निर्णय अनुसार त्यतिखेर मात्र पठाउने गर्छौं जब त्यस समुदायको विनाश नजिक हुन्छ । यदि फरिश्ताहरूको आगमन हुंदा तिनीहरू ईमान ल्याएका हुंदैनन् भने तिनीहरूलाई अलिकति पनि अवसर दिइंदैन बरु तुरुन्तै प्रकोप पठाइन्छ ।
९. निस्सन्देह हामीले नै कुर्आनलाई मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) को हृदयमाथि अवतरण गर्यौं । कुर्आनको अवतरणको उद्देश्य मानिसहरूलाई उपदेश दिनु हो । हामीले नै यसमा फेर बदल र थप घट हुनबाट सुरक्षा गर्नेछौं ।
१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंभन्दा पहिलेका समुदायहरूमा पनि रसूलहरू पठायौं । तर तिनीहरूले झूठो ठहर गरे । झूठो ठहर गरिने तपाईं नौलो रसूल हुनुहुन्न ।
११. विगतमा रसूलहरू आउंदा उनीहरूका समुदायहरूले झूठो ठहर गरे र ठट्टा गरे ।
१२. जसरी हामीले विगतका समुदायहरूका हृदयहरूमा झूठो ठहर गर्ने प्रवृत्ति उत्पन्न गर्यौं त्यसरी नै हामीले मक्काका बहुदेववादीहरूको विमुख हुनु र जिद्दी गर्नुको कारणले तिनीहरूको हृदयहरूमा झूठो ठहर गर्ने प्रावृत्ति उत्पन्न गर्नेछौं ।
१३. तिनीहरूले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरित कुर्आनमाथि ईमान ल्याउने छैनन् । विगतमा झूठो ठहर गर्ने समुदायहरूलाई नष्ट पारिएका उदाहरणहरू बिति सकेका छन् । तपाईंलाई झूठो ठहर गर्नेहरूले विगतका समुदायहरूका परिणामबाट पाठ लिनुपर्छ ।
१४. यी झूठा ठहर गर्नेहरू शत्रुतामा धेरै अगाडि बढेका छन् । विभिन्न प्रमाणहरूबाट सत्य जति पनि स्पष्ट भए पनि र हामीले तिनीहरूका लागि आकाशको कुनै ढोका खोले पनि र तिनीहरू त्यसमा चढ्न थाले पनि ईमान ल्याउने छैनन् ।
१५. यी प्रमाणहरू देखेपछि तिनीहरूले भन्नेछन्– हाम्रा आँखाहरूलाई धोका भइरहेको छ । बरु हामीमाथि जादू गरिएको छ ।
१६. हामीले आकाशमा ठूला ठूला ताराहरू सृष्टि गर्यौं । यी ताराहरूबाट यात्रुहरू जल र थलका अन्धकारमा यात्रा गर्दा मार्ग पाउने गर्छन् । यी ताराहरूलाई हामीले दर्शकहरूका लागि सुन्दर बनायौं ताकि उनीहरूले अल्लाहका शक्तिलाई प्रमाणित गरुन् ।
१७. हामीले आकाशलाई प्रत्येक अल्लाहका कृपाबाट टाढा पारिएका शैतानबाट सुरक्षित पारेका छौं ।
१८. यदि कसैले लुकीछिपी मलए आला (महा-सभा) बाट सुन्ने प्रयास गर्छ भने एउटा ज्वलन्त आगोको शिखाले त्यसलाई पछ्याउँछ र त्यसलाई जलाइ दिन्छ ।
१९. हामीले पृथ्वीलाई फैलायौं ताकि मानिसहरू त्यसमा बस्न सकुन् । हामीले पृथ्वीमा भारी भर्कम पहाडहरू गाड्यौं ताकि ती मानिसहरूलाई लिएर नढल्कोस् । हामीले त्यसमा नाना प्रकारका बनस्पतिहरू उमार्यौं जो आवश्यक्ता अनुसार निश्चित मात्रामा छ ।
