सीधे मुख्य सामग्री पर जाएं

३०. सूरह अर्रूम (मक्की)

 शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट


१. अलिफ ० लाम ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. ईरानले रोममाथि विजय प्राप्त गर्यो । 
३. ईरानले आफ्नो नजिक रहेको सिरियाको भूभागमा यो विजय प्राप्त गर्यो । रोमले चाँडै नै ईरानमाथि विजय प्राप्त गर्नेछ ।
४. रोमले ३ देखि १० वर्षभित्र यो विजय प्राप्त गर्नेछ । रोमको पराजयअघि तथा पछि जे भयो अल्लाह कै आदेशले भयो । जुन दिन रोमले विजय प्राप्त गर्छ त्यस दिन मोमिनहरू खुशी हुनेछन् ।
५. रोमलाई अल्लाहको मद्दतप्रति मोमिनहरू यस कारणले खुशी हुनेछन् कि तिनीहरू अहले किताब हुन् । अल्लाह जसलाई जसमाथि चाहनुहुन्छ मद्दत गर्नुहुन्छ । उहाँ सामर्थ्यवान हुनुहुन्छ, कोही पनि उहाँमाथि विजय प्राप्त गर्न सक्दैन । उहाँ आफ्ना मोमिन भक्तहरूप्रति दयावान हुनुहुन्छ ।
६. यो मद्दत अल्लाहको वाचा हो । अल्लाह आफ्नो वाचा भङ्ग गर्नुहुन्न । अल्लाहको मद्दत गर्ने वाचा पूरा भएपछि मोमिनहरूको ईमानमा बृद्धि हुनेछ । तर अधिकांश मानिसहरू आफ्नो कुफ्रले गर्दा यस कुरालाई बुझ्दैनन् । 
७. तिनीहरू ईमान र इस्लामी कानुनलाई जान्दैनन्, तिनीहरू सांसारिक जीवनका वाह्य पक्ष- धन-सम्पत्ति आर्जन गर्ने र भौतिक सांस्कृति- लाई मात्र जान्दछन् । तिनीहरू आखिरतको वास्तविक जीवनबाट विमुख छन् त्यसतर्फ ध्यान दिँदैनन् । 
८. के झूठो ठहर गर्ने यी बहुदेववादीहरूले आफूभित्र विचार गरेनन्− अल्लाहले कसरी तिनीहरूको सृष्टि गर्नुभयो, तिनीहरूलाई ठीक पार्नुभयो ? अल्लाहले आकाशहरू, पृथ्वी र यी भित्र रहेका सबै वस्तुहरूलाई सत्यका साथ सृष्टि गर्नुभयो । बिना कारण सृष्टि गर्नुभएन । उहाँले संसारमा यी दुवैका समय निर्धारित गर्नुभयो । तर धेरै मानिसहरू महाप्रलयको दिन उहाँसँगको भेटको इन्कार गर्छन् । त्यसैले तिनीहरू उहाँलाई खुशी पार्ने सत्कर्म गरेर आखिरतको तयारी गरिरहेका छैनन् ।  । 
९. के तिनीहरूले धर्तीमा घुम फिर गरेनन् ताकि तिनीहरूअघि बितेका झूठा ठहर गर्ने समुदायहरूको परिणाममा विचार गरुन् । ती समुदायहरू यिनीहरूभन्दा बढी शक्तिशाली थिए । तिनीहरूले भूमिमा धेरै खेती बाडी र भवन निर्माण गरेका थिए र यसलाई यिनीहरूभन्दा बढी आबाद गरेका थिए । तिनीहरूसमक्ष तिनीहरूका रसूलहरू यस कुराको स्पष्ट प्रमाणहरू लिएर आए कि अल्लाह मात्र वास्तिक पूज्य हुनुहुन्छ । तर तिनीहरूले झूठो ठहर गरे । अल्लाहले तिनीहरूलाई सर्वनाश गरेर तिनीहरूमाथि अत्याचार गर्नुभएन बरु तिनीहरूले कुफ्र गरी आफूलाई सर्वनाशमा हालेर आफैंमाथि अत्याचार गरे ।
१०. अन्ततः शिर्क र दुष्कर्म गर्नेहरूको परिणाम नराम्रो भयो । किनभने तिनीहरूले अल्लाहका निशानीहरूलाई झूठो ठहर गरे र त्यसको ठट्टा गरे ।
११. अल्लाहले सृष्टिको आरम्भ बिना कुनै अघिल्लो उदाहरण गर्नुभयो, फेरि सबैलाई मार्नुहुनेछ र फेरि जीवित पार्नुहुनेछ । महाप्रलयको दिन तिमीहरू सबै उहाँतर्फ नै हिसाब र बदलाको लागि जानेछौ ।  
१२. महाप्रलयको दिन अपराधीहरू अल्लाहको कृपाबाट निराश हुनेछन् । तिनीहरूको विनाश कुफ्रमा भएकोले तिनीहरूको आशा समाप्त हुनेछ ।
