शुरू अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
१. ता ० सीम् ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।२. यी श्लोकहरू असत्यबाट सत्यलाई स्पष्ट पार्दछन् ।३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस्तो नहोस्, तपाईंले काफिरहरूको मार्गदर्शनको चाहना र चिन्तामा आफ्नो ज्यान नै गुमाउनुहोस् ।४. हामीले चाहेमा आकाशबाट यस्तो निशानी अवतरण गर्न सक्छौं जससमक्ष तिनीहरूका गर्धनहरू निहुरुन् । तर तिनीहरूको परीक्षाको कारणले हामीले यस्तो गर्न चाहेनौं । यसको उद्देश्य यस कुराको परीक्षा लिनु हो कि तिनीहरू नदेखिकन ईमान ल्याउँछन् कि ल्याउँदैनन् ?५. जहिले पनि यी बहुदेववादीहरूसमक्ष अल्लाहको तर्फबाट प्रमाणसहित कुनै उपदेश आउँछ तिनीहरू विमुख हुन्छन् । जसबाट यो प्रमाणित हुन्छ कि अल्लाह मात्र भक्ति योग्य हुनुहुन्छ र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) सच्चा रसूल हुन् ।६. तिनीहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशलाई झूठो ठहर गरे । तिनीहरूले ठट्टा गरेका खबरहरू अवश्य नै पूरा हुनेछन् र तिनीहरूमाथि अवश्य नै प्रकोप अवतरण हुनेछ ।७. के कुफ्रमा जिद्दी गर्नेहरूले यस कुरामा विचार गरेनन्− हामीले कसरी भूमिमा नाना प्रकारका बाली नाली उमारेका छौं जो हेर्नमा पनि मनमोहक छ र त्यसमा फाइदा पनि धेरै छन् ?!८. निस्सन्देह नाना प्रकारका बाली नाली उमार्नु यस कुरालाई प्रमाणित गर्दछ- जुन अल्लाह बाली नाली उमार्ने सामर्थ्य राख्नुहुन्छ उहाँ मृतहरूलाई पुनः जीवित पार्ने सामर्थ्य पनि राख्नुहुन्छ । तर अधिकांश मानिसहरू ईमान ल्याएका छैनन् ।९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता विजयी हुनुहुन्छ, उहाँमाथि कोही विजयी हुन सक्दैन । उहाँ आफ्ना भक्तहरूप्रति दयावान हुनुहुन्छ ।१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् जब अल्लाहले मूसा (अलैहिस्सलाम) लाई पुकारेर आदेश दिनुभयो− अल्लाहको इन्कार गरेर अत्याचार गरेका र बनी इस्राईललाई दास बनाएको समुदायतर्फ जाऊ ।११. त्यो फिरऔनको समुदाय हो । त्यहाँ पुगेर तिनीहरूलाई नम्रताका साथ उपदेश देऊ− तिनीहरूले अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गरेका कार्यहरूबाट बचेर ईशभय अपनाउन् । १२. मूसा (अलैहिस्सलाम) ले भने− तपाईंको सन्देशलाई तिनीहरूले झूठो ठहर गर्नेछन् भन्ने मलाई आशंका छ । १३. तिनीहरूले झूठो ठहर गर्ने आशंकाले मेरो छाती सञ्कुचित हुँदैछ र मेरो जिब्रो कुरा गर्नबाट रोकिन्छ । त्यसैले भाइ हारूनलाई सन्देष्टा बनाउन जिब्रील (अलैहिस्सलाम) लाई पठाउनुहोस् ताकि हारून (अलैहिस्सलाम) मेरो सहयोगी बनुन् ।१४. मैले एकजना किब्तीको हत्या गरेको कुरालाई आधार बनाएर तिनीहरूले मेरो हत्या गर्छन् भन्ने आशंका छ । १५. अल्लाहले भन्नुभयो− कदापि होइन, तिनीहरूले तिम्रो हत्या गर्दैनन् । अतः तिमी र तिम्रो भाइ हारून हाम्रा चमत्कारहरू लिएर तिनीहरूकहाँ जाऊ, हाम्रो मद्दत र समर्थन तिम्रो साथमा छ । हामी तिमी र फिरऔनीहरूबीच हुने वार्तलापलाई सुन्नेछौं । १६. तिमीहरू दुवै जना फिरऔनकहाँ जाऊ र भन− हामीहरू अल्लाहका रसूल हौं । हामीहरूलाई त्यस अल्लाहले तिमीतर्फ पठाउनुभयो जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।१७. बनी इस्राईललाई मुक्त गरेर हामीसँग जान देऊ ।१८. फिरऔनले भन्यो− के तिमी सानो हुँदा हामीले तिम्रो पालन-पोषण गरेनौं र तिमीले हामीबीच वर्षौं जीवन बिताएनौं, अनि कुन आधारमा सन्देष्टा हुने दावी गर्दैछौ त ?१९. तिमीले आफ्नो समुदायको एकजना व्यक्तिको सहयोगको लागि एकजना किब्तीको हत्या गरेर ठूलो पाप गरेका छौ । यसरी हामीले गरेको उपकारहरूलाई तिमीले बिर्सिदियौ ।२०. मूसा (अलैहिस्सलाम) ले आफ्नो गलती स्वीकार गर्दै फिरऔनलाई भने− मैले त्यतिखेर त्यस व्यक्तिको हत्या गरेको थिएं जब मसम्म वही (प्रकाशना) न आएको कारणले ममा त्यति ज्ञान थिएन ।२१. त्यसपछि तिमीहरूले मेरो हत्या गर्छौ भन्ने आशंकाले म भागेर मदयनको एउटा गाउँमा गइ हालें । त्यहाँ अल्लाहले मलाई ज्ञान प्रदान गर्नुभयो र रसूलहरूमध्ये बनाउनुभयो जसलाई उहाँ मानिसहरूतर्फ पठाउनुहुन्छ ।२२. मलाई दास नबनाइकन मेरो पालन-पोषण गरेर तिमीले ममाथि कृपा गर्यो । जबकि तिमीले बनी इस्राईललाई दास बनायौ । यो ठिक कुरा हो तर यो कुराले मलाई आह्वान गर्नबाट रोक्दैन ।२३. फिरऔनले मूसा (अलैहिस्सलाम) लाई सोध्यो− सबै प्राणीहरूका पालनकर्ता को हुन् जसको रसूल हुने दावी तिमी गर्दैछौ ?! २४. मूसा (अलैहिस्सलाम) ले जवाफमा भने− सबै प्राणीहरूका पालनकर्ता अल्लाह हुनुहुन्छ जसले आकाश, पृथ्वी र यी दुवैबीच रहेका सबै वस्तुहरू सृष्टि गर्नुभयो । अल्लाह नै यी सबैका पालनकर्ता हुन् भन्ने कुरामा विश्वास छ भने मात्र उहाँ कै भक्ति गर ।२५. फिरऔनले आफ्नो वरिपरि रहेका समर्थकहरूलाई भन्यो− के तिमीहरू मूसा (अलैहिस्सलाम) को झूठो कुरामा आधारित जवाफ सुनिरहेका छैनौ ! २६. मूसा (अलैहिस्सलाम) ले भने− अल्लाह नै तिमीहरू र तिमीहरूका पुर्खाहरूको पालनकर्ता हुनुहुन्छ । २७. फिरऔनले भन्यो− आफूलाई तिमीहरूतर्फ पठाइएको रसूल ठान्ने यो व्यक्ति बौलाएको छ । कुन कुरा गर्नु उचित छ र कसरी कुरा गर्नुपर्छ भन्ने कुरा पनि यसलाई थाहा छैन ।२८. मूसा (अलैहिस्सलाम) ले भने− म तिमीहरूलाई अल्लाह कै भक्तितर्फ बोलाउँछु । उहाँ नै पूर्व, पश्चिम र यी दुवैबीच रहेका वस्तुहरूको सृष्टिकर्ता हुनुहुन्छ, यदि तिमीहरू बुद्धिले काम लिन्छौ भने । २९. मूसा (अलैहिस्सलाम) सँग वार्तालापमा असफल भएपछि फिरऔनले भन्यो− यदि तिमीले मबाहेक अन्य कसैको भक्ति गर्छौ भने तिमीलाई कारागारमा हालिदिन्छु ।३०. मूसा (अलैहिस्सलाम) ले भने− म अल्लाहको तर्फबाट चमत्कार प्रस्तुत गरे पनि तिमीले मलाई कारगारमा हाल्छौ ? जबकि यी चमत्कारहरूले म सच्चा सन्देष्टा हुँ भन्ने कुरा प्रमाणित गर्नेछन् ।३१. यदि तिमी आफ्नो दावीमा सच्चा हौ भने आफ्ना ती चमत्कारहरू प्रस्तुत गर जसले तिमीलाई सच्चा प्रमाणित गर्छ ।३२. मूसा (अलैहिस्सलाम) ले लौरो भूमिमा मारे, अनि त्यो अनयास सर्प बन्यो । ३३. उनले आफ्ना हात छातीमा हाल्दा सेतो थिएन तर निकाल्दा बिना कुष्ठ रोग सेतो र चम्किलो थियो । अवलोकन गर्नेहरूले त्यस्तै देख्दै थिए । ३४. फिरऔनले आफ्नो वरिपरि रहेका आफ्ना समर्थकहरूलाई भन्यो− यो व्यक्ति त निपुण जादूगर पो रहेछ ।३५. आफ्नो जादूबाट तिमीहरूलाई तिमीहरूको भूमिबाट निकाल्न चाहन्छ । तिमीहरूको विचारमा यसको लागि के उपाय गर्नुपर्छ ?३६. तिनीहरूले भने− उसलाई र उसको भाइलाई अवसर दिनुहोस् । उनीहरूलाई सजाय दिनमा हतार नगर्नुहोस् । शहरहरूमा हलकाराहरू पठाउनुहोस् जसले जादूगरहरूलाई भेला गरेर ल्याउन् ।३७. जसले निपुण जादूगरहरूलाई लिएर आउन् ।३८. मूसा (अलैहिस्सलाम) को मुकाबिलाको लागि फिरऔनले जादूगरहरूलाई एउटा निश्चित समय र स्थानमा भेला गर्यो ।३९. सर्वसाधारणमा घोषणा गरियो− मूसा (अलैहिस्सलाम) र जादूगरहरूमध्ये को विजय हुन्छ यो हेर्नको लागि तिमीहरू सबैले भेला हुनुपर्छ है ।४०. आशा छ, जादूगरहरू मूसा (अलैहिस्सलाम) माथि विजयी भएमा हामीहरू तिनीहरूको धर्मको पालना गर्नेछौं ।४१. जब मूसा (अलैहिस्सलाम) विरुद्ध मुकाबिलाको लागि जादूगरहरू हाजिर भए तब तिनीहरूले फिरऔनलाई सोधे− हामीहरू विजय भयौं भने के कस्तो भौतिक र नैतिक पुरस्कार मिल्नेछ ?४२. फिरऔनले भन्यो− हो, तिमीहरूलाई भौतिक पुरस्कार पनि मिल्नेछ र उच्च सरकारी पद पनि । यसरी तिमीहरू मेरो निकटतम बन्नेछौ ।४३. मूसा (अलैहिस्सलाम) ले अल्लाहको मद्दतमाथि भरोसा गर्दै स्पष्टरूपमा भने− मसँग कुनै जादू छैन । तिमीहरू जे जति डोरी र लौरोहरू भूमिमा राख्न चाहन्छौ राख ।४४. तिनीहरूले डोरी र लौरो भूमिमा राख्दै भने− फिरऔनको सम्मानको कसम ! आज हामीहरू विजयी हुनेछौं र मूसा (अलैहिस्सलाम) पराजित हुनेछ ।४५. मूसा (अलैहिस्सलाम) ले आफ्नो लौरो भूमिमा राखे, अनि त्यो अजगरमा परिणत भएर जादूले गर्दा सर्प देखा परेका डोरी र लौरोहरूलाई निल्न थाल्यो । ४६. जब जादूगरहरूले मूसा (अलैहिस्सलाम) को लौरोलाई आफ्ना जादू-सामग्री निलिरहेको देखे तब उनीहरू सज्दामा खसे । ४७. उनीहरूले भने− सबै प्राणीहरूका पालनकर्तामाथि हामीले ईमान ल्यायौं ।४८. मूसा र हारून (अलैहिमस्सलाम) का पालनकर्तामाथि ।४९. तिनीहरूले ईमान ल्याएप्रति फिरऔनले खेद प्रकट गर्दै भन्यो− तिमीहरूले मूसा (अलैहिस्सलाम) माथि मेरो अनुमतिबिना किन ईमान ल्यायौ ?! वास्तवमा मूसा (अलैहिस्सलाम) तिमीहरूको गुरु हो जसले तिमीहरूलाई जादू सिकायो । तिमीहरू सबै मिलेर मिस्रबासीहरूलाई निकाल्ने षडयन्त्र गरेका छौ । तिमीहरूलाई कति कठोर सजाय मिल्नेछ भन्ने कुरा तिमीहरूले चाँडै जान्नेछौ । हामीले तिमीहरूका दाहिने खुट्टा र देब्रे हात वा देब्रे खुट्टा र दाहिने हात अवश्य नै काटिदिनेछौं र तिमीहरू सबैलाई खजुरको रूखमा शुलि दिनेछौं, एकजनालाई पनि छोड्दिन ।५०. जादूगरहरूले फिरऔनलाई जवाफ दिए− संसारमा तिमीले हत्या गरेर वा शुलिमा चढाएर जे सजाय पनि दिने धमकी दिरहेकाछौ त्यसले गर्दा हामीलाई केही हानि पुग्दैन । तिम्रो सजाय क्षणिक हुनेछ । हामीहरू आफ्ना पालनकर्ताकहाँ फर्केर जानेछौं र उहाँले सधैँको कृपामा हामीहरूलाई प्रवेश गराउनुहुनेछ ।