२०. हे मानव ! तिमीहरू जबसम्म यस सांसारिक जीवनमा रहनेछौ तबसम्म हामीले जीविका प्रदान गर्नेछौं । हामी तिमीहरूबाहेक अन्य मानव र प्राणीहरूलाई पनि जीविका प्रदान गर्दैछौं । तिनीहरूलाईतिमीहरू जीविका प्रदान गरिरहेका छैनौ ।
२१. सबै मानव र प्राणीहरूलाई लाभ र जीविका प्रदान गर्ने साधन र क्षमता मात्र हामीसँग छ । हामीले जे पनि सृष्टि गर्छौं आवश्यक्ता र चाहना अनुसार निश्चित मात्रामा सृष्टि गर्छौं ।
२२. हामी नै बादललाई उर्वर पार्ने हावा पठाउँछौं । अनि ती बादलहरूबाट पानी बर्साउँछौं । अनि हामी वर्षाको पानीबाट तिमीहरूलाई खुवाउँछौं । हे मानव ! ती पानीलाई धर्तीका मूल र ईनारको रूपमा जम्मा गरेर राख्ने सामर्थ्य छैन । अल्लाहले नै ती पानीलाई जम्मा गरेर राख्नुभयो ।
२३. हामी नै सृष्टिलाई अस्तित्वमा ल्याएर र मृतहरूलाई जीवित पारेर सृष्टि गर्छौं । हामी नै जीवित सृष्टिहरूलाई तिनीहरूको उमेर पूरा भएपछि मृत्यु दिन्छौं । हामी नै बाँकी रहनेछौं र धर्ती तथा यसमा रहेका सृष्टिहरूका उत्तराधिकारी हौं ।
२४. तिमीहरूमध्ये पहिला जन्म लिएर बितेका र पछि जन्म लिएर बितेका मानिसहरूलाई पनि हामी जान्दछौं । कुनै पनि वस्तु मबाट लुकेको छैन ।
२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताले महाप्रलयको दिन सबै मानिसहरूलाई एकत्रित गर्नुहुनेछ अनि सत्कर्मीलाई राम्रो बदला र दुष्कर्मीलाई सजाय दिनुहुनेछ । उहाँ आफ्ना कार्य सञ्चालनमा विवेकशील हुनुहुन्छ । उहाँ सर्वज्ञ हुनुहुन्छ, उहाँबाट केही पनि लुकेको छैन ।
२६. हामीले मानिसलाई कुहिएर सुकेको डल्लो माटोबाट सृष्टि गरेका हौं, जसमा फुकिँदा आवाज आउँछ । त्यो माटो कालो थियो र धेरै दिन बितेको ले त्यस माटोमा बासना उत्पन्न भएको थियो ।
२७. हामीले जिन्नका पूर्वजलाई आदम (अलैहिस्सलाम) भन्दा पहिले नै ज्वलन्त आगोबाट सृष्टि गरेका थियौं ।
२८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् जब अल्लाहले फरिश्ताहरू र उनीहरूसँग बसेको इब्लीसलाई भन्नुभयो– म कुहिएर सुकेको डल्लो, कालो, र सडेको माटोबाट एकजना मानव धर्तीमा सृजना गर्दैछु ।
२९. जब म पूर्णरूपले त्यसको रूप रेखा बनाइसक्छु र त्यसभित्र आफ्नो आत्मा फुकिसक्छु तब तिमीहरू उसकासामु सज्दा गर । यो सज्दा मेरो आदेशको पालना गर्दै र आदम (अलैहिस्सलाम) लाई सलामी दिनको लागि गर ।
३०. सबै फरिश्ताहरूले अल्लाहको आदेशको पूर्ण पालना गर्दै सज्दा गरे ।
३१. फरिश्ताहरूसँग बसेको तर उनीहरूमध्ये नरहेको इब्लीसले आदम (अलैहिस्सलाम) को सज्दा गर्न इन्कार गर्यो ।
३२. आदम (अलैहिस्सलाम) समक्ष सज्दा गर्न इन्कार गरेपछि अल्लाहले इब्लीसलाई सोध्नुभयो– तिमी फरिश्ताहरूसँग मेरो आदेशको पालना गर्दै आदम (अलैहिस्सलाम) समक्ष कुन कारणले सज्दा गरेनौ ?