१३. तिनीहरूले पूज्ने गरेको कुनै पनि भगवानले तिनीहरूलाई यातनाबाट निकाल्न सिफारिश गर्ने छैन । बरु तिनीहरूले साझेदार ठहर गर्नेहरूसँग कुनै सरोकार नरहेको दावी गर्नेछन् । तिनीहरूले त्यतिखेर साझेदार ठहर गर्नेहरूलाई अपमानित गर्नेछन् जतिखेर तिनीहरूलाई तिनीहरूको खाँचो हुनेछ । तिनीहरू सबै समानरूपमा सर्वनाश गरिनेछन् ।
१४. महाप्रलयको दिन सबै मानिसहरू संसारमा गरेका कर्म अनुसार बदला पाउन विभाजित हुनेछन् । उनीहरूमध्ये केही सबै भन्दा उच्च दर्जामा हुनेछन् भने केही सबै भन्दा तल्लो स्तरमा हुनेछन् ।
१५. जुन मानिसहरूले अल्लाहमाथि ईमान ल्याए र उहाँलाई खुशी पार्ने कार्य गरे उनीहरू स्वर्गमा रमाउनेछन् किनभने उनीहरूले कहिले समाप्त नहुने वरदानहरू पाउनेछन् ।
१६. अल्लाहको इन्कार गर्ने र हाम्रा रसूलहरूमाथि अवतरित चमत्कारहरू, पुनर्जन्म र हिसाबलाई झूठो ठहर गर्नेहरू यातनामा हाजिर गरिनेछन् र सधैं त्यउसैमा रहनेछन् ।
१७. तिमीहरू साँझ परेपछि अल्लाहको महिमागान गर । यो मग्रिब र इशाको सलाहको समय हो । बिहान भएपछि पनि तिमीहरू अल्लाहको महिमागान गर । यो फज्रको सलाहको समय हो । 
१८. आकाशहरूमा अल्लाहको महिमागान फरिश्ताहरू गर्छन् र पृथ्वीमा उहाँको महिमागान सृष्टिहरू गर्छन् । तिमीहरू बिलुका पनि अल्लाहको महिमागान गर । यो अस्र सलाहको समय हो । दिउँसो जुहरको समयमा पनि उहाँको महिमागान गर । 
१९. अल्लाहले मृतबाट जीवितलाई निकाल्नुहुन्छ, जस्तै विर्यबाट मानव र फुलबाट चल्ला । उहाँले जीवितबाट मृतलाई निकाल्नुहुन्छ, जस्तै मानवबाट विर्य र कुखुरीबाट फुल । उहाँले नै वर्षा बर्साएर मृत भूमिलाई जीवित पार्नुहुन्छ र त्यसमा बाली नाली उमार्नुहुन्छ । जसरी उहाँले मृत भूमिलाई जीवित पारेर त्यसमा बाली नाली उमार्नुभयो त्यसरी नै तिमीहरूलाई मृत्युपछि जीवित पारेर चिहानबाट हिसाब र बदला दिनको लागि निकाल्नुहुनेछ ।
२०. हे मानव ! अल्लाह सामर्थ्यवान र एक मात्र पूज्य हुनुहुन्छ भन्ने कुराको ठूला निशानीहरूमध्ये यो पनि हो कि उहाँले तिमीहरूका बुवालाई माटोबाट सृष्टि गरेर तिमीहरूको सृष्टि माटोबाट गर्नुभयो । अनि तिमीहरू एक अर्काभन्दा बढी सन्तान जन्माउँदैछौ र धर्तीको पूर्व र पश्चिम फैलिदैछौ ।
२१. हे पुरुषहरू हो ! अल्लाह सामर्थ्यवान र एक मात्र पूज्य हुनुहुन्छ भन्ने कुराको ठूला निशानीहरूमध्ये यो पनि हो कि उहाँले तिमीहरूबाटै तिमीहरूको जोडी बनाउनुभयो ताकि तिमीहरू सहवास गरेर सन्तुष्ट होऊ । उहाँले श्रीमान श्रीमतिबीच प्रेम तथा दया उत्पन्न गर्नुभयो । यी कुराहरूमा चिन्तन मनन गर्ने मानिसहरूका लागि स्पष्ट प्रमाणहरू छन्, किनभने तिनीहरू नै आफ्नो बुद्धि प्रयोग गरेर त्यसबाट फाइदा उठाउँछन् । 
२२. आकाशहरू र पृथ्वीको सृष्टि, तिमीहरूको फरक फरक भाषाहरू र फरक फरक रङ्गहरू पनि यस कुराका ठूला निशानीहरू हुन् कि अल्लाह सामर्थ्यवान र एक मात्र पूज्य हुनुहुन्छ । यी कुराहरूमा ज्ञानी र विवेकशील मानिसहरूका लागि प्रमाणहरू छन् । 
२३. तिमीहरूको थकाइ मार्नको लागि रातिमा सुत्नु र जीविका आर्जन गर्न दिनमा भाग दौड गर्नुमा पनि यस कुराका ठूला निशानीहरू हुन् कि अल्लाह सामर्थ्यवान र एक मात्र पूज्य हुनुहुन्छ । यी कुराहरूमा चिन्तन मनन गर्न र स्वीकार गर्नको लागि सुन्ने मानिसहरूका लागि प्रमाणहरू छन् ।