५१. हामीहरूलाई आशा छ, मूसा (अलैहिस्सलाम) माथि सर्वप्रथम ईमान ल्याएको कारणले उहाँले हाम्रा विगतका पापहरूलाई माफ गर्नुहुनेछ ।५२. हामीले मूसा (अलैहिस्सलाम) लाई आदेश दियौं− बनी इस्राईललाई रातौं रात यहाँबाट लिएर जाऊ । फिरऔन र उसको सैनिकले तिमीहरूलाई फिर्ता ल्याउन तिमीहरूको पीछा गर्नेछन् ।५३. फिरऔनले सैनिकहरूलाई जम्मा गर्न केही हल्काराहरूलाई शहरहरूमा पठायो ताकि तिनीहरूले बनी इस्राईललाई फिर्ता ल्याउन् ।५४. फिरऔनले बनी इस्राईलको महत्व कम गर्दै भन्यो− यो एउटा सानो समूह हो ।५५. उनीहरूले हामीलाई रिस दिलाउने काम गरेको छ ।५६. हामी तिनीहरूविरुद्ध सचेत भएर तयार छौं ।५७. अल्लाहले फिरऔन र उसको समुदायलाई बहुमूल्य बगैंचा र बगि रहेका पानीका मूलहरूबाट निकाल्नुभयो ।५८. धन मालका खजाना र सुन्दर भवनहरूबाट निकाल्नुभयो।५९. फिरऔन र उसको समुदायलाई यस्ता वरदानहरूबाट निकाल्नुभयो र बनी इस्राईललाई त्यस्तै वरदानहरू सीरियामा प्रदान गर्नुभयो । ६०. फिरऔन र उसको समुदायले सूर्योदयको समयमा बनी इस्राईलको पीछा गरे ।६१. जब फिरऔन तथा उसको समुदाय र मूसा (अलैहिस्सलाम) तथा उनको समुदाय एक अर्कालाई देखिने गरी नजिक भए तब मूसा (अलैहिस्सलाम) का साथीहरूले भने− अब त फिरऔन र उसको समुदायले हामीहरूलाई समात्नेछन् र हामीहरू तिनीहरूको मुकाबिला गर्न सक्दैनौं ।६२. मूसा (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भने− तिमीहरूले ठाने जस्तो हुँदैन । अल्लाहको मद्दत र पुष्टि हामीहरूको साथमा छ । उहाँले मोक्षको मार्ग देखाउनुहुनेछ ।६३. हामीले मूसा (अलैहिस्सलाम) लाई आदेश दियौं− समुद्रमा लौरोले हिर्काऊ । उनले लौरोले हिर्काउँदा समुद्र फुट्यो र त्यसमा बनी इस्राईलका बाह्र वटा कबिलाअनुसार बाह्र वटा मार्गहरू बने । समुद्रको फुटेको प्रत्येक टुक्रा पहाड जस्तो महान बन्यो र त्यसबाट पानी बग्न रोकियो ।६४. हामीले फिरऔन र उसको समुदायलाई समुद्रको नजिक पुर्यायौं, तिनीहरू यो ठानेर समुद्रमा पसे कि त्यसमा बनेका मार्गहरूमा हिँड्न सकिन्छ ।६५. हामीले मूसा (अलैहिस्सलाम) र उनको समुदाय बनी इस्राईललाई जोगायौं, उनीहरूमध्ये एक जना पनि हताहत भएन ।६६. तर हामीले फिरऔन र उसको समुदायलाई समुद्रमा डुबाएर सर्वनाश गर्यौं ।६७. निस्सन्देह मूसा (अलैहिस्सलाम) को लागि समुद्र फुट्नु, उनको तथा उनको समुदाय सुरक्षित रहनु र फिरऔन तथा उसको समुदायको सर्वनाशमा यस कुराको प्रमाण छ कि मूसा (अलैहिस्सलाम) सच्चा सन्देष्टा थिए, तर फिरऔनसँग रहेका अधिकांश मानिसहरूले ईमान ल्याएनन् ।६८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिने सामर्थ्य राख्नुहुन्छ र तिनीहरूमध्ये तौबा गर्ने भक्तहरूमाथि दया गर्नुहुन्छ ।६९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को सत्य कथा सुनाउनुहोस् ।७०. जब इब्राहीम (अलैहिस्सलाम) ले आफ्नो बुवा आजर र समुदायलाई भने− तिमीहरू अल्लाहालाई छोडेर कुन वस्तुको पूजा गर्छौ ?७१. समुदायका मानिसहरूले भने− हामीहरू मूर्ती पूजा गर्छौं र त्यसैमा समर्पित रहन्छौं ।७२. इब्राहीम (अलैहिस्सलाम) ले सोधे− के मूर्तीहरू सुन्छन् जब तिमीहरू तिनीहरूलाई पुकार्छौ ?७३. के तिमीहरूले आज्ञापालन गर्दा तिनीहरूले केही लाभ पुर्याउँछन् वा अवज्ञा गर्दा तिनीहरूले केही हानि पुर्याउँछन् ?७४. तिनीहरूले भने− हामीहरूले पुकार्दा तिनीहरू सुन्दैनन्, आज्ञापालन गर्दा कुनै लाभ पुर्याउँदैनन् र अवज्ञा गर्दा कुनै हानि पुर्याउँदैनन् । तर हामीहरूले आफ्ना पूर्वजहरूलाई मूर्ती पूजा गर्दै पायौं र तिनीहरूको देखा सिखी हामीहरू पनि गर्दैछौं ।७५. इब्राहीम (अलैहिस्सलाम) ले भने− के तिमीहरूले गरिराखेको मूर्ती पूजामा पुनर्विचार गर्यौ ?७६. हाम्रा शुरुका पूर्वजहरू त मूर्ती पूजा गर्दैनथे ।७७. सबै मूर्ती पूजकहरू मेरा शत्रु हुन्, किनभने तिनीहरू असत्य हुन् । वास्तविक पूज्य मात्र अल्लाह हुनुहुन्छ जो सबै प्राणीहरूका पालनकर्ता हुन् । ७८. किनभने उहाँले नै मलाई सृष्टि गर्नुभयो । उहाँले मलाई लोक र परलोकको भलाईतर्फ मार्गदर्शन गर्नुहुनेछ ।७९. भोक लाग्दा मात्र अल्लाहले मलाई खुवाउनुहुन्छ । तिर्खा लाग्दा मात्र उहाँले मलाई पिलाउनुहुन्छ ।८०. म बिरामि हुँदा मात्र उहाँले मलाई निको पार्नुहुन्छ । उहाँबाहेक अन्य कोही निको पार्दैन ।८१. मृत्युको समय आएमा मात्र उहाँले मलाई मृत्यु दिनुहुनेछ र त्यसपछि मात्र उहाँले अर्को जीवन प्रदान गर्नुहुनेछ ।८२. महाप्रलयको दिन मात्र उहाँले मेरा पापलाई माफ गर्नुहुनेछ भन्ने आशा राख्छु । ८३. इब्राहीम (अलैहिस्सलाम) ले प्रर्थना गर्दै भने− हे मेरा पालनकर्ता ! मलाई धर्मको ज्ञान प्रदान गर्नुहोस् । मृत्युपछि स्वर्गमा प्रवेश गराएर मअघि बितेका सन्देष्टाहरूसँग मिलाउनुहोस् ।८४. आउने युगका मानिसहरूमा मेरो राम्रो चर्चा र प्रशंसा जारी गरिदिनुहोस् ।८५. मलाई स्वर्गका वारिसहरूमध्ये बनाइदिनुहोस् र त्यसमा बास प्रदान गर्नुहोस् । त्यसमा तपाईंका मोमिन भक्तहरू प्रवेश गर्नेछन् ।८६. मेरो बुवालाई क्षमा प्रदान गर्नुहोस् । निस्सन्देह उनी शिर्क गरेको कारणले पथभ्रष्ट भएका छन् । इब्राहीम (अलैहिस्सलाम) ले यो दुआ त्यतिखेर गरे जब उनलाई यो थाहा थिएन कि उनी नर्कबासी हुन् । जब उनलाई यो कुरा थाहा भयो तब उनले उनीसँग कुनै सरोकार राखेनन् र उनको लागि दुआ गरेनन् । ८७. मलाई त्यस दिन यातना दिएर अपमान नगर्नु होला जुन दिन मानिसहरूलाई हिसाब किताबको लागि उठाइनेछ ।८८. त्यस दिन न त धन-सम्पत्ति काम लाग्छ जसलाई मानव संसारमा जम्मा गर्छ, न सन्तान नै काम आउँछ जसबाट मानव मद्दत लिने गर्छ । ८९. अँ जुन मानिसहरू ठीक दिल लिएर हाजिर हुनेछन् उनीहरूलाई ती धन-सम्पत्ति काम लाग्नेछ जो उसले अल्लाहको मार्गमा खर्च गरेका हुनेछन् र उनीहरूका सन्तानले गरेका दुआ पनि काम लाग्नेछ ।९०. स्वर्गलाई ईशभय राखेर अल्लाहको आदेशको पालना गरेका र उहाँले मनाहि गरेका कार्यहरूबाट बचेका मानिसहरूको नजिक पारिनेछ ।९१. सत्य धर्मबाट पथभ्रष्ट भएका मानिसहरूका लागि महाप्रलयको दिन नर्कलाई प्रकट गरिनेछ ।९२. तिनीहरूलाई घच्घच्याएर सोधिनेछ− कहाँ छन् तिमीहरूले पुज्दै आएका मूर्तीहरू ? ९३. के तिमीहरू तिनीहरूको पूजा अल्लाहलाई छोडेर गर्दै थियो ? के तिनीहरू अल्लाहको प्रकोपलाई रोकेर तिमीहरूको मद्दत गर्न सक्छन् ? वा के तिनीहरू आफ्नो बचाव गर्न सक्छन् ? ९४. अनि तिनीहरूमध्ये केहीलाई अन्य केहीमाथि नर्कमा फ्याँकिनेछ । तिनीहरूलाई पनि र तिनीहरूलाई पथभ्रष्ट गरेकालाई पनि । ९५. शैतानहरूमध्ये इब्लीसका सबै सहयोगीहरूलाई नर्कमा फ्याँकिनेछ । कसैलाई पनि छोडिने छैन ।९६. त्यस दिन बहुदेववादीहरू अल्लाहबाहेकका आफ्ना भगवानहरूसँग वादविवाद गर्नेछन् ।९७. अल्लाहको कसम ! हामीहरू साँच्चिकै सत्य मार्ग बिराएर स्पष्ट पथभ्रष्टतामा थियौं,९८. जब हामी तिमीहरूलाई सबै प्राणीहरूका पालनकर्ता अल्लाहको बराबर ठहर गरेर तिमीहरूको पूजा त्यस्तै गर्दै थियौं जस्तो अल्लाहको भक्ति गर्दै थियौं । ९९. हामीहरूलाई यिनीहरूको भक्तितर्फ बोलाएर पथभ्रष्ट पार्नेहरू अपराधी हुन् । १००. अल्लाहको यातनाबाट जोगाउन कुनै सिफारिशकर्ता छैन ।१०१. मलाई जोगाउने र मेरोलागि सिफारिश गर्ने कुनै घनिष्ट मित्र छैन ।१०२. यदि हामीलाई पुनः संसारमा फर्काइनेछ भने हामी अवश्य अल्लाहमाथि ईमान ल्याउनेछौं ।१०३. निस्सन्देह इब्राहीम (अलैहिस्सलाम) को सत्य कथा र झूठा ठहर गर्नेहरूको परिणाममा पाठ लिनेहरूका लागि उपदेश छ । तर अधिकांश मानिसहरू ईमान ल्याइरहेका छैनन् ।१०४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ । १०५. नूह (अलैहिस्सलाम) को समुदायले नूह (अलैहिस्सलाम) लाई झूठो ठहर गरेर सबै सन्देष्टाहरूलाई झूठो ठहर गरे ।१०६. जब तिनीहरूको रगतको नातामा पर्ने भाइ नूह (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− के तिमीहरू अल्लाहसित डराएर र उहाँबाहेक अरूको भक्ति छोडेर ईशभय ग्रहण गर्दैनौ ? १०७. म तिमीहरूका लागि अल्लाहको तर्फबाट पठाइएको रसूल हुँ । म अमानतदार हुँ, अल्लाहले गर्नुभएको वही (प्रकाशना) मा कुनै थप घट गर्दिन ।१०८. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।१०९. म अल्लाहको तर्फबाट जे जति पुर्याउँदैछु त्यसको लागि कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहको जिम्मामा छ जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।११०. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।१११. उनको समुदायले भन्यो− हे नूह ! के हामी तिमीमाथि ईमान ल्याऔं र तिमीले ल्याएको कुराको अनुसरण गरौं जब कि तपाईंका अनुयायीहरू नीच मानिसहरू हुन् । उनीहरूमध्ये कुनै ठूला बडाहरू छैनन् ?!११२. नूह (अलैहिस्सलाम) ले भने− मोमिनहरू के गर्दैछन् भन्ने कुरा मलाई थाहा छैन । म उनीहरूको संरक्षक होइन र उनीहरूले गरेको कर्मको गन्ती राख्दिन ।११३. उनीहरूको हिसाब अल्लाहमाथि छ जो उनीहरूका गोप्य कुराहरू पनि जान्नुहुन्छ र खुल्ला कुराहरू पनि जान्नुहुन्छ । तिमीहरूले भनेको कुरा तिमीहरूले महसूस गर्छौ भने । ११४. तिमीहरूको माग के छ भने तिनीहरूलाई आफ्नो सभाबाट भगाऊ अनि हामीहरू ईमान ल्याउनेछौं । तर म तिनीहरूलाई आफ्नो सभाबाट भगाउँदिन ।