३३. इब्लीसले घमण्ड गर्दै भन्यो– मेरो लागि त्यस मानवसामु सज्दा गर्नु ठीक छैन जसलाई तपाईंले कुहिएर सुकेको डल्लो र कालो माटोबाट सृष्टि गर्नुभयो ।
३४. अल्लाहले इब्लीसलाई आदेश दिनुभयो– स्वर्गबाट निस्क । निश्चय नै तिमी मेरो कृपाबाट टाढा भयौ ।
३५. निस्सन्देह महाप्रलयको दिनसम्म तिमीलाई धिक्कारियो र मेरो कृपाबाट टाढा पारियौ ।
३६. इब्लीसले भन्यो– हे मेरा पालनकर्ता ! प्राणीहरूलाई पुनः जीवित पारिने दिनसम्मको लागि मलाई अवसर प्रदान गर्नुहोस् र मृत्यु नदिनुहोस् ।
३७. अल्लाहले भन्नुभयो– तिमीलाई अवसर दिइंदैछ । तिमीलई मृत्युले समात्ने छैन ।
३८. यो अवसर तिमीलाई महाप्रलयको दिन पहिलो पटक नर्सिङ्घामा फुँकिनेसम्म दिइंदैछ ।
३९. इब्लीसले भन्यो– हे पालनकर्ता ! जसरी तपाईंले मलाई पथभ्रष्ट गर्नुभयो म अवश्य नै धर्तीमा मानिसहरूका लागि तिनीहरूका पापहरूलाई सुन्दर बनाएर देखाउनेछु र ती सबैलाई सीधा मार्गबाट पथभ्रष्ट पार्नेछु ।
४०. तपाईंले आफ्नो भक्तिको लागि छान्नु भएका मानिसहरूलाई पथभ्रष्ट पार्न म सक्दिन ।
४१. अल्लाहले भन्नुभयो– मसम्म पुग्ने यही सीधा र सन्तुलित मार्ग हो ।
४२. मेरा निष्कप्ट भक्तहरूलाई तिमी पथभ्रष्ट गर्न सक्ने छैनौ । तिमी ती व्यक्तिहरूलाई मात्र पथभ्रष्ट गर्न सक्नेछौ जसले तिम्रो अनुसरण गर्नेछन् ।
४३. निस्सन्देह नर्क नै इब्लीस र उसका सबै पथभ्रष्ट अनुयायीहरूको बास-स्थान हो ।
४४. नर्कका सातवटा ढोकाहरू छन् । प्रत्येक ढोकाबाट इब्लीसका निश्चित अनुयायीहरू प्रवेश गर्नेछन् ।
४५. अल्लाहका आदेशहरूको पालना गरेर र वर्जित गरिएका कार्यहरूलाई त्यागेर उहाँसँग डराउने मानिसहरू निस्सन्देह स्वर्गका बगैँचा र पानीका मूलहरूबीच रहनेछन् ।
४६. उनीहरूलाई स्वर्गमा प्रवेश गर्दा भनिनेछ– सबै किसिमका सङ्कट र डरहरूबाट सुरक्षित भएर शान्तिपूर्वक यसमा प्रवेश गर ।
४७. हामीले उनीहरूका हृदयमा रहेका सबै डाहा र शत्रुतालाई समाप्त पार्नेछौं । उनीहरू परस्पर प्रेमका साथ भाइभाइ बनेर एक अर्काको अवलोकन गर्दै पलङमाथि बस्नेछन् ।
४८. उनीहरूलाई त्यहाँ कुनै थकाइ लाग्दैन । उनीहरूलाई त्यहाँबाट कहिल्यै निकालिने छैन, बरु सदा सर्वदा रहनेछन् ।
४९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) !) मेरा भक्तहरूलाई सूचित गरिदिनुहोस्– म तौबा गर्नेहरूलाई माफ गर्छु र दया गर्छु ।
५०. उनीहरूलाई सूचित गरिदिनुहोस्- मेरो यातना पनि अति दुःखदायी छ । अतः मेरो क्षमा पाउन र यातनाबाट सुरक्षित रहन तिनीहरूले तौबा गरुन् ।
५१. उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) कहाँ आएका पाहुनाहरूको बारेमा बताउनुहोस् । उनीहरू फरिश्ता थिए र उनलाई पुत्रको शुभसूचना दिन र लूत (अलैहिस्सलाम) को समुदायलाई नष्ट गर्न आएका थिए ।