२४. अल्लाह सामर्थ्यवान र एक मात्र पूज्य हुनुहुन्छ भन्ने कुराका ठूला निशानीहरूमध्ये यो पनि हो कि उहाँ नै आकाशमा बिजुली चम्काउनुहुन्छ, चट्याङ्गबाट डराउनुहुन्छ र वर्षाबाट आशा दिलाउनुहुन्छ, आकाशबाट वर्षा बर्साउनुहुन्छ, अनि त्यसबाट सुकेको भूमिलाई जीवित पार्नुहुन्छ र त्यसमा बाली नाली उनर्नुहुन्छ । यी कुराहरूमा विवेकशील मानिसहरूका लागि प्रमाणहरू छन् । यसबाट उनीहरू के प्रमाणित गर्छन् भने मृत्युपछि अल्लाहले हिसाब र बदलाको लागि फेरि जीवित पार्नुहुनेछ । 
२५. अल्लाह सामर्थ्यवान र एक मात्र पूज्य हुनुहुन्छ भन्ने कुराको ठूला निशानीहरूमध्ये यो पनि हो कि उहाँको आदेशले आकाश बिना स्तम्भ नखसिकन कायम छ र पृथ्वी छिन्नभिन्न नभएर आफ्नो  परिधीमा घुमिरहेको छ । जब अल्लाहले फरिश्तालाई शङ्खमा फुक्ने आदेश दिएर तिमीहरूलाई बोलाउनुहुनेछ तब तिमीहरू हिसाब र बदलाको लागि आ-आफ्ना चिहानबाट निस्कनेछौ । 
२६. आकाशहरू र पृथ्वीमा जे जति छन् ती सबैका मालिक, सृष्टिकर्ता र भाग्य विधाता मात्र अल्लाह हुनुहुन्छ । आकाशहरू र पृथ्वीमा रहेका सबै सृष्टिहरू अल्लाहको आज्ञाकारी छन् र उहाँको आदेशको पालना गर्दैछन् ।
२७. अल्लाहले नै बिना कुनै अघिल्लो उदाहरण पहिलो पटक सृष्टि गर्नुभयो र उहाँले नै ती सबै सर्वनाश भएपछि दोस्रो पटक पनि सृष्टि गर्नुहुनेछ । दोस्रो पटक सृष्टि गर्नु पहिलो पटक सृष्टि गर्नुभन्दा सजिलो छ । अल्लाहको लागि त दुवै सजिला छन् । किनभने जब उहाँ कुनै वस्तुको सृष्टि गर्ने नीयत गर्नुहुन्छ तब भन्नुहुन्छ भइहाल, अनि त्यो हुन पुग्छ । उहाँले जे जति आफ्ना शान र पूर्णता वर्णन गर्ने गुणहरू वर्णन गर्नुभएको छ ती सबैमा उहाँ उच्चतम हुनुहुन्छ । उहाँ प्रभुत्वशाली हुनुहुन्छ, कोही उहाँमाथि विजय प्राप्त गर्न सक्दैन । उहाँ सृष्टि गर्न र त्यसको सञ्चालनमा विवेकशील हुनुहुन्छ । 
२८. हे बहुदेववादीहरू हो ! अल्लाह तिमीहरूभित्रैबाट एउटा उदाहरण दिनुहुन्छ । के तिमीहरूका नौकर तिमीहरूको धन-सम्पत्तिमा बराबरको साझेदार छन् ? के जसरी तिमीहरू मुक्त नातेदारहरूसित डराउँछौ कि तिनीहरूले सम्पत्तिमा अंशको दावी गर्नेछन् के त्यसरी नौकर र दासहरूसित डराउँछौ ? कुनै दासले यस्तो गर्छन् भन्ने कुरा के तिमीहरूले मन पराउँछौ ? निस्सन्देह तिमीहरूले यो मन पराउँदैनौ । अल्लाह यस कुराको बढी हकदार हुनुहुन्छ कि उहाँका सृष्टिहरूमध्ये कोही पनि उहाँको सत्ता शासनमा साझेदार नहोस् । हामी बुद्धिमानहरूका लागि यसरी उदाहरण दिएर विभिन्न प्रमाण र तर्क दिन्छौं । कनभने तिनीहरू नै त्यसबाट लाभ उठाउँछन् । 
२९. तिनीहरूको पथभ्रष्टताको कारण प्रमाणहरूको कमि होइन, बरु तिनीहरूको चाहनाको अनुसरण र पूर्वजहरूको अन्धो अनुसरण हो । यस्तो तिनीहरू यस कारणले गर्छन् कि तिनीहरू अल्लाहको हक जान्दैनन् । जसलाई अल्लाह पथभ्रष्ट गर्नुहुन्छ उसलाई कसले सीधामार्ग देखाउन सक्छ ?! कसैले देखाउन सक्दैन । अल्लाहको यातनाबाट जोगाउने कोही सहयोगी हुँदैन ।  