११५. म स्पष्टरूपमा डराउनेवाला हुँ । तिमीहरूलाई अल्लाहको प्रकोपबाट डराउँछु ।११६. नूह (अलैहिस्सलाम) को समुदायले भने− यदि तिमीले यस कार्यलाई छोडेनौ भने तिमीले गाली खानेछौ र ढुङ्गाले मारिनेछौ ।११७. नूह (अलैहिस्सलाम) ले अल्लाहसित दुआ गर्दै भने− हे मेरा पालनकर्ता ! मेरो समुदायले मलाई झूठो ठहर गर्यो । तपाईंको तर्फबाट ल्याएको सन्देशको पुष्टि तिनीहरूले गरेनन् ।११८. तिनीहहरूको विनाशको निर्णय गरिदिनुहोस्, किनभने तिनीहरू असत्यमा जिद्दि गर्दैछन् । मलाई र ममाथि ईमान ल्याएका मानिसहरूलाई त्यस प्रकोपबाट जोगाउनुस् । ११९. हामीले उनको दुआलाई स्वीकार गर्यौं र मानिस तथा जनावरहरूले भरिएको डुङ्गामा उनलाई र उनीसँग रहेका मोमिनहरूलाई सुरक्षित राख्यौं । १२०. अनि नूह (अलैहिस्सलाम) को समुदायका बाँकी सबैलाई डुबाएर सर्वनाश पार्यौं ।१२१. निस्सन्देह नूह (अलैहिस्सलाम), उनको समुदायको सत्य, उनीहरूको मोक्ष र उनको समुदायका काफिरहरूको विनाशमा पाठ लिनेहरूका लागि उपदेश छ । तिनीहरूमध्ये अधिकांश मोमिन होइनन् ।१२२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।१२३. आद नामी समुदायले हूद (अलैहिस्सलाम) लाई झूठो ठहर गरेर सबै सन्देष्टाहरूलाई झूठो ठहर गरे ।१२४. जब तिनीहरूको रगतको नातामा पर्ने भाइ हूद (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− के तिमीहरू अल्लाहसित डराएर र उहाँबाहेक अरूको भक्ति छोडेर ईशभय ग्रहण गर्दैनौ ? १२५. म तिमीहरूका लागि अल्लाहको तर्फबाट पठाइएको रसूल हुँ । म अमानतदार हुँ, अल्लाहले गर्नुभएको वही (प्रकाशना) मा कुनै थप घट गर्दिन ।१२६. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।१२७. म अल्लाहको तर्फबाट जे जति पुर्याउँदैछु त्यसको लागि तिमीहरूबाट कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहको जिम्मामा छ जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।१२८. के तिमीहरू हरेक उच्च स्थानमा उच्च भवन निर्माण गर्छौ जो निशानी बनोस् ?! तर यो बेकारको काम हो र यसको कुनै फाइदा लोक र परलोकमा मिल्दैन । १२९. के तिमीहरू यति महान किल्ला र भवन बनाउँछौ मानौं तिमीहरू सधैँ यसै संसारमा रहनेछौ, यहाँबाट कहिले मरेर जाँदैनौ ?! १३०. तिमीहरू कसैको हत्या गर्दा वा हिर्काउँदा अति निर्दयी भएर मार्छौ ।१३१. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।१३२. अल्लाहको रिसबाट डराऊ जसले तिमीहरूलाई विभिन्न वरदानहरू प्रदान गर्नुभयो जो तिमीहरूलाई थाहै छ ।१३३. अल्लाहले तिमीहरूलाई जनावर र सन्तानहरू प्रदान गर्नुभयो ।१३४. उहाँले तिमीहरूलाई बगैंचाहरू र बगिरहेका मूलहरू प्रदान गर्नुभयो ।१३५. हे मेरा समुदायका मानिसहरू हो ! तिमीहरूलाई महाप्रलयको दिन ठूलो प्रकोपले समात्नेछ भन्ने मलाई डर छ ।१३६. समुदायका मानिसहरूले जवाफ दिए− तिमीले उपदेश दिएमा वा नदिएमा कुनै फरक पर्दैन । हामीहरू तिमीमाथि ईमान ल्याउँदैनौं र हामीहरूले गरिराखेका कार्य छोड्दैनौं ।१३७. यो विगतका मानिसहरूको धर्म, तरिका र आचरण हो ।१३८. हामीलाई यातना दिइने छैन ।१३९. तिनीहरूले निरन्तर आफ्ना सन्देष्टा हूद (अलैहिस्सलाम) लाई झूठो ठहर गरे । अतः हामीले तिनीहरूलाई ठूलो हूरी बतासले सर्वनाश गर्यौं । यस सर्वनाशमा पाठ लिनेहरूका लागि उपदेश छ । तिनीहरूमध्ये अधिकांश मानिसहरूले ईमान ल्याएका थिएनन् ।१४०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।१४१. समूद नामी समुदायले सालेह (अलैहिस्सलाम) लाई झूठो ठहर गरेर सबै सन्देष्टाहरूलाई झूठो ठहर गरे ।१४२. जब तिनीहरूको रगतको नातामा पर्ने भाइ सालेह (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− के तिमीहरू अल्लाहसित डराएर र उहाँबाहेक अरूको भक्ति छोडेर ईशभय ग्रहण गर्दैनौ ? १४३. म तिमीहरूका लागि अल्लाहको तर्फबाट पठाइएको रसूल हुँ । म अमानतदार हुँ, अल्लाहले गर्नुभएको वही (प्रकाशना) मा कुनै थप घट गर्दिन ।१४४. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।१४५. म अल्लाहको तर्फबाट जे जति पुर्याउँदैछु त्यसको लागि तिमीहरूबाट कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहको जिम्मामा छ जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।१४६. के तिमीहरू चाहन्छौ कि जुन किसिमको मोज र वरदानका साथ शान्तिपूर्ण अवस्थामा छौ त्यसैमा तिमीहरूलाई छोडियोस् ?!१४७. बगैंचाहरू र बगिरहेका मूलहरूमा । १४८. खेती बाडीहरू र रसिलो तथा वादिष्ट खजुर भएका रूखहरूमा ।१४९. तिमीहरू पहाड खोपेर घर बनाउँछौ र पहाड खोप्नमा तिमीहरू निपुण छौ ।१५०. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।१५१. दुष्कर्म गरेर आफूमाथि अत्याचार गरेका मानिसहरूको आज्ञापालन नगर ।१५२. यस्ता मानिसहरू दुष्कर्म गरेर धर्तीमा आतङ्क मच्चाउँछन् र अल्लाहको आज्ञापालन गरेर सुधार गर्दैनन् ।१५३. सालेह (अलैहिस्सलाम) को समुदायले भन्यो− तिमी नै हौ जसमाथि पटक पटक जादू गरियो, जसले गर्दा तिम्रो बुद्धि नै हराएको छ ।१५४. तिमी त हामीहरू जस्तै मानव हौ, तिमीभित्र कुनै विशेष कुरा छैन जसले गर्दा तिमी रसूल हुन सक्छौ । यदि तिमी आफ्नो दावीमा सच्चा छौ भने कुनै निशानी पेश गर । १५५. सालेह (अलैहिस्सलाम) ले भने− अल्लाहले मलाई एउटा निशानी प्रदान गर्नुभएको छ, त्यो हो ऊँटनी, जसलाई अल्लाहले चट्टानबाट निकाल्नु भयो । यसलाई देख्न पनि सकिन्छ र छुन पनि सकिन्छ । यसको लागि पानीको एउटा अंश छ र तमीहरूको लागि पानीको अर्को अंश छ । जुन दिन तिमीहरूको अंश छ त्यस दिन यसले पानी खाँदैन र जुन दिन यसको अंश छ त्यस दिन तिमीहरू पानी नखाऊ । १५६. यसलाई काट्ने र हिर्काउने गरी न छोऊ । यस्तो गर्छौ भने तिमीहरूलाई भयावह दिनको प्रकोपले समात्नेछ, जुन दिन तिमीहरू सङ्कट ग्रस्त हुनेछौ ।१५७. तर तिनीहरू यसलाई काटेर मार्ने कुरामा सहमत भए । तिनीहरूमध्येका सबैभन्दा अभागीले त्यसलाई काटेर हत्या गर्यो । जब तिनीहरूले यो कुरा थाहा पाए- यसले गर्दा अवश्य नै तिनीहरूमाथि प्रकोप अवतरण हुन्छ तब तिनीहरू लज्जित भए । तर प्रकोपलाई आँखाले देखेपछि लज्जित हुनु केही फाइदा पुर्याउँदैन । १५८. अनि तिनीहरूलाई त्यस प्रकोपले समात्यो जसको वाचा तिनीहरूसँग गरिएको थियो । त्यो थियो भूकम्प र भयङ्कर आवाज । सालेह (अलैहिस्सलाम) र उनको समुदायको यस कथामा पाठ लिनेहरूका लागि उपदेश छ । तिनीहरूमध्ये अधिकांश मानिसहरूले ईमान ल्याएका थिएनन् ।१५९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।१६०. लूत (अलैहिस्सलाम) को समुदायले उनलाई झूठो ठहर गरेर सबै सन्देष्टाहरूलाई झूठो ठहर गरे ।१६१. जब तिनीहरूको रगतको नाताले भाइ लूत (अलैहिस्सलाम) ले भने− के तिमीहरू अल्लाहसित डराएर र उहाँबाहेक अरूको भक्ति छोडेर ईशभय ग्रहण गर्दैनौ ? १६२. म तिमीहरूका लागि अल्लाहको तर्फबाट पठाइएको रसूल हुँ । म अमानतदार हुँ, अल्लाहले गर्नुभएको वही (प्रकाशना) मा कुनै थप घट गर्दिन ।१६३. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।१६४. म अल्लाहको तर्फबाट जे जति पुर्याउँदैछु त्यसको लागि तिमीहरूबाट कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहको जिम्मामा छ जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।१६५. के तिमीहरू पुरुषको मलद्वारबाट आफ्नो काम-इच्छा पूरा गर्छौ ?!१६६. अल्लाहले काम-इच्छा पूरा गर्नको लागि सृष्टि गर्नुभएको आफ्नी श्रीमतिहरूको यौनीलाई छोड्छौ ?! यस्तो घृणित काम गरेर तिमीहरू अल्लाहको सीमाको उल्लङ्घन गर्छौ ।१६७. लूत (अलैहिस्सलाम) को समुदायले जवाफ दियो− यदि तिमीले हामीहरूलाई यस कार्यबाट रोक्न र घृणा गर्न छोडेनौ भने हामीहरू तिमी र तिम्रा अनुयायीहरूलाई यस गाउँबाट निष्कासित गरिदिनेछौं ।१६८. लूत (अलैहिस्सलाम) ले भने− म तिम्रो यस कार्यसित अति नै घृणा गर्छु र यसप्रति रोष प्रकट गर्छु ।१६९. लूत (अलैहिस्सलाम) ले अल्लाहसित दुआ गर्दै भने− हे मेरा पालनकर्ता ! यिनीहरूमाथि यिनीहरूको दुष्कर्मको कारणले जुन प्रकोप आउनेछ त्यसबाट मलाई र मेरा अनुयायीहरूलाई सुरक्षित राख्नुहोस् ।१७०. हामीले उनको दुआलाई स्वीकार गर्यौं र उनलाई र उनका अनुयायीहरूलाई मुक्ति प्रदान गर्यौं ।१७१. हामीले उनको श्रीमतिलाई सुरक्षित राखेनौं बरु उसलाई नष्ट पार्यौं, किनभने त्यो काफिर थिइ ।१७२. जब लूत (अलैहिस्सलाम) र उनका अनुयायीहरू सदूम भन्ने गाउँबाट निस्के तब हामीले उनको समुदायका बाँकी मानिसहरूलाई सर्वनाश गर्यौं ।१७३. हामीले तिनीहरूमाथि आकाशबाट ढुङ्गा बर्सायौं । यो वर्षा ती मानिसहरूका लागि अति भयावह सिद्ध भयो जसबाट लूत (अलैहिस्सलाम) ले सचेत गरेका थिए । तिनीहरूले दुष्कर्ममा जिद्दी गरेका थिए ।१७४. लूत (अलैहिस्सलाम) को समुदायमाथि यो प्रकोप तिनीहरूको अश्लील कार्यले गर्दा अवतरण भयो, ताकि पाठ लिनेहरूले पाठ लेउन् । तिनीहरूमध्ये अधिकांश मानिसहरूले ईमान ल्याएका थिएनन् ।१७५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।१७६. मदयन नजिक रहेको घना जङ्गलमा अवस्थित गाउँ बासीहरूले आफ्नो सन्देष्टा शुएब (अलैहिस्सलाम) लाई झूठो ठहर गरेर सबै सन्देष्टाहरूलाई झूठो ठहर गरे ।