५२. फरिश्ताहरूले इब्राहीम (अलैहिस्सलाम) समक्ष उपस्थित भएर सलाम गरे अनि उनले झन राम्रो तरिकाले जवाफ दिए । उनले उनीहरूलाई मानव ठानेर बाछो भुटेर ल्याए । जब तिनीहरूले खाना खाएनन् तब उनले भने– मलाई तिमीहरूबाट डर महसूस हुँदैछ ।
५३. उनीहरूले भने– नडराउनुस् ! हामी तपाईंलाई एउटा ज्ञानी पुत्रको शुभ-सूचना दिन्छौं ।
५४. इब्राहीम (अलैहिस्सलाम) ले आश्चर्य प्रकट गर्दै भने– के तिमीहरूले मलाई यस बुढेसकालमा पुत्रको शुभ-सूचना दिइरहेका छौ ? यो शुभ-सूचना तिमीहरू कुन आधारमा दिइरहेका छौ त ?
५५. उनीहरूले भने– हामीहरूले तपाईलाई दिरहेको शुभ-सूचना सत्य हो । यसमा कुनै सन्देह छैन । अतः तपाई यस शुभ-सूचनाप्रति निराश नहुनुस् ।
५६. इब्राहीम (अलैहिस्सलाम) ले भने– के पथभ्रष्टहरू मात्र आफ्नो पालनकर्ताको कृपाबाट निराश हुँदैन र ? !
५७. उनले थप सोधे– हे अल्लाहका फरिश्ताहरू ! तिमीहरूलाई कुन विशेष कार्यको लागि पठाइएको छ ?
५८. उनीहरूले जवाफ दिए– हामीहरूलाई एउटा ठूलो आतंकी र अपराधी समुदाय लूत (अलैहिस्सलाम) को समुदायतर्फ पठाइएको छ ।
५९. लूत (अलैहिस्सलाम) र उनका मोमिन अनुयायीहरूलाई हामीले विनाशबाट सुरक्षित राख्नेछौं ।
६०. लूत (अलैहिस्सलाम) की पत्नी विनाश हुनेहरूमध्ये पर्नेछे भन्ने निर्णय भइसकेको छ ।
६१. पठाइएका फरिश्ताहरू मानवको रूपमा लूत (अलैहिस्सलाम) को घर पुगे,
६२. लूत (अलैहिस्सलाम) ले भने– अपरिचित मानिसहरू ।
६३. फरिश्ताहरूले भने– हे लूत ! नडराउनु, हामी तिनीहरूका लागि विनाशकारी प्रकोप लिएर आएका छौं । यो सत्य कुरा हो, कुनै ठट्टा होइन ।
६४. हामी तपाईंसमक्ष वास्तविक कुरा लिएर आएका छौं । हामीहरू सूचना दिनमा सच्चा हौं ।
६५. अतः तपाईं आफ्ना परिवारसहित अनुयायीहरूलाई लिएर रात ढलेपछि प्रस्थान गर्नुहोस् । तपाईं स्वयम् उनीहरूको पछि-पछि हिंड्नुहोस् । तिनीहरूसँग के हुँदैछ भन्ने कुरा तपाईंहरूमध्ये कसैले पनि पछाडि फर्केर नहेरोस् । तपाईंहरूलाई जहाँ जाने आदेश भएको छ त्यहीँ जानुहोस् ।
६६. हामीले लूत (अलैहिस्सलाम) लाई वही (प्रकाशना) द्वारा सूचित गर्यौं- बिहानी हुंदै तिनीहरूलाई जरोबाट सर्वनाश गर्नेछौं ।
६७. सदूम बासीहरू लूत (अलैहिस्सलाम) का पाहुनाहरूसँग अश्लील कार्य गर्ने मनसायले हर्षोल्लासका साथ आए ।
६८. लूत (अलैहिस्सलाम) ले भने– यिनीहरू मेरा पाहुनाहरू हुन् तसर्थ तिमीहरू आफ्नो इच्छा पूरा गरेर मेरो बेइज्जती नगर ।
६९. अल्लाहसँग डराऊ र अश्लील कार्य नगर । यस्तो घृणित कार्य गरेर मेरो बेइज्जती नगर ।
७०. समुदायले भन्यो– तिमीलाई कसैको पाहुना सत्कार गर्नबाट हामीले मनाही गरेका थिएनौं र ?