३०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं र तपाईंका साथीहरू सबै धर्महरूलाई छोडेर इस्लाम धर्मतर्फ नै फर्कनुहोस्, जसतर्फ अल्लाहले तपाईंलाई फर्काउनुभयो । यो अल्लाहको तर्फबाट प्राकृतिक धर्म हो । उहाँले मानवको सृष्टि प्राकृतिकरूपमा नै गर्नुभएको छ । अल्लाहको सृष्टिमा कुनै फेरबदल हुँदैन । यो सीधा धर्म हो, यसमा कतै टेढोपन छैन । यही ठीक धर्म हो भन्ने कुरालाई अधिकांश मानिसहरू जान्दैनन् । 
३१. आफ्ना पापहरूबाट तौबा गरेर अल्लाहतर्फ फर्क । उहाँको आदेशहरूको पालना गरेर र उहाँले मानहि गरेका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । सलाहलाई राम्रो तरिकाले पूरा गर । बहुदेववादीहरूमध्ये नबन जो प्राकृतिलाई भङ्ग गर्छन् र अल्लाहको भक्तिमा अरूलाई साझेदार बनाउँछन् ।
३२. तिमीहरू यस्ता बहुदेववादीहरू जस्तो नबन जसले आफ्नो धर्ममा फेरबदल गरे । केहीमा ईमान ल्याए र केहीको इन्कार गरे । तिनीहरू विभिन्न गुटमा विभाजित भए । प्रत्येक गुट आफूसँग रहेको असत्यमाथि प्रसन्न भए । मात्र त्यसको गुट सत्यमा छ र अरू गुटहरू असत्यमा छन् भन्ने कुरा तिनीहरूले ठाने । 
३३. बहुदेववादीहरू अति बिरामी हुँदा, वा धन-सम्पत्तिको खाँचो हुँदा, वा भोकमरी हुँदा बिन्ती गर्दै अल्लाहतर्फ फर्कने गर्थे र त्यस सङ्कटलाई निवारण गरिदिने प्रार्थना गर्थे । तर जब अल्लाहले तिनीहरूमाथि दया गरेर तिनीहरूको सङ्कट निवारण गर्नुहुन्थ्यो तब तिनीहरूमध्ये एउटा समूह उहाँसँग अरूलाई पुकारेर शिर्क गर्थे ।
३४. तिनीहरूले सङ्कट निवारण समेत अल्लाहका अन्य वरदानहरूको इन्कार गरेकोले र यस संसारमा मोज मस्ती गरेकोले महाप्रलयको दिन आफू स्पष्ट पथभ्रष्टतामा थिए भन्ने कुरालाई आफ्ना आँखाले देख्नेछन् । 
३५. तिनीहरूले कुन आधारमा शिर्क गर्न थाले जब कि तिनीहरूसँग यसको कुनै प्रमाण छैन ?! अल्लाहसँग अन्य कसैलाई साझेदार ठहर गर्ने कुनै पनि प्रमाण हामीले किताबमा अवतरण गरेका छैनौं । तिनीहरूसँग यस्तो कुनै किताब छैन जसले तिनीहरूको शिर्क र कुफ्रको पुष्टि गरोस् ।
३६. जब हामी मानिसहरूलाई स्वास्थ्य र धन जस्ता वरदानहरू प्रदान गर्छौं तब तिनीहरू खुशीले घमण्ड गर्न थाल्छन् । तिनीहरूले गरेका अवज्ञाहरूले गर्दा जब तिनीहरूलाई रोग र गरिबी जस्तो कुनै सङ्कट पुग्छ तब तिनीहरू चिन्तित हुन्छन् र त्यो सङ्कट समाप्त हुँदैन भन्ने  कुरा ठानेर निराश हुन्छन् ।
३७. के तिनीहरूले यस कुरामा विचार गरेरनन्− कसरी अल्लाह आफ्ना भक्तहरूमध्ये केहीको जीविका परीक्षाको लागि फराकिलो पार्नुहुन्छ, यस कुराको परीक्षाको लागि कि तिनीहरू अल्लाहप्रति कृतज्ञ हुन्छन् वा कृतघ्न ?! अल्लाह आफ्ना भक्तहरूमध्ये केहीको जीविका परीक्षाको लागि सङ्किर्ण पार्नुहुन्छ, यस कुराको परीक्षाको लागि कि तिनीहरू धैर्य गर्छन् वा रिसाउँछन् ?! कसैको लागि जीविका फराकिलो पार्ने र कसैको लागि सङ्किर्ण पार्ने कार्यमा मोमिनहरूका लागि यस कुराको प्रमाणहरू छन् कि अल्लाह करुणामय र दयावान हुनुहुन्छ ।
३८. हे मुस्लिम ! नातेदारसँग पुण्य र दया गरेर उसको हक देऊ, आवश्यक्तामा रहेको व्यक्तिको आवश्यक्ता पूरा गर । अलपत्र परेका यात्रुको आर्थिक सहयोग गर । जुन मानिसहरू यी सबै कार्य मात्र अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि गर्छ यसको लागि यो राम्रो हुनेछ । यी कार्य गर्नेहरू नै स्वर्ग पाएर र नर्कबाट जोगेर सफल हुनेछन् । 