१७७. जब तिनीहरूका सन्देष्टा शुएब (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− के तिमीहरू अल्लाहसित डराएर र उहाँबाहेक अरूको भक्ति छोडेर ईशभय ग्रहण गर्दैनौ ?! १७८. म तिमीहरूका लागि अल्लाहको तर्फबाट पठाइएका रसूल हुँ । म अमानतदार हुँ, अल्लाहले गर्नुभएको वही (प्रकाशना) मा कुनै थप घट गर्दिन ।१७९. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।१८०. म अल्लाहको तर्फबाट जे जति पुर्याउँदैछु त्यसको लागि तिमीहरूबाट कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहको जिम्मामा छ जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।१८१. कारोबार गर्ने क्रममा नाप गर्दा पूरा पूरा नाप गर्ने गर, घटाएर न नाप । १८२. कारोबार गर्ने क्रममा तौल गर्दा ठीक तराजुले तौल गर । १८३. मानिसहरूको हक नमार । दुष्कर्महरू गरेर धर्तीमा आतङ्क नमच्चाऊ ।१८४. त्यस अल्लाहसित डराऊ जसले तिमीहरू र विगतका समुदायहरूलाई सृष्टि गर्नुभयो । उहाँले तिमीहरूमाथि प्रकोप अवतरण गर्नुहुन्छ भन्ने कुराबाट डराउनुपर्छ । १८५. शुएब (अलैहिस्सलाम) को समुदायले भन्यो− तिमी नै हौ जसलाई पटक पटक जादू गरियो, जसले गर्दा तिम्रो बुद्धि नै हराएको छ ।१८६. तिमी त हामीहरू जस्तै मानव हौ, तिमीभित्र कुनै विशेष कुरा छैन, अनि हामीहरू तिमीलाई कसरी रसूल मान्न सक्छौं ? तिमी रसूल हौ भन्ने दावीमा हामीहरू तिमीलाई झूठा मान्छौं ।१८७. तिमी आफनो दावीमा सच्चा छौ भने आकाशको टुक्रा खसाल ।१८८. शुएब (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− तिमीहरूले गरिराखेका शिर्क र दुष्कर्महरूसित अल्लाह अवगत हुनुहुन्छ । तिमीहरूले गरेको कुनै पनि कार्य उहाँबाट लुकेको छैन ।१८९. तर तिनीहरूले निरन्तर झूठो ठहर गरे अनि तिनीहरूलाई ठूलो प्रकोपले समात्यो । अति गर्मी भएको दिनपछि तिनीहरूमाथि बादल छायो र त्यसबाट आगोको वर्षा भयो जसले तिनीहरूलाई जलाएर भसम गरिदियो । निस्सन्देह तिनीहरूलाई सर्वनाश गरिएको दिन अति भयावह थियो । १९०. निस्सन्देह शुएब (अलैहिस्सलाम) को समुदायको यस विनाशमा पाठ लिनेहरूका लागि उपदेश छ । तिनीहरूमध्ये अधिकांश मानिसहरूले ईमान ल्याएका थिएनन् ।१९१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।१९२. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण भएको कुरआन सबै प्राणीहरूका पालनकर्ता अल्लाहको तर्फबाट अवतरण गरिएको छ ।१९३. यसलाई जिब्रील अमीनले अवतरण गरे ।९९४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनले तपाईंका हृदयमाथि यसलाई अवतरण गरे, ताकि तपाईं रसूलहरूमध्ये हुनुहोस् । रसूलहरूको काम मानिसहरूलाई सचेत गर्नु र अल्लाहको प्रकोपबाट डराउनु हो ।१९५. उनले स्पष्ट अरबी भाषामा यसलाई अवतरण गरे ।१९६. यस कुरआनको वर्णन र शुभसूचना अघिल्ला आकाशीय किताबहरूमा पनि आएको छ ।१९७. तपाईंमाथि अवतरण भएको कुरआनको वास्तविक्तालाई अब्दुल्लाह बिन सलाम जस्ता यहूदी धर्म गुरुहरू पनि जान्दछन् । के यो कुरा यी झूठा ठहर गर्नेहरूका लागि यस कुराको प्रमाण होइन कि तपाईं सच्चा रसूल हुनुहुन्छ ?१९८. यदि हामीले यो कुरआन अरबी भाषा नबोल्ने कुनै गैर अरबीमाथि अवतरण गरेको भए ,१९९. जिब्रील (अलैहिस्सलाम) ले उनीहरूसमक्ष पढे पनि उनीहरू ईमान ल्याउने थिएनन् । उनीहरूले झट्ट भन्ने थिए− हामी यसलाई बुझ्दैनौं । मक्काका यी काफिरहरूले यस कुरामा अल्लाहप्रति आभार प्रकट गर्नुपर्छ कि उनले यसलाई उनीहरूको अरबी भाषामा अवतरण गरे ।२००. यसरी हामीले अपराधीहरूको हृदयहरूमा झूठो ठहर गर्ने बानी र कुफ्र प्रवेश गरिदियौं ।२०१. यिनीहरूले भयावह प्रकोप नदेखुन्जेल परिवर्तित भएर ईमान ल्याउने छैनन् ।२०२. यिनीहरूमाथि अल्लाहको प्रकोप अकस्मात आएर समात्नेछ, यिनीहरूलाई थाहै हुने छैन ।२०३. अकस्मात प्रकोप अवतरण भएपछि यिनीहरूले पछुतो गर्दै भन्नेछन्− के हामीहरूलाई अवसर मिल्नेछ ताकि हामीहरू अल्लाहसमक्ष तौबा गरौं ?!२०४. के यी काफिरहरू यो भनेर हाम्रो प्रकोपको लागि हतार गर्दैछन्− हामीहरू त्यतिखेरसम्म ईमान ल्याउने छैनौं जतिखेर तिमीले हाम्रो माग अनुसार आकाशको टुक्रा खसाल्दैनौ ?!२०५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! खबरदार गरिदिनुहोस्− तपाईंले ल्याउनुभएको सन्देशमाथि ईमान नल्याउने काफिरहरूलाई वर्षौं सम्म वरदान प्रदान गर्यौं ।२०६. फेरि वरदानहरू पाएपछि यस्तो समय आयो जसमा त्यो प्रकोप अवतरण भयो जसको वाचा तीनीहरूसँग गरिएको थियो ।२०७. तिनीहरूसँग रहेका सांसारिक वरदानहरूले तिनीहरूलाई के फाइदा पुर्याए त ?! ती सबै वरदानहरू समाप्त भए, केही पनि बचेन ।२०८. हामीले जुनसुकै समुदायलाई नष्ट पार्यौं त्यसतर्फ रसूल र किताब पठाएपछि मात्र नष्ट पार्यौं ।२०९. तिनीहरूको पाठ र उपदेशको लागि हामीले सन्देष्टा र किताब पठायौं । रसूल र किताब न पठाइकन हामी प्रकोप पठाएर अत्याचार गर्दैनौं ।२१०. शैतानले यस कुरआनलाई रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को हृदयमाथि अवतरण गरेको छैन ।२११. शैतानले यसलाई उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को हृदयमाथि अवतरण गर्नु ठीक पनि छैन र गर्ने सामर्थ्य पनि राख्दैन ।२१२. तिनीहरू यस कारणले अवतरण गर्न सक्दैनन् कि तिनीहरूको स्थान आकाशबाट अलग थलग छ । अनि तिनीहरू कसरी आकाशमा चढन सक्छन् र केही लिएर झर्न सक्छन् ?!२१३. अल्लाहसँग अन्य कुनै भगवानको भक्ति नगर, त्यसले गर्दा तिमी यातनाको भागिदार बन्छौ ।२१४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं आफ्ना समुदायका सबै भन्दा बढी निकटतम अनि त्यसपछिका निकटतम मानिसहरूलाई डराउनुहोस्, ताकि तिनीहरू शिर्कमा लिप्त रहेर प्रकोपको भागी नबनुन् ।२१५. तपाईं आफ्ना अनुयायीहरूसँग अति नम्रताका साथ कुरा गर्नुहोस् र दया भावका साथ व्यवहार गर्नुहोस् ।२१६. यदि तिनीहरू तपाईंको अवज्ञा गर्छन् र तपाईंको आदेश अनुसार एक अल्लाहको भक्ति तथा आज्ञापालन गर्दैनन् भने भनि दिनुहोस्− तिमीहरूले गरेको शिर्क र दुष्कर्मसित मेरो कुनै सरोकार छैन ।२१७. तपाईं आफ्ना सबै मामिलामा सामर्थ्यवान अल्लाहमाथि भरोसा गर्नुहोस् जो आफ्ना शत्रुहरूबाट बदला लिनुहुन्छ । जुन मानिसहरू अल्लाहतर्फ फर्कन्छन् उनीहरूप्रति उहाँ दयावान हुनुहुन्छ ।२१८. अल्लाह तपाईंलाई देख्नुहुन्छ जब तपाईं सलाहको लागि उभ्नुहुन्छ ।२१९. सलाह पढिरहेका मानिसहरूबीच तपाईंले बदलिरहेको अवस्थाहरूलाई अल्लाह देख्नुहुन्छ । तपाईंले र अन्य मानिसहरूले गरि राखेका कार्यहरू उहाँबाट लुकेको छैन । २२०. तपाईंले पाठ गर्नु भएको कुरआन र सलाहमा गर्नुभएको जिक्रलाई उहाँ सुन्नुहुन्छ । उहाँ तपाईंको नीयतलाई पनि जान्नुहुन्छ ।काफिरहरूको यस सोचको खण्डन गरिएको छ कि शैतानहरू कुरआन अवतरण गर्छन् र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) कवि हुनुहुन्छ । अल्लाहले भन्नुभयो−२२१. तिमीहरूको विचारमा शैतानहरू कुरआन अवतरण गर्छन्, यो गलत कुरा हो, के म सूचित गरुँ कसमाथि शैतानहरू अवतरण हुन्छन् ? २२२. शैतानहरू झूठा, पापी ज्योतिषीहरूमाथि अवतरण हुन्छन् ।२२३. अल्लाहको महासभाबाट चोरेर केही कुरा सुन्छन् र आफ्ना ज्योतिषी साथीहरूलाई बताउँछन् । अधिकांश ज्योतिषीहरू झूठा हुन्छन् । एउटा कुरा साँचो बोल्छन् भने सय वटा कुराहरू झूठो बोल्छन् ।२२४. तिमीहरूको विचारमा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) कविहरूमध्ये हुनुहुन्छ, यो गलत कुरा हो । कविहरू त गलत बाटोको अनुसरण गर्छन् । अरूबाट उद्धृत गरेर कविता भन्छन् ।२२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) के तपाईंले हेर्नुभएन, तिनीहरूको कुमार्ग अपनाउने कार्यहरूमध्ये के हो भने तिनीहरू सबै उपत्यकामा पस्छन्, कहिले खुब प्रशंसा गर्छन् र कहिले खुब भर्त्सना गर्छन् र कहिले यी दुवैबाहेक अन्य कुराहरूतिर लाग्छन् ।२२६. तिनीहरू फटाईं गर्छन् । हामीले यस्तो र त्यस्तो गरेका छौं भन्छन् तर त्यस्तो गरेका हुँदैनन् ।२२७. कविहरूमध्ये ती मानिसहरू त्यस्तो गर्दैनन् जो ईमान ल्याए, सत्कर्म गरे र अल्लाहलाई खुबै स्म्रण गरे । अल्लाहका शत्रुहरूले अत्याचार गरेमा उनीहरू बदला लिन्छन् । जस्तै हस्सान बिन साबित (रजियल्लाहु अन्हु) । अल्लाहको भक्तिमा साझेदार ठहर गरेर अनि भक्तहरूमाथि ज्यादती गरेर अत्याचार गरेका मानिसहरूले चाँडै थाहा पाउनेछन्− तिनीहरू कहाँ फर्केर जानेछन् । तिनीहरू महान स्थान र गहन हिसाबमा फर्केर जानेछन् ।
१. ता ० सीम् ० मीम ० । यस्ता अक्षरहरूको बारेमा सूरह अल-बकरहको आरम्भमा वर्णन भइ सकेको छ ।
२. यी श्लोकहरू असत्यबाट सत्यलाई स्पष्ट पार्दछन् ।
३. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! यस्तो नहोस्, तपाईंले काफिरहरूको मार्गदर्शनको चाहना र चिन्तामा आफ्नो ज्यान नै गुमाउनुहोस् ।
४. हामीले चाहेमा आकाशबाट यस्तो निशानी अवतरण गर्न सक्छौं जससमक्ष तिनीहरूका गर्धनहरू निहुरुन् । तर तिनीहरूको परीक्षाको कारणले हामीले यस्तो गर्न चाहेनौं । यसको उद्देश्य यस कुराको परीक्षा लिनु हो कि तिनीहरू नदेखिकन ईमान ल्याउँछन् कि ल्याउँदैनन् ?