७१. लूत (अलैहिस्सलाम) ले पाहुनाहरूसमक्ष मुटुमाथि ढुङ्गा राखेर तिनीहरूलाई भने– यदि तिमीहरू आफ्ना काम-इच्छा पूरा गर्नै चाहन्छौ भने यी तिमीहरूका महिलाहरूमध्ये मेरा केटीहरू हुन्, यिनीहरूसँग बिहे गर ।
७२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको उमेरको कसम ! लूत (अलैहिस्सलाम) को समुदाय काम-इच्छाको नशामा चूर भइरहेका थिए ।
७३. अन्ततः सूर्योदय हुनासाथ एउटा प्रचण्ड धमाकाले तिनीहरूलाई समात्यो ।
७४. हामीले तिनीहरूका गाउँहरूलाई घोप्टो पारिदियौं र तिनीहरूमाथि माटो मिसिएको ढुङ्गाको वर्षा गरिदियौं ।
७५. निस्सन्देह लूत (अलैहिस्सलाम) को समुदायको यस विनाशमा सोच-विचार गर्ने व्यक्तिहरूका लागि धेरै निशानीहरू छन् ।
७६. लूत (अलैहिस्सलाम) को समुदायका गाउँका निशानहरू मूलबाटोमा छ । त्यहाँबाट यात्रुहरू सजिलै देख्छन् ।
७७. निस्सन्देह यस प्रकोपमा उपदेश ग्रहण गर्ने मोमिनहरूका लागि पाठ छ ।
७८. निस्सन्देह घना रूख भएका गाउँका बासिन्दा शुएब (अलैहिस्सलाम) को समुदाय पनि अत्याचारी थिए । तिनीहरूले अल्लाहको इनकार र शुएब (अलैहिस्सलाम) लाई झूठा ठहर गरेर अत्याचार गरे ।
७९. हामीले तिनीहरूलाई प्रकोप दिएर तिनीहरूसित बदला लियौं । लूत (अलैहिस्सलाम) र शुएब (अलैहिस्सलाम) दुवैका समुदायहरूका गाउँहरूका निशानहरू खुल्ला मार्गमा छन् ।
८०. समूद समुदायले आफ्ना रसूल सालेह (अलैहिस्सलाम) लाई झूठो ठहर गरे । एकजना रसूललाई झूठो ठहर गर्नु सबै रसूलहरूलाई झूठा ठहर गर्नु हो । तिनीहरू हिजाज र सिरियाबीच हिज्रमा बसेका थिए ।
८१. हामीले तिनीहरूलाई निशानी र प्रमाणहरू पनि प्रदान गर्यौं । ती निशानीहरूमध्ये सालेह (अलैहिस्सलाम) लाई प्रदान गरिएको ऊँटनी पनि थियो । तर तिनीहरूले त्यसबाट कुनै पाठ लिएनन् र कुनै पर्वाह गरेनन् ।
८२. तिनीहरू पहाडहरूलाई खोपेर त्यसमा शान्तिपूर्वक बस्न घरहरू बनाउने गर्थे ।
८३. भयङ्कर आवाजको प्रकोपले बिहान हुँदाहुँदै तिनीहरूलाई समात्यो ।
८४. तिनीहरूले आर्जन गरेका धन-सम्पत्ति र घरले अल्लाहको प्रकोपबाट तिनीहरूलाई जोगाउन सकेनन् ।
८५. हामीले आकाशहरू, पृथ्वी र यी दुवै बीचमा रहेका सम्पूर्ण वस्तुहरूलाई बिना उद्देश्य र बिना कारण सृष्टि गरेका छैनौं । बरु हामीले यी सबैलाई उद्देश्यका साथ सृष्टि गरेका छौं । महाप्रलय अवश्य नै आउनेछ । अतः हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं झूठा ठहर गर्नेहरूलाई नजरअन्दाज गर्नुहोस् र तिनीहरूलाई माफ गर्नुहोस् ।