अल्लाहको निकटता प्राप्त गर्ने कर्मको वर्णनपछि यस्तो कर्मको वर्णन गरिएको छ जसबाट अल्लाहको निकटता चाहिएको हुँदैन, मात्र सस्तो सांसारिक उद्देश्य प्राप्त गर्नको लागि गरिन्छ । अल्लाहले भन्नुभयो−  
३९. तिमीहरू जुनसुकै धन-सम्पत्ति यस उद्देश्यका साथ कसैलाई हस्तान्त्रण गर्छौ कि उसले त्यसभन्दा बढी फिर्ता गर्नेछ त्यसको पुण्य अल्लाहकहाँ पाउँदैनौ । यदि तिमीहरू अल्लाहको प्रसन्नता प्राप्त गर्ने उद्देश्यले कसैलाई उसको आवश्यक्ता पूरा गर्नको लागि धन-सम्पत्ति दिन्छौ र त्यसबाट मानिसहरूसित पद वा बदला खोज्दैनौ भने अल्लाकहाँ कय्यौं गुणा बदला पाउनेछौ । 
४०. अल्लाहले मात्र तिमीहरूको सृष्टि गर्नुभयो, जीविका प्रदान गर्नुभयो, फेरि तिमीहरूलाई मृत्यु दिनुहुनेछ, फेरि जीवित पार्नुहुनेछ । के तिमीहरूले पुज्ने गरेका मूर्तीहरूले यी मध्ये कुनै पनि काम गर्न सक्छन् ?!  बहुदेववादीहरूले भनेका र विश्वास राखेका कुराहरूबाट अल्लाह पवित्र हुनुहुन्छ ।
४१. मानिसहरूको अवज्ञाले गर्दा थल र जलमा आतङ्क मच्चिएको छ, जसरी सुख्खा, वर्षाको कमि, धेरै रोग र महामारी । तिनीहरूलाई तिनीहरूको दुष्कर्मको केही सजाय संसारमै दिनको लागि आतङ्क मच्चिएको छ, आशा छ तिनीहरूले तौबा गरेर अल्लाहतर्फ फर्कनेछन् ।
४२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यी बहुदेववादीहरूलाई भनिदिनुहोस्− धर्तीमा घुमफिर गर अनि विचार गर कस्तो परिणाम भयो तिमीहरूअघि झूठो ठहर गर्ने समुदायहरूको ? तिनीहरूको अति नराम्रो परिणाम भयो । तिनीहरूमध्ये अधिकांश अल्लाहसँग अरूलाई साझेदार ठहर गर्दथे । अल्लाहसँग शिर्क गरेकोले तिनीहरू सर्वनाश गरिए । 
४३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! नटरिने महाप्रलय आउनुअघि तपाईं इस्लाम धर्ममा अडिग रहनुहोस् । यही सीधा मार्ग हो । यसमा कहिं पनि टेढोपन छैन । महाप्रलयको दिन मानिसहरू दुई समूहमा बाँडिनेछन् । एउटा समूह स्वर्गको वरदानमा रमाउनेछ भने अर्को समूह नर्कमा यातना भोग्नेछ ।
४४. जसले अल्लाहको इन्कार गर्छ त्यसको दुष्परिणाम -सधैंको लागि नर्क- उसैले भोग्नुपर्छ । जसले अल्लाहको प्रसन्नता प्राप्त गर्नको लागि सत्कर्म गर्छ उसले आफ्नै लागि स्वर्ग  र त्यसमा रहेका वरदान तयार गर्छ । यस्ता मानिसहरू त्यसमा सधैं रहनेछन् । 
४५. ताकि अल्लाहले आफूमाथि ईमान ल्याउने र उहाँलाई मन पराउने सत्कर्म गर्नेहरूलाई वरदान प्रदान गरुन् र उनीहरूमाथि उपकार गरुन् । उहाँ यस्ता मानिसहरूलाई मन पराउनुहुन्न जो उहाँको र रसूलहरूको इन्कार गर्छन् । बरु यस्ता मानिसहरूसित अति घृणा गर्नुहुन्छ । यस्ता मानिसहरूलाई उहाँले महाप्रलयको दिन चाँडै नै कडा यातना दिनुहुनेछ । 
४६. अल्लाह सामर्थ्यवान र एक मात्र पूज्य हुनुहुन्छ भन्ने कुराका ठूला निशानीहरूमध्ये यो पनि हो कि उहाँ नै वर्षा बर्साउनुअघि आफ्ना भक्तहरूलाई त्यसको शुभसूचना दिनको लागि हावा चलाउनुहुन्छ । हे मानव ! ताकि तिमीहरूलाई वर्षापछि हरियाली र खुशियाली प्रदान गरुन् । ताकि उहाँको आज्ञाले डुङ्गाहरू समुद्रमा गुडुन्, ताकि तिमीहरू समुद्रमा व्यापारद्वारा तिमीहरू जीविका खोज । ताकि तिमीहरू अल्लाहको वरदानको लागि उहाँप्रति आभार व्यक्त गर तकि उहाँले तिमीहरूलाई अझै प्रदान गरुन् । 
४७. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईं अघि धेरै रसूलहरूलाई उनीहरूका समुदायहरूतर्फ पठायौं । उनीहरू तिनीहरूसमक्ष विभिन्न प्रमाणहरू लिएर गए तर तिनीहरूले रसूलहरूको सन्देशलाई झूठो ठहर गरे । अनि हामीले दुष्कर्मीहरूबाट बदला लियौं र आफ्नो प्रकोपबाट सर्वनाश गर्यौं । हामीले रसूलहरू र मोमिनहरूलाई सर्वनाशबाट जोगायौं । मोमिनहरूलाई जोगाउनु र उनीहरूको मद्दत गर्नु हामीले आफूमाथि अनिवार्य गरेका छौं । 
४८. अल्लाहले नै हावा पठाएर त्यसलाई चलाउनुहुन्छ, अनि त्यस हावाले बादललाई हाँकेर ल्याउँछ । अनि त्यसलाई आकाशमा कम वा धेरै फैलाउँछ । कहिले त्यसलाई टुक्रा टुक्रा पार्छ । हे दर्शक ! तिमी त्यस बादलबाट पानी झरिरहेका देख्छौ । जुन भक्तहरूमाथि त्यो पानी पर्छ उनीहरू अल्लाहको यस कृपाबाट खुशी हुन्छन् । त्यसपछि त्यस वर्षाले गर्दा भूमिमा यस्ता बाली नाली उम्रन्छन् जसको आवश्यक्ता उनीहरूलाई पनि हुन्छ र उनीहरूका चौपायाहरूलाई पनि हुन्छ ।
४९. अल्लाहको तर्फबाट त्यस वर्षाअघि उनीहरू निराश थिए ।
५०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! भक्तहरूमाथि दयास्वरूप अल्लाहले बर्साउनुभएको वर्षाका प्रभावहरूमा विचार गर्नुहोस् । अल्लाह कसरी सुकेको भूमिलाई वर्षाद्वारा जीवित पार्नुहुन्छ र त्यसमा बाली नाली उमार्नुहुन्छ । निस्सन्देह जुन अल्लाह सुकेका जग्गा उमार्ने शक्ति राख्नुहुन्छ उहाँ नै मृतहरूलाई पुनः जीवित पार्नुहुनेछ । उहाँ हरेक कार्यको शक्ति राख्नुहुन्छ । कोही पनि उहाँलाई विवश पार्न सक्दैन ।
५१. जब हामीले तिनीहरूका हरियो खेतीमा तातो हावा पठाएर त्यसलाई पहिलो बनाउँछौं तब तिनीहरू अल्लाहका अन्य धेरै वरदानहरूप्रति कृतघ्न बन्न पुग्छन् ।
५२. जसरी तपाईं मुर्दा र टाढा बसेका बहिरा मानिसहरूलाई सुनाउन सक्नुहुन्न त्यसरी तपाईंले विमुख भएका र फाईदा उठाउन नचाहेका मानिसहरूलाई सीधा मार्ग देखाउन सक्नुहुन्न । 
५३. तपाईं सीधा मार्गबाट पथभ्रष्ट भएका मानिसहरूलाई मार्गदर्शन गर्न सक्नुहुन्न । यस्ता मानिसहरूलाई तिनीहरूले फाइदा पुर्याउने गरी सुनाउन पनि सक्नुहुन्न । तपाईं हाम्रा निशानीहरूमाथि ईमान ल्याउनेहरूलाई मात्र सुनाउन सक्नुहुन्छ, किनभने तिनीहरू नै उपदेशबाट फाइदा उठाउँछन् । उनीहरू हाम्रो आदेशको पालना गर्छन् र त्यसप्रति समर्पित रहन्छन् ।
५४. हे मानव ! अल्लाहले नै तिमीहरूलाई तुच्छ पानीबाट सृष्टि गर्नुभयो । त्यसपछि उहाँले तिमीहरूको कमजोर बाल्य कालबाट बलियो युवा अवस्थामा पुर्याउनुभयो । त्यसपछि उहाँले नै तिमीहरूको बलियो युवा अवस्थापछि कमजोर बुढेसकालमा पुर्याउनुभयो । कमजोरी र बलियोपनमध्ये अल्लाह जे चाहनुहुन्छ सृष्टि गर्नुहुन्छ । उहाँ सबै वस्तुलाई जान्नुहुन्छ । उहाँबाट केही पनि लुकेको छैन । उहाँ शक्तिशाली हुनुहुन्छ । उहाँलाई कसैले पनि विवश पार्न सक्दैन । 
५५. महाप्रलयको दिन अपराधीहरू कसम खाएर भन्नेछन्− हामीहरू आफ्नो चिहानमा एक घण्टाभन्दा बढी बसेनौं । जसरी तिनीहरूलाई चिहानमा बसेको अवधिको ज्ञानबाट फेरियो त्यसरी नै तिनीहरूलाई संसारमा सत्यबाट पनि फेरिएको थियो ।
५६. ज्ञानी सन्देष्टा र फरिश्ताहरूले भने− अल्लाहले आफ्नो पूर्व ज्ञानको आधारमा लेख्नु भएको भाग्य अनुसार तिमीहरू आफ्नो जन्मदेखि लिएर पुनर्जन्मको दिनसम्म बस्यौ । तिमीहरूले पुनर्जन्मको दिनको इन्कार गरेका थियौ । यो हो त्यो दिन जब मानिसहरू आफ्ना चिहानहरूबाट जीवित पारेर निकालिनेछन् । पुनर्जन्मको दिन अवश्य नै आउनेछ भन्ने कुरा नजाने पनि तिमीहरूले यसको इन्कार गरेका थियौ ।
५७. त्यस दिन अल्लाहले प्राणीहरूलाई हिसाब र बदलाको लागि जीवित पार्नुहुनेछ । त्यस दिन अत्याचारीहरूले रचेका बहानाहरू तिनीहरूको काम लाग्ने छैन । त्यस दिन तौबा र माफि मागेर अल्लाहलाई खुशी पार्ने मौका पनि दिइने छैन । त्यसको मौका संसारमा थियो जो बितिसक्यो । 
५८. हामीले मानिसहरूमाथि दया गरेर तिनीहरूका लागि यस कुर्आनमा विभिन्न उदाहरणहरू वर्णन गरेकाछौं ।  ताकि तिनीहरूसमक्ष सत्य र असत्यबीचको फरक स्पष्ट होस् । हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यदि तपाईं काफिरहरूसमक्ष आफ्नो सच्चाइको प्रमाण लिएर आए पनि तिनीहरूले अवश्य भन्ने थिए− तिमीहरूले ल्याएको सन्देश झूठो हो ।   
५९. अल्लाहले तिनीहरूको हृदयहरूमाथि यसरी सिल मोहर लगाउनुभयो कि तपाईंले निशानी ल्याए पनि तिनीहरूले ईमान ल्याउने छैनन् ।
६०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंको समुदायले झूठो ठहर गरेकोमा धैर्य गर्नुहोस् । तपाईंको मद्दत र अडिग राख्ने अल्लाहको वाचा यथावत कायम छ, यसमा कुनै शङ्का छैन । पुनर्जन्ममा ईमान नराख्नेहरूको कारणले तपाईं हतार नगर्नुहोस् र धैर्य नगुमाउनुहोस् ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

७५) सूरह अल्-कियामह

शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट  १. अल्लाहले कयामतको दिनको कसम खानुभयो जुन दिन मानिसहरू सम्पूर्ण जगतका पालनकर्तासमक्ष उभिनेछन् । २. उहाँले राम्रो आत्माको कसम खानुभयो जो स्वयंलाई सत्कर्ममा कमी गरेको र नराम्रो काम गरेको भनी निन्दा गर्छ । उहाँले यी दुई कुराको कसम खानुभयो मानिसहरूलाई पुनः जीवित पार्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्न । ३. के मनुष्यलाई लाग्छ, उसको मृत्युपश्चात हामी उसका हाडहरूलाई पुनः जीवित पार्नका निम्ति एकत्रित गर्ने छैनौं ?! ४. अवश्य, हामी त्यसलाई जम्मा पार्नुका साथै उनीहरूका औँलाहरूलाई पहिले जस्तै पूर्ण रूपले बनाउने सामर्थ्य राख्दछौं । ५. तर भविष्यमा प्रतिरोध बिना आफ्नो पापमा लिप्त रहनको लागि मनुष्य पुनः जीवित हुने कुरालाई नकार्छ । ६. उनीहरू कयामतको दिनलाई असम्भव ठानेर सोध्छन्- त्यो कहिले आउनेछ ? ७. अनि आँखाहरू तिरमिराउने र भयभीत हुनेछन् जब झूठो ठहर गर्ने गरेको कुरालाई देख्नेछन् । ८. चन्द्रमाको प्रकाश हराउनेछ । ९. चन्द्रमा र सूर्यलाई एकत्रित पारिनेछ । १०. त्यसदिन पापीले भन्नेछः भाग्ने ठाउँ कहाँ छ ? ११. त्यसदिन भाग्ने ठाउँ नै हुनेछैन । अनि पापीले शरण...

७३) सूरह अल्-मुज्ज़म्मिल

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. हे आफ्नो लुगामा बेरिएर बसेको व्यक्ति [अर्थातः नबी (सल्लल्लाहु अलैहि व सल्लम)] । २. रातको केही पहरबाहेक सलाह पढ्नुहोस् । ३. यदि तपाईं चाहनुहुन्छ भने आधा रात सलाह पढ्नुहोस्, वा त्यसभन्दा अलि कम समयमा सलाह पढ्नुहोस् जुन तीन भागको एक भागसम्मको होस् । ४. वा त्यसमा अलि बृद्धि गरेर तीन भागको दुई भाग जति सलाह पढ । कुर्आनलाई स्पष्टसँग र बिस्तारै पाठ गर्नुहोस् । ५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामी तपाईंमाथि कुर्आन अवतरित गर्नेछौं जुन एउटा भारी वाणी हो किनकि त्यसमा अनिवार्य कामहरू, दण्ड, आदेशहरू र राम्रा आचरणहरू आदि उल्लेख छन् । ६. वास्तवमा, रातका पहरहरूमा मुटु पाठको लागि बढी तयार हुन्छ र धेरै राम्रो उच्चारण हुन्छ । ७. वास्तवमा, तपाईं दिनमा आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ जसले गर्दा तपाईं कुर्आनको पाठ गर्न सक्नुहुन्न । तसर्थ तपाईं रातमा सलाह पढ्नुहोस् । ८. अनि विभिन्न तरिकाहरूमा अल्लाहको गुणगान गर्नुहोस् । पूर्ण रूपमा उहाँको लागि समर्पित भई उहाँको मात्र उपासना गर्नुहोस् । ९. उहाँ पूर्व र पश्चिमका पालनकर्ता हुनुहुन्छ । उहाँबाहेक कोही ...

८५) सूरह अल्-बुरूज

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट १. उहाँले सूर्य, चन्द्र र अन्य ग्रहहरूको कक्ष भएको आकाशको कसम खानुभयो । २. अल्लाहले सृष्टिहरूलाई भेला पार्ने बाचा गर्नुभएको कयामतको दिनको कसम खानुभयो । ३. अनि नबी (सल्लल्लाहु अलैहि व सल्लम) जस्तै आफ्नो समुदायको गवाही दिनेहरू र यस समुदाय जस्तै अरू समुदायहरू जो आफ्ना नबीहरूको गवाही दिन्छन्, दुबै पक्षको कसम अल्लाहले खानुभयो । ४. जमीनमा ठूलो खाडल बनाउनेहरूमाथि धिक्कार होस् । ५. त्यसमा आगो दन्काए र त्यस आगोमा जीवित मोमिनहरूलाई फाले । ६. उनीहरू आगोले भरिएको खाडलको छेउमा बसे । ७. उनीहरू मोमिनहरूमाथिको यातना र पीडाको स्वयं नै साक्षी हुन् किनकि उनीहरू त्यहाँ उपस्थित थिए । ८. ती काफिरहरूले मोमिनहरूलाई शक्तिशाली अल्लाहमाथि उनीहरूको आस्थाको लागि दोषी ठहर गरे । उहाँलाई कोही पनि पराजित गर्न सक्दैन । उहाँ हरेक कामको लागि प्रशंसित हुनुहुन्छ । ९. आकाशहरू र पृथ्वीको मालिक उहाँमात्र हुनुहुन्छ । उहाँ हरेक कुराबाट अवगत हुनुहुन्छ र उहाँका भक्तहरूका कुनैपनि कुरा उहाँबाट लुकेको छैन । १०. वास्तवमा, मोमिन पुरूष र महिलाहरूलाई एक मात्र अल्लाहमाथि आस्था राख्न...