५. जहिले पनि यी बहुदेववादीहरूसमक्ष अल्लाहको तर्फबाट प्रमाणसहित कुनै उपदेश आउँछ तिनीहरू विमुख हुन्छन् । जसबाट यो प्रमाणित हुन्छ कि अल्लाह मात्र भक्ति योग्य हुनुहुन्छ र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) सच्चा रसूल हुन् ।
६. तिनीहरूले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले ल्याउनुभएको सन्देशलाई झूठो ठहर गरे । तिनीहरूले ठट्टा गरेका खबरहरू अवश्य नै पूरा हुनेछन् र तिनीहरूमाथि अवश्य नै प्रकोप अवतरण हुनेछ ।
७. के कुफ्रमा जिद्दी गर्नेहरूले यस कुरामा विचार गरेनन्− हामीले कसरी भूमिमा नाना प्रकारका बाली नाली उमारेका छौं जो हेर्नमा पनि मनमोहक छ र त्यसमा फाइदा पनि धेरै छन् ?!
८. निस्सन्देह नाना प्रकारका बाली नाली उमार्नु यस कुरालाई प्रमाणित गर्दछ- जुन अल्लाह बाली नाली उमार्ने सामर्थ्य राख्नुहुन्छ उहाँ मृतहरूलाई पुनः जीवित पार्ने सामर्थ्य पनि राख्नुहुन्छ । तर अधिकांश मानिसहरू ईमान ल्याएका छैनन् ।
९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईंका पालनकर्ता विजयी हुनुहुन्छ, उहाँमाथि कोही विजयी हुन सक्दैन । उहाँ आफ्ना भक्तहरूप्रति दयावान हुनुहुन्छ ।
१०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्म्रण गर्नुहोस् जब अल्लाहले मूसा (अलैहिस्सलाम) लाई पुकारेर आदेश दिनुभयो− अल्लाहको इन्कार गरेर अत्याचार गरेका र बनी इस्राईललाई दास बनाएको समुदायतर्फ जाऊ ।
११. त्यो फिरऔनको समुदाय हो । त्यहाँ पुगेर तिनीहरूलाई नम्रताका साथ उपदेश देऊ− तिनीहरूले अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गरेका कार्यहरूबाट बचेर ईशभय अपनाउन् ।
१२. मूसा (अलैहिस्सलाम) ले भने− तपाईंको सन्देशलाई तिनीहरूले झूठो ठहर गर्नेछन् भन्ने मलाई आशंका छ ।
१३. तिनीहरूले झूठो ठहर गर्ने आशंकाले मेरो छाती सञ्कुचित हुँदैछ र मेरो जिब्रो कुरा गर्नबाट रोकिन्छ । त्यसैले भाइ हारूनलाई सन्देष्टा बनाउन जिब्रील (अलैहिस्सलाम) लाई पठाउनुहोस् ताकि हारून (अलैहिस्सलाम) मेरो सहयोगी बनुन् ।
१४. मैले एकजना किब्तीको हत्या गरेको कुरालाई आधार बनाएर तिनीहरूले मेरो हत्या गर्छन् भन्ने आशंका छ ।
१५. अल्लाहले भन्नुभयो− कदापि होइन, तिनीहरूले तिम्रो हत्या गर्दैनन् । अतः तिमी र तिम्रो भाइ हारून हाम्रा चमत्कारहरू लिएर तिनीहरूकहाँ जाऊ, हाम्रो मद्दत र समर्थन तिम्रो साथमा छ । हामी तिमी र फिरऔनीहरूबीच हुने वार्तलापलाई सुन्नेछौं ।
१६. तिमीहरू दुवै जना फिरऔनकहाँ जाऊ र भन− हामीहरू अल्लाहका रसूल हौं । हामीहरूलाई त्यस अल्लाहले तिमीतर्फ पठाउनुभयो जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।
१७. बनी इस्राईललाई मुक्त गरेर हामीसँग जान देऊ ।
१८. फिरऔनले भन्यो− के तिमी सानो हुँदा हामीले तिम्रो पालन-पोषण गरेनौं र तिमीले हामीबीच वर्षौं जीवन बिताएनौं, अनि कुन आधारमा सन्देष्टा हुने दावी गर्दैछौ त ?
१९. तिमीले आफ्नो समुदायको एकजना व्यक्तिको सहयोगको लागि एकजना किब्तीको हत्या गरेर ठूलो पाप गरेका छौ । यसरी हामीले गरेको उपकारहरूलाई तिमीले बिर्सिदियौ ।
२०. मूसा (अलैहिस्सलाम) ले आफ्नो गलती स्वीकार गर्दै फिरऔनलाई भने− मैले त्यतिखेर त्यस व्यक्तिको हत्या गरेको थिएं जब मसम्म वही (प्रकाशना) न आएको कारणले ममा त्यति ज्ञान थिएन ।
२१. त्यसपछि तिमीहरूले मेरो हत्या गर्छौ भन्ने आशंकाले म भागेर मदयनको एउटा गाउँमा गइ हालें । त्यहाँ अल्लाहले मलाई ज्ञान प्रदान गर्नुभयो र रसूलहरूमध्ये बनाउनुभयो जसलाई उहाँ मानिसहरूतर्फ पठाउनुहुन्छ ।
२२. मलाई दास नबनाइकन मेरो पालन-पोषण गरेर तिमीले ममाथि कृपा गर्यो । जबकि तिमीले बनी इस्राईललाई दास बनायौ । यो ठिक कुरा हो तर यो कुराले मलाई आह्वान गर्नबाट रोक्दैन ।
२३. फिरऔनले मूसा (अलैहिस्सलाम) लाई सोध्यो− सबै प्राणीहरूका पालनकर्ता को हुन् जसको रसूल हुने दावी तिमी गर्दैछौ ?!
२४. मूसा (अलैहिस्सलाम) ले जवाफमा भने− सबै प्राणीहरूका पालनकर्ता अल्लाह हुनुहुन्छ जसले आकाश, पृथ्वी र यी दुवैबीच रहेका सबै वस्तुहरू सृष्टि गर्नुभयो । अल्लाह नै यी सबैका पालनकर्ता हुन् भन्ने कुरामा विश्वास छ भने मात्र उहाँ कै भक्ति गर ।
२५. फिरऔनले आफ्नो वरिपरि रहेका समर्थकहरूलाई भन्यो− के तिमीहरू मूसा (अलैहिस्सलाम) को झूठो कुरामा आधारित जवाफ सुनिरहेका छैनौ !
२६. मूसा (अलैहिस्सलाम) ले भने− अल्लाह नै तिमीहरू र तिमीहरूका पुर्खाहरूको पालनकर्ता हुनुहुन्छ ।
२७. फिरऔनले भन्यो− आफूलाई तिमीहरूतर्फ पठाइएको रसूल ठान्ने यो व्यक्ति बौलाएको छ । कुन कुरा गर्नु उचित छ र कसरी कुरा गर्नुपर्छ भन्ने कुरा पनि यसलाई थाहा छैन ।
२८. मूसा (अलैहिस्सलाम) ले भने− म तिमीहरूलाई अल्लाह कै भक्तितर्फ बोलाउँछु । उहाँ नै पूर्व, पश्चिम र यी दुवैबीच रहेका वस्तुहरूको सृष्टिकर्ता हुनुहुन्छ, यदि तिमीहरू बुद्धिले काम लिन्छौ भने ।
२९. मूसा (अलैहिस्सलाम) सँग वार्तालापमा असफल भएपछि फिरऔनले भन्यो− यदि तिमीले मबाहेक अन्य कसैको भक्ति गर्छौ भने तिमीलाई कारागारमा हालिदिन्छु ।
३०. मूसा (अलैहिस्सलाम) ले भने− म अल्लाहको तर्फबाट चमत्कार प्रस्तुत गरे पनि तिमीले मलाई कारगारमा हाल्छौ ? जबकि यी चमत्कारहरूले म सच्चा सन्देष्टा हुँ भन्ने कुरा प्रमाणित गर्नेछन् ।
३१. यदि तिमी आफ्नो दावीमा सच्चा हौ भने आफ्ना ती चमत्कारहरू प्रस्तुत गर जसले तिमीलाई सच्चा प्रमाणित गर्छ ।
३२. मूसा (अलैहिस्सलाम) ले लौरो भूमिमा मारे, अनि त्यो अनयास सर्प बन्यो ।
३३. उनले आफ्ना हात छातीमा हाल्दा सेतो थिएन तर निकाल्दा बिना कुष्ठ रोग सेतो र चम्किलो थियो । अवलोकन गर्नेहरूले त्यस्तै देख्दै थिए ।
३४. फिरऔनले आफ्नो वरिपरि रहेका आफ्ना समर्थकहरूलाई भन्यो− यो व्यक्ति त निपुण जादूगर पो रहेछ ।
३५. आफ्नो जादूबाट तिमीहरूलाई तिमीहरूको भूमिबाट निकाल्न चाहन्छ । तिमीहरूको विचारमा यसको लागि के उपाय गर्नुपर्छ ?
३६. तिनीहरूले भने− उसलाई र उसको भाइलाई अवसर दिनुहोस् । उनीहरूलाई सजाय दिनमा हतार नगर्नुहोस् । शहरहरूमा हलकाराहरू पठाउनुहोस् जसले जादूगरहरूलाई भेला गरेर ल्याउन् ।
३७. जसले निपुण जादूगरहरूलाई लिएर आउन् ।
३८. मूसा (अलैहिस्सलाम) को मुकाबिलाको लागि फिरऔनले जादूगरहरूलाई एउटा निश्चित समय र स्थानमा भेला गर्यो ।
३९. सर्वसाधारणमा घोषणा गरियो− मूसा (अलैहिस्सलाम) र जादूगरहरूमध्ये को विजय हुन्छ यो हेर्नको लागि तिमीहरू सबैले भेला हुनुपर्छ है ।
४०. आशा छ, जादूगरहरू मूसा (अलैहिस्सलाम) माथि विजयी भएमा हामीहरू तिनीहरूको धर्मको पालना गर्नेछौं ।
४१. जब मूसा (अलैहिस्सलाम) विरुद्ध मुकाबिलाको लागि जादूगरहरू हाजिर भए तब तिनीहरूले फिरऔनलाई सोधे− हामीहरू विजय भयौं भने के कस्तो भौतिक र नैतिक पुरस्कार मिल्नेछ ?
४२. फिरऔनले भन्यो− हो, तिमीहरूलाई भौतिक पुरस्कार पनि मिल्नेछ र उच्च सरकारी पद पनि । यसरी तिमीहरू मेरो निकटतम बन्नेछौ ।
४३. मूसा (अलैहिस्सलाम) ले अल्लाहको मद्दतमाथि भरोसा गर्दै स्पष्टरूपमा भने− मसँग कुनै जादू छैन । तिमीहरू जे जति डोरी र लौरोहरू भूमिमा राख्न चाहन्छौ राख ।
४४. तिनीहरूले डोरी र लौरो भूमिमा राख्दै भने− फिरऔनको सम्मानको कसम ! आज हामीहरू विजयी हुनेछौं र मूसा (अलैहिस्सलाम) पराजित हुनेछ ।
४५. मूसा (अलैहिस्सलाम) ले आफ्नो लौरो भूमिमा राखे, अनि त्यो अजगरमा परिणत भएर जादूले गर्दा सर्प देखा परेका डोरी र लौरोहरूलाई निल्न थाल्यो ।
४६. जब जादूगरहरूले मूसा (अलैहिस्सलाम) को लौरोलाई आफ्ना जादू-सामग्री निलिरहेको देखे तब उनीहरू सज्दामा खसे ।
४७. उनीहरूले भने− सबै प्राणीहरूका पालनकर्तामाथि हामीले ईमान ल्यायौं ।
४८. मूसा र हारून (अलैहिमस्सलाम) का पालनकर्तामाथि ।
४९. तिनीहरूले ईमान ल्याएप्रति फिरऔनले खेद प्रकट गर्दै भन्यो− तिमीहरूले मूसा (अलैहिस्सलाम) माथि मेरो अनुमतिबिना किन ईमान ल्यायौ ?! वास्तवमा मूसा (अलैहिस्सलाम) तिमीहरूको गुरु हो जसले तिमीहरूलाई जादू सिकायो । तिमीहरू सबै मिलेर मिस्रबासीहरूलाई निकाल्ने षडयन्त्र गरेका छौ । तिमीहरूलाई कति कठोर सजाय मिल्नेछ भन्ने कुरा तिमीहरूले चाँडै जान्नेछौ । हामीले तिमीहरूका दाहिने खुट्टा र देब्रे हात वा देब्रे खुट्टा र दाहिने हात अवश्य नै काटिदिनेछौं र तिमीहरू सबैलाई खजुरको रूखमा शुलि दिनेछौं, एकजनालाई पनि छोड्दिन ।
५०. जादूगरहरूले फिरऔनलाई जवाफ दिए− संसारमा तिमीले हत्या गरेर वा शुलिमा चढाएर जे सजाय पनि दिने धमकी दिरहेकाछौ त्यसले गर्दा हामीलाई केही हानि पुग्दैन । तिम्रो सजाय क्षणिक हुनेछ । हामीहरू आफ्ना पालनकर्ताकहाँ फर्केर जानेछौं र उहाँले सधैँको कृपामा हामीहरूलाई प्रवेश गराउनुहुनेछ ।
५१. हामीहरूलाई आशा छ, मूसा (अलैहिस्सलाम) माथि सर्वप्रथम ईमान ल्याएको कारणले उहाँले हाम्रा विगतका पापहरूलाई माफ गर्नुहुनेछ ।
५२. हामीले मूसा (अलैहिस्सलाम) लाई आदेश दियौं− बनी इस्राईललाई रातौं रात यहाँबाट लिएर जाऊ । फिरऔन र उसको सैनिकले तिमीहरूलाई फिर्ता ल्याउन तिमीहरूको पीछा गर्नेछन् ।
५३. फिरऔनले सैनिकहरूलाई जम्मा गर्न केही हल्काराहरूलाई शहरहरूमा पठायो ताकि तिनीहरूले बनी इस्राईललाई फिर्ता ल्याउन् ।
५४. फिरऔनले बनी इस्राईलको महत्व कम गर्दै भन्यो− यो एउटा सानो समूह हो ।
५५. उनीहरूले हामीलाई रिस दिलाउने काम गरेको छ ।
५६. हामी तिनीहरूविरुद्ध सचेत भएर तयार छौं ।
५७. अल्लाहले फिरऔन र उसको समुदायलाई बहुमूल्य बगैंचा र बगि रहेका पानीका मूलहरूबाट निकाल्नुभयो ।
५८. धन मालका खजाना र सुन्दर भवनहरूबाट निकाल्नुभयो।
५९. फिरऔन र उसको समुदायलाई यस्ता वरदानहरूबाट निकाल्नुभयो र बनी इस्राईललाई त्यस्तै वरदानहरू सीरियामा प्रदान गर्नुभयो ।
६०. फिरऔन र उसको समुदायले सूर्योदयको समयमा बनी इस्राईलको पीछा गरे ।
६१. जब फिरऔन तथा उसको समुदाय र मूसा (अलैहिस्सलाम) तथा उनको समुदाय एक अर्कालाई देखिने गरी नजिक भए तब मूसा (अलैहिस्सलाम) का साथीहरूले भने− अब त फिरऔन र उसको समुदायले हामीहरूलाई समात्नेछन् र हामीहरू तिनीहरूको मुकाबिला गर्न सक्दैनौं ।
६२. मूसा (अलैहिस्सलाम) ले आफ्नो समुदायलाई भने− तिमीहरूले ठाने जस्तो हुँदैन । अल्लाहको मद्दत र पुष्टि हामीहरूको साथमा छ । उहाँले मोक्षको मार्ग देखाउनुहुनेछ ।
६३. हामीले मूसा (अलैहिस्सलाम) लाई आदेश दियौं− समुद्रमा लौरोले हिर्काऊ । उनले लौरोले हिर्काउँदा समुद्र फुट्यो र त्यसमा बनी इस्राईलका बाह्र वटा कबिलाअनुसार बाह्र वटा मार्गहरू बने । समुद्रको फुटेको प्रत्येक टुक्रा पहाड जस्तो महान बन्यो र त्यसबाट पानी बग्न रोकियो ।
६४. हामीले फिरऔन र उसको समुदायलाई समुद्रको नजिक पुर्यायौं, तिनीहरू यो ठानेर समुद्रमा पसे कि त्यसमा बनेका मार्गहरूमा हिँड्न सकिन्छ ।
६५. हामीले मूसा (अलैहिस्सलाम) र उनको समुदाय बनी इस्राईललाई जोगायौं, उनीहरूमध्ये एक जना पनि हताहत भएन ।
६६. तर हामीले फिरऔन र उसको समुदायलाई समुद्रमा डुबाएर सर्वनाश गर्यौं ।
६७. निस्सन्देह मूसा (अलैहिस्सलाम) को लागि समुद्र फुट्नु, उनको तथा उनको समुदाय सुरक्षित रहनु र फिरऔन तथा उसको समुदायको सर्वनाशमा यस कुराको प्रमाण छ कि मूसा (अलैहिस्सलाम) सच्चा सन्देष्टा थिए, तर फिरऔनसँग रहेका अधिकांश मानिसहरूले ईमान ल्याएनन् ।
६८. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिने सामर्थ्य राख्नुहुन्छ र तिनीहरूमध्ये तौबा गर्ने भक्तहरूमाथि दया गर्नुहुन्छ ।
६९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तिनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को सत्य कथा सुनाउनुहोस् ।
७०. जब इब्राहीम (अलैहिस्सलाम) ले आफ्नो बुवा आजर र समुदायलाई भने− तिमीहरू अल्लाहालाई छोडेर कुन वस्तुको पूजा गर्छौ ?
७१. समुदायका मानिसहरूले भने− हामीहरू मूर्ती पूजा गर्छौं र त्यसैमा समर्पित रहन्छौं ।
७२. इब्राहीम (अलैहिस्सलाम) ले सोधे− के मूर्तीहरू सुन्छन् जब तिमीहरू तिनीहरूलाई पुकार्छौ ?
७३. के तिमीहरूले आज्ञापालन गर्दा तिनीहरूले केही लाभ पुर्याउँछन् वा अवज्ञा गर्दा तिनीहरूले केही हानि पुर्याउँछन् ?
७४. तिनीहरूले भने− हामीहरूले पुकार्दा तिनीहरू सुन्दैनन्, आज्ञापालन गर्दा कुनै लाभ पुर्याउँदैनन् र अवज्ञा गर्दा कुनै हानि पुर्याउँदैनन् । तर हामीहरूले आफ्ना पूर्वजहरूलाई मूर्ती पूजा गर्दै पायौं र तिनीहरूको देखा सिखी हामीहरू पनि गर्दैछौं ।
७५. इब्राहीम (अलैहिस्सलाम) ले भने− के तिमीहरूले गरिराखेको मूर्ती पूजामा पुनर्विचार गर्यौ ?
७६. हाम्रा शुरुका पूर्वजहरू त मूर्ती पूजा गर्दैनथे ।
७७. सबै मूर्ती पूजकहरू मेरा शत्रु हुन्, किनभने तिनीहरू असत्य हुन् । वास्तविक पूज्य मात्र अल्लाह हुनुहुन्छ जो सबै प्राणीहरूका पालनकर्ता हुन् ।
७८. किनभने उहाँले नै मलाई सृष्टि गर्नुभयो । उहाँले मलाई लोक र परलोकको भलाईतर्फ मार्गदर्शन गर्नुहुनेछ ।
७९. भोक लाग्दा मात्र अल्लाहले मलाई खुवाउनुहुन्छ । तिर्खा लाग्दा मात्र उहाँले मलाई पिलाउनुहुन्छ ।
८०. म बिरामि हुँदा मात्र उहाँले मलाई निको पार्नुहुन्छ । उहाँबाहेक अन्य कोही निको पार्दैन ।
८१. मृत्युको समय आएमा मात्र उहाँले मलाई मृत्यु दिनुहुनेछ र त्यसपछि मात्र उहाँले अर्को जीवन प्रदान गर्नुहुनेछ ।
८२. महाप्रलयको दिन मात्र उहाँले मेरा पापलाई माफ गर्नुहुनेछ भन्ने आशा राख्छु ।
८३. इब्राहीम (अलैहिस्सलाम) ले प्रर्थना गर्दै भने− हे मेरा पालनकर्ता ! मलाई धर्मको ज्ञान प्रदान गर्नुहोस् । मृत्युपछि स्वर्गमा प्रवेश गराएर मअघि बितेका सन्देष्टाहरूसँग मिलाउनुहोस् ।
८४. आउने युगका मानिसहरूमा मेरो राम्रो चर्चा र प्रशंसा जारी गरिदिनुहोस् ।
८५. मलाई स्वर्गका वारिसहरूमध्ये बनाइदिनुहोस् र त्यसमा बास प्रदान गर्नुहोस् । त्यसमा तपाईंका मोमिन भक्तहरू प्रवेश गर्नेछन् ।
८६. मेरो बुवालाई क्षमा प्रदान गर्नुहोस् । निस्सन्देह उनी शिर्क गरेको कारणले पथभ्रष्ट भएका छन् । इब्राहीम (अलैहिस्सलाम) ले यो दुआ त्यतिखेर गरे जब उनलाई यो थाहा थिएन कि उनी नर्कबासी हुन् । जब उनलाई यो कुरा थाहा भयो तब उनले उनीसँग कुनै सरोकार राखेनन् र उनको लागि दुआ गरेनन् ।
८७. मलाई त्यस दिन यातना दिएर अपमान नगर्नु होला जुन दिन मानिसहरूलाई हिसाब किताबको लागि उठाइनेछ ।
८८. त्यस दिन न त धन-सम्पत्ति काम लाग्छ जसलाई मानव संसारमा जम्मा गर्छ, न सन्तान नै काम आउँछ जसबाट मानव मद्दत लिने गर्छ ।
८९. अँ जुन मानिसहरू ठीक दिल लिएर हाजिर हुनेछन् उनीहरूलाई ती धन-सम्पत्ति काम लाग्नेछ जो उसले अल्लाहको मार्गमा खर्च गरेका हुनेछन् र उनीहरूका सन्तानले गरेका दुआ पनि काम लाग्नेछ ।
९०. स्वर्गलाई ईशभय राखेर अल्लाहको आदेशको पालना गरेका र उहाँले मनाहि गरेका कार्यहरूबाट बचेका मानिसहरूको नजिक पारिनेछ ।
९१. सत्य धर्मबाट पथभ्रष्ट भएका मानिसहरूका लागि महाप्रलयको दिन नर्कलाई प्रकट गरिनेछ ।
९२. तिनीहरूलाई घच्घच्याएर सोधिनेछ− कहाँ छन् तिमीहरूले पुज्दै आएका मूर्तीहरू ?
९३. के तिमीहरू तिनीहरूको पूजा अल्लाहलाई छोडेर गर्दै थियो ? के तिनीहरू अल्लाहको प्रकोपलाई रोकेर तिमीहरूको मद्दत गर्न सक्छन् ? वा के तिनीहरू आफ्नो बचाव गर्न सक्छन् ?
९४. अनि तिनीहरूमध्ये केहीलाई अन्य केहीमाथि नर्कमा फ्याँकिनेछ । तिनीहरूलाई पनि र तिनीहरूलाई पथभ्रष्ट गरेकालाई पनि ।
९५. शैतानहरूमध्ये इब्लीसका सबै सहयोगीहरूलाई नर्कमा फ्याँकिनेछ । कसैलाई पनि छोडिने छैन ।
९६. त्यस दिन बहुदेववादीहरू अल्लाहबाहेकका आफ्ना भगवानहरूसँग वादविवाद गर्नेछन् ।
९७. अल्लाहको कसम ! हामीहरू साँच्चिकै सत्य मार्ग बिराएर स्पष्ट पथभ्रष्टतामा थियौं,
९८. जब हामी तिमीहरूलाई सबै प्राणीहरूका पालनकर्ता अल्लाहको बराबर ठहर गरेर तिमीहरूको पूजा त्यस्तै गर्दै थियौं जस्तो अल्लाहको भक्ति गर्दै थियौं ।
९९. हामीहरूलाई यिनीहरूको भक्तितर्फ बोलाएर पथभ्रष्ट पार्नेहरू अपराधी हुन् ।
१००. अल्लाहको यातनाबाट जोगाउन कुनै सिफारिशकर्ता छैन ।
१०१. मलाई जोगाउने र मेरोलागि सिफारिश गर्ने कुनै घनिष्ट मित्र छैन ।
१०२. यदि हामीलाई पुनः संसारमा फर्काइनेछ भने हामी अवश्य अल्लाहमाथि ईमान ल्याउनेछौं ।
१०३. निस्सन्देह इब्राहीम (अलैहिस्सलाम) को सत्य कथा र झूठा ठहर गर्नेहरूको परिणाममा पाठ लिनेहरूका लागि उपदेश छ । तर अधिकांश मानिसहरू ईमान ल्याइरहेका छैनन् ।
१०४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।
१०५. नूह (अलैहिस्सलाम) को समुदायले नूह (अलैहिस्सलाम) लाई झूठो ठहर गरेर सबै सन्देष्टाहरूलाई झूठो ठहर गरे ।
१०६. जब तिनीहरूको रगतको नातामा पर्ने भाइ नूह (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− के तिमीहरू अल्लाहसित डराएर र उहाँबाहेक अरूको भक्ति छोडेर ईशभय ग्रहण गर्दैनौ ?
१०७. म तिमीहरूका लागि अल्लाहको तर्फबाट पठाइएको रसूल हुँ । म अमानतदार हुँ, अल्लाहले गर्नुभएको वही (प्रकाशना) मा कुनै थप घट गर्दिन ।
१०८. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।
१०९. म अल्लाहको तर्फबाट जे जति पुर्याउँदैछु त्यसको लागि कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहको जिम्मामा छ जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।
११०. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।
१११. उनको समुदायले भन्यो− हे नूह ! के हामी तिमीमाथि ईमान ल्याऔं र तिमीले ल्याएको कुराको अनुसरण गरौं जब कि तपाईंका अनुयायीहरू नीच मानिसहरू हुन् । उनीहरूमध्ये कुनै ठूला बडाहरू छैनन् ?!
११२. नूह (अलैहिस्सलाम) ले भने− मोमिनहरू के गर्दैछन् भन्ने कुरा मलाई थाहा छैन । म उनीहरूको संरक्षक होइन र उनीहरूले गरेको कर्मको गन्ती राख्दिन ।
११३. उनीहरूको हिसाब अल्लाहमाथि छ जो उनीहरूका गोप्य कुराहरू पनि जान्नुहुन्छ र खुल्ला कुराहरू पनि जान्नुहुन्छ । तिमीहरूले भनेको कुरा तिमीहरूले महसूस गर्छौ भने ।
११४. तिमीहरूको माग के छ भने तिनीहरूलाई आफ्नो सभाबाट भगाऊ अनि हामीहरू ईमान ल्याउनेछौं । तर म तिनीहरूलाई आफ्नो सभाबाट भगाउँदिन ।
११५. म स्पष्टरूपमा डराउनेवाला हुँ । तिमीहरूलाई अल्लाहको प्रकोपबाट डराउँछु ।
११६. नूह (अलैहिस्सलाम) को समुदायले भने− यदि तिमीले यस कार्यलाई छोडेनौ भने तिमीले गाली खानेछौ र ढुङ्गाले मारिनेछौ ।
११७. नूह (अलैहिस्सलाम) ले अल्लाहसित दुआ गर्दै भने− हे मेरा पालनकर्ता ! मेरो समुदायले मलाई झूठो ठहर गर्यो । तपाईंको तर्फबाट ल्याएको सन्देशको पुष्टि तिनीहरूले गरेनन् ।
११८. तिनीहहरूको विनाशको निर्णय गरिदिनुहोस्, किनभने तिनीहरू असत्यमा जिद्दि गर्दैछन् । मलाई र ममाथि ईमान ल्याएका मानिसहरूलाई त्यस प्रकोपबाट जोगाउनुस् ।
११९. हामीले उनको दुआलाई स्वीकार गर्यौं र मानिस तथा जनावरहरूले भरिएको डुङ्गामा उनलाई र उनीसँग रहेका मोमिनहरूलाई सुरक्षित राख्यौं ।
१२०. अनि नूह (अलैहिस्सलाम) को समुदायका बाँकी सबैलाई डुबाएर सर्वनाश पार्यौं ।
१२१. निस्सन्देह नूह (अलैहिस्सलाम), उनको समुदायको सत्य, उनीहरूको मोक्ष र उनको समुदायका काफिरहरूको विनाशमा पाठ लिनेहरूका लागि उपदेश छ । तिनीहरूमध्ये अधिकांश मोमिन होइनन् ।
१२२. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।
१२३. आद नामी समुदायले हूद (अलैहिस्सलाम) लाई झूठो ठहर गरेर सबै सन्देष्टाहरूलाई झूठो ठहर गरे ।
१२४. जब तिनीहरूको रगतको नातामा पर्ने भाइ हूद (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− के तिमीहरू अल्लाहसित डराएर र उहाँबाहेक अरूको भक्ति छोडेर ईशभय ग्रहण गर्दैनौ ?
१२५. म तिमीहरूका लागि अल्लाहको तर्फबाट पठाइएको रसूल हुँ । म अमानतदार हुँ, अल्लाहले गर्नुभएको वही (प्रकाशना) मा कुनै थप घट गर्दिन ।
१२६. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।
१२७. म अल्लाहको तर्फबाट जे जति पुर्याउँदैछु त्यसको लागि तिमीहरूबाट कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहको जिम्मामा छ जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।
१२८. के तिमीहरू हरेक उच्च स्थानमा उच्च भवन निर्माण गर्छौ जो निशानी बनोस् ?! तर यो बेकारको काम हो र यसको कुनै फाइदा लोक र परलोकमा मिल्दैन ।
१२९. के तिमीहरू यति महान किल्ला र भवन बनाउँछौ मानौं तिमीहरू सधैँ यसै संसारमा रहनेछौ, यहाँबाट कहिले मरेर जाँदैनौ ?!
१३०. तिमीहरू कसैको हत्या गर्दा वा हिर्काउँदा अति निर्दयी भएर मार्छौ ।
१३१. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।
१३२. अल्लाहको रिसबाट डराऊ जसले तिमीहरूलाई विभिन्न वरदानहरू प्रदान गर्नुभयो जो तिमीहरूलाई थाहै छ ।
१३३. अल्लाहले तिमीहरूलाई जनावर र सन्तानहरू प्रदान गर्नुभयो ।
१३४. उहाँले तिमीहरूलाई बगैंचाहरू र बगिरहेका मूलहरू प्रदान गर्नुभयो ।
१३५. हे मेरा समुदायका मानिसहरू हो ! तिमीहरूलाई महाप्रलयको दिन ठूलो प्रकोपले समात्नेछ भन्ने मलाई डर छ ।
१३६. समुदायका मानिसहरूले जवाफ दिए− तिमीले उपदेश दिएमा वा नदिएमा कुनै फरक पर्दैन । हामीहरू तिमीमाथि ईमान ल्याउँदैनौं र हामीहरूले गरिराखेका कार्य छोड्दैनौं ।
१३७. यो विगतका मानिसहरूको धर्म, तरिका र आचरण हो ।
१३८. हामीलाई यातना दिइने छैन ।
१३९. तिनीहरूले निरन्तर आफ्ना सन्देष्टा हूद (अलैहिस्सलाम) लाई झूठो ठहर गरे । अतः हामीले तिनीहरूलाई ठूलो हूरी बतासले सर्वनाश गर्यौं । यस सर्वनाशमा पाठ लिनेहरूका लागि उपदेश छ । तिनीहरूमध्ये अधिकांश मानिसहरूले ईमान ल्याएका थिएनन् ।
१४०. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।
१४१. समूद नामी समुदायले सालेह (अलैहिस्सलाम) लाई झूठो ठहर गरेर सबै सन्देष्टाहरूलाई झूठो ठहर गरे ।
१४२. जब तिनीहरूको रगतको नातामा पर्ने भाइ सालेह (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− के तिमीहरू अल्लाहसित डराएर र उहाँबाहेक अरूको भक्ति छोडेर ईशभय ग्रहण गर्दैनौ ?
१४३. म तिमीहरूका लागि अल्लाहको तर्फबाट पठाइएको रसूल हुँ । म अमानतदार हुँ, अल्लाहले गर्नुभएको वही (प्रकाशना) मा कुनै थप घट गर्दिन ।
१४४. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।
१४५. म अल्लाहको तर्फबाट जे जति पुर्याउँदैछु त्यसको लागि तिमीहरूबाट कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहको जिम्मामा छ जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।
१४६. के तिमीहरू चाहन्छौ कि जुन किसिमको मोज र वरदानका साथ शान्तिपूर्ण अवस्थामा छौ त्यसैमा तिमीहरूलाई छोडियोस् ?!
१४७. बगैंचाहरू र बगिरहेका मूलहरूमा ।
१४८. खेती बाडीहरू र रसिलो तथा वादिष्ट खजुर भएका रूखहरूमा ।
१४९. तिमीहरू पहाड खोपेर घर बनाउँछौ र पहाड खोप्नमा तिमीहरू निपुण छौ ।
१५०. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।
१५१. दुष्कर्म गरेर आफूमाथि अत्याचार गरेका मानिसहरूको आज्ञापालन नगर ।
१५२. यस्ता मानिसहरू दुष्कर्म गरेर धर्तीमा आतङ्क मच्चाउँछन् र अल्लाहको आज्ञापालन गरेर सुधार गर्दैनन् ।
१५३. सालेह (अलैहिस्सलाम) को समुदायले भन्यो− तिमी नै हौ जसमाथि पटक पटक जादू गरियो, जसले गर्दा तिम्रो बुद्धि नै हराएको छ ।
१५४. तिमी त हामीहरू जस्तै मानव हौ, तिमीभित्र कुनै विशेष कुरा छैन जसले गर्दा तिमी रसूल हुन सक्छौ । यदि तिमी आफ्नो दावीमा सच्चा छौ भने कुनै निशानी पेश गर ।
१५५. सालेह (अलैहिस्सलाम) ले भने− अल्लाहले मलाई एउटा निशानी प्रदान गर्नुभएको छ, त्यो हो ऊँटनी, जसलाई अल्लाहले चट्टानबाट निकाल्नु भयो । यसलाई देख्न पनि सकिन्छ र छुन पनि सकिन्छ । यसको लागि पानीको एउटा अंश छ र तमीहरूको लागि पानीको अर्को अंश छ । जुन दिन तिमीहरूको अंश छ त्यस दिन यसले पानी खाँदैन र जुन दिन यसको अंश छ त्यस दिन तिमीहरू पानी नखाऊ ।
१५६. यसलाई काट्ने र हिर्काउने गरी न छोऊ । यस्तो गर्छौ भने तिमीहरूलाई भयावह दिनको प्रकोपले समात्नेछ, जुन दिन तिमीहरू सङ्कट ग्रस्त हुनेछौ ।
१५७. तर तिनीहरू यसलाई काटेर मार्ने कुरामा सहमत भए । तिनीहरूमध्येका सबैभन्दा अभागीले त्यसलाई काटेर हत्या गर्यो । जब तिनीहरूले यो कुरा थाहा पाए- यसले गर्दा अवश्य नै तिनीहरूमाथि प्रकोप अवतरण हुन्छ तब तिनीहरू लज्जित भए । तर प्रकोपलाई आँखाले देखेपछि लज्जित हुनु केही फाइदा पुर्याउँदैन ।
१५८. अनि तिनीहरूलाई त्यस प्रकोपले समात्यो जसको वाचा तिनीहरूसँग गरिएको थियो । त्यो थियो भूकम्प र भयङ्कर आवाज । सालेह (अलैहिस्सलाम) र उनको समुदायको यस कथामा पाठ लिनेहरूका लागि उपदेश छ । तिनीहरूमध्ये अधिकांश मानिसहरूले ईमान ल्याएका थिएनन् ।
१५९. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।
१६०. लूत (अलैहिस्सलाम) को समुदायले उनलाई झूठो ठहर गरेर सबै सन्देष्टाहरूलाई झूठो ठहर गरे ।
१६१. जब तिनीहरूको रगतको नाताले भाइ लूत (अलैहिस्सलाम) ले भने− के तिमीहरू अल्लाहसित डराएर र उहाँबाहेक अरूको भक्ति छोडेर ईशभय ग्रहण गर्दैनौ ?
१६२. म तिमीहरूका लागि अल्लाहको तर्फबाट पठाइएको रसूल हुँ । म अमानतदार हुँ, अल्लाहले गर्नुभएको वही (प्रकाशना) मा कुनै थप घट गर्दिन ।
१६३. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।
१६४. म अल्लाहको तर्फबाट जे जति पुर्याउँदैछु त्यसको लागि तिमीहरूबाट कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहको जिम्मामा छ जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।
१६५. के तिमीहरू पुरुषको मलद्वारबाट आफ्नो काम-इच्छा पूरा गर्छौ ?!
१६६. अल्लाहले काम-इच्छा पूरा गर्नको लागि सृष्टि गर्नुभएको आफ्नी श्रीमतिहरूको यौनीलाई छोड्छौ ?! यस्तो घृणित काम गरेर तिमीहरू अल्लाहको सीमाको उल्लङ्घन गर्छौ ।
१६७. लूत (अलैहिस्सलाम) को समुदायले जवाफ दियो− यदि तिमीले हामीहरूलाई यस कार्यबाट रोक्न र घृणा गर्न छोडेनौ भने हामीहरू तिमी र तिम्रा अनुयायीहरूलाई यस गाउँबाट निष्कासित गरिदिनेछौं ।
१६८. लूत (अलैहिस्सलाम) ले भने− म तिम्रो यस कार्यसित अति नै घृणा गर्छु र यसप्रति रोष प्रकट गर्छु ।
१६९. लूत (अलैहिस्सलाम) ले अल्लाहसित दुआ गर्दै भने− हे मेरा पालनकर्ता ! यिनीहरूमाथि यिनीहरूको दुष्कर्मको कारणले जुन प्रकोप आउनेछ त्यसबाट मलाई र मेरा अनुयायीहरूलाई सुरक्षित राख्नुहोस् ।
१७०. हामीले उनको दुआलाई स्वीकार गर्यौं र उनलाई र उनका अनुयायीहरूलाई मुक्ति प्रदान गर्यौं ।
१७१. हामीले उनको श्रीमतिलाई सुरक्षित राखेनौं बरु उसलाई नष्ट पार्यौं, किनभने त्यो काफिर थिइ ।
१७२. जब लूत (अलैहिस्सलाम) र उनका अनुयायीहरू सदूम भन्ने गाउँबाट निस्के तब हामीले उनको समुदायका बाँकी मानिसहरूलाई सर्वनाश गर्यौं ।
१७३. हामीले तिनीहरूमाथि आकाशबाट ढुङ्गा बर्सायौं । यो वर्षा ती मानिसहरूका लागि अति भयावह सिद्ध भयो जसबाट लूत (अलैहिस्सलाम) ले सचेत गरेका थिए । तिनीहरूले दुष्कर्ममा जिद्दी गरेका थिए ।
१७४. लूत (अलैहिस्सलाम) को समुदायमाथि यो प्रकोप तिनीहरूको अश्लील कार्यले गर्दा अवतरण भयो, ताकि पाठ लिनेहरूले पाठ लेउन् । तिनीहरूमध्ये अधिकांश मानिसहरूले ईमान ल्याएका थिएनन् ।
१७५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।
१७६. मदयन नजिक रहेको घना जङ्गलमा अवस्थित गाउँ बासीहरूले आफ्नो सन्देष्टा शुएब (अलैहिस्सलाम) लाई झूठो ठहर गरेर सबै सन्देष्टाहरूलाई झूठो ठहर गरे ।
१७७. जब तिनीहरूका सन्देष्टा शुएब (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− के तिमीहरू अल्लाहसित डराएर र उहाँबाहेक अरूको भक्ति छोडेर ईशभय ग्रहण गर्दैनौ ?!
१७८. म तिमीहरूका लागि अल्लाहको तर्फबाट पठाइएका रसूल हुँ । म अमानतदार हुँ, अल्लाहले गर्नुभएको वही (प्रकाशना) मा कुनै थप घट गर्दिन ।
१७९. अल्लाहका आदेशहरूको पालना गरेर र उहाँले मनाहि गर्नुभएका कार्यहरूलाई त्यागेर उहाँसित डराऊ । मैले दिएको आदेशहरूको पालना गरेर तथा मनाहि गरेका कार्यहरूलाई त्यागेर मेरो आज्ञापालन गर ।
१८०. म अल्लाहको तर्फबाट जे जति पुर्याउँदैछु त्यसको लागि तिमीहरूबाट कुनै प्रतिदान माग्दिन । मेरो प्रतिदान मात्र अल्लाहको जिम्मामा छ जो सबै प्राणीहरूका पालनकर्ता हुनुहुन्छ ।
१८१. कारोबार गर्ने क्रममा नाप गर्दा पूरा पूरा नाप गर्ने गर, घटाएर न नाप ।
१८२. कारोबार गर्ने क्रममा तौल गर्दा ठीक तराजुले तौल गर ।
१८३. मानिसहरूको हक नमार । दुष्कर्महरू गरेर धर्तीमा आतङ्क नमच्चाऊ ।
१८४. त्यस अल्लाहसित डराऊ जसले तिमीहरू र विगतका समुदायहरूलाई सृष्टि गर्नुभयो । उहाँले तिमीहरूमाथि प्रकोप अवतरण गर्नुहुन्छ भन्ने कुराबाट डराउनुपर्छ ।
१८५. शुएब (अलैहिस्सलाम) को समुदायले भन्यो− तिमी नै हौ जसलाई पटक पटक जादू गरियो, जसले गर्दा तिम्रो बुद्धि नै हराएको छ ।
१८६. तिमी त हामीहरू जस्तै मानव हौ, तिमीभित्र कुनै विशेष कुरा छैन, अनि हामीहरू तिमीलाई कसरी रसूल मान्न सक्छौं ? तिमी रसूल हौ भन्ने दावीमा हामीहरू तिमीलाई झूठा मान्छौं ।
१८७. तिमी आफनो दावीमा सच्चा छौ भने आकाशको टुक्रा खसाल ।
१८८. शुएब (अलैहिस्सलाम) ले तिनीहरूलाई भने− तिमीहरूले गरिराखेका शिर्क र दुष्कर्महरूसित अल्लाह अवगत हुनुहुन्छ । तिमीहरूले गरेको कुनै पनि कार्य उहाँबाट लुकेको छैन ।
१८९. तर तिनीहरूले निरन्तर झूठो ठहर गरे अनि तिनीहरूलाई ठूलो प्रकोपले समात्यो । अति गर्मी भएको दिनपछि तिनीहरूमाथि बादल छायो र त्यसबाट आगोको वर्षा भयो जसले तिनीहरूलाई जलाएर भसम गरिदियो । निस्सन्देह तिनीहरूलाई सर्वनाश गरिएको दिन अति भयावह थियो ।
१९०. निस्सन्देह शुएब (अलैहिस्सलाम) को समुदायको यस विनाशमा पाठ लिनेहरूका लागि उपदेश छ । तिनीहरूमध्ये अधिकांश मानिसहरूले ईमान ल्याएका थिएनन् ।
१९१. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) निस्सन्देह तपाईंका पालनकर्ता शत्रुहरूबाट बदला लिन सामर्थ्यवान हुनुहुन्छ र तौबा गर्नेहरूप्रति दयावान हुनुहुन्छ ।
१९२. मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि अवतरण भएको कुरआन सबै प्राणीहरूका पालनकर्ता अल्लाहको तर्फबाट अवतरण गरिएको छ ।
१९३. यसलाई जिब्रील अमीनले अवतरण गरे ।
९९४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! उनले तपाईंका हृदयमाथि यसलाई अवतरण गरे, ताकि तपाईं रसूलहरूमध्ये हुनुहोस् । रसूलहरूको काम मानिसहरूलाई सचेत गर्नु र अल्लाहको प्रकोपबाट डराउनु हो ।
१९५. उनले स्पष्ट अरबी भाषामा यसलाई अवतरण गरे ।
१९६. यस कुरआनको वर्णन र शुभसूचना अघिल्ला आकाशीय किताबहरूमा पनि आएको छ ।
१९७. तपाईंमाथि अवतरण भएको कुरआनको वास्तविक्तालाई अब्दुल्लाह बिन सलाम जस्ता यहूदी धर्म गुरुहरू पनि जान्दछन् । के यो कुरा यी झूठा ठहर गर्नेहरूका लागि यस कुराको प्रमाण होइन कि तपाईं सच्चा रसूल हुनुहुन्छ ?
१९८. यदि हामीले यो कुरआन अरबी भाषा नबोल्ने कुनै गैर अरबीमाथि अवतरण गरेको भए ,
१९९. जिब्रील (अलैहिस्सलाम) ले उनीहरूसमक्ष पढे पनि उनीहरू ईमान ल्याउने थिएनन् । उनीहरूले झट्ट भन्ने थिए− हामी यसलाई बुझ्दैनौं । मक्काका यी काफिरहरूले यस कुरामा अल्लाहप्रति आभार प्रकट गर्नुपर्छ कि उनले यसलाई उनीहरूको अरबी भाषामा अवतरण गरे ।
२००. यसरी हामीले अपराधीहरूको हृदयहरूमा झूठो ठहर गर्ने बानी र कुफ्र प्रवेश गरिदियौं ।
२०१. यिनीहरूले भयावह प्रकोप नदेखुन्जेल परिवर्तित भएर ईमान ल्याउने छैनन् ।
२०२. यिनीहरूमाथि अल्लाहको प्रकोप अकस्मात आएर समात्नेछ, यिनीहरूलाई थाहै हुने छैन ।
२०३. अकस्मात प्रकोप अवतरण भएपछि यिनीहरूले पछुतो गर्दै भन्नेछन्− के हामीहरूलाई अवसर मिल्नेछ ताकि हामीहरू अल्लाहसमक्ष तौबा गरौं ?!
२०४. के यी काफिरहरू यो भनेर हाम्रो प्रकोपको लागि हतार गर्दैछन्− हामीहरू त्यतिखेरसम्म ईमान ल्याउने छैनौं जतिखेर तिमीले हाम्रो माग अनुसार आकाशको टुक्रा खसाल्दैनौ ?!
२०५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! खबरदार गरिदिनुहोस्− तपाईंले ल्याउनुभएको सन्देशमाथि ईमान नल्याउने काफिरहरूलाई वर्षौं सम्म वरदान प्रदान गर्यौं ।
२०६. फेरि वरदानहरू पाएपछि यस्तो समय आयो जसमा त्यो प्रकोप अवतरण भयो जसको वाचा तीनीहरूसँग गरिएको थियो ।
२०७. तिनीहरूसँग रहेका सांसारिक वरदानहरूले तिनीहरूलाई के फाइदा पुर्याए त ?! ती सबै वरदानहरू समाप्त भए, केही पनि बचेन ।
२०८. हामीले जुनसुकै समुदायलाई नष्ट पार्यौं त्यसतर्फ रसूल र किताब पठाएपछि मात्र नष्ट पार्यौं ।
२०९. तिनीहरूको पाठ र उपदेशको लागि हामीले सन्देष्टा र किताब पठायौं । रसूल र किताब न पठाइकन हामी प्रकोप पठाएर अत्याचार गर्दैनौं ।
२१०. शैतानले यस कुरआनलाई रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को हृदयमाथि अवतरण गरेको छैन ।
२११. शैतानले यसलाई उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) को हृदयमाथि अवतरण गर्नु ठीक पनि छैन र गर्ने सामर्थ्य पनि राख्दैन ।
२१२. तिनीहरू यस कारणले अवतरण गर्न सक्दैनन् कि तिनीहरूको स्थान आकाशबाट अलग थलग छ । अनि तिनीहरू कसरी आकाशमा चढन सक्छन् र केही लिएर झर्न सक्छन् ?!
२१३. अल्लाहसँग अन्य कुनै भगवानको भक्ति नगर, त्यसले गर्दा तिमी यातनाको भागिदार बन्छौ ।
२१४. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! तपाईं आफ्ना समुदायका सबै भन्दा बढी निकटतम अनि त्यसपछिका निकटतम मानिसहरूलाई डराउनुहोस्, ताकि तिनीहरू शिर्कमा लिप्त रहेर प्रकोपको भागी नबनुन् ।
२१५. तपाईं आफ्ना अनुयायीहरूसँग अति नम्रताका साथ कुरा गर्नुहोस् र दया भावका साथ व्यवहार गर्नुहोस् ।
२१६. यदि तिनीहरू तपाईंको अवज्ञा गर्छन् र तपाईंको आदेश अनुसार एक अल्लाहको भक्ति तथा आज्ञापालन गर्दैनन् भने भनि दिनुहोस्− तिमीहरूले गरेको शिर्क र दुष्कर्मसित मेरो कुनै सरोकार छैन ।
२१७. तपाईं आफ्ना सबै मामिलामा सामर्थ्यवान अल्लाहमाथि भरोसा गर्नुहोस् जो आफ्ना शत्रुहरूबाट बदला लिनुहुन्छ । जुन मानिसहरू अल्लाहतर्फ फर्कन्छन् उनीहरूप्रति उहाँ दयावान हुनुहुन्छ ।
२१८. अल्लाह तपाईंलाई देख्नुहुन्छ जब तपाईं सलाहको लागि उभ्नुहुन्छ ।
२१९. सलाह पढिरहेका मानिसहरूबीच तपाईंले बदलिरहेको अवस्थाहरूलाई अल्लाह देख्नुहुन्छ । तपाईंले र अन्य मानिसहरूले गरि राखेका कार्यहरू उहाँबाट लुकेको छैन ।
२२०. तपाईंले पाठ गर्नु भएको कुरआन र सलाहमा गर्नुभएको जिक्रलाई उहाँ सुन्नुहुन्छ । उहाँ तपाईंको नीयतलाई पनि जान्नुहुन्छ ।
काफिरहरूको यस सोचको खण्डन गरिएको छ कि शैतानहरू कुरआन अवतरण गर्छन् र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) कवि हुनुहुन्छ । अल्लाहले भन्नुभयो−
२२१. तिमीहरूको विचारमा शैतानहरू कुरआन अवतरण गर्छन्, यो गलत कुरा हो, के म सूचित गरुँ कसमाथि शैतानहरू अवतरण हुन्छन् ?
२२२. शैतानहरू झूठा, पापी ज्योतिषीहरूमाथि अवतरण हुन्छन् ।
२२३. अल्लाहको महासभाबाट चोरेर केही कुरा सुन्छन् र आफ्ना ज्योतिषी साथीहरूलाई बताउँछन् । अधिकांश ज्योतिषीहरू झूठा हुन्छन् । एउटा कुरा साँचो बोल्छन् भने सय वटा कुराहरू झूठो बोल्छन् ।
२२४. तिमीहरूको विचारमा मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) कविहरूमध्ये हुनुहुन्छ, यो गलत कुरा हो । कविहरू त गलत बाटोको अनुसरण गर्छन् । अरूबाट उद्धृत गरेर कविता भन्छन् ।
२२५. हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) के तपाईंले हेर्नुभएन, तिनीहरूको कुमार्ग अपनाउने कार्यहरूमध्ये के हो भने तिनीहरू सबै उपत्यकामा पस्छन्, कहिले खुब प्रशंसा गर्छन् र कहिले खुब भर्त्सना गर्छन् र कहिले यी दुवैबाहेक अन्य कुराहरूतिर लाग्छन् ।
२२६. तिनीहरू फटाईं गर्छन् । हामीले यस्तो र त्यस्तो गरेका छौं भन्छन् तर त्यस्तो गरेका हुँदैनन् ।
२२७. कविहरूमध्ये ती मानिसहरू त्यस्तो गर्दैनन् जो ईमान ल्याए, सत्कर्म गरे र अल्लाहलाई खुबै स्म्रण गरे । अल्लाहका शत्रुहरूले अत्याचार गरेमा उनीहरू बदला लिन्छन् । जस्तै हस्सान बिन साबित (रजियल्लाहु अन्हु) । अल्लाहको भक्तिमा साझेदार ठहर गरेर अनि भक्तहरूमाथि ज्यादती गरेर अत्याचार गरेका मानिसहरूले चाँडै थाहा पाउनेछन्− तिनीहरू कहाँ फर्केर जानेछन् । तिनीहरू महान स्थान र गहन हिसाबमा फर्केर जानेछन् ।
टिप्पणियाँ
एक टिप्पणी भेजें