८६. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता नै हरेक वस्तुका महान सृष्टिकर्ता र सर्वज्ञ हुनुहुन्छ ।
८७. निस्सन्देह हामीले तपाईंलाई पटक पटक दोहोर्याएर पढिने सातवटा आयतहरूमा आधारित सूरह अल-फातिहा र यो महान कुर्आन प्रदान गरेका छौं ।
८८. हामीले काफिरहरूलाई प्रदान गरेका विभिन्न प्रकारका धन-सम्पत्ति र सर-सामानतर्फ न हेर्नुहोस् । तिनीहरूले झूठो ठहर गरेकोमा न पछुताउनुहोस् । मोमिनहरूसँग नम्रताको व्यवहार गर्नुहोस् ।
८९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भनिदिनुहोस्– म स्पष्ट रूपमा सचेतक हुँ । अल्लाहको प्रकोपबाट सावधान गर्छु ।
९०. सावधान ! ईश्वरीय किताबका केही भागमाथि ईमान ल्याउने र केही भागको इन्कार गर्नेहरूलाई जस्तो खालको प्रकोपले समात्यो तिमीहरूलाई पनि त्यसले नसमातोस् ।
९१. काफिरहरूले कुर्आनलाई विभिन्न भागमा बाँडे र भने यो जादू वा नक्षत्रको ज्ञान वा कविता हो ।
९२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ताको कसम ! कुर्आनलाई विभिन्न भागमा बाँड्नेहरूसित हामीले महाप्रलयको दिन अवश्य सोधपुछ गर्नेछौं,
९३. तिनीहरूले संसारमा गर्ने गरेका कुफ्र र अवज्ञाबारे हामीले सोधपूछ गर्नेछौं ।
९४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंलाई अल्लाहले इस्लामको सन्देश पुर्याउने जुन आदेश दिनुभएको छ त्यो खुल्लारूपमा गरिराख्नुस् । बहुदेववादीहरूको भनाइ र गराइतर्फ ध्यान नदिनुहोस् ।
९५. तिनीहरूसित नडराउनुस् । हामी ठट्टा गर्ने कुरैशका अगुवाहरूका चलखेललाई विफल पार्न तपाईंको लागि पर्याप्त छौं ।
९६. तिनीहरू नै अल्लाहसित अर्को पूज्य बनाउने गर्दछन् । अतः चाँडै नै तिनीहरूले घृणित शिर्कको परिणाम जान्नेछन् ।
९७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूको झूटो ठहर गर्ने र ठट्टाले तपाईंका हृदय दुखित हुन्छ भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।
९८. अतः तपाईं अल्लाहको शान अनुसार उहाँको पवित्रता र प्रशंसा गरेर उहाँतर्फ फर्कनुस् । उहाँकै भक्ति गर्नुस् र उहाँको लागि सलाह कायम गर्नुस् । यसैमा तपाईंको हृदयको पीडाको उपचार छ ।
९९. जीवित रहुन्जेल निरन्तर र सधैं अल्लाहकै उपासना गर्नुस् । यहाँसम्म कि अल्लाहको भक्ति गर्दा गर्दै तपाईंको मृत्यु होस् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें